ओ ! शहर
निरन्तर दुखाउँदै आफूलाई
स्खलित भावनाहरुको परेड सहँदै
कतिलाई अँटाउँछस आफ्नो छातिमा ?
थाह छैन किन मेरा गाउँका मान्छेहरु
सागर भेट्न उत्तालिने नदीको तन्मयता बोकेर
तेरो एक चोइटो जमिनको खरिदमा लालायित हुन्छन् | Continue reading
ओ ! शहर
निरन्तर दुखाउँदै आफूलाई
स्खलित भावनाहरुको परेड सहँदै
कतिलाई अँटाउँछस आफ्नो छातिमा ?
थाह छैन किन मेरा गाउँका मान्छेहरु
सागर भेट्न उत्तालिने नदीको तन्मयता बोकेर
तेरो एक चोइटो जमिनको खरिदमा लालायित हुन्छन् | Continue reading
मोटर नै नपुग्ने गाउँमा सरुले अचम्मको मोटर देख्यो । घाँटीमा दाम्लो बाँधेर बोका डोर्याएझैँ एउटा केटोले मोटर डोर्याइरहेको थियो । रुखको हाँगालाई चारैतिरबाट ताछेर बसको जस्तो लाम्चो जिऊ बनाएर त्यसमा मसीले झ्याल ढोकाको आकार कोरिएको थियो । अगाडितिर काठ कोपेर ड्राइभर बस्ने कोठा पनि बनाइएको थियो । पुराना हवाइचप्पललाई गोलो आकारमा काटेर चार वटा पाँग्रा बनाई किलाले पाँग्रा अड्याएर मोटर गुड्ने बनाइएको थियो । Continue reading
भो अब म,
प्रेमको कविता लेख्दिन
आफूसंगै हिड्ने छायाँ हेर्दा हेर्दै विलाए जस्तै
भूमि छोडेर क्षितिज काटी उड्ने वायुयान जस्तै
मिठो प्रेमराग मेरो हृदय नाघेर पअअर-पर पुगेछ |
भो अब म,
कुनै खुशीको गित गाउदिन Continue reading
~सलेम सुलेरी~
अनुवाद : कुमुद अधिकारी
तरुणीः मेघ चिन्छौ ?
तरुणः अहँ ।
तरणीः किन ?
तरुणः सबै किन’को जवाफ हुन्न । Continue reading
‘जननी जन्म भूमिश्चः स्वर्गादपी गरीयसी’ भन्दै
मैले टेक्ने भूमिलाई दिनहुँ प्रणाम गर्छु
म आध्यात्मिक रक्स्याहा हरेक बिहान
रक्सीले मुख धोएर सूर्यस्नान गर्छु
रक्सीकै जल चढाएर ‘ॐ सूर्यायः नमः’ भन्छु ।
बैरागी काइँला !
तिमी कविताका हरफ–हरफमा मातेझैँ
मेरो देउताको थाप्लोमा Continue reading
कसैले बोनस बाँडे
कतै ‘फ्रिकल’ थियो,
यत्रो विपत्ति आएर गयो
तैपनि तिम्ले
मलाई चासो गरिनौ
एकचोटि पनि ‘कल’ गरिनौ।
कहिँ कतै पुरिएँ कि
कहिँ कतै थिचिएँ कि
घर ढलेर बेघर भएँ कि
मन जलेरै पो सकिएँ कि
खै त! कुनै वास्तै गरिनौ
जाबो एकचोटि पनि ‘कल’ गरिनौ। Continue reading
म गरिब हुँ भनेर मेरो कर्तब्यनिस्ट बा को स्वाभिमानमा लात हान्न चाहन्न ,मेरा बा ले २२ ठाउँ टालेको बाहिरैबाट अस्थिपन्जर छर्लंगै देखिने पोलिस्टरको शर्टमा कयौँ हिउँद बर्खा पछाडी हुत्याउदै आएका थिए ।
तर मलाई नयाँनाना र मिठोपापा सधै दिएका थिए मेरी आमाले एउटा तारामंडल देखिने टयार्लिंगको सारीमा धेरै दशैं तिहार बिताएकी थिइन त्यही सारीको थोत्रे फेर टाउकोमा बाँधी दिनरात एक गरेर मेला पातमा तर्तरी पसिनाका धारा बगाउदै कामगरे पनी हामीलाई कहिले बाहिर काम गर्न पठाईनन् ।
बचेखुचेंको समयमा बा आमाले हामीलाई राम्रो सस्कार दिएका थिए गरीब दुखि र असहायको सेवा गर्नुपर्छ भनेर सिकाएका थिए । बासँघारीमा Continue reading
के हाल भयो के हाल भयो आज यहाँ के हाल भयो ।
सानो सुन्दर घर मेरो चर्किएर बेहाल भयो ।।
कुन्नि कसको आँखा लाग्यो कुन्नि कसको श्राप पर्यो ।
हराभरा बगैंचा यो मरुभूमी बन्दै गयो ।।
बिगार्ने र भत्काउने नै आज मालामाल भयो । Continue reading
कलमले घोटेर चलाएको जिन्दगी
मसी जस्तो घिसारी यँहासम्म आउँदा
सेतो कागज युद्दभुमी लाग्छ
कुनै भिक्टोरिया क्रशको लोभमा होइन
आफुलाई आफै लडाकु झैं लाग्छ
Continue reading
दुश्मनके नाइट भिजन हेलिकप्टर सँ राइत भइर बमबारी के बादो जनसेनाद्वारा कएल गेल घेराबन्दी नइ टुटल रहइ । जेना सिनेमा मे होइछै, चहुदिस पसरल अन्हारमे एम्हर बम खइस रहल अइ, ओम्हर बम खइस रहल अइ आ लोकसब दौड रहल अइ चइल रहल अइ , तहिना शाही सेना के घेराबन्दी कएने जनसेना मुख्य मोर्चा पर लइड रहल छल । युद्ध मोर्चामे एकटा खपरैल स्कूल के एकटा कोठरी के प्राथमिक अस्पताल बना क घायल जनसैनिकसबके प्रारम्भिक उपचार क क युद्धक्षेत्र सँ बाहर पठाओल जा रहल छल ।
ई काजरो सँ कारी अमवस्या के राइतबला अन्हरिया राइत के बम के विस्फोट आ स्वचालित हथियारसब स Continue reading
सिरमा लाग्दा कालो बादल छाना भरिभरी।
देशको कथा लेख्ने को छ पाना भरिभरी।
पराइकै भरमा खाने ठुलै दाउ रे हजुरको,
पाउनु भो पोल्टामा कति दाना भरिभरि।
सुनकै थाली हजुर महलमा बस्नेलाई,
छैन कसैलाई एक पट खाना भरिभरी। Continue reading
दुख्ख बिरह थियो लालुपाते फूल
गोर्खाली लडाइ देखेको थियो लालुपाते फूल
सँझनामा फुलीदिने तिम्रो त्यो रूप
बिर सहिदको रगत थियो लालुपाते फूल
केही बिबशता थियो पूर्खाहरूको
बिजयको प्रतिक थियो लालुपाते फूल Continue reading
~प्रतिमा केसी~
देश दुखिरहेछ
म रोइरहेछु
देश रोइरहेछ
म दुखिरहेछु
मेरो मातृभूमी
चिरा चिरा भएर फाटेको छ
म भित्र भित्र भक्कानीइ रहेछु
परदेशी भूमिमा
मुटु थिचेर, आँसु बगाएर
मेरो देशको विपत्ति हेरिरहेछु
हे नेपाल आमा ! Continue reading
बेलुकी साढे चार बजेको थियो। म कीर्तिपुरको टियू परिसरमा एउटी अञ्जान तर परिचयोन्मुख/अर्धपरिचित स्त्रीलाई भेट्न गइरहेको थिएँ। समाजमा आजकाल सम्बन्धहरू भर्चुअलबाट रियल हुने क्रममा तीव्र जो छ!
ऊ आफ्ना भोगाइहरू मसम्म सम्प्रेषण गराउन चाहन्थी।
ऊ मद्वारा आश्वासित भई। मैले सम्भावित ‘खुराक’ को र्याल काढेको सम्भवतः उसले चाल पाएकी पनि थिई।
‘टियू नै किन? कुनै क्याफेमा हामी किन भेट्दैनौं?’ आफूभित्रका भोगाइहरूको सम्प्रेषण गर्ने यथोचित स्थानका बारेमा मैले स्वाभाविक संदिग्धता जाहेर गरेँ।
‘तपाईंको यो प्रश्नको जवाफ मेरो भोगाइकै एक हिस्सा हो।’
‘अर्थात्?’ Continue reading
~टीका भण्डारी~
# ऋतुहरुमा तिमी हरियाली बशन्त हौ (अरुण थापा – बिबिसि सर्वेमा सातौं स्थानमा परेको गीत )
# चुमेर किन छोड्यौ हातहरु (सुनिता सुब्बा ),
# आँशु जस्तो हो (भक्तराज आचार्य )
# लेकाली हे हे चोयाको डोको (लोक गीत, रामथापा र साथीहरु) ,
# झट्ट कपाल कोरन सान्नानी (राम थापा र साथीहरु) ,
# तिमीलाई अचेल कहाँ भेटुँ (प्रेमध्वज प्रधान )
# जुनी जुनीलाई मेरी उनिलाई (रबिन शर्मा) ,
# कुन देशकी चरी हौ तिमी (हिक्मत माली )
# पानीको रिमझिम बर्षातको बेला ( प्रकाश श्रेष्ठ), Continue reading
आगोले छानो जलाउन चाहेन
हुरीले पनि घर उडाउन चाहेन
किन पुरा जिन्दगी ध्यानमै बितायो
महात्माले रहस्य बताउन चाहने Continue reading
स्वर्ग भन्दा पनि सुन्दर प्यारो जन्म भूमी,
जहाँ गए नि धडकनमा, प्यारो जन्म भूमी,
आफ्नै नै ठान्ने पाउँन कठिन छ बिदेशमा,
मुटु भित्रको माया दिने, प्यारो जन्म भूमी, Continue reading
~बिपिन खनाल~
हरेक कुना हर कणमा
उनी छन् रे हरेक मनमा
उनलाई पाउन
कुनै मन्दिर
धाउनु पर्दैन रे
कुनै बौद्धस्तुपामा
केश मुन्डन गरेर घुम्नुपर्दैन रे
न कुनै चर्चमा
मैनबत्ती बाल्नु पर्छ
न त कुनै मक्कामा
घुंडा टेकेर शिर निहुराउनुपर्छ रे
उनलाई त सच्चा मनले पुकारे हुन्छ रे
कुनै पनि नामले सम्बोधन गरे हुन्छ रे
भग्वान,अल्लाहा,गड!!! Continue reading
अाफ्नै अामाको अाज बलत्कार हुदैछ यहाँ
नेपालीबाटै नेपाली बहिस्कार हुदैछ यहाँ ।
कस्तो अचम्मको कहानी सुन्दैमा लाज छ
मदेशबाट पहाडी तिरस्कार हुदैछ यहाँ । Continue reading
~भुपेन्द्र वीर विक्रम लामा~
त्यो दिन
सन १९७५ मे महिनाको १६ तारीख
विश्वमान चित्रबाट
एउटा सार्वभौम र स्वतन्त्र राष्ट्र
सदाको लागि विलिन गराएर
राष्ट्रघाती लुण्डुप दोर्जेहरु
पराई देशको
दोस्रो दर्जाको नागरिक
बनेको दिन।
त्यही दिन
सिक्किमी जनताको सर्वोच्चताको नाममा Continue reading
~मदन दुलाल~
बेमौसमी बाजा बजेको बेला
सिमाना हरपल टुटेको बेला
भयो अब नजिस्काउ
मेरो देश दु:खेको बेला।।१
मातृत्व र भातृत्व लुकेको बेला
एकताको गाँठो फुकेको बेला
भयो अब नसोध
स्वाभिमानी शिर झुकेको बेला।।२ Continue reading
~डा रविन्द्र समीर~
टाउको नेपाल, एउटा हात कर्णाली तथा अर्को हात लिम्बुवान क्षेत्र, छाती एवम् पेट पहाड र खुट्टा तराई मधेस भएको सबलाङ्ग नेपालको जीवनमा आँधीबेहरी आयो ।
खुट्टा विना नेपाल कसरी उभिदोरहेछ, हामी पनि हेछौँ – दक्षिणबाट एक झोँका बतास आयो ।
मुटु, फोक्सो, कलेजो, मृगौलाविना नेपाल कसरी बाँच्दो रहेछ, हामी पनि हेछौँ – पहाडबाट एउटा तूफान आयो । Continue reading
~टि. समीर लामा~
हुन त जीन्दगीमा ठुलो सफलताको कमै मात्र अनुभव छ अहिलेसम्म तर असफलताको पीडामा जलेर जिउनु न मर्नुको दोसाँधमा भने धेरै पटक पुगेको तीतो अनुभवको संगालो नै छ मसँग थुप्रै-थुप्रै…।कुनै बेलाको मेरा ती अवस्थाहरु अनि समय र परिस्थितिको वोमौसमी आँधीको भुमरीमा रुमल्लिन विवश जीन्दगीमा Continue reading
तिमी नहुँदा
आफ्नै मुख बिरानो
आज नधुँदा ।
माझ टारीमा
धान काट्न नआऊ है
मकैबारीमा ।
Continue reading
~सीमा अाभास~
यही घरको भित्तामा पहिलोचोटि लेखेकी थिई मुक्तिको नारा
सग्लो सूर्यले नुहाएको तेज ल्याउँछु भनेर कसेकी थिई मुट्ठी।
छोरो डोर्याँउदै फेरि फर्केर आएकी छे छोडेर गएको घरमा।
यो दश वर्षसम्म लगातार ऊ
समाचार बनी
घाइते बनी
Continue reading
~चूडा निर्भीक~
गाडी जल्दछ अाैषधी सहितको मान्छे त मर्ने भयो
हामीले सहि मार्गमा त कहिले लाग्नै सकाैंला अहो Continue reading
~डा मधु माधुर्य~
सुनसान वातावरणः न झ्याउंकिरीको आबाज, न चराचुरुंगीको चिरीबिरी,उजाड्प्रायः दृश्यः न हरियाली जंगल,न नदिनाला, खोला र झरनाहरु,शान्त परिवेशः मानौं यो धर्तीमा युद्दको खेतीपाती कहिल्यै भएन।
त्यो बस्तिमा न त गगनचुम्बी घरहरु नै देखिन्थे, न त भीड बजार वा बस्तुहरु नै देखिन्थे। तर अचम्म अचम्मका कृयाकलापहरु यत्रतत्र देख्न पाइन्थ्यो। मान्छेहरु एउटै भाषामा बोल्थे, एउटै पहिरनमा हिंड्थे। एकले अर्को उपर शासन गर्ने तन्त्रको त्यहांं अनुपस्थीति थियो। भौगोलीक सांध र सीमानाको नाम निशाना थिएन। कहिलेकाहीं ममा यस्तो अनुभूति हुन्थ्यो, मानौं म ठूलो चिहानको यात्रामा ब्यस्त छु। शून्य आकाशमुनि शून्य धर्तीको सानो गोरेटोमा Continue reading
उहिलेउहिले पूर्वीय वाङ्मयमा साहित्य भन्नाले पद्यलाई जनाउँथ्यो । लय हालेर पढिने छन्दमय पद्यात्मक पङ्तिरुपी कविता नै साहित्यको रुपमा परिचित भइरह्यो चीरकालदेखि यद्यपि लय हालेर गाइने लोकगीत, दोहोरी गीतलाई साहित्यको दर्जा कहिल्यै हासिल भएन । आख्यान विधा दन्त्यकथामा सीमित भइरह्यो पूर्वीय वाङ्मयमा । प्रकारान्तरमा पूर्वीय वाङ्मयमा आख्यान विधाको जबरजस्त प्रवेश भएर अरु विधा करिबकरिब ओझेल परेजस्तै भएका छन् । उहिलेउहिले पूर्वीय वाङ्मयमा कथा र उपन्यास पनि पद्य र छन्दमै लेखिन्थे । एक लाख छन्दमय श्लोकको विशाल ग्रन्थ ‘महाभारत’ लाई महाकाव्य भनिए पनि आफैमा त्यो यौटा उपन्यास हो । अब त कथा र उपन्यासको त कुरै छोडौं कविता पनि पद्यमा नलेखेर गद्यमा लेख्ने चलन बढ्दो छ । Continue reading
~Chandra Prasad Bhattarai~
Trans : Tejendra Sherchan
Lhakpa Phuti impatiently waited for the whole day today too in the hope of hearing the news of her husband. The eleven o’clock night news broadcast from Radio Nepal, the last for the day, also didn’t air any news of the success or failure of her husband’s expedition team. She had been desperately restless and worried for three days. If it continued for few more days, her flesh would be halved because of worries. Continue reading
राति त्यत्रो हल्लीखल्ली हुँदा पनि नबिउँझिने सानूसँग उनी आजित थिइन् । उनको खाटमुनि भुसको बोराझैं अचेत रहेरै उसले रात गुजार्यो । मानौं उनले आफ्नो स्लिपिङ ट्याब्लेट उसैलाई खुवाएर रेशमी च्यादर सपक्क ओढाइदिएकी होउन् ।
बिहानमात्रै आँखा खोलेर आङ तन्कायो । उठेर पुच्छर डुलाउन थाल्यो । यो कोठा र त्यो कोठा चहार्यो । मायालु आँखा बनायो । म्यामलाई देखेन । उनको दिनचर्या थाहा पाउने उही त थियो । Continue reading
बुझ्दै जाँदा बालुवाको घर रै छ जीवन
चौतारीमा एक्लिएको बर रै छ जीवन
कहिले भेट्ने कहिले छुट्ने सम्बन्धको बाटो
यस्तै यस्तै नियती को भर रै छ जीवन Continue reading