स्वदेश गान : यो मन त मेरो नेपाली हो

~मपन भुसाल~

जसो गर जे भन जतासुकै लैजाऊ मलाई,
यो मन त मेरो नेपाली हो
मलाई गर्व छ हाम्रो पुर्खाले
कति ब्यथाहरू सहेर,
इतिहासमा कथा त लेखेकै छ

न नै लडाईँको मैदानबाट भागिदिन्छ, Continue reading

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : शोकाञ्जली

~कृष्ण सेन “इच्छुक”~Krishna Sen 'Ikchchuk'

स्पात जस्तै तिम्रो दरिलो हातलाई मुठ्ठीमा कसेर
अब म गरम जोशमा साथ
फेरि तिम्रो अभिवादन गर्न सक्ने छैन
भेट हुँदाको प्रिय घडीमा गहिरो आत्मीयताले डोरिएर
पहिले जस्तै फेरि तिमीलाई
अब म बलियो अंगालोमा कस्न सक्ने छैन
तिमीलाई भेट्ने मनको रहर रहर नै रहनेछ
तिमीलाई देख्ने तलतल
तलतल नै रहने छ
तिम्रा स्निग्ध आँखामा आँखाहरु जोडेर
अब म फेरि कहिल्यै
तिम्रो साहचर्यको न्यानो पाउन सक्ने छैन। Continue reading

Posted in कविता | Tagged | Leave a comment

रक्तिम गीत : क्रान्ति नाँच्दै आउने छ

~मोहनविक्रम सिंह~Mohan Bikram Singh

मलाई अरु केही केही चाहिन्न
बादलको अलिकति गर्जना देऊ
कुखुराको पहिलो डाँको देऊ
सूर्यको पहिलो किरण अनि
तुफानको वेगवान संगीत देऊ
मलाई अरु अरु केही चाहिन्न। Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अभागी अभिमन्यू

~शशिधर भण्डारी~

तिमी महाभारतका अभिमन्यू हौ
अस्ताएको एउटा नक्षेत्र हौ
तिमी अस्ताएपछि उदाउने सूर्य होइनौं
चन्द्र पनि होइनौं
तिमी त महाभारतका अभिमन्यू हौ
त्यसैले फेरि उदाउन्नौं

फेरि उदाउने सूर्यले
उज्यालो विहानी जन्माउँछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : आमाहरु !

~तीर्थराज अधिकारी~Tirtharaj Adhikari

दूधमुखे बच्चाका मुखबाट
दूधका मुन्टा छुटाउँदै
पैसाका मुठा बोकी
बच्चालाई टाईले कसेर
मन्टेश्वरीमा मुन्ट्याएपछि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मसानको आवाज

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

डढेको लाश चिच्याई चितादेखि उठ्यो फेरि
जलेको देशवासीको कदम चर्को उठ्यो फेरि

रगत सिंगान गरी हाम्रो जगाएको बगैंचामा
मरुभूमि गर्न सामन्तीहरूको दल जुट्यो फेरि

सबैले न्याय पाउने बनाएको थियो देश Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : नहारेकै जाती

~रेशमकुमार सुनुवार~

जिन्दगीमा सधैंभरि नहारेकै जाती
सास हुन्जेल आशा नमारेकै जाती

कहिले चढ्यो शिखरमा कहिले तल झर्‍यो
बग्दै जाँदा समय त्यो ऊ त छक्क पर्‍यो
आफै ले आफै लाई मारमा नपारेकै जाती Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ‘नाङ्गी’ द्रौपदी

~दिपा एवाई राई~Deepa Yewai Rai

-नाङ्गी द्रौपदी
आलिशान त्यस महलको
भव्य कुर्सीमा विराजमान
महाराज धृतराष्ट्रलाई
यो द्रौपदीको प्रणाम ।

जंगल र तालहरूमा
गोपिनी नङ्ग्याउने
कृष्णले भारी सभामा मेरो
वस्त्र हरण हुन दिएन
आज आफैं
-अस्तित्वको लागि
-अधिकारको लागि
-न्यायको लागि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मिलाप कि विलाप

~गोविन्दप्रसाद आचार्य~

नरोक वेग जाउ है झकेर सान तेजको
नराख रात फाल है शोभा भएन देशको

तलै छ देश मासमा झनै त भाँसिंदै गयो
झनै यो रात लम्बिए यो देश नासिँदै गयो

कुरा चपाउँदै गए मिलाप हुन्न जान यो
छ भित्र दाग केही भने विलाप जान्न जान यो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशमा

~अप्जसे कान्छा~Apjase Kanchha

प्रकृतिको सास छ
मन लोभ्याउने
सुन्दारताको बास छ
तर अपुरो क्रान्तीले
सदिआ देखिको भ्रान्तीले
देश कंगाल भएको छ
क्षतबिक्षत भएको छदेशको यस्तो बिजोग देख्दा
मलाई देशमा
रगतको खोला
बगाउन मन लाग्छ
देशको बनजंगलमा
आगो लाउन मन लाग्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : विहानीमा म आउने छु

~राजेश नेपाली~

पूर्व क्षितिजको लाली सँगै विहानीमा म आउने छु
अन्धकारको त्यो आकाशमा जुन बनेर उदाउने छु

संघीयताको विरुद्धमा तिमी अघि बढ्दै जाऊ
राताराता झ48डा बोकी साथ दिन म आउने छु Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : फेरी तिम्रो याद आयो

~सिमा राई~

तिमी गयौ
सबै खुशी साथै गए
आसुँ बगे खोला सरी
मुटु जलिरह्यो
छाती पोलिरह्यो
प्यास ले छपटी रहे
आसुँ मा पौडीए पनि
तिमी लाई पाउन सकिन
तिम्रो म्रिगत्रिशणामा
सैयौ माइल डौदिए पनी Continue reading

Posted in कविता | Tagged | Leave a comment

Essay : The inhuman face of Technology

~Sanat Acharya~Sanat Acharya

Today the use of IT in everyday life has rocketed resulting in the rise of electronic communication as a main medium of communication. The use of the postal service, the envelopes and letters is almost in the extinction phase with only some formal communication being done through these means.
Moreover, even the face-to-face communication is in decreasing stage as a result of this rapid rise in the communication based on computer screens.

…..It is obvious from the history that human beings are always pursuing easier life. They always seek luxury, and this very human behaviour has guided them to achieve the different milestones in the scientific discoveries and the technical advancement. The Continue reading

Posted in Essay | Tagged | Leave a comment

गजल : आफ्नो मान्छे कसलाई मान्ने

~कमला क्षेत्री~

जातजातिबीच दुश्मन यहाँ आफ्नो मान्छे कसलाई मान्ने
टुक्रा पार्न थाले देशलाई विजोग हो कि विकास ठान्ने

इसारामा चल्छन् नेता रिमोर्ट बने विदेशीको
रिमोर्ट थिचे घट्छ घटना यस्तो कुरा को छ जान्ने Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : मैले फूल जाँची हेरेँ

~दुर्गा लामिछाने~

मैले फूल जाँचीहेरेँ
मैले पथ्थर जाँचीहेरेँ
कहिले फूलसँग कहिले पथ्थरसँग
सबैसँग बाँचीहेरेँ

कोमल सोची फूल छुँदा फूलैले काटिदियो
बरु मेरो दु:ख पथ्थरले खुसीसँग साटिदियो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : उद्बोधन

~अजम्बरध्वज खाती~Ajamber Dhoj Khati

व्योम खासा नीर रंगको
प्राची सुन्दर किरण झुल्का
गम्भीर बहँदी सलल काली
भुलभुलेछन् जलका भुल्का।
गजूर छानो, सुनको मन्दिर,
घडी र घण्टा बजिरहेछन्
प्रातको प्रारम्भ हो यो
विहगगणका मधुर गुञ्जन।
।। १।।

टलक सुन्दर शीत थोपा
अल्भि्कएका द्रुमहरु छन्
प्राचि उघ्री शीत छुँदा
इन्द्रेणीका लहर बन्छन।
आज यस्तो दिल छुँदो
दृश्यमाथि दृष्टि राखी
एक कवि उ टिप्न खोज्छ
शीतलाई गीतमाथि। Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : जानु नै थियो त ??

~डिल्लीप्रसाद खरेल~Dilli Prasad Kharel

जानु नै थियो त नटिक्ने नाता जोडेर गयौ केको निम्ति
थिए म कमजोर सिसाजस्तै तोडेर गयौ केको निम्ति

आजित भइसकेथेँ त्यतिबेला यो मनलाई फकाउँदा
ओइलाउँदै थिए पिपिरा झैं गोडेर गयौ केको निम्ति Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : अत्याचारमा झान्छौ किन

~राजेश नेपाली~

सधैभरी दलितलाई नै अत्याचारमा झान्छौ किन
दलितकै पसिनामा मिठो माम खान्छौ किन

आखिर फरक कहाँ देख्यौ तिरस्कार घृणा गछौ
पशुसरी दलितलाई सधैभरी मान्छौ किन Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : देउता

~पवन भण्डारी ‘किरण’~

कस्तो हुन्थ्यो होला
मस्जिदबाट अल्लाह निक्लिएर
मेरा प्रश्नको जवाफ दिए ।
म सोध्ने थिएँ
शिर काटिएका र गोली खाएका
मेरा दाजुभाइको कसूर ।

कस्तो हुन्थ्यो होला
चर्चबाट जिसस निक्लिएर
मलाई हेरिदिए
म सोध्ने थिएँ
इरान र अफगानिस्तानको मैदानमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : बल गरेर

~बिपिन किरण~Bipin Kiran

बल गरेर त्यो मन यता मोड भन्दिन म
माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन म
तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै
मैसँग नाता जोड भन्दिन म
म त माया गर्छु तिमीलाई

म मात्रै कहाँ हो र तिमीलाई माया गर्ने Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : काठमाडौंलाई घेर

~विमल निभा~Bimal Niva

पूर्वबाट घेर
पश्चिमबाट घेर
उत्तरबाट घेर
दक्षिणबाट घेर
काठमाडौंलाई घेर

प्रेमले घेर
साहसले घेर
उमेरले घेर
शान्तिले घेर
काठमाडौंलाई घेर

यताबाट घेर
त्यताबाट घेर
उताबाट घेर
जताबाट घेर Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी मेरो बनिदेउ न !

~आशा गुरुङ~Asha Gurung

म पर्खिबसेकी छु ती घुम्टोहरुलाई
तिमी बादल बनि आइदेउन
म रमाउन सक्छु तिम्रो बिशाल छातीमा
तिमी आकाश बनि आइदेउन
तिमीभित्र कतै म हराउन चाहन्छु
तिमी मेरो आँखीझ्याल भएर हेरिदेउन
म रुझिदिउला बरु तिमीसङै सधैं
साउनको झरी बनि तिमी आइदेउन
अबिरल फक्रिरहन सक्छु तिम्रो कोमल स्पर्शमा
तिम्रो आभास म भित्र रहिरहन देउन
आशाहरुको प्रतिक्षा गरी बस्छु म
प्रतेक बिहानीको किरण तिमी बनिदेउन
सजिदिउला म कान्लासरी तिम्रो लागि
तिमी खेतका गराहरु बनिदेउन
गोरेटो बनि म साथ दीरहुँला Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरा आशक्तिका

~ उन्नती बोहरा ‘शीला’~Unnati Bohora 'Shila'

मेरा आशक्तिका भावना तिमीले बुझ्न सकेको भए
मेरा मायाका जाहेरी तिमीले सुन्न सकेको भए
म टुक्रा टुक्रा भई किन झरिन्थेँ होला

आत्मा साक्षी लाएको यो पिरती मनै पोल्ने भएछ भत्भती
फूल सम्झी सजाएँ मुटुमा बिझ्यो किन काँढा सरी
समर्पण यो मेरो प्रेमको मर्म तिमीले बुझ्न सकेको भए Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बिकृत बाटो

~टेकब कोइराला~Tek B Koirala

बिमला !
के तिमी पनि यही बाटो जान्छौ र

यो त मैले हिँडिसकेको बाटो
अनुभूत गरिसकेको बाटो
अभ्यास गरिसकेको बाटो
यो बाटोमा कुनै चौतारी छैन
कुनै देउराली छैन ।

यो त मैले भोगिसकेको बाटो
यो बाटोमा कुनै मिठास छैन
मनोराजन छैन र
कुनै महकता छैन । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : एउटा परदेशी आई

~ललिजन रावल~Lalijan Rawal

एउटा परदेशी आई सोध्यो मेरो नाउँ
तर चाँडै छोडी गयो यो रमाइलो गाउँ

एउटा चिठी उसैलाई पठाउनु थियो
भनिदेऊ जूनतारा कुन हो उसको गाउँ ? Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : फर्किहाल्छु देश

~गोविन्द गिरी प्रेरणा~Gobinda GIri Prerana

कहाँ वस्छु र म यो परदेशमा
फर्किहाल्छु देश ।

देशको राजनीति
अलिकति राम्रो होस्
लोड सेडिंग घटोस्
धारामा पानी झरोस्
फर्किहाल्छु देश ।
सम्विधान वनोस्
दोहोरो नागरिकता
पाइयोस्
शान्ति सुरक्षा
सुध्रियोस्
वाटो चिल्लो वनोस्
धूलो मैलो नहोस्
फर्किहाल्छु देश । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घामका पाइलाहरूले कुल्चेपछि

~सरण राई~Saran Rai

अश्रुपुरित नजरले म पछाडि हेर्दिनँ
युगल हातहरू तिमी बिदामा नहल्लाउनु
अदृश्य सुइरो मनभित्र रोपिदै गैरहेपनि
बिरामी कुरुवा जस्तै तिमी भैरहेपनि
झझल्काहरू गुथ्थ परिरहेपनि
घामका पाइलाहरूलेआँसुको आलो डोब नौनीजस्तो नरम मनमा नपार्नू
युगल हातहरू तिमी बिदामा नहल्लाउनु
भौतिक रूपको ठूलो लेनदेन होइन जीवन
मानव मूल्यको नयाँ चेतना मौन रूपको सञ्चार पनि हो जीवन
के दियो ? के लियो ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : ……metamorphosis……

~Radha Malla~

The period was so difficult
When I underwent,
Continuous metamorphosis……
Pupa turned into Butterfly,
And,
Flew as like its species…

An embryo turned into an infant,
And,
Started living like a human being… Continue reading

Posted in Poem | Tagged | Leave a comment

नेपाली उपन्यास : थुम्काबाट चियाउँदा

~गणेश शर्मा~Ganesh Sharma

समर्पण : साहित्य प्रेमीहरुमा 

थुम्काबाट चियाउँदा | नेपाली उपन्यास | गणेश शर्मा


भाग-१

काभ्रेको खोरियालाई हुस्सेले ढाकेको थियो । त्यसकारण विजयछापका झुप्राहरु बादलभित्र हराएका थिए । थुम्काहरुले कालो बादलको टोपी लाएकाले वरिपरिका रुखहरु प्रष्ट देखिदैन थिए । भष्मे खपाँङ्गीको घरनेर तगारामा आकाश खसे झैं देखिन्थ्यो ।

पाखाभित्ताका खोल्साहरु छ्याङ छ्याङ गरेर बग्थे । ध्यान दिएर सुन्दा संंगीतको ध्वनि झैं सुनिन्थ्यो । गुराँस र भिमसेनपातीका रुखमा बादल बुई चढेको थियो । ती रुखतिर हेर्दा वर्षादी ओढेर ढोकामा पाले बसेका सिपाही झैं देखिन्थे । Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

आधुनिक गीत : प्रतीक्षा गर मेरी मायालु

~राजेन्द्र रिजाल~Rajendra Rijal

प्रतीक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुराउँछ
कहिले हसाँउछ कहिले रुवाउँछ
आँसु र हाँसोको संगम पनि गराउँछ

पर्खन्छन् कति आत्माहरु मायाको धुनी बालेर Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : गाउँ–गाउँबाट उठ

~श्याम तमोट~Shyam Tamot

गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ।

हातमा कलम हुनेहरू, कलम लिएर उठ
बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ। Continue reading

Posted in स्वदेश गान | Tagged , | Leave a comment

अनूदित छोक : युद्ध

~दया दिसानायेके~Daya Dissanayake
अनु : केशव सिग्देल

कति आमाहरु
कति पत्नीहरु
व कति छोराछोरीको
आँशु र रगतको मूल्य Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment