कथा : दृष्टि सम्यक सृष्टि सम्यक

~धनराज गिरी~Dhanraj Giri

निरीह बनाउँछन् नारीलाई। बृक्ष बन्न दिदैनन्, लहरा बनाउँछन्। स्वाधीन हुन दिंदैनन्, पराधीन बनाउँछन्। एउटी नारी यदि समाउने हाँगो र टेक्ने खुट्किलोबिहीन् भइन् भने या त उनले आत्महत्या गर्नुपर्छ या देहब्यापारमा संलग्न हुनुपर्छ। अरु बिकल्पका ढोकाहरु बन्द गरिन्छन्। राजनीतिमा लागे पनि, साहित्यमा लागे पनि, चलचित्रमा लागे पनि, जहाँ पनि, जता पनि चरित्र जोगाउन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नयाँ नेपाल बनाएछौ

~बसन्त मोहन अधिकारी~Basanta Mohan Adhikari

रगतले नुहाएर नयाँ नेपाल बनाएछौ
जन्मदिने यो आमालाई सधैँ सधैँ रुवाएछौ

जातिवादी तिम्रो राज्य एकतालाई टुक्राउँने
झगडाको बिज रोपी सधैँ घरमा लडाएछौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Poem : Man O Man !

~Ram Belbase~Ram Belbase

When without money, eats wild vegetables at home
When has money, eats same wild vegetables in fine restaurant.

When without money, rides bicycle;
When has money, rides the same ‘exercise machine’. Continue reading →

Posted in Poem | Tagged | Leave a comment

अनूदित कविता : बिहान पर्खनेहरु नै जब रात भइदिन्छन् !

~पूर्ण वैद्य~Purna Bahadur Vaidya
अनु : स्वयं

बिहान पर्खनेहरु नै
जब रात भइदिन्छन्
मेरो क्षितिजको के लाग्छ !
मेरो आँखाको के अर्थ रहन्छ !
हुन त, आँखा भन्नु नै प्रकाशको साक्षी हो ।

बारीमा पहरा दिने बारहरुले नै Continue reading →

Posted in अनूदित कविता | Tagged | Leave a comment

ईश्वर थोकरका पाँच तामाङ भाषी हाइकुहरु

~ईश्वर थोकर~Ishwor Thokar_1

१. एतेन ङामि
ह्रो हिन्ना जाजामाला
ह्रुप ताइले ।

२. एसेम ङादा
म्लेताला उइमान
ङाइमि आरे । Continue reading →

Posted in तामाङ हाइकु | Tagged | Leave a comment

लोक कथा : राम्री यूवती !

~राजु लामिछाने~Raju Lamichhane

एकादेशमा अचम्मै राम्री एउटी यूवती थिईन । गाउँ शहरमा उनको रुप र जीउडालको राम्रै प्रशंसा हुन्थ्यो । जवानहरु उनलाई पाउन भुतुक्कै हुन्थ्ये । तर यूवती भने तिनीहरुलाई मान्छे नैं गन्दैनथिन । उनलाई आफ्नो रुप र जीउडालमा साह्रै घमण्ड थियो ।
Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

मैथिली कविता : प्रजातन्त्र रामलीलाक मञ्च

~रोशन जनकपुरी~Roshan Janakpuri

सन्दर्भ : वर्तमान

१) देश

खीरा
जे ऊपर सँ सौँस होइछै
आ भीतर सँ
फाँकफाँक ।

२) राजनीति Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

गजल : लाज लाग्छ मलाई

~मिरा प्रसाई शर्मा~Mira Prasai Sharma

घुम्टो मेरो नउघार उत्सब लाज लाग्छ मलाई
नछोउ सुस्तरी खै के के हुन्छ मलाई |

प्रेममये चन्चलतमा मुटु सुस्तरी चल्दा
नजुधाउ भो आँखा सरम लाग्छ मलाई | Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कृष्ण प्र. पाण्डेका दुई मुक्तकहरु

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

1

कस्ले भन्छ हाम्रो माया हो मात्रै देखावटी ?
मुहारको उज्यालो त होइन बनावटी
मन भित्र कालो राखी बाहिर हाँस्नेलाई
लाग्न सक्छ आफु जस्तै अरु`नी सजावटी Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : पूर्व रातो हुँदै गर्दा

~मीरा मन थापा~Mira Thapa Man

रहरहरूका सिगुंल माला उनेर
बाध्यता र बिवसताको बर्को पहिरिंदै
आँखाभरी जून फूलेको मिर्मिरेमा
सपना र चाहनाको लामो फेहरिस्त
छातीभरी खोपेर
मैले घर छोडेकी थिएँ

