गौतमबुद्धलाई अहिले विश्वका अधिकांश मानिसहरू महाज्ञानी, तार्किक, मानवतावादी, सत्यका अन्वेशक, शान्तिका मार्गदर्शक, सुधारवादी दार्शनिकका रूपमा चिन्दछन् र ठूलो सम्मान व्यक्त गर्दछन्। तर एक समय यस्ता थियो विभिन्न धर्म र दर्शनका अनुयायीहरूले उनलाई “वेदविरोधी, नास्तिक, पाखन्डी, भँडुवा” आदि भनेर घनघोर विरोध गर्दथे। बुद्धका अनुयायीहरूमाथि ठूल्ठूला आक्रमण भएका थिए, भिक्षुहरू मारिएका थिए, विहार गुम्बाहरू भत्काइएका थिए, बौद्ध ग्रन्थहरू उठाइएका थिए र बौद्ध मतका थुपै विद्वान र अनुयाीहरू आफ्नो ज्ञान, आस्था र बौद्धग्रन्थहरूको सुरक्षानिम्ति उत्तरी भारतबाट भागेर नेपाल, श्रीलंका, तिब्बत लगायतका मुलुकमा पुगिबसेका थिए। त्यसबेला कट्टर पन्डित पुरोहितहरू भन्दथे “कसैले हात्तीले कुल्चाएर मार्छ भने बरू मर्नु तर बुद्ध र जैनका मन्दिरमा नजानु।” Continue reading →