गजल : तिमि आयौ सहमतिमा

~संजय कुमार खड्का ~Sanjay Kumar Khadka

जब म्याद बिते पछी तिमि आयौ सहमतिमा ,
बाँडी चुँडी मन्त्रि खान तिमि धायौ सहमतिमा ||

भाका हाली लेग्रो तानी आशा दियौ संबिधानको ,
जसो तसो नेता तिमि भता खायौ सहमतिमा || Continue reading →

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : पर्तिर बस्छ

~सलेम सुलेरी~Salem Suleri
अनुवाद : कुमुद अधिकारी

धरा पर्तिर एउटा देश
देश पर्तिर गृह
गृह पर्तिर संसार
त्यहाँ बस्छ एउटा देह ।

देह पर्तिर खडा छातीkumud Adhikari_1
छाती पर्तिर हाड-फ्रेम
फ्रेम पर्तिर बाँया मन
त्यहाँ बस्छ एउटा प्रेम । Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

बाल कथा : बत्तीको कथा

~बिजय चालिसे~Vijay Chalise

”ल हेर यिनीहरूत बत्ती समेत नबालेर अँध्यारैमा पो खेलिरहेका रहेछन् ! स्कुलको पाठ सक्यौ कि सकेनौ नि, इशान ?” हजुरबाले कोठामा विजुली बत्ती बाल्दै भन्नु भयो । इशान सानी बहिनी इषितासँग कोठामा खेल्दै थियो । इषिता सानै भएकीले बोल्ने बेला भै सकेको थिएन । खेलको रमाइलोमा इशानले अँध्यारो हुन लागेको पनि पत्तै पाएन छ ।
Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : जानुअघि

~विप्लप प्रतीक~biplav-prateek

सधैं मुस्कुराइरहने त्यो मानिससँग

असंख्य पीर छन्,

तर, रमाइलो कुरा पीरहरु उसका आफ्नै खातिर सञ्चित होइनन्,

जसका निम्ति ऊ पीर लिन्छ तिनीहरु नै अन्जान छन्

ऊ यति डुबेको छ पीरको पोखरीमा भनेर,
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आगनीमा

~आयुष चौधरी ‘सम्मोहन’~Ayush Chaudhari 'Sammohan'_1

रातभरी सितको थोपा खस्यो आगनीमा
आज फेरी ब्यूझ्यो अतित डस्यो आगनीमा

थाहै पाईन त्यतिबेला केही पनि बेहोसीमा
कति खेर तिम्रो तस्विर बस्यो आगनीमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘सैपालको आँगन’मा शालीन विद्रोह

~महेश पौड्याल~bookcover - Shaipaal ko aangan - Hemanta Biwash

मानवको पीडालाई कसरी निवारण वा उन्मूलन गर्न सकिन्छ भन्ने प्रश्न मानव सभ्यताको लामो इतिहासभरि नै अहं रही नै रह्यो । पीडाबाट मुक्तिका लागि बुद्धले दिव्य अष्टाङ्गिक मार्ग देखे भने ग्रीसेली दार्शनिक सन्त ददामी र उनका अनुयायी स्टोइक्सहरूले जति पीडा भए पनि सम्हाल्दै जाने र त्यही पीडालाई ज्ञान अनि दर्शनमा रूपान्तरण गर्ने मार्ग अपनाए । तैपनि, मानवीय पीडा—उत्पीडन, गरिबी, रोग, एक्लोपन, उदासी—आज पनि मानव समाजका कहालिलाग्दा यथार्थ बनेर उभ्भिई नै रहेका छन् ।

समाजमा व्याप्त विभेदको अन्त्यका लागि शान्तिपूर्ण तरिकाले मानिसको चिन्तन र कल्पनाको धरातल नै Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : पाठकको हत्या

~भूपिन ब्याकुल~Bhipin Byakul

यस युगको महान् कवि
पाठकको हत्या गर्छ
तर कुनै शोकगीत गाउँदैन

शब्दको मन्दिरमा
बिम्ब र प्रतीकहरुको पुरानो गजुर चढाउँछ
झुठा मिथहरुको टुँडाल सजाउँछ
थुनिराख्छ कवि
निकाल्नै चाहन्नँ मन्दिरबाहिर
शब्दका नयाँ इश्वरहरुलाई ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : ब्रेकइभनदेखि बेनफिट

~राजन गोदार~

उत्तेजनाको आयु लामो हुँदैन । त्यही उत्तेजना बाँचेर हामी बूढो भयौँ । ताली र गाली गर्दा जोशमा होश गायब हुने रोगले हामीलाई थला पारेको छ । धैर्य–अधैर्यको भूमिका उल्टो निभाएर बाँच्यो मेरो पुर्खा र त्यसकै सिको गरेँ । मनमस्तिष्क छैन । छ भने मन मात्रै, कि मष्तिष्क मात्रै छ । जे भोग्दै छौँ, हाम्रै कारणले भोग्दै छौँ । यो दु:ख हाम्रै स्वआर्जन हो । आकाशबाट दुख खसेर घरघरमा पसेको होइन । कसैले Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

छोक : उज्यालोको खोजी

~धनबहादुर मगर~Dhana Bahadur Magar

उज्यालोको खोजीमा
बत्तीमा डरेर कति मरे विचरा पुतलीहरु
आफ्नो जोवन अरुलाई देखाउन खोज्दा
उमेरसंगै कति चुड़िए फूलहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Request

~Rajan Kafle~

Imagine me a candle
you the wick inside
and your love the oil
that keeps burning me

as your image tricks my eyes
as my eyes chase your image
the game of hide and sick Continue reading →

Posted in Poem | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : पृथ्वी ,राष्ट्रियता र मानिस

~उमापति भुसाल~Umapati Bhusal

प्रमुख पात्रहरू:-
नारद, फूलसरा र हिमलाल तथा सहायक पात्रहरु: चार छोरीहरू

भाग-एक

चार सन्तान पछि जन्मेको हिमलाल नारद र फूलसराको पाचौं सन्तान हो । पाचौं सन्तान जन्माउँदा पनि फूलसरालाई दुख र पीडा भन्दापनि निकै ठुलो उत्साह थियो किनकि उनीहरूको आशाको त्यान्द्रो (छोरा) थियो उ ।परिवारमा ठुलो हर्ष बढाँई नै भयो उ जन्मँदा । ४ दिदीहरुको न्यानो माया सहित गाढा अविभावक वात्सल्य प्राप्त गरेको हिमलाल शारीरिक र मानसिक दुवै रूपमा तन्दुरुस्त बन्दै गयो । परिवार धौ- धौ ले Continue reading →

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : अब अति भयो।

~राम प्रसाद पोखरेल~

अति गली ओछ्यानमा ढली
लामो निद्रा कति पर्यो
पहिलो प्रहर न बिती
सारा संसार हल्ला चल्यो
आयो आयो अब आयो
स्वतन्त्रता अब फेरी जाग्यो ।

सबैले बोले मनका भाखा
चरैतिर नयां लहर
नेपालभरी गल्ली गल्ली
प्रजातन्त्रको सबलाई खबर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~डा.बिनोद मणि बराल~

(१)
अतीत भई बिलाई जाँदा
स्मरण केवल मनमा रहने
उतार चडाव हाँसो र रोदन
अनि बत्ती बलेपछि निभ्नै पर्ने ।

(२)
अँधेरी रात प्रभातको मुहान Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म, तोल्स्तोई ज्युँदो झार भएर बोल्दैछुु आज !

~मधु माधुर्य~Dr Madhu Shrestha Madhurya

स्वच्छ, स्वच्छन्द यो मैदान !
जहाँ बाल्यपन, ठीटोपन र युवापन का अनुभूति बटुल्दै
जीवन ” धावा बोेलीरहेछ ”
कथाका आगाहरु ” सेभास्तोपोल ” बलिरहेछ
निर्लज्ज दिवास्वप्न बोकेको नेपोलियनको
आक्रमणको पृष्ठभूमिमा
” इभान इलिच ” को मृत्यु भन्दा पनि अझ जर्जर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समालोचना : हाइकु लेखन र हाइकुमा इरान राई: सानो चर्चा

~मिश्र वैजयन्ती~Mishra Baijayanti

नेपाली साहित्यमा हाइकु बिस्तारै रुप र शैलीको विस्तारित रुप प्राप्त गर्दै आएको विधा हो । नेपाली साहित्यमा लघु आकारको कविताको रुपमा विकसित हुँदै आएको हाइकु चिनियाँ पृष्ठभूमिमा चित्रको बीजभूमि प्राप्त गरी जापानमा पुगेर शब्द, भाव र विचारको आक्षरिक रुप प्राप्त गरेको जापानी साहित्यिक संस्कृतिको उपज हो । हाइकुको आजको रुप प्राप्त गर्न चीन र जापानमा लामो सङ्घर्ष भएको इतिहास छ । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : खोतल्छ स्वप्न सनाखत

~शशी लुमुम्बू~Shashi Lumumbu

त्यस्तरी घुरेर रातो आँखाले
किन हेरिरहेको होला
घाइते बाघलेझैं देशले,
लखेट्छ ग्रहण आएर
एकाबिहानै गाउँबाट
जुध्नै आउँछ बाटो छेकेर
अधम् समय पनि,
ह्यारुकुलो हल्लाउँदै साँढेजस्तो
सिंगौरी खेल्छ बेश्याप्रेम Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मैथिली गीत : जे करथि घोटाला

~विनीत ठाकुर~Binit Thakur

जे करथि घोटाला छथि अखन बोलबाला
चलत कोना ई दुनिया कह रे उपरबाला

गाम–नगर में बैइमान वनमे घुमै सैतान
मानब भऽ दानब वनि करै सज्जनक अपमान Continue reading →

Posted in मैथिली गीत | Tagged | Leave a comment

अनूदित कविता : निर्झरणी

~भ्लादीमिर सोलोभ्योभ~Vladimir Solovyov
अनु. कृष्णप्रकाश श्रेष्ठ.

सुदूरको स्वर निर्झरणीको
घन्क्यो वनको पल्तिरबाट ।
बग्दछ शान्त र सुमधुर हावा
नभको मधुरो मिर्मिरबाट ।।

मात्र वायुको गुम्बज सेतो,Krishnaprakash Shrestha
मात्र स्निग्ध सपना धरतीको … Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गीत : तिम्रो दीयो बल्न थाल्यो

~गोपीकृष्ण काफ्ले~Gopi Krishna Kafle

मेरो मन मन्दिरमा तिम्रो दीयो बल्न थाल्यो
हाम्रो भेट हुनै नपाई बैरीको मन जल्न थाल्यो

म छू वारी तिमी पारी तर्ने पुल छैन
कुरा काटे दुनियाले तिम्रो भूल छैन
मिलनको पर्खाईमा पुरै दिन ढलन थाल्यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ६ जना उपप्रधान मन्त्री

~राकेश कार्की~Rakesh Karki

आए उभिए माला लगाए
एक दुई तिन गर्दै गन्ति
लौ हेर बथान ६, ६ जना
लस्करै उपप्रधान मन्त्री

के अब होला ६ गुना विकास? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आफन्तमै घात हुँदा

~पार्वती पहारी ‘तुफान’~Parbati Pahari 'Tufan'

पहिलो चोटि दु:खी पारु आफन्तमै घात हुँदा
दोस्रो चोटि दु:खी पारु मध्यान्ह मै रात हुँदा

साथी संगी स्वार्थी भेटी जीवन जगत भिन्न भेटी
तेस्रो चोटि दु:खी पारु कसम झुट्टा बात हुँदा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : झर्छ कि जिन्दगी

~तीर्थ श्रेष्ठ~Tirtha Shrestha

सम्हालेर नराखे आफ्नै आँखाबाट झर्छ कि जिन्दगी
आफन्तलाई नै नचिनेर दोबाटोमा पर्छ कि जिन्दगी

फूलको जस्तो पत्र-पत्र जिन्दगीको धेरै ब्यथा भन्छन्
सुख दु:ख घाम-छायाँ यो जिन्दगानीको कथा भन्छन्
आँफैले नथामेर अन्त कतै आँफै बाट सर्छ कि जिन्दगी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : राउटेको बिहे

~रामकृष्ण आचार्य~

शनिबारको दिन विद्यालय बन्द हुने हुनाले मेरा साहिँला काका सदानन्द आचार्य र म चगत्रा बजारको चौतारीमा बसिरहेका थियौं । मानिस बजारमा ओहोरदोहोर गरिरहेका थिए। बाटो हिँड्ने बटुवाहरू चौतारीमा थकाइ मेट्दै आफ्नो बाटो लाग्दै थिए।

भरियाहरू चौतारीमा भारी बिसाउँदै पसिना पुछेर मीठामीठा गीत गाउँदै थिए।गाउँका ठालु भलाद्मीहरू चिया पसलमा चिया पिउँदै राजनैतिक भाषण फलाकिरहेका थिए। अर्काका खुट्टा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : म्याटिनी सो

~बुद्धिसागर~

Buddhisagar

रिले दौडको अन्तिम खेलाडीझैँ बेस्मारी दगुरेर रात टीकापुर आइसकेको थियो । घरघरमा बत्ती बलिसकेका थिए ।

अँध्यारो देख्नेबित्तिकै मेरो सातो गयो । दर्शकहरू फिलिम हल देब्रेतिर बनेको ट्वाइलेटतिर दगुरिरहेका थिए । मानिसको पिसाब फिलिम हलको देब्रेतिरबाट सहर पसिरहेको थियो । चटाईले बारेको ट्वाइलेटभित्र मान्छे तुक्र्याउँथे तर तिनको पिसाब बाहिर दगुथ्र्यो ।
म सर्टको बाहुलाले नाक छाप्दै भित्र पसेँ । मान्छेको लहरोले पालो कुरिहेको थियो । पालो पाउने छाँट देखिनँ, बाहिर निस्केँ । सोचेँ– घर जानु त छँदैछ, बाटोमै तुक्र्याउनुपर्ला । बाहिर निस्केपछि त झन् पिसाबले च्याप्यो, पेट पनि हुँडलिएजस्तो लाग्यो । मैले बल्ल थाहा पाएँ, मलाई पिसाबभन्दा पनि डर लागेको पो रैछ ।

म हड्फिल भएको रैछु । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : वाह अमेरिकन ढाक्रे…

~गुणराज लुइटेल~Gunaraj Luitel_1

अमेरिका न हो,
रातमै पनि गगल्स लगाइ हाल्छ,
ड्राइभिङ्ग गर्नु छ भन्दाभन्दै
आधी बोतल त चलाइ हाल्छ ।

ठाउंले न गर्यो,
हल्का फेसियल त परिहाल्छ
आंखी भौं नमिलाएको त के मान्छे
केटा पनि ब्युटी पार्लर छिरिहाल्छ ।

ठूलै ठाउं न पर्यो,
फोनमा त बेस्सरी खोकी हाल्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सपनाका नेगेटिभहरु

~रमेश भट्टराई~Ramesh Bhattarai

‘कसैले देख्या छ सपनाका नेगेटिभहरु धुलाउने ठाम? नेगेटिभमै थन्केलान् जस्तो भो !!’

मनमा फ्याट्ट कुरो खेल्यो। फेसबुक खोलिराख्या थिएँ, लेखिदिएँ।

सामाजिक सञ्चाल मनको बह पोख्ने, सुख–दुःख भन्ने ठाउँ भएको छ। प्रतिक्रिया आउन थालिहाल्यो। प्रतिक्रियामा प्रतिक्रिया जनाएँ। भर्चुअल समाजमा म गफ गरिराखेको थिएँ।

समूहमा भेट हुँदा कसैसँग छुट्टै कुरा गर्दा छेउमा लगेर खासखुस गरेझैं मलाई यो भर्चुअल समाजमा रविले सोध्यो- ‘दाइ तिम्रा सपनाबारे लेख।‘ उमेरले ऊ दाइ हो वा म मलाई थाहा छैन तर हामी दुबै एकअर्कालाई दाइ सम्बोधन गर्छौं। कहिले तिमी त कहिले तपाईं। जबाफ फर्काउन नपाउँदै उसले फेरि लेखिसकेको थियो- ‘लेखिदेउ तिम्रा सपना। हामी पनि थाहा पाउँ।‘ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मसरूम पिज्जा

~गरिमा लुइँटेल~Garima Luitel

मनको चिहानमा कति भेटिन्छन् यादका कङ्कालहरू। जलेको मनसँग कहिले जल्न नसकेका ढुसी परेका अनि माकुराले जालो बुनेका सपना र रहरहरूको अस्तु मनभरी सँगालेर बाँच्दै छिन् सविता। कहाँबाट सुरु गरुँ म उनको कहानी, त्यो कहानी जसको आरम्भमै अन्त्य थियो। कति पटक जीवनमा कति कुराहरूको सुरुवात नै अन्त्य हुने रहेछ अनि अन्त्य मात्रै अर्को सुरुवात।

सविता रुझेको शरीरबाट तप्प तप्प पानी चुहाउँदै सधैं दुक्लै बनेर आउने अनामनगरको उही पुरानो रेस्टुराँमा एक्लै छिरिन् आज। नियालिन् एक छेऊको चियरलाई। कोही व्यस्त थियो चुरोट फुक्न मै। बेवास्ता गरेर बसिन् अर्को कुनामा। न्याप्किनले भिजेको मुहार पुछ्दै वेटरलाई इसारा गरिन्, बोलाइन्। झस्किइन् तब, जब मुस्काउँदै उही पुरानै वेटरले सोध्यो, आज एक्लै? दाइ आउनु भएन? सविताले त्यसको उत्तर दिन चाहिनन् सायद, नसुने झँै गरेर भनिन,् एउटा मसरूम पिज्जा। वेटर अर्डर लिएर गयो। Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : अझै सम्झना छ ।

~आभास~Aavaas - Achyut Prasad Phuyal

बाबु, मलाई बिर्सिस् कि कसो ?
अमाहरुको एउटा प्रश्न…….

बिर्सेर पनि
बिर्सि नसक्नु रहेछ आमा !

त्यो क्षण
जब
मेरो मस्तिष्कमा
चिन्ताको बीउ पनि थिएन
जब
पाइलाले माटो छामेकै थिएनन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : संबाद

~हरिप्रसाद काफ्ले “शैब”~Hari Prasad Kafle 'Shaiba'

मैले धेरै पटक भनिसकें
कति पटक लेखेरै दिइसकें
बारम्बार समझाई – बुझाईरहें
छोरी भएर आमासंग बिबाद नगर
जे हुनु भैसक्यो, शायद जे हुनुथियो त्यही भयो
अब धेरै बिबाद होइन सामान्य संबाद गर
सुन्ने क्षमता नै घटिसक्यो बरु जातै परिबर्तन गर | Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नो घाऊ बल्झेको थाहै भएन !

~अनु शाह~Anu Shaha

उनको चोटमा मल्हम लाउन ब्यस्त
म आफ्नो घाऊ बल्झेको थाहै भएन।

खुड्किलो बनेर उन्को उचाइ बढाँये।
आफु भनी भास्सिएको थाहै भएन। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमदिवस, मैना सुनार र रातो धर्ती

~राम प्रसाद प्रसाईं~Ram Prasad Prasain

भैँसी चढेर ठुला भएकाहरुले
भैँसीमा महिषासुरैमात्र देखिरहेसि
यसपालिको प्रेमदिवसमा
मैना सुनारलाई रातो कलम दिन मन लागेको छ मलाई
लोभ लालच बोकाएर
निम्तोमाथि निम्तो थोपर्ने काठ्माण्डौले
जवानी र जुझारूपना चुसेर
खोस्टा जिन्दगी गामबस्ती फिर्ता गरेसि
यसपालिको प्रेमदिवसमा
मैना सुनारलाई रातो पासपोर्ट दिन मन लागेको छ मलाई

हिलोमा फुलेको कमलमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : किन दुख्ने देश छातीमा ?

~संजीवन महर्जन~

के देश घाउ हो ?
के देश पीडा हो ?
होइन भने,
किन दुख्ने देश छातीमा ?

देश त मुस्कुराउनु पर्छ
रुमानी सपना जस्तै
अबोध बालकको खुसी जस्तै
तन्नेरी आँखाले साँचेको
सुदूर भविष्य जस्तै
आल्हादित मनले बाँचेको
आकाश छुने रहर जस्तै Continue reading →

Posted in कविता | Tagged | Leave a comment