कविता : शुभेच्छा

~टीकाप्रसाद पोखरेल~

के दिउँ लौ शुभकामना भन तिमी मनतन्त्रका देशमा
खाद्यमा छ अखाद्य स्वस्थ नहुने नौरङ्गका भेषमा।
चाडैको महिमा अत्यन्त बढिया माया जगत्को रह्यो
ग्रामीणै नगरी अनि सहरमा भाउ नमीठो भयो।

तानातान र हानमार गर्ने हत्या र हिंसा कति?
पीरमा पनि नाक उच्च गर्ने हामी सबै सन्तति?
के खाऊँ अनि लाउँ भन्छ दुनियाँ आधार स्रोतै विना
यो प्यारो जनजिन्दगी कहींकतै नहोस् त हिनामिना। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : किन किन

~ज्योतिराज अधिकारी~Jyoti Raj Adhikari

किन किन हो
किन किन जीवन,
उराठ लाग्छ ।
किन किन मृत्‍यु,
आफ्नै झै लाग्छ ।
हवासंगै उडु झै लाग्छ ।
बादलमा नाँचु झै लाग्छ ।

किन किन एकै झट्कामा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बुद्धि बङ्गारा

~भूपिन व्याकुल~Bhupin Byakul

हाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थे
ऊ भन्थ्यो–
‘दाँतहरू त केवल देखाउनका लागि मात्र हुन्
बुद्धि बङ्गारा पलाएपछि मात्र
बुद्धि आउँछ ।’

गिँजाको कुना चिरेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बिदाइका अन्तिम हातहरु

~नवराज बुढा ‘नवीन उदासी’~Nabaraj Budha 'Nabin udasi'

शरद र बसन्त आज मुग्लान पसेको केहि समय मात्रै भएको छ। तर समयले आफ्नै गति अनुसार नेटो काटी सकेको हुन्छ। घर परिवार सबैलाई सदा सुखी राख्न र खुसी संगै पारिवारिक दायित्वलाई निभाउन भनि नै सधै आफ्नो नित्य कर्म तिर निरन्तर लागि नै रहन्छन। जति दुख पिडा परे पनि सधै सुख सयलमा परिवारलाई राख्ने सपना सजाउदै उनीहरु यसरी नै दृढ सकल्प गर्छन। शरद भन्दा बसन्त अलि पढे लेखेको, जाने बुझेको शिक्षित थियो। परिवारमा एक Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिम्रा तस्बीर

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

तिम्रा तस्बीर कति जाति त्यै बोकेर बाँच्न थालेछु
छातिभरि टाँस्दाटास्दै तिम्रो तस्बीर फाट्न थालेछ

कताकता दुखे जस्तो छाम्दा मैले पीडा भेटिन
वगैंचाका सयौं फुलमा एउटा फुलको माया भेटिन
नभेटेरै आँखा चिम्ले त्यही फुलको काया बसेछ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल: कालो निशाले सोध्यो

~आवाज शर्मा~Aawaj Sharma
°
कालो निशाले सोध्यो, ‘तेरो उदेश्य के छ ?’
मैले जवाफ सोच्दा, झलमल उषा भएछ ॥
°
कस्तो अथाह तिर्खा, जल्दैछ भित्र केही ।
ज्वाला निभाऊँ भन्दा सागर स्वयं जलेछ ॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : आफ्नो श्वास रोकी हेरेँ

~नवीन लामा `सुरेश`~Nabin Lama 'Suresh'

उन्को प्राण फिर्छ भनी आफ्नो श्वास रोकी हेरेँ
कतै छु कि सपनीमा आफ्नै औँला टोकी हेरेँ !!

न`त रुन सकेँ मैले न`त बिदा गर्न उनलाई
बिर्सीदियो दैवले`नी मैले गर्या सबै गुनलाई
भूल हो कि नजरको आँखा पनि छोपी हेरेँ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नयाँ साल

~उमेश लुइटेल~Umesh Luitel

भावशून्य शब्द कोरेर
अभावका विज्ञप्ति सुनाउँदै
खिरिला जिउका स्केच मेटाउने मान्छेहरू
स्वार्थको यज्ञकुण्डमा विचारका चरू होमेर
नयाँ सालको शुभकामना प्रवाह गरिरहेछन् ।

यसबेलै दिग्भ्रमित छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश

~मिरा प्रसाई शर्मा~Mira Prasai Sharma

जहाँ मेरो प्रण प्यारो नेपालको
गोर्खाली स्वाभीमान खोसिएको छ
त्यहा मेरो देशको अस्मिता पतन हुँदै छ
देशको नाउमा निर्दोस धर्ती माताको जलन हुँदै छ |

जहाँ मेरो देस खोक्रो बनायिदै छ
त्यहा देशको सभ्यताको कुठाराघात हुँदै छ
छाती पिटी पिटी चिच्यायी रहेछ लुटिएको अस्मिता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षरका हतियार

~इन्दिरा प्रयास~Indira Prayash_1

त्यो प्रभाती रोशनी
बादलको आँचलबाट हेर्दैछ,
हेर त ……
त्यसैले,
ढुंगा मुढा हैन
लड्छौ भने,
अक्षरका हतियार प्रयोग गर

चेतनाको दोशल्ला जनमानसमा ओढाई
बुद्धको नेत्रले वा करुणा र प्रज्ञाले हेरी
बिबेकका उज्वल बेर्नाहरू,
मनका ती तरेली फाँटहरुमा उमार्दै
आकाश चुम्ने मूल्यबृद्धिको बिरुद्ध Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दृश्य-प्रश्न

~इनोसेन्ट राजन~

यहाँ,
प्रत्येक रात धमिलिन्छन-सपनाहरु आँखामा!
अनायासै दुख्छ-
सर्टिफिकेट च्यापेको शिरानी!!
डगमगाउछन पाईलाहरु-जीवनको आयु नापेर !!
जब-जब,

बाध्यताका पहाडहरु ढल्छन शीरमाथी!! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : काली भन्थ्यौ

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

मन खोली मेरो आँखा हेर काली भन्थ्यौ।
तिमी फूल बगैँचाको म त माली भन्थ्यौ।

मेरो जीवन् सादा पाना के के चित्र कोर्छौ
कोर !म त सजाउने फ्रेम खाली भन्थ्यौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मनपराएँ

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

पैले , हिजो , आज सदा मनपराएँ
त्यताबाट चल्ने हावा मनपराएँ

इन्कारको तिम्रो कला मनपराएँ
प्यार , प्यारो नै भो घ्रिणा मनपराएँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवनको शुन्यता !

~अप्सना अधिकारी~Apsana Adhikari

भुकम्पको झट्काबाट,
बँचेको छ जिवन
तर,
सबै आशाका लहराहरू
चुटिएकाछन्
रूखबाट सुकी
झर्ने पातझैँ
अनि,
मेरा सपना?
सपना लडेका छन्
धरहराझैँ,
सायद,
अब कहिले नउभिने गरी!
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको झण्डा

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

सुनसान रात चिर्दै
भीरको बाटो
उकालो–उकालो खुइय गर्दै
म थुम्की निस्केको छु !

लामो जङ्घार तरेर
काँढै काँढाको यो बस्तीमा
अलिकता उज्यालो पर्खेको छु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के राम बिहारी अनागरिक हो

~प्रमित आचार्य ‘लिबाङी’~Pramit Acharya 'Libangi'

आज राम बिहारी मौन छ,जिबनको उत्तरार्ध तिर आएर
खोतली रहेछ आफ्नो जिबनको बहीखाता
जहाँ उ केवल भेटि रहेछ घाटा र नोक्सान का खातहरु
आज राम बिहारी मौन छ,आज उ थकित छ, अनुहारमा निराशा छ
सुकेका नशामा जेनतेन रगत बगेर जिबन चलिरहेछ
अनि उ पल्टाई रहेछ जीवनका अध्यारा बहीखाताहरु

आज उसलाई याद नै छैन,समयको कुन बिन्दुमा उ यहाँ आयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : संघीयता चाहिंदैन

~गिरीप्रसाद बुढा~ Giri Prasad Budha

हामीलाई दुःख बिछ्याएर सपना देख्न मिल्ने
एक एक वटा झुप्रो चाहिन्छ
हामीलाई निष्पि्कक्री भएर टेक्न मिल्ने
आफ्नै स्वामित्वको आँगन चाहिन्छ
हामीलाई आागनमा जीवन लुटिने रीति चाहिँदैन
हामीलाई राष्ट्रियता खरानी पार्ने सङ्घीयता चाहिँदैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा किसान बा

~प्रवीण बानियाँ~

उनी

धानको बिरुवासँगै जिन्दगी रोप्छन्

रोप्छन् हरिया सपनाहरू

पसिनाले हो कि पानीले

भिजाउँछन् पहाडी खेतको छाती ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कैयौँ पटक

~श्रीबाबु कार्की ‘उदास’~Shreebabu Karki 'Udas'

कैयौँपटक,
एकै दिनमा
कैयौँ पटक
मेरो पकेट मारियो
म निरास एवम् हतास भएँ ।

कहिले झोलाबाट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कविताको अन्तिम पृष्ठ

~राजेश्वर कार्की~Rajeshwor Karki

हामी छिया-छियामा विभक्त भएर
अनेकौँ भूगोल बाँच्यौँ
कतै कातर भएर बाँच्यौँ
त कतै बहादुर भएर
कहिले सीमातीत घृणामा बाँच्यौँ
त कतै क्षणभरको प्रेममा बाँच्यौँ

प्रेमको एउटै महासागर भएर त
कुन भूगोलमा हामी बाँच्यौँ र ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पीपलबोटे पण्डित

~रमेश पौडेल~Ramesh Paudel

गन्हाएको मोजामा अत्तर छर्केर
जुत्ता खोले-
टिलिक्क टल्किनुपर्छ अनुहार !
धर्मयुग पल्टाउँदै
गैँडा मार्का सल्काए
लामो सर्को ताने, फुके-
घुमिरह्यो चुरोटको धूवाँ
पीपलबोट वरिपरि !
खुट्टा छिराए
र, निहुरिएर हेरे आफ्नै अनुहार ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कोटकोट्याँस ट्याँस

~उषा हमाल~

हि्वस्कीको बोतलको बिर्कोमा
विमोचित हुन्छ कविता
र हुन्छ, कविताको लोकार्पण
होटल र ब्याङ्केटका रंगीन साँझहरूमा ।

चियर्समा वाचन हुन्छ कविता
र, गरिबी र हिंसाको संवेदनामाथि
लेखिएका कविताका ध्वनिहरू
सुनिरहेका हुन्छन् वेटरहरू
उठाउँदै जुठा प्लेेट र रित्ता बोतलहरू । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म नारी

~भरत बागलुङे~Bharat Baglunge Paudel

म नारी
पुरुषहरूकी कमारी
जीवन भन्नुको अर्थ
यद्यपी हैन भने
म हारि रहेछु युग–युग भरी ।

आउ लोग्ने मान्छेहरू
म बैंश पोखेर
नाङ्गा सडकहरूमा
सर्वाङ्ग उत्तानो परिदिन्छु
अनियन्त्रित भोग मलाई
म दुखे पनि नदुखे झैँ सहीदिन्छु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : मेरो यो प्रेम पत्र स्विकार्नु है ।।

~जानकी जानु~Januka BK 'Janu'

…………सित्तल आज किन हो मुटु झस्कियो तिम्रो फोटो हेरेर मेरा आखा रसाए अनी परेलिलाई भिजाउदै आशुँ को थोपा ले तन मन लाई भिजाए, हो सित्तल बिर्सु भनेकी थिए, गोधुली साझमा सिरानीमा कोल्टे फेर्दा तिम्रो फोटो देखे अनी तिम्रो यादले सतायो र तिमीलाई प्रेम पत्र लेख्न मन लाग्यो ।
Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

नियात्रा : टापु-टापु

~जीवा लामिछाने~

श्यामश्वेत जीवनको पानालाई भ्रमण र मनोरञ्जनले रंगीन तुल्याउन यसपटक नयाँ वर्ष र क्रिसमसको छुट्टीमा म, विन्दिता, अनुराग र अनुकृतले प्रकृतिको सुन्दरतम् देश माल्दिभ्स जाने योजना बनायौँ। त्यसो त माल्दिभ्स रिसयनहरूको निकै लोकप्रिय गन्तव्य पनि हो। क्रिसमस र नववर्षको रौनकसँगै नियमित उडान, अतिरिक्त उडान तथा चार्टर उडान भरेर Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : कामरेडको मनुस्मृती

~निभा शाह~Nibha Shah

आमा सती पठाउने

गाइलाई माता बनाउने

यहि हो मनुवाद ।।

यो मनुवादका बिरुध्द हतियार नउठाउने अछुतहरुको साहदत हुँदैन बध हुन्छ ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समयसँगको संवाद

~गोपीकृष्ण प्रसाईं~Gopikrishna Prasai

समयसँगको संवाद
यो शून्य समय
मैले छातीभरि सजाएको
मायागरि मुटुभरि अड्याएको
बाहिरका पालुवाहरुसंगै वयली खेल्छ
मलाई म्वाई खाएर झंकृत पार्छ
माया धेरै भएर
छायाँसंगै आए यो धरती संगका अनौंठा नाताहरु
समयसंग यसरी प्रान्जल भएर निक्ले यक्ष प्रश्नहरु
प्रश्नहरुसंगै आँखामा खुशीका खोलाहरु बगेजस्तो लाग्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रङ्गिन दुनियाँ

~जे पि दाहाल~J P Dahal

सोचदा सोच्छै दिन गए,रुदा रुँदै रात
किनाराम भिद्या कहाँ पाइन्थ्यो साथ

सिरानीका तस्वीरमा रोधनले छेएँ
मनद मनद आशामा लुवालोले छोपेँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Story : Tell me a tale about a tail

~Hitendra Raj Joshi~

Rossy returns from her school thrusts into the kitchen but she doesn’t feel hungry so she kicks bathroom door, she unbutton her shirt, she throws her vest, she strip her skirt and she

2064AD September 28 in the evening Rossy returns from her school she looks happy. She is in her early teen. Black eyes, short black hairs, flat nose and flat chest, a Continue reading →

Posted in Story | Tagged | Leave a comment

बाल कथा : मायालु अनुहार

~श्रीराम राई~

आज प्यारो छोरा नम्छिहाङको जन्मदिन । एक मन कताकता रमाउँछ । अर्को मन कताकता दुख्छ पनि । स्नेही छोरा नम्छिहाङ मामाघरमै बसेर पढ्छन्। मन लाग्दा माया गरेर बोक्न पाउँदिनँ म। Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : उजरी

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

नरोकिएर जतिखेर पनि पिसाब बगिरहने रोग लागेको हुनाले सुखलीलाई उसैकै घरका व्यक्तिहरुले गाउँबाट निष्कासन गरे अनि ओलारको छेउमा एउटा झुपडी बनाई दिए। जिउबाट पिसाबको दुर्गन्ध आउने हुनाले गाउँमा पस्न सुखलीलाई पूर्ण रुपमा प्रतिबन्ध थियो। पहिलो सन्तानलाई जन्म दिँदा नै त्यस्तो भएको हुनाले परिवार मात्र होइन लोग्ने समेतको पनि रिस पोखिएको थियो सुखली माथि। सुत्केरी बेला एक पटक लोग्नेले भेट्न आएकोसम्म याद छ त्यसपछि आफू छेउ त के टाढाबाट मात्र पनि हेरेको थाहा छैन सुखलीलाई । केही वर्ष पछि सुखलीको लोग्नेको सर्पले टोकेर मृत्यु भएपछि गाउँभरिकै घृणा र क्रोध पोखिएको थियो उमाथि। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : हरहर महादेव

~हिरण्य भोजपुरे~Capture3

हरहर महादेव पानी दे
यतिले पुगेन अली थपिदे
खरानीको डल्लो कति साह्रो
महादेवअलाई पानी दिन कति गाह्रो ।

आँत सुकेका धेरै-धेरै स्वरहरु
शून्य-शून्य आकाश हेर्दै Continue reading →

Posted in लोक गीत | Tagged | Leave a comment