कविता : सूर्यस्नान

~विजय चालिसे~Vijay Chalise

तुवाँलोको कालो घुम्टोमा
जीवित अवशेष– हाड, करङ र नीला रक्तहीन नसा
तरेली, तरेलीमा अवरुद्ध विद्युत तरङ्ग
जीविताभाष दिनका लागि, सकिनसकी
बस्ती स्वयम्मा कठ्याङ्ग्रििएको छ !

घाम अझै लागेको छैन,
कालो बादलको घुम्ती च्यातिएको छैन,
बस्ती प्रतीक्षामा छ– Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हल्ला छ शहरभरि

~बादल सुरेश~Suresh Badal

अन्तै रात काट्यौ रे हल्ला छ शहरभरि
जोवन पनि साट्यौ रे हल्ला छ शहरभरि

कलेज ढिलो भएर साथीकोमा बसेँ भनि
घरमा बालाई ढाँट्यौ रे हल्ला छ शहरभरि Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : पोथी बास्नु हुँदैन

~कुन्ता शर्मा~Kunta Sharma

सधैं सधैं घरका धुरीहरूमा
आँगनहरूमा, बार्दलीहरूमा…
घाँटी तन्काउँदै, सिउर हल्लाउँदै
बस्ने काम भालेको हो
आवाज उकास्ने काम भालेको हो ।
पोथीले मात्र कुर्कुराउनु पर्छ
आक्रोसका घुड्काहरू चुपचाप निल्नु पर्छ
अण्डा पार्नु पर्छ, ओथारा बस्नु पर्छ
चल्ला काढ्नु अनि
तन्मयतापूर्वक बच्चा हुर्काउनु पर्छ
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।
तौलीतौली बोल्नु पर्छ
शब्दमा आदरभाव घोल्नु पर्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : गाह्रो त मलाई छ

~कुमार अम्बुज~Kumar Ambuj
अनु : चन्द्र गुरूङ

सडकतिर, कौसीहरूमा
टिभीमा, रेलगाडीमा, अखबारमा
चारैतिर छन् धर्मको झण्डा
उनीहरूलाई के गाह्रो हुनु, गाह्रो त मलाई छ
म जो रिक्सा चलाउँछु
म जो बिंडी बनाउँछु
म जो उखु उमार्छु
म जो ट्रैफिकमा फस्छु Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : जिन्दगीको नबुझेको अर्थशास्त्र

~विवश पोखरेल~Biwash Pokharel

“ओ हो स।र, लु बसौ“, हेर गर्मीले †” अफिस पुग्नासाथ सधै“झै“ वस्ती सरका अगाडि कृपानाथले कर्ुर्सर्ीीाखिदियो । उनी पसिनाले न्रि्रुक्क भिजेका थिए । उसले फेर िथप्यो- “अनि सर † आज पनि साइकलमै †”

“साइकलमा नै, यी हेर न यस्तो छ हालत †” खुइय्य सुस्केरा हाल्दै वस्ती सर पसिनाले भिजेको र्सटको बटन खोलेर कर्ुर्सर्ीीथि थ्याच्च बसे । कृपानाथले पङ्खा खोलिदियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बाल श्रम

~राम प्रसाद पोखरेल~

टुसुक्क बस्यो,मुसुक्क हाँस्यो,
छरिएका प्लेटसँग, सम्बन्ध गाँस्यो।
उठायो मस्को,मिसायो खरानी,
बालापनको त्यो, बित्यो जिन्दगानी।।
(१)

खाली छ पयर, यत्रतत्र पानी,
जुठेल्नै छ साथी, श्रमगरी खानी ।
द्रुत द्रुत चल्छ,भ्याई नध्याई गर्छ
नयां रुप देख्दा, आफैं दङ्गपर्छ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : हयाप्पी “भालेटायम डे “!

~चर्चित ढुंगेल~Charchit Dhungel

१४ फेब्रुवरीका दिनमा कुसुन्तीले बिरुपेलाई “रेड रोज’ थमाउँदै भनि- “मेरो पि्रय विरुपे ! पल्लो घरको भरते, वल्लो घरको विदुरे, तल्लो घरको नविने र माथ्लो घरको झम्केको कसम ! भाज्या¨को दिक्पाल र ओलकको फुर्वालाई छोड्ने हो भने मन्दिपे ,सुर्जे, विनोदे ,लालु ,कमले, गब्बा ,अम्बरे ,मालु ,रने, मंजीले ,चक्रे, बले ,सुन्सा ,कर्ने ,निशान, राजेश, दिपके, बसन्ते र जिवुलेलाई नगन्दा तिमी मेरो फस्ट लभर÷ब्वाइफ्रेण्ड हौ ।” Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कस्ले बुझ्ने नेेपालीको ब्यथा

~टंकबहादुर झाँक्रीमगर~Tanka Bahadur Jhankri Magar_Samip Bairagi

बर्षा याममा
हुरी चल्दा बाछिता छिर्ने
खरले छाएको झुपडी फेर्न
नव सन्ततिहरुो सुन्दर
भबिस्य निर्माण गर्न
मुटु भरी दु:खको भारी बोकेर
सात समुन्द्र तर्ने
नेपालीको पीडा
कस्ले हेर्ने हो यहाँ ?
ए…सरकार ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : भारदह, गीता र दशैं

~कल्पना वान्तवा~Kalpana Bantawa

सप्तरीको एउटा दशैं गीता झाले चित्त दुखाउँदा झन्डै बेमज्जाको हुन पुगेको थियो।

बडो रोमाञ्चित हुन्छु, यो सम्झेर कि कञ्चनपुरको हाईस्कूलमा मैले माध्यमिक तहको शिक्षा पाएँ।

सप्तरीको मेरो फत्तेपुरबाट १३ किलोमिटर पश्चिममा छ– कञ्चनपुर। गाउँमा निमावि मात्र भएकाले हामी एक हूल भुरा आठ कक्षाबाट कञ्चनपुर धाएका थियौं। प्रत्येक दिन सार्वजनिक बसबाट स्कूल आउ–जाउ गर्थ्यौं। कहिलेकाहीं बस नपाउँदा चिरबिर गर्दै एघार नम्बरी दिन्थ्यौं। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अन्त्यमा

~गण्डकीपुत्र~Gandakiputra

सुसेली हाल्दै झंरु
तिम्रो स्निग्ध्ताको पवित्र फांटमा
गाउँ जङ्गलको आबाज टिपेर गीत
फूलको रङ्ग पैचों मागेर
चित्र उतारुं तिम्रो आँखाको
र शब्दकोष बाट चोरेर सुन्दर शब्दहरु
लेखौं तिमीलाई कवितामा ।

आकाशलाई अलि माथि उचालेर
बनाउँ तिम्रो लागि अग्लो घर
घामलाई पिठ्युँमा अड्याएर
बनाउँ सितल छहारी
चट्टान पगालेर बनाउँ तिमि हिड्ने बाटो– Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरो चस्मा

~श्याम रिमाल~

मेरो चस्मा अहिले टेबुलमै बसिरहेको छ। आँखा कमजोर छ, तर कोठामा बस्दा लगाइरहन अप्ठ्यारो। चस्मा ‘चेन्जेबल’ छ र अलिअलि घाम पनि छेक्छ। गगल्स लगाउनेसँग मेरो तुलना हुनै सक्दैन। गगल्स लगाउनेहरू आफ्नो कुटिल आँखा अरूले नदेखून् भन्ने ठान्दा हुन्। नत्र किन त कुनै सेमिनार Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : छापामारको छोरो

~कपिल अन्जान~Kapil Anjan

देशको निम्ति लड्छु भन्छ छापामारको छोरो
अझै शिखर चढ्छु भन्छ छापामारको छोरो

कुन कारणले मेरो पुर्खा जङ्गल गएको
त्यो इतिहास पढ्छु भन्छ छापामारको छोरो Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : सहनाइ

~द्वारिका नेपाल~

घामले हिमालमा
सिंदूर छर्न नपाउँदै
घामले आँगनमा
पाइला टेक्न नपाउँदै
चराहरुले उषाको प्रशंसामा
गीत गाउन नपाउँदै
हरेक बिहान जाग्छ
एउटा सपना
हरेक बिहान जुरूक्क उठ्छ
एक जोर दौरासुरूवाल
अर्थात् साइँलो दाइ
चिनिएको नाम साइँलो दमाई
अनि ऊसँगै उठ्छन्
रातभरि सपना देखेर थाकेका
एक जोर बूढा आँखा
अनि बिउँझिन्छ
भित्तामा झुन्ड्याइएको सहनाइ ।

मुख पनि राम्ररी नपखाल्दै
सहनाइले डोहो¥याएको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : जुलिया

~राजु पुडासैनी~Raju Pudasaini

फेब्रुवरी ११ को साझँ ।अद्रकवाले चाय पिउन पुस्ताकालय बाहिर निस्किएं । छेउको स्टल नेर गएं। प्लास्टिकको एउटा खाली कुर्सी तानेर बसें । भाइ एक चाय देना ! जिउ तन्काएं । हाइ गरें। पत्रिका पढेझैं गरें।

यताउति मन डुलाएं। चस्मा निकालेर आखाँ मिचें ।म छेउमै पावरवाला चस्मा लगाएको एउटा साउथ् इन्डिएन प्रौढ हातमा पहेलों–पहेलों रंगको किताब च्यापेर चिया पिइरहेका थिए । मेरो ध्यान उनको हातको किताब मा खिचियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : क्षितिज उघ्रिएको बेला

~घमण्डबहादुर कार्की~

भिन्नताका भुमरीभित्र गाँठैगाँठाहरु
मेरो देशको मरणान्त सभालय
असरल्ल छरिएका कुरुप बहस
दिवास्वप्नाको मध्यनिद्राबाट उठेर
क्षितिज उघ्रिएको बेला
स्वर्णिम लोकतन्त्रको पारिलो घाममा
खाडी र अरब तातो हावामा जलिरहेका
वयस्क वसन्तका आँकुराहरु
सुनौलो सूर्योदयमा समागम
आफ्नै आँगनको ओथारोमा
हुनेछन् पुनरागमन ।

पाखाभरि फुलेका छर्राहरु
चारतिर फर्केको एउटा चौतारी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो पनि समवेदना

~यशोदा तिम्सिना~Yasoda Timilsina

धेरै वर्षअघि
डेराको एउटा कोठामा सँगै बसेर पढेको
यार
केही पछि बेपत्ता भो ।
कोही भन्थे, मुग्लान भासियो
कोही भन्थे, गाउँ फर्कियो
तर, सत्य/तथ्य पत्ता लागेन ।
म चासो राख्थेँ बरोबर उसका बारेमा
कहिलेकाहीँ डेरा भाडा तिर्न नसकेर
घरबेटीले थर्काउँदा
छोराछोरीको स्कुल फि समयमा नबुझाउँदा
श्रीमतीका सानातिना माग पूरा गर्न नसक्दा
नोस्टाल्जिक हुन्थेँ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : काव्य, मेरो मित्र

~विमल कोइराला~Dr Bimal Koirala

मेरा सपनाको उर्वर भूमिमा
फूल रोप्दै
कहिले छक्काउँदै, कहिले जिल्याउँदै
बडो गर्वसाथ टुकुटुकु हिँडिरहन्छ,
मलाई छिनभरमै गलाउँछ, एकैछिनमा थकाउँछ
मेरो कल्पनाको भावभूमिमा
मायाको कडी जोड्दै
काव्य – भर्खर टुसाएका दाँत देखाउँदै हाँसिरहन्छ, Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पाए हुन्थ्यो

~आचार्य प्रभा~acharya Prabha

उनीसंगै,जिन्दगीको/बाटो हिँड्न,पाए हुन्थ्यो
त्यो मनले,मलाई नै/माया बरु,लाए हुन्थ्यो ।

रहर हो, जसैपनी/ मौलाएर, फुल्दोरैछ
मलाई नै,पाउँभनी/कसम पो,खाए हुन्थ्यो । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : हल्ला सुनें ! सानु

~रेवती राज खड्का~Rebati Raj Khadka

मलाई छाडि अर्कै साथी खोज्दै छौ रे तिमी
यै मंसिरमा उसकै डोली चड्दै छौ रे तिमी

हात समाइ कसम खा’को बिर्सियौ कि शायद
मलाई छाडि अन्तै नाता जोड्दै छौ रे तिमी Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा धूर्त बकुल्लो

~चन्द्र गुरुङ~Chandra Gurung

आँखाहरू बन्द छन्
अनुहारभरि फैलिएको छ मौनता …
एक खुट्टामा उभिएर
ध्यानमग्न छ बकुल्लो ।

कति शान्त
कति सौम्य
कति शालीन
र, भद्र अनुहार । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : आँखालाई अरु पनि

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

आँखालाई अरु पनि हेर्दा मनपर्दो रै`छ
साथी रोज्ने मामलामा दिल अघि सर्दो रै`छ

तिम्रो बानी तर्की हिंड्ने थियो पैले हो कि हैन ?
झर्को लाग्थ्यो कहिले त भन्थें पछि लागिँदैन
मनमनै रोजेपछि पाइला आँफै सर्दो रै`छ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दमनको पराकाष्टामा नीरिह कलम!!

~नवीन लामा `सुरेश`~Nabin Lama 'Suresh'

लेख्दैछस् ?
लेखीबस्!!
अरु के नै गर्न सक्छस् र ?
तेरो स्याही नसकुञ्जेल लेख
हुनेवाला केहि होईन आखिर ।
हिम्मत राखेर लेख
तेरो बिरोधमा धेरै हातहरु उठ्दैछन्
तँलाई थुचुक्क बसाउँछन् हेर्दै जा ।

मायाँ प्रेमका कुरा लेख्ने पनि तँ
स्वतन्त्रताको बखान गर्ने पनि तँ
एकात्मकताको बिगुल फुक्ने पनि तँ
राजतन्त्रको बिरोधमा तैँले नै बोलिस्
बिरोधीको बिरोधमा पनि तँ नै बोल्छस्
तेरो बिरोधमा पनि तँ जस्तै कलम नै बोल्दैछन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनामा रोबोट

~माधव मूल~Madhab Mul

हिजोको सपनाले
छाडेको छैन
मानिसहरू भन्दा रोबोट बढी
हाडै हाड
कम्प्युटरले काम सम्पन्न गरिरहने छन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पथ्थर मारे जस्तो

~कमल संघर्ष~Kamal Sangharsha

गर्यौ एेना हेर्ने ‘नाउमा’ पथ्थर मारे जस्तो
भएछ फूलको घाउमा पथ्थर मारे जस्तो

बर्षौ पछी आइ फेरि बोली दियौ तिमीले
लाग्यो दिल्को तलाउमा पथ्थर मारे जस्तो Continue reading

Posted in गजल | Tagged | Leave a comment

भीमसेन सापकोटाका ५ हाइकु

~भीमसेन सापकोटा~Bhimsen Sapkota

छेक्छ बादल
मान्छे, बाटो र देश
उम्कन्छ बोली ।
—–0—–
छैन उज्यालो
चट्याङ नै नपरी Continue reading

Posted in हाइकु | Tagged | Leave a comment

Story : Trust

~Rajan Kafle~

‘Saugat’s daddy, can we take the children to the theatre tonight?’ Manorama asked her husband as she helped him put his jacket.

Lookdeep was flanked by his wife and kids as he was ready to go to his office.

Saugat and Sweta were having year end vacation. Both of them were glad that they didn’t have to go to school but they were missing something at home for the last two weeks.

‘Yes daddy, they are showing Harry Porter at the River oaks’, Saugat wanted to persuade his father.
Continue reading

Posted in Story | Tagged | Leave a comment

कविता : एक पक्ष निदाउँदा

~रामकृष्ण सुनुवार आँकाला~Ram Krishna Sunuwar 'Ankala'

स्वप्नमा आकाशको अर्ध चन्द्रमा
ग्वार्लम्मै धर्तीतिर घुँईिकंदा
चुक घोप्टिए झैं अँधेरी रातले
मस्त निद्रामा आलिङ्गन गर्यो
मलाई ऐंठन परेछ क्यारे !
एक्कासी म भौंतारिएर बकबकाउन थालेछु ।

पानी उस्तै हुन्छ महासागरहरुको
लोभि मान्छेले सिमाना लगाउँदछ
अँशबण्डा गर्दछ धर्ती माताको
अलिकति फाल्टै भाषा भेषभूषाको
अनेकौ नियम कानून बनाउँदछ
यो र यत्ति मेरो हो
गर्वका साथ अधिकार जमाउँछ अहंकार । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आखिर ऊ जन्मियो

~प्रतिमा के सी~Pratima KC

दशकौंको गर्भाधारण र
बर्षौंको प्रसव पीडा सहेर
ऊ भर्खर जन्मियो

ऊ जन्मेको खुसियालीमा
विस्वासको तेल हालेर
सहिष्णुताको ज्योति बनाई
मनको ढोकामा वत्ती बाल्नु पर्छ
आँगन आँगनमा दीपावली गर्नुपर्छ
कहालीलाग्दो गर्भाशयबाट
अत्यासलाग्दो प्रसव पीडाबाट
छोरा जन्मियो या छोरी थाहा छैन
एकाविहानै घामको झुल्का संगै
आखिर ऊ जन्मियो जन्मियो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अपिल: अर्जुनहरूलाई !!

~नारायण रेग्मी~ Narayan Regmi

हे अर्जुनहरू हो !
बन्द कोठामा, आफ्नो महत्वाकांक्षाका खातिर
नदिपारीको बस्ति नदेख्ने केहि धृतराष्ट्रहरू
प्रदेशको सीमांकन र नामांकनका नाममा
बन्धुहरूलाई लडाईरहेछन्,
भाईचारा भत्काई रहेछन्,
शान्ति र सद्भाव बिथोलीरहेछन्,
फगत!
आफ्ना आसेपासेको भबिष्य सुरक्षित गर्न।१। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : भ्यालेन्टाइन – एक अपूर्ण आशा

~स्वेच्छा राउत~Swechha Raut_1

यो चौथो भ्यालेन्टाइन्स डे थियो,मेरो भेट्ने प्रस्तावलाई मायाले अस्विकार गरेकी। उस्का रेडिमेड जवाफ वा भनुँ बहानाका कारण मैले दोहोराएर बिन्ती बिसाउन सक्दिनथेँ। तर यो पटक आफ्नो मुटुलाई मुख सम्म ल्याएर दोहोर्याई , तेहेर्याई फोन गरेँ, भेट्न आउ न केवल एक पटक भनेँ तर चौथो पटक देखि फोन उठेन। अचम्म लाग्थ्यो माया संग म प्रती मेरो प्रेम,समर्पण,शब्द अनि मेरो आग्रह प्रती एक रत्ती पनि माया नभएको देखेर। अन्तिम मेसेज लेखेँ “म कुर्नेछु, त्यही जहाँ हामि कलेज सकेर घुम्न जान्थ्यौँ ”
Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माई! म अहिले जन्मन चाहन्नँ

~राजेन्द्र पराजुली~Rajendra Parajuli

प्यारी माई,

म अहिले ६ महिनाको भएँ।

तिम्रो पेटको आकार क्रमशः विस्तारित हुँदै होला। म तिम्रो पेटको संसारबाट आफू जन्मने स्थानको सम्पूर्ण परिघटना हेरिरहेको छु। मेरा कानले सुन्न थालेका छन्। फोक्सो अलिअलि काम गर्न थालिसकेको छ। मलाई पृथ्वीमा उभिएर हिँड्न मद्दत गर्ने मेरुदण्डले आकार लिएको छ माई। म देख्नसक्ने भएको छु।
Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लक्ष्मी श्रेष्ठ का ५ मुक्तकहरू

~लक्ष्मी श्रेष्ठ~Laxmi Shrestha

१.
बिना सुर ताल हुन्छु धुन हराए झै
पुर्णिामा कै रात बाट जुन हराए झै
तिमी छैनौं भने मेरो धड्कन हरुमा
लाग्छ रक्तकेसिका मै खुन हराए झै

२.
दु:ख चढ्नै नसक्ने त्यहा भिर बनाउछु
जन्मिन्छन् जो जति यहाँ वीर बनाउछु
पाएको छु भाग्य लेख्ने कलम मैले पनि
हेर्दै जाउ तिम्रो कस्तो तक्दिर बनाउछु Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment