कविता : नूरलाई अन्तिम प्रेमपत्र-3

~दीलिप रार्इ सगर~Dilip Rai Sagar

प्रीय फूल नूर !
म बली चढ्न जादैछु
तिमिलाई…
प्रेम गरेको अपराधमा ।

हो मलाई मुहल्लाहरुले कालो नोकअफ
ओडाईदिनेछ सहरको बीच चौकमा
अनि पढिनेछ कुरान
र बाच्नेछन जोड जोड्ले प्राथनाहरु
बजाइनेछ्न बाजा नगराहरु डनन डनन
अन्तिम यो घडिमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : शहर – एक पत्र

~रूपेश श्रेष्ठ~Rupesh Shrestha

प्रीय,

शहरमा बसिनसक्नुको जाडो छ, खपिनसक्नुको मौसम । शहर यसै पनि चिसो हुन्छ, मौसमको कुरा मात्र होइन, यहाँ यस्तै हुन्छ, सबथोक चिसो । बस्ने घरहरु चिसा हुन्छन्, हिंड्ने बाटा र गल्ली चिसा हुन्छन्, यहाँका चोकहरु चिसा हुन्छन्, चोकमा भेटिने मान्छेहरु चिसा हुन्छन् । सायद त्यसैले यसलाई शहर भन्छन् । न्यानो हुने भइदिएको भए यसलाई शहर नभनेर अर्थोक नै भन्थे कि ! त्यसमाथि हरेक हिउँदमा शहरमा चिसोले कठ्याङ्ग्रीएर कति मान्छे मर्छन्, कुकुर बिरालाको के कुरा ! Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : नेपाल आमा

~एलिजा पोखरेल~

नेपाल आमा रोईरहेकी छिन् आज,
आफ्नो सन्तानको बिचल्ली देखेर,
उनका सन्तान त्रशित छन आज,
छिन् छिन् को झट्का महसुस गरेर !

कति बालक टुहुरा भए,
कति आमाको काख रित्तियो,
कतिको सिउँदोको सिन्दुर मेटियो,
कतिको घरबार सबै लुटियो, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गज़ल : दियो लात धेरै

~कोमल भट्ट~Komal Bhatta

छिमेकी छ लुच्चो दियो लात धेरै
सधैँ गर्न थाल्यो खुराफात धेरै ll

छुरी तीक्ष्ण धस्दा दुख्यो भित्र हाम्रो
मिलेको छ धोका तथा घात धेरै ll Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लोक कथा : कर्णे डाँकुदेखि श्रीकर्ण ॠषिसम्म

~साक्ष्यात सुशिल~Sakshyat Sushil

लामो समय सम्मको चोरी र डकैती पेसाबाट अकुत सम्पत्ति कुम्ल्याए पनि कर्णे डाँकालाई मनमा शान्ति हुन छोड्यो । धन सम्पत्ति प्रशस्त भए पनि मनमा सन्तुष्टी नहुदा उनी भड्किदै हिंड्न थाले । आखिर जे गरे पनि शान्ति मिल्दो रहेनछ भनेर बिरक्तिदै एका बिहानै भगवान शिवको दर्शन पनि गर्ने र प्रसाद स्वरुप एक चिलिम गाँजा खाने सुरले हानिए । Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘फ्लानरको डायरी’मा पिनासवाला निबन्ध

~सरोज जीसी~

अभि सुवेदीको सामान्य कुरालाई सैद्धान्तिकीकरण गर्ने सीप अब्बल छ । माइकल दी सर्तुले हिँडाइलाई यसै गरी सैद्धान्तिक रूप दिएका थिए । खास गरी ‘वकिङ् इन द सिटी’ निबन्धमा । काठमाडौँलाई धेरैपटक हिँडेरै सर्जरी गरेका सुवेदीको फ्लानरको डायरीले एउटा फिरन्ते, लोफर र ड्यान्डीका अहिलेसम्म नगनिएका दिनचर्या र अनुभवलाई सौन्दर्य र सैद्धान्तिक आयाम दिएको छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : आमाका सपनाहरू

~युयुत्सु शर्मा~ Yuyutsu RD Sharma

‘अब एउटा घर बनाउनुपर्‍यो छोरा
जागिर खोज
घरमा काम गर्ने बुहारी चाहियो
दुलहीहरू खोज
एउटी तिमीलाई
एउटी भाइलाई ।’

चिनियाँ भाँडामा बिरालालाई
बासी रोटीका टुक्रामाथि
तातो चिया खन्याउँदै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : इन्जिनियर

