कथा : जुनले समेत मुख छोपेको रातमा

~महेश श्रेष्ठ ‘भाजु’~

सधैँको त्यो शून्य सडक । त्यही शून्य गल्ली र म एक्लो यात्री । गन्तव्यको खोजीमा भौतारिरहेको म एक लक्ष्यविहीन यात्री । जुनेली रात । झ्याउँकिरीको ‘झ्याउँ झ्याउँ’ र कुकुरको ‘भुङ् भुङ्’मा रत्तिँदै आफ्नो दुलो खोज्दै लम्किरहेको म उही यात्री । बाटोको मार्गदर्शक झैँ सदा ठिङ्ग उभिइरहने त्यो बिजुलीको पोलको बत्ती पनि ‘झ्याप्प झ्याप्प’ र ‘झिम्म झिम्म’ गर्दैछ । त्यो कहिले निभ्दै त कहिले बल्दै आफ्नो दैनिकी गुजारिरहेको छ । पोल नजिकैको कन्टेनरमा आफ्नो बासस्थान बनाएर बसेको एउटा भुस्याह कुकुर मलाई टाढैबाट देखेर भुक्छ- ‘भुङ्…भुङ्…भुङ्…भुङ्’ । तर त्यसको भुकाइमा कटुता छैन । न त रीस नै । एक किसिमको मिठास छ त्यसको भुकाइँमा । यस्तो लाग्छ त्यो मलाई भुकेर गाली नगरी नतसा्रइ मेरो स्वागत गरिरहेछ । मेरो आगमनमा खुसी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिवर्तन

~एकराज प्रधान~Ekraj Pradhan

परैबाट देखियो मेरो घर । कुनै बेलाको प्रधानपंचको घर । गाउँमध्येकै सबैभन्दा सुन्दर । काठैकाठले बनेको । अगाडि थियो सुन्दर फुलबारी । जहाँ गाउँलेहरु आउँथे बस्थे कुनै दिन खाली हुँदैन थियो यो घर । तर अब त्यो दृश्य मेरो मानसपटलमा केवल तस्वीर बनेर रहेको छ । सयौँजनाको जमघट हुने यो घर आजभोलि सुनसान छ । पुरानो भएको छ थोत्रिएको छ । यसका काठहरु मकाइसकेका छन् खाँबामा धमिरा लागिसकेको छ । पोतिएको रङहरु पत्रपत्र भएर उक्किएका छन् । त्यो बेलाको सबैभन्दा ठूलो घरलाई इँटा र ढुङ्गाको मजबुत गाह्रोमा अग्लिएको छिमेकी नयाँ घरले जितिसकेको छ । स्याहार नपुगेर वनको झोडीझैँ बनेछ फुलबारी । कसले गर्ने स्याहार Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फरक

~राजेश विद्रोही ~Rajesh Bidrohi

एउटाको नाम केशव ।

हो केशव नै हो उसको नाम । नाममा कुनै विशेषता छैन । आम नेपालीको नामभन्दा भिन्न छैन उसको नाम । नाममा कुनै भिन्नता नभए पनि आम नेपालीभन्दा ऊ ज्यादै फरक छ । फरक उसमा भएको विशेष प्रकारको कलाले नै उसलाई आम नेपालीभन्दा फरक बनाएको हो । तपाईंको मनमा फेरि अर्को जिज्ञासा जाग्ला कस्तो कला छ केशवसँग ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओ पत्रकारज्यू !

~कृष्णराज सर्वहारी~Krishna Raj Sarwahari

सुन्नु भएन, घरबेटी बा कराई रा’ को । उठ्नुस् न भन्या । (श्रीमतीले झक्झकाइन्) ।

ओ पत्रकारज्यू पत्रकारज्यू ।

घरबेटी न्वारनदेखिको बल निकालेर चिच्याइराखेको छ । घडी हेर्छु, बिहानको पाँच बज्नै लागेको छ । म तौलिया मात्रै बेरेर ढोकाबाट चियाउँछु र हाई काढ्दै भन्छु- Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पल्लो घरकी मेरिना

~भरत बागलुङे~Bharat Baglunge Paudel

थाहै नपाई प्रेम गर्नु र थाहै नपाई उपद्रोह गरी पलायन हुने प्रवृत्तीले निलिरहेको छ मान्छेको अस्तित्वलाई मान्छेहरू या युवा–युवतीहरू प्रेमको आडमा अप्रेमी बन्दैछन् हिजो आज शार्दुलले जिज्ञासु आ“खाले मेरो चेहेरामा ताकेर सवाल गर्न पुग्छ ।

“म प्रेम विशेषज्ञ परिन यार ।” म संक्षिप्त जवाफ फर्काउँछु ।

“तर यार तँ मेरो दृष्टिमा प्रेमको फिलोसफर होस् ।” शार्दुल पक्का प्रश्नात्मक बनेर उभिन ढिलो गर्दैन मेरो सामु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झनामा मेरी आशा

~डेभिड ढकाल “भुइँमान्छे”~david-dhakal-bhuimaanche

साँझपखको धुम्म आकाश, वर्षनै लागेको पानी, बाहिर आफूलाई निलै बनाएर फुलिरहेका शिरिषका बोटहरु । दरबारमार्गको एउटा क्याफेमा बसेर कफिको चुस्किसँगै बाहिर नियाली रहेछु प्रकृतिलाई ? हुन त प्रकृतिका मनोरम दृश्यहरु हेर्न लत परेको मान्छे म । साँच्चै रमणीय थियो । यही रमणीय पलहरुमा सम्झन्छु म मेरी आशा ।

यदि ऊ भइदिएको भए ? २०६१ साल, देशमा जनयुद्ध चरम सीमामा पुगेको बेला एस.एल.सी. को तयारीमा जुटिहरेको थियौं हामी । म Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्रासदीपूर्ण रात

~परशु प्रधान~Parashu Pradhan

मोबाइलमा आइरहेको चर्को घण्टीले म अचानक तर्सिएर ब्यूँझे । आँखा खोलें– गेष्ट हाउसको यो कोठा अन्धकार छ । बाहिर सडकमा कुकुरहरु कराईरहेछन् । भित्र सामसुम छ – निर्जीव अन्धकार । बल्लतल्ल हात पु¥याएर विजुली बालेर हेरें –ठ्याक्कै बाह्र बजेको छ । अनि पल्लो पलङ्गमा राति सँगै सुतेकी आसा छैन । बजिरहेको मोबाइल उसैको हो । मेरो मोबाइल त अफ गरेर सुतेकी थिएँ । मोबाइल हेरेँ – विदेशबाट आएको त्यो नम्बर छ । फेरि मोबाइल बज्यो –बजिरह्यो । उठाउँ कि नउठाउँ – म दोधारमा परेँ । कुनै अर्जेन्ट नभई यो मध्य राति कसले फोन गर्छ र १ साथी बाथरुममा गएको जस्तो लागेन । म बाटो हराएको कुनै बटुवा झैं भएँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated story : Forgetting

~Biswambhar Chanchal~Bishwambhar Chanchal_1
Trans: Mahesh Paudyal ‘Prarambha’

It is Saturday. Since quite early in the morning, I have been feeling that I have forgotten something important. But I can never remember. I am, however quite sure: I have forgotten something for the day. Do I have to go anywhere? Do I have something to tell someone? Is it that I have some give-and-take with someone? No. As on other Continue reading →

Posted in Translated Story | Tagged , | Leave a comment

कथा : दशैंको भात

~आनन्द राई~

कालधन दौड्दै आएर खौलीमाथिको ढुङ्गामा बस्यो । एकक्षण के गरांै कसो गरौंको अलमलमा परेपछि एउटा ढुङ्गा टिपेर डिलमाथिको हात्तिबारतिर हान्यो । छेवैको अङ्गेरीको पोथ्राबाट एउटा चरा भुर्र उडेर गयो ।

“थुक्क किरिया, त्यही र छ नि ” ऊ फत्फतायो र कट्टुको पछिल्लो गोजीबाट एउटा पिन निकाल्यो । त्यो पिन उसले स्कूलमा खेल्दा भेट्टाएको थियो । हातमा पिन खेलाउंदा खेलाउंदै उसले मनकुमार सरलाई सम्झ्यो । कालधनको भित्रै देखि नै घृणा र क्षोभ उर्लेर आयो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढाक्रेदाइ

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

कति मुस्किल हुन्छ यो संसारमा जीवन बिताउन । बाँच्न चाहनेलाई बाँच्न दिदैन र मर्न चाहनेलाई पनि मर्न दिंदैन, सधैं झिनो घिटघिटीमा नै अल्झाइराख्छ । यहाँ सुखी भएर बाँच्ने चहाना कसलाई हँदंन र ? तर हेर, विचरा ! ढाक्रेदाइ आफ्नो बोझभन्दा पनि गह्रौं भारी बोकेका छन् । रोगले खग्रास बनाइसकेको भौतिक शरीरलाई यी पहाडका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्विच अफ

~ध्रुव सापकोटा~Dhruba Sapkota

महिला कुरा बढी गर्थी । काम कम । पुरुष काम बढी गथ्र्यो । कुरा कम । ‘मिठो बात गर न ।’ महिला भन्थी ।

‘मलाई मिठो बात गर्न आउँदैन ।’ पुरुष भन्थ्यो ।

‘मिठो बात गर्न नजान्ने पनि कोही मर्द हुन्छ ?’ महिला भन्थी ।

‘म के मर्द होइन त ?’ पुरुष प्रश्न गथ्र्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरा बा र पचास रुप्पे

~दिपक घिमिरे~Deepak Ghimire

आज बा अलि हँसिलो अनुहारमा मैले देखें । जहिले हो बाको अनुहार रिसाहाजस्तो ठान्ने मैले आफ्नो माग राख्ने उचित समय यतिबेला नै ठानें ।

हुन त म मात्र हैन बासँग बोल्न हाम्रा गाउँघरका सबै डराउँछन् । आमा, दिदी त झन् आवाज निकाल्न पनि सक्दैनन् । तर जायज कुरा अनि बाको मन खाने कुरामा चैं बा पनि सबैसँग साथीको व्यवहार नै गर्नुहुन्छ । बालाई मन नपर्ने कुरा या काम गर्दा सधैं होस पु¥याउनै पर्दछ । बाको अनुहार हेरेर मात्र कामकुरोको सुरुवात गर्नुपर्दछ । यो मैले आमाबाट सिकेको बानी ।

‘बा, बजार जानी हम्, सय रुप्पे दिनु न । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना

~सुमन पछाई~Suman Pachhai

चकमन्न रात, सबैतिर निस्पट्ट अध्यारोको मात्र बाहुल्यता । त्यसमाथि चिसो हावा चलिरहेको । सुनसान रातमा छाएको चकमन्नतालाई छिचोल्ने जाँगर छैन । आप्mनै सुरमा लुखुरलुखर हिँडिरहेको छु । पछाडि फर्केर हेर्ने मन पनि छैन, त्यस्तो अन्धकारमा पछाडि फर्केर हेर्दा झन् नभएको डर पनि कहाँबाट आइपुग्छ, अनि मन त्यसै त्यसै आत्तिन्छ । देखिएको त केही पनि छैन तैपनि केबल अगाडि मात्र हेरिरहेछु । त्यसो त म भूतप्रेतमा विश्वास गर्दिन, रातमा एक्लै हुँदा जति डर मलाई लाग्छ केबल मान्छेसँग मात्र लाग्छ । मनमा डर भएपछि मान्छेले देख्नुपर्ने नदेख्नुपर्ने सबैकुराहरु देख्छ रे । त्यो चकमन्नतामा कतै खस्र्याक खुस्रुक गरेको आवाज आउँदा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठूलो कान्छी

~उपेन्द्र सुब्बा~Upendra Subba_1

ठूलो कान्छी बिजुवानी उत्रिने भयो। माइला यम्बाले निम्तो गरेका प्रायः सबै गाउँले भेला भए। आँगनको बीचमा याग्राङसिङ रोपिएको थियो। भित्तापट्टि बिजुवा, भद्रभलाद्मी र मान्यजनहरूलाई तोङ्बाको स्वागतसहित बस्ने डेरा तयार थियो। मुख्य बिजुवाले थानमा उभिने अनुमति मागेपछि पञ्च भलाद्मीहरूले शुभकामनासहित अनुमति दिए। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चन्द्रीको नम्बर

~आन्विका गिरी~

Anbika Giri

“यो सब तेरै कारणले हो”, जगन्नाथले सकुन्जेल भकुरे। हरिमायाले चूँसम्म गरिनन्, मात्र आँशु झारेर बसिन्।

एकैछिन अघि जगन्नाथले मुस्कुराउँदै हरिमायाको हातबाट चिया लिएका थिए। बिहानको नित्यकर्म सकेर पात्रो पल्टाउँदै गरेका उनलाई हरिमायाले सधैं झ्ैं कोठामै चिया पुर्‍याइदिएकी थिइन्।

“चन्द्री खै त?” जगन्नाथले सोधे। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अस्मिता

~बादल सुरेश~Suresh Badal

देख्न त उसलाई सानैदेखि देखेको हो तर पनि मलाई उप्रति आकर्षण दश कक्षा पुगेपछि मात्र बढ्न थाल्यो। ऊ नौ कक्षामा पढ्थि। स्कुल जाने बेलामा एउटा दोबाटोमा हाम्रो भेट हुन्थ्यो। म हरेक दिन ऊ भेट हुने समयको अन्दाज गरेर निस्किन्थेँ। अनि सँगै स्कुल जान्थेँ।

बाबु सानैमा बितेकाले उसकि आमाले उसलाई दुख गरेर हुर्काएकि थिइन्।राम्रो शीलस्वभाव भएकि अस्मिता साँच्चै स्कुलमा सबैभन्दा राम्री केटि थिई। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पण्डितजी खोइ मेरो जात !

~प्रदीप नेपाल~Pradeep Nepal

यस्तो दिन देख्नु पर्ला भनेर मैले कल्पना पनि गरेको थिइनँ। मेरै मूर्खता होला यो। कुनै दिन यस्तो अप्ठ्यारो आउँछ भनेर हिजै कल्पना गर्न नसकेको पनि होला। यतिबेला म कसैलाई गाली गर्न सक्ने अवस्थामा पनि छैन। जानेर होस् या नजानेर, गल्ती मेरै हो।

यति हुँदाहुँदै पनि पण्डितहरूप्रति मेरो विश्वास छ। पण्डित भनेर मैले खालि बाहुन पण्डितको मात्र कुरा गरेको होइन। अहिलेको नेपालमा चार खालका पण्डित छन्। पहिला पण्डित तिनै बाहुन पण्डित भइहाले। दोस्रा पण्डित भनेका नेवार पण्डित हुन्। तेस्रा पण्डित भनेका जनजाति पण्डित हुन्। र, चौथा भनेका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिजुली

~महेशविक्रम शाह~Mahesh Bikram Shah

बिजुलीदेवी घरबाट निस्किन् । घरको पछाडि रहेको पम्प चलाएर लोटामा पानी भरिन् । दाहिने हातले लोटा र बायाँ हातले घुम्टीको फेर समातेर सडकको किनारै किनारा उत्तरतिर लागिन् । झमक्क साँझ परिसकेकाले बाटोमा त्यति चहलपहल थिएन । यस भेकका स्थानीय नेताजीका छोरा सञ्जय गुप्तासँग बिजुलीदेवीको हिजो मात्र बिहे भएको हो । नेता बाबुको हर्ताकर्ता सञ्जय कुनै काम गर्न नजाने पनि अरूलाई काम अह्राउन र गराउनमा चाहिँ माहिर मानिन्छन् ।

अघिल्लो दिन राती दुलही बनेर बारातसँगै आफ्नो लोग्नेको घरमा आउँदा सडकमा बिजुली बलेको देखेर उनी चकित परेकी थिइन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पलायन को पिडा

~मधुवन पौडेल~Madhuban Paudel

इस्ट नदीपार िम्यानहटन सहर धपक्क बलेको छ । कहालीलाग्दो लोडसेडिङ् खपेर आएको उसलाई यो झिलीमिली र वैभव्यले अनौठो लागेको मात्र होइन, एउटा बेग्लै अनुभूति पनि भएको छ । तब न सबै जना यहाँ आउन लालायित हुने होलान् ! उसका आँखामा काठमाडौँको अमेरकिी दूतावासअगाडि पाल टाँगेर लाघ्रे हुँदै महिनौँ बिताउने जमातको तस्िबर नाच्न थाल्छन्, “ती डीभी चिट्ठा पीडितहरू !” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी लुखुरी

~मुन पौडेल~

तपाईंकी कस्ती छिन् ? मोटी छिन् कि छरिती ? भच्याक छिन. कि सुकसुकाउँदी ? डणाँक छिन् कि लुरी ? डरलाग्दी छिन् कि माया लाग्दी, भयानक छिन् कि कल्कुलाउँदी ? एक क्विन्टलकी छिन् कि एक मुठ्ठी कि ? कराईजस्ती काली छिन् कि हिउँजस्ती गोरी ? चार हात कि छिन् कि एक बित्ता कि ? भकुण्डी छिन् कि ख्याउटी ? चेप्टी छिन् कि लाम्ची ? सुन्तली छिन् कि टर्री ? कस्ती छिन् तपाईंकी प्राण पियारी अर्थात् श्रीमती ? मेरी त लुखुरी छन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साईनो

~ओममणी शर्मा~

भर्खरै हुलाकीले बुझाएर गएको पोको खोलौँ या नखोलौँ भन्ने दुविधामा ऊ धेरैबेरसम्म रुमल्लिइरही । पोको हातमा लिएर वर्काई-फर्काई हेरी र तौली । पोको सानो र हलुको लाग्यो । एकापट्टि लोग्नेको नाउँ र ठेगाना प्रस्टसँग लेखिएको थियो ।अर्कापट्टि पठाउनेको ठेगाना लेखिएको र त्यो पनि छोटकरीमा भएकाले पठाउनेको पूरा नाम उसले बुझ्नै सकिन। उसलाई उत्सुकताभन्दा बढी जिज्ञासाले कुतकुत्यायो। जेसुकै होस् भन्दै टॉसिएका कागजहरू उप्काउन थाली। सबै कागज उप्काइसकेपछि एउटा सानो, चटक्क परेको चारपाटे बट्टामात्र बॉकी रह्यो। राम्रोसँग नियालेर एकापट्टिको कुनामा तान्दै बिर्को उघारी। बट्टाभित्र, स-साना Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मालाप : ऐँठन

~लेनिन बन्जाडे~Lenin Banjade

एक साँझपछिको रात।

चकमन्न अँध्यारोमा भुकिरहेका कुकुरलाई सायद हाम्रो बिछोड असह्य थियो। बाँसघारीमा रातभरि एकनास र एकसुरले बजिराख्ने कीरा सायद हाम्रै पो कापन्तुरामा अडेस लागेर मधेस र्झन खोज्दै थिए। अब त यो सन्नाटा पनि आफ्नो रहन्न ! बूढी सुकसुकाउँदै थिई।

त्यही धुकचुकीमा दुई वर्षकी छोरी उठेर चिच्याई आधा रातमा। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पत्रहरु

~मीरा आचार्य~Mira Acharya

आँगनमा झपक्क फूलेका सयपत्रीका पत्रहरु हेरेर ऊ टोलाइ रहेकी छे । सायद यी पत्रहरुमा उसले जीन्दगीका पानाहरु पो देखि कि ! एक थुगां बैशालू सयपत्री उसको हातमा देख्दा लाग्छ उसलाई सयपत्रीका पत्रहरु गन्ती गर्न मन छ । उसले मनमा सोचेकी हुनसक्छे ‘के साँचै यो सयपत्रीमा सयवटा पत्रहरु नै छन् त ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुककी केटी

~नवराज बजगाईँ~

मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यो । चाहे न नचाहे मैले रेस्पोन्स गर्नै थियो । हजुर म अलिक बिजी छु । मेरो जवाफले सायद काम गर्यो । हुन त मैले त्यो जवाफ दिनु थिएन । किनकी फेसबुकमा जोडिएका भाई साथी इष्ट मित्र र चिनजानी नै थिए । फेरी म कसरी व्यस्त भएँ । ताकि दैनिक ४–६ घण्टा नेटमा रुमल्लिनु मेरो आदत नै थियो । भलै मेरा साथी धेरै थिए, सबैसँग कुरा गर्न सम्भव थिएन पनि । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुन जुनीको बदला लियौ आकृती

~राम ढुंगाना ‘अल्पमत’~

बर्खा याममा पहाँडबाट बेसी झर्न हतार खहरे झैं मेरो दैनिकि पनि सधैं हतारमै हुन्थ्यो। जसरी खोलालाई आफ्नो बाटोमा आउने चट्टान, खोँच र गल्छिहरुको वास्ता हुँदैन ठिक उसैगरी मलाई पनि यात्रामा दाँयाबायाँ कसैको मतलब हुँदैनथ्यो। परदेशको एकतमासको काम अनि आफ्नो साँगुरो तर प्यारो कोठा।

बाटोमा दैनिक हजारौ यात्री भेटिन्छन्। कोहि आफैसँग ठोक्किन आउछन् र कसैसँग आफै ठोक्किन पुगिन्छ। कसैलाइ दिनदिनै देखिन्छ र पनि वास्ता हुदैन गरिदैन मानौ त्यहाँ कोहि देखिएकै छैन, म देख्दै नदेख्नु र देखेर पनि नदेख्नुको भेद खोतल्नतिर लाग्दिन। मेरा निम्ति कोहि देखिनु र नदेखिनुको अर्थ फरक छैन। तर कोहिकोहि पहिलो नजरमै धेरै नै नजिक र आत्मिय लाग्दा रहेछन्, कहिल्यै सोचेको थिइन। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खुल्ला आकाशमुनि भत्किएका सपनाहरु

~विजयराज आचार्य~Bijaya Raj Acharya

“ए भूकम्प आयो !” आमा एक्कासी चिच्याउनु भयो ।

“भूकम्प ! लौ बिममुनि गएर बसौँ ” बुबाले हड्बडाउँदै भन्नुभयो ।

“आम्मै भूकम्प त रोकिँदै रोकिन्न त मार्छ कि क्या हो ?” मैले निराश हुँदै भनेँ ।

“बाहिर कस्तो आवाज आइरहेको छ । घर भत्केजस्तो छ,” बाहिनी डरले चिच्याउँदै रुन थाली । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म सोझो नभएको भए के हुन्थ्यो नि?

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

तिमीलाई याद छ, एउटा गित थियो हामीले, केटा केटीमा ठूलाहरुले गाएको निकै सुनेका थियौ, अनि गाएका पनि खुब थियौं। त्यति मात्र हो? क्याम्पसमा एकचोटी, क्लासमा, संयोगले तिमी र म मात्रै हुन पुगेका थियौ , क्लास सकिने बित्तिकै अरु विद्यार्थीहरु बाहिर निस्केको हुनाले । म निकै डराउँदै तिम्रो नजिक पुगेको थिए र बिस्तारै त्येही गित गाएको थिएँ- आया न हम को प्यार जताना प्यार तभी से तुझे करते है, अनि तिमीले पनि हाँस्दै विस्तारै गाएकी थियौ- भोलापन तेरा भागया मुझको सादगी पर तेरे मरते है। यै गित हाम्रो प्रेमको बलियो आधार बन्यो। पछि त्यो प्रेम विवाहमा परिणत भएर त्यसले हाम्रो घर गृहस्थीको रुप लियो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ज्ञानी, तेरो आत्मासँग सत्य बोल्छु !

~रमेश सायन~Ramesh Sayaan

‘खे खोगी मगयो ?’

‘खोगी’–बुझें । ‘मगयो’ –बुझें । ‘खे’ –बुझिनँ ।

टाउको उठाएँ । कचोरामा हेरें । झोल सहितको मासु छ । लोभ लाग्यो । टाउकोको इसाराले खान्छु भनें । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा पासपोर्ट अनुहार

~महेन्द्र महक~Mahendra Mahak

अक्टोबर १०–१५, आबुधाबी ।

उनको अनुहारमा नेपालको तस्विर थियो ।
दशैंतिहारको यस अवसरमा लाखौं मान्छेहरु घर फर्किरहेका छन् । परदेशीहरु स्वदेश फर्किरहेका छन् । शहरमा बस्नेहरु गाउँ फर्किरहेका छन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुछ्न नसकेको सिउँदो

~सागर बस्नेत~Sagar Basnet

झन्डै वान्ता गरुँला झैँ भएर म लाशघरबाट बाहिर निस्किएँ, लाश हेरेर | लाश पनि के भनौं र? जलेर खरानी हुनु अघिका केहि हाडहरुको संग्रह थियो | मलाइ थकथक लागिरह्यो, म जान्ने भएर किन आएछु भनेर | ज्ञानी र बुझ्ने हुन खोज्नु पनि मान्छेको लागि अहितकर नै छ | अज्ञानीलाई धेरै ढुक्क हुन्छ, यस्तो बिचार मलाइ एक्कासी आयो | हुनत, म सरुको कुरा मानेर यहाँ आएको हुँ, उसैको लागि आएको हुँ | अझ उसकी सानी प्यारी अवोध छोरीलाई र बुढी भएर मर्ने उमेर र चाहना हुँदाहुँदै पनि केहि कारणले काललाई पर्खिएकी उनकी सासुको लागि आएको हुँ | Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्कुलकी प्रेमीका

~सुन्दर शिरीष~Sundar Shirish

अन्ततः मैले स्कुल चेन्ज गरें ।

स्कुल चेन्ज गरेपछि म मा एउटा नयाँ उर्जा भरिएको थियो । अब यहाँ मलाई कसैले चिन्दैनन् । सर नयाँ, साथी भाई नयाँ, सबै नयाँ । मलाई अब कसैले डटपेन चोर पनि भन्नेवाला थिएन् । मेरो टोपी तान्दै कान निमोठ्ने पासाङ भोटे पनि थिएन् । न अंग्रेजीमा ‘फ्युचर’ को ठाउँमा ‘फुटुरे’ सिकाउने लक्ष्मीकान्त सर नै । म छुट्टै संसारमा पुगेको थिएँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पल्लो कोठाकी भोटेनी

~विवेक विषालु~Bibek Bishalu

जाडोमा कमजोर डुब्दै गरेको तर न्यानो घामको अंगालो र चुम्बन लिदै म धोवी खोलाको किनारै–किनार आफ्ना पाइलाहरु बढाउँदै हुन्छु । मेरो हातमा झुण्डिएको प्लाष्टिकको गुलावी झोला हल्लिदै हुन्छ । झोला भित्र एक प्याकेट दुध र हाँसका केही अण्डाहरु हुन्छन् । मन अनौठो कुरा सोच्दै ओठहरुलाई मुस्कुराउन लगाउँछ –

“साफ–साफ भन्नुपर्दा म त दुध र अण्डा खाने साकाहारी मनुज रहेछु । उसो त दुध शरिरबाटै निस्किएको एक किसिमको रगत न हो । अण्डाहरु भित्र भविष्यको चल्ला जरुर हुन्छ । म यी अण्डा खाँदा भविष्यको हाँस खाइरहेको हुनेछु ।”

आफ्नै टाउको कन्याउछु । मनले आफ्नै कुरा मान्दैन अनि निष्कर्ष सुनाउछ
– “तँ मूला साकाहारी होइनस् ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment