गजल : संघर्ष नै जीवन हो

~सरस्वती शर्मा ‘जिज्ञासु’~Saraswati Sharma 'Jigyasu'

संघर्ष नै जीवन हो गर्नुपर्छ सधैंभरि
सकरात्मक भाव मात्र छर्नुपर्छ सधैंभरि

समाजको बिकासमा संगठित भएर नै
ठुला ठुला महासागर तर्नुपर्छ सधैंभरि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : देश एक्लो परेको छ

~प्रेम विनोद नन्दनPrem Binod Nandan

यहाँ देश एक्लो परेको छ आज
इमानी शिरै यो झरेको छ आज

बल्यो अग्नि ज्वाला छ रातो हिमाल
डढेलो कतैको सरेको छ आज Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : तिमीसँग डुङ्गामा घुम्दाघुम्दै फेवाताल

~नीर शाह~Neer Shah

प्रकृतिको खानी दाजै सधैं हराभरा
हिमालको काखमा छ हाम्रो पोखरा

तिमीसँग डुङ्गामा घुम्दाघुम्दै फेवाताल
नसोध कस्तो भयो होला मेरो दिलको हाल Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : झोला

~दीपेन्द्रकुमार जोशी ‘निक’~Dipendra Nik Joshi

निर्माणाधिन घर छ । घर नजिकै एक खँदिलो झोला भेटिन्छ । कहाँबाट, कसरी र किन आयो भन्ने कुरा कसैलाई थाहा हुँदैन । तुरुन्तै मानिसको भीड जम्मा हुन्छ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : क्याफेमा चिसो चिया र कथा

~कल्पना आचार्य~kalpana-acharya-oli

यतिबेला म सहर नामको एउटा अव्यस्थित बस्तीभित्र कहिल्यै नउकासिने गरी भासिएकी छु अथवा यसो भन्दा पनि हुन्छ अब मेरो जीवनको कुनै गन्तव्य छैन। अब मेरा दैनिकी छोरीका आवश्यकतामा गएर टुङ्गिन्छन् अनि छोराको भविष्य र श्रीमान्को अपेक्षामा गएर रोकिन्छन्। पहिले म छोरीजस्तै सपनाहरूले भरिभराउ थिएँ। त्यतिबेलाको प्रसङ्ग सुरु गर्नुभन्दा अघि मैले आफ्नो परिवेशको चर्चा गर्नु उपयुक्त हुन्छ। त्यो परिवेशभित्र म छु, मेरो गाउँ छ।

सधैं मेलापात, गाईवस्तु, घाँस–दाउरामा जीवन धकेलिरहने केही जोर पात्र, वर्षौंदेखि चल्दै आएको उही सोच, मान्यता र परम्पराबाट चलिरहेको जीवन गाउँका हरआवश्यकतालाई धक फुकाएर पूरा गरिदिने गुनिलो गाईजस्तो नजिकैको वनको विषयमा पनि मैले चर्चा गर्नुपर्छ। गाउँका भुराहरू बाख्रा फुकाएर वनतिर चराउन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : दैवले जाती दियो अरे

~दित्सक्षा शर्मा ‘दिक्षु रश्मी’~Ditshaxa Sharma 'Dixu Rasmi'

दैवले जाती दियो अरे
चढने पाती दियो अरे ।

छैन आस्था अरु मा र,
नबोल्ने साथी दियो अरे,/ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : गुडबाइ ईशारा

~जगत नवोदित~Jagat 'Nabodit' Rai_1

त्यसदिन म अफ मुडमा थिएँ । नेपाल जाने नियमित उडान रद्द भएकाले कतारको दोहा एयरपोर्टमा अलमलिँदै बसेको थिएँ । घरी सुनका महँगा गहना, घरी अत्तरको सुगन्ध, घरी रेड र ब्ल्याक लेबलका बोतलहरू नियाल्दै समय काटिरहेको थिएँ । सुरक्षाका लागि खटिएका एकजना नेपाली दाइ भेटिए । चिनजान भयो, कुराकानी पनि लामै भयो । उनको तलबदेखि नेपालको ठेगानासम्म सोध्न भ्याएँ । कुरा सकिएपछि म पहिलो तलातिर उक्लिएँ । लिफ्टको अन्तिम खुट्किला उत्रिसकेर केही पाइला मात्र के हिँडेको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्तली

~दिनमान गुर्मछान~Din man Gumachan

बिहानैदेखि ऊ काममा तल्लीन छे। ऊ पूर्वमा लालिमा छाउन नपाउँदै जुरुक्क उठेर घरधन्दामा लागेकी थिई। उषाको लाली आँगनमा छरिँदानछरिँदै ऊ घरबाहिरको काम, गोठको काम सिध्याएर चुल्हामा पुगिसकेकी थिई। बारीको कान्लामा भएको फर्सीको लहराबाट मुन्टा टिपेकी थिई। त्यही केलाइवरी पकाई तरकारी।

‘आज त बिदाको दिन।’ उसले एकपल्ट सोची। ‘गाउँमा सबै रमाइलोमा छन्, आफूलाई पनि जान मन लागेको त हो तर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्ग्यानीक माया

~रामनाथ घिमिरे~Ramnath Ghimire

सबै सम्बन्ध यादगर हुदैनन्। कतिपय यादगर हुदाँ हुदै पनि जिन्दगीभर आँखा वरिपरि आउदैनन्, तर केही सम्बन्ध यस्ता हुन्छन् जुन सम्झिन फोटो जरूरी पदैन्, आँखामा झलझल आइरन्छन्।

सम्बन्ध उमेरसँगै परिवर्तित नहुदोँ रहेछ। यो बीचमा शेरे खोलामा धेरै पानी बगीसक्यो। त्यतीबेला शेरा खोलामा पौडी खेल्दा म पनि नाङ्गै डुबुल्की मार्थे। तर, विस्तारै मैले अरुले देख्लाकी भनेर जाँगे लगाएर मात्रै पौडी खेल्न थालेको थिए। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : अनुत्तरित प्रश्नहरू

~देवी नेपाल~Devi Nepal

छन्द : अनुष्टुप् छन्द

हे समाज ! म अज्ञानी जान्ने इच्छा मभित्र छ
मलाई सबले भन्छन् तँ अबुझ र लट्ठक

म अबुझ भएँ मेरो अँध्यारो दृष्टि खोलिदे
म केही प्रश्न राख्दै छु मलाई तँ जवाफ दे ।
बोक्सी हुन् कसरी आमा मन्त्र कस्तो छ सिक्छु म
बोक्सी बन्ने सिकी मन्त्र धर्तीको दुःख झिक्छु म Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : अझै रुदैछु म

~कबिराज मगर~Kabiraj Magar

आँशुहरु सुके पनि अझै रुदैछु म
प्रिय तिमीबाट धेरै टाढा हुदैछु म ।

पबित्र यो बन्धन टुट्ने भयो अब
तिम्लाई छाडी सागर छुदैछु म । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : दाइजो

~लिला रिजाल सुबेदी~Lila-Rijal

छोरीको बिहेको कुरा त पक्का भो अब बिहे पो कसरी गर्ने होला …कस्ता खालका कुटुम्ब हुन … पौडेल सर गहिरो चिन्तामा थिए | मिठाईको थाली टेबुलमा अघि सार्दै भने – ‘ केटाकेटीबाट मनपरापर भयो | अब हाम्रो काम बाँकी रहयो बिहे कहाँ कसरी गर्ने हो बसेर सल्लाह गरौँ ।’ नेपालजीले मिठाइ हातमा लिदै भने – ‘ हेर्नोस हामीलाइ दाइजो चाहिदैन हामी दाईजोको शख्त बिरोधी हौँ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : भगवान्

~डा. टीकाराम पोखरेल~Dr Tikaram Pokharel

‘भगवान् ! मलाई सन्तान देऊ।’ निमा र डेभिडले सन्तानेश्वर महादेवका अगाडि हात जोडेर भने। निमाकै मन राख्न भगवान्को शरणमा सन्तान माग्न आएको हो-डेभिड। नत्र अमेरिकामा जन्मिएर पश्चिमा संस्कृतिमा हुर्की-बढेको डेभिडलाई भगवान्ले सन्तान दिन्छन् भन्ने विश्वास हुने कुरै भएन। हिन्दू पूजा विधिको त्यति ज्ञान पनि नभएको डेभिडले निमाले जस्तो पूजा विधि सिकाई, त्यसै-त्यसै गर्‍यो।

‘अब हाम्रो सन्तान हुन्छ डेभिड।’ निमाले डेभिडलाई विश्वास दिलाई।

‘ओके निमा ! गड ब्लेस अस।’ डेभिडले अंग्रेजीमै भन्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : किन सबै भयो अर्कै?

~भ्लादीमिर भिसोत्स्की~Vladimir_Vysotsky
अनु. कृष्णप्रकाश श्रेष्ठ.

किन सबै भयो अर्कै ? सधैं यस्तै हुँदा अनि,
त्यही अहाकाश हो जो छ नीलो नै अहिले पनि ।
बनजंगल त्यो नै हो, हावा औ जल नै त्यही,
तर फर्केर आएन संग्रामबाट नै उही ।।

बुफ् नै गाह्रो मलाई भो, सही आखिर को थियो ?
न्रि्रा औ भोम त्यागेर हाम्रो विवाद जो भयो ।
देख्छु जताततै आज उकै् मात्र अभाव म ।
जब फर्केर आएन संग्रामक्षेत्रबाट त्यो ।। Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : प्रसव पीडा श्रृजनाको

~आचार्य प्रभा~Acharya Prabha

धेरै समयपछि आज म
भिन्दै प्रसव पीडाले छटपटिएँ
म चकित भएँ आश्चर्यमा डुबेँ
हँ म गर्भवति त थिईनँ
किन अनि कसरी
मलाई प्रसव पीडाको आभास भयो? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्दा भित्रको नायक

~जगत नवोदित~Jagat 'Nabodit' Rai_1

जिन्दगीको बिहान
कहिले खर्कमा गोठालो गर्दै बित्यो
कहिले नूनतेलको भारी बोक्दै सकियो
समय पूmलको जवानीमा
सयपत्री भएर फुल्यो
बाबरी भएर मग्मगायो
तर कठै । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : छाती भित्र हुरी चल्यो

~केशव आचार्य~Keshav Acharya_1

सम्झनामा तिम्रो धेरै छाती भित्र हुरी चल्यो
आँखाभरि छाई रह्यौ एकान्तमा रात ढल्यो

बिर्सिदिने कोशीशमा मोडिएको पाईला कतै
अनायास आज किन दिलभित्र माया फल्यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आमा

~निता केसी~Nita KC

मेरो एकांकीपनको आभास थियो उनीलाई

मेरो रिक्ततामा म संगै रुन्थिन् उनी

सहलाउथिन् कोमल भावले

मेरो कलेजी फेरी संगै टोलाउथ्यौ हामी

मेरो सिंगार बिहिन अनुहारको ‘पीडा’

म भन्दा पनि बढी देख्थे उनमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सुरेन्द्र पौडेल ‘अस्तफल’का ३ छेस्का

~सुरेन्द्र पौडेल ‘अस्तफल’~

१. रुप

छरेर सुन्दरता तिमि
जति सडकमा वासना दिन्छौ Continue reading →

Posted in छेस्का | Tagged | Leave a comment

गजल : आमाको याद

~मिरा प्रसाई शर्मा~Mira Prasai Sharma

यो साल गयो अर्को साल म त आउछु आमा
तिम्रो च्यादर चोली टाल्न चाडै आउछु आमा |

दोकाने बज्यै नयाँ साल फरिया चोली फेर्दिहुन
तिमीलाई नि त्यसै गर्न लाग्ला नि रहर आमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो खुसी तिम्रै

~रामकुमार परियार~Ram Kumar Pariyar

तिम्रो खुसी , मेरो खुसी , मेरो खुसी तिम्रै
निश्चल,अमर,अजर प्रिती,चोखो-चोखो हाम्रै

दिल भित्र तिमी छ्यौ , मुटु पनि तिम्रै
डाह गर्छन दुनियाँ ले ,देखि प्रिती हाम्रै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बुबा

~नवराज पराजुली~

बुबा
नदीले बालुवा बुनेर बनाएको गुन्द्रीमा बसेर मैले
पानी बनेर बगेको समय नियालिरहँदा
जब नदीले अनौठो गरी स्वाँऽऽऽ गरेको सुन्छु
तब त्यो नदीको बगिरहेको पानीमाथि
म तपाईंको मधुरो छायाँ देख्छु ।

र, देख्छु
भेटेजति सबैथोक बगाउँदै आएको नदीले पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरदारी अक्षरहरु

~रबिन्द्र अर्याल~Rabindra Aryal

रछ्यानामा मिल्काएका
कानुनी काला अक्षर
हुबहु नक्कल बाजीमा
निक्लीएका शब्दहरु
मेरा हितकर छैनन्
तिम्रो हितमा छैन
हाम्रो पक्षमा छैन
हली मजदुर श्रमजीवीको साथमा छैन ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय लाग्यो खुला आकास

~रमा भट्टराई~Rama Bhattarai

उसका शब्दहरुले अश्लीलताको पराकाष्ठा नाघ्दै थिए

ऊ लगातार बोलिरहेको थियो

म चुपचाप सुन्दै थिए

खप्दै थिए शब्दबाणहरु

मैले सहनुको बाँध, कसो कसो भत्किन लाग्दै थियो

थाम्दै थिए, रोक्दै थिए आफूलाई, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘अल द लाइट वी क्याननट सी’मा दोस्रो विश्वयुद्धको त्रासदी

~ऋचा भट्टराई~Richa Bhattarai

 सन् १९४४ को अगस्टको रात, फ्रान्सको सहर सेन्ट मालोमाको ६ तले घरमा एउटी १६ वर्षे दृष्टिविहीन किशोरी एक्लै बसिरहेकी हुन्छे । अचानक आकाशै फाटेजस्तो गर्जनका साथ उसको घर जरैदेखि हल्लिन्छ र गोला–बारुदको वर्षात हुन थाल्छ । किशोरी मेरी लउर थर्थराउँदै लुक्ने ठाउँ खोज्दै जाँदा उसको बाटोपारिको होटल पनि त्यही आक्रमणमा परी भत्किन्छ र त्यसभित्र पुरिन्छ जर्मन सिपाही वर्नर फेनिङ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : बन्द गर

~मीरा आचार्य~Mira Acharya

अो सरकार !
हाम्रा मरिरहेका लास भन्दा
तिम्रो लाचार ज्यूदो शरीर
सिनो बनेको छ
तिम्रो कुहेको शरीरसँग
तिम्रो मृत मनसँग
जीवन माग्नु हाम्रो गल्ति हो !
तिमी ज्यूदो ठान्नु हाम्रो भ्रम हो
भो छोड…!! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अर्का पट्टी दुलो हुन्थ्यो

~प्रेम कटवाल “जिजीवीषा”~Prem Katwal 'Jijibisha'

एका पट्टि टाल्यो भोटो, अर्का पट्टी दुलो हुन्थ्यो
त्यसैमानि रमाइन्थ्यो, आंग ढाक्नुनै ठुलो हुन्थ्यो।

सानो झुप्रो खरको छानो, डाँडा-भाटा बाहिरै हुन्थे
घाम छल्थ्यो हुरी चल्दा, आँखा भरि धुलो हुन्थ्यो। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

तामाङ भाषी कविता : मायाला छो ङाइ रिम्जी

~भिम दोंग तामाङ~Bhim Dong Tamang

म्हिलुइ केबामी नेबारी
चु ल्हुइ केजिम क्राबारी
एसेम क्राना लासाइनोन
गुनासो आरे चु सेमरी ।

गोङ्मा ङाइ छार् पोबारी
छ्यम्नोन एदाइ बोर्बारी
आब्रामा ङ्यान्दे ङादेम छ्याम्
छार् ग्याम एसे सोजिमाम । Continue reading →

Posted in तामाङ कविता | Tagged | Leave a comment

Poem : Even Stone melts

~Rajan Kafle~

I know
you want my love
and you will make me love you
the way you’d want me to
you won
My head is over your heel
now mercy on me
forgive the dumbness in me
that sometimes forgets who you are Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गीत : त्याग्ने जति त्यागी सक्यौ

~श्रमिक बराल~Khagaraj Baral 'Shramik'

त्याग्ने जति त्यागी सक्यौ माया गर्ने हुन् कि होइनन् ?
त्याग्दात्याग्दै एक्लो भयौ माया गर्ने छन् कि छैनन् ?

त्यागी पनि तिमी भयौ, रोगी पनि तिमी भयौ
हातले हाने पातले हाने, सहनुपर्ने सबै सह्यौ
बोल्ने अब कोही छैनन् माया गर्ने हुन् कि होइनन् ? Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हामी मनभित्र बाँच्छौं

~भीम उदास~Bhim Udas

(विदेशमा बस्ने नेपालीहरुका लागि)

मान्छे आफ्नो मनभित्र बाँच्छ
मान्छे आफ्नो विश्वासमा बाँच्छ
मान्छे आफ्नो मुटुभित्र बाँच्छ
र बाँच्दैन मान्छे
इतिहासले बाँधेको सीमाहरुभित्र ।

सीमाहरु स्लेटमा कोरिएका रेखाहरुजस्तै
ती रेखाहरु जो बदलिन सक्छन्
ती रेखाहरु जो मेटिन सक्छन्
तल, माथि… माथि, तल… दाँयाँ, बाँयाँ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हे आमा

~दीपेन्द्र शाह~ Dipendra Bir Bikram Shah

देखाई देउ हे आमा काम
काम हामी गर्दछौं
घरका रित्ता भकारी-डाला
पौरखले भर्दछौं ।

जाने हो कता, देखाउ बाटो
ह्र्दय खोलेर
उघार्र्छौं हामी ज्योतिको दैलो
यो जुगै फेरेर ।

घुम्दछौं प्रत्येक गाउंका कुना Continue reading →

Posted in कविता | Tagged | Leave a comment