कविता : किन होला?

~विजय महर्जन ‘श्रीजय’~Bijay Maharjan

समय सधैं एउटै हुन्न रे
कहिले घाम त कहिले छाया हुन्छ रे
कहिले रित्तो त कहिले भरीभराउ हुन्छ रे
तर साथी मेरो समय सधैं रित्तो र छाया मात्र किन?

समय भाग्यको खेल हो रे
कहिले पापी त कहिले साधु बन्नुपर्छ रे
कहिले झुटो त कहिले साचो बन्नुपर्छ रे
तर साथी म सधै पापी र झुटो बन्नु किन? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दिन एकचोटि आउँछ

~गोपालप्रसाद रिमाल~Gopal Prasad Rimal

एक जुगमा एक दिन एकचोटि आउँछ
उलट-पुलट, उथल-पुथल, हेरफेर ल्याउँछ

लाटा-सुधा बोल्न थाल्छन्, चल्न ओठ दु:खको
सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन्
गए भनी नदेखिएका फर्की-फर्की आउँछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विपरीतको आकर्षण

~दिलिप आचार्य~Dilip Acharya

उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गर्थ्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नि भेटेको बेलामा दुबै एक-अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैँसे उमेरका थिए र परिपक्व वा विचारवान् जस्तै देखिन्थे।

फरक यत्ति थियो कि, उनीहरूको जम्काभेट हुने बेलामा एकजना मन्दिरबाट फर्कि रहेका हुन्थे भने अर्को व्यक्ति चर्चतिर जान लागेका हुन्थे । हरेक दिन जम्काभेट हुँदा दुबै जना अर्को व्यक्ति प्रति विचित्र भावले दृष्टि गोचर गर्ने गर्थे ।
Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : यहाँ नेपाल छ !!

~स्वरूप पाल्पाली~

हिमाल, पहाड़ ,तराई छैनन यहाँ
डाँफे र मयूर नाच्दैन यहाँ
लालीगुरांस फुल्दैन यहाँ
तर पनी,
हामी नेपाली छौ यहाँ
नेपाली भाषा र नेपालीपन छन यहाँ
रातो टिका र जमराले दशैं मनाउछौँ यहाँ
फर्फराउँदै नेपाली झंडा गौरव मानी
नेपाली गीत गाउँदैछौ
भोटे सेलो र झयाउरेमा नाच्दैछौ हामी
कस्ले भन्छ? नेपाल छैन यहाँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परेवा

~यशोदा तिम्सिना~Yasoda Timilsina

हिजो तिमीले सेतो परेवा उडाउँदा
शान्तिको प्रतीक त्यो कावा खाँदै
सगरमाथातिर जान्थ्यो
उचाइ लिँदो परेवा र तिम्रो उस्तै चर्चा हुन्थ्यो
सर्वत्र शान्ति छाउने आशा जाग्थ्यो।

आज पनि तिमी परेवा उडाउँदैछौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जमातमा

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

चुनिएन बिषय जान्नेको जमातमा।
गाता हेरी किताब छान्नेको जमातमा।।

भो असभ्य, अछाम, बेकम्मा, आलटाले ।
उ जाँदैन जे पनि मान्नेको जमातमा।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : अमृत

~आकाश दवाडी~

आज म यहाँ आइपुगे। हिजोसम्म त उमङ्ग थियो, जोश थियो। आज याताउता हेर्छु, अनी थाहा पाउछु कि यहाँ त केही रहेनछ। लौन यो त मरभुमी पो रहेछ। म छाँगबाट खसे जस्तो भएँ। ला म त फसेछु नि। आँङ सिरिङ्ग हुन्छ। यो एउटा नरम्रो सपना भए नि हुन्थ्यो नि। एक थप्पड आफ्नै गालामा हन्छु। अब त प्रस्ट भयो यो बिपना नै रहेछ। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पचास वर्ष पछिको दन्त्यकथा

~सन्जोग नेपाली~

“उहिले नै नेपाल भन्ने देशमा जनताले १९ दिन आन्दोलन गरेर राजा हटाए | राजालाई हटाएपछि संबिधानसभा बनाए | एक अर्कालाई दोष दिदै दलहरुले संबिधान बनाएनन् | संबिधान नबने पछी मन परि भयो | सत्ता र सरकारको लागि

हानाथाप भयो |देशमा अराजकता भयो | नेताहरु मुखले चाहिं सिध्दान्त, आदर्शका राम्रा कुरा गर्थे तर व्यवहारमा चाहीं बेइमान , लोभी र पापी थिए | तिनीहरु बाहिर बाहिर चाह बाझे जस्तो गर्थे तर भित्र भित्र चाहीं मिलेर राष्ट्रिय दिकुती खान्थे | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

स्वदेश गान : मेरो टोपी

~गोपाल योन्जन~Gopal Yonjan

मेरो टोपी कैलासको शिर जस्तो, हिमाली भीर जस्तो
कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने

नेपाली वीर जस्तो नेपाली धीर जस्तो
मेरो टोपीभित्र मेरो बहिनीको मायाको बास छ
अहिलेसम्म भोगेको मैले मेरै घाम-छाँयाको बास छ
मेरो टोपी मैला होइन यही माटोको टीका लागेको Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

लघुकथा : जिउँदै खाल्डोमा

~भवसागर घिमिरे~Bhabasagar Ghimire

‘अब यसलाई गाड्नु पर्छ’

‘म जिउँदै छु’

‘कसले मरिस भन्यो र ?’

‘किन गाड्न लाग्या त ?’

‘हामी जिउँदो मान्छेलाई मात्र गाड्छौं’

‘किन ?’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

मैथिली कविता : शान्ति सन्देश

~विनीत ठाकुर~Binit Thakur

ए ! शान्तिदूत परवा उड़िकऽ आ अप्पन देशमे
फैलऽवै तों शान्ति हिमाल, पहाड़ आ मधेशमे
एतऽकेँ सभ नर–नारी अछि शान्तिकेँ पूजारी
सहत कोना हिंशा पसरल अछि समस्या भारी

हिमालक अमृत जलमे मिलिगेल शोनितकेँ धारा Continue reading →

Posted in अनूदित कविता, मैथिली कविता | Tagged | Leave a comment

कविता : जय ध्वनि

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

गुज्रिंदै चारै तरफ छन् देशका जय जय ध्वनि
खोल्दैछन् नेत्र केही धर्म-अन्धाले पनि

क्रान्तिकी रण – चण्डिका छन् खूनकी प्यासी बनी
झल्कने बेला छ ऐले शान्तिको नव रोसनी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : No place like home……

~Rajan Poudel~

Struggling to make my living back home
I came to this country of unknown
Carrying hopes and dreams of my own
I thought life would be better here but I was wrong!
Now I have realized, this place is worse than hell
Reminds me of homeland, ever and ever again
No friends to share my sorrows and no one to have fun Continue reading →

Posted in Poem | Tagged | Leave a comment

बाल कथा : सेते कुमालको खुत्रुके

~विनय कसजु~Binay Kasaju

गानदेवलाई खुत्रुकेमा कति पैसा होला भनेर जान्न सँधै खुल्दुली लाग्थ्यो । कोही नभएको बेलामा उसले खुत्रुके कत्तिको गह्रुँगो छ भनेर उचाल्थ्यो । हातमा लिएर ओल्र्टाई पल्र्टाई हेर्थ्यो । पैसा छिराउने प्वालभित्र चियाउँथ्यो । पैसाको खाँचो परेको बेलामा सिन्का छिराएर पैसा निकाल्ने कोशिस गर्थ्यो । धेरै बेर मेहनत गर्दा कहिलेकाहीँ एक दुई रूपैयाँको ढ्याक खस्थ्यो र ऊ दंग पर्दै मिठाई पसलतिर दगुर्थ्यो ।

