कथा : टुक्रिएको मन

~वीरेन्द्र ओली~

समयको चक्रब्यूहले मान्छेलाई कहाँदेखि कहाँ पु¥याउँदोरहेछ, कसैलाई पनि थाहाँ हुँदैन । माया शब्द प्राण भन्दा प्यारो हुन्छ । मायामा आफ्नो प्राण आहुति दिने मान्छेहरु प्रसस्तै हुन्छन्् । जिन्दगीका हरेक सुखदुःखमा साथ दिन्छु भन्ने मानिसहरू पनि थुप्रै छन्, तर तिनीहरूको साथ भने अल्प या दीर्घ हुन्छ भन्नेमा भने कमै विश्वास हुन्छ ।

मानिस जन्मन्छ, हुर्कन्छ, बढ्छ, जिन्दगीका हरेक दुःखमा पनि सामना गर्न तयार हुन्छ, अन्ततः ऊ मर्छ । यहि मानिसको जिन्दगी हो र सत्य पनि । अपवादका रुपमा कमै होलान्् जसले बुढेसकालको संघारमा पुगेर आफूलाई एक्लो जीवन बिताई विवाह गरेका छैनन् ।

बिडम्बना विवाह भने धेरैको हुन्छ । आफू बेखुसी रहेर पनि अरूलाई सुखको चाख मेटाउन खोज्ने मानिस पनि धेरै छन् । अरूको लागि जीवनदान गर्ने मानिस पनि छन्, अरूको सहारामा जिउने मानिस पनि छन्, तर अरूका दुःख र भावनामा खेलबा१ गर्ने मानिस पनि धेरै छन् ।

प्रकृतिमा थरिथरिका चीजबिजहरू भए जस्तै यो पृथ्वीमा पनि थरिथरिका मानिसहरू छन् । मानिसको जीवनमा बँैस एकपटक मात्र आउँछ, तर त्यो बंैसको सदुपयोग र दुरुपयोग गर्ने मानिस पनि छन् । दुःख, सुख, पीरमर्का, व्यथा, माया, स्नेह, अनि आनन्द यी सबै कुराहरू नभएका मानिस कमै होलान् । दुःखलाई दुःख नसम्झिने र सुखलाई सुखको अनुभव थाहा नपाउने मानिस पनि छन्, जससँग मन छ, हृदय छ, एउटा मानिसमा हुनुपर्ने गुण सबै छ, तर त्यो गुणको गुण थाहा छैन, उसलाई ।

कतिपय मानिस यस्ता पनि छन्, जसले जीवनमा दया, मायाको एक अनुभव पनि थाहा नभएको जस्तोे गर्छन्, र यदि थाहा भए पनि त्यसको मतलब राख्दैनन् । सुख, दुःख, हाँसो, पीडा, आनन्द यी त सब हुन्छन् हरेक व्यक्तिमा, तर पनि अरूको भावनालाई जिस्काउँछन्, खेलबाड गर्छन् । दुःखमा हाँस्छन्, सहयोगमा हात दिँदैनन्, पीडामा सान्त्वना दिँदैनन्, अपमान व्यवहार गर्छन्, सानो कामको घृणा गर्छन्, साना व्यक्तिको सम्मान गर्न जान्दैनन् त्यस्ता व्यक्तिलाई पनि यस धर्तीमा बस्ने अधिकार छ, बाँच्ने अधिकार छ, किनकी, मानवअधिकार छ ।

जब मानिस जन्मन्छ, उसका संघर्षका दिनहरू सुरु हुन्छन्, तर मानिस कहिल्यै हड्बडाउँदैन, त्यै पनि बाँचिरहन्छ, संघर्ष गरिनै रहन्छ, निरन्तर । यसरी नै मेरा संघर्षका दिनहरू सुरु भए जब म जन्मिएँ, हुर्किएँ ।

मेरा जीवनमा बाल्यवस्था आए, किशोरावस्था आए र युवावस्थामा छु । थाहा भएन मलाई मेरा बाल्यवस्थाका दिनहरू र घटेका सानातिना घटनाहरू, बस् यति मात्र थाहा पाउछु कि, मेरो बुबाको मृत्यु भएको दिन, जतिबेला म १० वर्षको हुँदोहुँ । त्यस समयमा लाग्थ्यो, मलाई अति माया गर्ने मेरो बुबा आज हुनुहुन्न र उहाँ कहिल्यै फर्किनुहुन्न, सायद मलाई छोडेर जानुभयो, त्यो बिरानो ठाउँमा । मेरो आमाका आँखाबाट बगेका अविरल आँसुका थोपाहरू जसरी वर्षात्को समयमा नरोकिने वर्षाका लहरहरू जो रुक्दै नरोकी जमिनका साना साना धूलाका कणहरूमा वर्षिरहेका थिए । त्यो अवस्था देख्दा त लाग्थ्यो, कहिल्यै आँसु नखसालेकी मेरी आमा आज अल्पायुमा नै मृत्युको मुखमा प्रवेश गरिसक्नुभएको छ । मेरो बुबाको त्यो अवस्था दख्ेदा मलाई भने रुन मात्रै मन लाग्यो । झन् आमाले बोलेको शब्दले आज पनि मनका कुनामा कहिँकतै घोचिरहेको अनुभव गर्छ, कि, ‘मलाई सँगै लगे हुन्थ्यो नि ? किन मेरो श्रीमानलाई मबाट छिन्यौ प्रभु ?’

