कविता : लैजाऊ सबै

~नविन लोचन मगर~Nabin Lochan Magar

लैजाउ सबै
मेरा हात खुट्टा लैजाऊ
खाना लैजाऊ, वस्त्र लैजाऊ
मेरो काट्रो निधारमा छ यो पनि लैजाऊ
मेरो आस्था मस्टिष्कमा छ उखेलेर लैजाऊ
मेरो दर्शन कलेजीमा हस्ताक्षरित छ फुकालेर लैजाऊ
तिमीलाई के चाहिन्छ
र म सँग जे छ, सबै लैजाऊ
तिम्रो सम्पन्नतामा के को कमी छ
खोतली–खोतली त्यही झिकेर लैजाऊ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : सरकार !!

~प्रमोद श्रेष्ठ~

सरकार !!
धेरै तमासा नदेखा
सक्छस भने देखा तेरो तागत
ठोक गोली निदारमा
निकालिदे मेरो गिदिहरु
हान गोली मेरो छातिमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म रोएँ

~अर्जुनकुमार ढकाल~Arjun Kumar Dhakal

ए रगतमा पौडी खेली आएकाहरू हो,
म त रगत देखेर रोएँ अनि त्यो फगत देखेर रोएँ
ए जलाएर आएकाहरू हो,
म त जलेको देखेर रोएँ अनि बलेको देखेर रोएँ
ए भाला र बन्चरो बोक्नेहरू हो,
मत भाला रोपेको देखेर रोएँ अनि निर्दाेष बालक छोपेको देखेर रोएँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : कहीँ कतै हराएँ भने म

~प्रकाश सायमी~Prakash Sayami

हरिभक्त कटुवाल अब छैनन्, उनी बाँचेका भए यो वर्ष ८० का हुन्थे। आँग्लाहरू यस घडीलाई अक्टोजेरियन भन्छन्। उनी अक्टोजेरियनमा हुँदा गाली खाँदै हुन्थे कि ताली, त्योचाहिँ अनुमान गर्न गाह्रो छ।

४२ वर्ष दुई महिनाको जिन्दगी बाँचेर उनी खुदा हाफिज भए। अहिले बाँचेका स्रष्टाको तुलनामा उनले आधा जीवन पाएका थिए तर ख्याति र चर्चा त्यत्तिकै दोब्बर। Continue reading →

Posted in संस्मरण | Leave a comment

कविता : श्रमिकहरु

~डम्बर पौडेल~Dambar Paudel

उज्यालो प्रकाश चम् चम् चम्कियो , उदायो सारा बस्ति
कति छन् दिन रात परिश्रम गरने , कोहि गर्छन बसि मस्ती
अचम्मै नियम संसार कि यस्तो , भगवान उल्टा भए
गरिब बिचरा पसिना तरर , भन्दैनन कोहि जय |

ढाकर पिठयुमा बोकेर बिचरा , गर्दछ शहर गाउ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : कृतज्ञता

~विनय कसजु~Binay Kasaju

खोलाको दर्ुइ किनारामा आँपका दुइटा बोट थिए । आँप फल्ने मौसममा दुबै बोटमा लटरम्म आँप फल्थ्यो । बोटमा आँप हुँदासम्म विहानदेखि साँझसम्म केटकेटी, तन्नेरी र बूढाबूढीहरु पनि बोटमुनि झुम्मिरहन्थे । कोही झोला बोकेर रुख चढथे र पाकेको नपाकेको आँप छानीछानी टिप्थे । तर धेरैजसो मानिसहरु बगरका ढुंगा र दाउराको झटारोले हानेर आँप झार्थे । यसरी आँप झार्दा पाकेकोभन्दा पनि काँचा रस नपसेका बिबिरा आँप धेरै खेर जान्थे । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : नि:शव्द !

~डिलाराम खरेल~Dilaram Kharel

शव्दै शव्दको जाल भित्र म नि : शव्द !
साहित्य ,श्रस्टा अनि
भानु तिम्रो सम्झनामा नि : शव्द !

कंचन कोमल र कोकिलकंठ हराए छन की !
गद्य , पद्य , लय
अनि छन्दमा नि : शव्द !
भानु तिम्रो सम्झनामा नि : शव्द ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पुनर्गमन

~घनश्याम शर्मा~Ghanashyam Sharma

“बा काठमाडौँ जाऔँ । एक्लै गाउँमा कसरी बिताउनु हुन्छ । यो बुढ्यौली शरिर बोकेर कती खेतबारी बस्तु डिंगा भन्नुहुन्छ । आखिर एकदिन त छुट्ने नै हुन् ।”

बाको फुङ्ग उडेको अनुहारभित्र गाडिएको आँखामा डरले आँखा जुधाउँदै मैले प्रस्ताव राखेँ । बाले चिन्डेको लेकतिर एकनाश हेरीरहनु भयो, म डराइरहेको थिएँ ।मेरो अनुहार रातो रातो भैसकेको थियो । बा रिसाउनु पो हुन्छ कि ? वहाँ असाध्यै रिसाहा मानिन्थ्यो आफ्नो बेलामा अझैपनि सबै जना डराउँछन् गाउँमा । चिन्डेको लेक हिउँले छपक्कै ढाकेको छ सेतै । हरियो डाँडालाई सेतो पछ्यौरा ओढाएको लाग्ने मनोरम दृश्य । मेरो घरको दृश्य भने दुःखपूर्ण, ओइलाएका फूलहरूको बगैँचा जस्तो । निकै दिनदेखि कसैको स्याहार नगरेको बगैचा जस्तो ।

बा बोल्नुु भएन । मैले तत्काल सोहि कुराको पुनरावृत गर्न पनि सकिनँ । म Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शिविरको चिट्ठी

~गंगा बीसी~Ganga BC

जेठ महिनामा तराईमा रहेको छापामार अस्थायी शिविरमा गर्मी निकै मात्तिएको थियो । आकासमा खैरो बादल बाक्लिदै थियो । छापामारहरु मौसमको प्रतिकूलतालाई अनुकूलतामा बदल्ने प्रयास गरिरहेका थिए । उनीहरुले लगाएको मैलो कम्ब्याट पसिनाले निथु्रक्क भिजेको थियो । केही छापामारलाई भने गाउँघर र परिवारको यादले निकै सताइरहेको छनक दिइरहेका थिए, भित्रभित्रै भुसको आगोझैं । मुक्ति अभियानमा सामूहिक रुपमा लागेका उनीहरुले गाउँ, घरपरिवारको निजी कुरा गरेर मनलाई बेचैन भएको कमाण्डर सामु र साथीभाइको अगाडि देखाउन निकै गाह्रो थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मैथिली कविता : कम्प्यूटरक दुनिया

~विनीत ठाकुर~Binit Thakur

ईन्टरनेट, ईमेल कम्प्यूटर के दुनिया ।
च्याटीङ्ग पर भेटल हमर ललमुनिया ।।
नाम ओकर भाई जेहने छै अलका ।
तेहने ललितगर केश ओकर ललका ।। Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

संस्मरण : पहिलो मम:

~वरुण पोख्रेल~

सधैंको यौटै रुटिन । ब्यान उठ, आँखा मिच्दै धारामा जाउ, पालो बस, पानी ल्याउ चार पाँच खेप दनादन । चाकामा बाँसा’ सुपिलो (खोइलो) लगाउ, चुइने गाग्री पछाडि धारा लाउँदै । चप्पल भिजेर माटो मिसिएर चिप्लेर उस्तै आपत । घर आइपुग्दा पानी गाग्रीको घाँटीबाट तल लागिसकेको हुन्थ्यो । छोत्ल्याङ्-छोत्ल्याङ् गरेर गर्धन तिर नि चुत्रुक्कै । कैले च्या खान पाइन्त्यो, बासी भात बँच्या भए त्यै च्याको सितन, कैले मकैका रोटा । टाप्टुप पार्यो घाँस-दाउरा हिँड्यो । फर्केर आयो, चिसो भैसकेको आटो दन्कायो फेरी गोरु फुकायो चल्यो ग्वाल । खेत-बारीको काम भए घाँस दाउराको रुटिन क्यान्सिल, ब्यानी धन्धा सक्यो आटो खायो चल्यो खेत-बारीमा । दिक्कै लाग्दो । सधैं उस्तै । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : मात चाहिदैन

~डा सुरेश ज्योतिपुञ्ज~Jyotipunja Suresh

बाहिरी त्यो रङ्गरुपको मात चाहिदैन।
मायामा वाचाकसमको खात चाहिदैन।

सम्झिराखे हुन्छ,मनभित्र देउतालाई,
चढाउन उसलाई फूल-पात चाहिदैन।

बनपाखालाई रातो,गुरास भये पुग्छ,
इन्द्रेणिको जस्तो रङ्ग सात चाहिदैन। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

चित्रकुमार गुरुङका ५ हाइकुहरु

~चित्रकुमार गुरुङ~Chitra Kumar Gurung

मेरो विश्वास
बालुवाको पर्खाल
तिम्रो कसम ।

मन नै त हो
गरिबको सम्पत्ति
कति हो कति ।

असल मित्र
बस्दछ दिलभित्र
कति पवित्र । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गीत : जुन फूललाई पानी दियौँ

~जीवन ‘सागर’ भण्डारी~

जुन फूललाई पानी दियौँ, जुन फूललाई मल हाल्यौं
आज फेरि पापी बन्यौ, त्यै फूललाई टिप्न थाल्यौं ।

तिम्रा हरेक स्वार्थहरु कसो गरी सिद्धि गरुँ
सहिदिन्छु चुपचाप कसोगरी जिद्धि गरुँ
मन्दिरमा चढाऊ मलाई पूरा गर धर्म-कर्म Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सीमान्तर

~रञ्जना उदास~Ranjana Udas

सीमा सीमाको असमानतालाई नाघ्दै
जब हामी भावनाको शून्यतामा डुव्दर्छौं
अनि,
कोरिन थाल्छन् रेखाहरु
सीमान्तर भएर ।
किनकि,
असीमित जिन्दगीमा कोरिने सीमारेखाहरु
सीमित भएरै पनि
सीमान्तर भै दिन्छन् ।

नौलाख ताराहरु उदाउने आकाशमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : छैन

~चट्याङ मास्टर~Chatyang Master

एकाबिहानै मुख छोपेको सिरक पन्छाउँदै रोमण्टिक मुडम श्रीमतीसँग सोधेँ– “के छ हालखबर ?” पसलेले योसँग कति ठगे ठीक पर्ला भन्ने निर्णय गर्न नसकेर सामान नै छैन भनेझैँ, श्रीमतीले पनि अन्कनाउँदै भनिन्– “कोही पनि छैन ।” Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : युद्ध

~प्रतिमा के.सी.~Pratima KC

ऊ जगतकी जननी हो
संसारकी सृष्टीकर्ता हो
हर मानवकी माता हो
जीवन दाता हो

तर, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्पन्दन

~डा. बिनोद मणि बराल~

लाग्छ, उसलाई खहरे खोलाले
लालुपाते भञ्ज्यांगले
बयरघारी घामले तातेका टारले
त्यति मात्र कहाँ हो र
सिन्कौलीका जराले मात्र होइन
खनिउ, भलायोले समेत उसलाई
झक्झक्याइरहेछन्
ऊ निदाएको मान्छे
ऊ टोलाएको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरो अधूरोपन

~मधुवन पौडेल~Madhuban Paudel

पुराना कागजपत्र केलाउँदा चार–पाँच पानाको पाण्डुलिपि भेट्टाएँ । मैले त्यसमा आफ्नै जीवनको कथा लेखेको थिएँ ।

गर्भे टुहुरो अनि दाजुले आफ्नै सन्तानजस्तै गरी हुर्काउनुभएको म । मैले दाजुको छहारीको सौभाग्य पनि धेरै वर्षसम्म पाइनँ । सधैँकी बिरामी भाउजूले छाडेर गएपछि त म र दाजुको सम्पूर्ण समय सुयोगकै स्याहारसुसारमै बित्यो । अनि, एक दिन दाजुले पनि छाडेर जानुभयो ।
Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ भाषी गजल : ताला एला ल्हारी बास

~सुनसान तामाङ पाख्रिन~Sunsan Tamang Pakhrin

थाक्लाङ्गो जुवा थेन थास ताला एला ल्हारी बास
चुराङबा कलिलो उमेररी जीन्दगी ताला एला नास

फूर्ति ओन्सी थाक्लाङ्गो ए, एला जिन्दगी थेरीन निला
एसे तिला याङला खेप्पा स्हे, जुवा तास क्लाङसी खास Continue reading →

Posted in तामाङ गजल | Tagged | Leave a comment

कविता : सन्यासीहरुको विश्वब्रह्माण्ड : च्यांगबाको बस्तीबाट हेर्दा

~मधु माधुर्य~Dr Madhu Shrestha Madhurya

लछार पछार पारेर धरातल
छातीभरि उठेका गगनचुम्बी घरहरु
च्यातेर आकाश युगको नशाले
फुटाएर धर्ती आणविक घनले
उन्मत्त उन्मत्त यो वर्तमान
बेचेर आप्mनो स्वाभिमान
सभ्यताको पाठ पढाउँछ हामीलाई
बोकेर पत्थरको हृदय
मानवताको व्याख्या गर्छ बस्तीहरुलाई
पैmलाउँदै रंगमञ्च युद्धहरुको
शान्तिको सन्देश सुनाउँछ मान्छेहरुलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्ती आमाको अर्ति

~रन्जना कार्की~Ranjana Karki

म यति सक्क्षम हुदाहुँदै
परनिर्भर भएर
मलाई असफल आमा बनायौ।
मेरो अस्तित्व र अस्मिता
आफ्नो ब्याक्तिगत स्वार्थ पुर्तिका लागि छिमेकीलाई चढायौ ।।

भोग अब यो सब कर्तुतको दोषी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म नेपाली

~पृथु कठेत~Prithu Kathit

न तिम्रो अगाडि झुकियो
न झुकिन्छौ
न झुकिने नै छौ।
तिम्रो प्रलोभन ले कहिले आफ्नो स्वाभिमान गुमाएनौ
न गुमाउने नै छौ।
तिम्रो आफ्नो देश हैन
तिम्रो आफ्नो साझा सम्पती पनि हैन
यो त एउटा ४ जात ३६ वर्ण को साझा फुलबारी हो।
न त हामीले भिख माग्यौ
हामी ले आफ्नो श्रम ले कमाएको धन ले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नसक्ने भएछु

~बज्रकुमार राई~Bajra Kumar Rai

तिम्रो सम्झनामा मेरो आँसु पिउँदा-पिउँदै पिउन नसक्ने भएछु
जिउँदा-जिउँदै तिम्रो नाममा जिन्दगी, म जिउन नसक्ने भएछु

स्वर अनायासै लर्बरायो, तिम्रो प्रेमको बखान गर्दा-गर्दै
म मदहोशीमा तिम्रो तस्वीर हेरेर बोल्नै नसक्ने भएछु

मन यसै भक्कानियो, तिम्रो कल्पनामा खेल्दा-खेल्दै
म आँखा पुछेर हरेक पल्ट, दिलको ढोका खोल्नै नसक्ने भएछु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : साउदी

~उमा सुवेदी~Uma Subedi

आठ वर्षपछि दमन्तीका बा गोविन्द साउदीबाट नेपाल फर्केका थिए । केही दिनपछिदेखि नै दमन्तीकी आमाले लोग्नेलाई शान्तिटारमा नबस्ने भन्दै करकर गर्न थालेकी थिइन् ।  शान्तिटारमा उनीहरूको सानो झुप्रो थियो । साउदीबाट कमाएको पैसाले यही आधा बिघा जग्गा किनेर तरकारी खेती गरेर बस्ने रहर थियो दमन्तीका पितालाई  ।

‘मेरा दिदीबहिनी मंगलवारे बजारमा दिनभरि खुट्टा हल्लार बस्छन् । म भने यो कुहिएको हिलोमा गाडिनुपर्छ ।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : पर्खालभित्रको घाम — नारी परिवेशका तीखा आवाज

~कुमारी लामा~

कुरो बिलकुलै नयाँ होइन । उही पुरानै । अस्तित्वको, पहिचान र आफ्नो स्थानको । आवाज जो थियो तर थियो धुमिल र मधुरो । तर, आज एकाएक ठूलो गर्जन भएको छ, शब्दहरूको । चुपचाप पुस्तकभित्र च्यापिएर बसेका शब्दहरूको आवाज । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

रमेश नेम्बाङका ३ लिम्बू हाइकु

~रमेश नेम्बाङ~Ramesh Nembang

(१)
आनी लाजेले
कुमिक्वा मारेरो
कूनिंवा तुगे

(२) Continue reading →

Posted in लिम्बू हाइकु | Tagged | Leave a comment

कथा : बाँकी बिस्तारै मिल्दै जाला !

~सुमन पछाई~Suman Pachhai

“बाबु तिमी ठूलो भएपछि के बन्ने ?”

सामान्यतया यस्ता प्रश्नहरुमा लालाबालाहरुले भन्ने गर्छन्– डाक्टर, इन्जिनियर, पाइलट इत्यादि कमसेकम ठूलो मान्छे बन्छु भन्छन् । तर, ऊ अलि फरक स्वभावको थियो । ऊसले यस्तोउस्तो केही भन्थेन । कसैले यस्तो प्रश्न गरिहालेमा प्रत्युत्तरमा ऊ मौन भै बसिदिन्थ्यो या त थोरै मुस्कान फ्याँकिदिन्थ्यो । बाँकी केही बोल्थेनँ, अहँ केहि बोल्थेन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिम्ब

~रेवती राज खड्का~Rebati Raj Khadka

अपसोच बिम्बै बिम्बको शब्दहुलमा
म यथार्त भेट्न सक्दिन
कुनै मुल्यवान चिज जस्तै
पराइ आँखाबाट बचाउदै
पराइ आँखाको लागि
उपहार यो कस्तो ? खोतल्दा खोतल्दै
दिन जाने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मनोवाद : करिअर क्यान्सर

~राजन गोदार~

प्रिय बाउन्सर !

तिमीले मलाई अनावश्यक रिह्याव सेन्टरमा लग्दै छौ। पूरै रिङरोडलाई साढे पाँच इन्चको सानो सिन्काले नाप्न लगाउँछन् रे त्यहाँ ! र, सोध्छन् रे आखिरीमा, कति सिन्का भयो भनेर। एक बोरा चामल खन्याएर गन्न लगाउँछन् रे त्यहाँ ! र, सोध्छन् रे, कति गेडा पुग्यो भनेर। मलाई त अहिल्यै झिझ्याटको पूर्वानुभूतिले मुत्मुते लाग्न थालेको छ। के साँच्चै म ठीक हुँला त? Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged | Leave a comment

मैथिली गजल : डर लगैए

~रोशन जनकपुरी~Roshan Janakpuri

नाचि रहल गिरगिटिया कोना, डर लगैए
साँच झूठमे झिझिरकोना, डर लगैए

कफन पहिरने लोक घुमए एम्हर ओमहर
शहर बनल मरघटके बिछौना, डर लगैए Continue reading →

Posted in मैथिली गजल | Tagged | Leave a comment

छोक : ढाँट

~धनबहादुर मगर~Dhana Bahadur Magar

आज दिनभरि तिमी मलाई गाली गर
चोकको भाषणभन्दा बरु तिम्रो खस्रो वचनमा सत्य भेट्छु।
तिनीहरू खाली ढाँट कुरा गर्छन्।
तिनीहरूले ल्याएको ब्यवस्था पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment