मैथिली कविता : भरल नोर में

~विनीत ठाकुर~Binit Thakur

केहन सपना हम मीता देखलौँ भोर में ।
माय मिथिला जगाबथि भरल नोर में ।।
कहथि रने वने घुमी अपन अधिकार लेल ।
छैं तूँ सुतल छुब्ध छी तोहर बिचार लेल ।। Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

कविता : आमा ….!

~राजेन्द्र अधिकारी~Rajendra Adhikari

कुनै एकलासको निरबता होस्
या आफन्त अनि पराइ भिड भित्रै को एक्लो पन

मेरा खुशीका असिम देउरालीहरु हुन
या दु:खका अपार गल्छेडाहरु

हर हमेसा तिमी मरै अन्तस्करणमा
लहराको लागि ठडिएको थाक्रो जस्तो
सधैं अनबरत जेलियी रहीछौ
मसँग/ म भित्रै/ म जस्तै
अझ म आफु भन्दा पनि बढी भएर
कसरी तिमी आफु पुरै ममा समर्पित हुन सकेकि?
कसरी तिमी ‘आफु’ बाँच्न छोडेर
‘सन्तान’ मात्रै बाँच्न सकेकी ?
आमा तिम्रा पाउहरुमा निधार टेकाएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बान्तावा गीत : उङ्का पिखुवा लिसाङ

~पदम राई~Padam Rai

उङ्का पिखुवा लिसाङ२
खाना टेम्के भर२
(आम मित्मादा उङका
ताङालाङा नाम्छर२)२

उङ्का पिखुवा लिसाङ
खाना टेम्के भर२ Continue reading →

Posted in बान्तावा गीत | Tagged , , | Leave a comment

संस्मरण : साउने गाउँ

~वरुण पोख्रेल~

साउन, बडो रसिलो महिना । चैत देखी खासै हरियो परियो देख्न नपाको गाउँको भान्साले हरियो देख्ने महिना । गर्मी भरी रुक्खेको ज्यानले धित मरुन्जेल भिजेर शरीरका धाँजाहरु पुर्ने महिना । हुन त असार लागे देखी नै बर्षात सँगै फर्सिका मुन्टाले हरियो तिहुनको सुरुवात गर्छन् । तै पनि साउन नलागी घिरौँला, चिचिन्डा लगाएतका बर्खे तिहुनको सुरुवात हुन्न । मकैले धान-जुँगा गर्दै गर्दा आँगनको छेउँमा झिक्रामा लहरिएका घिरौँला, चिचिन्डा र करेलाले बतिला लाउन शुरु गरे देखी नै उत्साह आउन थाल्छ। शुरु शुरुमा Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : भूगोलमा मात्र बाँच्दैन देश

~मंजु मार्मिका~

भो मलाई कसैले देश देखाउनु पर्दैन
भूगोलको मानचित्र पल्टाएर
हो मैले देखिसकेकी छु
देश भूगोलमा मात्र बाँच्दैन भनेर ।

भुगोलमा देश हराएका
छातीमाथि देश राखेका मानिसहरुसँग
सोध देश कहाँ बाँच्छ
अथवा ती भुटानी शरणार्थीहरुलाई
सोध देश कहाँ बाँचेको हुन्छ
यस बेला म घाइते भएर
छटपटाउँदै देश खोज्न थालेकी छु
मानचित्रमा देखाइएको मात्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तर आएन जवाफ…

~सुरेन्द्र लुइटेल~Surendra Luitel

उसले भन्यो देशमा आज शान्ति छ
छाडीदेऊ जातभातका कुरा
मैले सोधे पहिचान भनेको जात हो र ?
तर आएन जवाफ

उसले भन्यो देशमा विकास चाहियो विकास
छाडीदेऊ मधेशी, आदिवासी, जनजाती, खसआर्य, महिला, दलितका कुरा
मैले सोधे सबै छुटे त विकास कसका लागि ?
तर आएन जवाफ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

ताराप्रसाद श्रेष्ठका पाँच मुक्तकहरु

~ताराप्रसाद श्रेष्ठ~

१
नहुनु मामाभन्दा काना मामा जाती
उज्यालो देखेर डराइ गयो राति
सद्भाव बोकेर आयो संविधान
प्रकृतिलाई चढाऊँ फूलपाती

२
फाट्यो बादल कुहिरो झलमल घाम लाग्यो
जाडो धपाउन पुरानो कोट नै काम लाग्यो
स्वागत गरौँ पुष्पगुच्छाले संविधानलाई Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : अन्तिमेथ्यम्

~पेशल आचार्य~Peshal Acharya

झर्छन्
हतार नगर तिमी
प्रुफ बर्बरी झर्न सक्छन्
झर्छन्
हतार नगर तिमी
आँसु तर्तरी झर्न सक्छन्

एउटा भन्छ
दुःखले भ्वाङ पारेको छाती
टाल्ने ओखती खोज्दैछु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मान्छे र समयको भेट

~डा. कविताराम श्रेष्ठ~Kavita Ram Shrestha

कुवाभीत्र रमाइरहेका एउटा मान्छेले दौड़दै आएर समयलाई भेटिहालेछ । उनले स्याँस्याँ गर्दै भन्यो- “क्या तपाईंको गति ! तर धन्य ! तपाईंलाई मैले भेटिँनै हाँले ।”

समयले स्वाभाविक ढंगमा भनेछ – “भेट्नको लागि त्यत्रो महाभारत के थियो ? म त म अविरल तपाईसंगै थिएं । तपाईंसंगै बहिरहें । तपाई जहाँ रोकिनुभयो म रोकिएं र जाहाँ गति पक्रनुभयो संगै मैले पनि पक्रिएँ ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

मगर कविता : कानुङ मोई !

~खडक आले मगर~Khadak Ale Magar

मिक पिंठार मिक्डी लामु,
लोही पिँठार रो ह्याट्मो
याक नाम्बिक कसरा चेमु,
ङुमो आउला,कानुङ मोई।

जजा देशाङ नूङमे डेमु
हिल्स्या आरीक्न राक्ले डेमु,
से सेहेच मानम डाङमो
ङुमो आउला ,कानुङ मोई। Continue reading →

Posted in मगर कविता | Tagged | Leave a comment

कथा : छोरी नै जन्माउ है तिमी

~धनबहादुर मगर~Dhana Bahadur Magar

‘अहो ! यो ठाउँमा त बिल्डिङ पो बनिएछ |’

‘ए ! दुई वर्ष भइसक्यो |’

‘बोजु खै नी ?’

(आवेसिँदै राज्जोले भनिन्) ‘बोजु मरिन् | बोजु मरेर त्यो जमिनको लागि छोराहरूको झगडा भा’को |’

सुनेर ‘थुक्क ! छोराहरू’ भने मनमनै | Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : काबुलीवाला

~रविन्द्रनाथ टैगोर~Rabindranath Tagore
अनु : विनिता पौडेल

मेरी पाँच वर्षकी सानी छोरी मिनीसँग एकैछिन पनि कुरा नगरी बस्न सकिदैनथ्यो । संसारमा जन्मेपछि भाषा सिक्नको लागि उनले एक बर्ष लगाएकी थिइन् । भाषा सिकिसकेपछि उनलाई खूब बोल्नुपर्ने भयो । जागा रहुञ्जेल उनी एकैछिन पनि चुप लागेर बस्न सक्दिनन् । उनकी आमा कहिले काहीं उनलाई हप्कीधप्की गरेर चुप लगाउने गर्छिन्, तर म यस्तो गर्न सक्दिन । यदि मिनी चुप लागेर बसिन् भने उनी यस्ती अनौठी देखिन्छिन् कि म उनी चुप लागेर बसेको धेरै बेर हेर्नै सक्दिन । वास्तविक कारण यही हो कि उनको र मेरो कुराकानी निकै उत्साहका साथ चल्ने गर्छ । Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

