गीत : पीर ब्यथा छोपीदिने

~नवीन लामा `सुरेश`~Nabin Lama 'Suresh'

पर्दा जस्तै तिम्रो मायाँ पीर ब्यथा छोपीदिने
कला जस्तै तिम्रो मायाँ नयाँ रङ्ग भरिदिने //

तिम्रो एक मुस्कानसँगै बहार आयो जिन्दगीमा
जादु गर्यौ यस्तो प्रिय ! खुसी छायो जिन्दगीमा
सुवास छर्दै मगमगाउने आँगनीको डिलभरी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पैले जस्तो छैनौ तिमी

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

पैले जस्तो छैनौ तिमी भिन्न देख्दैछु
निधारमा निरासाको चिन्ह देख्दैछु

एक्लो कतै परिहाले के भो सोध्दथ्यौ
हाँस्दै हाँस्दै सम्झाउँथ्यौ मिठो बोल्दथ्यौ
त्यो मुहार आज के भो ? खिन्न देख्दैछु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिम्रो र हाम्रो संसार

~कृष्ण सेन ‘इच्छुक’ ~Krishna Sen 'Ikchchuk'

बिल्कुल फरक छ
तिम्रो र हाम्रो संसार
जसरी बिहान र साँझमा फरक छ
जसरी दिन र रातमा फरक छ
जसरी उज्यालो र अँध्यारोमा फरक छ
सुखले भरिएको तिम्रो सम्रिद्धीको संसार
र दु:खले भरिएको हाम्रो गरीबीको संसार
धेरै-धेरै फरक छ
तिमी जन्मँदै
फूलको शैय्यामा जन्म्यौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्कार परिचय : मधुश्रावनी पूजा

~रोमी दास~

नेपालको मध्य-पूर्वी तराईमा पर्ने मिथिला क्षेत्र आफ्नो भाषा, कलासंस्कृति, परम्परा र चित्रकारितामा धेरै धनी मानिन्छ । यस क्षेत्रको विवाह शैली र विवाहको रितितिथीले पनि परम्परागत मौलिकता झल्काउदै आएको छ। विवाहको पहिलो वर्ष बेहुलीको लागि धेरै महत्वपूर्ण हुने भएकोले वर्षभरी विभिन्न चाडपर्वहरु हर्ष र उल्लाशका साथ मनाइन्छ । पहिलो वर्ष मनाईने चाडपर्वहरु मध्ये Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : अभिन्न साथ

~परिता राजभण्डारी~

मेरो सपनाको संसारमा, तिम्रो आगमन को अनुभुति मात्रले
नाचिदिन्थ्यो मेरो मन मयुर झैं, तिम्रो स्पर्शको कल्पना मात्रले। 2

बिपनमा मेरा यि प्यासी नयनहरु, तिमीलाई खोज्दै यताउता नाची रहेका हुन्थे
अनि मेरा यि दुई पाउहरु अनायासै, तिम्रो छांया तिर डोरिईरहेका हुन्थे। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको बैंश

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

माथी सगरमाथा देखी,
बिस्तारै सुसाउँदै आएको,
मानौ मेरो लागी केही ल्याउँदै छ ।

एक मनले त भन्छ,
कतै कोयेलीको सुमधुर आवाज त हैन..? Continue reading →

Posted in कविता | Tagged | 1 Comment

मैथिली कविता : चहुँदिश अमङ्गल

~विनीत ठाकुर~Binit Thakur

स्वार्थेबस मानव उजारलक ओ जङ्गल ।
तैं धरती पर देखल चहुँदिश अमङ्गल ।।
ठण्ढी में कनकनी गर्मी में अधिक गर्मी ।
नदी नाला के आब बन्द भऽ गेल सर्बी ।। Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

कविता : सपनाकी परी

~अमृत खनाल~Amrit Khanal

भावमञ्जरी भित्र
सम्झनाका विस्तरा लगाएर
निद्रेश्वरी देवको पर्खाइमा
घरि दायाँ घरि बायाँ गरि
कोल्टे फेरी निदाउछु
म तेही मदहोस भएको
मौका छोपी तिमी मेरो
सपनीमा आउछौ
अनेकौं भेष
अनेकौं चाल
अनेक -अनेक दिनमा
ए मेरी सपनी कि परि ।

कहिले तिमी
गुलाफी ओठमा मन्द मन्द Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले बाँचेको आक्रान्त युग

~सुरज सोडारी ‘अज्ञात’~Suraj Sodaari 'Agyat'

मैले बाँचेको युग जहाँ,
गर्भिणिँले हस्पिटलको साटोमा
पानी पँधेरो , मेला-पातमा गर्बशाया गर्छिन्
पहाडको बैंश
अरब मलायामा सेताम्मे फुल्छ
रातो पासपोर्ट लिएर उडेको
मदनको भेट मुना संग अन्तिम चोटि
त्रीभुवान बिमानास्थलबाट ओर्लिएपछि
सिधै डाइसेक्सन रुममा डि.एन.ए र पोस्टमार्टम पछी हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपालीका पीडा

~रामप्रसाद पोखरेल~

युवा युवतीहरु अबता, देखिन छाड्यौं यहाँ,
छैन सीपको मान अहिले, बसेर के गर्नु त।
शिक्षा दिक्षा दिएर जगत्मा,आँखा उघारी दियौ,
आमा बा सज्जन गुरुहरु,श्रमलाई बिदेसियौँ।।
(१)

छैन शान्ति सुशासन यहाँ,भरोसा कस्को छर,
पिठयूँ फर्काउँछ बन्धू जहाँ, पराया हुन्छ घर ।
छैन जान विदेश मनता, छोडेर एक्लै यहाँ,
मार्ग छैन सन्ततीहरुका, खोस्रेर खाँने कहाँ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मनु लोहोरुङ राईका ३ ताङ्काहरु

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

आउछौ भने
आऊ ! खेलौं हामी नि
लाठी र मुंग्री
मारे या मरे शहीद-
देशकै लागि त हो |
—————————— Continue reading →

Posted in ताङ्का | Tagged , | Leave a comment

कविता : यस पृथ्वीको अन्तिम सपना

~बलदेव भट्ट “बिहानी”~Baldev Bhatta 'Bihani'

आकाशमा सुर्य उदाउनु बिहान हुनुको संकेत हो,
जीवनको पाठशालामा साँझहरु कष्टको अवधि तौलिदै
असंख्य वियोग संगालेर सुर्यास्त सम्म
इश्वरका ककटेल सन्देशहरु मातेको बिहान लाइ सुनाउन बस्छन !!

पानि माथि लेखिएका स्वर्गका चित्रहरु लिएर
पानिको मलिलो छाति बस्तिहरु मा इश्वर बगाउँछ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनि लजाउनु है !

~डम्बर पौडेल~Dambar Paudel

मैले लेखे एउटा गीत , तिमी गाउछौं भने
मैले खोपे एउटा प्रित , तिमी लाउछौ भने
सुसेलीले बोलाउछु , तिमी बुझ है
माया राखि भिजाई दिन्छु ,अनि रुझ है |

सम्झनाका तरेलीमा , तिमीले खोज्यौं भने
पिरतीको फुलबारीलाई , तिमीले रोज्यौं भने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लामो कथा : म र उनी

~हिमाल भट्टराई~Himal Bhattarai

(भाग १)

पट्यार् लाग्दो घर बसाइ तेही फेस्बुक टुइटर नन्सेन्स च्याटिङ।।। बाहिर निस्कन मन पनि लागि राखेको थियो।।। एउटा भाई सँगै सिटी सेन्टर निस्के।।। काठमाडौं को गर्मी सिटी सेन्टर को एसि तेही माथि फुड कोर्ट को महँगो कोल्ड कफी।।। यता उता गर्ने सेक्सी सेक्सी केटी हरु।।। कता कता स्वोर्ग नै लाग्दै थियो।।। सोच्दै थिए स्वोर्ग मा पनि एस्तो मिल्ला कि नमिल्ला भनेर।।। मन प्रफुल्लित हुँदै थियो।।।
Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बखतेले आमा मार्‍यो

~उपेन्द्र सुब्बा~Upendra Subba_1

‘बखते लखपति भयो रे’ भन्ने कुरा पहिलोचोटि गाउँले कसैले पत्याएन। तर एक दिनमै सबै गाउँलेको कानसम्म हल्ला पुग्यो।’ठूलो सहरमा ठूलो अवसर, वर्ष दिनमै करोडपति, छिनमा फेरि रोडपति’ बखते लखपति भयो होला भनेर पत्याउने पहिलो मान्छे देवेन्द्र सर भए।

देवेन्द्र सर गाउँको प्रावि मास्टर। उनले भनेपछि मान्छेले अलिलिक हो कि जस्तो माने।महिना नबित्दै थप हल्ला आयो ‘कहाँ लखपति मात्र हो र ? करोडपति भएको छ रे। घर, गाडी, नोकरचाकरसँग पो बस्छ रे काठमाण्डूमा । बिहे गरेर, एउटा छोरा पनि छ रे।’

दस वर्षसम्म गुमनाम कोही कसैको सोधखोज, चासोभन्दा परको बखतेले गाउँमा राम्रै चर्चा पायो । कोचाहिँ नजिकको नातेदार, कोभन्दा को नजिकको साथी भन्ने होडबाजी नै चल्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गर्ल्स होस्टेलको भूत

~प्रमिसा केसी~Pramisha KC

‘सिलाइ लगभग सकियो, तर अलिकति काम बाँकी छ । ५ बजे आउनू !’ ‘पुल’ लेखिएको ढोकालाई जबर्जस्ती धकेल्न खोजिरहेकी रचनातिर हेरेर हाँस्दै बाहिर निस्किएँ ।

‘हाँस् न अब ! भनेकै हो त तँलाई यिनीहरूले यति चाँडै लुगा तयार पार्दैनन् भनेर !’

नयाँ कलेजको युनिफर्म लिन आएका हामी बदलामा बिताउनलाई एक घन्टा लिएर फर्कियौँ । ‘युथ कलेक्सन’बाट । समय टन्नै थियो बिताउन अनि छेवैको होटेलबाट मःमःको बास्ना ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार

~महेन्द्र महक~Mahendra Mahak

तिहारमा बहिनीका लागि कस्तो उपहार पठाउने होला ? मैले यस विषयमा केहि सोच्नसकेको थिइन । तर, दसँैंपछि घर फर्किन लागेको गाउँले एकजना साथीलाई मेरो सामान पनि लगिदिनका लागि भनेको थिएँ । ज्वाइँलाई पनि ‘कुनै सामान घर पठाउनु छ भने मलाई दिनुहोला म साथीको हातबाट पठाइदिउँला, पछि तिहारमा बहिनी आएको बेला लिएर जान्छे’ भनेको थिएँ ।

ज्वाइँले पनि हुन्छ भन्नुभएको थियो । तर के पठाउने मनस्थिति थियो, मैले कहिलै थाहा पाउन सकिनँ । मैले बहिनीलाई, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : पिँजडाको सुगा

~अज्ञात~

आफ्ना पखेटाले पिँजडाका बारमा हिर्काउदा-हिर्काउदा शरीर सबै रगताम्य भैसकेको छ तै पनि उसले ती आफ्ना कार्यहरु गर्न छाडेको छैन । पिँजडाका वारका डण्डीहरु टोक्दा-टोक्दा उसका दाँतहरु सबै भाँचिइ सकेका छन्, नंग्राले खोस्रदा-खोस्रदै नङहरु उप्किएर गइसकेका छन् । तर पनि ऊ त्यही गरिरहेको छ । उसलाई थाहा छ, त्यसो गर्दैमा ऊ माथि कसैको पनि दया पलाउने छैन । तर Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

कथा : महिनावारी भएपछि मन्दिरअघि

~डा. सुजित कुमार झा~Dr Sujit Kumar Jha

हरेक साल जस्तै यसपालि पनि चाडतिहारमा मेरो र मेरो साथीको पारिवारिक जमघट भयो। त्यहाँ विविध विषयमा कुरा भए यही क्रममा स्वेता जो मेरो साथीकि छोरी हो उसले प्रश्न गरीः अंकल, मेरा घरका अग्रजहरुले महिनावारीका बेलामा पूजा गर्न वा मन्दिर जान दिन्नन्। तपाईंलाई शास्त्र र धर्मको ज्ञान धेरै छ। तपाईंले पनि त्यसै भन्नुभयो भने म मान्छु।

सोच्नै नसकिएको प्रश्न तेर्सियो। वास्तवमै महिनावारी भइरहेका महिलालाई मन्दिर पस्ने, पूजा गर्ने, चोखो सामान छुन दिने अनुमती हाम्रो समाजमा छैन। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म भित्र प्रेम खोज

~ओनिक अज्ञात~Onic Agyat

म भित्र प्रेम खोज,
थोरै हैन, प्रशस्त भेटाउँछौ !
म भित्र सुन्दरता खोज,
ढुंङ्गा हैन, फूलहरू भटाउँछौ !!

रूप रंग होइन,
साँस फेर्न हावा चाहिन्छ,
जुन अदृश्य छ !
नाता मात्र हैन,
जूनी काट्न माया चाहिन्छ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : म,कथा र अनिकास

~मनि राई ‘गोठाले’~Min Rai 'Gothale'

बर्षा राम्रोसंग निख्रीसकेको थिएन । बोटविरुवाको पातपातबाट सावनको थोपा तप्कदैथ्यो । मुबारले नौलो जनवाद र रीन्नीको सफल शल्यकृयाकाे कामना गर्दै बिहानैबाट अहिलेसम्म ४ चिलीम हुक्का गुडगुडाईसकेथ्यो । उ रीन्नीलाई बेहद प्रेम गर्छ । उसको रीन्नी प्रतीको प्रेम बडो अनौठो छ । रीन्नीलाई पनि त त्यस्तै अडबाङ्गे प्रवृृतीको मान्छे मनपर्छ नी । यो कुरा मुबारलाई थाहा छ । प्रेममा पनि जनवाद हुन्छ । एकदमै पृथक जनवाद । जुन पृथक जनवादको एउटा अभियान मुबार र रीन्नीबीच केही महिना अगाडि एउटा होटलको कोठामा भव्यताका साथ सुसम्पन्न भएकोथ्यो । त्यसको केही ब्याकफ्लासहरु मुबारको मनभित्र मडारिन्छ र मुबार कल्पनाको शुन्य मेगाओममा पुगेर एकाेहोरिन्छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुतको कथा

~कोमल पौडेल~Komal Poudel

एका देशमा एउटा गरीब देशको डाक्टरले बिदेशमा गएर पढ्न भनेर हिडेछ रे । त्यो धेरै टाढाको देशमा खुशी हुँदै ठुलो ज्ञान प्राप्त गर्ने भए भनेर अघोर खुशी हुँदै कलेज भर्ना भएछ । त्यो पढ्ने ठाउमा बेला बेलामा भुत आएर उसलाई तर्साउने रहेछ । यस्तो अति राम्रो देशमा पनि कहाँबाट भुत आउने उसलाई त विस्वास नै लागेनछ । कहिले भुत कक्षाको साथी भनेर कहिले भुत शिक्षक भनेर आउने रहेछ रे । उसलाई भुत र मान्छे छुट्याउन बहुत मुस्किल परेछ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेली

~सुनिता राई ‘रुम्दाली’~Sunita Rai

इश्वर पनि कहिलेकाही निर्दयी भइदिन्छन निरिह प्रति । यदि उसो नहुँदो हो त बेली ….. बहुलाउने थिइनन् ।

गाउँका अधिकाँस पुरुष झैँ परिवारको सुन्दर भविष्य बनाउने मिठो सपना बोकी पैसा कमाउन भारतमा मजदुरी गर्न पुगे बेलीका बाबु पनि तर दुर्घाग्य वा दसा उतै बाट भयानक रोग एड्स बोकेर आएछन् र सारे आफ्नो स्वस्निमा पनि । धन्न छोराछोरी जन्मी सकेका थिए ।
Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ भाषी कविता : मुक्लान्नरी निबा ए कोला

~भिम दोंग तामाङ~Bhim Dong Tamang

आमा : फ्याङ्सी खबा चारी एसे
ङाला कोल्ला खबर तिलाई आबमु
ङ्हिदिङ सोम्दिङ तासिजिन्जी
ए कोला मुग्लान वङ्निब
फ्लिक्दोसी खाइमाइ आखमु

आमा : ए कोल्ला सेम कदे कोङ्बा Continue reading →

Posted in तामाङ कविता | Tagged | Leave a comment

कविता : बाटो मुनिका फूलहरु

~कृष्ण बिश्वकर्मा~Krishna Bishwakarma

अन्धकारको साम्राज्य बढेर पो हो कि !
अध्यारा ओडारहरु बाटो मुनिका बगानहरु
अनि गल्ली ,
खोल्सा,
कन्दराहरु र समग्र जंगलहरुमा अचेल,
भेटिएनन् दिप्त जुनकिरीहरु
परभक्षी बिरुवाका जालमा पो परे कि !

कतै,
आरक्षणहरुमा त कैद भएनन् आफै !
हे तमाम बुटट्यानहरु हो
तिमीहरुलाई सदियौं देखि “बनमारा” को आरोप छ
तिम्रै भागका नाइट्रोजन खोसेर हलक्क अग्लिएका
साल,
सिसौ,
पलास Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : राडि हूँ तर रण्डि होईन…

~सुरेश प्रसाद अर्याल “कान्छो”~Suresh Prasad Aryal 'Kanchho'

बुचीको गठिलो शरिर तिर आँखा दौडाउदै डल्ले साँहु भन्छ।
“ल बाटोमा कुरा गरेर केहि फाईदा छैन..!भरई आ र लैजा तेल छर्केर…।”
यति भन्दै डल्ले साँहु भटभटेमा फुर्र हुन्छ… मुटु फाट्ने भटभटेको तितो गुंजन फैलाउदै.. ।
Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जिरो किलोमिटर

~संजय~Sanjay

१.
उसले ट्रक रोक्छ। बाहिरको कुहिरो देखेर उसलाई निस्कने मन छैन। न्यानो घाम लाग्दा पनि उसलाई यो ठाउँमा यस्तै हुन्थ्यो। ऊ पाइन्टको गोजी छाम्छ, ठाउँ-ठाउँबाट सुर्ती निस्कन खोज्दै गरेको चुरोट मात्र बाँकी छ। ऊ चुरोट सम्याउन थाल्छ। औंलाले चुरोटको शरीरलाई कसिरहेको हेर्दै उसका आखाँहरु टोलाउँछन्। उसलाई लाग्छ यो ठाउँमा अहिले हैन, कुनै पुरानो समयमा ऊ चुरोट सल्काउन खोज्दै बसिरहेको छ। त्यतिखेर बाहिर ठूलो पानी परेको हुनुपर्छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पल्सर पुछ्ने केटी

~सफल घिमिरे~Safal Ghimire

ऊ मायाले औँलाहरू खेलाउँथी, पल्सरका अंगअंगमा । काम सकिँदा चम्कन बाँकी कुनै ठाउँ रहन्थेनन् । जब काम गर्थी, एउटा योग्य पियानोवादकले झैँ औँलाहरू चलाउँथी । म निर्निमेष हेरिरहन्थेँ । पुछिसकेपछि ऊ एकचोटि मोटरसाइकलमाथि चढ्थी । आहा ! उसको दिनकै सर्वोत्तम खुसीको समय होला त्यो । थाहा छैन, पल्सरमाथि चढेर केटी भाग्यमानी हुन्थी अथवा केटीलाई आफूमाथि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो अरमान दिलमा बन्द छ..

~सरला गौतम~Sarala Gautam

“परिचय गरौं न” राकेशले भन्छ, “उहाँ सम्झ्ना बस्नेत, फिल्मको कथा लेख्नुहुन्छ, घर हेटौंडा।”“म पुनम, राकेशजीको श्रीमती”, ऊ आफैं अघि सर्छे।

राकेश नवलपुरमा कार्यरत टेलिभिजन पत्रकार। उसको पत्रकार साथी सजलसँग हिजो म यहाँ आएको। मैले जिस्क्याउँदै भने, “हिजो त खाना खाइयो, आज ती परिकार बनाउने हात पनि समाउन पाइयो”, दुवै मुस्कुराए।

सिनेमाको कथा खोज्ने धुनमा बरालिंदै म मधेशको यो गाउँमा आइपुगेको थिएँ। सजल भन्थ्यो, “मान्छेहरू जाती छन्, दुई–चार दिन गाउँ घुमेर काम गर्न केही समस्या हुँदैन।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माघुरामको माघी

~कृष्णराज सर्वहारी~Krishna Raj Sarwahari

नाम माघुराम थारु, गाउँमा बोलाइने नाम मघुवा, घर कालाबञ्जर, बर्दिया । नागरिकताको उमेर पैतीस तर शारीरिक रूपले एक दशक तानिएर पैंतालिस वर्ष माथि देखिन्छ । उसकी जनेवा (श्रीमती) भेङली र उ समान उमेरका तर जनेवा ऊ भन्दा झन बूढी देखिन्छे । बाह्रैमास चिन्ताको बाक्लो कुहिरोले डम्म ढाकेकाले उनीहरू समयभन्दा पहिले बूढ्यौलीमा प्रवेश गरेझैं देखिन्छन् ।

छ वर्षअघि मुक्ति हुँदा अरु सहकर्मीझैं माघुराम कमैयाबाट मुक्त कमैयाको श्रेणीमा उक्लिएको छ । उसको परिवार कमैयाभन्दा मुक्त कमैया परिवारको रूपमा चिनिएको छ । नाउँ मुक्त कमैया परे पनि उसको परिवार समस्यामा जेलिएर अझैसम्म उन्मुक्तिको सास लिन सकिरहेको छैन । यस्तो लाग्छ, उसका परिवारका सदस्यहरू बाँच्नलाई मात्र सास फेर्ने उपक्रम गरिरहेछन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मटान

~कुमारी लामा~

औंलामा पुतपुताइरहेको छ चुरोट । लुंगी बेरिएको एक मुठीको शरीर । लट्टासरिको जुरो बनाएको कपाल । रहलपहल सपनाहरू दौडिरहेका थकित आँखा । एक आम ग्रामीण महिला । उनको नाम— तारा तामाङ ।

तर यिनी राई, गुरुङ, अधिकारी, भारती या अन्य जातिको पनि हुन सक्छिन् । किनकि यो गाउँका सबैको भोगाइ समान छन् ।

भोगाइका बाबजुद साझा कुरा अर्को पनि छ, त्यो हो सपना । सबैका आँखाहरू भरिएका छन्, केही थान सपनाहरूले । तर ती सपनाहरू आँखाबाट हातसम्म Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाकुचाको भट्टीमा बुद्धिजीवीहरूको बहस

~नरेन्द्र पराशर~Narendra Guragain 'Parasar'

कुरो चालिसको दशकको शुरूआती दिनहरूकै हो । बामपन्थीहरूले पञ्चायती चुनावमा गहिरो राजनैतिक ‘चासो’ देखाएर ‘उपयोग’ गरेको विषयमा ‘दरबार’ एकप्रकारले अनिर्णयको बन्दी भएको थियो । पञ्चायती संसदमा ‘बाम’ स्वर चर्को हुँदै जान थालेपछि यसको ‘असर र प्रभाव’ को परिणाम के कस्तोरूपले राजनीतिमा देखा पर्नसक्छ भन्ने बिषयमा दरबार र उसका रणनीतिक योजनाकारहरूबीच दुविधा र फरक मतहरू थिए । अघिल्लैपटकको चुनावमा समेत ‘बाम’ जनपक्षीय उम्मेद्वारहरूले ‘उल्लेख्य’ सङ्ख्यामा जीत हात पारेपछि राजनीतिक वृत्तमा यस परिणामले निकै चर्चा पाइरहेको थियो । मानिसहरू अनेक Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment