गीत : युवा आवाज

~विष्णुप्रसाद खनाल~

रक्षा गरौं सबै हामी राष्ट्रियता गणतन्त्र
संघीयता विरूद्धमा अभियान मूलमन्त्र
परिवर्तन स्वतन्त्रता माग गर्दै युगबोल्छ
संघीयता अशान्तिको विरूद्धमा युवाबोल्छ–२

मातृभूमि चिन्तित छ अशान्तिको खेलदेखि
संविधान अन्योलमा छ जिम्मेवार दलदेखि
सयौंथुँगा फूलहामी एउटै माला नेपाली हौं
संघीयता विरूद्धमा सारा हामी युवा जुटौं–२ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एउटा उन्माद बैंसको

~हेमन्त श्रेष्ठ~Hemanta Shrestha

एउटै चेहरा एउटै तन र एउटै आवाज
म देखिरहेछु सुनिरहेछु र भोगिरहेछु
समयको लामो लामो अन्तरालपछि पनि
निरन्तर निरन्तर
आँखा खोल्दा र चिम्लँदा पनि
सपना कल्पना र तरङ्गमा पनि
उही चेहरा उही तन र उही आवाज
खै के हुँदैछ अचेल
मेरो शरीरको यो अदृश्य खोलमा
सर्वाङ्ग सजिएको छ अरु कसैको शरीर ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सपना

~सुशीला देउजा~Sushila Deuja

झसङ्ग भई निद्राबाट बिउँंझिएका मन्त्री महोदयले सिरानमुनि राखेका फाइल र कलम फुत्त फ्याले । मानौं उनले भयानक सपना देखे । अनि संगै निदाइरहेकी श्रीमतीलाई घचघचाउँंदै बिउंँझाएर भने ‘ए बाबुकी आमा लौन मलाई गालामा ठयाम् ठयाम् हान त’ ।

अर्धनिद्रामा परेकी श्रीमती केही नबुझेर छक्क परेर हेरिरहिन् । मन्त्रीले झर्किदै आफैले आफनो गालामा ठयाम् ठयाम् हाने । त्यसपछि मन्त्रीज्यूले खुसीको लामो सास फेरे र भने ‘अहो, कस्तो अनर्थको सपना देखेछु । साँच्चिकै पो हो कि भनेर मेरो त हातखुट्टा पनि फत्रक्क गलिसक्यो’ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : अन्तर्मनमा सगरमाथाको यात्रा

~जुनिता सुब्बा~Junita Subba

कुरो २००८/०९ सालको हो। एकदिन अचानक इमेल खोल्ने क्रममा एउटा इमेल पाँए ।सगरमाथा आरोहण सम्बन्धि थियो ।बास्तबमा त्यो इमेल पठाउने मान्छे को हो? कहाँ हुनु हुन्छ ? आज पनि मलाई थाहा छैन । S .w .नामले चिनिनु हुने उहाँ जो जहाँ हुनु भएपनि उहाको उत्प्रेरणा भने मेरो लागि जिबनको कोसे ढुङ्गो साबित भयो । म उहाँलाई हृदय देखि नै धन्यवाद भन्न चाहन्छु । त्यो दिन यस्तो लाग्यो मेरो मस्तिस्कमा एउटा घटना घट्यो । त्यसपछि म भित्र भित्रै एकाएक सगरमाथा आरोहण गर्ने अठोट गरे । किताबमा पढेका सगरमाथाको फेदी नाम्चे बजारको म कुनै दिन कल्पना मात्र गरेर चित बुझाएको थिँए। सायद म त्यो ठाउँ एकदिन जानेछु । सगरमाथा त धेरै परको कुरा हो। त्यो बच्चाको एउटा तरंगना थियो। तर बास्तबिकता होला भनेर मैले कैले पनि सोचेको थिएन किनकि हिमालय सम्बन्धि मेरो परिवारमा बहुत नुन्य ज्ञान थियो ।त्यति हुँदा हुदै पनि Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

छोक : दृष्टि भ्रम

~तीर्थराज अधिकारी~Tirtharaj Adhikari

आफ्नै शिर चक्कराएको
भेउ नपाउनेले
कुनै पहाडलाई हे–यो भने
पहाड नै घुमेको भन्न सक्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जमिनमुनिका पर्खालहरु

~विजय योजीत~Bijaya Yojit

उ पर्खीरहेछ
सधैं झैँ उसैगरी ,
अँध्यारोको व्यग्र प्रतिक्षा छ उसलाई
र झुकेको छ चुपचाप
पिपलका जराहरु समाएर
सधैं झैं घामको नकाब लगाएर ,
सधैं झैं सन्ध्याको धारिलो गैंती टेकेर ,
त्यहि पुरानो पर्खालको आडमा !
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खै एकताको बल ?

~देवी नेपाल~Devi Nepal

भन्थे एक थुकी सुकी सय थुकी बन्ने छ पक्कै नदी
ऐले भव्य नदी फुटी सय कुलो बन्दै गए सुस्तरी
यौटा फूल थुती थुती चुँडिदिए देखिन्छ के सुन्दर ?
यौटै काँध बनेर बोक्नु छ धरा खै एकताको बल ?

माटाको घरमा पसेर दुनियाँ भन्दै छ गिर्जाघर
मासिन्छन् क्षणभित्र मन्दिर यहाँ भत्किन्छ त्यो मस्जिद Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : माया साटासाट गरौं

~केशव आचार्य~Keshav Acharya_1

आउ हामी एकपटक माया साटासाट गरौं
विश्वासको फूलबारीमा पिरतीको बिउ छरौं

तिम्रो जस्तै मेरोपनि खाली नै छ मनको घडा
दुबै मिलि अँजुलीले सम्झौताको कलश भरौं Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : भनुँ भनुँ लाग्छ…

~बासु श्रेष्ठ~SONY DSC

गाजल् वनी नयन भित्र बसुँ बसुँ लाग्छ
मोती दाना लहर भई खुलुँ खुलुँ लाग्छ
गाजल् बनी नयन भित्र…

वर्षा भई तिम्रो वदन भिजाउँ भिजाउँ लाग्छ
रिसाएर आगो भए रिझाउँ रिझाउँ लाग्छ
वर्षा भई तिम्रो वदन……

बादल भई केशभित्र लुकुँ लुकुँ लाग्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जस्तै छ साथी

~मधु रिजाल~

देशको हाल के सोध्छौ, तिमीले छोड्दा जस्तै छ साथी
रोल्पा, रूकुम, कर्णाली, हुम्लाको दशा उस्तै छ साथी

जोती खाने हली दाईको सुखको दिन आ”को छैन
जोताईखाने मुखीयाको दमन त्यस्तै छ साथी

घैंटा फोड्दै हिंड्नेले नै आज धेरै पिउँदै हिंड्छन् Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाई तिम्रो दरबार चाहिँदैन

~शिव प्रकाश~SHiva Prakash

दरबार बाँड्दै हुनुहुन्छ
नयाँ मालिकहरू
म राजा होइन
किन चाहियो मलाई दरबार
राजा हुन, रण गर्नुपर्छ
गणको स्वामी हुनुपर्छ, बध गर्नुपर्छ
मैले त्यो गर्न सकिनँ
दरबारको आश छैन
म घरबारविहीन नागरिक
सिहदको रगतले
स्वाधीनता पोतिएको
एउटा स्वतन्त्र देशको मालिक भए पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : तिम्रो स्वास्नी र मेरो कुवेतमा मौलाएको प्रेम

~सुजन अभागि~

सौभाग्य हो कि दुर्भाग्य, म केही जान्दिनँ । एकदिन सांस्कृतिक कार्यक्रममा तिम्रो स्वास्नीसँग भेट भएको थियो । त्यसदिन मैले सोचेको थिए, एउटा चौविस पचिस वर्षकि युवति, पक्कै पनि कसैको स्वास्नी भैसकेको छैन होला । मंचमा प्रस्तुत हुन अगाबै कुवेतको उत्कृस्ट कलाकारको रुपमा मिडियामा नाम दर्ता भैसकेकी केटी, जसको प्रत्यक्ष कुराकानि हुनु भन्दा अगाडि नै म उसको जबरजस्त फ्यान थिएँ । जावानिको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : यहाँ पस्न थाले हजुर

~हीरारत्न श्रीशा~

विस्तारवादी सेना यहाँ पस्न थाले हजुर
हाम्रो भूमि लुट्दै यही बस्न थाले हजुर

संघीयतामा देश लगि टुक्रा पारी खान
विस्तारवादी गोला बारुद्ध खस्न थाले हजुर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : यस्तै भो मायामा फँसेपछि

~राकेश कार्की~Rakesh Karki

बिदेशीसँग माया बसेपछि
यस्तै भो मायामा फँसेपछि ।

नजिक गई ‘व्युटिफुल’ भन्छु
दशथरी मेकअप घसेपछि ।

‘No’ लाई पनि ‘Yes’ भन्ने भएँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : आत्मबलभित्रको यथार्थ

~सविता श्रेष्ठ ‘बेहोसी’~

श्रेया अहिले अस्पतालको बेडमा केमो चढाएको बोतल हेर्दै सुँक्सुकाइरहेकी छिन्। श्रीमान्ले प्रेमपूर्वक गाला सुमसुम्याएको स्पर्शले उनलाई अझ रुन मन लाग्छ। श्रीमान्को आँसुको थोपा आफ्नो गालामा झरेको हेर्न नसकेर श्रीमान्को आँसु पुछ्दै भक्कानिएर भन्छिन्-सिर्जित ! म बाँच्छु होइन ? मलाई तपाईंको न्यानो काख र मायाको आलिङ्गनमा वर्षौं बाँधिने मन छ। भगवान्सँग मेरो जिन्दगी भिख मागिदिनुहोस्। मैले भनेको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : प्रेमको माला

~नीर शाह~Neer Shah

प्रेमको माला पहिराइदिएँ
सम्हाली राख यसलाई
नओइलिने फूलको माला हो यो
संगाली राख यसलाई

तिमी मेरो जीवनको उज्यालो हौ
म सधैं तिम्रो साथ रहन्छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लूसी र सपना

~प्रतीक चाम्लिङ्ग~Prateek Chamling

पहिलो भेट
मुस्कानहरुले सजिएको तिमी
वर्डस्वर्थको लूसी झै
कुरुप ढुङ्गाको चेपमा फुलेको शुन्दर फुल
प्रकृतिले दिएको बरदान
कति प्राकृतिक दुःख खेपेर
आस्थाको थुँगा लरक्क लर्काएर
तिमी फुलेकी ।

म सायद
तिम्रो सुगन्धित थुँगाहरु संग
तिमी संगै फुले क्यारे ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लेख : धर्म र दर्शनको विश्लेषणमूलक अध्ययनको आवश्यकता

~मोदनाथ प्रश्रित~Modnath Prashrit

गौतमबुद्धलाई अहिले विश्वका अधिकांश मानिसहरू महाज्ञानी, तार्किक, मानवतावादी, सत्यका अन्वेशक, शान्तिका मार्गदर्शक, सुधारवादी दार्शनिकका रूपमा चिन्दछन् र ठूलो सम्मान व्यक्त गर्दछन्। तर एक समय यस्ता थियो विभिन्न धर्म र दर्शनका अनुयायीहरूले उनलाई “वेदविरोधी, नास्तिक, पाखन्डी, भँडुवा” आदि भनेर घनघोर विरोध गर्दथे। बुद्धका अनुयायीहरूमाथि ठूल्ठूला आक्रमण भएका थिए, भिक्षुहरू मारिएका थिए, विहार गुम्बाहरू भत्काइएका थिए, बौद्ध ग्रन्थहरू उठाइएका थिए र बौद्ध मतका थुपै विद्वान र अनुयाीहरू आफ्नो ज्ञान, आस्था र बौद्धग्रन्थहरूको सुरक्षानिम्ति उत्तरी भारतबाट भागेर नेपाल, श्रीलंका, तिब्बत लगायतका मुलुकमा पुगिबसेका थिए। त्यसबेला कट्टर पन्डित पुरोहितहरू भन्दथे “कसैले हात्तीले कुल्चाएर मार्छ भने बरू मर्नु तर बुद्ध र जैनका मन्दिरमा नजानु।” Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : मुर्दा!

~निशा प्रतीक्षित~Nisha Pratikshit

आजभोलि अक्सर म
आर्यघाटमा हुने गर्दछु
टोलाइरहेको अवस्थामा,
मुर्दा जलिरहेको आगोबाट निस्की रहेको
धुवाँमा
तरङ्गित भैरहेको देख्छु म
तिम्रै त्यागका प्रतिबिम्बहरु
साच्चै तिमी मुर्दा भन्दा
केही कम भएका छैनौ आजकल। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : नौ सय खोला

~यादव खरेल~yadav-kharel

नौसय खोला तरेर जाने बिर्सने पो हौ कि मलाई बिर्सने पो हौ कि २
नफर्केसम्म पर्खेर बस्छु सम्झनाको दीयो जलाई बिर्सने पो हौ कि
नौ सय खोला

बादलले ढाके म रोइरहेछु भनि ठाने है २
बाडुल्की लागे म सम्झिरहेछु भनेर जाने है २
सम्झीरैछु सम्झीरैछु जाने है Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मनै बरु हारी दिन्छु

~सरस्वती शर्मा ‘जिज्ञासु’~Saraswati Sharma 'Jigyasu'

यो देशको शान्ती खातिर मनै बरु हारी दिन्छु
उजाड देशको स्थितिमा सञ्जिवनी सारी दिन्छु

बिबादमा अल्झिएर देशलाई बन्दी नबनाउ
देशका बाधा ब्यबधान काडे तारले बारी दिन्छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लोक गीत : वनमा सर्लङ्ग

~हिरण्य भोजपुरे~Capture3

वनमा सर्लङ्ग रुख सुक्यो
नहुनु मायाले दिल दुख्यो
डढेलोले वन ध्ढेको
कसले देख्छ मन बलेको ।

लेउतीभित्रै लेउ जत्ति
पाइन मायाको भेउ कत्ति Continue reading →

Posted in लोक गीत | Tagged | Leave a comment

कविता : समय

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

समय अविरल आइरहन्छ
विना मुहानको पानी जस्तो
पर्खदैन डुवी जाने घाम जस्तो
प्रक्रितिले प्रदान गरेको निशु:ल्क उपहार
प्राप्त भैरहन्छ
बाँच्नको लागि प्राण जस्तो
तर थाहा हुँदैन हामीलाई
सहज-असहज बनेर पाइलामा
गतिशील भएर उर्लिदिँदा
बनिदिन्छ सृस्टिको नियम जस्तो
विद्यमान बगिदिने नदिहरुमा
जन्म र मृत्यु दुइ किनार भएर बगे जस्तो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मरिचेको चुपी

~उपेन्द्र सुब्बा~Upendra Subba_1

लिम्बू सम्बन्धित एउटा उक्ति चर्चित छ– ख्यालख्यालमा चार इन्च । लिम्बू–लिम्बूबीच फौदारीमा चार इन्च काटे पनि एक बोतल रक्सी राखेर माफ माग्छन् र माफ दिन्छन् पनि । चार इन्च त ख्यालख्याल हो ।

नामले साह्रै सुहाएको मरिचे । डल्ले सानो कद, खिरिल्लो ज्यान, रिसको भने पोको नै । कुरै नबुझी चुपी झिकिहाल्ने । मान्छे हेरेर, स्वभावअनुसार नाम राखेका हुन् वा नामको असर हो, मरिचे मरिच नै थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : निचोरेर सुकाएको आकास

~अभि सुबेदी~Abhi Subedi

आकासबाट
धर्धरी
भक्कानो फोरेर रोएको
कानमा खसेपछि
वेगले भेट्न दौडेँ
पृथ्वी मेरो मोटरसाइकलको चक्कामा
पहिरन अल्झाएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रै निम्ति

~रञ्जित ज्ञवाली~

तिम्रै निम्ति मखमली चोली लिई आउँला
केही बर्ष पर्ख अझै डोली लिई आउँला

हिरा मोती जुहारत सक्दिन म ल्याउन
सिंदुरले रंगाउन होली लिई आउँला Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मुसाहरुको कथा

~हीरारत्न श्रीशा~

जाडोभरि गुजुल्टिएर बसेका सर्पहरु
जमिन भित्रबाट मुख ठूलो बनाएर
समतल, मधेश, भिरपाखा
अनि कुना कन्दराबाट
जमिन नै थर्कने गरी
मुसाहरुको जमान तै तर्सने गरी
निस्किरहेका छन अघाएका सर्पहरु

५ वर्ष खाएर ५ वर्षसम्म नखाई बाँच्न सक्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : लेखिएँ फेरि

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

शब्द शब्द अकाल तर लेखिएँ फेरि
रुन्चे सस्तो भावना बिच चेपिएँ फेरि

वाहियात भो त्याग तैंले कठिन मेलो
आफूबाट आफू नै हरे ! हेपिएँ फेरि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : आफू पग्ली

~रश्मिला कवाङ~ Rasmila Kawan

आफू पग्ली अरुलाई दीप छर्छे यी नर्स
सेवा गर्न सच्चा भावले सर्छे यी नर्स

दह्रिलो मन, आँटिलो पाइला चालेर सदा
घामपानी नभनी निश्वार्थ सेवा गर्छे यी नर्स Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : गाउँ गाउँ लाग्यो

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

मनको चाह कसलार्ई सुनाउ खुसिले आशु झरिसक्यो
मनको कुरा कहन्छ क्यार गीत एउटा गाउँ गाउँ लाग्यो

डाँडा पाखा हरियाली ढकमक्क गुराँस सुनखरी
सोह« बर्षे कलिलो जोवान आँखैमा घुम्दछ घरिघरी
सुन्दरी रुप छिट्टी परेकी आँखैमा मेरो झलझली बस्यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : शव-आसन

~डा. मधु माधुर्य~Dr Madhu Shrestha Madhurya

कतै दशगजा हरायो र कालापानी मिचियो :
विरोधमा आक्रोशको समाचार छापियो ;
कविले तातो “क्रान्तिकारी” कविता दन्कायो ;
कलाकारले व्यंग्यमा र संगीतकारले गीतमा क्रन्दन ओकल्यो;
समाचार र कविताको रापले ‘म’ आगो भैसकेको थिएँ !
दशगजा र कालापानी हेर्न कोहि गएन ….

भ्रष्ट नेता सत्तामा आयो र संबिधान ठहरै भयो : Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्यको कुनै छायाँ हुँदैन

~मोमिला~momila

बाबा भन्नुहुन्थ्यो
सत्यको कुनै छायाँ हुँदैन
…………….
र म हरपल
छायाँमुक्त सपना सोचिरहेँ
कैयन् ऋतुहरू हाँगाबाट झर्दै रहे
सिसिफस श्रापबाट मुक्त भएको सपना पनि देखेँ
ब्युँझँदा श्रापको ठूलो ढुङ्गाले आफै किचिएको रहेछु
……………..
र विमूढ सामुन्नेमा
छायाँका अनन्त अर्थहरू बौरिएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment