~मनोज पनेरु~
“तँ कोसँग बिवाह गर्छस् रे भालु ?”
भानुले लाडे श्वरमा भन्यो, “देवीसग ।”
भानुले भर्खर बोल्न सिकेको थियो । लाडे श्वरमा आप्mनो नाउँ भानुलाई भालु भन्थ्यो । अनि Continue reading
~मनोज पनेरु~
“तँ कोसँग बिवाह गर्छस् रे भालु ?”
भानुले लाडे श्वरमा भन्यो, “देवीसग ।”
भानुले भर्खर बोल्न सिकेको थियो । लाडे श्वरमा आप्mनो नाउँ भानुलाई भालु भन्थ्यो । अनि Continue reading
~प्रमित आचार्य ‘लिबाङी’~
बिहानै बजारमा एउटा हल्ला चल्यो कि— उ मर्यो, अझ भनौ उ मारियो । उसको निर्जिब लाश चौराहामा पल्टेको छ । हुनत कुरा बुझ्नलाई यति नै काफि नै थियो । आजकल मान्छे मर्नु वा मारिनु कुनै ठुलो कुरा पनि थिएन । कहिले बिद्रोही पक्षले सरकारी सेना, प्रहरी अनि अरु कैयौ निहत्थालाई सुराकीको नाममा मार्ने अथवा बेपत्ता पार्ने गर्थे त कहिले राष्ट्र अनि जनताको सुरक्षा गर्ने कसम खाएको सरकारी सेना प्रहरीले बिद्रोहीलाई दमन गर्ने क्रममा कैयौ निहत्था सर्वसाधारणलाई मार्ने Continue reading
~वीरेन्द्र ओली~
समयको चक्रब्यूहले मान्छेलाई कहाँदेखि कहाँ पु¥याउँदोरहेछ, कसैलाई पनि थाहाँ हुँदैन । माया शब्द प्राण भन्दा प्यारो हुन्छ । मायामा आफ्नो प्राण आहुति दिने मान्छेहरु प्रसस्तै हुन्छन्् । जिन्दगीका हरेक सुखदुःखमा साथ दिन्छु भन्ने मानिसहरू पनि थुप्रै छन्, तर तिनीहरूको साथ भने अल्प या दीर्घ हुन्छ भन्नेमा भने कमै विश्वास हुन्छ ।
मानिस जन्मन्छ, हुर्कन्छ, बढ्छ, जिन्दगीका हरेक दुःखमा पनि सामना गर्न तयार हुन्छ, अन्ततः ऊ मर्छ । यहि मानिसको जिन्दगी हो र सत्य पनि । अपवादका रुपमा कमै होलान्् जसले बुढेसकालको संघारमा पुगेर आफूलाई एक्लो जीवन बिताई विवाह गरेका छैनन् । Continue reading
~अमृत भुसाल~
‘के तिमीले मलाई चिनेकी छ्यौ ?’
‘छैन ।’
‘किन फ्रेन्ड रिक्वेक्ट पठाको त ?
‘तिमी राम्रो मान्छे छौ नि । त्यसैले ।’
‘चिन्दै नचिनी कसरी राम्रो मान्छे भन्छ्यौ ?’ Continue reading
~Janak Prasad Dhungana~
It is the dawn of April , 2071 AD . The people of Mars are still in deep slumber. The Whole City of Marson illuminates like full lunar.
