सहरमा हल्ला व्यापक थियो
फेरि आयो गल्ला व्यापक थियो
हातका ठेलाले सबै बताउ“थे
त्यो बारीमा डल्ला व्यापक थियो
यसरी चिल रमाउनुमा पक्का
भूइ“भरि चल्ला व्यापक थियो
पुरानै डसना टालटुल पारी
नया“ हाले पल्ला व्यापक थियो
कविको हालत यस्तो छ देशमा
तस्बिरमा दोसल्ला व्यापक थियो ।
(सञ्जोगको प्रकाशोन्मुख गजलसंग्रह ‘तस्बिरमा दोसल्ला’बाट )
(स्रोत : सम्मोहन साहित्यिक पत्रिका)

