~भीमसेन सापकोटा~
छेक्छ बादल
मान्छे, बाटो र देश
उम्कन्छ बोली ।
—–0—–
छैन उज्यालो
चट्याङ नै नपरी
बुद्द भुमिमा ।
—–0—–
ओपेरा धुरी
शिरै उठांउंदैन
कालो विगत।
—–0—–
रविले देख्छ
अध्यारोको रुवाई
विहान मात्र ।
—–0—–
भाग्य सिलाउन
दौडधुपमै उध्रिन्छ
ढाकाको टोपी ।
—–0—–
भीमसेन सापकोटा , हाल अस्ट्रेलिया
(स्रोत : Nepalpati)