रातो हुँदै गरेको पुर्व
र्सँग दुरी बढाउँदै,
अनवरत लम्केका मेरा पाइलाहरू,
आज यो मृत सागरको किनारामा थामिएका छन् ,
म हेर्दो छु पर-पर सम्म,
हावाको एक झोँकाले मेरो शरीर बढार्दै,
सडक पेटिमा लाम लागेर ठडिएका, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमीसँग

~बादल सुरेश~Suresh Badal

माग्दैछु म दुई थोपा जहर तिमीसँग
तरिन्न भो प्रेमको यो नहर तिमीसँग

मलाई हेर्ने आँखाले अरूलाई हेर्दा लाग्यो
बिनसित्ति जुधाएछु नजर तिमीसँग Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : घाउ टाल्छु अब

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

आँशु रोकी वेदनाको, घाउ टाल्छु अब !
चेतनाको मूलबाटोमा, पाउ चाल्छु अब !

अन्यायले थिचिएको,पसिनाको न्याय
खोज्नलाई मैले पनि, दाउ फाल्छु अब ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गित : हिमालकी छोरी

~बाबु लामा~Babu Lama

हिउँ जस्ती गोरी, हिमालकी छोरी
मन पर्यो मलाई, लजालु मोरी

गुराश टिपी, चुल्ठो सझाई दिउला
मुटुको माझ, तिमीलाई लुकाई राखुला
ए डाफेसङ्गै नाच्ने, हिमाली परी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्यारो-प्यारो तराई-मधेश !

~दीपक खनाल~Deepak Khanal

(१)
प्यारो-प्यारो तराई-मधेश !
तिमीबिनाको देश
सोच्न पनि म सक्दिन
तिमीबिनाको भेष
सम्झन पनि म सक्दिन
तिमी छौ र त पहाड छ
तिमी छौ र त हिमाल छ
पहाड र हिमाल छ र त
तिमी छौ
तिमी, पहाड, हिमाल छौ र त
प्रिय स्वदेश छ
तिमी दरिलो गोडा हो
पहाड भरिलो ज्यान हो
हिमाल उच्च शीर हो
तिमी, पहाड र हिमालको
संयुक्त नाम मेरो नेपाल हो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : देशको पिडा

~दयामोहन आचार्य~dayamohan-acharya

डम्फु, खैंजडी र मुजुराको तालमा चलेको देश !
सधैंको बेकारको आन्दोलनले बलेको देश !!

निर्णायक हुने भन्दा भन्दै थाके जनता !
परिणामहीन दिनहुँको बार्ताले गलेको देश !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छोक : विश्वासघाती

~निशान्त ढुंगाना~

उनी बेला-बेलामा आउने गर्छिन
त्यही आफ्नो अनुपम
सौन्दर्य साथमा लिएर
त्यही आफ्नो मधुर ,
मिठो बोलि आफु संग लिएर
अनि आँखा जुधाउन खोजछिन्

आँसुले भरिएको मेरो आँखाहरु संग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कहाँ हुन्थ्यो

~जे पि दाहाल~J P Dahal

आखिर जीवन लड्’छ नै भिरको बाटो हिड्’दा खेरी
भूमरीमा परिन्छ नै हावा हुरीको सामना गर्दा खेरी ।।

समथर नै यात्रा भए भिर पाँखा किन हुन्थ्यो
सुखै सुख जीवन भए दुःख कहाँ हुन्थ्यो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : … नेपाल आयो

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

ऊ अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो ।

विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो।

त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो ।

पढाइ सक्केको ३ वर्षपछि बिहे गर्न भनेर फेरि आयो ।

करिब १० वर्षपछि बाबुको मृत्युको खबर पुगेपछि आयो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : हामी मग्न हुने गछौं

~रमी श्रेष्ठ~

एकातिर टीकेहरु
कलंकित निधार टल्काउँदै
नजाने के कति सम्झौता कोसेली सुम्पेर
अनावृत्त पर्दासंगै
लिप्सा प्रदर्शनमा
यहाँ
नग्न हुने गर्छन्

अर्कोतिर
जूकेहरु पनि के कम
टीका थाप्ने लाममा
अधीर छटपटीसंगै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : हुरी आएको बेला

~दिलीप शाह~Dilip Shah

कवि–कलाकारको भाषामा भन्नुपर्दा आकाशले षोडसीको मुस्कान छरेको छ । बिहानीको सूर्यका लालिमायुक्त किरणहरुले पहाडको थुम्को सिनित्तै नुहाएको छ । थुम्कोबीचबाट खोला छमछम नाच्दै बगेकी छन् । वरिपरिको जङ्गलमा गाई, भैँसी पुच्छर हल्लाउँदै घाँस टिप्नमा मस्त छन् । नजिकैको एैसेलुको झाडीमा खरायोका जोडी कान ठाडा पारी टुक्रुक्क बसेका छन् । लहराहरुमा बॉदरको झुण्ड Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा माया यो, एउटा माया त्यो !

~इल्या भट्टराई~Illya Bhattarai_1

अलार्म घडीको कर्कश टिरिरिर्र आवाजले झल्याँस्स निद्रा बिउँझियो । ए कस्तो निधाईछु ! अघिसम्म सुतेकोजस्तै लागेको थिएन । कुन बेला निधाईछु ! बाबुलाई अहिले कस्तो छ कुन्नि राति त भुङ्ग्रोजस्तो तातो थियो । ओहो ! ज्वरो अझै हनहनी आइरा’छ । ऊ निस्लोटै परेको छ । “के गर्ने होला ? अब काममा कसरी जाने होला ? राति त पानीपट्टि हाल्दा हाल्दा बल्ल ज्वरो झरेको थियो । बिहानीपख फेरि आएछ । एका बिहानै ज्वरो यत्रो छ !” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नकचरो राजनिति

~प्रकाश गिरी~Prakash Giri

काले सत्चालीसमा जन्म्यो। छयालीसको राजनीतिले उसलाई आमाको पेटमा राख्नु बाहेक केहि गरेन।

पाँच-छ बर्षको हुँदा बाबुका पछि लागेर हलगोरु खेद्दै गर्दा कालेले सुन्यो – “मदन भण्डारी मरेछन्…पक्कै विदेशीको षड्यन्त्र हो। अब देश सकियो।”

कालेको बाल मस्तिस्कमा डर पस्यो अनि तर्सिदै बाउलाई सोध्यो – “बा! देश कसरी सकिन्छ?”      जुठेदाईसँग उत्तर थिएन! बुढा खिस्स हाँसे। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब्दुल ठूलोबा !

~पवनराज पौडेल~ Pawanraj Paudel

‘थाहा पाईस्– अब्दुल ठूलोबा बित्नुभो!’

कुराकानीको शुरुमै आमाले भन्नुभयो। हामी आमा–छोरा फोनमा कुरा गर्दैथियौं। आमा काठ्माण्डौं पढ्न बसेको छोरोलाई गाँउको हालचाल यसैगरि अपडेट गराईरहनुहुन्थ्यो। त्यैमध्येको एउटा खबर यो पनि थियो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुन्टे आज क्रान्तिवीर भए छ !

~के. बि. गुरुङ~Kul Bahadur Gurung

कथाले कोल्टे फेरेको छ ! कुनै काल खण्डका काल्पनिक कथाहरु माया प्रेम संग सम्बन्धित हुने गर्थे ! सफल लडाईका अकल्पनीय कथाहरु हुने गर्थे ! तर आज अपुरो, अधुरो क्रान्ति भित्रको एउटा तितो सत्य कथा जन्मिएको छ ! जो बर्तमान यथार्थ धरातलमा हुर्किरहेको छ, बढी रहेको छ ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पश्चातापको पीडा

~अम्बिका जोशी~

मुटुको धड्कन एक्कासी बढ्न थाल्यो । टीका अनि फूल माला पहिरिएर विदाइको हात हल्लाउँदाआँखाभरि आँशु टप्किएको थाहै भएन उसलाई । त्यो उमंग, त्यो रोमाञ्चकता, त्यो उज्यालो भविष्यको सुन्दर सपना सबै सबै एक्कासी बिलाएको अनुभूति भयो । वाक्य फुटेन अनि शब्द बिच बाटोमै अड्कियो । आमा बुवा दाजुभाइ दिदी बहिनी नाता गोता साथी सँगी सबै अश्रुपूर्णआँखा र भारी मनका साथ विदाइका लागि उपस्थित हुँदा डाँको छोडेर रून मन लाग्यो । तर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कप्तान

~दिवाकर सुवेदी~Diwakar Subedi

हरेक युवा वर्गलाई गिजोल्ने विदेशको हाउगुजीले विकल्पलाई पनि अछुतो राख्न सकेन । यसै त आम नेपाली भाग्यमाथी विश्वास गर्छन्, झन् दिनदिनै राशीफल हेर्नैका लागि पत्रिका किन्ने विकल्प त भाग्यको अन्धोभक्त नै थियो । गाउँका आफ्ना साथीहरु प्रायजसोस् सानोतिनो काममा विदेशमै थिए । बर्षैपिच्छे घरमा धेरथोर खर्च पठाउँथे । राम्रै काममा पर्नेहरु त जग्गा जमिन जोड्न पनि थालिसकेका थिए । त्यसैले पनि होला, भर्खर उच्च शिक्षा सिध्याएको विकल्पलाई विदेश छिरेर टन्न पैसा कमाउनु र आफ्नो जीवनशैली फेर्नु सपना मात्र होइन, उद्देश्य बनिसकेको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माटोको हक

~गौतम उदय~Gautam 'Uday'

आफ्नै कक्षा कोठाबाट कहिले गाडीमा र कहिले फुच्चे जहाजमा हुलकाहुल गोरेहरु आएको देखिरहंदा उडेको अन्जनको मन यस पटक त झन भट्टाई कान्छाको छोरा धनेले साँच्चै उडाएर अमेरिकाको मेरील्याण नै पुर्याइदियो | नउडोस पनि कसरी ! आफ्नो टोल छिमेकका अधिकतर घरबाट कोही न कोही, कुनै न कुनै तरिकाले, कतै न कतै गैसकेको छ | बाँकी छन् Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युको खेल

~जिष्णु सुवेदी~Jishnu Subedi

निलकान्तलाई नातिले कम्प्युटर किन्न भनेर साठी(साठी हजार खर्च गरेको एकदम मन परेको थिएन । नातिले कम्प्युटरको बट्टा खोल्नासाथ त्यँहि पुगिहाले ।

“ए यहि हो कम्प्युटर भनेको । के के न होला भनेको त, टेलेबि जस्तै त र’ैछ नी ।”

“कहाँ श्रीखण्ड कहाँ शखरखण्ड, हजुरबा पनि के भा । कम्प्यूटर र टिभि उस्तै रे । हा ….हा हा ” नातिले कम्प्युटर आएको रमाइलोमा हजुरबालाई उल्यायो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वीरमानको बैशाखी र नाकाबन्दी

~हरि थापा~Hari Thapa

वीरमानले सकी नसकी बैशाखीको सहाराले सिंढी उक्लिएर निधारमा आएको पसिना पुछ्दै चौतारीमा बिस्तारै सुस्तायो । भन्ज्यांगको चौतारीमा बगेको सितल हावाले उसको पिडा अलिकति भए पनि कम भयो । थकाई मेटाउने क्रमसंगै उसले पारीको क्षितिजमा आँखा टोलाऊदै आफ्ना अतित सम्झन थाल्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमाको रहर !

~राजु लामिछाने~Raju Lamichhane

खण्डः एक

“अचम्मैको घर बन्यो, बिदेशीलाई बनेको कुनै तारे होटेल हो क्या हो?”

“होटेल सोटेल हैन, क्याप्टेन रणबहादुर गुरुङ्गको घर हो।”

“को रैच रणबहादुर भन्ने?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो कस्तो सम्झौता !

~उपमा अर्याल~Upama Aryal

फेरी म श्रिङ्गरिनु पर्ने भयो आज। कत्ती मन पर्दैन्न मलाई दश थरी चिज आफ्नो अनुहारमा पोतर्न्न। मन नपरे पनि गर्न त पारी हाल्यो नि। आफुले आफुलाई जतिसुकै सुन्दर देखाउने प्रयास गरे पनी अरुहरुको नजरमा म कहिल्यै राम्री देखिन। हुन त आफुलाई Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : कहाँ खोजु ?

~जीवन देवान ‘गाउँले’~Jiwan Dewan 'Gaule'

“सुङ्गाई बुलोहतिर एकजना नेपाली छ रे, मलेसिया आएको १५–१६ बर्ष भयो रे, नेपालमा पुरै सम्पर्क बिच्छेद भएर बसेको छ रे ।” –कतैबाट चलेको यो हल्ला मेरो कानमा परयो ।

खबर कतिको पक्का हो ? –जान्नु भन्दा उ बसेको ठेगाना पत्तो लागउन आवश्यक ठाने मैले । त्यही भएर मैले उसलाई सोधे जसले मलाई यो खवर सुनायो । उसले उसलाई र उसले उसलाई हुदै एउटा भरपर्दो मोबाईल नम्बर पाएँ । मैले सम्पर्क गरे, सामान्य चिनजान गरे र फोन गर्नुको कारण खुलाउदै सोधेँ,– ‘त्यहा एकजना पुरानो नेपाली हुनुहुन्छ रे नि ?’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment