गीत : मेरो माया

~पल्पसा~Palpasa

मेरो माया उनैलाई सँधै भरिलाई
मनभरी माया बोकी कुरि बस्नेलाई

मैले फेर्ने सास पनि उनकै लागी हो
मैले छर्ने मुस्कान सबै उनकै मात्र हो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : को थियौ ?

~बासु श्रेष्ठ~SONY DSC

समुद्रबाट निस्किएकि जलपरि थियौ कि
या स्वर्गवाट झरेकि एक परि पो थियौ कि
साहित्यको साधनामा आएकि थियौ कि
या तपस्वीको साधना तोड्ने ध्येय पो थियो कि

श्वेत काचन वस्त्रमा खुब मोहिनी बनेकि
लाखलाख तारा माझ एक चन्द्र बनेकि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माइला दाइ

~किशोर सुब्बा लिम्बू~Kishor Subba Limbu

बिहानको घामसँगै
एक बटुको जाँड
एउटा लाम्पाते चुरूपको जोशमा
ढुंगा ,माटो, गिट्टि ,बालुवा र रडहरूसँगै
जीवनको गीत साँट्दै
कहिले च्यापिएको औंला
कैले पिल्सिएको ढाड
अनि काटिएका घाउबाट
तप्प चुहिएका रगतलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको खोजी

~देवी नेपाल~Devi Nepal

माटो दुख्छ जहाँ, त्यहाँ जनहरू बन्लान् निरोगी कहाँ ?
छाती फुट्छ जहाँ, त्यहाँ मनहरू हुन्नन् विराधी कहाँ ?
मेरो गौरव खै ! अनन्त रहने पुर्खाहरूको चिनो ?
मेरो पौरख खै ! हजार पहरा फोर्ने हिजोको छिनो ?

मेरा गौतम बुद्ध आज किन हो सर्दै गए दक्षिण ?
मेरो उच्च हिमाल उत्तरतिरै झुक्ला कि झैँ भो किन ?
बस्दै छन् इतिहास भै स्मरणमा सुस्ता र त्यो लुम्बिनी
खस्दै छन् किन हो निराश हुन गै हाम्रा चिनारी पनि ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चुनाव र चटक

~दीपेन्द्र के.सी.~Dipendra KC

खोलाहरु उल्टा बगेर
हिमालको जरामा थिग्रदैछन
झरेका पातहरु फेरि
हाँगा खोज्दै हिंडेका छन्
तर मध्यदिन, चमकन्न सूर्य
बस्ती अँध्यारोको अँध्यारै छ
अँध्यारै पर्दा हालेर
अँध्यारैमा आज–
फेरि एउटा चटक शुरु होला जस्तो छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई सिंहदरवार छिर्नु छैन

~विजय तिमिल्सिना~

तिमीहरु आफु आफु लड, बीचमा मलाई नपार
मलाई भोज खानु छैन,सिंहदरबार छिर्नु छैन

तिमीहरुको लडाईंले मेरो धान बारी मासिन्छ
मेरो ढाड,करङ,पाउ पाखुरा भाचिन्छ
जीत्छौ तिमीहरु,फाईदा जती तिमीहरुलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समय चुप लागेपछि…….?

~सिन्धु गौतम~Sindhu Gautam

सूर्योदयसँगै उदाउने
आशाहरु
दिनभरी पृश्वीजस्तै घुमिमात्र रहन्छन्
बिना रोकावट
अनि
अध्याँरीन्छन् सूर्यास्त जस्तै
आकांक्षाहरु पूराहने आशामा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सहरमा नयाँ वर्ष

~ठाकुर बेलवासे~Thakur Belbase

डान्सबारमा
नाङ्गै नाच्दै गरेको
बैशालु जूनका
पाउजुका धुनले
रात भर धरती जागिरह्यो

उज्यालो सहरको
अध्यारो आकाशमुनीको
यो बस्तीमा
चुराको मादक संगीत
कसले बजाई रह्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जून निभेको रातमा

~पुरु लम्साल~Puru Lamsal

ठूलो आँधी हुरी चल्यो जून निभेको रातमा
नियतिले पनि छल्यो जून निभेको रातमा

लुटिदैछन् घरभित्र बुहारी र छोरी चेली
आँगनीमा छोरा ढल्यो जून निभेको रातमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : नयाँ बर्ष

~रामनाथ घिमिरे~Ramnath Ghimire

आउँ नव युगेश्वरी मेरो अंगालोमा आउ ।
सुस्तरी, तिमीलाई, म अंगाल्छु उसै गरि ।
संन्त्रास मिश्रत आस बोकेर,
तिम्रो नव आगमनमा
खै, नयाँ केहि, भेटीन खास
बरु आफैले नयाँ बनाउने प्रयास गरे ।
पुर्व भुक्तेश्वेरीको साथ विताएका पलहरुको समिक्षा गरे ।
बुझाएँ हिसाव किताब, चुक्ता गर्दै, लामो सास फेरे । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई डि भि परेछ

~सुवास कोइराला~

बा मलाई डि भि परेछ
अब ,
खोरिया बन्धकी राख्नु पर्छ
टारी खेत बिक्री गर्नु पर्छ
आमाको-
नाकको फुली
कानको ढुङग्री
गलाको तिलहरी
गोठको भैंसी
आमाले पेवा पालेको खसी
हल गोरु
गहुतको लागि पालेको सानो बाच्छी
सबै सबै बेच्दै गर्नु बा
मलाई डि भि परेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : युवा हो !अब तिम्रो पालो

~बिष्णुप्रसाद घिमिरे~

आज आत्म सम्मान गुमाएकी
जस्ति देखिएकि छु
यौवन लुटाएकी जस्ति
भएकि छु ।

यो भन्नेले भन्दिएर हो वा
हेर्नेका नजर कमजोर हो
अझै म मा त्यो वैंश र उन्माद छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~भानु अर्याल~Bhanu Aryal

बाँच्नै नजानेर पो हो कि
वा
सासलाई जाँच्न नजानेरै हो ?

पुरानो चप्पल जस्तो
आधा औंलातिरबाट,
र आधा कुरकुच्चाले धकेलेको
अक्करे ठाउँमा
एउटा मुटुजस्तो छाप छाडेर ….
जिन्दगी हराउँदैछ…… !

न त मनको घुयँत्रोले दिमाग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : म गजल लेख्छु

~नृपेश उप्रेती~

म गीत लेख्छु म गजल लेख्छु
म जिन्दगीको हरेक पल लेख्छु

म देखेको लेख्छु भोगेको लेख्छु
म मनले लेख्छु र निश्चल लेख्छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पत्र कथा : तिमीले चाहेका चार शब्दहरु !

~राजु लामिछाने~ Raju Lamichhane

स्मृती,

धेरै धेरै धन्यवाद। हाम्रो हरेक जन्म दिन र बिवाह दिवसमा अपरिचित तरीकाले तिमीले पठाउने गरेको शुभकामना अनि हामी दुबैका लागि उपहार यस पाली पनि पायौं। हे भगवान, फेरी पनि मैले पूनमसँग झुट बोलेँ। के गर्ने यस्तो गर्दा तिमी खुशी हुन्छ्यौ। तिम्रो धेरै खर्च गर्ने बानी अझ पनि उस्तै छ। धन्न उमेशजीले पूर्‍याउनु भएको छ। फोटोहरु हेर्‍यौ? मेरो व्यक्तिगत ब्लग साइटमा? तिमीले पठाई दिएको उपहार लगाएर पूनम कस्ती राम्री देखिएकी हगी? मलाई पनि ठ्याक्कै मिलेको छ। Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

गजल : खेल खेली दियो

~कपिल अन्जान~Kapil Anjan

हालातले पनि यस्तो खेल खेली दियो
तिमीले सम्झियौ तब उसले बिर्सियो

बिश्वास लाग्न छोड्याे यी मान्छेहरुको
जब लासको कोखबाट बच्चा जन्मियो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : स्वप्न सम्भोग

~डा. घनश्याम ‘परिश्रमी’~Dr Ghanshyam Parishrami

आफ्नो फुपू एउटा धार्मिक सम्प्रदायसँग आबद्ध भएकीले समिधामा पनि बाल्यकालदेखि नै त्यसको प्रभाव परेको थियो । जगत्लाई मिथ्या र जीवनलाई क्षणभङ्गुर ठान्ने Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : सदर बन्छ भोली

~विजय योजीत~Bijaya Yojit

फैसला जो तिम्रो सदर बन्छ भोली ।
मात्र कोही हाँस्ने खबर बन्छ भोली ।

सल्किएका झिल्का निभाएर जाऊ
पाउ जल्ने अर्को सफर बन्छ भोली । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

स्वदेश गान : बाँच नेपाली भै

~जि. शाह~G. Shah

बाँच्नु नै छ यदि भने, बाँच नेपाली भै
बोल्नु नै छ यदि भने, बोल नेपाल नै
आमाको नै गर यदि गर्ने भए याद
भएकोमा नेपाली नै बाँच गर्वसाथ।

दुई हाथ जोड्ने भए, जोड नेपाललाई
आमालाई रोज, पाउने भये ईश्वरलाई
सुन हीरा यही खोज नगरेर बेर Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

गीत : धनको माया मनको माया

~गौतम “उदय”~Gautam 'Uday'

मनभित्र लेखेको माया, सागर जस्तै अमर हुन्छ
धनभित्र देखेको माया, हिउँद लाग्छ बगर बन्छ |

मनको माया देख्छ सधै, मुटु बीचको न्याय निसाफ
धनको मायाँ लेख्छ सधै, जोड घटाउ हिसाब किताब Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : उचाई

~बिटु केसी बराल~Bitu KC Baral

उचाइमा पुग्न सजिलो हुन्नरे – भन्नेहरू भन्छन्
पुगेपछि संसार आफ्नो मुठ्ठिमा हुन्छ बुझ्यौ – तिमी भन्छौ
त्येसैले त म देखिरहेछु –
सायद उचाइमा पुग्ने होड्बाजिको
यहाँ दौड लागेको छ ,
आकाश छुने आकाँक्षाहरू सगरमाथा भन्दा अग्लो छ
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपालको धरहरा

~लिलाराज कार्की~Lilaraj Karki

नेपालको धरहरा टोपी खस्यो हरर
धरहराको हालत देख्दा आँसु बरर
जति मान्छे उति मुर्ति मंदिरको देश
पाटीपौवा मन्दिर घण्टा सबै भए शेष

एउटा सानो देश नेपाल पृथ्वीको माझ
कहिले पनि नदेखेको प्रलय भो आज Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : खोसिएको लेखौँ अब

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

गरिबका खुसीहरु खोसिएको लेखौँ अब l
शोसकबाट बर्षौदेखि शोंसिएको लेखौँ अब l l

जताततै गरिब नै अन्यायमा परेको छ l
निर्दोष ति अनुहार दोषिएको लेखौँ अब l l Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : आउन थाल्यौ किन ?

~घनश्याम आचार्य~

सपना पनि सपनामा आउन थाल्यौ किन ?
उकाली अनि ओरालीमा धाउन थाल्यौ किन ?

हिजोसम्म प्याप, पप गित गाउने मान्छेले
मुटु जलाउने गीत गाउन थाल्यौ किन ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : तिमी आउने आसै भएन

~दीपमाला राई~

तिमी आउने आसै भएन तिमीलाई धितोस्वरुप दिएको मेरा मुटु
जफत चाहिँ नगरीदेउ है मायालु
कहिलेकाहीँ त आफैंलाई पनि
त्यसको खाँचो पर्दोरहेछ ।

आफूझैं ठानेर तिमीमा बिसाएको मेरो आँसु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो यो तस्वीर

~मानन्धर अभागी~Manandhar Abhagi

पठाउँदैछु जलाइ देउ मेरो यो तस्वीर
ढुङ्गाले हानी फोडे हुन्छ मेरो यो तक्दिर

मुक्त हुन नदे मलाई पिंढीको त्यो ठाममा
बाँधीराख सँधैको निम्ति फलामे त्यो जंजीर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : बेरोजगारी

~कृष्ण बहादुर जि.सी. ‘कपिल’~

धेरै हिडियो जोखिमको बिनासमा झोली बोकेर।
कतिन्जेल बाँचिन्छ जिन्दगी त्रासमा झोली बोकेर ।।

अयोग्य ठहर्छ यो सहरले अबोध सोझालाई
अन्ततः रुदै पठाउछ प्रबासमा झोली बोकेर ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : धक्का, विसंगतिमाथि बलियो उठान

~माधव बस्नेत~

विद्रोहका आधार र कारण के–के हुन् ? यसको स्पष्ट बुँदागत जवाफ पाउन असम्भव छ । स्थान, समय र परिस्थिति अनुसार विद्रोहले भिन्न–भिन्न रूप लिन्छन् । तर, जहाँ गरिबी, अशिक्षा, विभेद र दमनको स्तर मार्मिक हुन्छ, त्यहाँ उग्र नाराहरूको खपत सहज हुन्छ ।  Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गजल : मैले पनि बाँच्नुपर्छ

~अनामिका शिवानी~Anamika Shiwani

हजुरले नि बाँच्नुपर्छ मैले पनि बाँच्नुपर्छ
परे परोस् दुःख पीडासँगै जुनी काट्नुपर्छ

मुस्कुराउन सिक्नुपर्छ निराश भई हुन्न हजुर
कटाउन जिन्दगी यो आँसु पुछ्दै हाँस्नुपर्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अघोषित खुल्ला आकाश र मुक्ती

~नारायण वि क “विक्रान्त”~Narayan BK 'Bikrant'

स्वतन्त्र थिएँ………., जब यो संसारलाई देखेँ
जब कोल्टे फेर्दै उभिन थालेँ
मलाई पिँजडामा बन्दी बनाइयो
आज सम्म पनि म बन्दी नै छु।

दुरदुर सम्म आवाज पुग्ने गरि
चित्कार छोड्छु स्वतन्त्रताको लागि
बुझदैन्न पाषाणहृदयहरुले
जोड जोडले मच्चाउँछन पिँजडा
मलाई भुलाउनको लागि।

मेरै शिल्पकलालाई टाँगेर
अङ्गअङ्गमा सुन्दर बन्न खोज्नेहरु
थाममा सजाई, शुभ साझ बजाउँदै पुज्नेहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कन्फेसन‌‌‌ – शब्दहरु

~राजन काफ्ले~

मै‍ले शब्दहरुको बरदान पाएकोछु
मस्तिष्कका डालाभरी शब्दका बिऊहरु छन्
र बाह्रै मास उजाड खेतभरी शब्दहरु छरेर
शब्दै शब्दहरुको खेती गर्छु

म शब्दहरुको बाली काट्छु
म शब्दहरुको खसी पाल्छु
अनि शब्द-भोज बोलाएर
शब्दैशब्दको मासु-भात पकाएर
आफ्नो भोक मेट्छु र
शब्दभोगीहरुलाई तृप्त पार्छु
मैले लेखेका शब्दहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्धको पराजय

~कल्पना आचार्य~kalpana-acharya-oli

दुःख पहाड बनेर
मान्छेको छातीमा उभिएको बेला
जिजीबिषाको झिनो आशा बोकेर
गन्तव्यहीन मैदानमा ढलेको मान्छे
युद्ध भिषिकाले चोइटेको मन
आशुको तलाउ बनेर पोखिएको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment