Tag Archives: Badal Suresh

कविता : प्रेम

~बादल सुरेश~ गर्नेहरूले त प्रेम त्यो मधुर रोशनी देखेर जूनको पनि गर्लान् त्यो मनमोहक सुवास देखेर फुलको पनि गर्लान् तर जसरी मेरी आमाले जन्मिँदै नजन्मेको मलाई देख्नुअगाडि नै प्रेम गर्नथाल्नुभयो जसरी मेरा बा’ले मेरा रहर र चाहनाहरूलाई चिन्नुअगाडि नै प्रेम … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमीसँग

~बादल सुरेश~ माग्दैछु म दुई थोपा जहर तिमीसँग तरिन्न भो प्रेमको यो नहर तिमीसँग मलाई हेर्ने आँखाले अरूलाई हेर्दा लाग्यो बिनसित्ति जुधाएछु नजर तिमीसँग

Posted in गजल | Tagged | Leave a comment

कथा : अस्मिता

~बादल सुरेश~ देख्न त उसलाई सानैदेखि देखेको हो तर पनि मलाई उप्रति आकर्षण दश कक्षा पुगेपछि मात्र बढ्न थाल्यो। ऊ नौ कक्षामा पढ्थि। स्कुल जाने बेलामा एउटा दोबाटोमा हाम्रो भेट हुन्थ्यो। म हरेक दिन ऊ भेट हुने समयको अन्दाज गरेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हल्ला छ शहरभरि

~बादल सुरेश~ अन्तै रात काट्यौ रे हल्ला छ शहरभरि जोवन पनि साट्यौ रे हल्ला छ शहरभरि कलेज ढिलो भएर साथीकोमा बसेँ भनि घरमा बालाई ढाँट्यौ रे हल्ला छ शहरभरि

Posted in गजल | Tagged | Leave a comment

गजल : देखेकै छैन

~बादल सुरेश~ तिम्रो बा’जस्तो खुराफाती देखेकै छैन भेट्नै नदिने कठोर छाती देखेकै छैन चक्लेट खाँदा भन्दिन भन्छन् पछि कुरा लाउँछन् तिम्रो भाईबैनीजस्तो घाती देखेकै छैन

Posted in गजल | Tagged | Leave a comment

कथा : च्याट विथ प्रमिला

~बादल सुरेश~ ‘हेल्लो’ मेसेन्जरको रातो बलेको ठाउँमा क्लिक गरेँ। नचिनेको नारी नामबाट मेसेज आएको रहेछ। मैले पनि ‘हाइ’ भनेर जवाफ फर्काएँ। ‘सन्चै हुनुहुन्छ?’ ‘हजुर, आरामै छु। तपाइँलाई नि!’ ‘मलाई पनि ठिक छ। म तपाईँको फ्यान भएँ बादल जी। कती मन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ‘कल’ गरिनौ

~बादल सुरेश~ कसैले बोनस बाँडे कतै ‘फ्रिकल’ थियो, यत्रो विपत्ति आएर गयो तैपनि तिम्ले मलाई चासो गरिनौ एकचोटि पनि ‘कल’ गरिनौ। कहिँ कतै पुरिएँ कि कहिँ कतै थिचिएँ कि घर ढलेर बेघर भएँ कि मन जलेरै पो सकिएँ कि खै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चरा

~बादल सुरेश~ हे बिधाता, सक्छस भने मलाई चरा बनाईदे ताकि म खुल्ला आकाशमा उड़न सकूँ, हरेक टोलमा पुग्न सकूँ, हरेक घरमा बस्न सकूँ साना-साना पात र घुस्यान हरु बटुलेर मेहनत ले आफ्नै सानो गुंड बनाउन सकूँ।

Posted in कविता | Tagged | Leave a comment

कथा : बादल वर्षा

~बादल सुरेश~ एस.एल.सी. पछि गाउँबाट प्लस टु पढ्न काठमाण्डु आएको म असाध्यै सोझो थिएँ।मानिसहरुसँग खुलेर बोल्न पनि धक लाग्थ्यो।कलेजमा पनि कसैसँग बोल्दैनथिएँ।साथीहरुले पनि मेरो सोझोपनको फाइदा उठाउँदै मलाई मजाकको पात्र बनाइरहन्थे। उनीहरु मलाई वर्षासँग नाम जोडेर जिस्काउँथे।म लाजले निहुरिरहन्थेँ। साथीहरुका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ठुल्दाई

~बादल सुरेश~ म अर्थात् साने, सानो काँठिको शरीर भएर हो या टिनले छाएको सानो घर भएर हो? मेरा छिमेकि ठुल्दाई, ठूलो भुँडि भएर हो या चारतले ठूलो घर भएर हो? सानै भए पनि मैले घर बनाएर लालपुर्जा लिइसक्दा ठुल्दाईसँग आफ्नो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो राज्य

~बादल सुरेश~ ए सरकार तँ यदि सुन्छस् भने कान ठाडो पारेर सुन मैले एउटा माग राखेको छु मैले पनि अब एउटा छुट्टै राज्य पाउनुपर्छ, मेरो पनि अब आफ्नै सरकार हुनुपर्छ मेरो आवाज यदि सुन्दैनस् भने मेरो माग पुरा हुँदैन भने … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बोरिङ दिन

~बादल सुरेश~ ती आँखाहरूमा प्रेम छल्किरहेछन् प्रेम त मुटुमा हुन्छ-कोहि बोल्यो आँखामा त आकर्षण! सायद प्रेम नै पो हो कि गाजलले छोपेको? ‘कता हो! म चोकमा’ आफ्नै आँगनजस्तो प्यारो यो चोक उनी हुँदा सबै आफ्नैजस्ता

Posted in कविता | Tagged | Leave a comment

गजल : जस्तै लाग्छ

~बादल सुरेश~ तिम्रो गाँउ जनकपुरको धामजस्तै लाग्छ तिमी सीता मचाहिँ तिम्रै रामजस्तै लाग्छ किताब खोल्छु, पढ्न बस्छु अनि टोलाउँछु हरेक शब्द मलाई तिम्रो नामजस्तै लाग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : संघार ननाघे संसार देखिन्न

~बादल सुरेश~ हावा र पानीको आकार देखिन्न संघार ननाघे संसार देखिन्न एक्कासि चोट लाग्दा बल्ल जानिन्छ आफन्तले गरेको प्रहार देखिन्न

Posted in गजल | Tagged | Leave a comment

हास्य-कविता : डण्डिफोर

~बादल सुरेश~ कहिले बीच गालामा आउँछ कहिले निधारको छालामा आउँछ कहिले अनुहार पुरै ढाक्छ त कहिले खिल पल्टेर पाक्छ कहिले दुखेर सताउँछ फुटाउँदा भने आनन्द आउँछ मलाई मात्र किन भगवान जहिल्यै डण्डिफोर आउँछ!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-कविता : केहि वर्ष पर्ख न ल!

~बादल सुरेश~ म त डेरामा बसेको मान्छे अँध्यारो भविष्यको घेरामा बसेको मान्छे न त व्यापार छ न त जागीर छ मनभरि केवल पीर छ अनिश्चित तक्दिर छ अहिले त सक्दिन केहि वर्ष पर्ख न ल!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य-कविता : तिम्रा बा-मेरा बा

~बादल सुरेश~ एउटा बच्चा अर्कोलाई- ‘मेरा बा हिजो हँसिया र हथौडा बोकेर जंगल गएका थिए फर्कँदा क्रान्ति ल्याए चेतना ल्याए परिवर्तन ल्याए गणतन्त्र ल्याए तिम्रा बाले के गरे हँ?’

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : उँडाएर लैजाने सब हुरी हुँदैनन्

~बादल सुरेश~ उँडाएर लैजाने सब हुरी हुँदैनन् उँचाइमा सजिने सब धुरी हुँदैनन् यहाँ शब्दले मुटु छिया:छिया हुन्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : बोल्नुपर्छ नि

~बादल सुरेश~ हस्तक्षेपले थिचिँदा त बोल्नुपर्छ नि अतिक्रमणले किचिँदा त बोल्नुपर्छ नि आँगन काट्दा पराईले चित्त दुख्छ भने देशकै सिमा मिचिँदा त बोल्नुपर्छ नि

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा प्रेमनगर

~बादल सुरेश~ अस्ताउनेछु म कुनैदिन विलिन हुनेछु त्यो आकाशमा सुनिने छैनन् मेरा पदचापहरु गोरेटाहरुमा, पक्कै मेटिनेछ मेरो छायाँ धर्तीका नगरहरुबाट अनि भेटिनेछु म यमनगरका चोकहरुमा।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सल

~बादल सुरेश~ ………म लजालु भन्दा पनि अलि अन्तर्मुखि स्वभावको थिएँ। त्यसैले मेरा साथीहरु धेरै थिएनन्। अझ केटिहरु त छँदै थिएनन्। स्कुल पछिको कलेज लाइफ नौलो थियो मेरा लागी। उनी नै मेरो जिवनमा पहिलो केटि साथी बनेर आइन्। एउटै टोलबाट एउटै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : उठ्नुस् न बा

~बादल सुरेश~ तपाईं किन यसरी सुतिरहनु भएको बा? उ हेर्नुस त तपाईंभन्दा ढिलो उठ्ने घाम अघिनै उठिसक्यो तपाईंको हातगोडा किन चिसो बा, किन दर्हो भएको यो शरीर? यी मानिसहरु किन आँसु झार्दै उभिएका बा, उठ्नुस् न।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : आउ हामी सबै मिलेर बन्द गरौँ

~बादल सुरेश~ जब उदांग भएर खुल्छ विदेशी हस्तक्षेपमा देशको निरिहता, जब सर्वांग नांगिन्छ बलात्कार र हत्यामा मानवीयता, जब छ्यांगै खुलिदिन्छ लाजको पर्दा शासकहरूको, तब लाग्छ कसैले बन्द गरिदेओस् मेरो समाजको आवरणलाई, कसैले छोपिदेओस् हाम्रो हिन मुहारलाई।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-कविता : बा’ म अहिले बिहे गर्दिन

~बादल सुरेश~ कहिले कसको कुरा ल्याउनुहुन्छ कहिले कसको कुरा ल्याउनुहुन्छ कहिले नर्सको कुरा ल्याउनुहुन्छ कहिले भर्खरकि भुरा ल्याउनुहुन्छ बा’ जहिल्यै कर गरिरहनुहुन्छ मलाई बिहे गर भनिरहनुहुन्छ मलाई भने उमेर पुगेजस्तो नि लाग्दैन आफ्नै खुट्टामा उभिएजस्तो नि लाग्दैन त्यसैले बा’ म … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : आँशुको बल

~बादल सुरेश~ …..सायद पहिलो प्रेम थियो जिन्दगीको। ऊ त्यति हाँस्दैनथि,हाँस्दा राम्री नै लाग्थि। हरेक कुरामा जिद्धी गर्नुपर्ने अनि जितेरै छाड्नुपर्ने, मलाईजस्तै। उसलाई न त फूटबलको चाख थियो न त राजनितीको। तर पनि मैले ब्राजिल भन्दा ऊ अर्जेण्टिना भनेर उफ्रिन्थि अनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उषा

~बादल सुरेश~ कलेजको पहिलो दिन म कक्षामा पस्दा बेन्चहरू लगभग भरिइसकेका थिए।लास्ट बेन्चमा एउटि केटि मात्र बसिरहेकि थिई।सायद ऊ मभन्दा केहि समय अघिमात्र आएकि थिई।म सरासर त्यहि बेन्चको छेउमा गएर बसेँ।उसलाई पुलुक्क हेरेँ, ऊ पनि अनुहारको भाव नबिगारिकन मुस्काई।पहिलो दिनको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उनलाई चोकमा देखेँ

~बादल सुरेश~ जब उनलाई पहिलोचोटि चोकमा देखेँ, त्यसपछि त कस्सम हरेक थोकमा देखेँ। उनी खित्का छोडेर हाँसिदिँदा जोकमा देखेँ, उनी आँसु बगाई रोइदिँदा शोकमा देखेँ।

Posted in कविता | Tagged | Leave a comment