लघुकथा : बन्दका कथा

~डा रवीन्द्र समीर~ Dr Rabindra Sameer


सडकको छातीमा गुडिरहेका गाडीहरूमा एक्कासि ब्रेक लाग्यो। साना गाडी तथा मोटरसाइकलहरू दायाँबायाँ भाग्न थाले। ठूला गाडीहरू बाटोमा तेर्सिएर आवागमन बन्द भयो। पसलका सटरहरू बन्द हुन थाले। विद्यार्थी पुर्‍याउने गाडीहरू तथा सिकिस्त बिरामी बोकेका एम्बुलेन्सहरू बीचमा फसे। सडकमा टायरहरू बल्न थाले, सवारी साधनहरूको तोडफोड सुरु भयो। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मत्स्येन्द्रनाथसँग

~संजय अधिकारी~

सहरले अनेक अस्पष्टताहरूको मिश्रणमा कोलाजजस्तो आकृति धारण गरेको छ। आफू अनन्त पीडामा पिल्सिएर पनि दुनियाँलाई हँसाउने एउटा क्लासिक क्लाउनको दर्जा पाउनैपर्छ, मेरो सहरले।

सहरसँगै समानान्तर भएर बितिरहेको मेरो एक हावादारी अस्तित्व आजकाल बेलाबेला झरीमा खुब रु‰ने गरेको छ। मेरो अस्तित्व हावादारी, किनभने म प्रत्येकपटकको निश्वासमा एक मुठी हावा निल्छु अनि हावा नै ओकल्छु, बस्! त्यत्ति हो मेरो हुनुको अस्तित्व अनि आफैंलाई आफू हुनुको भ्रामात्मक बोध पनि। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्दिष्टा पार्ट टु

~दुर्गा कार्की~

‘कलेज किन नआ’को राजकुमारी?’ मोबाइल अन गर्नेबित्तिकै मेसेज आयो।

शिरदेखि पाउसम्म एउटा अनौठो कम्पन उत्पन्न भो। दोहोर्यापइ–तेहेर्याकइ पढेँ। मोबाइलको ब्याकलाइट निभ्नु र निशा कोठाभित्र पस्नु एकैचोटि भयो। धन्न, बचेँ म!

‘के भयो दिदी?’ ऊ मेरो छेवैमा आएर बसी। मेरो हात समाती। कसले सुनाइदिएछ कुन्नि उसलाई म बिरामी भएको! मलाई रूँरूँ लागेर आयो। घम्लङ्ङ अँगालो हालेर सबै कुरा भनूँजस्तो लाग्यो। धत्! के सोच्ली उसले राजकुमारीवाला च्याप्टर सुनी भने? मैले तुरुन्तै आफूलाई सम्हालेँ।

‘हल्का टाउको दुखेको हो। ठिक भैरा’छ,’ मैले मुन्टो अर्कोपट्टि फर्काउँदै भनेँ।

‘फोन दिनु त! किन नि अफ?’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनमृत्यु चोकको पसल

~गोकर्ण भट्ट~Gokarna Bhatta

रातको एक बज्न आँटेको हुनुपर्छ। घडी छैन कोठामा, त्यसैले समयको अनुमान मात्र लगाइरहेछन् मान्छेहरु। हार्ने इतिहास बोक्नेहरुका लागि एकचोटीको विजय पनि सयौं पटकको जीतभन्दा ठूलो हुन्छ सायद, त्यसैले नजिकैको बरण्डामा एक हुल मान्छेहरु ताली पिटिरहेका छन्, उनीहरुको देशले आज चौकामाथि चौका बर्साइरहेको छ। तथाकथित राष्ट्रियता झल्किँदैछ उनीहरुको अनुहामा।

भित्र कोठामा एउटा बुढो शरीरले जीवनका अन्तिम कोषहरु उत्पादन गर्ने असफल प्रयत्न गर्दैछ। छेउमैं बसेको छ, जिन्दगीमा एक्लै हुन गइरहेको अर्को व्यक्ति। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ चलन

~इस्माली ~Ismali

सक्कली ब्याघ्रचर्म बैठक कोठामा सजाउँ भन्ने उसको निकै पुरानो धोको हो तर जड्डल पातलिंदै गएकोले बाघहरू पनि लोप हुँदा थिए । त्यसैले उसको इच्छा अधुरै रहिरहेको थियो । यसपालि उसले विश्वस्त सूत्रबाट थाहा पाएथ्यो कि त्यस क्षेत्रमा एउटी बघिनी अचेल आएकीले दुएक बाघहरू पनि रम्यक्रीडाका लागि आक्कल–झुक्कल देखिने गरेका थिए । त्यसैले ऊ क्याम्पफायर गर्ने गरी गोलीगठ्ठासहित सदलबल आएको थियो । सुरक्षाका लागि अग्लो मचान कम टहरा बनाएका थिए उनीहरूले र तम्तयार अवस्थामा बन्दुक सोझ्याएर बसेको थियो ऊ । अकस्मात् बघिनीलाई खेद्दै कुदेको बाघमाथि उसको नजर प¥यो र हतपत्त निशाना साधेर ट्रिगर थिचिहाल्यो उसले । ‘ड्याड्ड …, ड्याड्ड … रटटट्ट् .. गोली वर्षे असिना वर्षेझैं । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्रो लोग्ने र म

~निरुपा ‘प्रसुन’~Nirupa Dhungana 'Prasun'_1

सौभाग्य हो कि दुर्भाग्य, म केही जान्दिनँ । एक बर्ष अगाडि एकदिन साहित्यिक कार्यक्रममा तिम्रो लोग्नेसँग भेट भएको थियो । त्यसदिन मैले ठानेंँ, एउटा तीस, एकतीस वर्षको युवक, पक्कै पनि कसैको लोग्ने भैसकेको छैन होला । कविता लेखेर साहित्यमा नमेटिने नाम दर्ता भैसकेको केटो, जसको प्रत्यक्ष अनुहार देख्नु भन्दा अगाडि नै म उसको जबरजस्त फ्यान थिएँ । आकर्षक शरीर, माया गरूँगरूँ लाग्ने अनुहार, ठ्याक्कै उसको कविताजस्तै सुन्दर लाग्यो । म त त्यो दिनको उसको पहिलो हेराइमै घायल भैसकेकी थिएँ । अब उपचार उसैबाट मात्र सम्भव थियो । जब त्यसदिन कार्यक्रम सकियो, भनेँ- ‘म तपाईंसँग फोटो खिच्छु नि ।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : युवतीको उपचार!

~अशोक सिलवाल~Ashok Silwal

काठमाडौंको कुनै परिचित स्थान।

युवायुवतीको भीड। भीडमा मैले उसलाई देखेँ। उसले पनि मलाई देखी। तर, देख्नेमध्ये पहिलो म नै थिएँ। मैले देखेको एकाध सेकेन्डपछि मात्र उसले मलाई देखेकी थिई।

देखेको केही समय नबित्दै हामी बर्षौं पुराना साथी भइसकेका थियौं। यो मेरो बुझाई हो। उसको बुझाई पनि त्यस्तै भएको उसले मलाई तत्कालै सुनाएकी थिई। त्यो कसरी सम्भव भयो? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेपत्ता

~सीमा आभास~seema avas

छोराको बाटो हेर्न थालेको सात वर्ष बितिसक्दा पनि फर्किएन। ६० वर्ष पार गरेका बाबुआमाको सपना जीवितै छ, एक मात्र सन्तान फर्किएर आएपछि बिहे गरििदने र घरमा पालेको खसी जन्तेबाख्रो बनाउने।

हिँड्दा झोला बोक्ने बानी भएको छोरो सपनामा झोला बोकेरै घर आएको देख्छु भन्थिन् आमाले। उनी दिनहुँ आर्जे हेराउन जान्थिन्। आर्जे हेर्नेले सके मान्छे नभए केही खबर आउँछ भन्न छोडेका थिएनन्। त्यसैले जीवितै थियो, छोरो र्फकने आशाको त्यान्द्रो। घरमा पाक्न छोडेको थियो मीठो चोखो।

गाउँमा सबैको खबर आउँदा रविनको खबर कहिल्यै आएन। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : च्याट विथ प्रमिला

~बादल सुरेश~Suresh Badal

‘हेल्लो’

मेसेन्जरको रातो बलेको ठाउँमा क्लिक गरेँ। नचिनेको नारी नामबाट मेसेज आएको रहेछ। मैले पनि ‘हाइ’ भनेर जवाफ फर्काएँ।

‘सन्चै हुनुहुन्छ?’

‘हजुर, आरामै छु। तपाइँलाई नि!’

‘मलाई पनि ठिक छ। म तपाईँको फ्यान भएँ बादल जी। कती मन छुने कुराहरू लेख्नुहुन्छ।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बा भन्नु हुन्थ्यो ..

~प्रविन खड्का~

एस्तो एउटा पल आउने छ
हाम्रो जीवनमा हलचल आउनेछ
बा भन्नु हुन्थ्यो धेरै पहिले
देश बदलन बहुदल आउनेछ।

दन दनी बलेको छ यो देश Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : भिकारी को ?

~बिक्रम ज्ञवाली~Bikram Gyawali

(टिन्… टिङ्….)
“यो बिहानको घण्टिको आवाजले जहिले हैरान गर्ने भो । कहिल्य राम्रो संग सुत्न नपाउने भइयो बा …. ।” यस्तै सोच्दै एक दिन बिहानको मेरो निन्द्रा खुल्यो ।राती को रक्सी को ह्याङ अझै बाकी नै थियो । त्यो भन्दा ह्याङ कोठा नजिकको मन्दिरको आवाजले गरेको थियो। फेरी चार / पाँच दिन देखी मन्दिरमा खै केको हो पुजा चल्दै थियो त्यसले गर्दा बिहानको चार बजे देखी नै ठूलो ठूलो आवाजमा भजन र पुजा हुने गर्थ्यो । कती कती बेला त गएर पुरै साउन्ड सिस्टमनै फुटालु जस्तो पनी हुन्थ्यो ।
Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मुटु भरी माया

~रामकुमार परियार~Ram Kumar Pariyar

आँखा मै छ तिम्रो रुप,मुटु भरी माया ।
बसिदेउ न प्रिये सधैं,बनी मेरो छाँया ।।

हर रात सपनिमा,तिमी मात्रै आउँछ्यौ ।
सताएर किन माया ,लुकि-लुकी लाउँछ्यौ ।। Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : असामयिक मोड

~प्रशान्त खरेल~Prashant Kharel

साप्ताहिकरूपमा प्रकाशित हुने एक नामी पत्रिकाको उपसम्पादक उ । फेसबुक र व्लगमा छाएको कथाकार । प्रत्येक हप्ता जसो नयाँ कथा वा लघुकथाकासाथ अपडेट हुने गरेको उसको व्लग धेरै प्रसिद्ध भैसकेको थियो । म पनि उसको व्लगको अभ्यस्त पाठक हुँ । उसको शैलि, उसले उठाउने गरेको विषयबस्तु, उसका विचारका पाटाहरू, उसले छान्ने गरेका समाजका मिहिन कुराहरू र प्रयोगहुनेगरेका शब्दहरूले म असाध्यै लोभिएको थिएँ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बृद्धको बेदना

~राम प्रसाद पोखरेल~

आंखा हेर्दा तिरमिर भयो, कान भयो बहिरो,
बोल्न खोज्दा लरबराउंछु, जिब्रो लटपटियो।
शरिर गल्यो दाह्री बढ्यो, खौरनलाई गाह्रो,
जन्मी हुर्की, खेली खाको, यही ठाउँ मलाई प्यारो।। (१)

यताउति दौतरीलाई, उस्तै उस्तै देख्छु,
मनको पीर वेदनालाई, उसैसंग पोख्छु।
उसका पीडा समान पाउछु, जब कुरा चल्छ,
सन्ततीको माया गाह्रो, अब देश रुन्छ।। (२) Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दुर्गम उँचाइमा फूलको आँधी

~मोमीला~Momila

हिजो साँझ
आगोको चहकमा आकर्षित मनले
दुर्गम उचाइमा आत्महत्या गरेछ
बुभ्mदा
आगोसँग रिसाएको मनले
पानीसँग सँझौता गर्न सकेनछ
शँकै शँकामा
मनको अधिक प्रिय फूल Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बज्रपात

~कृष्णप्रकाश श्रेष्ठ~Krishnaprakash Shrestha

बज्रपात भयो कस्तो ? कस्तो दुर्घटना घट्यो ?
मर्माहत भएका छौं, के लेख्नुपरिरैछ यो ??

नेपालीहरुले भोग्नु पर्यो संघात यो किन ?
कल्पना गर्न नै गाह्रो कुरा यथार्थ भो किन ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अब आउने नयाँ वर्ष अहिलेको जस्तो नहोस्

~.आर. आर. चौलागाईं~R R Chaulagain

अब आउने नयाँ वर्ष
अहिलेको जस्तो धुलो र धुवाँको नहोस्
अहिलेको जस्तो अविश्वासको नहोस्
अहिलेको जस्तो हिलो र मैलोको नहोस्
अहिलेको जस्तो असहमतिको नहोस्
अहिलेको जस्तो बाटोमा जथाभाबी हिँडिरहेको साँढेजस्तो नहोस्
अहिलेको जस्तो खेतबारीमा तर्साउन राखेको बुख्याँचाजस्तो नहोस्
अब आउने नयाँ वर्ष
अहिलेको जस्तो नहोस् ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : दिदी

~दिल महरा~Dil Mahara

जुम्ल्या भाइहरुले बटुकाको भात छोडेर थालमा भात खानका लागि झगडा गर्ने भए । अनि, एक दिन कालो सुँगुरको एउटा पाठो बेच्नुभो बाले । दुइवटा सिलबटको नयाँ थाल किन्न भनी ।

बा, अर्को दिन बिहानै गुजुरे बजार जानु भो । थानाभन्दा उत्तरतिरको ढक्कल पसलबाट । हाम्रो घरमा सिलबटको दुइवटा नयाँ थाल आयो । जुम्ल्या भाइहरु धेरै खुसी भए ।

०००

म आठ/नौ बर्षकी हुँदी हुँ । हाम्रो घरमा बाआमा, बाजेबज्यै, दिदी, दुइटा भाइ र म थियौं । डेक्चीमा साँझ बिहान दुइपटक मात्र भात पाक्थ्यो हाम्रो घरमा । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : चुहाएर के निस्कियौ

~प्रकट पगेनी’शिव’~Prakat Pageni Shiva

तप्प तप्प जल विन्दु चुहाएर के निस्कियौ
स्नीग्ध, कोमल कंचन आहा नुहाएर के निस्कियौ

भाग्यमानी रै’छ साबुन फिँजै फिज भई बरालियो
जुन साबुनलाई अंग अंग छुवाएर के निस्कियौ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : म ढुङो कसरी बनुँ ?

~शोभाकान्त गौडेल~

बगरमा पल्टिरहेको पत्थर त होइन म
आत्मा र भवशून्य भइरहने
बनमा लडिरहेको मुढो पनि त होइन म
युगौदेखी निर्जीव सडिरहने
तर म ढुङो भइदिनु पर्‍यो रे !
या मुढो भइ लडिदिनु पर्‍यो रे !

रोदन, क्रन्दन सुन्छु
अन्याय र अत्याचार देख्छु
मनै मान्दैन भावना दौडिन्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : रोसीका हजार छाल

~युवराज नयाँघरे~Yubaraj Nayaghare

वैशाखको पहिल्यै दिन थिएँ म रोसी तीरमा !

विचित्र हुन्छ कहिलेकाँही । यदाकदा नसोचेकै कुराको जोरजाम हुन्छ । हठात्मा घुमन्ते भइन्छ, जोहो न सोहो । मेलोमेसोविनै डुलन्ते हुन पुगिन्छ । अपुताली लाभ भनेकै यै होला—अचम्मैले घुमघाम गर्न पुगिन्छ ।

हो, २०६८ सालको पहिलो दिन रोसी किनारमा थिएँ म । Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : तिम्रो याद

~समाश्री राउत~Sama Shree Raut

संझनाको छारोले आँखा बिझाउँदा
धमिलिएका आँखाहरुले देखें
चुपचाप
भुईमा संगै टाँसिएका एक जोडी छाँया
सर्दै सर्दै गएको
माथी घाम प्रखरै थियो
अझै मैले छुट्टिनुमा
बेलाबेलामा छेलिने
घाम दोषी देखें
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु-उत्सव

~भावना शर्मा~Bhawana Sharma


मृत्यु-बजारमा
उभ्याइएको यौटा पुत्ला
पटक पटक मारेर
देखाइन्छ रमिता
मानौं मृत्यु कुनै चटक हो !

ताली बज्छ पर्रर….
पटक पटक भाला रोपिँदा
म ज्युँदै जल्दा
अट्टाहास गुञ्जिन्छ बेसरी
यो मृत्यु-नगरीमा
जीवनको कुनै मोल छैन… Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरो सेकेण्ड लभ

~सुन्दर शिरीष~Sundar Shirish

म उसलाई प्रेम गर्छु सबैलाई थाहा छ।
प्रेम गर्नु कुनै अपराध होइन। उसँग मैले यति प्रगाढ प्रेम गरेछु कि उविना म अपूर्ण छु।

जीवनको एउटा मोडमा उसँग भेट भएको थियो। प्रत्यक्ष होइन भावनात्मक भेट। ऊ र मेरो मिलनको चौतारी साहित्य थियो। उसको लेखनबाट म निकै प्रभावित भएकी थिएँ। जुन प्रभाव मायामा परिणत भयो। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : मेरो बाल्यकाल

~ईश्वर थोकर~Ishwor Thokar_1

क्याफे न्यातापोल
सामुन्ने
एउटा बूढो किलामा
स्कूल बस
नआउञ्जेलसम्म
झुन्ड्याइरहन्थेँ– रातो तुम्लेट !

जब, बस आउँथ्यो– Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : भन्दा कसो होला

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

तिम्रा आँखा कारागार भन्दा कसो होला।
कैदी भा’को समाचार भन्दा कसो होला।

सुत्ने उठ्ने तालिका नै फेरिंदैछ मेरो।
दोषी तिम्रै व्यवहार भन्दा कसो होला। Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : टुुटायौ तिमीले

~प्रकाश निष्ठुुरी~prakash nisturi

विश्वासको बन्धन टुुटायौ तिमीले ।
बाचा अनि वन्धन छुटायौ तिमीले ।

साँच्चै कोही छैनन् अरु दिलमा भनी
हात समाउने अर्कै जुुटायौ तिमीले । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : चिठ्ठी नपठाउनू

~कमल संघर्ष~Kamal Sangharsha

यसरी खुला पानामा चिठ्ठी नपठाउनू
माया गर्ने बहानामा चिठ्ठी नपठाउनू

फेरि बैरीहरूले सुइँको पाउन सक्छन्
म हुनेछु सिमानामा चिठ्ठी नपठाउनू Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : बदनाम

~डा. अम्बरिश पोखरेल~Dr Ambrish Pokharal

नेपालमा,
भूकम्प आउँदा भूगर्भविद् बदनाम हुने
मनसुन आउँदा मौसमविद् बद्नाम हुने
पहिरो र बाढी आउँदा फेरी दुवैविद् बदनाम हुने

घर र सडक भत्किँदा इन्जिनियर बद्नाम हुने
बिरामी मर्दापर्दा डाक्टरहरू बद्नाम हुने Continue reading

Posted in कविता | Tagged | 2 Comments

कविता : बेनामि मस्तकमा उम्रिएका बिजहरु

~दीपराज नेयोंगहांग~Deepraj Neyonghang

जादुगरी सतरन्जमा
जफतिएका बेनामी मस्तकहरु
इतिहासका कलमहरुले नलेखिंदा अक्षरहरुमा
नेपथ्य बोल्छ-
प्रतिध्वनिमय चा/ताल खेल्दै
बिरोधाभास भित्ताहरु प्रती
अजस्र उभ्याउँदै घनहरु
बन्द कोठामा रिंगिनुको उपजमा
पड्कीन्छन बाँधहरु र बग्छन
धमिलो बनेर…

इतिव्रिती सुन्दै जाँदा
बाँसझ्याङहरु घाट तिर हिँड्दा हिँड्दा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रमिता

~विवश पोखरेल~Biwash Pokharel

दैनिक प्रक्रिया फेरि सुरु भएको छ। ऊ पुनः उही थोत्रो साइकल लिएर अगाडिको चौरीमा देखापर्छ। अब केही छिनपछि ऊसँग साइकल सिक्ने विविध अुनहारहरू देखा पर्नेछन्। फरक–फरक अनुहार, अनुहारमा एकरूपता छैन। आइतबार एउटी, सोमबार अर्की, मंगलबार अर्की, सुश्री र श्रीमतीहरू। यो सिलसिला निरन्तर चलिरहेको छ। चौरी उही छ, साइकल उही छ। प्रायः सधैं साइकल सिक्ने अनुहार फेरिन्छन्, सिकाउने ऊ फेरिँदैन। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Story of a Village

~Prabin Khaling~

Now a Day, villages somber in deep sleep
Habit of waking in the dawn has been forgotten
Walking with the rosters call has been interrupted
Now a day, villages run to the cities with flags and slogans. Continue reading

Posted in Poem | Tagged | Leave a comment