व्यङ्ग्य कविता : नाइटो सन्काउने !

~चट्याङ मास्टर~Chatyang Master

गज्जब फेसन आयो यो, टाउको टन्काउने !
आँखा छोपी चश्माले, नाइटो सन्काउने !!

प्यान्ट खस्ला खस्ला छ, कम्मर हल्लेको !
चोली छोटो हो कि यिनको भित्री तन्केको !!

ऐंसेलुदाना नाइटो छ, मनै लोभ्याउने !
गाजलु आँखा छोपेर नाइटो सन्काउने !!

कटीमा त्यो कुँदिएको मणी ऐंसेलु टल्कने !
कलापुञ्ज आहा नाइटो ! सृष्टिको मूल झल्कने !!

कमलको फूलको डोब, दिव्य नाइटो उदाइसक्यो !
साहित्यमा जति रस छन्, नाइटैबाट रसाइसक्यो !!

व्यर्थै गए नयनवाण सब, चस्माको ढाल तेर्सियो !
नाइटोकै तीरले गर्दा, दिलमा आगो दन्कियो !!

(स्रोत : Saptahik – Kantipur)

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.