~दयामोहन आचार्य~
पहरो फोर्ने भन्छन् तर त्यो पतक्कै नुग्ने गलको के काम
हेर्दा त नमुना छ तर दर्शक बिनाको सिने घरको के काम
जनतालाई यसरी नै फुस्रो आश्वासन बाढि रहने हो भने
जनताको विश्वास टुटे त्यो राजनीतिक दलको के काम Continue reading
~दयामोहन आचार्य~
पहरो फोर्ने भन्छन् तर त्यो पतक्कै नुग्ने गलको के काम
हेर्दा त नमुना छ तर दर्शक बिनाको सिने घरको के काम
जनतालाई यसरी नै फुस्रो आश्वासन बाढि रहने हो भने
जनताको विश्वास टुटे त्यो राजनीतिक दलको के काम Continue reading
~बासु श्रेष्ठ~
सागरलाई थिचेर अनि सगरलाई चिरेर
बसेको छुँ साँधमा नेपाललाई बेरेर
उमेर बढ्छ जसै जसै बढ्दो छ वैंश उति नै
साहस हुन्छ झन् झन् दरिलो विपत परोस् जति नै
चुनौती बनेको छुँ विश्वलाई हाँक दिन्छु सबलाई
वायू शीत हिउँ सब रोक्न खोज्छन् मलाई
मेरो छाती खुल्ला छ टेक्न छुट् छ सबलाई Continue reading
~नीर शाह~
कहिलेकाहीं म हाँस्छु धेरै बेर हाँस्छु
जो हाँसिरहेछन् केवल उनीहरु माझ हाँस्छु
न त कहिले कसैले सोधे न त मैले कसैलाई सुनाएँ
आफ्नो जीवनका पीडाहरुलाई
कहिलेकाहीं रिसाउँछु आगो भई रिसाउँछु Continue reading
~सरस्वती शर्मा ‘जिज्ञासु’~
मिलनलाई कल्पी कल्पी रुन्छु म त यथार्थमा
भेटिएकै अमूल्य क्षण बुन्छु म त यथार्थमा
तिम्रो यादमा बिक्षिप्त भई कल्पनामा हराउँदै
उर्लिदिन्छ प्यारको भेल चुम्छु म त यथार्थमा Continue reading
~निशा प्रतीक्षित~
कुनै कुनै प्रेम कहानी यतिकै मिठा लाग्छन्
अधुरा ती रहर सबै अधुरै मिठा लाग्छन्
भेट्नु छुट्नु जिन्दगीको रित भन्छु मैले पनि
कहिलेकाहीँ सम्बन्ध टाढा-बाटै मिठा लाग्छन् Continue reading
~श्यामकुमार बुढामगर ‘चिन्तन’~
समयले आज हामीलाई जुन ठाउँमा उभ्याएको छ र भोलि कहाँ पु-याउँछ ? त्यो कुरा अहिल्यै भन्न सकिन्न । आजका मितिसम्म हामी जे छौं र भोलि के हुन्छौं ? त्यो पनि भन्न गाह्रो छ । जीवन संघर्षको मोडहरुले मानवजीवनलाई कहाँ पु-याउँछ ? त्यो भन्न सकिने विषय रहेनछ । Continue reading
~ज्योतिराज अधिकारी~
जसै गरी पनि शान्त नहुने मानव मन
जता गए पनि बिक्षीप्त के को जिजिबिसा झन
अन्तमा के छ यहाँ मन को शान्ती जहाँ
प्रप्ती लाई नियलेर नबुझ्ने दिमगी असोस्थता यहाँ !
एक दुई र तीन पाइला बढ्दा खुशी को लहर
चौथोमा पटक पटक गुनसा को पहाड र दर्कार
कुन ठाउमा हो त्यो लक्ष को आशाको पर्खाल
लौ कसरी बुझौ म के हो खुशी र जिबन को आधार !! Continue reading
~Biswambhar Chanchal~
Trans : Mahesh Paudyal ‘Prarambha’
A filed a case against B. C said, “You did the right thing. I knew it beforehand that B would do such a bad thing against you.”
The issue didn’t have anything special in itself. A and B were good friends, instead. One loved the other very much. A invited B to live with him at his home. He also arranged for him a piece of land. He helped him in many ways including to build a house. This Continue reading
~सुरेन्द्र रजौरा~
जीवनको उकाली ओरालीहरुमा
अनि
हरेक रड. तरङ्गहरुमा
अनावश्यक आपत्ति र
विपत्तिहरु आइपर्ने
हरेक मोडहरुमा
एक्लै तिमी मात्र होइन
तिमी जस्तो हजारौ
अनि Continue reading
~विप्लव ढकाल~
…
शब्दको भीरबाट लडिदिन्छु
कि शब्दकै अग्निकुण्डमा हाम्फाल्छु !
कि शब्दको तीरले घोचिन्छु
कि शब्दकै तुइनमा झुण्डिएर
तर्छु दुःखको कर्णाली !
…..
शब्दद्वारा कुटिएर मर्छु Continue reading
~भूपाल राई~
त्यागेर आफ्नो सनातन गद्दी
राज्य हाँक्न निस्किएको
कुनै मध्ययुगीन राजकुमारजस्तै
अचानक
निस्किएको छ यात्रामा
एउटा त्रिकोण झण्डा
थाहा छैन
कुन राज्य हाँक्नु छ झण्डालाई ?
अथवा टेक्नु छ
निरपेक्ष दुबोहरुको पहिचान !
र निस्किएको छ यसरी Continue reading
~पेशल आचार्य~
युग अनुसारका खोजी हुन्छन् । वैदिक युगमा दर्शनको खोजी भएथ्यो । उत्तरवैदिक युगमा भक्ति र द्वन्द्वको खोजी भयो । रामायणले भक्ति र महाभारतले खोजेको द्वन्द्वमय गूढ रहस्यका बारे यद्यपि खोजीको विषयातिरेक हुन सक्छ या सक्दैन विद्वत् वर्गबाट सन्धान जारी छ । वर्गतले भ्याएसम्म सबैले खोज्ने हो । खोजेमा पाइन्छ । नखोजेमा केही पाइँदैन ।
Continue reading
~चन्द्र घिमिरे~
घर–घरलाई
सख्खारै मन्त्र फुक्न
कंगारुझैँ गुड्कँदै आउँथ्यो सूर्य
ऊ रैनछ अब ।
फकलैण्डमा लडेको कप्तान
र थियो छातीमा तक्मा
ऊ पनि रैनछ अब । Continue reading
~अनिल थापा~
हरेक बिहान आँखा मिच्दै गणित किताब पल्टाएर
मयूरको प्वाँख नाप्दै
वर्षौँसम्म बढ्ने अभिलाषा मनमा च्यापेर
जिन्दगीको गणितका धेरै अंक मेटिइसक्दा पनि
उभिरहेको थिएँ
तिमीले दिएको मयूरको प्वाँखसँगै
तिम्रो प्रेम कुरेर ।
बिजुली, पानी, गास, बास, पुर्याइदिन्छु भन्दै Continue reading
~विमल कोइराला~
जब शान्त स्वरहरू
आक्रामणमा पर्छन्
जब दूधे बालक पनि
घाँटी निमोठ्याइमा पर्छ
जब मौन बहुमतमाथि
हल्लाखोर अल्पमतले शासन चलाउँछ
जब नम्र शरीरहरूमाथि
हिंस्रकले डण्डा बर्साउँछ
जब व्यस्त सहर पनि
जङ्गलमा अनूदित हुन्छ
असुरक्षित वातावरणमा कसको पो भर हुन्छ र, अनि Continue reading
~नारायण रेग्मी~
अरुले ब्रेकफास्ट गर्नेबेला,
म दाल र भात पेटमा घुसारी
घाम रापीलो नबन्दै कार्यालय पुग्छु
भित्ते बिजुली बाकसमा ल्याप्चे लगाउँछु
किनकि !
म लोकतन्त्रको सरकारी जागिरे हुँ।
अरुले परमेश्वरको किर्तन गर्नेबेला,
म धुलोले सेताम्मे भएका काला जुत्ता कपडाले पुछ्दै Continue reading
~आचार्य प्रभा~
उस्ले बडो आनन्द र गर्वको साथ भन्दैथियो ।”मेरी छोरी एयरहोस्टेज हुँदा त मैले ब्ल्याक लेबल र रेड लेबल त कत्ती खाएँ,खाएँ । बिदेश जाँदै पिछे ल्याइेदिने । जे होस् व्हिस्की र ब्राण्डी त धित मरुन्जेल नेपालमा हुँदा नै खाएँ ।
यत्तिकैमा छोरीको फोन आयो । फोनमा छोरीले भन्दै थिइे । “बाबा भोली हजुरको डा.अपोइन्टमेण्ट रहेछ याद गर्नु होला है ?”
Continue reading
~मनोज बोगटी~
धुर्नु बराइक र ईश्वर
घामको छायाँ र स्वर्ग एउटै हो
पानीको अनुहार र सपना एउटै हो ।
हावाको हात र सरकारको भरोसा एउटै हो ।
आगोले तेरो भन्साघरमा पसेर के भन्छ ?
पानीले तेरो खेतमा गएर कुन गीत गाउँछ ?
हावाले तेरो बत्तीको गोजीमा के हालिदिन्छ ? Continue reading
~कमल संघर्ष~
केहि झुण्ड किशोरी बादलहरु
जिस्किरहेछन बुढो सुर्य सङ्ग ।
झ्वाट्ट हेर्दा लाग्छ हेर्ने हरुलाइ
आज बदलिएको चेहरा उनिहरुको
फेरिएको छ पहिरन उनिहरुको
निकै फरक छ आकार प्रकार उनिहरुको
के सोचेर हो कुन्नि ? Continue reading
~लिलाराज कार्की~
सुकेको रुखमा बसी काग करायो
नराम्रो केहि होला भनि मनै डरायो
टाढा टाढा धेरै टाढा केहि भयो कि
शुन्दर पाखा बस्तीमा पहिरो गयो कि
आगो लागी हृदयका भाव बलेकी
बाँचौं भन्ने जीवनहरु कहीं ढलेकी Continue reading
~तिलक कार्की~
पर पुरूष संग वर बस्ने,
भोको पेटमा पोटुका कस्ने
छालै छोप्ने गरि पोतो घस्ने
चुप लागेर कहिल्यै नबस्ने Continue reading
मलाई बजैले काठामाडौँ लैजान्छु भनेको पाहोरै हो । तर यसपालीको दशैँमा त पक्कै लैजान्छु भनेकी छिन् । काठमाडौँ गएर रामुलाई भेट्ने मेरो ठूलो रहर छ ।
रामु मेरो सानैदेखिको साथी हो । म उसकै घरमा जन्मेर हर्ुर्केको हुँ । मेरी आमाको पेटबाट एकै बेतमा हामी चार वटा पाठापाठी जन्मेका थियौँ । दुइटा निख्खुर काला थिए एउटा सेतो थियो । म भनेँ Continue reading
~कल्पना ढुङ्गाना~
ट्राफिक, जाम, हड्ताल छ र जुलुस पनि
सुदपयोग छैन यहाँ धेरै छ हानी
एउटा भन्छ आ छोड्दे, त्यसैले नै गर्छ
आम्दानी आठाना रुपैयाँ छ खर्च
प्रदुषण बढ्दैछ यहाँ जनसंख्या छ धेरै Continue reading
~नवीन अभिलाषी~
सिमलटाँडीमा ओर्लिएँ ।
दिनभरिसँगै दौडिएको सूर्य रातो साँझको उपचार दिएर डुबिसकेको थियो ।
पहिलो पटक पुगेको त्यो सहरी ईलाका थियो ।
नयाँ चलचित्र हेरेको महसुस भैरहेको थियो मलाई ।
पुरानो एटलस साइकल लिएर ११÷१२ वर्षकी एउटी काली काली केटी पर्खिरहेकी थिई । Continue reading
कोठादेखि अफिस, आफिस देखि फेरि कोठा यहि नै हो मेरो दैनिकी । बिहानै उठेर कोठामा सामान्य औपचारिकता पूरा गरेपछि अफिसको बाटो ताक्नु, दिनभर अफिसमा भएका काम गर्नु, बेलुका आफिस टाइम सकिएपछि फेरी कोठालाई गन्तव्य बनाएर पाइलाहरु अघि बढाउनु, थकित र तनावग्रस्त शरीरलाई कोठामा बिसाएको केहि क्षणपश्चात् रात्रि भोजनादि गर्नु, केही समयपछि शिथिल र थकित शरीरलाई ओछ्यानमा फ्याँकेपछि केही बेर छटपटाहट हुन्छ निद्रादेवीको प्रतीक्षामा । शरीर Continue reading
~कबिता शर्मा~
ढाक्रेहरु ओडारतिर पानी उमाल्दैछन् मूढा जोडेर,
आगाका लप्का अघिल्तिर
सल्बलाएका देखिन्छन् दुईचार आकृतिहरुमात्र१
चौतारीका झयाउंकिरीको जुवारी पनि निख्रेपछि,
सुनसानको एकलब्यता बगिरहेछ
सुस्केराका सुसेलीहरु चुपचाप बिलाए,
हातमा एकमूठी रांको सल्काएर
मूलबाटाका बटुवाहरु अघिलाग्दा छिप्पिएको रात
त्यही रात चिर्दै गाउं खोज्न गा थिए
अझै फर्केका छैनन् पारीबाट गोठालाहरु Continue reading
~एन्तोन चेखब~
अनु : अनिल पोख्रेल
भान्का जुकोब, नौ वर्षको एक बालक, जो एल्योहिन भन्ने मोचीकोमा तीन महिनादेखि जुत्ता मर्मत गर्ने काममा अभ्यास गर्दै थियो । क्रिसमसको पूर्वसन्ध्यामा ऊ केही सोचेर बसिरहेको थियो ।
मालिक–मालिक्नी र तिनका कामदारहरु नआउञ्जेल ऊ पर्खिरह्यो, उनीहरु गइसकेपछि उसले मालिकको दराजबाट एक बोतल मसी, खिया लागिसकेको नीब भएको कलम र कच्याककुचुक भएर खुजमुजिएको कागज भुइँमा उसका सामुन्ने फिँजाएर लेख्न सुरु गर्यो । Continue reading
~भीष्म उप्रेती~
नेपालगञ्जमा जेठको महिना । घाम हुर्हुरी बलेको आगोको डल्लो बनेको थियो । त्यसमाथि अव्यवस्थित शहरमा अव्यवस्थित यातायातका साधनले उडाएको धूलो, धूवाँ र हर्नको चर्को आवाज । दिउँसो बाहिरफेर निस्कन सकिने अवस्थै थिएन । चिसो वातावरण एउटा प्यास बनेको बेलामा अचानक हिमाली जिल्ला डोल्पातिर जाने अवसर मिल्यो ।
तारा एयरको सानो जहाज उड्यो नेपालगञ्जबाट र करिव ४० मिनेटमा डोल्पाको जुफाल एयरपोर्टमा ओर्लियो । Continue reading
~सन्जिव राई~
कविताको आकाशबाट
भुर्र उडेर आयो एउटा जुरेली
र गाउन थाल्यो जिन्दगीको हाँगामा बसेर…
मान्छेलाई मन पर्ने गीतहरू
पहिलो अन्तराको पहिलो पङतिबाट
उपमा टिप्यो सौन्दर्यले
अन्तरालमा क़मशः
उमङगको पाइला टेक्दै शिखर चढिरह्यो प्रेम र शान्तिसँगसँगै
गीतकै उज्यालो पाएर अनि Continue reading
~राजकुमार बगर~
भोलिको कुनै एक दिन
मान्छेको देश
माछाको देश जस्तै हुनेछ
मान्छेको महादेश
माछाको महादेश जस्तै हुनेछ
र मान्छे माछा जस्तै हुनेछ भोलिको कुनै एक दिन
बलिस्ठ माछाहरु माछाकै पसल थाप्नेछन
बलिस्ठ माछाहरु
माछाकै भोज खानेछन Continue reading
~टीका बस्नेत~
आज लामो समयपछि फेसबुक खोलेको छु । साथीहरुले पठाएका म्यासेजहरु एकएक गरी पढ्दै अगाडि बढिरहेको छु । मप्रति धेरैकोे गुनासो हुन्छ–सन्देशको प्रतिउत्तर नदिएकोमा । हुन पनि हो करीव दुई महिना अघिदेखि म सम्पर्कविच्छेदको अवस्थामा रहेको छु, फेसबुकको संसारबाट । सन्देश मात्र होइन धेरै साथीहरुले मलाई साथी बनाउनका लागि अनुरोध गर्नुभएको पाउँछु म । चिनेजतिका साथीहरुको अनुरोध स्विकार्छु, अनि अगाडि बढ्छु । यस्तैमा अप्रत्यासितरुपमा एउटा लेखाइमा मेरा आँखा टक्क अडिन्छन्, जहाँ लेखिएको हुन्छ, ‘मेरो कथा, मेरो व्यथा ।’ Continue reading