कथा : मोहभङ्ग

~माधव सयपत्री~Madhab Sayapatri

म मूढजस्तो बनेको शरीरलाई ओछ्यानमा यताउता पल्टाइरहेको थिएँ । शरीर जीर्णजीर्ण बन्दैथियो । औषधिले समेत काम गर्न छाडेको थियो । छोराछोरी हुर्काएर मर्ने मेरो इच्छा मर्दैमर्दै गएको थियो । ओछ्यानले पनि रिस गर्न थालेको थियो । त्यसैले त होला नि बिझाएको ! श्रीमतीले पनि त्यति वास्ता गर्न छाडेकी थिइन् । तिनको झर्कोफर्को र कर्कश निकै बडेको थियो । मेरो कति स्याहारसुसार गरून् ! मलाई रुङ्न नपरे तिनी ढुक्कले खेतपानी र वस्तुभाउ गर्दी हुन् । त्यतिखेर कमरेडहरूले मलाई लैजान ठूलै प्रयास गरेका थिए । छापामारदस्तामा लागेको भए मरे पनि सहिद हुइन्थ्यो । बचाइँ अर्थपूर्ण हुन्थ्यो । पार्टी र राज्यले सम्मान गथ्र्यो । परिवारले राहत पाउँथे । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कर्णेल्नी

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

त्यो बेला हामीलाई ज्यूँ ज्यूँ गरेर खान मात्र पुग्थ्यो । कुन्नि कहाँबाट हो अन्न पात आउँथ्यो, अलिकति बर्ष भरीको लागि पुग नपुग र कमाउने मेरा बाबु एक जना मात्र भएको र खाने धेरै भएकाले बर्ष टार्न जहिले पनि ‘धौ, धौ’ पर्थ्यो । आमा कसरी टार्थिन् होला, म अहिले छक्क पर्छु । काम सघाउपघाउको निम्ति आमालाई कर्णेल कहाँबाट बोलाउँथे र म पनि आमाको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुधाले नपढेको सुधाको कथा

~रजित ओझा~Rajit Ojha

“रुपेशलाई बोलाइस्यो हो हजुरले ?”

मैले मात्र टाउको हल्लाए , हिजो देखि शब्द निकाल्दा भकभकाउन थालेको छु उसको अघि !!शब्दहरु कतै गहिरो ठाउँ बाट उचालेर निकाल्नु पर्ने जस्तो भएका छन् !

“किन बोलाइस्येको ,यति सानो कुरामा त्यति टाढाबाट आयो गयो ,बिचरोलाई नसुनाएकै भए हुन्थ्यो !”

“मान्दै मानेन !” मैले छोटैमा कुरा टुंग्याएँ ! Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थुक्क! तैँले पनि घर बनाइहाल्नु परोस्

~सञ्जय विष्ट~Sanjay Bista

त्यस समय यो ठाउँ आजको जस्तो थिएन। कृत्रिमताद्वारा प्रकृति यसरी बलात्कृत भएको सपना पनि देख्दैन थिए त्यस समयका मानिसहरू। गुरुकै पनि मस्तिष्कमा नहुँदा परीक्षामा विद्यार्थीहरूलाई पर्यावरण संरक्षणबारे निबन्ध लेख्न पनि आउँदैन थियो। दिशाज्ञान भएपछि पूर्वबाट उदाएको सूर्य पश्चिममा अस्ताउँछ भन्ने पुस्तकमा पढ़्नु पर्दैनथ्यो। सूर्योदय र सूर्यास्तको मनोरम दृश्य सबैजसोले आँगनबाटै देख्थे। कृत्रिमता आफ्नो आधिपत्यको सङ्घर्षमा थियो त्यस समय। कृत्रिमताको मूर्खता देखी चॉंप-गुरॉंसहरू ओठमा ब्यङ्ग्यात्मक मुस्कान बोकी बाटैभरि, जङ्गलैभरि फुल्थे।

त्यही चॉंप-गुरॉंस फुलेको बाटो भएर नरेन्द्र नजिकैको स्कुल जान्थ्यो।

स्कुलमा साथीहरू धेरै थिए। जीवनभरिकै जस्तो साह्रै मिल्नेचाहिँ एक-दुई थिए। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य कथा : राशी

~दीप हाँडीगाउँले~

“तिम्रो राशी कुम्भ हो?” आफ्नो सुरमा हिन्दै गरेकी एउटी सुन्दरीलाई झस्किने गरी बाटो छेक्या झैं गरी बाङ्गेले सोध्यो।

सूर्य पस्चिम आकाशको खुड्किलो ओर्लिदै गरेको बेला थ्यो, मन्द बतास चलेको–त्यै बतासका केही लहरहरुमा अल्झिएका उस्का केही कपालहरुलाई आफ्नो अनुहारबाट पन्छाउँदै सुन्दरी टक्क रोकिई।

एक पल त त्यो सुन्दरीलाई भरखर के भयो त्यो बुझ्न पक्कै लाग्यो। घटना मेरो लागि समेत आकस्मिक मात्रै होईन अप्रत्यासित पनि थ्यो भने सुन्दरी नझस्किने त कुरै भएन।

सुन्दरीलाई हेर्दा उ धागोमा आगो लागिसक्या मल्टाबारा जस्ती देखिन्थी — रन्थनिएकी सुन्दरी कस्तो प्रतिकृया कुन तरीकाले बजाईदिन पाए सोध्नेले प्रस्टै बुझ्थ्यो भन्नेमा निश्चित भैसकेकी थिईन सायद… Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : महांकाल भैरब

~सुशिल ताम्राकार~Shushil Tamrakar 2

पहिले पहिले धेरै पहिले, लिच्छबी कालको कुराहो यो। उपत्यकामा खडेरी परेछ, धेरै याम सम्म। पनी न पर्ने घाम टन्न।

पानी पार्ने उपाय अनेक् गरे। धेरै गण्यमान्य अनि तान्त्रिकहरु सरसल्लाह हुदां तान्त्रिकका पनि तान्त्रिक जामन: गुभाजुको नेत्रित्वमा ठुलो यज्ञ गर्ने र यज्ञको बलमा पानी पार्न सक्ने बैज्ञानिक आध्यत्मिक आधार देखिएकोले यज्ञ गर्ने निर्णयमा पुगे। यज्ञ सुरु भो, अग्नि दन्के, चारु स्वाहा गरे। सर्प देखि बिच्छि सम्म होमिए। हेर्दा हेर्दै आकाशमा अजङगको कालो मेघ देखा पर्यो। यति बिशाल र सघन बादल कहिलेइ देखिएको Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कथा : टाइम स्क्वायर

~बद्री विनोद प्रतीक~Badri Binod Prateek

न्यूयोर्क सहर, विश्वको राजधानी सहर । म्यानहाटनका गगनचुम्बी भवनहरू । त्यो दिन वल्ड ट्रेड सेन्टरको टुप्पोबाट विस्तारै उज्यालो हराउँदै थियो । घडी हेरेँ ९ बजेको रहेछ । जून महिनाको २८ तारेख । सूर्य अस्ताउने तरखरमा छ । इष्टरिभर र हडसन रिभरको चिसो हावा मन भित्रभित्र छिरिरहेको छ । यताउता हेर्छु सबै ठिक ठाक छ । रातीसम्म पनि उज्यालो छ । चहलपहल घटेको छैन । “समर सिजन यस्तै हो” ऐलेन पार्कर बोल्यो । मेरो मनको प्रश्न खै कसरी बुझ्यो उसले । कुनै प्रश्न नराख्दै मेरो अनुहार हेरेर उत्तर दियो । मनोविज्ञ एलेनको क्षमतालाई धन्यवाद दिए । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रंगहरूको संगीत

~भूपिन व्याकुल~

Bhupin Byakul

छुक्छुक्–छुक्छुक् छुटिरहने जीवनको लिक समात्न कुनै स्टेसन ताकिरहेका हजारौँ यात्री बोकेर मिथिला एक्सप्रेस कलकत्ताबाट रक्सौलतिर दौडिरहेछ रफ्तारमा । रेल यात्रामा मलाई सधैँ आफ्नो मनको रफ्तार नाप्न मज्जा लाग्छ । रेल छुट्नुभन्दा धेरै अघि छुटिसक्छ मन । रेल रोकिएको स्टेसनभन्दा धेरै अघि पुगिसक्छ मन । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सैनिक पोसाक

