अन्जानमै काटिएछ
जिन्दगीका अँध्यारा पाटाहरु ।
श्रीमान दा भिन्चीको
मोनालिसाको
अद्भुत मुस्कानले भन्दा
तिम्रो तस्वीरको
उज्यालोपनले
सारा उपग्रहहरु – झिलिमिली छन् | Continue reading
अन्जानमै काटिएछ
जिन्दगीका अँध्यारा पाटाहरु ।
श्रीमान दा भिन्चीको
मोनालिसाको
अद्भुत मुस्कानले भन्दा
तिम्रो तस्वीरको
उज्यालोपनले
सारा उपग्रहहरु – झिलिमिली छन् | Continue reading
त्यो,
रकेट लन्चर
र,
हाम्रो,
राजधानी-रोल्पा
कम्मर मा,
अल्बर्ट आइन्स्टाइन बोकेर
हामीलेे,
छाती मा ‘माइन’ बीच्छायौ
अनी,
धराप बनेर,
उभीयौ राजमार्ग मा
हत्केला मा, Continue reading
मुटु झिकी देखाईदियौ घाउ कति गहिरो छ
तिम्रै जस्तो मेरो पनि छातिभित्र पहिरो छ
खसेको छु तल तल आफ्नै मनको भिरैभिर
सक्ने भए रोईदिन्थें तिम्रो पनि सबै पिर ।
कति मनका घाउहरु समयले छोपिदिन्छ Continue reading
आफ्नै रडाको
कुम्लो बोकी ठिमी भो
साझा सवाल ।
तुषारापात
हजारौं सपनामा
तिमी चिप्लिँदा । Continue reading
कुन खेलको कुरा गरौं, सबै खेल हारेको छु!
भित्र-भित्रै आफुलाई सयौं पल्ट मारेको छु !!
एस्तै भयो जिन्दगीको परिभाषा नजानेर !
आफुलाई दिन दिनै टुक्रा टुक्रा पारेको छु !! Continue reading
~कल्पना बान्तवा~
‘एकमुठी तातो टिपेर सत्संगमा जाउँ भनेको! घाम कदमको टुप्पोमा आइसक्दा पनि चुलो चिसै छ। म बूढी धेर भएकी छु। निद्रा पनि कति लाग्न सकेको? खायो सुत्यो, माना पचायो।’
सासूको चर्को स्वरले ओछ्यानमा असरल्ल गौरीको अवस्थामा करेन्ट लायो।
अघि नै ब्युँझिसकेकी गौरी तर्सेर उठी। उठेर बस्दा भनन रिंगटा लाग्यो। मुख पनि तमतमाइलो भयो। खाटमा बसेर एकाएक हातका औंला भाँच्दै पछिल्लोचोटि पर सरेको दिनगन्ती गर्न थाली। अचानक विचित्रको ओजले उज्यालियो उसको अनुहार। अनि, आफैंलाई भनी, ‘गौरी, तँ त आमा बन्न लागिछस्!’ Continue reading
साउन भित्रिएको खुशियालीमा
गमक्क परेका छन् आजभोलि
बगैँचाका बाह्रमासे फूल
बिहानको भुकभुके उज्यालो
… धर्तीमा नओर्लिदै
तिनले पुगिसक्नु पर्छ
भगवान शिवको चरणमा
लीन हुन
हरियो पहिरनमा सिँगाररिँएर
बिहानको मन्द मन्द
हावाको झोका बटुल्दै
जव युवती पूजाको सामाग्री
जुटाउँने क्रममा बगैँचामा प्रवेश गर्छे Continue reading
जुुलुुस हो यो
एउटा संवेद्य–अनुुरोधका लागि
प्रश्नै प्रश्नका झण्डाहरु बोकी
तपाईंका आँखाहरु सामुु
प्रदर्शनमा उत्रिएको
हामी परिवर्तनवादी
मानव हितैषी अक्षरहरुको……!
यो शदीका
यो विश्वभरिका
हे प्रत्येक मानव महोदयहरु !
कृपया,गहिरिएर हेरौँन
आफैँभित्रको एउटा उदाहरण
सुूक्ष्मदर्शक यन्त्रबाट Continue reading
मृत्यू छ र त जीवन यहाँ सन्त्रासमा छ
भयले कोरेका कम्पास रेखाहरु
गुरुत्वाकर्षण भन्दा बेग्लै कुद्छन
सुखद अनुभूति संगाल्न भूगोल भरि यात्रामा निक्लेकाहरु Continue reading
निस्सासिएर मस्त निद्राबाट मालती ह्वात्त ब्युँझिई। पसीनाले उसको शरीर लुथ्रुक्क भिजेको थियो। आफूले लगाएको टिशर्टको बाहुलाले अनुहारका पसीना पुछेपछि हत्केलाले तरऽऽऽऽ चुहुदै गरेको घाँटीको पसीना पुछी। प्रायः सातवर्षपछि यसरी अँध्यारो कोठामा ऊ एक्लै सुतिरहेकी थिई। त्यसैले होला अँध्यारोमा कसैले घाँटी निमोठिदिएको जस्तै महसुस भयो उसलाई। उसको सास अझै स्वाँस्वाँ गर्दै चलिरहेको थियो। पलङ्को छेउमा भएको टेबलमा राखेको पानीको गिलास टिपेर उसले पानी स्वाट्ट पारी। पलङ्गमा अझ बस्नु असहनीय हुँदा ऊ पलङ्बाट उठी र खिड़की खोली। Continue reading
~सुकुम शर्मा~
‘उहाँ समद्रष्टा हुनुहुन्छ । उहाँको स्पष्ट लेखनले युवा पुस्तामा चर्चा पाएको छ ।’ उनीसित परिचय गराउँदै टीकाप्रसादले भनेका थिए । त्यसपछि मैले उनको लेखनविधामा जिज्ञासा राखेको थिएँ ।
उनले मेरो जिज्ञासाको उत्तर दिंदै भनेका थिए– ‘गीत, गजल, कविता रचिन्छ, निबन्धमा रुचि छ, तर म समालोचनामा रमाउँछु ।’
समालोचनालाई केन्द्रमा राखेर होला≤ टीकाप्रसादले उनलाई ‘समद्रष्टा’ भनेको, म मनमनमा निष्कर्षमा पुगेको थिए“ । चिनारी स्मरणीय र सौहाद्र्रको थियो । Continue reading
~योगेन्द्र गिरी ‘संघर्ष’~
तिम्रै तस्बिर सधै सधै हेरिरहे
तिम्रो सामु पर्दा सधै सधै टोलाइ रहे
मनमा सधै तिम्रै सपनाका महलहरु सजाइ रहे
सधै तिमी म बाट टाडा गयौ किन ? Continue reading
~शकुन्तला जोशी~
त्यसपछि मलाई कहिल्यै मन परेनन्
विचारलाई नुहाएर
सुलिसजस्तो दोब्रिने मान्छेहरू
ती जो छन् आफैंलाई मिसाएर पानीमा
नदीजस्तै बगिरहेका मान्छेहरू
ती जो छन् आफैंलाई मुछेर पसिनामा
माटोजस्तै बाँचिरहेका मान्छेहरू
जब हाँस्छन् निष्पि्कक्री उज्यालो छरेर अनुहारभरी Continue reading
~मदन दुलाल~
एकलब्यको औँठा झैँ काटीयो जिन्दगी
सुरा सुन्दरीको मोहमा जाकीयो जिन्दगी ।।१
जिर्ण मानसिकताले सँधै उचाल्यो पछार्यो
ठर्रा सोमरसको स्वादमा तातीयो जिन्दगी।।२ Continue reading
नबिर्सिने सङ्लो नाता,जोडनु थियो उनिसँग
नतर्सिने जीवनयात्रा,मोड्नु थियो उनिसँग
जुनि जुनि एकै हुने,जिन्दगीको उकालीमा,
पीर ब्यथाको ति पहरा,फोड्नु,थियो उनिसँग Continue reading
पलाँस फूल हाँस्दै टिपेर जाऊ भन्छे |
गुलाब मच्ची मच्ची म संगै आऊ भन्छे ||
चमेली ठुस्स पर्दै गम्किन्छे मग्ग मग्ग |
गुराँस मख्ख पर्दै मेरै पो नाउँ भन्छे || Continue reading
~डिल्लीप्रसाद खरेल~
मुटुका यि पाना भरि लेखे जिन्दगीलाई,
हरेक प्रहर सपनिमा देखे जिन्दगीलाई|
घाऊ थियो छाती भरि मनमा उस्तै पिडा,
जन तन समालेर राखे जिन्दगीलाई| Continue reading
बा दङ्ग परे ।
लामो समय पछिको भेट, मैले मोफसलको तगारो खोल्न नपाउँदै बाले हात पक्रेर कटेरो सम्म डोर्याए । नयाँ कटेरो । भकारोको स्वरूप फेरिएछ । गाई ब्याएछ । साँदै पिच्छे मान चार दुहुनु छ । सानो बाच्छी बु्रक बु्रक उफ्रदै गोबरका छिट्टाले हिर्काउँथ्यो । मलखाद नेरै फक्रेको सागले घाँटी तन्काउँदै मलाईनै हेरेको भान हुन्थ्यो । बा मलाई हेर्थे, Continue reading
एउटा अनादी (भ्रमपुर्ण) अन्त्यक्रममा
पाषाण हुदैं गएको सम्वेदना
सहरका वस्तीहरुमा
अनौपचारीक-अनौपचारीक सम्वन्धहरु,
दशाब्दीयौं अघिदेखी
भियतनाम, नागाशाकी वा च्याम्बर हाउसहरुमा
हार्दै आएको उचाई बोकेर
कुनै फोहोरी रोगले ग्रस्त शरिरमा
जाबो प्राण छ खङ्ग्रङ्ग
मान्छेको । Continue reading
औसी रातको के, पूर्णिमाको बात गर
छुट्टिदाको के , सगै हुँदाको बात गर
आखा जुधाई लजाएर, निहुरिएको के कुरा
अगालोमा बाधिएर, छुदाको बात गर Continue reading
ईमेलमा सोध्ने साथी
के बताउँ तिमीलाई
मेरो के हाल छ
देशको के ताल छ
कहाँबाट शुरु गरुँ ?
देशको के हाल छ
देशबासीको बेहाल छ
तर के गर्ने साथी यहाँ
देश चलाउने मालामाल छ
यहि त झन् कमाल छ !
Continue reading
गुनकेशरी
कुमारी आशाका पुन्तुरो
हृदयमै थाँती राखी
आँखाभरी बिस्कुन फैलाउँदा
अतिक्रमित हुन्छन्
समय बडो निर्दयी छ
चुपचाप टेक्ने पाईलाले
फुलहरुलाई बक्सँदैन
रहरका फोकाहरुलाई
बिना संकोच फोडेर
बेसरम समय
निर्लज्जताका साथ हाँस्छ Continue reading
भदवका कृष्ण पक्ष , जन्माष्टमी मेला ।
प्रभा राम्रा दयगडा , सबै हुन्ना भेला । ।
डोलजात्रा कन्हैयालाल को , जयकार को नारा ।
उमङ्गी उत्साही हुन्ना , अछाम वासी सारा । । Continue reading
म
आमाले मान्ने भगवानलाई
भगवान मान्नै सक्दिन,
जसको परार साल
कलशमा फूल चडाएर
पँहेलो धान झुलेका
फाँटहरु हुँदै
परदेश लागेको एक सन्तान
बेखबर छ र पनि
भगवान ढोग्न छोडिनन।
म
बाबा जस्तै
अटल देशभक्त
सिपाही हुन सकिन Continue reading
~इश्वर मानन्धर~
तिम्रो आँखामा
यो आँसु कस्तो आमा
हर्षया विस्मातको ?
स्नेह, उदगारको
या अतृप्त आकाँक्षाको
असहाय वेदना पिडाको
या भित्र दबि राखेको
कुण्ठित भावनाको
आँखाको आँसु पुछ आमा । Continue reading
राईझुमा,
आदिम इतिहास बोकेर उर्लिरहेको
म कर्णाली !
मुटुभरी फुलेको मायाको मखमली रंग सङ्गालेर
मटेरा छुँदै उडेको
बादलको सेतो थुँगामा
स्मृतिका अनगिन्ती छालहरु उन्दै
तिमीलाई पत्र कोरिरहेको छु।
घण्टाघरको छायाँमा लुकेको सहरमा
अस्तित्वको तिलाञ्जली दिँदै
सपना बेचिरहेकी राईझुमा,
तिम्रो त्यो गह्रौं सहर भन्दा
धेरै माईल टाढा
तिमीले छाडेका पदचापहरु सङ्गाल्दै Continue reading
~कृष्ण प्र. पाण्डे~
म उसको शहरको हुँ निवासी अझै
आउँछ रे ! लीइ चिट्ठी त्यो हुलाकी अझै
ति आँखामा मैले पढें अनुराग मात्र
म जान्दिन त्यो भन्दा क्यै छु किताबी अझै Continue reading
सौम्य वातावरणमा गमक्क परेको वायुमण्डल
शिशिरको प्रतिक्षामा ओइलाएको क्याक्टस
बसन्तको बहारमा पात झरेको रुखहरु
आफ्नै अधिनमा खुशहाल थिए !!
आफु आफैलाई भाग्यमानी ठान्दैछु म
मेरो आगमनमा खुशीले गदगद हुँदै
त्यो वायुमण्डल!
त्यो क्याक्टस!
अनी ति पात झरेका रुखहरु Continue reading
शिरमाथि लगाएर चन्द्रमाको ताज ।
हेरिरहुँ जस्तो लाग्यो आफ्नै मुहार आज ।।
गाजलुको घुम्टो खोली उनले मलाई हेर्दा ।
आफैंसँग लाग्यो मलाई पैलोपल्ट लाज ।। Continue reading
काँध माथि चढि जंघार, तर्छन् किन मान्छे यहाँ
रात पर्दा उसकै चीर, हर्छन् किन मान्छे यहाँ |
सबैलाई आफ्नै ठानी जब सर्छु नजिकै म
नचिने झै गरी पर, सर्छन् किन मान्छे यहाँ | Continue reading
जतिखेर शङ्कर लामिछाने ‘मृत्युको गीत वाल्जको धुन’ मा लेखिरहेका थिए। सायद म त्यस बखत बिर्जुको मादलको तालमा नाचिरहेको हुँदो हुँ। नाङ्लो जत्रो रक्तिम सूर्य तराईको अनन्त फाँट हिँडेर गोधूलिको क्षितिजपारिबाट बाईबाई गर्दागर्दै म कुनै डगरमा बिर्जुलाई पछ्याउँदै घर फर्किरहेको हुँदो हुँ। अथवा नजिकको बिचार्नी बजारको एउटा भट्टीमा सिलाबरे बटुकोमा तन्तनी जाँड घुट्क्याएपछिको उसको अमिलो अनुहार हेरर म कतिबेला उठ्छ र मलाई घर पुर्याउँछ भन्ने आसमा पर्खिरहेको हुँदो हुँ। यो धेरै वर्षअघिको कुरा हो। त्यसपछि वाग्मतीमा धेरै फोहोर बगिसके। Continue reading
आ छुई बो प्लाब्द्यु बो ?
बाख्रा सा वा बो चुन्ग्कासु न्गा बो ?
हुन्ग्सई न्गासई कान्गना ल्युन्ग्पा ओस्को नामै
आसो ससुन्ग्पा मलायेवा मुई ह्रैकई
काँगाना आल्से द्येतिरूंगा अस्क्यो
आताख्लो त्यिक्ये न्गासे Continue reading