यी दुई वाक्यहरूले मनलाई चसक्क घोचिरहेका हुन्छन् । त्यतिबेलाको घटना आज पनि भर्खरैको जस्तो लाग्छ । त्यो घटना नै मेरो जीवनको घटनाको पहिलो बिन्दु थियो, अरू त मैले बिर्सें चोटपटकका घटनाहरू । बाल्यावस्थाको अन्तिम उमेर अर्थात १० वर्ष किशोरावस्थाको सुरुको उमेर अर्थात ११ वर्ष । जतिबेला मनमा किशोरावस्थाका गुणहरू सलबलाउन सुरु गरिसकेका थिए ।

स्कुलमा पढ्दै गर्दा साथीहरूबीच बेलाबेलामा हुने विभिन्न कुराहरू जुन प्रायः किशोरीका सम्बन्धमा हुन्थे । अहिले सम्झँदा लाग्छ, त्यो नै होला १६ वर्ष जवानी । किशोरीहरूलाई देख्दा मन सलबलाउन थाल्नु र उनीहरूसँग एकछिन् कुरा गर्न पाए हुन्थ्यो जस्तो लाग्नु, मलाई एकपटक भए पनि बोलाइदिए हुन्थ्यो नि जस्तो सोच्नु यी सबै मेरा किशोरावस्थाका लक्षणहरू थिए । त्यसताक मेरो मन एउटी कक्षा संगेनीसँग खुब गाँसियो । उससँग कुरा गर्न, भेट गर्न मन लाग्नु, जानेका कुराहरू सिकाउन मन लाग्नु, मेरो सलबलाएको मनको उत्तर थियो । पर्दा घरि उसका मात्र कुरा गर्न मन लाग्नु, उसैलाई हेरिराँखु भन्न मन लाग्नु, कस्तो अचम्मको मन थियो । पढ्दै गर्दा कति खेर हो, कुन्नि उसतर्फ मन गएको पत्तै हुँदैनथ्यो । कतिखेर त यो पनि सोची हाल्थँे कतै उनी म बाट टाढा त हुने होइनन् नि ?

बिस्तारै कुरा बुझ्दै जाँदा उनले पनि मलाई मन पराएकी थिइन् । झन् सोच्न भ्याएछु, क्यारे एक मुटु दुई धड्कन । उता एस.एल.सी. परीक्षाको तयारी यता उनीतर्फ गासिएको मेरो मन सम्हाल्न सारै साह्रै गाह्रो पथ्र्यो, मलाई । फरक यति मात्र थियो कि, समय छोटोको महसुस हुन्थ्यो । उनीसँग मेरो मन गएको धेरै समय भएको थिएन र उनको पनि । परीक्षा दिइसकेपछि पनि बेलामौकामा भेट त हुन्थ्यो, तर त्यो क्षणिक भेट हुन्थ्यो । नतिजा आयो परीक्षाको, द्वितीय श्रेणीमा पास भएँछु र उनको भने गणित विषय लागेछ । विषय लागेको मैले थाहा पाएँ । केही समय यस्तो आयो, जुन समयमा उनीसँग मेरो कुराकानी ठप्प भएको थियो । त्यस समय म पढ्नलाई सल्यान बाहिर गएँ । जब म सल्यान बाहिर गएँ, त्यस समय उनलाई सम्पर्क गर्न मैले धेरै प्रयास गरेँ तर सकिनँ । छिटो सल्यान जान पाए हुन्थ्यो, जस्तो लाग्थ्यो ।

घरमा पारिवारीक समस्या बढ्यो र म घर फर्किएँ, सल्यानमै एड्मिसन गरेँ तर त्यस बेला किन हो, कुन्नि म खुब खुसी भएँ । उनीसँग मेरो भेट हुने भयो भनेर । त्यो मेरो खुसी खुसीमै सीमित भयो । मनमा एकप्रकारको रिस उठेर आयो, आकाशमा बादल लागेजस्तो मलाई पनि त्यस्तै भान हुन थाल्यो । उनी त मलाई छोडेर अर्कैको डोली बोकिछिन् । पराई घरको रंगमञ्चमा नाँच्न पुगिछन् । कस्तो अचम्म अर्कैको घरमा गए पनि एकपटक मेरो सम्पर्कमा आए मेरो मन हल्का त हुन्थ्यो । कति स्वार्थी उनी चाँहिदा, मलाई प्रयोग गरिन् र अहिले कहिल्यै याद नआउने गरी बिर्सनलाई मलाई छोडेर गइन् ।

यस्तै–यस्तै सोच्थेँ भने, कहिले यो पनि सोच्थेँ कि, सायद उनले मलाई सम्पर्क गर्न समय मिलेन होला । तर पनि मनलाई समालेँ र चित्त पनि बुझाएँ किनकी, उनीसंँग सम्बन्ध क्षणिक मात्र भएको थियो । अल्प भएको थियो, दीर्घको कुनै कल्पना भएको थिएन । बिस्तारै बिर्सन पनि । त्यस समय म क्याम्पसमा पढ्दा साथीहरूका हाँसीमजाक र रमाइलोले उनलाई बिर्सें किनकी, सम्झिने पल उनले थोरै छोडेर गएकी थिइन् । झन् म त रमाइलो गर्ने मान्छे, त्यस रमाइलोमा रुमल्लिदा उनको नाम मात्र बाँकी रह्यो । त्यस समय ११।१२ को निरन्तर पढाइ, साथीहरूसँगको परिचय, नयाँ सरहरूसँगको कुराकानी यी सबै कुराहरूमा अघि र छिटो भएँ । त्यसबेला पनि मेरो नजर एउटी अति सुन्दर, गोलो अनुहार, नाकनेरको कोठी, दाँतका दन्तहरू मिलेका, शरीर पनि चिटिक्क मिलेको, अलि मोटी, सुन्दर र रेसादार केशहरू, बोल्दा मुसुक्क मुस्कुराउने ।

लाग्थ्यो, यिनी त साँच्ची प्रकृतिको उपहार हुन् कि ? आहा ! कति राम्री, पुष माघको कठयांग्रिँदो जाँडो, वरपरको वातावरण नै कुहिरोले ढाकिएको त्यस बीच उनी मात्रै यस्ती थिइन् कि जो मेरो नजरबाट ओझेल परेकी थिइनन् । उनको र मेरो विषय फरक भए पनि हामी नेपाली विषयमा भने सँगै हुन्थ्यौँ । मेरो बारम्बार उनीतिर गएको नजर कहिल्यै सरतिर गएन र सरले देखिहाल्नुहुन्थ्यो क्यारे ! रिस र मायाका भावुक शब्दले मलाई ‘वली’ भनेर बोलाउनुहुन्थ्यो । उनीतिर गएको नजर एक्कासी सरतिर हान्निन्थ्यो । अब त भएन । बोलाउँछु उनलाई, र कुरा गर्छु, तर फेरि यो मन भने डराउन थाल्थ्यो । यही क्रम चल्दाचल्दै ११ को परीक्षा आयो, परीक्षा दिइयो पनि ।

फेरि सुरु भयो क्याम्पसका दिनहरू । अब भने उनी यो क्याम्पसमा पूर्णरुपमा घुलमिल भइसकेकी थिइन् । हाँस्थिन्, लजाउँथिन्, मस्कुराउँथिन्, मेरा निकटतम् संगिनी जुन बाल्यवस्थाका साथी, उनीसँग नजिक सम्बन्ध बनाइसकेकी थिइन् । अब भने मलाई बोलाउन कुनै गाह्रो भएन र बोलाइहालेँ, ‘पुपाञ्ञ्जली’ ? नाम कति राम्रो, प्यारो, अर्थले भरिपूर्ण । पुष्प अर्थात् फूल, अञ्जली अर्थात् अञ्जुली (दुबै हातले जोडी प्रार्थना गर्ने, अर्पण गर्ने) सारांशमा भन्नुपर्दा फूलका गुच्छाहरूलाई दुबै हातले जोडी अपर्ण गर्ने । यिनै शब्दको अर्थबाट पूर्णरुप बनाएँ, ‘पुष्पाञ्जली’ । अनि उनले मन्द मुस्कानका साथ ‘अँ ! वीरेन्द्र भन’ भनिन् ।

मैले भने, ‘तिमीलाई बोलाउने इच्छा मेरो पहिलेदेखि थियो तर बोल्ने निहँु भने थिएन ।’ अनि उनले भनिन् ‘मलाई पनि थियो बोलाउने इच्छा ।’ यस्तो प्रकारको उत्तरले मेरो मन फुरुङ्ग भयो । सम्बन्ध पनि नजिक । बेलाबेलामा आँखा जुध्नु, कुराकानी हुनु यो भने भइरहन्थ्यो । यसैबीचमा उनी केही महिना हराइन् । क्याम्पस पनि आउन छाडिन् । लाग्यो, अब पनि मलाई भाग्यले ठक्दैछ । फेरि अतितका हराएका र मेटिएका मेरा शब्दले बास गर्न थाल्यो । घोच्न थाल्यो र भन्न थाल्यो मनले निरन्तर, ‘तेरो निःस्वार्थ प्रेम एकोहोरो हो । तैंले प्रेम गरेका, माया गरेका सब नाटक हुन् र फेरि अर्को मनले सम्झाउन थाल्यो, अब त तिनीलाई बिर्सें कि त्यो सबै सपना थियो ।’

यतिकैमा १२ को परीक्षा पनि आयो । परीक्षामा मैले उनलाई देख्ने मौका नै पाइनँ, कारण थियो, परीक्षाको तयारी । त्यसको केही समयपछि शिक्षा विषय लिएकाहरूले अनिवार्य रुपमा कक्षा शिक्षण गर्नुपर्ने रहेछ, त्यो कक्षा शिक्षण उनले अन्यत्र स्कुलमा मिलाएकी रहिछन्, कक्षा शिक्षणको अन्तिम चरणमा कक्षामा शिक्षण गर्नुपर्ने र सोही अनुसार अंक प्राप्त गर्ने भएपछि उनी पनि कक्षा शिक्षण परीक्षामा आएकी रहिछन् । त्यस दिन उनीसँग मेरो एकाएक भेट भयो र उनले मलाई केही कुरा सोधिन् जुन कुरा कक्षा शिक्षण परीक्षासम्बन्धी थियो । अनि मैले सहज रुपमा उनले सोधेका प्रश्नहरूका उत्तर दिएँ । त्यसबेला मलाई उनीप्रति साह्रै रिस उठेर आयो, रिस यस अर्थमा कि उनी सम्पर्कबाहिर थिइन् । त्यै पनि यो न्यास्रो जस्तो लागेको बेला उनी झलक मेरो अनुहार नजिक हुँदा ती उठेका रिसहरू कता हराए मैले पत्तो नै पाइँन । यसको अनुभव उनले थाहा पाइन कि पाइनन् ? यसको उत्तर मसँग थिएन ।

जहाँसम्म सोचेँ न त उनीसँग गहिरो रुपमा कुरा भएको छ, न त उनीसँग माया प्रेमका गफ भएको छ, यति पनि थाहा थिएन होला कि उनलाई, ‘वीरेन्द्रले मलाई मन पराउँछ भनेर ।’ तसर्थ म मौन भएर उनले सोधेका प्रश्नहरूको उत्तर दिन थालँे । त्यस समय उनीसँग मेरो गफ १० मिनेटको मात्र भयो । त्यसपछिका दिनहरूमा क्याम्पस केही समय बन्द भयो । मेरो छिमेकी दाइसँग म हिँड्न लागेँ । मेरो हिँड्नुको कारण भनेको उहाँसँग लागेर धेरै व्यक्तिहरूसँग चिरपरिचित हुनु थियो । पेशाले पत्रकार भए पनि उहाँको पेसा धेरै ठाउँमा थियो । म उहाँसँगै हिँड्दा उहाँका केही कामहरू म सम्हालिदिन्थेँ । यही क्रममा दाइसँग मेरा तितामिठा गफ धेरै भए ।

एक दिन म उहाँसँग एउटा अफिसमा गएँ । जुन अफिसमा म गएँ, त्यो अफिसमा दाइको सम्बन्ध राम्रो रहेछ । सम्बन्ध राम्रो भएको कारणले त्यहाँका कर्मचारीहरू बीच दाइ घुलमिल हुनुभएको रहेछ । जब अफिसमा म प्रवेश गरेँ एकाएक उनीसँग मेरो नजर जुध्यो । कुराकानी भए । मैले सोधेँ, ‘तिमी यहाँ काम गछ्र्यौ ।’ उत्तर थियो, ‘अँ, काम गर्छु ।’ ‘कहिलेदेखि काम गरेको हो, तिमीले ?’ प्रश्न मेरो थियो । ‘भयो ४÷५ महिना’ उत्तर उनको थियो । अब भने समयले मलाई साथ दिएको जस्तो लाग्यो ।

बेला–बेला दाइसँग उनका बारेमा सुटुक्क कुरा निकाल्थेँ र उहाँले भन्नुहुन्थ्यो कि, ‘मेरो गाउँको छिमेकी नानी हुन्, आनीबानी राम्रो छ भाइ ।’ यो सुन्दा त म यति खुसी भएँ कि त्यसको वर्णन नै गर्न सक्दिनँ । दाइको कारणले अब झन् उनीसँग नजिक हुने मौका पाएँ ।

दिनहरू बित्दै गए । उनीसँग नजिक हुनलाई मैले धेरै प्रयास गरेँ । उनका बारेमा जान्न मलाई धेरै इच्छा भयो । उनका बारेमा कुरा गर्न मलाई मन लाग्यो । यतिकैमा एक दिन त्यस अफिसमा काम गर्ने एक जना मेरो साथीसँग भेट भयो । मैले साथीसँग विभिन्न बहाना बनाएर उनको फोन नम्बर मागँे ।

आकाशमा जुन टहटह, वसन्त ऋतुको समय, चराचुरुंगीको चिरबिर चिरबिर आवाज, बेलुकी पख बढेको गर्मीलाई सरसर बहेको हावाको शीतल प्रवाहले मन नै बहसमा हँुदैनथ्यो । हातमा उनको फोन नम्बर थिच्न आत्तिएका मेरा औंलाहरू, कुरा गर्न तलबल तलबल गरिरहेका मेरा ओठहरू, सुन्न आत्तिएका मेरा कानहरू र योजना बनाएका मेरा मनहरूले मलाई घोचिरहेका थिए कि, समय निरन्तर दौडिरहेको छ, फोन लगाउ । बस् मैले फोन लगाइहालेँ उनलाई । मेरो जवाफ, ‘हेलो !’ उनको उत्तर, ‘हजुर ।’ मेरो जवाफ, ‘हजुर पुष्पाञ्जली हो ?’ उनको उत्तर, ‘हो, अनि हजुर को बोल्नुभयो होला ? मैले त चिनिनँ ।’ मेरो उत्तर, ‘म वीरेन्द्र’ उनको जवाफ, ‘तिमी हौं ।’ ‘के छ खबर ?’ मेरो उत्तर, ‘ठिक छ, सन्चै छु ।’ यस्तै यस्तै कुराकानी भए उनी र म बीच किनकी, त्यो मायाको संघारमा पुग्न अझै समय लाग्थ्यो ।

पहिलो फोन मेरो यतिकै सीमित भयो । अर्क दिनमा अलि बढी कुरा हुन थाल्यो । कुराकानी भइरहेका थिए हामीहरू बीच । अब भने एउटै मात्र भन्न बाँकी थियो, त्यो हो म तिमीलाई मन पराउँछु, म तिमीलाई जीवनसाथी बनाउन चाहन्छु । यसको लागि मलाई धेरै आँट, साहस, धैर्य र बलको खाँचो थियो ।

दशैं र तिहारको समय । जताततै नाँचगानको समय, रमाइलोको समय । यी सबै मनमा उठेका संवादहरूलाई मेटाउनका लागि मैले उनीसँगै भेटेर भन्नुपर्छ भन्ने लाग्यो तर समय र परिस्थितिले मलाई साथ दिएन । सोचँे उनलाई समय मिलेको छैन, होला । अब भने मैले फोनबाट भए पनि भन्नुपर्छ भन्ने लाग्यो । दिनभरि मेरा मनमा उठेका विभिन्न प्रश्नहरूले मलाई सताइरहेका थिए । बेलुकीपखको समय थियो । मैलै उनलाई फोनमा सबै कुरा भनेँ । त्यसको जवाफ भने मैले पाइनँ । त्यस जवाफको प्रतिक्षामा थिएँ । यस जवाफको उत्तरको लागि भोलिपल्ट फोन गरेँ फोन उठेन, पर्सिपल्ट फोन गरँे उठेन, एसएमएस पठाएँ, रिप्लाई नै भएन । यी सबै मेरा आँखा अगाडि भइरहेका दृश्य थिए, जुन सत्य थिए ।

मैले पठाएको एसएमएस थियो, प्लिज फोन उठाउ, मेरो प्रश्नको उत्तर देउ । अहँ ! यसको प्रतिक्रिया मैले पाइनँ । दिउँसोको समय नुहाउन म घरबाट १०० मिटर टाढा शारदा नदीमा गएँ । त्यस दिन उनको एसएमएस आयो, एसएमएसमा जवाफ थियो, ‘म तिम्रो को हुँ ? म तिमीलाई मन पराउँदिन, तिमी मबाट टाढा जाउँ ।’ प्रिय, म त तिम्रो भमरा थिएँ, तिमी फूल थियौँ । फूलमा भएको रस फिस्एर मेरा जिन्दगीका हरेक स्वादहरू मेट्न चाहन्थेँ । तर तिमीले रस पिलाउनुअघि नै भमरालाई काँडाको सहाराले बिझाइदियो । जति पटक तिम्रो रस पिउन खोजेँ त्यतिपटक दुःख दियौ । आखिर तिमीले कस्तो केटा चाहन्थ्यो ? के म तिमीले खोजेको रोजेको जस्तो केटा थिइन र ? एकमनले त यस्तो पनि सोच्यो कि, सायद उनले जब जागिरे केटा चाहन्थिन् । उनले चाहेको जस्तो जागिरवाला केटा बन्न मलाई धेरै समय लागेन र मैले जागिर पनि पाएँ । अब चाहिँ उनले मेरो यो अनुरोध सहजै स्वीकाछिन्, जस्तो लाग्यो मलाई । र फेरि पनि फोन हानिहालेँ । यसपटक भने उनले मेरो फोन उठाइन् । फोनमा मैले ति सोधेका प्रश्नहरूको उत्तर माग्ने प्रयास गरिनँ । मलाई थाहा थियो कि, यसपटक मैले फोनमा तिनै प्रश्नहरू खोतल्ने प्रयास गरेँ भने उनी रिसाउने छिन्, मबाट टाढा हुनेछिन् यस्तै–यस्तै सोचेँ र अन्य कुुराहरू उनी र म बीच हुँदै गए ।

समयको कालान्तरमा फुस्ग्दा हामीबीचको सम्बन्ध प्रगाढ बन्यो, गाढा बन्यो तर त्यो सम्बन्ध राधा र कृष्णको जस्तो बनेन खाली साथीको जस्तो बन्यो । कहिलेकाँही लाग्थ्यो, उनले मलाई धेरै मन पराउँछिन् जसले गर्दा यी गफगाफहरू हामीहरू बीच चलिरहेका छन् । यसरी निरन्तर रुपमा सुरु भएका हाम्रा कुराकानीहरू कहिल्यै रोकिएनन् । कुराकानी हुँदै गर्दा कहिलेकाहीँ मैले मायाप्रेमका गफ गर्दा भने उनी रिसाउँथिन् । म यसरी उनीतिर आकर्षित भइसकेको थिएँ कि, अब मलाई उनीबाट कसैले छुटाउन सक्दैन । उनी मेरी हुन्, म उनको हुँ ।

म कुनै ठाउँमा जाँदा उनलाई जानकारी दिनु, कुनै नयाँ काम गर्दा उनलाई सोधेर गर्नु, घुमघाम गर्दा एसएमएस पठाउनु, मेरो दिनचर्या नै बनेको थियो, तर मैले बनाएका दिनचर्या भने उनमा थिएनन् । मैले यस्तो प्रकारको सोचलाई कहिलै नराम्रो ठानिनँ । उनीबाट टाढा भएँ भने म एक्लो हुनेछु, जस्तो लाग्थ्यो । कुनै चिज किन्दा, खाना खाँदा, घुम्दा, हिँड्दा, हरेक पल उनलाई सम्झिन्थे । उनको प्रेममा म पागलसरी बनेको थिएँ । बेचयन थिएँ । एकोहोरो थिएँ । केबल उनको प्रेमलाई सम्झेर ।

बिरामी हुँदा उनलाई सम्झिन्थँे र सम्झिन पनि थाल्थेँ कि सायद अहिले उनी मसँग भइदिएको भए, मेरो हेरचाह गर्ने थिइन्, ख्याल राख्ने थिइन् । सम्झिँदा, सम्झिँदा म त पानी बनिसकेको हुन्थँे ।

एक दिन मैले निर्णय गरँे अब यसरी बेचयन र बेखुसी भएर बस्दिनँ । यस्तो हुनुको कारण थियो, उनले मलाई स्वीकार नगर्नु । प्रेमको नाटक गरे जस्तो गर्नु । मलाई टाइमपासको रुपमा लिनु । मैले उनलाई फोन गरँे, ‘प्रिय, तिमीले मलाई किन यसरी सताइरहेकी छौै ?’ प्लिज, भन वीरेन्द्र, ‘म तिमीलाई मन पराउँछु । कुरा गर मसँग प्रेमसम्बन्धी, गफ गर मिठा ।’ यसपटक भने, उनले मलाई स्वीकारिन् । अब भने म उनको एउटा अंग बनँे, एउटा भाग बने जुन अंग, भाग शरीरबाट टाढा छैन । सधँै हरपल नजिक छ । बस् नजिक छ । समय बित्दै गए । पढाइ ब्याचलर थर्ड इयर हुन थाल्यो । उनी र म बीचका मायाप्रेमका मिठा गफहरू हुँदै गए । मनमा एक प्रकारको आँट जागेर आयो र सोच्न थालेँ । अब यसरी यहाँ बसेर काम छैन । मैले उनको लागि केही गर्नुपर्छ । उनलाई सधँै आफ्नो बनाउनुपर्छ । मायाप्रेम भनेको दीर्घकालिन हुन्छ र यो दीर्घकालिन मायालाई बचाइराख्न मैले केही न केही गर्नुपर्छ जसको कारणले उनी मसँग सदाको लागि मेरो मनको टुक्रा बनुन्, जीवनसंगिनी बनुन् यही कुराहरू सोच्न थालेँ ।

कानुनी रुपमा मेरो विवाहको उमेर हुन केही वर्षमात्र बाँकी थियो । यो वर्षभित्र मैले धेरै प्रगति गरिसक्नुपर्छ उनलाई मैले केही वर्ष पर्ख भनेर भन्नुपर्छ अनि विश्वास दिलाउनुपर्छ तिमी मेरी हौ, मात्र मेरी ।

मैले घरमा कुरा गरिसकेको थिएँ । म सल्यानमा बस्दिनँ, काठमाडौंै जान्छु र मैले सिक्नुपर्ने कुराहरू सिक्छु । मेरा कुराहरूलाई मेरो परिवारले सहजै स्वीकार गरे र भने ठिक छ, तिमी भन्छौ, भने जाउ । घरबाट पूर्ण रुपमा स्वीकृति पाइसकेको मान्छे म अब भने उनै मेरी प्रियसी, मायाकी खानी र हृदयकी रानीसँग कुरा गर्न मात्र बाँकी थियो । समय थियो रातिको नौं बजे, बन्द कोठा, एकान्त वातावरण । अनि मैले फोन लगाएँ उनलाई फोनको डिस्टर्व आवाजले केही बुझिएन, फेरि प्रयास गरेँ त्यस्तै नबुझिने । अनि उनको साथीलाई फोन गरँे बल्ल राम्रोसँग बुझियो । मैले उनलाई फोनमा धेरै कुरा गर्नु थियो र गर्दै थिएँ पनि । मोबाइलमा ब्याट्री चार्ज नहुँदा मेरो मोबाइल स्विचअफ भयो । ब्याट्री चार्ज गर्दै फोन गरँे उनलाई र भनेँ, ‘मेरो मोबाइलमा ब्याट्री चार्ज सकिएको छ, चार्ज गर्छु अनि एकछिन्पछि फोन गर्छु ।

आज तिमीसँग मैले धेरै कुरा गर्नुछ । आज मैले गर्ने कुरा गम्भीर छ, त्यसैले गम्भीर भएर सुन है भनेर फोन काटेँ । ब्याट्री चार्ज भयो । हतार हतार गरी फोन गरँे उनलाई तर फोन स्विचअफ भन्यो । सोचेँ उनकोमा पनि चार्ज छैन होला त्यही भएर स्विचअफ भन्छ । फेरि केही समय प्रतिक्षा गरँे । प्रतिक्षा गरे पनि स्विचअफ भन्यो । अनि अलि प्रतिक्षा गरे फेरि पनि स्विचअफ भन्यो । यसरी फोनमा प्रयास गर्दागर्दै रातको १ बजिसकेको थियो । निन्द्रा पटक्कै लागेको थिएन । मनमा ज्वालामुखी झँै मेरा रिस अनि आँसुका धारा बर्सिरहेका थिए । आजको मेरो फोन एकदम महत्वपूर्ण थियो । उनले बवास्ता गरिन्, मलाई । धोका दिइन् उनले । यस्तै सोच्दासोच्दै रातको साढे २ बज्न आँटेको थियो । मैले एउटा महत्वपूर्ण निर्णय बनाएँ । अब उनी मेरो जीवनमा छैनन् । उनका लागि सपना देख्नु मेरो भ्रम हो । उनमा रहेको यो घमण्ड समयले आफैँ देखाउनेछ । मेरो मनमा उनले खेलबाड गरेकी छिन्, उनी स्वार्थी हुन्, हितविपरित काम गरेकी छिन् ।

भोलि बिहानै मैले उनलाई फोन गरेँ, ‘पुष्पाञ्जली ? अब तिमी मेरी हैनौ, तिमी कसैकी बन्नलागेकी छौ । तिमीले मलाई धोका दिएकी छौ, मेरो हित विपरीत काम गरेकी छौं ।’ मैले यी जवाफ के भनेको थिए, उनले त उल्टो मलाई नानाथरीका जवाफ पोखिन् अनि मलाई नै दोषी बनाइन् उनले । सहज रुपमा मैलै स्वीकार गरेँ, ‘हो म नै हुँ, दोषी म नै हँु, धोखादिने धोखेबाज । मैले तिमीलाई धेरै दुःख दिएँ अब दिन्न ।’ यति भनेर म उनीबाट सदाको लागि मोबाइल फोन अनि एसएमएस बन्द गरेँ ।

यसरी उनीबाट टाढा भएको आज १ वर्ष जति हुन थाल्यो । कहिलेकाहि फेसबुकमा उनका तस्बिर हेर्न मन लाग्छ, र हेर्छु आँखाबाट आँसु रसाउन थाल्छ । अझै पनि उनलाई हेर्न पाए हुन्थ्यो, जस्तो लाग्छ । अतितका ती यादहरूले मलाई घरि यता घरि उता बिजाउँछ । बनाएका ती योजनाहरू भताभुंग हँुदा मन पोलेर आउँछ । हेर पुष्पाञ्जली तिमीले सोचेकी हौली गल्ती वीरेन्द्रको हो भनेर । एकपटक आफूलाई नियालेर हेर त सच्चाई कस्को छ ? निःस्वार्थ प्रेम कस्को छ ? तिमीले मेरो मनको एक भाग चोरेर लगेकी छौं । अझै पनि तिम्रो माया जागेर आउँछ मलाई । तिमीलाई मेरै आँखा अगाडि हेरुँ–हेरुँ जस्तो लाग्छ । तिम्रै छायाँमा छायाँ बनेर तिमीसँगै हिँड्न मन लाग्छ । तिमीसंँगै हिँडेका ती पलहरूले मलाई झस्काइरहन्छ । तिम्रो र मेरो राधाकृष्ण, रामसीताको जस्तो जोडी हुन नपाउँदै छुट्टिँदा मन कटक्क खाएर आउँछ । मेरो माया निश्चल, पवित्र छ हेर । त्यो निश्चल पवित्र मायालाई खेलबाड गर्ने तिमी हौं । माया चिन हेर मायाले माया गर्न सिकाउँछ । अनि अर्को कुरा तिमीले बेलाबेलामा भन्ने पनि गथ्र्यो कि, ‘मबाट टाढा हौ तिमी, मलाई बिर्स, मैले अरू कसैलाई नै माया गर्छु ।’ सम्झिँदा मनका ज्वारभाटाहरू यसरी उर्लेर आउँछ कि मानौँ, तिमी पनि छैनौ, म पनि छैन । हुन त, गल्ती मेरै नै हो, मैलै तिमीलाई मन पराएँ । त्यो मेरो ठूलो भूल थियो । जसरी किशोरावस्थामा मायाको अलिकति टुसा पलाएको बेला मेरो मनलाई दुखाएर कोही गएको थियो तर आज मेरो पूरै मन लुटेर कोही गयो ।

बाल्यवस्थामा त्यस्तो पीडा अनि किशोरावस्थामा र युवावस्थाको संघारमा पनि । तिमीलाई त के थाहा ? तिमीलाई माया गर्ने मान्छे कत्तिको पीडामा छ भनेर । जसलाई मायाको बारेमा थाहा छैन, उसलाई उसको सन्तानप्रतिको माया भनेको के हो ? भन्ने बारेमा के थाहा ? मायाबिनाको मानिस त अन्धो हुन्छ, सहाराविहीन हुन्छ । अब तिम्रो मेरो सम्बन्ध हँुदैन, हेर । हाम्रो सम्बन्ध छुटेको धेरै समय भइसक्यो । ती सबै घटनाहरू केबल घटनाका पात्रहरूमा सीमित भए । त्यसैले राम्रो जिन्दगी बिताऊ, खुसीको साथ बिताऊ, माया गर तिम्रो मुटुको टुक्रालाई, सधै याद गर तिम्रो प्रियलाई । अनि मात्र माया थाहा पाउँछौ, नत्र भने तिम्रो जिन्दगी नरक बराबरको हुनेछ । मायाको नाम निशान हुने छैन । अन्तमा, यो पनि मैले सोचिसके, अब माया, प्रेम गरेर काम छैन यो स्वार्थी दुनियाँमा । माया त एकपटक गरिन्छ, त्यसको केही अंश लुटिसेकेको अवस्थामा अब धेरै लुट्न दिन्न । यहाँ निःश्चल पवित्र माया गर्ने मान्छे थोरै छन् । यहाँ आफ्नो स्वार्थ पूरा गर्नका लागि खेलौना बनाउँछन्, अरूको भावनामा खेलबाड गर्छन्, आफ्नो स्वार्थका लागि अरूको शरीर प्रयोग गर्छन्, आफ्नै शरीर हो भनेर खुब मज्जाले नाँच्छन् । त्यसैले अब म प्रेम गर्दिनँ, माया गर्दिनँ । म आफ्नै भाग्य र कर्मअनुसार जिउँछु, टुक्रिएको मनलाई जोड्न कसैको सहारा माग्दिन, आफ्नो संसारमा रमाउँछु, मेहेनत गर्छु, परिश्रम गर्छु, कि मेरा हरेक कामहरू सफल हुन् जुन प्रेमहीन हुन् । प्रेममा रमाउने प्रयास गर्दिनँ ।

(स्रोत : Ruprekha)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.