गानदेवको घर तनहुँ जिल्लाको खैरेनी टारमा हो । उसको बाबु सेते कुमालले मर्स्याङदी खोलामा माछा मार्थ्यो । गानदेव पनि कहिलेकाहिँ बाबुसँगै खोलामा जान्थ्यो र Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : तिमीले जति नै

~चाँदनी शाह~Chandani Shah

तिमीले जति नै माया दिए पनि मेरो माया
मुटुको तिर्खा मेटिने छैन यो जुनी भरिमा
तिमीलाई जति दिउँ यो मुटुबाट झिकेर
माया यो मेरो सिद्धिने छैन सयौँ सय जुनीमा

आँसुका झरीले ब्यथाका बादलले आएर
कहिले सक्नेछैनन् पखाल्न धमिल्याउन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आँखामा फुलेको जीवन

~साबित्रा काफ्ले~sabitra kafle

धानखेतमा
शिला खोज्दै,
उकालो लागेका,
झुमा र मारुनीहरु
सुनकोशीमा रोप्छन
बैशका रङहरु। फुङ्ग उडेको,
कुपोषीत अनुहार
पारिजात जस्तै,
हतासमा झरेका
उत्कण्ठा,
सम्हाल्न खोजेर
बिहानमा,
छरपष्ट छन्
सुकोमल मनहरु। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : पाठ

~आचार्य प्रभा~acharya Prabha

महिला सम्मेलन हलमा महिलाहरुको निक्कै जमघट थियो ।

एक महिला – “त्यो रमाले साडी लाएकी हेरन!कस्तो नमिलेको” ?

दोश्री महिला- “उस्को जहाँ जाँदापनी त्यही साडी फेमस छ” !!! Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

आधुनिक गीत : विवश मेरो कथा भनुँ त

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

विवश मेरो कथा भनुँ त ,निरस झर्कै लाग्ने होला
संदेह ग-यौ केही नबोले ,नराम्रो अर्थै लाग्ने होला
विवश मेरो कथा भनुँ त*****

ल आऊ बस मारी पलेंटी , गर्नुछ मैले धेरै कुरा
भो क्रोध छोड मेरी प्रेमिका , नरोप वाणी वाणी छुरा
गुनासो साँची यसै जिए त , यो धर्ती नर्कै लाग्ने होला Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : उज्यालोको प्रतीक्षा

~मातृका पोखरेल~Matrika Pokhrel

“म त राजनीति गरेकी मान्छे । के मेरो स्वतन्त्रतालाई उसले सम्मान गर्न सक्छ ?” आफ्नो बाबु लेखराजले राखेको प्रस्ताब भुइँमा झर्नै नपाई रम्भाले सोधेकी थिई ।

“ऊ पनि प्रजातन्त्रवादी मान्छे हो, राजनीतिक परिवारमै हुर्किएको हो”, लेखराजले पनि त्यो मान्छे उपयुक्त भएको जिकिर गर्दै भनेका थिए ।

“राजनीति गर्छु भनेर मात्रै कहाँ हुन्छ र, मैले राजनीति गर्छु भन्नेको जीवन पनि देखेकी छु । उनीहरूको घरभित्रको स्वतन्त्रता कति कमजोर र दयनीय हुन्छ भन्ने कुरा धेरै ठाउँमा तपाईंले पनि देख्नुभएकै छ नि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : के यो कुरुक्षेत्र हो ?

~नवराज सुब्बा~Nawa Raj Subba

जताततै
मुकुन्डामा छेलिएर मान्छे
मान्छेलाई नै तर्साइरहेछन्
आपसमा तीर, पीर सबै बर्साइरहेछ
अनगिन्ती निसानाबाट जोगिँदै
कताकता भागौँ म ?
डसिँदै कहाँकहाँ लखेटिऔँ म ?
चिन्दिनँ खै ! को मान्छे ? को हो !
केवल मुकुन्डै–मुकुन्डा मात्र छन् !
खै ! देखिन्न
मुकुन्डाभित्र कोही
हाँसेको छ कि रिसाएको छ
पढ्नै सकिन्न
मुकुन्डामा छोपिएर कोही Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश बहादुर भरिया

~श्रीशीशा राई~

अढाई सय वर्ष पुरानो ढुंगाको भारी
बोकेर उभिईरह्यो ठिँगै
विसौनीमा आईपुगेपछि
भारीको संस्करण फेरिएको छ
यो अब संघियताको भारी हो
छदैँछ पिठ्युँमा
गह्रौँ भारी ईतिहास–फलामको समयसँगै पिठ्युँमा घोप्टिने भारीहरु
सवै बोक्नुपरेको छ देशबहादुरले
छोटा र खुकुला
पाखुरी र कुर्कुच्चाहरु
जीवनमा पहिलो पल्ट
भारी विसाएको अनुभव छ उसँग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी त उही चन्द्रमा रहिछौ

~नवराज दाहाल~

तिमी त उही चन्द्रमा रहिछौ
मैले कहिल्यै जानिन।
नजर उठाइ एक फेर हेर्न
जरुरी कहिल्यै ठानिन।

सात समुद्र पारि तिमीलाई
छाडेर आएथे।
मिलन अब नहुने हो कि
अनुमान यस्तै लाएथे।

तिमी त मेरै चन्द्रमा रहिछौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जलदेवीको गीत

~विप्लव ढकाल~Viplav Dhakal

रातभरि
आँसुले नुहाइदिएर
सुकिलो बनाएको जून
कहाँ पुगिसक्यो !
कोक्रोमा सुताएर
तेल घसीघसी
हुर्काएका ताराहरू
कहाँ पुगिसके !
बिहानै डोलीमा राखेर
कलिलो बेहुलोजस्तो घामसँग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म कवि होइन

~प्रमित आचार्य ‘लिबाङी’~Pramit Acharya 'Libangi'

जब म भोलिका बिहानहरु आज निशाको अधेरोले निलेको देख्छु
जब म हजार कोपिलाहरु नफक्रदै दुष्ट पाउहरुले कुल्चेको पाउछु
तब संसारबाटै लोप भइसकेर केबल कथा अनि कहानीमा सिमित भएका
हजार ड्रेगनहरु मेरो कमलो शरिरभित्र भूकम्प लिएर सल्बलाउन थाल्दछन्
अनि म ड्रेगनले मेरो कमलो शरिरभित्र छाडेको हजारौ ति ज्वारभाटाहरु
केबल एउटा निर्जिब कलमको सहायताले एउटा निर्जिब पन्नाहरुमा ओकल्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : ढुंगा पो भइएछ

~श्रीबाबु कार्की ‘उदास’~Shreebabu Karki 'Udas'

ढुंगा पो भइएछ अचेल। ढुंगा हुनुको पीडा बाँचिरहेछु म। जीवनलाई सासौँदो राख्न सकिएन। ढुंगामा यो मनको हराभरा आवाद कसरी गर्न सकुँला खै? ढुंगाहरूबीच मानिस उभिन असहज लाग्ने रहेछ। ढुंगाहरूबीच प्रेम/स्नेह/भावना/सद्विचार/संवेदना/सहानुभूति निरर्थक बन्दो रहेछ। लक्खा! अन्ततः म पनि भइदिएँ ढुंगामा अनुवाद!

ढुंगाको मुड्को उभेर ढुंगाका हात खुट्टा टेकेर, ढुंगाकै मन र मुटु राखेर, ढुंगाकै निर्जीव मस्तिष्क बाँचेर, खै म कसरी बनुँला मानवजस्तो प्रेमिल? Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : चरीको बिलौना

~कल्पना पौडेल~Kalpana Paudel Jigyasu

घनघोर जंगलको बीचमा एउटा पन्छी बन्य जन्तुहरुको बस्ति थियो । त्यसै मध्य एक परिवार थियो पंछीको, जहाँ एक जोडी माउका दुईवटा चल्ला गरि चारवटा पन्छी रहन्थे । वरिपरी घना जंगल भएकाले चारो खोजेर आहार बटुल्न मुस्किल हुने हुँदा प्राय माउ (भाले)टाढा टाढाको फाटमा जाने गर्थे । तर ति चार पंछीको परिवारमा आहार खोजेर ल्याउने कोहि थिएनन् । माउ भाले एकदमै अल्छी थियो, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : म सानो

~हिरण्य भोजपुरे~Capture3

म सानो, घाम, जून र आकाश सानो
जब मेरो मन सानो, जब मेरो आँखा सानो
म ठूलो, घाम, जून र आकाश ठूलो
जब मेरो मन ठूलो, जब मेरो आँखा ठूलो ।

दुबोको तरेली र तरेलीमा लझने दुई थोप शीत Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

पत्र साहित्य : सञ्चारको विकासमा बस्तीको आवाज

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

अनामिका,

तिमीलाई थाहै छ । आजकोृ आधुनिक मान्छेले गरेको विकासका नयाँ नयाँ प्रयोगले दुनियाँ एउटा सानो गाउँमा परिणत गरिदिएको छ । थुप्रै सुगमताहरुको प्रयोग गरेर हामी अगाडी बढिरहेका छौ । जमाना अनुसारका प्रविधिहरु विकास भइरहेका छन् । मान्छे नै त्यस्तो एउटा अजिव प्राणी रहेछ जसले चेतना र शिक्षाको बलमा नविनतम उपलब्धीहरु हात पार्न विविध जोखिम मोलेर नयाँ दृष्टि र नयाँ खोजको विस्तार गरिरहेछ । Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र कथा : सपना !!‏

~चकेन्द्र राई ‘कैदी’~Chakendra Rai 'Kaidi'

सपना,

यथेष्ट पिल्सिएको आत्माको सुगन्दित र आकर्शक सपनाबाट मुरी मुरी सादुवाद ! !

आज मलाई यति असजिलो भइरहेको छ, सायद यत्तिको अफ्ठ्यारो त सर्वप्रथम सगरमाथा चढ्नलाई तेन्जिङ र एड्मण्डलाईपनि भएको थिएन होला । उनीहरुलाई त थाहा थियो सगरमाथाको चुचुरोमा पुग्नलाई सबैभन्दा पहिलो पाइला सगरमाथाको फेदिमा नै राख्नु पर्छ भनेर । तर मलाई आज यो पत्र कसरी शुरु र अन्त्य गर्ने भन्ने अस्पष्ट भएकोले होला यति अफ्ठ्यारो लागिरहेको छ । आज तिमी प्यारी सपना, प्राण प्यारी सपना, अर्धाङ्गिनी सपना जस्ता सबै आफनत्वको शव्दहरुबाट पर तिमी संवोधान विहिन भएकी छौ । Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

Poem : Got to drink today

~Sanat Acharya~Sanat Acharya

Today I worked a lot

I saw the sun at both ends of horizon

Sore are joints, brains cannot plot

My feet feel like carrying a ton

There is a bottle shop on my way

To erase this tiredness, I got to drink today. Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : म तिम्रो बन्न चाहन्छु

~राधा मल्ल~

निलो आकाशको त्यो गहिराइमा,
निस्कपट तिम्रो नयनको सागरमा,
म डुबुल्की मार्न मार्न चाहन्छु।
एक पटक अनुमति दीइ हेर तिमी,
म अझ पवित्र बन्न चाहन्छु।

बिहानिको त्यो चिसो बतासलाई सोध,
साँझको यो मिठो गोधुलीलाई सोध,
म सधैं सधैं तिम्रो आगमनमा,
यि नयन हामी हिंड्ने बाटोभरी बिछ्याइरहेछु।
साँझ बिहानसंगै चिसो मिठो पवन बनेर आउ तिमी,
म हरबखत हत्केलाले आँख छोपी तिमीलाई चिहाइरहेछु।… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : म सानी नानी

~शिक्षा भण्डारी~

म सानी नानी
राम्रो मेरो बानी।
किताब कापी हाली
पढ्छु मिली जुली।

आज्ञाकारी म छोरी Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment