~श्रीबाबु कार्की ‘उदास’~
कैयौँपटक,
एकै दिनमा
कैयौँ पटक
मेरो पकेट मारियो
म निरास एवम् हतास भएँ ।
कहिले झोलाबाट
कहिले खल्तीबाट
कहिले मनबाटै
पकेट मारियो
एकदिन
झोला, पकेट र मनमा
भरी–भरी
दुःख पीडा र अभाव हालेर हिँडे
त्यस दिन भने अहँ,
कसैले पकेट मारेनन् ।
यतिबेला–
म पकेट नमारेकोमा निरास छु ।
झुले– २ दोलखा
(स्रोत : Fitkauli)
