कविता : उम्मेदवार

~स्नेह सायमि~Sneha sayami_1

देश, जनता र
पार्टीको काममा
जीउज्यान गुमाउनेले
पनि नपाएको
धेरैले
धेरैपटक
घुर्की देखाएर पनि
नसकेको
मैले पाएँ टिकट
म उम्मेदवार हुँ
तिम्रो पार्टीको । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बन्धक

~तृष्णा राज्यश्री कुँवर~Trishna Kuwar

एयरपोर्ट बाहिर विदेशिने तरखर गरिरहेका युवाहरूको ताँती छ । कोही निन्याउरो अनुहार लगाइरहेका, कोही खुसीले चहकिरहेका, कोही सशङ्कित, कोही भयभित, कसैका आमाबाबुको आँखाबाट आँसुको धारा बगिरहेको, कसैका श्रीमती अँध्यारो मुख पारेर बसेकी, यस्तैयस्तै दृश्य देखिन्छ यहाँ । “छोट्वा कागजपत्रको ख्याल गरेस्, विदेशमा एउटा सानो कागज छुट्यो भने पनि खुब दुःख पाइन्छ” म छोट्वालाई बारम्बार एउटै कुरा सम्झाइरहन्छु । “दलालीले धोखा नदिए हुन्थ्यो । कागजपत्र सबै उसैको जिम्मा लगाइयो, अब के हुने हो ? उता गएर पनि भने जस्तो हुने हो कि नाइँ ।” विमानस्थल नजिकै पुगेपछि छोट्वा झन्झन् आत्तिदैछ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रयोग उर्फ जीवन

~रोहित खतिवडा~Rohit Khatiwada

म कोलम्बस,
हिँडेर कोही नहिँडेको जीवनपथ
पुग्नु छ पहिलोपल्ट
आफ्नै जीवनको अमेरिका ।
म तेन्जिङ,
उक्लिएर कोही नउक्लिएको जीवनशिखर
चुम्नु छ जीवनको सर्वोच्च आनन्द ।

त्यस्तो ठेगान नै कहाँ छ र
कसैले तोकिदिएको
पुगौं त्यहि ठेगानमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : फूलको डालीजस्तो

~मनु ब्राजाकी~Manu Brajaki

मुहार छ उसको सधैँ फूलको डालीजस्तो
छिमेकी छ फूल टिपी बेच्ने मालीजस्तो ।

महफिलमा बसेपछि यस्तै हुन्छ सधैँ
कोही झारीजस्तो अनि कोही प्यालीजस्तो । Continue reading →

Posted in गजल | Tagged | 1 Comment

कविता : कुनै पनि समयमा

~छम गुरुङ~

कुनै पनि समयमा सोच्न पाइन्छ

सोच्छु म जसरी पनि सोच्न त पाइन्छ ।

बीच बाटोमा सोचिँदैन, छेउछाउ हिँडिरहेछु

पहिलोचोटि गुच्चा हानेको माझी औँलाझैँ

अप्ठ्यारा पाइला साथ छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : झम झम झरीमा

~अज्ञात लेखक~

आकाश माथि यसो हेरेको
बादलुले ढाकेको छ
चम्किदै छ बिजुली
गर्जदै आकाश तर्साउदै छ

यती बेला आँखाको गाजल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मारिया, म तिमीलाई प्रेम गर्न सक्तिनँ !

~सरुभक्त~ Sarubhakta

तिम्रो देशमा कङ्क्रिटका बिशाल जङ्गलहरू छन्
सुन्दर, चौडा एभेन्यूहरू छन्
रेलहरू पनि पारमाणिक विद्युत ऊर्जामा
भूमिगत – भूमिगत चल्छ भन्छन्
र बाटाहरूमाथिका फ्लाईओभर बाटाहरूमा
गतिशील लुकामारीको खेल खेल्दा
उदेकको आनन्द आउँछ भन्छन्
तर मारिया, माफ गर
अविकसित देशको बासिन्दा भए पनि
गोरेटो–घोडेटो देशको बासिन्दा भए पनि
म तिम्रो देशलाई प्रेम गर्न सक्तिनँ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : एक्लोपन

~एकराज प्रधान~Ekraj Pradhan

उत्तर–पूर्वी पहाडको फेदीमा रहेको एउटा सहरोन्मुख गाउँ। केही वर्षअघिसम्म खेतीबाट लहलहाउँदो अन्न उब्जने यो ठाउँमा अहिले कङ्क्रिटका महलहरु बाक्लिँदै गएका छन्। तिनै महलमध्ये एउटा हो, नरबहादुरको। तीन तले त्यो घरमा उनी एक्लै बस्छन्। खाना पकाइदिने एउटा केटो छ। साँझ–बिहान आउँछ, पकाउँछ र जान्छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पात्रहरु

~श्रीबाबु कार्की ‘उदास’~Shreebabu Karki 'Udas'

क पात्र

एस एल सी सात पटक फेल भयो ।
पास गर्नलाई कुनै कसुर बाँकी राखेन
तर सकेन । उसले सोच्यो नाम त कमाउने पर्छ ।
उ सहित्यमा लीन भयो ।
हाल उ साहित्यमा अब्बल दर्जाकै हाराहारीमा छ ।

ख पात्र Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आदर्श छोरो

~अमृता पाण्डे~

कैयौँ पुस्ता खेर गइसक्यो

तर, आदर्श छोरो जन्मिएन

वषर्ा आयो, विध्वंस भयो

हरियो वन मरुभूमि बन्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : जीवन

~राजु पौडेल~Raju Poudel

कन्चन बहने पबित्र घाटस्थलका कैयन स्नानले उसको व्यथा पखाल्न सकेको छैन | पूजा-पाठ र यज्ञ-दान यावत उसका उत्तरार्धका कर्महरुले उसलाई पबित्र बनाउन सकेका छैंनन | सम्पन्न परिवारको निगाहा प्राप्त हुँदा उमेरमा उसको तुजुक लोभलाग्दो थियो | मिलेको जीऊ-डाल शु-गठित शरीर आधुनिक पहिरनको बेजोड संगममा आहा ! “सेतु“ सारा देउराली गाउँको आकर्षकको केन्द्र थियो ,उ जमानामा | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : घाउ

~अनु शाह~Anu Shaha

कसैको घर भत्काएर
आफ्नो संसार जोडुँ कसरी ?

तिम्रो कामनालाई विर्सिएर
आफ्नो कसम तोडु कसरी?

आँखाको नीर रित्याएर भए पनि
तिम्रो आकाश सजाइ दिन मन छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शिशिर ऋतु

~राम प्रसाद पोखरेल~

शिशिरले पाईला टेक्दा, जताततै चिसो,
वालक वृद्धा दुःखी भए, खोजे तातो मिठो।
जताततै हुस्सुछायो, घामको किरण छैन,
पानी पनि जम्न लाग्यो, बल्न थाल्यो मैन।।
(१)

निमोनियाले सताउने भो, बालक बृद्धालाई,
तातोचिल्लो खानाखानु, न्याना लुगालगाई।
घर भित्र बसी रहनु, घाम न झुलकिदा,
सस्थ्य रहन सकिन्छ, बाक्ला लुगा लाउंदा।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : इन्द्रेणी गीत

~ईन्द्र नारथुङ्गे~Indra Narthunge

घाम र पानी
चढेर बायूपंखी घोडा समयको
जब सँगै झर्छन् धर्तिमा…
तब,
आकाशले इन्द्रेणी माला लाउँछ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : झ्याल

~मुकुल दाहाल~Mukul Dahal

जति लगाउँन खोजे पनि मेरो कोठाको झ्याल बन्द हुदैन

लाग्छ कुनै कुनै बेला त बन्द पनि होस यो झ्याल

तर खुल्लै रहँदा आनन्द पनि लागिरहन्छ

प्रत्येक क्षण हावा जस्तै उडीआउने स्मृतिका झोक्काहरूले

उघारिदिने यो झ्याल सधैँ खुलिरहन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा भिन्नै ब्रित्तको खोजीमा

~विमल कोइराला~Dr Bimal Koirala

रन्थनिएर ईलाका, बस्ती र गाउँ
भौतारिएर शहर, देश र परदेश
टुक्र्याएर आफुलाई चौटा चौटामा
के खोज्दै छौं हामी ?

हाम्रो बिपन्नताको बिकल्प होइन रगत
हाम्रो पछौटेपनको उपचार होइन घ्रीडा
मायामा उनिएर खुशीका फुलहरुको
सप्तरङी माला लगाएर खुशी हुनेहरुका निम्ति
हुन सक्तैन बन्दूक – जन्म दिनको उपहार । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अनौठो सपना

~धिताल चिरिच्याँट्ट~Dhital Charuchyatta

एक समय थियो दैनिक रमाइलो सपनाहरु देख्थे, तर आजकाल सपनाहरु देख्न छाडेको थिएँ । वेरोजगार मान्छे दिनभरी सडक नाप्ने काम गर्छु । सडक विभागको जागिरे ! सडक नाप्दै जादा खुल्लामंच पुगियो । राजनैतिक सभा रहेछ, नेताहरु उफ्रि उ्िरफ देशलाई सिङगापुर बनाउने भाषण गर्दै थिए । त्यही दिन अचम्मै भयो मैले सपना देखेँ, अनौठो सपना, सबै नेताहरु सपनामा आए, म त अक्क न वक्क भएको देखेर पीएमले भने Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : हली

~हेमन्त विवश~Hemant Biwash

जदौ गोसाइँ
चिन्नु भो ?
तपाइँ मेरो पुर्खाको गौरव
म उही हली हुँ मालिक

तिम्रा मोबाइल र कम्प्युटरमा दगुर्ने औंलामा
टाँसिए टानँसिएनन् माटाका कणहरु
त्यही माटोको आद्रता ओढेर
त्यही माटोको सुवास बोकर
झुलाएको थिएँ अन्न बाली
वर्षौ वर्षसम्म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माटो

~दिनेश बराल~Dinesh Baral

मट्याङ्ग्रा बनाउन पनि काम लाग्छ
माटो भाडा बनाउन पनि काम लाग्छ
र त माटो जीवन र मरणको दोसाधमा
सधै उभिइरहन्छ
माटोको छुट्टै अस्तित्व छ
माटोको छुट्टै स्थायीत्व छ
त्यसैले त माटो
मुर्ति बनाउन पनि काम लाग्छ

माटोले कहिलै गरिबी उमार्दैन
अरुको पसिनाबाट सिंचित भएर
आफ्नो घमन्डका फोहोराहरु
अरुको अनुहारमा छ्यापेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमिल चाहना

~यमुना पुन~

एउटा सुक्दै गरेको बोटमा
पानी छर्केर जगाँदै फूलाउने आसाले
मनमा बिस्वासको खात लगाएर
बोटमा जेलिएका जञ्जिर हटाउँदै
तिम्रै निम्ति सजाई रहेछु
यो शब्द र केरिरहेछु यो अक्षर ।

क्षितिजको रातो घामसँंग
लुकामारी खेल्ने गोधुली साँझमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार पारीको गाऊँ

~कृष्ण कट्टेल~Krishna Kattel

यो गल्ली र म बिचको साइनो
वर्षौदेखिको हो
यहि गल्ली हुँदै पुगेको छु म
कहिल्यै नपुगेको ठाँउ
देखेको छु क्षितिज पारिको क्षितिज

त्यसैले, म जाँदापनि फर्किदापनि
बिहानपनि दिउँसो वा बेलुकापनि
जतिबेलै यो गल्ली चुपचाप चुपचाप
बसिरहेको हुन्छ, हेरिरहेको हुन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मर्न मन लाग्छ

~मानन्धर अभागी~Manandhar Abhagi

जिन्दगीमा कहिले काहीँ मर्न मन लाग्छ
आज आफूले आफैलाई हर्न मन लाग्छ

सुन्दरता यो भित्र कसैको आँखा लाग्यो
गिद्दे यो नजर देखि डर्न मन लाग्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : विवादित खुट्टोहरु

~मौलश्री लिम्बू~Maulasree Limbu

हे भगवान !
हे ईश्वर !
हे अल्लाह !
हे प्रभु !
हे माङ् ! [किरात धर्मालम्बीहरुको पुकार]
हजुरहरु अदृश्य भए पनि
आतिशबाजी गर्दै देखा पर्नु होस्
नत्र
एक पटक पालैपिलो खुट्टो देखाई दिनु होस्
म नतमस्तक भई पुर्पुरो ठोकाउने छु
हजुरहरुमा पनि त त म म हुन्छ भने
वर्णक्रम मिलाएर ढोगौला
तर
फुत्त निस्कनु होस्
या
जसरी हुन्छ अब प्रकट हुनु होस् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मुस्कुराउँछु

~मीरा आचार्य~Mira Acharya

ह्रदयघात भा’को थियाे
साच्चै मुटु चर्किएको थियो
बाेल्दा आवाजमा पीडाको मिश्रण हुन्थ्यो
तिम्रो पिडाको सहज अवतरण गराऊन
मैले माैन ब्रत लिए !
त्यसैले म चुप बसे !
कठीनताहरुमा तिमी बिचलित नहाै
अप्ठ्यारोहरुमा पनि तिमी बाँच्न सक Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्रोता खोज्न हराएको कवि

~देवेन खरेल~

कविको मोह कवितासँग
कविताको परिभाषा स्रोतासँग
अर्थ यथार्थ भाव र अनुभूतिहरुलाई
थोरै ङिच्च हाँसोमा घोलिदिएर
पोल्टोमा एउटा सानो कविताको टुक्रो घिसार्दै
आजका मानिसहरुको भीडमा
एउटा जाबो स्रोता पत्ता लगाउन निस्केको
मेरो कवि धेरै दिन भयो ।

त्यो दिन मिर्मिरे उज्यालोले टेकेको पाइलालाई
उछिन्दै उसले
चीसो गुँड परित्याग गरेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आँशुको हिसाव थियो

~सुरेश सुमन डाँगी~

छुटेछ कतै झोला आँशुको हिसाव थियो
जिन्दगीमा एउटा मात्रै त किताव थियो

नसोध्नुस के थियो? के थिएन त्यसमा
कसैले फिर्ता पठाएको एक गुलाब थियो
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : हाम्रो संविधान

~गौतम “उदय”~Gautam 'Uday'

चिन्ता थियो कतै, टुक्रेला भन्ने
छिन्नभिन्न हुँदै, पराधीन बन्ने
हिमाल तराई एउटै गरायो
हाम्रो संविधानले
राष्ट्रियता झनै मजबुत बनायो
हाम्रो संविधानले ।

आत्मामा थियो, चुच्चे र चिम्से
ब्यबहारमा थियो, पहाडे मधिसे
सबलाई समान अधिकार दिलायो
हाम्रो संविधानले
फाटेका भाइका आत्मा सिलायो
हाम्रो संविधानले । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अध्याँरोमै देखिन्छन् सपनाहरु

~युवराज श्रेष्ठ~Yuvraj Shrestha

ए, जुन !
तिमी नचम्क भो
यहाँ मान्छेहरु उज्यालो मन पराउँदैनन् ।

दिनभर सूर्यको प्रकाशले उनीहरु अत्तालिएका छन्
नचाहेका धेरै देखेका छन्,
चाहिने थोरै गरेका छन् ।
मान्छेहरु
धेरै निदाउन चाहन्छन्,
र त दिउँसै रात पार्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पहिल्यैदेखिको

~सुमन लम्साल~Suman Lamsal

मलाई केही भन्न मन छ पहिल्यैदेखिको ।
तिम्रो नामको धड्कन् छ पहिल्यैदेखिको ।

हराएको आफ्नो मान्छे फर्केर आएन
डढेलो लागेको यौवन छ पहिल्यैदेखिको । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : मौनता

~दिमित्री मेरेझ्कोभ्स्की~Dmitry Merezhkovsky
अनु. कृष्णप्रकाश श्रेष्ठ.

प्रायशः गर्न चाहन्छु प्रेमको अभिव्यक्ति म,
किन्तु यो भावना व्यक्त गर्न छु असमर्थ म ।
रमाउँछु, पीडा बोध गर्छु, मौन रहन्छु म,
मानौं लज्जित छु, बोल्न चाहिं सक्तिन कत्ति म ।।

तिम्रो जीवन्त आत्माको हुन्छु सान्निध्यमा जब, Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : कविको आत्मा

~मोमीला~Momila

ईश्वरको जस्तो
मेरो अनुपस्थित उपस्थिति
मेरा रचनाहरुमा
मानौं
महाशून्यमा निर्वासित
सृष्टिको प्रथम फूल
मैले सुरक्षित राख्नु छ
म मेरो जीवनप्रति आभारी छु

जसले बाँचेको आभासमा
हर सूर्याेदयलाई अभिवादन अर्पन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : माली रुयो अरे

~सर्गमञ्जरी~Sargamanjari

भुल्यौ कि त घौयाबारी आली रुयो अरे
ढिडो लिटो लोट्याएको थाली रुयो अरे

गरिब र निमुखाको लागेपछि भिसा
थर्काई खाने पल्लो गाउँको जाली रुयो अरे Continue reading →

Posted in गजल | Tagged | Leave a comment