~धनश्याम ‘पथिक’~

Ghanashyam 'Pathik'

जब दीपावली नजिकिन्छ किशोर छँदा नाटक खेलेको सम्झिहाल्छु । त्यतिबेला गाउँमा नाटक हुन्थ्यो । त्यो वर्ष ‘खबरदार’ नाटकको मुख्य भूमिकामा मैले अभिनय गरेको थिएँ । मेरो अपोजिटमा थिई- पार्वती । नाटकमा उसको नाम परी थिया र मेरो श्री । त्यसपछि कहिल्यै नाटक खेल्नु परेन । किनभने जिन्दगी नै नाटकभन्दा कम भएन । दिनैपिच्छे खेलेपछि नाटक खेल्न के आवश्यक र ? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढुङ्गा, शिशिपस र म

~दुर्गा विनय~Durga Binay

हामीले सानो बस्ने ठाउँ बनाइसकेका थियौं ।

हामी, अर्थात म र मगर मामा । म होचो कदको आधी तालु खुइलीएको, गाँठो परेको पिँडुला भएको सानो मोहोडाको मान्छे । गाउँघरमा मलाई सन्ते भन्छन् । तर म कहिलेकाहीँ भने सन्तबहादुर नभनिन्जेलसम्म सुनेको नसुन्यै गरिदिन्छु ।

मगर मामा – मभन्दा धेर ठूलो (अग्लो) त हैन तर सानो पनि हैन । त्यस्तै साढे पाँच फुट जतिको उचाइ भएको, पाँच दशक पार गरेर जीवनको उत्तरार्धको कल्पना गर्न थालेको व्यक्तित्व । कुनै पनि उल्लेख्य काम गर्न सकिन भनेर सँधै दुःखी रहन खोज्ने एउटा प्राणी – मगर मामा । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुतको कथा, म भित्रको भुत

~हरि दहाल~Hari Dahal

हाम्रो शरिरमा आउने चेतना–आत्माहरु शरिरमा आउनु भन्दा अगाडी कहाँ थिए ? आमाको पेटमा हुँदा आएको हो की ? पृथ्वीमा खसेपछि आएको ? आएको हो भने कहाँबाट आएको ? मरे पछि त्यो आत्मा कहाँ जान्छ, अरुमा सर्छ की लाससँगै खरानी हुन्छ कि शुन्य आकाशमा घुमेर बस्छ ? भुत के हो ? कहाँ बस्छ ? कहाँबाट आउँछ ? आत्मा भुत हो ? की भुत आत्मा हो ? आत्मा भुत हो भने हामी भुत बोकेर बाँचिरहन्छौ अथवा हामी भुतलाई हुर्काइरहन्छौं आफ्नै शरिरभित्र ? फेरी भुत देख्नेहरुले पनि त फरक फरक देख्छन नी कहिले कालो कहिले सेतो, कहिले दारा पलाएको, कहिले कपाल पालेको ? कहिले घोडाको रुपमा, कहिले सुँगरको रुपमा त्यसो भए आत्माले कसरी रुप फेर्छ त ? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माग्ने जात

~गिरीप्रसाद बुढा~ Giri Prasad Budha

कुनै पनि चाड पर्व आयो कि मागी हिंड्ने बानी भएको अर्जुनलाल दमाई यसपालीको दशैंमा पनि माग्नको लागि सबैको घर चाहार्न थाल्यो।

माग्दै हिंड्ने क्रममा उ एउटा चिया पसले कहाँ पनि पुग्यो। चिया पसले सफा र सरल मिजासको थियो। यसो हेर्दा उ समाजका बाहुन, क्षेत्री वा अन्य कुनै कथित उच्च जाति भन्दा कुनै फरक देखिंदैनथ्यो। जेहोस् त्यो चियापसले कुनै चिन्तनशील बुद्धिजीवी जस्तै निकै भद्र र सभ्य देखिन्थ्यो। विहानदेखि साँझसम्म मेहेनत गरेर उ चिया पसल चलाउथ्यो। नमस्कार साउजी? मागि खाने जात परियो  चिया पसलमा भित्रिंदै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सत्य कथा : प्रवासीको व्यथा

~राजेन्द्र श्रेष्ठ~Rajendra Shrestha

एउटा पहाडी गाउँ जहाँ एक छाक खान र एक आङ लगाउन ठुलै संघर्ष गर्नु पर्ने हुन्छ।

विहान भालेको डाकासंगै मानिसहरु उठ्छन र सुर्यको किरण संगै घरबाट बाहिर निस्किएको मानिसहरु सुर्य नविलाएसम्म कामको ध्यउन्नमानै व्यस्त हुन्छ। उनिहरुलाई बर्षैभरी कुनै पनि दिन विदा हुदैन घरका कोही सदस्य बिरामी भयो भने पनि त्यसको हेरविचार गर्ने, उसलाई पानी तताएर दिने सम्मको न चेतना छ , नत समयनै छ यसरी सबै गाउलेहरु आ–आफ्नो काममा अतिनै व्यस्त देखिन्छन। यसरी व्यस्त रहेर काम गरे पनि उनिहरुको जीन्दगीमा एक छाक मासु खाँन महिनौ कुर्नु पर्छ वा चाडवाडनै आउनु पर्छ, खिर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्बन्धका दूरी

~सन्जु बजगाईं~Sanju Bajgain

उसलाई आश्चार्य लागिरहेको थियो आज राति ओछ्यान पटक्कै बिझाएन । उठ्दा गर्धन र शीर दुखेको थिएन । हलुङ्गो महसुस गरिरहेकी थिई ऊ । उसले ओछ्यानको तन्ना तनक्क तन्काई । बुट्टेदार तन्नामाथि दुई सिरानीहरुलाई मिलाएर राखि । उसलाई आफ्नो ओछ्यानमाथि बुट्टेदार तन्नाको ताजापन साहै प्यारो लाग्छ । अनि टेबुलमाथिको चाँदीको प्रुेमभित्रबाट फोटो बाहिर निकालि स्वयंवरको ।

उसको झण्डै चार बर्ष अगाडि दिवशसँग बिवाह भएको थियो । दिवशको खान्दानी संस्कारमा घरका महिला वर्गले जागिर खाने चलन थिएन । पढेलेखेको परिवार भएर पनि घरका महिलाहरुले बाहिर काम गर्न सरकारी जागिर खान नपाउने परम्परावादी नियमलाई उल्लङ्गघन गर्ने हिम्मत कसैले गरेका थिएनन् । उसको घरमा बिवाहको प्रस्ताव लिएर आउँदा नै केटाकी माईजुले भनेकी थिईन Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चिरिएको छाती

~होमनाथ सुवेदी~Homnath Subedi2

डायास्पोरा भन्छन् यो कुन गाउँ हो मलाई चेत छैन । जरो न भएको रुख पुच्छर काटिएको िलंडो सर्पको ढाड मात्र बटारिए जस्तै म बटारिएको छु । तर न त्यो पुच्छर उठाएर शत्रुलाई बिष हाल्न सक्छु न फणा उठाएर विष बमन गर्न सक्छु । काटिएर दुई टुक्रा परेको निर्वासित आत्मा हूँ । सतहमा म डायास्पोराको जीवात्मा हूँ । मुक्ति न पाएर छटपटाइरहेको आत्मा म स्वयम् डरलाग्दो भएको छु । स्वयम्सित डर लाग्न थालेको छ । जन्मेको ठाउँ र मर्नुपर्ने ठाउको बीचको सेतुको अभावको संकटले सिर्जेको मेरो चेतले जीवनको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुँडो

~वसन्त कुमार गौतम~Basanta Gautam

“ए—-! ढिलो पो भईसकेछ!” घडी हेरेर ओमे गुन्गुनायो र झोला बोकेर दौडियो। सबैलाई थाहा भएको नियमित साप्ताहिक घटना भएकोले ल्याबका जापानी केटाहरुले खासै ध्यान दिएनन्। असाध्यै भोक लागे पनि पाउरोटी टोक्ने फूर्सद पनि पाएन उसले। ‘तीन मिनेट पनि बाँकी छैन, ढिला पुगिएला जस्तो छ, आज रिसाउनी भ’ साला खप्परे!’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ए “हजुरी” सुनन!

~रूप रसाइली~Rup Rasaili

ए “हजुरी” सुनन!

तिमी कस्को हुने होला म नि कस्को हुने होला
नछुट्ने त भन्छौं हामी छुटे कति रूने होला।

हेमन्त शिशिरको एरेन्ज, दिवान किनारको शब्द, स्वरूपराज आचार्य र अन्जु पन्तको स्वरमा सजिएको यॊ मीठो गीत मलाइ औधी मन पर्छ। पहिले पहिले पनि बेस्सरी सुन्थे। झन् आजभोलि त यॊ गीत नसुनेको कुनै क्षण नै छैन हरक्षण तिम्रो सम्झना र यॊ गीत परिपूरक भएकाछन् मेरा ब्यस्त प्रवासी दैनिकिहरूमा। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म कहाँ मरेको छु र ?

~राजन थापा~

‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन्् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन्् । एउटा पातलो कपडा ओढाएका छन्् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन्् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाँडी

~निर्मल ज्ञवाली~Nirmal Gyawali

सुचौ, चाइनाको सानो शहर । फान्कुन टोल । बिहान ७ बजे ।

मस्त निद्रामा सुतिरहेको म बाहिर ठुलो कोलाहल मच्चिएको थाहा पाएपछि जुरुक्क उठ्छु ।

“के भएछ ? कतै आगो सागो त लागेन ?” एक्लै भुन्भुनाउँछु, “केहि भएको भए त भाग्नु पर्यो नि ! ज्यान त जोगाउनै पर्यो !” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अभाव

~सुवास राई ‘राग’~Subash Rai 'Raag'

(एक)

आधारभूत आवश्यकताहरुले
जिन्दगीलाई
जवरजस्ती बलत्कार गरेपछि
गर्भिणी जिन्दगीले
जन्माउछ थुप्रै निरोगि अभावहरु
ओ ‘कवि ज्यू’
ब्राण्डेट आभावहरु उत्पादन गर्ने Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रहमत भाइ

~राजेन्द्र थापा~Rajendra Thapa

मुसलमान, पहाडिया, मधेसी र इन्डियाका पनि मिसिएको कपिलवस्तुको बहादुरगन्जमा धार्मिक सद्भाव सुरुदेखि नै अद्भुत रहिआएको छ। सहरवासी गर्व गर्छन्, पहाडको बहादुर र मुसलमानको गन्ज- बहादुरगन्ज।

तर, धर्मनिरपेक्ष भएपछिरहमतभाइका मनमा अलिकति चिसो भने पसेको छ। हुन त कपिलवस्तु काण्डमा पहाडियाहरूमाथि भएको अमानवीय कुकृत्यको छाया बहादुरगन्जेहरूले आफूमा पर्न दिएनन्। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : ईश्वर वल्लभको सम्झना

~विश्व बल्लभ~

सम्झनामात्र बाँकी रहृयो
अरु केही छैन ।
मन्दिरै मन्दिरको यो सहरमा
ईश्वर कतै छैन ।

भनिन्छ- नेपाली भाषा, साहित्य, सङ्गीत, कला र संस्कृति हाम्रो अमूल्य धन हो तर यसका सर्जक सदा दीनहीन र तिरस्कृत किन ? सदा भोका, नाङ्गा र रोगी किन ? यसको उचित जवाफ हिजो पनि थिएन, आज पनि छैन, भोलि नहुन पनि सक्छ ।

यो सुन्दर देश सदा आपसी कलह, लोभलालच, सत्तामोह भुँवरीमा फसेकाले नेपाली वाङ्मयको विकास प्रवर्द्धन हुन नसकेको पक्का हो । Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : अनिकालको बीउ

~युवराज नयाँघरे~Yubaraj Nayaghare

आकाश हेररिहेकाहरू धर्ती हेर्न थाले ।

पानी नपरेर धर्ती फुटिरहेथ्यो पटपटी । बल्ल मौसम बदलियो र पोखियो दसैँभरि। आकाश नबर्सिउन्जेल जताततै त्राहिमाम् । सबै भरमाथिकै । मास्तिरबाट थोपै नचुहिएपछि परेन त बित्यास ।

तै मनसुन ओर्लियो ।

अब जताततै आशा सगबगायो । फाँटमा रोपो सर्ने छ । विस्तारै हरयिाली छरिएर बीउले पाउने छ सार्थकता । अनि मंसिर भित्रिनेछ विस्तारै । लहलह धानको बयेली देख्न पाइनेछ । नजानिँदो शारदीय स्वाद माटोको महकबाट फैलिनेछ । यही आशामा प्रतीक्षा थियो पानीको । Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : झुमी

~अभय श्रेष्ठ~chanki shrestha - abhaya

गितार समाएको युवकले निहुरेर लामो कपाल भित्तामा पछार्दै दर्शकलाई भन्यो, जस्ट फर यु । गितारले त्यही भाकामा भन्यो- झङ झङ झङ । स्टेजमा नाच्दै चिच्याइरहेकी युवतीले स्तन हल्लाउँदै दर्शकलाई भनी, जस्ट फर यु । गितारले त्यही भाकामा भन्यो- झङ झङ झङ । युवा जोशका केही दर्शकले उल्लासमय स्वरमा भने- जस्ट फर मी ।

छोटो हाफ पाइन्ट लगाएका दुइटी केटी एउटा केटासँग छाती जुधाउँदै अग्लो सिँडीमा नाच्न थाले । तल Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अस्तित्व

~ज्योति जङ्गल~Jyoti Jungle

अन्ततः हामी छुट्टयिौँ । छुट्टनिु थियो, कि थिएन ? छुट्टिने गरी हामी एक भएका नै थियौँ कि थिएनौँ अथवा हाम्रो मिसावटमा अब छुट्याउन सक्ने किसिमको के छ र ? हामी दुवैले पहिलो स्पर्शमा एकअर्कालाई छोएका थियौँ । हामीमा अपार सामीप्य थियो नै र त्यागसमेत थियो ।

अब सम्पूर्ण त्याग मेरो परिकल्पनामा गएर अल्झियो । त्यागको मेरो अर्थ र त्यागको उनको अर्थमा वेमेलका फलहरू फलिरहे । हामीलाई सन्तानको लहराले पनि अल्झाउन सकेन । हाम्रो वैदिक बिहे, बिहेपछिकै होस्, पहिलो प्यार र प्यारा विगतहरू चिरिँदै गए । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माया गरेको पो त लाटी !

~रमण पनेरु~Raman Paneru

‘आज बल्ल यो बोकाले पालो पाउने भो’ साथीहरुले उल्याउँदै थिए ।

विवाहको पहिलो रात । त्यसै पनि डर लागेको थियो । ग्रामीण भेगमा जन्मेपनि सहरको रहनसहनले प्रेम विवाह गर्ने निकै ठूलो रहर थियो । जति प्रयास गर्दा पनि सम्बन्धहरु खासै अगाडि बढाउन सकिएन । खाली आफैलाई प्रयोग गरिएको भान मात्रै हुन्थ्यो । अनि एउटा ग्लानी बोधले मनमा डेरा जमाउँथ्यो । पढाइ पनि खासै गर्न सकिएन । जेनतेन मास्टर कटाएर एक निजी बैंक को जागिर सम्म हात लाग्यो । काम मात्रै रातदिन, पैसा पाउने बेलामा उही हो ।

आमाबाबुको निकै करकाप पछि विवाहको लागी राजी भएको थिएँ । केटी उमेरमा ७ वर्ष कान्छी हो । गाउँको उच्च मावि सकेर गाउँकै क्याम्पसमा जनसंख्या शिक्षा पढ्थी । त्यस्तै २०–२१ की हुँदी हो । भरिएको शरीर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : असोचनिय मोड

~भगवती वस्नेत~Bhagwati Basnet

शिशिरको चिसो सिरेटोले तितरी पातहरु हल्लाउँदै झार्दै छ । सुनसान कोठामा उदास अनुहार लगाएर बोझिलो निष्तब्धतामा सिरकमा गुजुल्टिएर सलिना पल्टिरहेकी छिन ! बोट बिरुवाहरु पात झरेर नांगिएका छन नाङ्गारुखहरु आफ्नो उजाड रुप लिएर ठिंगरिङ्ग अनि दिक्दार मानौं विरक्तिएका छन्। सलीनाको बर्तमान जस्तै । सुनौलो सपना बोकेर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुखद् दिन

~निराजन प्रभात~Nirajan Prabhat

चुरोटको धुवाँमा कावा खादैँ विचारका स्तम्भहरु थपिन लागे दिमागी फोल्डरमा । आजभोली म चुरोट ज्यादानै पिउन थालेछु होइन आज भोली पहिलेको भन्दा बेकामे, बेरोजगार भएछु क्यारे म । एकान्तभित्र रुमलिदै दिन बिताउनु मेरो दैनिकी, एक्लो अनि बेरोजगार भए पछी पुग्यो मानिसलाई नानाभाती मनमा खेलाउँनलाई । “खाली दिमाग सैतानको घर” भन्छन् हो पक्कै पनि । जीवनका बितेका अवशेषहरुको टुक्रा टुक्री दिमागमा देखा पर्दा आफुले आफुलाई हिनताको भावनाले मार्न मन लाग्छ तर आज सम्म खै कसरी Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कानुन् लागू हुने देश

~दिनेशराज पुरी~Dineshraj Puri

त्यसै दिनबाट मेरो बाहिरी संसार अँध्यारो भयो!

हावा झै उड्ने मेरो मन कसरी थिगृयो होला यत्तिका दस बर्ष?आफैंले बिताएका पलसँग पनि कति साँघुरो विश्वास?

साना थिए!कलिला थिए!भाँच्दा पिटिक्क भाँचिने इपिलका डाँक्ला-मेरी दुईबर्षे छोरी ज्योतिका कोमल Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निलिमा

~बिमल स्पर्श~Bimal Sparsha

भन्न त नहुने हो मन पर्दैन भनेर तर मलार्इ दशै, तिहार मन पर्दैन । उसो र थुप्रै दशै र तिहारहरु लाई बेवास्ता गरेको छु मैले । हामी जस्ता लाखौ युवाहरु जो देश भन्दा बाहिर श्रम बेचेर बसिरहनेहरू लाई यो दशै, तिहार पटक्कै मन पर्दैन । दशैको र तिहारको दिन पनि बासी रोटी र पानीले पेट भरेर काम गर्नुपर्ने बध्यता एकातिर छ भने अर्को तिर घरपरिवार साथिभार्इ र प्रियसी सँग टाढा हुनुको पीडा….. Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिहे

~बिकास आचार्य~Bikash Acharya

उन्नाइस पुरा भएर बिस लाग्ने बित्तिकै इशालाई परिवारका जेठा–बाठाहरु अनी छरछिमेकका महिलाहरुले बिहेको उमेर भयो भनेर जिस्काउन थालेका थिए । साथीसंगीले पनि बाँकी राखेका    थिएनन् । बिहे गर्नु पर्छ भन्ने कुरा पनि कहींकहींबाट आइरहन्थ्यो । पल्लो घरकी छिमेकी दिदिले उसलाई भेटेपिच्छे गाँउमा आफ्नो मामाको छोरा उसलाई जोडी मिल्ने खालको छ भनेर जिस्काउने पारामा बिहाको प्रस्ताव राख्थिन । घरमै पनि बुढी भै सकेकी हजुरआमा गम्भीर मुद्रामा उसलाई बिहाको लागि उक्साउने गर्नु हुन्थ्यो । त्यो मर्ने बेलामा नातिनीको बिहा हेरेर मर्ने वहाँको प्रवल इच्छा हुन सक्थ्यो । तर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको नयाँ गारेटो

~गणेश भट्ट~

“प्लिज केही त बोल न।”

एनको निकैबेर अघि देखिको मौनता चिर्ने प्रयास विफल भयो। उनी बोलिनन्।

पहिला भन्दा नितान्त उनी। अनुहारमा चमकताका रेशाहरु पाताला हुदैं गइरहेका। उमेरले पनि हो कि अरु पनि धेरै परिवर्तनहरु। गत हप्ता एकैछिन भेटेको। एक्लै होइन, उनका परिवारका सबैसंग। झण्डै १० वर्ष Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment