निबन्ध : छोरी र बिराली

~खगेन्द्र संग्रौला~Khagendra Sangraula

मुसागणको सनातनी आतङ्कले सताइँदा म निरुपाय र हैरान भएको थिएँ । नाथेहरू वस्त्र भेटे वस्त्रै काट्ने । अन्न भेटे अन्नै बिमाख पार्ने । अनुशासन र मर्यादा एक पित्को जान्नु छैन, जथाभावी हगेर लिँडैलिँडको लस्कर बनाउने । हुँदाहुँदा यति अराजक भए, ती त ए रात्तै ! राति सुतेको बेला हेपेर मेरो टाउकै टेकेर हिँड्न पो थाले । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

अनूदित कविता : फ्रीडा काहलोको जुँगा

~अशरफ फयाद~Ashraf Fayadh
अनु : चन्द्र गुरुङ

१
म बेवास्ता गरिदिनेछु हिलोको दुर्गन्धलाई, वर्षालाई तर्साउनुपर्ने आवश्यकतालाई
र, मेरो छातीभित्र लामो समयदेखि रहेको आगोलाई ।
म आफ्नो हालको लागि सही राहत खोज्दैछु,
जसले मलाई तिम्रो ओठबारे सोच्न दिँदैन, तर म चाहन्छु
या म झार्न सकूँ तिम्रो रातो पत्रदलमा जमेको कुइरोको थोपो
या झाँेकको गतिलाई गर्न सकूँ सुस्त जो फैलिन्छ ममाथि
जब यो अनुभव हुन्छ कि
तिमी छैनौं यस घडी मसित
र रहने छैनौं… जब मलाई आफ्नो स्थिति साबित गर्नको लागि
विवश गरिन्छ रातको कातिल मौनताअघि
नाटक गर कि धर्ती मौन छ, जस्तो कि टाढादेखि हेर्छौं हामी यसलाई
र हामीबीच जे भयो त्यो लामो चलेको कुनै भद्दा मजाकभन्दा धेरै केही थिएन !
Continue reading →

Posted in अनूदित कविता | Tagged | Leave a comment

कविता : आँपको रुख

~राजन मुकारुङ~rajan-mukarung

दस वर्षअघि
अन्तिम पल्ट ढोगेथेँ यो आँपको रुखलाई

मेरो डाइले भन्नुहुन्थ्यो–
यो उम्रिएकै साल म पनि जन्मेको अरे !

यही आँपको रुखमुनि
म केही क्षण सुस्ताउथेँ
शीतल ताप्थेँ र परपरसम्म हेर्थेँ
यो फराकिलो मैदान
यी खेतका गराहरु
सोच्थेँ– कुनै दिन मेरो पनि हुनेछ यस्तै मैदान र खेतका गराहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खरानीको थुप्रो

~राजकुमार बगर~Ram Kumar Bagar

जिन्दगीको परिभाषा भत्केर
बेअर्थ बाँचेको छु हिरोसिमाझैँ
मलाई छुँदा तिम्रो खुसीको मस्र्याङ्दी सुक्छ भने
भैगो मलाई नछोऊ भुन्टी, भैगो मलाई छुँदै नछोऊ
आँखाबाट बगिरहेको अनगिन्ती पीडा देखेर
बिचरा भन्नेहरू धेरै भेटेँ
सहानुभूति पग्लेर
बैसाखी बन्छु भन्नेहरू पनि भेटेँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी शहरमा र म गाँउमा

~ओनिक अज्ञात~Onic Agyat

तिमी शहरमा
म गाँउमा
फरक यति छ
तिम्रो आयु छोटिदै छ
तर, मेरो बढ्दै

तिमी पिजा र बर्गर खान्छौ
म सिस्नु र साँग
फरक यति छ
तिमी रोगी भई रहन्छौ
तर, म तन्दुरूस्त र स्वस्थ्य Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : होटलकी केटी र मेरी छोरी

~रवि भट्ट~Rabi Bhatta Roshi

निलमसँग छुट्टिएर दुई ध्रुव भएर विताएको ४/४ वर्षका तिक्तताका स्मृतिले आजकल पनि झस्काईरहन्छ । त्यसबखत भर्खर १५ बसन्तमा कदम राखेकी निलम थापा, सिन्धुपाल्चोक जिल्ला, जलविरे गाविसबाट जनयिताको देहवसान पछि कान्छी आमाको प्रताडना सहन नसकी काठमाण्डौ आएकी थिईन् । जन्मदिने आफ्नो वुवाले समेत उनीमाथी जगन्नयिन्ता दायित्व ननिभाएको कारणले जलविरेबाट विस्थापित जीवन विताउनु परेको कटु यथार्थता, म समक्ष पोख्दै रोएकी थिईन । उनका आर्तनादबाट म द्रविभूत हुन पुगें । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भूकम्प

~सारदा पाठक~Sharada Pathak

हेलो आयो आयो रे
आजभोलि जति खबर आउछ भुकम्पको आउछ
पराकम्पनको आउछ गणतन्त्र दिवशको दिन
पाँच चोटी सलामी आउछ
हेलो आयो आयो रे

आज भोलि जताततै भुकम्प छ
पिउने पानीमा भुकम्प
खाने दाल चामलमा भुकम्प Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रमभंगता

~विजय याेजीत~Bijaya Yojit

अचेल मान्छेहरु
हिंडेजस्तो गरेर
दौडिएजस्तो गरेर
अनि उडेजस्तो गरेर
त्यहीं छन्
त्यहीं पुगेका छन्
र त्यहीं झरेका छन् !

सहरेहरुले बगरेहरुलाई फुकेका अफवाहहरुमा
सेतीको बगरमा हथौडा छोडेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनर्निमाणका लागि

~पुरु लम्साल~Puru Lamsal

म तिम्रो घरको जग खन्छु
तिमी मेरो घरको गाह्रो लगाऊ
यो पुनर्निर्माणको बेला हो
आऊ,
हामी मिलेर बनाउँ हाम्रो घर

म तिम्रो घरको झ्याल बनाउछु
तिमी मेरो घरको छानो लगाऊ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : बाँदरहरूको श्राद्ध

~कमल कोइराला~

भर्खरैमात्र वर्षा ऋतु सकिएको थियो। धर्तीमा शरद ऋतुका संकेतहरू देखिन थालिसकेका थिए। पशुपतिनाथ मन्दिरपारिको वनभित्रका प्रत्येक रूखमा शरद नाचिरहेको थियो।

वनभित्रका सम्पूर्ण वन्यजन्तु शरदोत्सव मनाइरहेका थिए। वर्षाको बाढीले धमिलिएको बागमती बिस्तारै कञ्चन बन्दै थियो। पशुपति क्षेत्रमा प्रशस्त बाँदर देखिन्थे। उनीहरू मन्दिर, देवल, धर्मशालाका छाना तथा पर्खाल र रूखका हाँगाहरूमा छरिएका थिए।
Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : लाभाहरुको जन्म

~खगेन्द्र पन्धक लिम्बू~Khagendra Prandhak Limbu

कुनै नानी रुन्छ र,
कि मेरो छाती चर्किन्छ कि धर्ती हल्लिन्छ
पहाडको गर्भे पेटमा कान टाँसेर सुन्दैछु–
लाभाहरुको जन्म हुँदैछ
चिराइतोको पात चपाउदै
समय गुराँसका थुँगाहरुमा बसाइँ सर्दैछ
अँगेरीको नश्लसँग अब कुनै बिखुमा आक्रोशित हुने छैनन् ।

खाङग्रे मस्तिष्कमा बनावटी आस्थाका पत्कर भरिँदा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँचालो

~मीनराज ‘बसन्त’~Minraj Basanta

उसले कसैलाई गराएन जानकारी
आउछु भनेर
केहिले अनुमान मात्रै लगाएका हुन्
ऊ जुनसुकै बेलापनि
अतिथि बनेर आउन सक्छ
अझैपनि चिन्दैनथे कतिपयले उसलाई
कहाँ थाहा थियो उसको स्वभाव, गुण–अवगुण

तर यति जरुर थियो कि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : आज नि धक्का दियो रे !

~जीवन देवान ‘गाउँले’~Jiwan Dewan 'Gaule'

अस्ति कैले चर्काएर
मुसा मार्ने साँचो जस्तो
धराप भा’छ रे घर
हामी त ‘बाँच्दुङना’ होला
आमा भन्नु हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म, मेरो छोरा र पश्यताप

~देश सुब्बा~Desh Subba

मेरो छोरा स्कूलबाट आयो
शिक्षकले सजाय दिएको सुनायो र
सम्झी सम्झी आँसु बगायो…
त्यसले चिर्यो छाती
म दुःखिरहे
उसको घाउलाई मायाले मुसारिरहें
ममताको रेखा कहाँ टुङ्गीन्छ सोचें
जब यो हिँड्छ, शीत पर्छ छातीमा
आँखामा वर्ष्षा हुन्छ
कतिपय उसको सानो प्रश्नले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : कहाँ गए होलन् ती कवि?

~प्रकाश सायमी~Prakash Sayami

समय उब्रिएछ भने
म तिमीलाई माया गरुँला…

यस्तै शीर्षकको कविता पढेर अशेष मल्लले काठमाडौंको मञ्चमा ख्याति कमाएका थिए। कयौं कयौंपटक यो कविता उनले मञ्चमा वाचन गरेका छन्, कयौंपटक रेडियोबाट पनि बजेका छन्। दर्शकको दिल दिमागमा त अझै बजिरहेकै होला, घरिघरि।

यस्तो कविता लेख्ने कवि अशेष मल्लले पछि कविता लेख्नै छोडे र उनी बढी रंगकर्मतिर बढी होमिए। Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : चियाको बुट्टा – म

~कविता राई ‘गाउँले’~Kabita Rai Ganule

प्रिय ,…
तिम्रो केवल एक नजरले
बर्षौ बाचेकीछु- म ।
सधै-सधैं
एउटै जिन्दगी बाँच्नुको पीडा
बाँच्नेलाई मात्र थाहा हुन्छ प्रिय ,
ठुट्टीएर पनि बुट्टा बाँच्नु पर्ने
– मेरो बाध्यता
आकाश छुने रहर भएर पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँदर, मदारी र हामी

~गोविन्द रावत~Gobinda Rawat

अनारकली…
रामकली…
या यस्तै कुनै ‘कली’ नाम पाएकी
बाँदर्नीले
पहिरिएर दुरुस्त मान्छेको लुगा
नाच्छे–
डिमिडिमि, डिमिडिमि, डिमिडिमि
डमरूको तालमा ।
त्यस्तै,
धर्मेन्दर… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सुकेको छ देश

~घमराज लुइँटेल~

सागर थियो कुलो बनी सुकेको छ देश
नेपालीकै मुटुभित्र दुखेको छ देश

ढुङ्गो-माटो देखाउँदै नेपाल भन्छन् कोही
यथार्थमा लजाएर लुकेको छ देश Continue reading →

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : फक्रिँदो फूल

~यि हो यु~Yi Ho Yu
अनु : केशव सिग्देल

पत्र पत्र गरेर फूल फक्रिँदै जान्छ
तबसम्म जबतक सिङ्गै स्वर्ग त्यहाँ खुल्दैन।

त्यसपछि अन्तिममा एउटा पत्र बाँकी हुन्छ, Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : मलेसिया श्रम कि सेक्स ?

~रामनाथ खनाल~Ramnath Khanal

‘म मलेसिया जान लागेको’, सुरुमा त साथिहरुले पत्याएनन् ।

‘किन, जागिर खोज्न ?’

रमेशले त झन् गिज्याएर बोल्यो ।

रिस उठ्यो र फ्याट्टै भनिदिएँ, ‘हो ।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : काँडाले घोच्छन्

~सुजन बैरागी~Sujan Magar Bairagi

फूल देखाई काँडाले घोच्छन् भन्ने के थाहा
आफन्तले नै पराया सोच्छन् भन्ने के थाहा Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : तलमाथि हुन्छ जीवन

~राम कृष्ण आचार्य~

ब्यस्तता र सुस्तताले तलमाथि हुन्छ जीवन।।
इष्ट सम्झी हाँसी कहीँ मजबुरीले रुन्छ जीवन।।

लक्ष्य अनि उद्देश्यका पहाडहरु माँझ हुँदा,
उत्ताउलो मनको कुरा सधैं सधैं सुन्छ जीवन।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : के थियो र मेरो

~ज्योतिराज अधिकारी~Jyoti Raj Adhikari

के थियो र मेरो के हुनेछ भोलि
सबै सबै यहि छाडेर जानेछु ।
केही आस्था केही विश्वाश
केही चाहना लिएर जानेछु ।

म खरानी भएपछी केहीबेर
मेरो चर्चा होस्,
म नभए पनि कहिले काहि Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

भोजपुरी हास्य कविता : मच्छर–पचीसा

~प्रमोद कुमार पाण्डे~Pramod Kumar Pandey

जेहिं काटत दुख होय, निशिनायक नींद हरन । करहु अनुग्रह सोई , करन देउ आराम पूरन ।।

रक्षणहीन तन जानिके, सुमिरौ नरक कुमार । भनभन भनभन करिके प्रभु ,हरहु न नींद हमार ।। Continue reading →

Posted in भोजपुरी कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पत्र साहित्य : हामी लेखक र कविहरुको मूल्य खोजिरहेछौं ।

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

अनामिका,

यस पटकको सम्बोधनमा अलि फरक विषयलाई उठान गरे । हाम्रै गुनासो र पीडालाई तिमी सामु राख्ने मन गरेँ । आजसम्म राष्ट्र, समाज र तिम्रो सवाल उठान गर्दै आए । हामी लेख्नेहरुले अरुको पीडा, दुःखका कथा त देख्यौ र लेख्यौ पनि लुकेका, छिपेका, छिपाइएका धेरै विषयहरु उठान गर्ने तेश्रो आँखाको माध्यमबाट समाज काल र परिस्थिति विश्लेषण गर्दै दुँनियाले स्वीकार गरेको सामाजिक आँखा, अगुवा, Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : परीक्षा

~दुर्गा बन्जाडे~

साँझपख मेरो फोनको घन्टी बज्छ। छोरीलाई दूध खुवाइरहेकी मैले त्यो अपरिचित फोन उठाउन त्यति जरुरी ठानिनँ। म भान्सामा खाना पकाउन लाग्छु। गएको तीजमा सबै दिदीबहिनीले ‘स्कुलमा त राम्रो विद्यार्थी थिइस्, किन अहिलेसम्म जागिर पाइनस्’ भनेर सोध्दा म निरुत्तर रहेको कुराले मलाई अहिले भित्रभित्र पोलिरहेको छ। भान्सामा पाकिरहेको खानासँग मेरो मनका कुराहरू पाकिरहेका छन्।

फेरि सोही नम्बरबाट फोन आयो। मैले उठाएँ। उताबाट आवाज आयो, “हेलो, तपाईं सुनीता हो?”

“हो, को बोल्नुभएको, मैले चिनिनँ नि !” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रिय नेपाल बन्दैछ लाक्ष्यागृह कसो गरुँ ?

~पुरुषोत्तम दाहाल~Purusottam Dahal

प्रिय नेपाल बन्दैछ लाक्ष्यागृह कसो गरूँ ?
शकुनी सोचका पासा भिल्लका हातमा चरु
बाल सन्ततिका साथ आमा कुन्ती निरीह छिन् ।
जनता जल्न खोज्दैछन् खरानी हुन के गरूँ ?

लोक पूर्व दगुर्दै छ तन्त्र दक्षिण पश्चिम
हिमाली काख बन्दैछ शस्त्रागार कि सङ्गम ।
दिशादिशा ढुकिरेछन् दुर्योधन दुशासन
लाक्ष्यागृह कुँदिरेछन् आजका यी पुरोचन ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जसोतसो जिउने मान्छे

~राजकुमार बास्तोला~

अनिश्चितताले रुमलिएको जीवन
बाधाहरूले भरिएको बाटो
जिउनेको जीवन छैन
हाँस्नेको मन छैन
आशा छ, पूरा हुने सपना छैन
र पनि हाँसेको छ
जसोतसो जिउने मान्छे । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा सपनाको पछाडि

~नवीन रायमाझी~

एउटा सपनाको पछाडि
दौडिरहेको छु
के थाहा ?
यो सपना पूरा हुन्छ कि हुँदैन
सपना फुल्छ कि फुल्दैन ?
तैपनि,
एउटा आशाको दियो बालेर
निरन्तर दौडिरहेको छु
निरन्तर पदचाप बनाइरहेछु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : साहित्यमा पहिचान

~राजा पुनियानी~Raja Puniyani

आउँदै गरेको आँधी

‘अब त उमेर भयो । खै, फोनमा कुरा हुने होइन… । इन्द्रबहादुर राईसँग कुरा भएको त दुई वर्ष पो हुन लाग्यो ।’

भन्दै थिए, बैरागी काइँला । तेस्रो आयामका हस्ताक्षर ।

टिफिनपछिको अपराह्न पिरियडमा तीन महिना लगाएर पढेको मातेको मान्छेको भाषण कानमै गुन्जिरहेको छ अहिले पनि । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : मासुबिनाका मान्छे

~मनोज बोगटी~Manoj Bogati_1

भित्ताको स्तक्रिनमा म हेरिरहेको थिएँ । फेरि एउटा सपनाले आकार लिइरहेको दृश्य नांगो आँखाले म चौथोपल्ट हेरिरहेको थिएँ ।

चौथो सपना थियो त्यो ।

**

पहिलो सपना बुनिएको साँझ हुरी चलेको थियो । बाटामा रुखहरु लडेका थिए । भुइँमुनि हुनुपर्ने जरा भुइँमाथि थिए । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दुःस्वप्न सुन्दरी

~हिमांशु केशव~

कैलो घुम्रेकेश हावामा लहराउँदै
तलाउमा ढुंगा हान्ने
र
उठेका तरंगहरू हेर्दै
निःसंकोच अट्टहास गर्ने
बैँसोन्मत्त यौवनाले
आँखा नचाएर
आमन्त्रण गर्दा अभिसारका लागि
मेरो ढुकढुकी एकदमै बढेको थियो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment