~कोमलप्रसाद पोखरेल~
आज हर्केलाई पटक्कै निद्रा परेको छैन । रातभरि उसका मानसपटलभित्र विभिन्न तर्क वितर्कहरू चलिरहेका छन् । केही गर्दा पनि निद्रा नआएपछि उ जुरुक्क उठ्छ र भुइँमा बस्छ । उसलाई जन्माउने, दुःख गरेर हुर्काउने आमा र जन्मभूमिको संझना गर्छ । उसले आफ्ना बृद्ध बाको संझना गर्छ । संझदा संझदै ऊ पूर्व स्मृतिको महासागरमा चुर्लुम्म डुब्छ र केही बेरमा एकमुठी नुनिलो पानी सर्किएपछि ऐं ऐं गर्दै मनोवादको बाँकटेमा पौडिन थाल्छ ।
म एति टाढा यो बिरानु देशमा किन आएँ ! असी वर्ख नाघेका मेरा बाको अवस्था ऐले कस्तो होला ! अर्काको भनाइमा विश्वास गरी डलरको लोभमा पर्दा आज मेरो यो गति भो ! लोभले लाभ लाभले बिलाप भन्थे बुढापाकाले । मलाई लोभले लाभ हैन बिलाप मात्तै हात लागो ! अलिकति भा’को पाखो बारी पनि देउताजस्ता बालाई फस्ल्याङ् फुस्लुङ् पारी बेचेर बिदेशतिर टाप कस्ने म भन्दा पापी, दुष्ट छोरा सन्सारमा अर्को को होला ! हे भग्वान् मलाई केका दशाले याँ ल्याइ पु¥यायो नि ! एकछिन् रोएपछि हर्के पुनः बर्बराउन लाग्छ । Continue reading