~मधु माधुर्य~Dr Madhu Shrestha Madhurya

माटो “पानी ! पानी !!…..” भनेर छटपटाएको बेला
उ नहर कुलोहरु भएर बगिरहेको हुन्छ
बिछोडको दु:खद घडीमा
वारी र पारीको ह्र्दय जोड्न
उ पुल बनेर तेर्सिरहेको हुन्छ दोभानहरुमा
लाम लागेर हमेशा दौडिरहन्छन्
मान्छे र गाडीहरु छाती भरी
उ चाप सहेर चुपचाप सडक पल्टिरहेको हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिडम्बना

~पवन कुमार श्रेष्ठ~Pawan Kumar Shrestha

विछोड यसलाइ कसरी भनौ
तिमी सामु नै छौ मैरो
मिलन यसलाइ कसरी भनौ
मन टाढानै रह्यो हाम्रो..
मिलन को म्वाइं म कसरी पाउं
आफ्नो चाहना खोल्ननै सकिन
तिम्रो सामु पुग्दा नपुग्दै
मनको भाषा बोल्नै सकिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कलाकार प्रेमिका

~अभिमन्यु निरवी~Abhimanyu Nirabi

कुकुरहरू भुकिरहेको बाहिरको आवाजलाई उछिन्दै मोबाइल बज्यो। नचिनेको नम्बर स्त्रि्कनमा देखियो।

“हेलो”, छिप्पिएको रातमा आफ्नै आवाज ठूलो लाग्यो।

“सन्चै छौ?”

“भन्नु पर्‍यो”, स्वर चिनेर मैले बेवास्ता गर्न खोजें।

“म प्रीति… बिहान पत्रिकामा अन्तर्वार्ता पढेकी थिएँ।”

“थ्यांक्यू।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : एउटा अँध्यारो पाटोको पनि

~मन क्षेत्री~Man Chhetri

एउटा अँध्यारो पाटोको पनि
जुलुस निस्किँदै छ माटोको पनि

हाम्रा पैतालाहरुमा ठेला उठिसकेका छन्
सायद उठ्नेछन् अब बाटोको पनि

आखिर आउने भनेको त्यही याद न रहेछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवन

~सङ्गीतश्रोता~Sangeet Srota

तिम्रो बाटो
कसैले पनि छेक्दैन भने
तिम्रा खुट्टा
कसैले पनि तान्दैन भने
प्रहार गर्न तिमीलाई
कोही तयार पनि छैन भने
जुध्न भनेर तिमीसँग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : पलपल पिउन थालेको छु

~विवश थापा~Bibash Thapa

तिम्रै पीरले होला सायद पलपल पिउन थालेको छु
अन्धकारमा टोलाएर एक्लै जिउन थालेको छु

चोखो मनले प्रीत दिँदा तिम्लाई जोख्ने तुल भयो
अञ्जानमै माया गर्नु आखिरीमा भूल भयो
जे भए नि आखिरीमा मनलाई सिउन थालेको छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हजार झोक्का

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

हजार झोक्का हुरीवतासका चैतको वेलामा
एकै झोक्का निठुरी मनको क्षितिज आँखामा

सपुना सारा धुलैमा मिले आँशु मै बगेर
खहरे भई मुटुमैं बग्यो म भएँ वगर
हुरीभित्र हिडी नै रहें उडी आउने आशामा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कविता : शान्तिगीत

~आन्ना आख्मातोभा~Anna Akhmatova
अनु. कृष्णप्रकाश श्रेष्ठ.

व्योमलहरमा खाँदै खावा,
समुद्र, पर्वत, समथर हेर्दै ।
उडिजा, उडिजा शान्तिपरेवा,
सुरिलो मेरो गीत सुसेल्दै ।।

खोज्छ सुन्न जो त्यसकन तँ बता, Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : मोती र वागमती

~नदीश~Nadish

काकाकुलहरु छट्पटाउँदा
वागमतीको ढल पनि सफा हुँदो रैछ
इतिहासहरु खोज्दै-खोज्दै
वर्तमानका स्वप्नहरु
विगतको वास्तविकता बन्दोरैछ

जड पानीमा डुबुल्की मारेर
मोती निकाल्नेहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मन्जुरनामा

~अर्जुन खालिङ~Arjun Khaling

शासक महोदय !
तिम्ले ‘गौनसे’बाट मलाई अर्जुन बनायौ
‘ज्युब्यु’बाट मेरो गाउलाई जुभिङ बनायौ !

‘खालिङ’ बोल्दा स्कुलमा लट्ठी बजार्यौ र
घोकायौ भाइरस बाह्रखरी
खुवायौ संस्कृतका विकृत वन्दनाहरु
पिलायौ नैतिक शिक्षाको विष
चिनायौ तिम्रा चमत्कारी भगवानहरु
र हरेक फारममा मलाई लेख्न लगायौ-
‘हिन्दू धर्म !’ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : खुशी बाँडे खुशी बढ्छ

~श्रमिक बराल~Khagaraj Baral 'Shramik'

पिर साटे पिर घट्छ दुःख साटे दुःख
अँध्यारोमा गुम्सिएर एक्लै बसी रोयौं भने
दुःख अझै चुलिनेछ, पीडा झनै बल्झिनेछ
चोट साटे चोट घट्छ दुःख साटे दुःख Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दुर्घटित मनको कथा

~बिक्रम तिमिल्सिना~Bikram Timilsina

तिमी साथ नहुँदा,
नियास्रोको कर्द
मुटुबीच बर्सिंदा,
यता मेरो आँखामा पहिरो गयो,
मन दुर्घटित भयो …

दुखेको हो,
तर अविश्वास दुखेको होइन,
विश्वासभित्र पनि
अलिकति दुख्ने ठाउँ हुँदो रहेछ…
त्यहि दुखेको हो, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निर्माणयुद्ध को गीत

~मुकुन्द शरण उपाध्याय~Mukunda Sharan Upadhyay

उठिदे वीर नेपाली उर्लंदै गड्गडाउँदै
दीनता हीनता सारा बढार्दै सग्बगाउँदै
जिर्ण जर्जर निःसार विचार डग्मगाइदे
नयाँ आँट नयाँ छाँट नयाँ जोश जगाइदे

तेरै उमंग उत्साह खोजेको छ हिमाल ले
तेरै निर्माण उद्योग पर्खेको छ मधेश ले
तेरै जीवन्त इच्छा मा पहाड चल्मलाउँछन्
मेची काली सबै तेरै आशा मा सल्बलाउँछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा खसेको समय

~राम प्रसाद प्रसाईं~Ram Prasad Prasain

खस्दै गरेका ताराहरु
आम सडक रोइरहेको समय विम्वमा
युगले युगान्तकारी शुन्यता घोषणा गरिरहँदा
जन्मदै गरेका बिहानीहरुमाथि
टारबारीका पालुवाहरुको फल्ने फुल्ने
प्रतिलिपि अधिकार हडप्दै
गेट्स समयका घनचक्रमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : साथीले नै श्रीमती सुम्पेपछि…

~जय बहादुर घिमिरे~Jay Bahadur Ghimire

अनिल र म कुटुम्बेरी मिल्ने साथी भाइ थियौँ । एस।एल।सी। पश्चात राजधानीमा पढ्न जाने सन्दर्भमा हाम्रो चिनजान भयो । गहिरो मित्रताको लागि उमेर, रुची, आर्थिक हैसियत, शैक्षिक स्तर आदि सबै कुरा मिल्नु पर्छ कि कसो हो ? हामीमा यी सबै कुराहरू मिलेको कारण आत्मिक रुपमा साह्रै नजिक भयौ ।

दुवै अविवाहित १८, १९ वर्षको अल्लारे युवक थियौ, आइ.ए. दोस्रो वर्षका । कुरै कुरामा ठट्टा गर्दा भविश्यमा एउटै साझे श्रीमती ल्याउने Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यौटीको देउता

~रमेश खकुरेल~Ramesh Khakurel

भतिजा आज मैले के यस्तो सुन्नु प-यो कुरा
सुनेदेखि यहाँ छाती घोच्न थाल्यो तिखो छुरा ।

घरबार नयाँ अर्को जोड्न थाल्यौ अरे तिमी
यो देख्नुभन्दा पहिले किन फाट्तैन यो जिमी । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वंशलोचन !

~समाश्री राउत~Sama Shree Raut

झरीका प्रत्येक वूँदसंगै
बर्षिएका अमृतले
सिंचिएका घाँसहरु
वसुधालाई एकपटक फेरी
जवानी दिंदैछन्
सोचें
जंगलमा डढेलो लाग्दा
पुरै जंगल सखाप भएन
सखाप भएका थिए
यिनै घाँसहरु
घाँस
जो कहिल्यै मर्दैन
डढेलो पश्चात पनि
उम्रन्छ, फैलन्छ
ओइलाउँछ, सुक्छ र
पोलिए पश्चात
सदावहार अजम्बरी घाँसहरु
फेरी पलाउँछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमी पराया हौ

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

नेपाल आमालाई धरधरी रुवाउने तिमी पराया हौ।
सत्ता प्राप्तिको लोभमा घुष खुवाउने तिमी पराया हौ।

देशभित्र जनताले शान्ती खोजिरहेको यो समयमा,
रगतको पोखरीमा शान्ती डुबाउने तिमी पराया हौ। Continue reading →

Posted in गजल | Tagged | 1 Comment

कथा : अनाथ प्रेम

~स्वेच्छा राउत~Swechha Raut_1

“टपरी,अब के गर्छस्?”

उस्ले फोन गरेर बोलायो पछि,म हतार हतार भेट्न गएको थेँ । मेरो पहिलो प्रश्नको उत्तर नदिएरै उ चुपचाप निहुरेर बसि रह्यो।उत्तरको आशा थिएन । हतार हतार अर्को प्रश्न गरेँ, ”किन गरिस् यस्तो?”

यो पटक उ बोल्यो।

“त्यो सङ्ग बिहे गर्न काठमाडौमा घर चाहिने रे,सधै खैरेको पैसामा खाएर-पढेर बसेरै कहाँबाट आउथ्यो र घर?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : बुधबारेमा फ्लप, मंगलबारेमा हिट

~उमा सुवेदी~Uma Subedi

कुनै घटना बीस घन्टामा बिर्सिइन्छन्, कुनै बीस दिनमा । कुनै घटना यस्ता जब्बर भइदिन्छन् कि, बीस वर्षपछि पनि ती फर्की फर्की सम्झनामा आउँछन् र च्वास्स घोचेर मर्माहत बनाइदिन्छन् । मेरो हृदयको अन्तरकुन्तरमा पनि त्यस्तो घटना लुकी बसेको छ जुन ठाउँ–कुठाउँ फ्याट्ट आइदिन्छ र चस्काएर जान्छ ।

‘दासढुङ्गादेखि अदालतसम्म’– नाटकको शीर्षक यही थियो । शीर्षक सुन्दै मेरो शरीरमा काँडा उम्रिएका थिए । नाटकमा मैले एमाले नेता मदन भण्डारीकी Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : ढुक्क भै जिउने

~आवाज शर्मा~Aawaj Sharma

ढुक्क भै जिउने जब रहर आयो
ढल्किँदो जिन्दगी नजर आयो

आँशु झैं पिइदिएँ नदी सारा
फेरि भक्कानु भै बगर आयो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : जिउँदो साँढे

~नन्दलाल आचार्य~Nandalal Acharya_1

भयावह समय तेर्सिएको हुन्छ । जताततै मुखौले कानूनले जरा गाडेको हुन्छ । बोल्न र भन्न पाइन्न । सुन्नु मात्र पर्छ । सुन्दासुन्दा कान पाक्छन् । जुन प्रश्न सोधिन्छ त्यसकै मात्र सटिक जवाफ पस्कनुपर्छ । राणाकालीन शैली, निरंकुशताको पराकाष्ठा जताततै व्याप्त हुन्छ । मनभरि कुराहरू गुमस्याएर र भित्रभित्रै कुड्याएर धर्तीमा पाइला टेक्नुको विकल्प हुन्न । मानौंं जनताहरू धर्तीमा उत्पन्न भएका गुहेकीरा हुन् र मुखौले कानुनका निर्माता एवं संरक्षकहरू चाहिँ कथित स्वर्गबाट इन्द्रका आदेशले खटिएका देवदूत हुन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गतिछाडा आइमाई

~प्रणिका कोयु~pranika-koyu

“तँलाई,यसरी नै पुगोस् यही हेर्न पाउँ”
यो आशिर्वाद होइन आक्रोश हुन्
मेरा जानीफकारका
म झर्कन्छु, रिसाउँछु, कराउँछु
खाना खाँदा मुन्टो निहुराउँदिन (उनिहरूले जस्तो)
ठाडो शिर पारेर हातलाई नै तन्काएर
मुख भित्र गाँस लाउँछु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आज बिदाको दिन ।

~अशोक पार्थिव तामाङ~Ashok Parthiv Tamang

आज बिदाको दिन ।
रहरहरु बजारमा
दौडिन्दै
भिडभाड छिचोल्दैछ
आफु अघि निस्किनुँलाई

मान्छेले मान्छे धकेल्दैछ
अलिकति खल्तीमा भएको पैसाहरू
गोजीको बटन उफार्दैछ
पोखिएर बिलाउँनुलाइ ,
त्यसैले
म अन्तै मोडिन्छु ।।

हो……………. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : धड्कन देखी माया गर्ने

~इन्दिरा प्रयास~Indira Prayash_1

धड्कन देखी माया गर्ने,जीवनका आधार तिमी
अन्तर मनको भाव बुझ्ने,सपनाका साकार तिमी

अन्धकार त्यो त्यसै हट्छ, तिम्रो साथ पाए पछि
त्यसैले त भन्छु आज, सिंगो मेरो संसार तिमी Continue reading →

Posted in गजल | Tagged | Leave a comment