गीत : मखमली फूल्यो क्यारे

~गनिन्द्र बिबस~

आगनीको डिल भरि मखमली फुल्यो क्यारे
बेसी फाटमा लह लह धानको बाला झुल्यो क्यारे

बिबस्ताको जेल बाट सम्झिदैछु चेली तिहार
कस्ले बुझ्ने मेरो व्यथा बसेको छु खाली निधार Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Poem : It belongs to me

~Rajan Kafle~

My eyes rest on
No ordinary appearance
My heart sets on
No ordinary elegance

The beauty
Which the world is glad of
The grace
Which the world is mad of Continue reading →

Posted in Poem | Tagged | Leave a comment

संस्मरण : उधारो भाइटिका

~सागर बस्नेत~Sagar Basnet

हामि तीनजना दाजुभाई लगालग जन्मेका हौँ । शुरुमा दाजु जन्मिदा स्वाभाविकै परिवारजन खुसि हुनुभयो । ममीले बताए अनुसार बुबाममिले म जन्मिनेबेलामा यो चै छोरी होस् अनि अरु नपाउने भनेर सल्लाह गर्नुभयो । तर म पनि छोरै भएछु । अझै हिम्मत नहारी लक्ष्मी भित्र्याउने ध्याउन्न । त्यति बेला मात्रै टुट्यो जब भाइ पनि छोरी भन्दाभन्दै छोरो नै भयो । धैर्यताको बाँध भत्कियो र Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : उपहार

~डा रवीन्द्र समीर~ Dr Rabindra Sameer

खाडीको मरुभूमिमा बिदेसिएको तीन वर्षपछि उसले एक महिनाको छुट्टी पायो । छुट्टी मिलेको थाहा पाएपछि उसले तुरून्त टिकट काट्यो । आफ्नो देश फर्कन पाएको खुसीमा फुर्किंदै उसले घरमा फोन गरेर भन्यो— ‘आजको दुई हप्तामा घर आउनेछु ।’
सहकर्मी साथीहरूलाई पनि उसले सुनायो— ‘बुझ्यौ ! आजको दुई हप्तामा केटो आफ्नै गाउँ पुग्छ ।’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : भाईटिका थाप्ने रहर

~संकल्प चन्द ठकुरी ‘आँशु’~Sankalpa chanda Thakuri 'Aanshu'

भाईटिका थाप्ने रहर यसपालिनी मनमै रहयो |
नभएसि कमाई राम्रो घरमा जाने आशै मर्यो |

तिहार आयो ढकमक फुलहरु फुल्दै होलान
बहिनिहरु बाटो हेर्दै माँला पनि उन्दै होलान
भाई बहिनी हुनेहरु टिका थाप्दै रम्दै होलान Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : म

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

मान्छेहरुको भिडमा हराएको मान्छे म
आफ्नै छाया देखेर पनि डराएको मान्छे म

मान्छेहरुनै मान्छेहरुलाई लुछ्दै र चिथोर्दै छन्
भाग्ने ठाउँ नपाएर रुदै कराएको मान्छे म Continue reading →

Posted in गजल | Tagged | 1 Comment

गीत : एउटा कुरा सोध्नु थियो तिमी सँग आज

~दिप्स शाह~Deeps Shah

एउटा कुरा सोध्नु थियो तिमी सँग आज
सोध्न खोज्छु त्यसैत्यसै ओइरिदिन्छ लाज
एउटा कुरा सोध्नु थियो…

धेरै भयो हृदयमा उकुसमुकुस भारी
मुक्त हुन खोजिरैछु तिमी तिर सारी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सधैं जनताहरु ईतिहास सँग रोए

~पावेल शर्मा ~Pawel Sharma

सधैं जनताहरु ईतिहास सँग रोए
भनेको भन्दा फरक गरेको व्यबहार सँग रोए,
यो सबै स्वार्थको मापडण्ड हो भन्ने बुज्दा बुज्दै पनि,
नियतिको खेल देखी रोए।
.
अज्ञान ता भन्दा पनि भ्रमको सागरमा पस्दै
सागरबाट पार हुन नसकी रोए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आवाज

~समाश्री राउत~Sama Shree Raut

रविका मद्धिम किरणको फैलावटसँगै
पखेटा फड्फडाएर चराहरुका कोकिल कण्ठबाट
करतल चिरबिराहट निस्कन्छ
हरेक घरबाट निन्द्रा भाग्दछ
जगत जाग्दछ
यो आवाज नै त हो

जस्को छायाँका पछिपछि एउटा गोरेटोमा
हामी आफूलाई डोर्याउँछौं, आफ्नो चेतना खोल्छौं
आफ्ना मधुर वाणीले हृदयलाई छुँदै
कसैलाई बुझ्छौं, कसैलाई बुझाउँछौं
कसैको समिप आवाज फैलाएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : न त पर्चा थियो

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

न तस्विर भित्ता भित्ता न त पर्चा थियो
तन्नेरिका बिचमा त उनकै चर्चा थियो

तारिफका कुरा सुन्दा म`नि वाल्ल परें
कुन जुनीको कुन्नी कती? बाँकी कर्जा थियो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : श्वास रोकी हेरेँ

~नवीन लामा `सुरेश`~Nabin Lama 'Suresh'

उन्को प्राण फिर्छ भनी आफ्नो श्वास रोकी हेरेँ
कतै छु कि सपनीमा आफ्नै औँला टोकी हेरेँ !!

न`त रुन सकेँ मैले न`त बिदा गर्न उनलाई
बिर्सीदियो दैवले`नी मैले गर्या सबै गुनलाई
भूल हो कि नजरको आँखा पनि छोपी हेरेँ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : साइड इफेक्ट

~सुमन सौरभ~

अदालतले बाको र मेरो डिएनए समान भएको निष्कर्ष निकालेर आमाकव पक्षमा फैसला दियो।

मुद्दा जितेकी आमाले सन्तोषको सास फेरिन् र मलाई बाको हातमा थमाइन्- “लौ, मेरो मात्र होइन यो, तिम्रो पनि डिएनए हो, तिमि पनि पूरा गर आफ्नो जिम्मेवारी।“

बा मलाई च्यापेर लुरुलुरु आमाको पछि लागेँ। धेरै पछि बा र आमा एकै छतमुनि बस्न थाले, मैसँग। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : अलास्का, म सगरमाथाको सन्देश लिएर आएको छु

~ध्रुबकुमार सापकोटा~Dhruba kumar Sapkota

तिम्रो सौन्दर्यमा हराएँ ,
तिम्रो इतिहास सँग रमाएँ !

म तिमीलाई
तिमी भन्दा पनि अग्लो टाकुराको कथा सुनाउँछु ,
तिमी भन्दा पनि सुन्दर देशको ब्यथा सुनाउँछु ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिना परिधिको जेल

~मणि बाङ्देल ‘सागर’~

अचानक बर्सिन
थालेको देखे
बिटाहरू दर्बको
मैले नुहाउने
छहरा तिर
म चड्ने
पहरा तिर
बसाई सरेको देखे
मेरो गाउको झोपडी
महल बनि
शहर तिर।
जब मैले पाएथे
आउने अनुमति
यो सपनाको देश तिर। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पलायनवादी

~भुपेन~Bhupen

खासमा त्यो समय म हाम्रो महान तथा गौरवशाली मानिने पार्टीद्वारा बेलुकी सम्म जारी गरिने विज्ञप्ती तयार पार्दै थिएँ। बिहान बसेको बैठकको निष्कर्ष अनुसार आन्दोलनले नै जनताका तमाम इच्छा आँकाक्षा पूरा हुने भन्दै पार्टीले मलाई क्रान्तिका निम्ति एक क्रान्तिकारी विज्ञप्ति तयार पार्ने जिम्मा सुम्पिएको थियो। मलाई लेख्न भनिए अनुसार विज्ञप्तिको सार केही यस्तो हुन आवश्यक थियो।

प्रतिक्रान्तिकारीहरुले जबरजस्त रुपमा क्रान्तिकारीका लाल किल्लाहरुमा धाबा बोलिसेकेकाले Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : रिसाए म हजुर संग

~रमेश विमान~Ramesh Biman

रिसाए म हजुर संग म बोल्दिन कट्टी
चर्की चर्की दुखोस छाती दिल खोल्दिन कट्टी

आफ्नो मात्रै मर्जी चल्छ मेरो ब्यथा कस्ले सुन्ने ?
उता फर्की सुत्नु होला पाउ मोल्दिन कट्टी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : शान्त समुन्द्रको जस्तो स्थिर रैछ जीवन

~आयुष चौधरी ‘सम्मोहन’~Ayush Chaudhari 'Sammohan'_1

शान्त समुन्द्रको जस्तो स्थिर रैछ जीवन
नयन रुदाको आशु पिर रैछ जीवन ।।

उज्यालो पन्छाउन नसके पनि दिपले
उज्यालो दिने प्रकासको तिर रैछ जीवन ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : फक्रदो कोपिला भाँचेर नजानु I

~इन्दिरा प्रयास~Indira Prayash_1

फक्रदो कोपिला भाँचेर नजानु
त्यो डाली रुवाई हाँसेर नजानु

हिमपात सहेरै पर्खेथ्यो ऋतुले
प्रकृतीक उपाहार मासेर नजानु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : अपवाद

~शिव प्रकाश~SHiva Prakash

कहिले काहीँ उ नआओस् भन्ने लाग्थ्यो । तर एकछिन मात्र ढिलो भई भने अहिलेसम्म किन आइन ? आज किन ढिलो गरी ? कि आज आउँदिन ? के भो ? आदि इत्यादी मनमा जाग्थ्यो । किनारामा परेको माछा जस्तो छट्पटिन्थ्यो एकै छिनमा, यो मन । सोच्दा सोच्दै उ टुप्लुक्क आइपुगी, करीव पाँच मिनेट ढिलो । त्यो पाँच मिनेट मलाई पाँच घण्टा जस्तो लागिसेको थियो । करीव दुई वर्ष भै सकेको छ, उ नआएको कुनै दिन छैन । छुट्टिको दिनको हामीलाई अलिकति समस्या थियो । उसको छुट्टिको दिन म काममा हुन्थे तर पनि उ मेरो काममै आउँथी । अनि मेरो छुट्टिको दिन उ काममा हुन्थी तर म उसको काममा जान मिल्दैनथ्यो । त्यसैले उसले प्राय: मलाई साँझ घरमै बोलाउथी वा हामी कतै रेष्टुरेन्टमा जान्थ्यौ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ठुल्दाई

~बादल सुरेश~Suresh Badal

म अर्थात् साने,
सानो काँठिको शरीर भएर हो या
टिनले छाएको सानो घर भएर हो?
मेरा छिमेकि ठुल्दाई,
ठूलो भुँडि भएर हो या
चारतले ठूलो घर भएर हो?
सानै भए पनि मैले घर बनाएर लालपुर्जा लिइसक्दा
ठुल्दाईसँग आफ्नो घरको पुर्जा थिएन।
पल्लो गाउँको कैलेसाहु आएर
उनको घर कब्जा गरेको मलाई अझै याद छ,
कैलेसाहुले उनलाई आफ्नै घरमा नोकर राखेको मैले खुद देखेको छु। Continue reading →

Posted in कविता | Tagged | Leave a comment