The robot dogs bark and cocks crow. The electric birds chirp deceptively. However, The cooing sound of pigeon and chirping of sparrow please the surrounding. The doves wish to fly all over the sky but the keys have not been pressed yet. Continue reading
~कृष्ण अविरल~
ढल्किन लागेको एक साँझ । कार्यक्रम सकिएपछि गुरुकुलको आँगनमा उभिएको थिएँ, आयोजकहरूले उपलब्ध गराएको फोकटको कालो चिया पिउँदै । अरूभन्दा अलग्गै ।
एकछिनअघि हेरेको नाटकमा आधारित भएर म सोचिरहेको थिएँ- “समाजमा बेइमानहरू बढी भए भनिन्छ, तर इमान गुमाउनेहरूमध्ये कति प्रतिशत बाध्यताको चङ्गुलमा परेका होलान्……-“
“नमस्ते किस्नदाइ । मलाई चिन्नुभो -” अविवाहितजस्ती लाग्ने एउटी सुन्दरीले मेरो एकाग्रता भङ्ग गरिन् ।
“मैले त चिन्न सकिनँ…..।” Continue reading
~ब्रजेश~
उदय निदाइसकेको छ। एकै छिनअघि उनीहरूबीचमा भएको त्यो मादक र प्रेमपूर्ण एकाकारले सन्तुष्ट उदयको अनुहार अबोध छ। सन्तुष्ट त सम्वृद्धि पनि नभएकी हैन। शारीरिक रूपले पूर्ण सन्तुष्ट हुँदाहुँदै पनि मानसिक रूपमा कुनै कुराले उसलाई आज पनि छोडेको छैन।
शरीरको कुनै भागमा बिझेको सानो र हेर्दा नदेखिने काँडाले खासै दुःख नदिए पनि बेलाबेला झिँजोलाग्दो गरी चस्चस् गर्छ नि। त्यस्तै नदुख्ने तर बिथोलिरहने काँडा मनमा कतै घोपिएको भान भएको छ उसलाई। Continue reading
मध्यान्ह छ ।
सुँगुरहरु भुइँ खन्दै छन् ।
दसआठ जना केटाकेटीहरु यताउति छरिएका छन् । मानौं यी घर सजाउनका लागि होइनन् । फोहरमैलाका डङ्गुरहरु पनि यत्रतत्र थुप्रिएका छन् । यी पनि कतै जाँदैनन्, यहीँ कुहिराख्छन् । भुवा खुइलिएको थोत्रो गलैंचाझैँ कताकतै सुकेका दुबोका टाटाहरु छन् । दुईवटा सम्पूर्ण पात झरेका रुखहरु पनि जिङ्ग्रिङ्ग गरेर एकातिर ठडिएका छन् ।
एउटा नाला पनि छ, टन्न कालो लेदोले भरिएको । उसले यी सबै कुरा हेरिसकेपछि सुँगुरलाई हेर्न थाली । Continue reading
~टीका ढुंगाना~
उसले एक थान चुरोटलाई दागबत्ती दियो। ओठबाट छिरेको धुवाँको मुस्ला बिस्तारै घाँटी हुँदै फोक्सोसम्म पुग्यो र बाहिर सुनगाभाका सुगन्धहरूमा मिसियो। ऊ मुसुक्क हाँस्यो। सायद सम्भि्कयो होला— साला चुरोट, मेरो फोक्सोसँग त घनिष्ट थियो, हँुदाहुँदै हावासँग पनि तेरो यत्रो दोस्ती?
उसले लामो स्वास फेर्योु र आकाशतिर हेर्योक। आकाश निःशब्द निलो गहिराइमा Continue reading
~सुमन मञ्जरी~
लगातार दुइ तिन दिन देखि परेको पानीले दिन रुझेको छ । घाम नदेखेको पनि कयौँ दिन भईसक्यो । यसरी लगातार रुझेका दिनहरूले मलाई बिगतको यादमा रुझ्न बाध्य पार्छ । त्यो बिगत अनि त्यो झरी जसको स्मृरतिमा म घण्टौँ हराउन सक्छु । अनी त्यै बिगत सम्झेर म हाँस्न सक्छु र टोलाउछु पनि । पाँच – सात वर्ष अघिको त्यो झरी आज पनि मेरो मनमा उतिकै ताजा भएर बसेको छ । त्यस पछि घटेका कयौँ राम्रा र नराम्रा कुराहरू मैले बिर्सिसकेँ हुँला । तर, त्यो झरी ! त्यो झरीका हरेक थोपा पानीहरू अझै ओभाईसकेका छैनन् मेरो मनमा । ताजा छ उस्तै छ । Continue reading
~दीपक सिञ्जाली~
संयुक्त राष्ट्रसंघको सुरक्षा कार्यक्रमअन्तर्गत पाल्पा जिल्लाको उत्तरी गाउँमा स्ट्रेटजी प्लानिङ्का लागि जाँदै थिएँ।
पोखराबाट बुटवलको बस समातें। बाउन्न सिटको लामो हरियो बसको ढोका खलासीले ढक्ढकाइरह्यो।
‘भाइ, कति बजे पुग्छ पाल्पा?’
‘छ बजेसम्म’ उसले भन्यो।
Continue reading
~पुष्पा केसी~
ऊ अजीवकी थिई । अर्को धरातलमा हुर्किएकी हो जस्तो लाग्ने ।
हातभरि राता चुरा । लामा कुर्ता सुरुवात । बाङ्गो सिउँदो । एक चुल्ठी कपाल । पटपटी फुटेका कुर्कुच्चा । ठूलो पावरदार चस्मा । यो उसको हुलुया ।
सधैँ यस्तै देखेँ–उसलाई । फुटेका कुर्कुच्चा ढाक्न छोटो सुरुवाल तानेर लामो बनाउने प्रयासमा जुट्थी ।
औषत राम्री देखिने ऊ ३५ वर्षकी थिई । यही अनुमान छ मेरो । Continue reading
~लु सुन~
अनु : गोपीरमण उपाध्याय
(जसरी भारतीय पुराण कथाहरुमा देवी देवताका हतियारहरु शंख , चक्र , गदा , धनुवाण , बञ्चरो , तरवार आदिका ठूला ठूला महिमाहरु गाइएका छन् । त्यस्तैगरी चिनीयाँ पुराण कथाहरुमा पनि तरवारको बारेमा बडो महत्वका साथ वर्णन गरिएको छ )
(एक)
मेइ चेन छि आफ्नी आमाको छेउमा सुत्नै थालेको थियो , नजिकैको डेहरीलाई मूसाहरुले कुटुर कुटुर काट्न थाले । त्यो आवाजले मेइ चेन छि दिक्क भयो । मूसाहरु भगाउन उसले चार–पाँच पटक सिउँ–सिउँ त गर्यो Continue reading
~टि पी मिश्र~
गुमाने ठुले उमेरले त्यस्तै डेढ कोरी पुगेका होलान् । थोरै भए निः परिवारकै एकमात्र पढे-लेखेका हुनाले सबै गुमानेकै भरमा छ । बजार भर्नेदेखि साहुलाई घरभाडा तिर्ने हुँदै अरू घरायसी सबै कामको डङ्गुर यिनकै काँधमा आउने गर्छ । उनको काँध पनि कति बलियो भन्या ! मेरो त्यो हबिगत हुने भए अस्ति नै काँध खुइली सक्नेथियो, असार पन्ध्रमा तारे गोरुको झैँ । उनी भने गलेजस्तो पटक्कै देखिँदैनन् । सायद पिर लुकाउन खप्पिस छन्, गुमाने । Continue reading
~योगेश ढकाल~
‘तपाई सोच्नेमात्रै हो, केही गर्नुहुन्न’ ठ्याक्कै ६ महिना बितेछ । उनले यसो भन्दै आ’को । ‘अंग्रेजी पढ ।’ ‘फ्रेञ्च भाषा सिक ।’ ‘पीएचडी इन्रोलको तयारी गर । ‘भावना, कल्पना, आशा, क्षणिक आनन्द र उत्तेजनाका पांग्राले थोरै माइलेज दिन्छ । मिटरमा गन्ती गरेर माइलको जीन्दगी चल्दैन ।’
न्यानो आंलिगनमै कहिलेकाँही भन्थिन् । Continue reading
~निशांक रानाभाट~
‘ओइ आज कम्पनिबाट मलाइ फोन आयो यार, भ्याकेन्सी छ, आउने हो? भन्दै थियो’ मैले खुशी हूँदै भने।
‘ल बधाई छ ब्रो, पार्टी खान पाइने भो’ सबैले बधाई दिए।
‘यार तर एउटा प्रब्लम आइपर्यो, पासपोर्टमा प्रोफेसन चेन्ज गर्नुपर्छ रे, कृषि प्रोफेसन भएकालाइ कम्पनिबाट भिसा निकाल्न मिल्दैन, चेन्ज गरेर पासपोर्ट पठा’भन्दैछ’
‘ह्या टेन्सन नली, १ दिनैं चेन्ज हुन्छ परराष्ट्रमा, अलि अस्ति किस्न दाइले चेन्ज गरेर आका हुन’ Continue reading
~डा. गोबिन्दसिंह रावत~
अमेरिका आएको चार वर्ष भईसक्दा पनि हात लागी शुन्यको अवस्थामा पुगेपछि श्रीमती र मेरोबीच अब के गर्ने भन्ने प्रसङ्गमा मात्र वहस हुने गर्थ्यो। नेपाल सरकारको शिक्षा अधिकृत भएर कहिले जिल्ला शिक्षा अधिकारी त कहिले क्षेत्रीय शिक्षा अधिकारी भएर धेरैनै द्यौरासुरुवाल च्यातेको थिए। काभ्रे पलाञ्चोकको मान्छे काठमाडौं हुँदै नेपालका प्रायः सबै जिल्ला चहारीसकेर विभिन्न तालिम, गोष्ठी, बैठक र अनुगमनको नाममा भारत, थाइल्याण्ड, चीन, जापान, मलेसिया, दक्षिण कोरिया, ईजिप्ट, जर्मनसम्म पुगेको थिए । अमेरिका आउन नचाहने मानिस विरलै Continue reading
~हरिमाया भेटवाल~
आज पनि जुलुस हाम्रै घरको बाटो भएर गयो। सोच्थेँ, राजनीति भनेको हात्तीको पाइला हो। अरू सबै पाइलालाई हात्तीको पाइलाले छोपिदिन्छ। कति ठूलो पाइला चालेकी थिएँ मैले। माओ-लेनिनको फोटोअगाडि उभिएर मुट्ठी उचाल्दै गाएकी छु, ‘यो अन्तिम युद्ध हो आ-आफ्नै ठाउँमा डटौँ, अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ। गनी साध्य छैन, कतिपटक यो गीतलाई दोर्याएकी छु मैले। भनिसाध्य छैन, कतिपटक आफ्नै रगतलाई भीरपहरामा चढाएकी छु मैले। पीडालाई रगत र आँसुसँगै बगाएकी छु मैले। मैले देखेका मेरा सपनाहरू विपना नभएझैँ युद्ध पनि कहिल्यै अन्तिम भएन। तर, अग्रजहरूले दिएको निर्देशन Continue reading
~मिलन तिमिल्सिना~
पहिले घरमा माटोको चुल्हो थियो, आफैंले बनाएको । माटोको चुल्होमा पनि मज्जैले भाततिउन पाक्थ्यो । एकदिन पल्लो गाउँ जाँदा जहानले आरनबाट ओदान ल्याइन् । ‘माटोकै चुल्हो थियो नि, किन पैसा खर्च गर्नुपर्यो’ मोतीलाललाई ओदान ल्याएको मन परेन । तर जहानको व्यथा उनलाई के थाहा ? Continue reading
~जीवन लामा~
बेलुकीको ७ बजेको थियो होला । म खाना खाएर ओछ्यानमा सिरोक ओढेर पढ्न लागेको थिएँ । मोवाईल सिरानी नजिकै थियो । घण्टी बज्यो । नयाँ नम्बर थियो । लोकल नम्बर जस्तो पनि लाग्यो ।
केही समयपछि मात्र फोन उठाएँ । नयाँ स्वर सुनियो । भर्खरको केटा होला । बोल्न सबैले कहाँ जान्दछ र । अलि टर्रो बोली थियोे । मलाई पनि रिसरिस उठ्यो । जस्ताको तस्तै उत्तर दिउँ कि ढाँटेर उत्तर दिउँ जस्तो लाग्यो । तर पनि केही इमेर्जेन्सी होला कि जस्तो ठाने र बिस्तारै बोलें । सही उत्तर नै दिए । झण्डै ५ मिनेट जति कुराकानी चल्यो ।
~कल्पना खरेल~
मेरो त्यो कलेज पढ्दै गरेको कलिलो उमेरमा रबिसँग लगनगाँठोमा बाँधिएर, अग्नि साक्षी राखी, जीवनभर सुखदुःखमा एकअर्कामा दुवैले साथ दिन्छौँ भनेर वाचाकसम खाँदै वैवाहिक जीवनमा बाँधियौँ ।
हामी दुवैको नयाँ जिन्दगीको सुरुवात भयो । त्यो मेरो १८ वर्षको कलिलो उमेरमा Continue reading
~अनुपम रोशी~
एकाएक उछिट्टिएर म एक अज्ञात स्थलमा आइपुग्छु। जहाँ कालो अन्धकार मात्र देखिन्छ। चारैतिर घना जंगलजस्तो, अप्ठ्यारो पहाडको खोँचमा अड्केजस्तो, कतै सुरुङभित्र थुनिएजस्तो, मथिंगलले अप्ठ्यारो अनुभव गर्छ। अनि, मभित्र त्रासका बादल एकाएक मडारिन थाल्छन्। म आँखा चिम्लेर सहरका गल्ली र मान्छेको भीड सम्झिने प्रयास गर्छु। आकाशतिर देखिने नीलो संसार, अग्लाअग्ला घरहरू, सपिङ मल र गाडीका सो रुमहरू, पुष्टकारी र गुँदपाकका डेटएक्सपायर भण्डारहरू सम्झन खोज्छु। Continue reading
~बिक्रम गिरी “अपरिचित”~
एक्कासी छत बाट एउटा सुमधुर आवाज आउदथ्यो GOOD MORNING!!! म को हो भनेर हेर्न नपाउदै उ कति छिटो मेरो अगाडि आईपुग्थी,हो उ नै स्वर्णिमा थिई ,मेरी प्यारी स्वर्णिमा!उसको अनुहारमा बेग्लै चमक थियो,उसको नयनबाट नजर हटाउन म गाह्रो महसुस गर्दथे!उ म बसेको नजीक आएर बस्दथि र भन्थी “खै त मेरो लागी पेन्टिङ”!
उ बच्चा जस्तो कराउन थाल्दथी,भन्थी मान्छेले आफ्नैलाई हो आफ्नोलाई नै पराई ठान्दछ Continue reading
~Bishwaraj Adhikari~
It was 2005 or 2006, I cannot recall. We were going to Kedarnath after completing the pilgrimage of Yamunotri and Gangotri.
The paved road ended in Gauri Kunda and from there we had to either walk or take a horseback ride or dandi/kandi to Kedarnath- the holy place where the temple of Lord Shiva is situated. A nine-mile mountainous way to Kedarnath from Gauri Kunda was arduous. Still most of people chose to walk. Some were riding horses Continue reading
~राजन काफ्ले~
अनिमेष मेरो मामाको छोरा । म भन्दा एक वर्ष कान्छो छ । गएको फागुनमा चौविस लाग्यो । नेपाल छँदा हामी निकै मिल्ने साथी थियौं, तर उसले मलाई दाई नै भन्छ। औधि विश्वास गर्छ , केहि लुकाउँदैन । दुई वर्ष भन्दा केहि अघि लगभग एकै बेला म अमेरिका आएँ, उ युरोपतिर गयो । लंडनमा छ, एउटा कलेजमा भर्ना भएको छ । दुई दिन कलेज जानुपर्छ, अर्को चार दिन काममा र वाँकि एक दिन हप्ताभरिको थकान मेट्ने, सरसफाई, भेटघाट, मनोरंजन इत्यादिको अवसर हो उसका लागि । ‘दाई अहिलेलाई भिसा बढाउने मेसो मात्र हो तर पैसा जम्मा गरिरहेको छु , चाँडैनै युनि भर्ना हुन्छु ।’ उसले मलाई टेलिफोनमा दोहो-याइरहन्छ । वास्तवमा Continue reading
चितवनको जंगलमा बस्ने एकसिंगे गैँडा बाघसँग सँधै तर्केर हिडथ्यो । तर एक दिन बाघले उसलाई भोज खान निम्तो गर्दा गैँडा छक्कै पर्यो । बाघले गैँडालाई जहान परिवारसहित भोज खान बोलाएको थियो । गैँडाले जाने कि नजाने निधो गर्नसकेन । उसकी श्रीमतीले भनिन्, “जे भए पनि निम्तोको अपमान गर्न हुँदैन । जाँदैमा केही ब्रि्रन्न ।”
छोरी गैँडा अलि हच्किन् । के कामले बोलाएको हो नबुझी किन जाने – उनले नजाने विचार पोखिन् । तर कान्छा गैँडालाई दिदीको कुरा चित्त बुझेन । बाघको घरमा निम्तो खान जाने भनेपछि ऊ खुशीले फनक्क धुमेर नाच्यो । Continue reading
कति बोल्छ यो मान्छे? कसरी यसलाई चूप लगाउने होला?
कतिपटक सम्झायौं पनि उसलाई– “ए भैया, यसरी बकबक नगर। हाम्रो दिमाग खराब हुन्छ।”
ऊ हाम्रो कुरो सुनेर ङिच्च हाँसिदिन्थ्यो। कति सेतो थियो उसको दाँत। हामीभन्दा अलिक कालो रोगनको थियो ऊ। ओठमाथि हल्का जुँगा र निक्खर कालो कपाल। कपालमा चमेलीको बास्नादार तेल पनि लगाउँथ्यो। उसका आँखामा युगौंदेखि पूरा नभएका गुनासाहरू स्थायी रूपमा टाँसिएका थिए। Continue reading
~एल एन सुवेदी ‘हस्ती’~
निरासाले भरिएको लामो सास तान्दै जमिनबाट एक अन्जुली माटो उठाएर आफ्नी आमाको चिहान माथि खन्यायो । आंखाबाट आंसुका धारा बगाउंदै तिम्रो आत्माले परमेश्वरको बास पाओस् जीवित हुंदा केही गर्न सकिन भन्दै निकैबेर दलविरले घुक्का छोड्यो । आफ्नी मरेकी आमालाई सम्झेर त रोयो नै त्यो भन्दा बढी उसलाई वरिपरीको वातावरणले अझ धेरै भावुक तुल्याएको थियो ।त्यो ठांउ र पखेरा सबै उस्तै उस्तै थिए । जंगल अलिक पातलिएछ दश पन्ध्र जति मसिना झूप्रा घरहरु थपिएछन् । वारीपारी खेत पाखा पखेरा उस्तै उस्तै नै हुन् जस्तो । ऊ बेलाका खेतहरुमा कतै अदूवाको खेती कतै अकवरे खूर्सानी कतै अम्रिसो र धूसको घांस लगाएछन् । जेठको महिना जताततै पालुवा र मूना पलाएका हरिया पाखा र खेतमा लहलह परेका मकैका बोटहरु पारीपारी पाखामा बर्षाको समयमा गएका पहिराका सेता धर्साहरुले Continue reading
~चेतन डर~
म साँच्चै दया लाग्दो छु ?
मेरो साथीको नजरमा
त्यस्तो लाग्छु रे
‘भविष्य बन्छ त
आर्थिक सुध्रिन्छ त
यदि हुन्छ भने
तँ आफ्नै
लक्ष्यमा निरन्तरता दे
हैन् भने सोच Continue reading
~बिन्दु सुबेदी~
“सुँक्क……..सुँक्क…….” को आवाज सुनेर शर्मिलाका भर्याङ उक्लदै गरेका गोडाहरू एकाएक रोकिए। उसले उक्लिसकेका खुटकिला फेरि बिरालोको चाल जस्तै गरी ओर्लिएर मटानको दाहिनेतिरको ढोकाको खापामा कान लगाई। निकैबेरसम्म पनि कुनै शब्दहरू नसुनेपछि उसले ढोकाको साँचो लगाउने प्वालमा आँखा टसाएर भित्रको दृष्य हेर्ने प्रयास गरी। भित्र खाटमा Continue reading
~अभिमन्यु निरवी~
सानो, हरियो चौरको एकातिर म बसेको थिएँ । अर्कोतिर बजिबाङ्गबाट आएका बीरबहादुर बा र पौडेल्नी दिदी । ती दुबैसँग मेरो चिनजान थिएन तर भर्खरैबाट हामीले एकअर्कालाई चिनेका थियौं । पौडेल्नी दिदीको घर माथिको यो चौरबाट रोल्पाको लिवाङ बजार नियाल्न त्यति असजिलो थिएन । चौरको थोरै तल धाराबाट पानी खसिरहेको थियो, एकटकको स्यार्र आवाजमा । पश्चिमपट्टीको छेवैमा नासपातीको चिचिला लागिसकेको रुख हावासँगै यताउता हल्लिदै थियो । साँझ ढल्दै गर्दा बीरबहादुर बा गालामा हात राखेर मलाइ नियाल्दै थिए । उनले केही गमेझैं गरी सोधे, Continue reading
~निभा शाह~
मलाई जीवन पनि मन पर्छ
मलाई मृत्यु पनि मन पर्छ
मृत्यु छ र त जीवन छ
जीवन छ र त मृत्यु छ
तर म दुबैका विरुद्ध लड्छु Continue reading