गजल : एसपाली

~डा सुरेश ज्योतिपुञ्ज~Jyotipunja Suresh

होस् दिगो शान्तिको स्थापना एसपाली।
सबै नेपालीमा शुभ कामना एसपाली।

दन्त्य-कथा भयो राज्य पुरानो प्रभुको,
गर्ने त्यो परकै कुरा प्रार्थना एसपाली।

रक्ष्या गर्छु भन्नेले नै तोडेको देखियो,
हुनुपर्यो कानूनको पालना एसपाली। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : बिरालोको घाँटीमा घण्टी कसले बाँध्यो ?

~विनय कसजु~Binay Kasaju

लुकी मुसा दराजभित्र बसेर टेलिभिजन हेर्दै थियो । बैठक कोठामा सरेदेखि लुकीलाई धेरै कुरामा सजिलो भएको थियो । बैठकमा आएका पाहुनाले खाएर छोडेको वा खसालेको खानेकुराले उसको पेट भरिन्थ्यो भने विरालोबाट जोगिन पनि सजिलो थियो । बैठक कोठामा राखेको सिसाको खापा भएको किताब राख्ने दराजभित्र उसले आफ्नो न्यानो घर बनाएको थियो । त्यसमाथि थप मज्जा के थियो भने दराजको सामुन्ने टेलिभिजन थियो । दराजभित्र बसेर सिसाभित्रबाट लुकीले टेलिभिजन हेर्नसक्थ्यो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

संस्मरण : जागिर

~जोतारे धाइबा~Jotare Dhaiba

काम गरेको वर्ष दिनपछि पत्रिकाका मालिकले एक दिन भने, “तिमीले पत्रकारिता गरेर खाँदैनौ ।” साक्खै छोराको चिन्ता गरेझैँ जुँगे ओठ खुम्च्याउँदै उनले तीतो पोखे । त्यो जँुगाले मलाई सिस्नुले घोचेजस्तै रनक्क पार्‍यो । ढंग पुर्‍याएर लेख्न नजानेको भन्दै उनले मेरो जीवनयात्राबारे भविष्यवाणी नै गरिदिए । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : तिमी आउछौ ?

~सुजन सेलिङ~Sujan Seling 'Lungmaahim Saila'

सयौ पटक
फसाईेएका
झुक्काइएका
सिर निउराइएका
पुर्खाहरुको
नाहाङ माङ्हेना उठाएर आउ ।
तिमी
र,
म, हामीहरु उभिएको माटोलाई
अपमानित
अपवित्र बनाइएको छ,
सेक्मुरी,अन्दङ,नाम्योबाहरु
कलसमा राखेर
फेरी कहिलै
नओईलिने अजम्बरी
फूल फुलाएर आउ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लालबन्दी शृंखला

~रेवती राज खड्का~Rebati Raj Khadka

यो निर्जीव खाल्टोमा
शिशिरले पात खाएपछी
घामले माटो चुसेपछी
चैते कुइरो दिउँसै लाग्दा
म अझै सम्झन्छु लालबन्दी ।

यी खोक्रे बोक्रे दुनियाँमा
परीधानी यो राजधानिमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पेटीकोटका झण्डाहरु

~अनिल श्रेष्ठ~Anil Shrestha

एउटी बादी आइमाईका पेटीकोटका
टुक्राहरु च्यातिएर
जब यो मुलुकको राष्ट्रिय झण्डा बन्छ
र सिंहदरबारका पर्खालहरु
पेटीकोटका झण्डाहरु फर्फराउँछन्

जब भर्खरै सङ्गीतबद्ध गरिएका
नयाँ राष्ट्रिय धुनहरु
सिंहदरबारको ग्यालरीभित्र बज्छ
र यो मुलुकका केही उत्साहित सांसदहरु
कुर्सीबाट उठेर
नयाँ धुनलाई सलामी गर्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्थायित्वका अबोध गोरेटाहरु

~नवीन लामा `सुरेश`~Nabin Lama 'Suresh'

चिहाएर क्षितिजमा
देखिन्छ कि नौलो बिहानी भनेर
हेर्दैछु म !

धमिलो यौटा तारा चम्किने प्रयत्न गर्दै
उदाएको छ त्यो निलो आकाशमा,
तेतिकैमा यौटा झलमल्ल लामपुछ्रे
उस्को त्यो प्रयत्नको बिरोधी भएको
आभास गर्दैछु !

बिरोध अनि बिरोधाभाष भित्र
चिप्लेटी खेल्दैछ सांसारिक मोह Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नाकाबन्दी र केही टुक्रा …

~चन्द्र गुरुङ~Chandra Gurung

१
बन्द गर–
नून,
तेल
र, ग्याँस ।

युगौँदेखि
यी थोक खाएर बाँचिरहेको होईन
मेरो स्वाभिमान ।

२
नाकाबन्दी गर
अन्धकारमय बनाऊ हाम्रा दिनहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : योगी

~नीता केसी~Nita KC

म ‘रुन’ ! तिम्रो ‘ध्यान’ गर्छु, तिम्रो आत्मालाई भेटि ‘आलिंगन’ गर्छु……!

ऊफ्फ़ …! कति पीडा दायक छन् यी शब्दहरु, तर म निरपराध छु, मैले केहिले प्रेम गरिन ‘उ’ संग,,,! मैले कसै संग प्रेम गर्नै सकिन उसबेला …! सायद मेरो अनौठो स्वाभिमानले प्रेम रुपी त्यो अमृत पिउनै सकिन….! विश्वास नलाग्न सक्छ तिमीलाई…! प्रेमको मीठो अर्थ नै थाहा थिएन मलाइ उसबेला…! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जून फुलेको रात

~इन्द्रकुमार श्रेष्ठ ‘सरित’~indra k.shrestha sarit

बुङमती क्षेत्रमा निर्माणधिन संयुक्त आवास गृहहरूका प्रत्येक कार्यालयहरूमा उसले चहारेको यो दोश्रो पटक हो । तर जति बिन्तीभाउ गरे पनि आज पनि हात लाग्य शून्य नै । कहीं कतैबाट एउटा पनि विज्ञापनको जोहो हुन सकेन । दिनभरिको मिहिनेतस्वरुप सुका मोहरसमेत उठेन । भोक, तिर्खा र थकानले चुर भएर ऊ रत्नपार्क आउने गाडीमा चढ्यो । उसले झट्ट सम्झ्यो —वागबजारका स्टेशनरी पसलका पुनचा साहुले सानो भए पनि विज्ञापन दिन्छु भनेको थिए, हजार रुपैयामात्रैको बिज्ञापन दिए पनि आज दिनभरिको शास्ति अलिकति त कम हुन्थ्यो कि ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : गरिबको बास हुन्छ

~कविराज मगर~Kabiraj Magar

आकाश मुनि छहारीमा गरिबको बास हुन्छ
कैले भोको पेट खाई कैले आधा गाँस हुन्छ ।

टालटुल गरि लाको कोट पनि फाटे पछी
फ्याकिएको भोटो पनि उसलाई खास हुन्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आत्महत्याको योेजना

~जस बेखर्ची~Jas Bekharchi

तिम्रो मुस्कानको पासो बनाएर
तिम्रै परेलीनेर
मैले
मेरो आत्महत्याको योजना बनाएकोछु ।
मेरो जीत त थिएन नै,
मेरो हार पनि स्विकार गरीनौ ।
कति पल्ट तिम्रो आँखा गीत बने, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नारा

~राजु छेत्री ‘अपुरो’~Raju Chhetri 'Apuro'

कुनै समय उ नेपाली पोशाकमा सजीएर राजाको फोटो कोटको बायाँ पट्टि टल्काउँदै बिशाल जुलुसकाे अगाडी अगाडी नारा लगाउदै हिड्थे –
हाम्रो राजा हाम्रो देश – प्राण भन्दा प्यारो छ ।
बहुदलीय ब्यवस्था – मुर्दाबाद ।
पञ्चायती ब्यबस्था – जिन्दाबाद । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : खबुज — बाख्री कम्पनी, बाख्रीकै जुनी

~देवेन्द्र भट्टराई~

समाल– यो ठाउँ भनेको कतारको राजधानी दोहाबाट एक सय किलोमिटरपूर्वमा पर्ने समाल मरुभूमि हो, जहाँबाट पारि बहराइन झलमल्ल देखिन्छ । तर, जति आँखा तन्काए पनि मरुभूमिको आँगन मात्रै देखिने Bookcover - Khabuj - Benyaaminठाउँमा कहाँ, कता, कुन दिशा पर्छ, खुट्याउन हम्मे छ । यो सुदूर एकान्तमा भेटिए, लमजुङ थानसिङ गाउँका समबहादुर विश्वकर्मा । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गजल : यो देशमा प्रभाव भो

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

विदेशीको त्यो चलखेल , यो देशमा प्रभाव भो
यौटा – यौटा जिउँदो , जङ्गबहादुरको अभाव भो

राजनीति – कूनीति , भ्रष्टाचार – अत्याचार
हिजोभन्दा झन आज , प्रशासन खराब भो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : निरीह झिंगाहरु

~कृष्ण बिश्वकर्मा~Krishna Bishwakarma

कठै !
सदियौं भो
मूक छन्
घृणित् छन्
शोषित् छन्
हेयका पात्र झिंगाहरु !

श्वेत ,
सफा र आलिशान दरबारहरु महलहरु
अझ भनु…
मठ – मन्दिरहरुमा निषेध छ – “प्रबेशाज्ञा ” Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अघोषित युद्ध

~जलन दीप~Hari Dotel 'Jalan Deep'

एउटा अघोषित युद्ध
चलिरहेछ
निरन्तर चलिरहेछ
शताब्दियौं देखि आजसम्म
हो त्यो अघोषित युद्धमा
बमहरु निस्क्रिय छन
बन्दुकहरु सुतेका छन
बारुदको धुवाँ अल्मलिएको छ
अरु बमहरु साथी बमको प्रतिक्षामा
टोलाइरहेका छन
तर पनि
घनघोर युद्ध चलिरहे कै छ / Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गण्डकीपुत्रका दुई मुक्तकहरु

~गण्डकीपुत्र~Gandakiputra

(एक)
यो ओछ्यानमा तिमी सुलको कुरा गर्छ्यौ
संगै जीवन काटौं भनेको पूलको कुरा गर्छ्यौ
म तिम्रै वयान गर्न गजल लेख्दै थिंए –
तिमी भने पटक पटक फूलको कुरा गर्छ्यौ ! Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : यहाँ सम्म अाइएछ

~खगेन्द्र गिरि ‘कोपिला’~Khagendra Giri Kopila

हाँसेर हिड्ने क्रममा, यहाँसम्म अाइएछ ।
अनिश्चित यो जनममा, यहाँसम्म अाइएछ ।

अागो र फूलजस्ता रहरहरू सजार्इ
सङ्धर्ष परिश्रममा, यहाँसम्म अाइएछ ।

कहिले बनेर यात्रा, कहिले बनेर यात्रु
केहि दिनको रमझममा, यहाँसम्म अाइएछ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : श्वेतवर्ण हाती

~भ्लादीमिर भिसोत्स्की~Vladimir_Vysotsky
अनु. ज्ञान बहादुर छेत्री

धेरै वर्ष अघिदेखि नै
श्यामवर्ण विशालकाय जंगली हाती
भारतवर्षका अरण्यहरुमा
स्वच्छन्द विचरण गर्दथे ।

तिनीहरुको बथानमा किनहो
एउटा थियो श्वेतवर्ण हाती ।

उसका आँखा थिए उदास
शान्त स्वभाव, विवेकशील र खानदानी
आफ्ना साथीहरु बीच
बेग्लै थियो उसको पहिचान । Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गीत : वाध्यताले टाढा भएँ

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

वाध्यताले टाढा भएँ अझै माया गरि राख है
कल्पनामा मलाई भेट्दा अंगालोमै बाँधी राख है

निठुरताको हुरी पनि हामीबिचनै चल्यो
यहि हुरीले उडाएर टाढा टाढा पु¥यायोे
आँखाबाट आँशु बग्दा आाँशुसंगै नबगाउनु है Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : तड्पिरहोस्

~विशाल पौडेल~

बैरी भै’जाओस् मेरो जीवन यसरी न तड्पिरहोस्
झरी जाओस् आँखाबाट आँसु यसरी न पोलिरहोस् Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

मैथिली गीत : बेटीक भाग्य विधान

~विनीत ठाकुर~Binit Thakur

बीसम बसन्त जाहि घर बीतल सेहो घर भेल आब आन
किया विधना फेरि(फेरि कऽ लिखे बेटीक भाग्य विधान

के आब भोरक भुरुकबामे उठि कऽ चुनत बागक फूल
एतबो नै कोना सोचलन्हि बाबा कोना पठाबथि दोसर कूल Continue reading →

Posted in मैथिली गीत | Tagged | Leave a comment

गीत : नाम सुन्दरी

~हिरण्य भोजपुरे~Capture3

नाम सुन्दरी आकासे चुन्नरी
तिमीजस्ती राम्री छैन अर्की किन्नरी ।

सत्तु पीठो कत्ती मीठो
मोहनीले छुँदो रै’छ कत्ती छिटो । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

देउडा गीत : म सम्झना तेरो

~दिपक साउँद~Deepak Saud

बिर्सी गै तु मलाई आज, म सम्झना तेरो
बसन्या ठाउँ फुल फुली, हरियाली सेरो

सेतो कागज जसो जिबन, भर्दे मैना रंग Continue reading →

Posted in देउडा गीत | Tagged | Leave a comment

कथा : स्पर्श

~महेन्द्र महक~Mahendra Mahak

जनकको स्पर्श शान्त पोखरीमा ढुङ्गा हान्नु थियो ।

मेरो शरीरको रोम–रोम तरंगित भएको थियो । मनको कुनामा वर्षौंदेखि लुकेर बसेको उसको तस्वीर फेरि उज्यालो भएको थियो ।

शुभ्र–शान्त–स्निग्ध । मैले ओड्ने रंगको व्याख्या ।

कुल्टा–कुसाइत–अलच्छिना मेरो जीवनले बोकेका आरोप ।

पानी परिरहेको दृश्य सबैभन्दा बढी मन पर्छ अचेल । सिसाको झ्यालबाट दर्किरहेको पानी हेरेर बस्छु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : घाइतेे सपना

~दिल निशानी मगर~Dil Nisani Magar

‘थबाङ्गे’ आमा,
सार्है नै लाटी भइन
अनी
‘जलजला’ पहाड,
झनै लाटो भयो
यती सम्म की
मलाई आमा ले ‘चोली’ साटेको
अनूमान छैन,
र हेक्का छैन-पहाड ले
‘इमान’ बेचेको
तर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अल्झेछ मन थाहा थिएन

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

जुध्दा आँखा अल्झेछ मन थाहा थिएन
फर्की हेरेँ सोँचे जति टाढा( टाडा ) थिएन

बाटोभरि उसकै याद गरिरहेँ म
हेर्दा ठिकै लागे नि होश ज्यादा थिएन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : केही काममा हुन्छु

~नन्दलाल आचार्य~Nandalal Acharya_1

सधैँजसो केही न केही काममा हुन्छु
रावणलाई छाडी म त राममा हुन्छु।

धेरै मान्छेसँग काम एकैसाथ गर्दा
त्यस्तो भीडभाडमा म त लाममा हुन्छु। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बाआमाप्रति

~उमेश लुइटेल~Umesh Luitel

जसका सान्निध्यले पूर्ण र सुरक्षित तुल्याउँछ
ममतामयी आलिङ्गनले पीडादायी घाउ दुख्न बिर्सिन्छ
रूवाइ एकाएक हर्षमा अनूदित हुन्छ
सूर्य चट्टान फोरेर झुल्किन्छ
उष्णता आर्दता बनेर छरिन्छ ।

जसले खुरूखुरू कष्टका मुस्ला सहिरहन्छन्
यद्यपि ओठमा रश्मिका नवजात मुस्कान देखाउँछन्
र क्षणक्षण भावनाको महलमा राखेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नगर आशा ढाँट्नेलाई

~इन्दिरा प्रयास~Indira Prayash_1

नगर आशा ढाँट्नेलाई
भाषण मात्र छाँट्नेलाई

धाएर भेट्न नजानु
दोबाटो बीचै फाट्नेलाई Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : पाते दिदी

~सीता अर्याल~Sita Aryal

पूर्णिमाको साँझ टहटह जुन लागिरहेको थियो । धने र पाते भर्खर मेलाबाट फर्केर भान्सामा पसेका थिए । पाते च्याँख्ला भिजाउन थाली । धने चाहिँ दिउँसो खेतमा मारेर ल्याएको माछाको सिलबाट एक–एक गरी माछा झिक्दै पखालेर पोल्न थाल्यो । दुवै जोई–पोइले एक–दुई एक–दुईवटा खाएर बाँकी तिहुनका लागि ठीक पारे । दिनभरि खेत रोप्न मेला गएकी पाते थकाइले लखतरान थिई, त्यसैले गफ गर्ने जाँगर थिएन । भात भान्छामै व्यस्त थिई । बच्चा–बच्ची भएका थिएनन् । सासू–ससुरासँग छुट्टिएर बसिसकेका थिए । धने पनि त बाउसे गर्न मेला नै गएको थियो । त्यसैले ऊ पनि भोक र थकाइले शिथिल भएको थियो । ंझिंजा–झिंजा दाउरा चुलोमा हालेर च्याँख्ला र माछाको झोल छिटै तयार गरी । कप्ल्याक कुप्लुक खाएर निद्रा देबीको शरणमा परे दुबै जना । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment