~मधु माधुर्य~
गृष्मको धपधपी गर्मीलो दिन होस्
वा हिंउंंंदको कठयांग्रिने चीसो रात
अनुभूतिको सागर श्रृंखलाहरु तर्दै जांंदा
लागिरहेछ हमेशा कविताको मात
पाखा कन्दरामा प्रतिध्वनित सुसेली
वा झरनाको मनमोहक झंंकार Continue reading
~मधु माधुर्य~
गृष्मको धपधपी गर्मीलो दिन होस्
वा हिंउंंंदको कठयांग्रिने चीसो रात
अनुभूतिको सागर श्रृंखलाहरु तर्दै जांंदा
लागिरहेछ हमेशा कविताको मात
पाखा कन्दरामा प्रतिध्वनित सुसेली
वा झरनाको मनमोहक झंंकार Continue reading
जन्म भुमी डडेल्धुरा,परदेश बाँस भयो ।
कसो हो अभागी कर्म,सोचेर नास भयो ।।
दुर्गा मन्दिर दर्शन गर्या,सुख होला भणी ।
खाडी मुलुक दिन काट्नु,रात दिन गणि ।। Continue reading
ए दिदी, भन त
खै तिम्रो थाङ्ना भित्रको
आत्माको अस्तित्व
खै तिम्रो प्रसव पीडा
घुलेको मातृत्व
खै तिमीले जन्माएका
सन्तान-सन्तान बीचको भातृत्व
तिमी उसिनेको भातसरी
छरपष्ट छरिएको वर्तमान च्यापेर
जोख्दैछ्यौ भविष्य तुलो र तराजुमा
पावामा ग्राम घटाउँदै Continue reading
~आवाज शर्मा~
माया भन्नु बत्ती न हो लोभिने त सँगै हो नि !
पर्ख पर्ख हे पुतली होमिने त सँगै हो नि !!
यिनै दुई नजरभित्र हजार आशा बाँचेका छन् !
कतै हाँसो कतै आँशु पोखिने त सँगै हो नि !! Continue reading
भो नहेर हस्तरेखा अनुमान हो जवाफ
म त बुझ्छु भाग्य कुर्नु अवसान हो जवाफ
यो त निधो धेर थोर मिहिनेत गर्नै पर्छ
प्रतियोगी दुनियाँमा पहिचान हो जवाफ Continue reading
यौटै थियो तिम्रो मेरो मायाँ गर्ने मन
के कुराले चोट पार्यो तिम्रो दिलमा भन !!
मेरो हाँसो तिमी थियौ मेरो आँशु तिमी
पीडा सबै भुल्थेँ मैले साथ हुँदा तिमी
यौटै थियो चोट लाग्दा दुख्ने हाम्रो तन Continue reading
रमाउने इच्छाले प्रेरित मस्तिष्कहरु
सृ्क्ष्म निरीक्षण गर्न त्रिनेत्र जड्नेहरु
अर्काको मन बुझ्न खोज्ने मनहरु
थाहै नपाई नाङ्गिएझै ंशिशीरका वृक्षहरुजस्तो
नाङ्गिदैछन् आजका संस्कारवीहिन मानवहरु ।
कस्तो विडम्बना
के नाङ्गिनैपर्छ वसन्त ल्याउन वृक्षहरुले ?
के नाङ्गिनैपर्छ सभ्य कहलाउन मान्छेहरुले ? Continue reading
आङमाथि चर्को घाम, छातीभित्र छाँया
मनको दह धमिलियो,सङ्लिएन माया
थाहै नपाई दुईटा मुटु, जले कतिखेर ?
धुँवा सरि मन उड्दा, थाहा भो यतिखेर
आफ्नै जीवन जलाउने, भयो आफ्नै छाँया Continue reading
~विजय योजीत~
धकेल्यो कसैले लगाएर ढोका
नदेखेर होला जुहारात पोका
कयौं चोट खाएँ लखेटेर हान्दा
गनेकाे छु मैले समेटेर खोका Continue reading
~निराजन प्रभात~
जीन्दगीका इन्द्रेणी रंग घोलेर
जब तिमी मुस्कान फुलाउनेछौ
त्यो मुस्कान गाढा हुनेछ यो मनको केन्द्रमा
संतुष्टीको वर्षादले रुझेका ती चक्क्षु
दु …….र देश सम्म मेरो पिछा गर्नेछ
हर्षविभोर हुनेछन्
आनन्दले खुल्नेछनयी पर……………देशी मन
हो
मेहन्दीको रंग भन्दा गाढा बस्नेछ माथिङ्गलमा Continue reading
~सरस्वती शर्मा ‘जिज्ञासु’~
तिम्रो बोझ केही हदमा मैले पनि लिएकी छु
तिम्रो साथ भागय ठानी खुशीमा नै जिएकी छु
जीवनका हरेक मोडमा कुनै दिन नहौ टाढा
ठान तिमी टाढा हुँदा जह र मैले पिएकी छु Continue reading
~नीर शाह~
यो साँझ यो सुवास यो खुसीले रमाएको मन
यो गीत यो संगीत दिलभित्र उठेको उमंग
म भन्छु मायालु यो पिरतीको खेल हो
कल्पनाको रहर चल्छ मनै मनमा Continue reading
~राजेश्वर कार्की~
सबैले भन्छन्-
हतियारको जङ्गलमा सुरक्षित होइन्छ
यतिखेर मेरो चेतना पनि
सम्पूर्ण हतियारबद्ध छ
र सङ्ग्राममा
तिमीले गुलेली हान्यौ
मैले घुयेँत्रो चलाएँ Continue reading
~निशा प्रतीक्षित~
बारबार सताउँछौ यार,यादहरु पठाएर
नगर भो ! अत्याचार, यादहरु पठाएर
जब तिमी बेस्सरी,धड्किन्छौ मुटुभित्र
ढुकढुकी गर्छ प्रहार, यादहरु पठाएर Continue reading
~कपिल अन्जान~
जब उताबाट बाहिरियो, यताबाट बाहिरियो
जिन्दगी सङ्घर्ष हुदै शुन्यताबाट बाहिरियो
यो ससारमा घामको पनि अस्तित्व रहेनछ
घाम हेर्दा हेर्दै बिस्तारै छाताबाट बाहिरियो Continue reading
~मनोज गजुरेल~
धर्ती हाम्रो घर, आकास हाम्रो छाना
छानामुनी बरोबरी हामी सबै जना
रुवाण्डाका हुत्तु तुत्सी मेरा दाजुभाई
श्रीलंकामा जनता मर्दा चित्त दुख्छ मलाई
अप्रिmकाका काला हुन् कि अमृकाका गोरा Continue reading
~बाबु लामा~
खुशी भई बस्दैछु आज , तिमीलाई सम्झेर
हर्षले आकाश छोयो आज , तिमीलाई कल्पेर
सम्झना आउँछ ती दिनहरु , झलझली आखामा Continue reading
~दीपा राई पुन~
आमा ! दुख र कष्ट थियो तिमीसित
निको नहुने घाउ पनि थियो
आज प्रकृतिले मुटुमा चोट रोप्यो
तिमी अझ मजबुत बनेर नयाँ सृष्टि गरिदेउ भनेर !
यो बिपत घडीमा
तिमी दुख्नु हुदैन आमा
कदाचित थाक्नु हुँदैन Continue reading
~विम अनुज~
उराठ विराठ पहाडहरुमा
कू–प्रथाको भुमरीमा रुमल्लिरहेको छ—
सुन्दर सुदूर पश्चिम
सरापेझैँ नेपाललाई सतिले
सरापेकी छिन् देउकीले सुदूरलाई
मुक्त पार्न त्यो पाप सदासदा
तत्पर रहनू–प्रिय कवि मित्र Continue reading
~विमल निभा~
यो गाउँको नाम रामगढवा हो
यहाँ एक दिन बिताउने मौका पायौं भने
कवि विमल निभा
कवि विमल निभा
तिमीलाई थहा हुनेछ
यो गाउँ र सुक्खाले खाएको खेतमा
कत्ति समानता छ ? Continue reading
~विनोदविक्रम केसी~
सजिलै त मलाई केही पनि चाहिँदैन
सजिलो त मलाई केही पनि गर्नु छैन !
सजिलो त
नानीहरूको हातको पापा खोस्न सजिलो हुन्छ
लडेको मान्छेको अण्डकोषमा लात्ती हान्न सजिलो हुन्छ
वृद्ध आमाबाउलाई वृद्धाश्रमको गेटबाहिर फालेर भाग्न सजिलो हुन्छ Continue reading
डाँडा काडाँ गुम्यौं बाबा,सपनीमा आज
पाँच वर्षभयो ग’को ताज भयो आज ।।
विहानीमा खोजे बाबा तस्वीरलाई छोएँे
भकानीयो मन मेरो घोप्टे परि रोएँ ।। Continue reading
~टि पी मिश्र~
म दौरा-सुरुवालको पहिरनमा चिरिच्याँट परेको छु आज । एकजना मित्रले केही हप्ता पहिले चिनो स्वरूप काठमाडौँबाट पठाएको ढाका टोपीले मेरो तालुलाई घ्याप्प छोपेको छ । सायद मलाई देख्नेहरुले तालु बारे पत्तो पाउने छैनन् । म खुब बैंसालु, हिरो देखिएको छु रे, मेरी सानीले खिसी गर्दै भनेको । सम्झिएँ आफ़्नो मौलिक पोसाकमा म मात्र के हामी सबै त्यस्तै राम्रा-राम्री, हिरो-हिरोनी देखिन्छौं नि । गुमाने ठुले त झन् म भन्दा नि कति हो कति राम्रा देखिएका छन् । सेतो दौरा-सुरुवाल, त्यस माथि कालो कोट छ– छुँदा पनि काट्ला जस्तो गरेर लगाएको स्त्री पत्तीको धार जस्तै देखिन्छ । सिरमा फेटा अनि कम्मरमा पोटुकि, त्यस भित्र गोर्खाली सिरुपाते खुकुरी बोकेका । घाम छोप्ने कालो Continue reading
~ज्योति जंगल~
अनावश्यक छौ
नआओ सपना मेरा आँखामा
दृष्टिहरू
मेरो देशको क्षितिजमा छोडिएका छन्
यहाँ विनादृश्यको म
बेठेगाना मात्र हुँ ।
चँुडिएको छु
म हुर्केको बोट त्यतै छाडेर,
पातमाथि राखेर मेरो सत्व
खसें कहाँ त्यसरी
एउटा बूढो पात जस्तो Continue reading
~लक्ष्मण कार्की~
घिस्सिंदै घिस्सिंदै टिपेपनि
सुकाउन नसकेपछि रुङेर भट्टीमा रातभर
बेचियो काँचै
भित्रियो १५ हजार, १५ पाथी अलैंचीको ।।
त्यहि बगान जहाँ परारसम्म फल्थ्यो
सरदर १० मन अलैंची र भित्रिन्थ्यो १० लाख रुपैयाँ
तर पुर्याउन नसक्दा स्याहार
सालिन्दा हुँदैछ भ्यासेक्टोमी अलैंचीका बोटहरुको
कौडी बन्दैछ हिरा फलाउने बगान ।। Continue reading
~सजना गुरूंग~
सक्छौ भने देशको माया भरिएको मन देउ मलाई !
नशा नशामा स्वाभिमान बगिएको तन देउ मलाई !
आजको हिंसात्मक् द्वन्द र प्रतिसोधको अन्त्यगरी
अलौकिक प्रेमपूर्ण शान्तिमय क्षण देउ मलाई ! Continue reading
~टेक थजाली मगर~
मेरो गाउँमा आएर हैकम गर्ने तिम्रो शहर गलत
मेरो प्रगतीका पाईला रोक्न खोज्ने तिम्रो रहर गलत Continue reading
~मचिन्द्र तुम्वापो~
राजनितीमा सबै डाँकाहरु छन ।
कोहि भतिज कोहि काकाहरु छन ।
विचारले काँचा कचिला छन् तर
उमेरले वैतरणि पाकाहरु छन । Continue reading
~डा. हरिकुमार श्रेष्ठ~
उजाड छन् मेरा गाउँ, अनि सबै टोल बस्ति ।
त्यही ठाउँका केहीलाई भने अझै भाछ मस्ति ।।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
खेतबारी चुम्बन गर्दै डूल्ने, हाम्रा किसानवर्ग कस्ता ।
दिनरात मेहनत छ तापनि, दुःखी छन् अझै यस्ता ।। Continue reading
~राजु पौडेल~
अकिन्चन !
भयातुर रंगमंचमा रमाएको दर्शक
सु:ख छ,हाँसो छ, तर पटक्कै शान्ति छैन
मणि गुमेको सर्प जस्तो मानी हराएको …
स्वानिर्देशित योजना छैन
प्रतिशोधपूर्ण बिष बिनाको डसाई
रंग छैन जीवनको ,अनर्थपूर्ण प्रतिकार
बेतुकको तर्क बितर्क |
Continue reading