संस्मरण : म्याडम वुको पाककला

~ऋचा भट्टराई~Richa Bhattarai

किताब भेट्दा अमूल्य सम्पत्ति हात परेझैँ हुन्थ्यो मलाई । किताब नयाँ, आकर्षक, चिल्लो पनि हुनु पर्थेन, आफूले पहिला नदेखेको भए भयो । अझ सेकेन्ड ह्याण्ड मार्केटको मोलमोलाइपछि घरमा शरण लिन आइपुगेका पुराना, घाममा सुकेर खुइलिइएका र घुर्मिएका किताब भए झन् राम्रो । ती किताबको तिख्खर मीठो बास्नाको त लतै बसेको थियो । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : वरपीपलको कथा

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

वरपीपलको कथा जस्तै शितल शितल छाया तिमीलाई
यो जुनी मात्र होईन जन्मौं जन्म माया तिमीलाई

नसा नसा रगत भई तिमी बगि दिनु
यो छातिको मुटु भई सधैं सधैं धड्कि रहनु
आकाशका लाखौ तारा जुनै तिमीलाई Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मलाई नयाँ वर्षको शुभकामना चाहिँदैन

~फणीन्द्र फुयाल ‘ज्वाला’~Phanindra Fuyal 'Jwala'

मलाई नव वर्षको शुभकामना चाहिंदैन
किनकी म श्रम र पसिनामा विश्वास गर्ने मान्छे,
कसैको शुभकामना र शुभेच्छाका शव्दले
कसैको साँझ–बिहानको छाक टर्दैन

त्यसैले मलाई
नयाँ वर्षको शुभकामना चाहिंदैन ।
सक्छौ भने बेराजगारीको भूमरीमा जिउन बाध्य
आम नेपालीलाई रोजगारीको ग्यारेन्टी देऊ
अकालमा मृत्युवरण गर्न बाध्य Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झनामा पोखिएको मन

~कृष्ण पहारीKrishna Pahari

तिम्रो एक चिम्टी सम्झनाले
मलाई एक हिक्का बाडुली लाग्दा
म त अवाक् बनेछु
अनि बेहोसमै
फेरि तिम्रो सम्झनामा छताछुल्ल पग्लिएर
थाहै नपाइकन
म त छरपस्ट बिस्ताराभरि पोखिएछु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्धको देशमा

~राजन काफ्ले~

मात्रृभूमि नेपाल !
कस्तो छ तिम्रो हाल ?
सुनेको छु तिम्रो शान्त परिवेश
हो, गौतम बुद्ध जन्मेको देश !
अब त आगतको इतिहासमा लेखिने छ
तिम्रा सन्ततिका किताबमा देखिनेछ
अतितमा हाम्रो देश
हो, बुद्ध जन्मेको देश !
धर्तिमा शान्तिको दियो बनेर
अविरल प्रज्वलित थियो भनेर। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : छुट्टी : मिश्रित स्वाद

~रोशन शेरचन~Roshan Sherchan

कर्मचारी जीवनमा सबभन्दा लामो छुट्टी हुने भनेकै दशैँ हो । तर, अक्सर छुट्टी त्यसै खेर जान्छन् । विगत वर्षमा लामा विदा खेर गएको अनुभव भयो मलाई । त्यसैले, २०६६ को दशैँमा औपचारिकता र नियमिततावाहेक केही सृजनात्मक क्षण विताऊँ भन्ने लाग्यो र किताब र सिनेमाको सूचि बनाएँ । अन्ततोगत्वा, चारवटा पुस्तक र एउटा सिनेमा छाने‌ँ । खाका शायद अलि महत्वाकांक्षी थियो तर म्यारिजमा लहसिने बानी नभएकाले पूरा गर्न असम्भव थिएन ।  Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : टालेँ जिन्दगीलाई

~सुहानी गौतम~Suhani Gautam

यतै फाट्यो उतै फाट्यो टालेँ जिन्दगीलाई
गर्नसम्म माया गरेँ साले जिन्दगीलाई

सुनेँ संघर्ष नै हो जिन्दगीलाई प्यारो लाग्ने
जानी–नजानी संघर्षको खाल्डोमा हालेँ जिन्दगीलाई Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : विचार बदलिन्छ

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

मान्छेमा आजकाल विचार बदलिन्छ
हुँदा र नहुँदामा डकार बदलिन्छ

आफ्नो जीवनमा राजकुमार फेर्दै जाँदा
भगवानको घाँटीमा झैं हार बदलिन्छ Continue reading →

Posted in गजल | Tagged | 1 Comment

कथा : कैदीको छोरो

~डा. कविताराम श्रेष्ठ~Kavita Ram Shrestha

म यही जेलभित्र जन्मेको हुँ । यसका भित्तामा टाँसिएको रङीचङ्गी तस्वीर र क्यालेण्डरहरुसँग मज्जा लिँदै आएको हुँ । हावाको गति अनुसार ती हल्लन्छन् र झर्छन् पनि । धेरैजसो मेरा बाबु र आमाले त्यसलाई यथावत् राख्न कोशिश गर्छन् । हावा चल्ने मौसम छ । जति राखे पनि त्यो झरिहाहल्छ । झर्को लागेर मेरा बाबु र आमा केही नगरी बसिदिन्छन् ।

अनि पाले आएर झ्याल थुनिदिन्छ ।

कोठालाई स्वच्छ राख्ने हावा र प्रकाश त्यहाँ छिर्नै सक्दैन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिम्रो विश्वाशमा

~आचार्य प्रभा~acharya Prabha

तिम्रो विश्वासमा मनको बह पोखेँ
तिम्रो मूल्य मनको तराजुमा जोखेँ ……

अपाङ्ग यो मनको बैशाखी नै थिएन
अधरले कहिल्यै मुस्कान नै पिएन …….., Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कविभित्रको मान्छे

~मञ्जुुल~manjul

कवि अन्धकार ठाउँमा गयो भने
आकाशसँग कुरा गर्र्छ
क्षितिजसँग
घामसँग कुरा गर्छ
छायाँसँग ।

ऊ पाखा-भित्तासँग कुरा गर्छ
बन जँगलसँग
खोलासँग कुरा गर्छ
बारी र खेतसँग । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : उनीलाई

~सुरेश सुवेदी~Suresh Subedi

मनको सादा कागजमा केरी उनीलाई
लेख्दै छु म यौटा चिठी फेरि उनीलाई

फूल हैन नझुक्किनू जून पनि हैन
बगैंचामा एक्लै देख्दाखेरि उनीलाई Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : कविताको उज्यालो

~रमेश श्रेष्ठ~Ramesh shrestha_1

सदनबाट लखेटिएको मान्छेको सपनाको
हत्या भएको छ
सडकमा,
पृथ्वीको सम्पूर्ण प्रार्थना
आँसुको आहाल भएर
रोइरहेका छन् छहराहरूमा,

झण्डा च्यात्ने नारा
अकस्मात जन्मिएको छ गणितबाट,
सिमाना– Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हेड लाईन र कविता

~गण्डकीपुत्र~Gandakiputra

झर्रो शब्दजाल बुनेर चौबन्दिको गित लेख्दैमा
भिर ठुलेको भोको पेट र नाङ्गो आङ्ग देख्दैमा
मानवताको टाउकोमा शिखण्डी तरवार नचलाउने
संदेश बोल्दैमा
बाहिर सुकिला देखिएका कालाहरुको कपटी पोल खोल्दैमा
तिमि भेला भएर बाँचेको
कविताले छुनै सक्दैन
झुम्रे साहित्यकार तिमीसंग दरवार छैन
त्यसैले पनि कविगोष्ठी समाचारको हेड लाईन हुनै सक्दैन | Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पानी छैन

~खगेन्द्र गिरि ‘कोपिला’~Khagendra Giri Kopila

पोखरी छ, पानी छैन
शरीर छ, जवानी छैन

मौन रहनदेऊ शब्दहरू
घटना छ, कहानी छैन

बितेको त्यो इतिहासको
सम्झना छ, निशानी छैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : दाइजो कविता

~बिक्रम सुब्बा~Bikram Subba

मसंग दुइटा स्वस्थ्य आँखा छन्
मलाई एउटा भए
दुनियाको कालो सेतो हेर्न पुगिहाल्छ
तिमी एउटा आंँखा लैजाउ
कतै बेच
त्यसले शिरबन्दि किन ?

मसंंग दुइवटा लगनशील हात छन्
मलाई एउटा भए
जिन्दगीको कविता लेख्न पुगिहाल्छ
एउटा हात तिमी लैजाउ
कतै बेच
त्यसले रंगिविरंगी चुराहरु किन ? Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : मनभित्र एउटा गतिलो घर छैन

~विष्णुविभु घिमिरे~Bishnubibhu Ghimire

कोरा सम्झौताहरु च्यापेर आँखामा
मान्छे म्रल सडक र गोरेटोबीच
एउटा, एउटा पार्थक्यहरुमा
एउटा, एउटा ब्यँग्यहरुमा
उपहास ओढेर अपजसहरुको
केवल दृष्टिबोध अलमलिएर
केवल धृष्टताहरु मनभरि छापेर
प्mयूज गएका भ्रमका तारहरुमा आफूलाई जेल्याएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Memoir : Ram Narayan Sir

~Mohan Sitoula~Dr Mohan Sitoula

With a very handsome and majestic personality, still better with his skillfully pruned and very well taken care of hair, Ram Narayan Pradhan was a dedicated teacher of talent and sweet tone, a committed educational administrator and later on a successful journalist- Chief Editor of Himalayan Times Daily – of his time. As Continue reading →

Posted in Memoir | Tagged | Leave a comment

यात्रा संस्मरण : उकाली ओरालीहरुमा

~निशान यात्री~Nishan Yatri

निशान भाई सुन्यौ ?

हजुर भन्नुस दाई ! म सुन्दै त छु हजुरको कुराहरु पोखरा देखि यहाँ सम्म ।

यो ठाउँलाई सल्यान भन्छ नि भनेर दाइले मलाई जिल्याई दिनु भयो । सल्यान त बुटवल हुँदै पश्चिम गए पछि आउँछ भन्ने सुन्या थेँ, हैन पोखरा बाट यति नजिक पर्छ र भन्या, हजुरले ठट्टा गर्नु भो होला । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

लघुकथा : कथाकार हाकिम

~महेशविक्रम शाह~Mahesh Bikram Shah

हिमबाबु नाम चलेका कथाकार हुन्। साहित्यकार भएकै कारणले होला उनी आफ्नो फुर्सदको समयलाई साहित्य सिर्जनामा उपयोग गर्छन्। जिल्लाको सदरमुकाममा उनी मात्र होइन, संघ–संस्थाहरु तथा श्री ५ को सरकारका अन्य निकायहरुका हाकिम साहेबहरु पनि छन्। यहाँका कार्यालयहरुमा कामको चाप न्यून छ र हाकिमसाहबहरु फुर्सदको समयमा पप्लु र मेरिज खेलेर, लोकल ठर्राको घुट्को निल्दै र कुखुराको साँप्रो लुछेर बिताउने गर्दछन्।
Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : प्यार भयो होला

~ज्ञानुवाकर पौडेल~Gyanuwakar Paudel

ठट्टैठट्टामा कस्तो यो प्यार भयो होला
खेलखेलमै त्रि्रो शिकार भयो होला ।

फुट्यो होला पहिले त संयमको बाँध
सानो सियो अनि तरबार भयो होला ।
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : कति अनुशासित ?

~ओनिक अज्ञात~Onic Agyat

———————
म त सजीव प्राणी हुँ
काटे रगत आउँछ अनि दुख्छ
म साँच्चै नै जीवित हुँ
किनभने, मेरो आत्मा सक्रिय छ
मन कहाँ-कहाँ कता-कता डुल्न पुग्छ
कहिले धर्तीमा, त कहिले आकाशमा
कहिले सूर्यमा, त कहिले चन्द्रमामा
म आफ्नो दिन-चर्यामा लिप्त छु
आफ्नो काम प्रति उतरदायी छु
एउटा प्रश्न मगजमा खेल्द्छ
मस्तिष्कलाई फनफनी घुमाउँद्छ
के म अनुशासित छु त ?
के संसारका सबै सजीव प्राणीहरू
अनुशासित छन् त ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : भुमरी

~केशब फुयाँल~Keshab Phuyal

उठ जाग जान्नेहरु, सिकाउनलाई उठ ।
जान्नेहरु उठ जाग, सिकाउनलाई उठ ।।
बुझेर ज्ञान सल्काउन, आगो भई उठ ।।।
उठ जाग हो…. उठ जाग हो….

भरेभोली भन्ने कुरा हुँदै गर्छ होला ।
आयो बाढी बग्यो खोला खेर जान्छ होला ।।
छेक–बाँध।।… छेक–बाँध।।… Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

पत्र साहित्य : वर्षा क्षेत्रीलाई जवाफ

~प्रभात बास्कोटा~Prabhat Baskota

समय: विगतले चिमोटिरहँदा
स्थान: सन्नाटा भित्रको कोलाहलमा

प्रिय वर्षा,

उत्तर फर्काउँनु उचित थियो या अनुचित थियो तिम्रो पत्रको, त्यो त जाँन्दिन म किन्तुमनमा उब्जेका अनेकन भावहरुलाई कुण्ठित बनाउँनु हुन्न भन्ने लागेर तिम्रो नाममा यो पत्र कोर्दैछु, सायद यो नै पहिलो र अन्तिम होला म बाट तिम्रो नामको पत्र। पहिलो यसकारणले कि मैले तिमिलाई कहिल्यै पत्र लेख्नु परेन, पत्र लेख्ने स्थिती नै सिर्जना भएन हिजोका दिनमा अनि अन्तिम यसर्थ कि अब उपरान्त तिमी भनेर मेरो कलमले कागजका पन्नाहरु कदापी पोत्नेछैन। तिमिले पनि अब मेरो नाममा कुनै त्यस्तो पत्र लेख्ने छैनौ भनेर थाहा छ मलाई।

Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : उदाउन लागेको बिहान

~साबित्रा काफ्ले~sabitra kafle

सखारै,
एकहुल परेवाहरु,
अनन्त यात्रा कोर्छन्
छिडीमा बसेर।
अनिश्चयको
ओत ओडेका
गौथलीहरु,
चारा खोज्छन्
लीउन बसेको
रातो आकाशमा।

कात्रो ओडेर,
हिमाल रुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश नेपाल

~हरिवंश अाचार्य~Haribansha acharya

एउटा आँखाबाट मेरो मधेस रोइराछ ।
अर्को आँखाबाट मेरो पहाड बगिराछ ।
आँखा दुइटा भए पनि छाती एउटै छ नि ।
दुई आँखाकै मूल फुटेको छातीभित्रै हो नि ।
मधेस, पहाड छातीभित्र नेपाललाई हालौं ।
छातीभित्र घाउ छ भने देशले नै टालौं । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : खुशी दियो बल्यो

~आचार्य प्रभा~Acharya Prabha

नेपालीको मन मन्दिरमा खुशी दियो बल्यो।
अबिश्वास र बैमष्यता अब भने ढल्यो। Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : जिन्दगी कहाँकहाँ दुख्छ

~दिप्स शाह~Deeps Shah

जिन्दगी कहाँकहाँ दुख्छ
कतिबेला दुख्छ
केका लागि दुख्छ
तर दुख्न चाँहीँ दुख्छ,दुखिरहन्छ

बाध्यता र बिवशताको काँढा बिजाउँदा
आफ्नै मुटु छाम्न असमर्थ
यि कमजोर हत्केलाले
मैले तिम्रो घाऊ छुन सकिन सखी!
सत्य भनुँ!
जिन्दगी कहाँकहाँ दुख्छ ..दुखिरहन्छ ।।

थाहा छ कि म कृतघ्न होइन
तर कृतज्ञताको नाममा केही गरेको पनि त छैन !
सस्तो बिलौना गरिन मैले सखी!
तर पल्पल कुँडिएर बाँचेको जिन्दगीलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : भेट्न आउँछौ कतिञ्जेल

~प्रकाश धौलाकोटी ‘प्रयासी’~Prakash Dhaulakoti 'Prayash'

लुकी लुकी मलाई भेट्न आउँछौ कतिञ्जेल ।
अर्थहिन यस्तो माया लाउँछौ कतिञ्जेल ।

न त म नै तिम्रो हुुन्छुु न त तिमी मेरो,
चोटै चोटको पहाड यो बनाउछौँ कतिञ्जेल । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रेमिलो सम्बोधन

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

प्रिय अनुराग !
अदृश्यबोध यो धरातलमा
शून्य की अर्धचेतमा रुमलिंदा
संसार चिन्ने तिम्रो आँखा दियौ।
त्यसैले
अचेल मैले संसार देख्दैछु।
समताको इन्द्रेणी देख्दैछु।
हो,तिम्रै मायाको सुगन्धले
यो राज्य भरि समाबेशी-
फूलहरुको कथा लेख्दैछु।
जन्म र मृत्‍यु क्षणिक पलक
“हाम्रो” यो पहारा जीवन
गग्रेनी छिचोल्दा खसेका
भावनाका खण्डहरमा पनि
समताको बैंशालु गुराँस फुल्नु पर्छ।
भन्दैछु अचेल म ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : थोते साइँलो

~उपेन्द्र सुब्बा~Upendra Subba_1

थोते साइँलो जिल्ला प्रशासन कार्यालयका सुब्बासँग बाझिरहेको छ।

थोते साइँलोको असली नाम गोविन्द लिम्बू हो। उसले नसुन्ने गरी अरूले ‘थोते साइँलो’ भन्छन्। मान्छेले आफूलाई थोते भन्छन् भन्ने उसलाई पनि थाहा छ। कसैले झुक्किएर थोते साइँलो भनी बोलाइहाले भने पहिलोचोटिलाई ऊ सुझावको रूपमा दाँत जोगाउने तीन उपाय बताउँछ–

१. बिहान–बेलुका सधैं दाँत माझ्ने,
२. गुलियो नखाने, खाए पनि मुख कुल्ला गर्ने
३. मलाई फेरि थोते साइँलो नभन्ने। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमी र म!

~रिता राई~Rita Yamphu Rai

तिमी र म पुरक हौं
म जुन कोणमा छु
तिमी त्यहि कोणमा छौं
कसरी भन्न सकिन्छ?
“म जे सुकै गरु”!
किन की
हामी माथिको आकाश
हामी बाच्ने धर्ती
हामी बस्ने शहर
हामी हिड्ने गल्ली
हामीले सासफेर्ने हावा
सबै एउटै छ
त्यसैले
तिमी/म जे सुकै गर्न पाउदैनौं। Continue reading →

Posted in कविता | Tagged | Leave a comment