यो सजलनयनी आकास
अनि बर्षातका थोपाहरु
मन्द हावाका बेगहरु संगै
झर्छन पानीका तालमा
हजारौ तरङ्गहरु निकाल्दै /
ति सुन्दर तरङ्गहरु
मेरा मनसम्म आइपुग्छ्न Continue reading
यो सजलनयनी आकास
अनि बर्षातका थोपाहरु
मन्द हावाका बेगहरु संगै
झर्छन पानीका तालमा
हजारौ तरङ्गहरु निकाल्दै /
ति सुन्दर तरङ्गहरु
मेरा मनसम्म आइपुग्छ्न Continue reading
जमुनिया मर्यो !
चैतको हुरी झैं बत्तिएर आएको बीभत्स र डरलाग्दो खबरले मन्ते एक्कासि चिसियो ।
भर्खरै खटियामा सुस्ताउँदै गरेको मन्ते जुरुक्क उठ्यो र भीमसामु ठिंग उभियो ।
यो अनपेक्षित र मुटु चिर्ने खबर थियो ।
“दैवा रे दैवा !” दुवै हात छातीमा बजार्दै मन्ते त्यही खटियामा Continue reading
‘दाजू राधा घरमा छैने?’ आवाज सुनेर यसो हेरेको माया आएकी रैछे।
‘छे-छे कोठामा होली, उतै जाउ’ मैले इशारा दिए। माया बहिनीकी साथी थिई, बेलाबेलामा हाम्रो घरमा आइरहन्थी। उनीहरूको पढ्ने स्कुल फरक थियो तर गाउँका उनीहरू राम्रै साथी थिए। मङ्गोल अनुहार, मिलेको जीउ थियो मायाको। भर्खर दशमा पढ्दै गरेकी ऊ निकै चञ्चले थिई, चुलबुले थिई। म सँग त्यति बोल्दिनथी ऊ, तर पनि उसलाई देख्दा किन-किन दिलमा खलबली भएझै लाग्थ्यो, नशाहरू मन्द भैदिन्थे। Continue reading
शरीर आज,बिदेशी भयो,मन भाको,छैन नी
देशको माया,बिर्सेर आज,कहिँ गाको,छैन नी ।
गुराँस फुल्ने,माटोको माया,कसले पो,बिर्सन्छ ?
स्वदेशी प्रेम,भुलेर आज,टाढा धाको, छैन नी । Continue reading
~बन्धुविक्रम क्षेत्री~
फेरि शुरु भएको छ
एउटा पुरानो कथाको नयाँ अध्याय ।
एक्काइसौं शताब्दीको
नयाँ लोकतन्त्रको पारिलो घाममा
डठेका छन् जिउँदा मान्छेहरु
शान्ति र स्वाधीनताको नयाँ परिभाषा जन्माइएको छ
एकता र भाइचाराको नयाँ गीत लेखिएको छ ।
कक्षाकोठामा भूगोल पढाइरहेको शिक्षक
देशको सिमाना नियालिरहेको नागरिक Continue reading
सहरमा स्तनपान नगराउने होड छ
बूढीऔँला चुसेर हुर्कंदै छन्
शिशुहरू तिनका बाउहरूलाई तिनका आमाका
झोल्लिएका स्तन मन पर्दैनन्
लेजरले कोठी ताछेर चम्केका छन् अनुहारहरू
सिलिकन भरिएका वक्ष भरिला छन्
विज्ञापनहरू नयाँ जमानाका नयाँ ऋचा भट्ट्याइरहेका छन्ः
“यो संसार ‘ब्युटिफुल’ र ‘ह्यान्डसम’हरूको मात्र हो” Continue reading
आमाले तँ स्कुल जाँदा दुई बाल्टिन जति पानी तान्देर जा है बाबु, लुगा धुनु छ भनेको भएर मैले खाली भा’को बाल्टिनमा पानी तानिदिएँ र स्कुलतिर लागेँ। पुग्नुपर्ने समयभन्दा ५-७ मिनेट अगावै म स्कुल पुगिसकेको थिएँ। घण्टी लागुन्जेल स्टाफ रुममा जानुपर्ला सोचेर म स्टाफ रुममा छिँरे। तीन-चारदिनको हाजिरी नगरेकाले मैले हाजिर गर्न थालेँ। सकेर कलम खल्तिमा राख्नै लाग्दा बाहिरबाट एउटा आवाज सुनियो “Why are you wearing this dress?” म निस्किदै गर्दा विद्यार्थीको उत्तर मात्र “sorry sir” भन्ने थियो। Continue reading
कति मुटु चस्किदा हुन् कति दुख्छ छाती
सन्तान खातिर अश्रु-धारा कति बग्छ राती
चर्किएर मुटु तिम्रो वेदनाले भिज्ला चोली
चिन्ता हैन प्रगतिको आर्शिवाद नै जाती Continue reading
पर क्षितिजमा
एउटा सूर्य
अस्तायो हेर्दाहेर्दै
रातो सूर्य
नचाहंदा नचाहदै अस्तायो
मुटुभित्र नमिठो चोट
आँखाभरि अविरल आँसु
कहिल्यै नमेटिने घाउ
त्यो बिचरा सूर्य
न्यानो र उज्यालोको लागि Continue reading
~नर्मदेश्वरी सत्याल~
मित्रताको हिमचुली मुनि पनि
स्वार्थ लुक्दो रहेछ कण भएर
पत्तो हुँदो रहेनछ विश्वासको बर्काेले छोप्दा
कणले मुटु टुक्र्याउँछ भनेर ।
मैनालीको छिमेकी कथाका
पात्र–धनजिते र गुमानेको
बन्द बोलचाल मित्रतामा फुलेको
मानवीय गहनता बुझ्दा बुझ्दै
मोहकतामा मानवता किन लर्बरायो ? Continue reading
मनको घाऊ, धुन आउँदैन।
अचेल मलाई, रुन आउँदैन।
फूलभित्र केशरी, चुम्ने कसरी,
भवराँजस्तो,भुनभुन आउँदैन।
फूलभन्दा लाग्छ,पातको माया,
काँडा वरिपरी, छुन आउँदैन। Continue reading
समय सरिसृप
रगतका हिसावहरु माग्दै
बाँदरका पहाड उक्लिरहन्छन्
नर्कटका घारीहरु
द्विविधाग्रस्त हुन्छन्
जुल्स वर्नका क्याप्सुलहरुमा
ठेगाना हराएको जिन्दगीमा
सुव्बाप्रजा र टिकामायाहरु Continue reading
~Himanshu Nibha Kunwar~
The sun comes up
and the moon goes down
When the moon comes up
The sun goes down
We sleep in moon Continue reading
ए खारापानी !
भत्काइस् जिन्दगी
शोकको आँसु ।
रातको पीडा
आँखाको भाका बोल्यो
फर्किआएन ।
Continue reading
तिमी त्यो रूपको रापले जलाई हाँस्दथ्यौ आफै
नबोली थाप्दथ्यौ पासो मलाई हाँस्दथ्यौ आफै ।
खुबै राम्रो थियो बान्की अहो क्या उर्लंदो बैंस
भुलाई मातले छोप्दै ढलाई हाँस्दथ्यौ आफै । Continue reading
कस्ती भयौ सानु तिमी नदेखेको धेरै भयो
के छ खबर चिठी पनि नलेखेको धेरै भयो
सम्झिएकी हौली सानु परदेशी मायाँलाई
तिमी लाग्छ दायाँ बायाँ डुलिरने छायाँलाई
खोजी रहन्छु सपनिमा नभेटेको धेरै भयो Continue reading
~विनय कसजु~
कछुवा गुफामा बस्थ्यो । सबैको कुरा सुन्थ्यो । तर धेरै बोल्दैनथ्यो । उ तपस्वीले झैं धेरै दिनसम्म केही नखाई बस्न सक्थ्यो । उसलाई अरु जनावरहरुले दार्शनिक मामा भन्थे ।
एक दिन उसले बाटामा प्याजको एउटा ठूलो डल्लो भेट्टायो । गुफामा ल्याएर उसले प्याजलाई ओल्र्टाई पल्र्टाई हेर्यो । एकातिर बोकाकोजस्तो झुस्स डाढी माथितिर चराको चुच्चो जस्तो तीखो टुृप्पो । चिल्लो । हर्ेर्दैमा राम्रो । के जीव होला यो भनेर कछुवा निक्कै घोरियो । Continue reading
(१)
बढाउँदा पाइला यात्राका एक बिहानी याद आयो ।
पल्टाउँदा पाना जिन्दगीका एक कहाँनी याद आयो ।
जहाँ हामी केही पाइला साथ हिडेंर बिदा भएथें, Continue reading
घाम हाँस्छ धर्ती हेर्दै पानी-झरी परे पछि,
त्यसै गरि नयन हाँस्छ धेरै आँसु झरे पछि ॥
जिउँदो हुँदा वास्ता छैन मानिसलाई मानिसकै,
‘ला बाबै खा केरा ‘भन्छन आफ्नो मरे पछि ॥ Continue reading
एउटा चराको उग्र स्वरले मेरो सपना बिथोलिदिएको थियो। लामो चर्को स्वर–सिम्फोनी कुनै मखमली घाँटीको गहबाट कतै निस्कन्थ्यो र फैलिन्थ्यो आधा मिनेटसम्म एकनास। अनि दोहोरिन्थ्यो पटक पटक । मानौं कि, थुपै्र रङहरूको सिसी फुटिरहेको थियो।
‘कहाँ आइपुगेको हुँ म?’ मैले प्रश्न गरेँ निद्रामा र आँखा खोलेर माथि छतमा लामो झुन्डिएको बत्ती र पङ्खा हेर्दै आफूलाई सोधँे, ‘के यो पोखरा हो? वा कुनै अन्य हिमाली गन्तव्य?’ माछा, ताल र सिमसारहरूको गन्ध मेरो थकित नसाभित्र फैलिरहेको थियो। Continue reading
विदेश जाने रहरले म फेरि यसपटक काठमाडौं पुगें । गाउँमा हुँदा रमेश र म अति मिल्ने साथी थियौं । यति मिल्ने साथी कि गाउँका मानिसहरूले हामी दुवैको नामलाई जोडेर एउटै बनाइदिएका थिए । बीस वर्षको उमेरसम्म हामीले सँगै खेल्यौं । एकघन्टाको बाटो भएको स्कुल सँगै पाटी बोकेर कुद्यौं । बानी, स्वभाव सबै कुरामा हामी यति नजिक भयौं कि अहिले सोच्दा पनि अचम्म लाग्छ । हाम्रा घरहरू बेग्लाबेग्लै थिए । तर घरी उसको घर घरी हाम्रो घरमा हामी पालो गरेर सुत्थ्यौं । कहिलेकाहीं दशैंमा टीका लगाउन म मावली घर जान्थें र ऊ पनि जान्थ्यो । हामी चार पाँच दिन छुट्टिन्थ्यौं वर्षमा । हामी दुवैलाई यति छोटो समय छुट्टिँदा पनि लामो लाग्थ्यो । घाँसदाउरादेखि लिएर गाईवस्तु चराउने काम पनि हामी आपसी सल्लाहले मात्र गथ्र्यौं । Continue reading
मेरी गाउँले बहिनी एकाबिहानै भेट्न आइन् । उनले जे सुनाइन्, त्यो आश्चर्यजनक थियो । धेरै घटना लामो अन्तरालपछि अपत्यारिलाजस्तै लाग्दा रै’छन् । त्यस्तै घटना मेरै गाउँमा घटेको थियो । मैले बिर्सिसकेको थिएँ, अहिले सम्झिरहेको छु र छक्क परिरहेको छु । गाउँकै सम्पन्न परिवारमा जन्मिएकी, राम्रो पढेलेखेकी ती बहिनी २७ वर्षकी भइन् । उनी सुन्दर छिन्, तैपनि उनको विवाह हुन सकेको छैन । विवाहको कुरा चल्दाचल्दै, कहिलेकाहीँ त अन्तिम अवस्थामा पुगिसकेपछि पनि विवाह रोकिँदो रहेछ । यति सुन्दर अनि पढेलेखेकी युवती बिना कुनै अपराध सजाय भोगिरहेकी छिन् । Continue reading
अध्यारो बर्सिएपछि साँझमा
ऊ फेरि अत्तालिएकी हुँदी हो
अत्यासलाग्दो रात सम्झेर
डराएकी हुँदी हो।
*** Continue reading
मुन्ना एउटा असाधारण कुकुर हो। मुन्ना कुन जातको कुकुर हो मेरो घरमा कसरी आयो भन्ने बारेमा रोचक कहानी छ। आज भन्दा एक दसक अर्थात कुकुरहरुको जुनीको लागि एक जुग अगाडिको कुरा हो। मेरो छोराले घरमा कुकुर पाल्ने रहर गर्यो। मेरो घर अगाडि काठमाडौंमै प्रसिद्ध माउण्ट एभरेस्ट केनल क्लब छ। उक्त क्लब मेरो बाल्यकालको मित्र सुरेश शाहले सञ्चालन गरेका हुनाले उसैकहाँबाट एउटा कुकुर किन्ने विचार गरेँ। साँझको पाँच बज्दै थियो, त्यतिनैखेर मेरो अर्को मित्र अनिल ढुड्गेल फ़ोन आयो। उस्ले भन्योः म केहीबेरमा तँकहाँ आइपुग्छु। सँगै एक एक पेग लगाऔँ।
अनिल र म आजभन्दा करिब पच्चीस वर्ष पहिले दिल्लीमा सँगै बस्थ्यौँ। ऊ ज्यादै रसिक र सालिन स्वभावको। ऊ मस्तसँग जीवन बिताउन चाहन्छ। खुल्ला हाँस्ने, अरुलाई हँसाउन र एक दुई टुक्का जोक, एक दुई पेग हुस्की, त्यस पछिको पान, पान भित्र पराग, मिठो बोली। बाँकी केके कुन्नी। Continue reading
~मायादेवी बाँस्कोटा~
झिकेर मुटुको टुक्रा आखा भित्र अटाउँछिन्
भोक भोकै बसि आफ्नो छाती चूस्न खटाउँछिन्
जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा
सिर्जना मूल हुन् आमा संसारको इतिहासमा
रोए पनि आफै आई हाँसी हाँसी फकाउँछिन् ।
आमाले नै विद्याताको सृष्टिलाई बचाउँछिन् । Continue reading
जब-जब चाड पर्वहरू आउँछन्
संगीहरू घरदेशको सम्झनामा रून्छन ,
रूनु हुन्न
हाम्रो वरिपरी बाचेका जीवनहरू पनि
हाम्रो आफ्नै हुन..
माटो र मुटुको रङ्ग कहाँ भिन्दा-भिन्दै हुन्छ र?
जीवन भोगाईका मार्गहरू उस्तै-उस्तै हुन्छन
हो,
एउटै भाषा र सस्कृति भएका मन मुटुहरू , Continue reading
परेवाहरु
निर्दोष कीराहरु ज्यूँदै निल्ने
हत्याराहरु हुन्
परेवाहरु
अरुकै घरभित्र रजाइँ गरी बस्ने
सामन्तहरु हुन् Continue reading
तिम्रो मस्तिष्क माथि हरेक मान्छेको आशा पलाएको छ
सुन्दर र पवित्र भविष्यले सायद हामीलाई बोलाएको छ
के मस्तिष्कले सबै काम गर्न सक्छ
सक्छ बिल्कुल सक्छ ।
हजारौको स्वप्नलाई साकार बनाउँछ मस्तिष्कले
भुईंमा बामे सर्ने ती नानीलाई
आकाशको चरी बनाउँछ मस्तिष्कले Continue reading
भाँडिएझैं लाग्छ मन बाँडिएझै लाग्छ
आजभोलि आफैँसँग टाढिएझैं लाग्छ
एकैछिनको शोभा बन्यौ इन्द्रधनुजस्ती
त्यै थलोमा सिङ्गो जुनी छाडिएझैं लाग्छ Continue reading
पहराको गुराँस बनी, फूल्न सक्नु पर्छ
दियो बनी औँशी रातमा,खुल्न सक्नु पर्छ
जिबनको रहस्य नै हो सुख दु:ख भन्नु
खुसीभित्र आँशु लुकाइ,भुल्न सक्नु पर्छ Continue reading
~केशर थुलुङ~
देश-
अतुल्य आधार हो
अमूल्य प्राण हो
श्रेष्ठम् पहिचान हो
र त-
तिमी छौ
म छु
हामी छौँ
अजय, अभय परिचय छ- Continue reading