कविता : प्रेम

~किशोर पहाडी~Kishor Pahadi

जब जब पानी पर्छ
म तिमीलाई सम्झन्छु
तिम्रो सुन्दर केश राशीबाट
झर्दै गरेका थोपाहरू
मोतीका
र बग्दै गरेको नदी झैँ ।

जब जब रात पर्छ
म तिमीलाई देख्दछु
आउँदै विस्तारै अँधेरोबाट
छाया विनाका
तिम्रा ओठहरू
केस्रा केस्रा
फूलका पत्र पत्र झैं । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आँशु बिक्री हुने भए

~रजित ओझा~Rajit Ojha

जिउँदो लाश रोएको हेर तिमीलाई फिक्री हुने भए
म बिल गेट्स हुन्थे,आँशु बिक्री हुने भए

तिमी बसेको चोक धाएकै हो….
मायामा ज्वरो आएकै हो…..
१०४ पुग्थ्यो होला …१०४ पुग्थ्यो होला
मायामा डिग्री हुने भए
जिउँदो लाश रोएको हेर तिमीलाई फिक्री हुने भए
म बिल गेट्स हुन्थे होला आँशु बिक्री हुने भए.. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी उस्तै, उस्तै म

~नवराज दाहाल~

लुकि-लुकि घरि-घरि तिमीलाई नियाल्दा,
चाल नपाएको नाटक गर्दै मुस्कान तिमीले फाल्दा।
बुझिकन नबुझे झै गर्ने तिमी उस्तै,
पत्तै नदिई तिम्रो लागि मर्ने उस्तै म।

आउने जाने जसमा पनि तिम्रै मुहार देख्छु,
मिठो बोली सुन्दा पनि तिम्रै भनी झस्कन्छु।
जहाँ गए नि, यादमा सधैं आउने तिमी उस्तै,
तिमी हिंड्ने प्रत्येक मोडमा धाउने उस्तै म।….. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : घाममा पनि माया

~चाँदनी शाह~Chandani Shah

घाममा पनि माया लागेको छ
पानीमा पनि माया परेको छ
फूलमा पनि माया फुलेको छ
रुखमा पनि माया झुलेको छ
हामीले सायद देख्न सकेनौँ कि
देख्नुमै मायाको माने लुकेको छ

आँखाले पनि माया हेरेको छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : पश्चिम कोही पूर्व घर

~गोपाल योन्जन~Gopal Yonjan

पश्चिम कोही पूर्व घर
आँगन तर एउटै हो
छरिएर बसे के भो
सन्तान त एउटै हो

कर्णाली, महाकाली, कोशी कँही बागमती
हिमालकै जलधारा एउटैको छ नाम कति Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

संस्मरण : सम्झना : मन, आमा र रोशीखोला

~गोपी मैनाली~Gopi Mainali

‘सञ्चो भएपछि धितमर्ने गरी कुरा गरुला बाबु अहिले असजिलो भो’ । पेटको क्यान्सरबाट छटपटाएकी मेरी आमाले असीम पीडाका साथ यो वाक्य बोलेकी थिइन । बोलीका पछि कति धेरै माया थियो भन्ने कुरा बोल्नै नसक्दा वोलेका यी शव्दबाट थाहा हुन्थ्यो । तर आमालाई थाहा थिएन, ‘धित मर्ने गरी’ कुरा गर्ने दिन आउने छैन । राम, म र युवदाजुले
उहाको रोगको सवै कुरा नवताइ टार्ने गरेकाथ्यौँ । आमाको मनोवल नघटोस भनेर पनि रोगको विषयमा धेरै बताएका थिएनौ । आमालाई भने विमारी अवस्थामा नै भएपनि वरिपरी छोराहरु देख्न पाएकोमा भएको खुसी विमारीको पीडाभन्दा धेरैथ्यो । खुट्टा लागिसकेपछि हामी आमासँग कहिले पो वस्यौ र ? केवल झल्याकझुलुक दशैमा मात्र । यसपाली तीन दाजुहरु दशैमा पनि घर नगएकोमा आमाले गगल्चिएर भनेकि थिइन–‘अर्को साल दशै मान्न पाइएला जस्तो छैन, सपना धेरै विग्रिएको छ, ठूला छोराहरु झन यसै वर्ष आएनन् ।’ Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : म मर्दिन

~किशोर आचार्य~

नाईं म मर्दिन किनकि
शोषण, दमन र अत्याचार चुलिंदै छ
कुरीति र कुसंस्कार झन् बढ्यो
शोषक र सामन्त सल्बलाउन थाले
बैदेशिक हस्तक्षेपले सीमा नाघ्यो
विकृति, विसंगति अति नै भो

छाक टार्न गाह्रो हुनेहरु धेरै छन्
गरिबमाथिको आक्रमण बढ्यो झन्
चेलीबेटी बेचविखन चुलिंदै गो
जबर्जस्ती शासन लाद्ने
गरीबलाई बाँच्न झन् गाह्रो भो
वर्गीय खाडल गहिरिदै गो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : भीरबाट खसे

~श्याम तमोट~Shyam Tamot

भीरबाट खसे उठ्न होला सजिलो
आँखाबाट खसे उठ्न साह्रै अप्ठेरो ।
हजुर साह्रै अप्ठेरो ।

भन्छन् बस्न पाउँदैमा थ्याच्च नबस्नू
भन्छन् बोल्न पाउँदैमा प्याच्च नबोल्नू
थ्याच्च बस्नु, प्याच्च बोल्नु होला सजिलो
भाँती पु-याउनुु हुन्छ साह्रै अप्ठेरो । Continue reading →

Posted in लोक गीत | Tagged | Leave a comment

गीत : खाडीको पीडा

~दान ब. थापा ~

शोषणको घेराभित्र काम गरेको
गाउँघरको सम्झनाले रोइराखेको
देखे मैले अरब खाडीमा
यो बिरानो मरुभूमिको तातो घाममा
शोषणको ………………………………..

कोही रहेछन् समुन्द्रमा डुंगा चलाउने
कोही रहेछन् मरुभूमिमा भेंडा चराउने
कोही रहेछन् बाटो खन्दै घर बनाउने
हात खुट्टा भाँचिएर जीवन गुमाउने
शोषणको ……………………………. Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : ‘गोलघरको सन्देश’ को सन्देश

~सुकुम शर्मा~Dr Sukum Sharma_Gobinda Sharma

साहित्यकार मोदनाथ प्रश्रितको लघुकाव्य “गोलघरको सन्देश” (२०४०) गद्यलयात्मक काव्यकृति हो। यसमा कवि स्वयंले गोलघरमा यातना भोग्दा आस्था, पार्टी, क्रान्तिको गति आदिलाई मनन गर्दै गोलघरभित्र गरेका प्रतिवद्धता काव्यात्मक रूपम प्रस्तुत भएको छ। यस कृतिलाई काव्य/लघुकाव्य भनिए पनि त्यसअनुसारको आयाम र वस्तुको सीमा देखिन्छ। यसलाई लामो कविता भनिए पनि त्यसअनुसारको आयाम र वस्तुको सीमा देखिन्छ। यसलाई लामो कविता भन्न सकिन्छ। कथावस्तु नभए पनि विभिन्न तर्क र वर्णनहरूले लामो बनाइएको कविताका रूपमा गरिएको मूल्यांकन स्मरणीय छ (अधिकारी, २०४४ : १४४)। यसो भए पनि गोलघरमा थुनिंदाको अवस्था, नेपाली जनताको क्रान्तिप्रतिको उत्साह, विगतका वीरहरूको जेल बस्दाका अनुभूति आदिलाई आफूमा केन्द्रित बनाएर प्रस्तुत गरिएकाले यसमा लघुकाव्यको संरचना छ। यस काव्यमा १३ खण्ड रहेका छन्। यी खण्डमा आएका विचारको केन्द्र क्रान्ति र त्यसको सफलताको गर्जन नै मुख्य रहेको छ। Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : पाप को गुनासो

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
‘पाप’ हो है नाम मेरो !
पुरुष बाबा, प्रकेति आमा !
देश नरनारीको घेरो !
मासु मन्दिर, बास खास !
मज्जा खोपी !
मन, चमन !
पन्छी, पशुको छुन्न जङ्गल !
मानवता सिमाना मेरो !
त्यसको इतिहास सेरोफेरो !

ख.
नित्य वाञ्छित !
नित्य निन्दित ! नित्य लाञ्छित !
कम्र्म मेरो !
अधिकांश दिलको ओट पाई, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : के भनौं साथ छोड्नेलाई

~राजेश नेपाली~

अप्ठ्यारोमा डराएर के भनौं साथ छोड्नेलाई
नपुग्दै गन्तव्यमा आफ्नो यात्रा मोड्नेलाई

सम्बन्ध गासेपछि ऐस, आराम र धनसँग
अब बाँकी के रह्यो र सबै नाता ताड्नेलाई Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : लुकेको यथार्थ

~मोहन गिरी~

थुप्रै थुप्रै लाज र शरम पचाए पछि पनि
तिमी त के मान्छे नै भयौ त, हो !
मान्छे जस्ता भयौ त? आफै सोच्ने गर
तिमीले दावी गर्ने मान्छे तिमी हौला,
तर मान्छेले दावी गर्ने मान्छे के तिमी हौ त?

तिम्रो मनले भन्दो हो
हो, हो ! म मान्छे हुँ ! मान्छे हुँ
कसले भन्दैन मान्छे, म विशिष्ट मान्छे हुँ
म माननीय, सम्माननीय दुवै हुँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विवशता

~योगेन्द्र काउचा~

एउटा फरक यात्रामा निस्किरहँदा
वासनादार
फूलका सुगन्धहरुले
स्वागतका मुस्कान छरिरहे।

सिमसिमे
बर्षातका लहरहरुले
निस्किरहने फोहोर धोइरहे।

अप्ठ्यारा
पहाडका गोरेटाहरुले
गजबको ताली ठोकिरहे। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : दास बन्नु हुँदैन

~कमला क्षेत्री~

नेपाली भई बाँच्नु पर्छ कसैको दास बन्नु हुँदैन
नडगमगाई अघि बढौं, ज्यूँदो लास बन्नु हुँदैन

नेपाली यो भूमिमा नेपालीनै रमाउने हो
हाम्रो नेपाल बैरीजनको बास बन्नु हुँदैन

ए नेपाली दाजुभाई कति फुट्छौ जुट अब Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : मृत्यु फरवार्ड

~युवराज नयांघरे~Yubaraj Nayaghare

शोकका खबरले भरिएको छ मेरो इमेल बक्स !

जीवनकै अङ्ग भएको छ-सूचना । आँखाले पाना पल्टाउने अखबारभन्दा हातले माउस चलाउने प्रविधिमा सूचनाको सेरोफेरो बलियो भएको छ हिजोआज । भव्य र खर्चिलो नभए पनि साधारण खालको ल्यापटपले आकुलव्याकुलमा साथ दिइरहेछ मलाई । भनौँ न, नजिकको साथी !

बिहान र बेलुका । खबर पढ्ने र जान्ने ध्याउन्नमा कम्प्युटरसँग बसाउठी हुन्छ मेरो । एकदेखि सुरु भएर दुइ वा तीन घन्टासम्म सूचनाको अँगालोमा समय खर्चिन्छु । स्वभाविक दिनचर्या जस्तो ।

अचेल मेरो इमेल बक्समा चाङ छ मृत्युका खबरको । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : भोका र बेकार यहाँ

~धर्मोगत शर्मा “तुफान”~

कराउन त कराउँछन् नै भोका र बेकार यहाँ
हालेर तेल कानमा तर सुतेको छ सरकार यहाँ

गरिरहेछन् लुछालुछा हेर मानिस खाने गिद्धहरु
बस्ती–बस्ती गाउँ–गाउँमा यो कस्तो हाहाकार यहाँ

यस फूलबारीमा हुर्कनै पाएनन् हेर फूलका विरूरुवाहरु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सर्वोच्च प्रेम

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~Yogendra Raj Sharma 'Prakar Antar'

तिमी सर्वोच्च छालको
शिखरमा छौ
र यो छाल अटल !
मेरै मुटुको सागरमा उठेको छ ।
नडराउ, यहाँ हिंस्रक सामिप्य छैन
र यो दुरताबाटै मैले
तिमीलाई प्रेम गरेको छु ।
सम्झ,
यहाँ शान्त,शालिन र शुभ्र सामिप्य छ ।
तिमी दुर छौ र नै यो संभव छ
नत्र यो मनको तलाउमा
गोहिहरु चल्बलाउन थाल्थे । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मिथक उत्खनन सम्बोधिमा हराएका बुद्धहरु

~सरुभक्त~ Sarubhakta

समय-संक्रमण
युगीन क्रन्तिका अविछिन्न भ्रान्तिहरु
दुखेको बेला
किराँतचुलितर सलामाण्डरहरु
सिकार खेल्दै हिंडे
जीवन अझेको छ
दुम्सीकाँडैमा
म प्रेमको मुठो बोकेर
‘यो जाति भागी हिंड्दैन’ भन्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : साथीप्रति

~कमला विजेरत्ने~Kamala Wijeratne
अनु : केशव सिग्देल

म पत्याउन सक्दिन
त्यो कालो धुँवाको
कुहिरीमण्डल
जुन आकाशसम्म उचालियो
त्यो तिमी नै थियो भनेर;

तिम्रो तस्विर
मेरो एल्बममा
अझै मुस्कुराउँछ Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : गुल्मीको एक नक्षेत्र

~मानबहादुर भण्डारी~

ओजस्वी क्रान्तिकारी सक्रिय तिम्रो जीवनलाई
म गर्दछु अन्तरहृदयदेखि लाल सलाम !
कहिल्यै झुकाएनौं उच्च शीर, लत्रिएनौं अप्ठ्यारामा पनि
लिएर तिम्रो गौरवगाथाबाट अनुभव अब म बढ्छु
श्रीपेज बनाई सजाउँछु आफ्नो शीर अनि
षडयन्त्रका विरूद्ध लडिरहन्छु निरन्तर, बनेर अविचल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जिउनु परे जिउँछु म त

~ठाकुर मान लामा~Thakur Man Lama

जीउनु परे जीउछु म त मेरै गीत सित
मर्नु परे मर्छु म त मेरै गीत सित
यो गीत मेरो धडकन
यो गीत मेरो जीवन

सपनीमै गाउँ म त
विपनीमै बाचुन्जेल
कोरी रहु गीत म त
विहान रात दिन
गीतका पाइलाहरु
पछ्याइरहु
यो गीत मेरो धडकन
यो गीत मेरो जीवन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : भीरमा अडकिएको ढुंगा जस्तो देश

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

अनामिका,

देश सम्झन्छु मन दुखेर आउँछ । समय वान्ता गर्न मन लाग्छ । परिवेशहरु सहज छैनन् । व्यक्तिगत अराजकताले दिनदिनै सबैलाई त्रसिद पार्दै लगेको छ । क्षणिक उपलब्धि र प्राप्तिको लागि मात्र दौडिरहेछन् । आफूलाई देशको अगुवा भन्नेहरु । लाग्छ समय बदलिएर मात्र केही हुन्न । नाम फेरिएर मात्र केही हुन्न । आखिर रक्सी उस्तै हो भने बोतल फेरेर मात्र नहुने रहेछ । साइज फेरेर मात्र नहुनेरहेछ । हाम्रा स्वभावहरु, Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : मुक भएर प्रेममा बोल्न देऊ !

ज्योति जङगल~Jyoti Jungle

चुम्बनका हजार जुलुश बोकेर
हिँडिरहेको इन्टरनेटमा
कदापि मेरो चुम्बन सामेल छैन प्रियतम् !

ढुकढुकी, हदय, कलेजो वा मुटु
जून, समुद्र, पृथ्वी वा घाम
कुनै कृति उत्कृष्ट छैनन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जनता

~मित्रलाल पंज्ञानी~

गाग्री छ भने घरमा तिम्रो
पानी त्यसमा भर्न सकिन्छ
घोप्टो पारी पोखी पानी
गाग्री खाली गर्न सकिन्छ।

गाग्री होइन देश कुनै
पानी होइन जनता यो
पानी फेरे जसरी कैल्यै
जनता जम्मै फेर्न सकिन्न। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : डर

~गोरख पांडेय~Gorakh Pandey
अनु : चन्द्र गुरुङ

उनीहरू डराउँछन्
खै किन डराउँछन् उनीहरू
कि सारा धन-सम्पत्ति
गोला-बारूद, पुलिस-सेना हुँदा हुँदै पनि ?!
उनीहरू डराउँछन् Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : फाइनल म्याच

~आहुति~Bishwa Bhakta Dulal 'aahuti'

हातमा ज्यावल या कहिले हतियार
सम्झेर सुरक्षित
निर्भय
मस्त निदाएँ युगौंयुग
तड्पेर ब्युझँदा
ममाथि शोषण गरिरहेका थिए
हातमा किताव बोकेका मानिसहरू !
हतार हतार
मैले पनि उठाएँ कलम
लेख्न थालें
बोक्न सिकें अङ्गालो भरी भरी कितावहरू ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अझै त म हारेको छैन

~स्वप्निल स्मृति~Swapnil Smriti

अझै त म हारेको छैन
जिन्दगीको सेक्मुरी फूल
मुर्झाएको छैन !

धुलोबाट उठेको म धुलैसरी ढलेँ हुँला
यसको अर्थ फेरि कैल्यै उठ्न नसक्ने म हैन
कदम–कदममा छ कम्पन, अझै कति ढल्नु होला ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कहीँ राती गोली आउला

~राम कृष्ण आचार्य~

ढोका लगाइ बस्ने गर कहीँ राती गोली आउला,
धेरै पङगा लीयेउ बाबु आजै आउला भोली आउला।

तिम्रो औकात बुझेउ ढिला काम तिम्रो लाग्ने को हो?
सोझोलाई घोच्येऊ अति अब मुटु पोली आउला। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : क्रान्तिको निम्ति

~राहुल पुन~

मर्न तयार होऊ हरबखत क्रान्तिको निम्ति
तर्न तयार होऊ जंघारहरु परिवर्तनको निम्ति

त्यसै पाईदैन अधिकार अन्तमा लड्नैपर्छ
गर्न तयार होऊ मृत्युवरण अधिकारको निम्ति

कहाँ आउँछ शान्ति कामना गरेर मात्र Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : खास त केहि छैन

~किशोर घिमिरे~

खास त केहि छैन
यो जीबनमा जिन्दगानीमा ।

म निदाको छैन
आझै नी तिम्रो यादमा बिउँझेकै छु । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : पोखरामा हराउन मन थियो

~गोविन्द खड्का~

‘निता तिमीले यहीँ विवाह गरी बस । हामी कहिले काँहि तिम्रो घरमा भेट्न न्यूले आएर बसौँला । खाने बस्नेको व्यवस्था तिमीले गर्नुपर्छ ।’ ट्याक्सी चढेर पोखराबाट फर्किदै गर्दा कैलाली कि निता विष्टलाई यसरी जिस्काउँदै थियौँ । जति ट्याक्सी स्पिडमा जान्थ्यो । त्यति मन आत्तिन्थ्यो । छोड्नु पर्दाको पछुतोले चिमोटिरहेको थियो । तर दृश्यहरु हेर्दै गर्दा झमक्कै साँझ प¥यो । लोडसेडिङले देखिन छोड्यो मनलाई जबर्जस्ती थाम्नुप¥यो । यस्तै भयो होला । कैलालीकै पत्रकार लोकेन्द्र विष्टलाई पनि पटक–पटक रमाउँदै गफ थपिरहन्थे । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment