गीत : छाति माथि

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

छातिमाथि हात रखि आफ्र्नै मान्छे भन्यौं
गाढा भन्छौ तिम्रो मेरो के नाता रह्यो

क्षणभर टाढा हुँदा साह्रै दुःखी बन्छौं
स्नेहका आँखा बिछ्याई ठुस्किएर बस्छौ
ठुस्किएर नबोल्दा पो धेरै माया लाग्यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Poem : Clueless

~Rajan Kafle~

Resolute dream
Strong bond
Simple desire
Ample trust
Endearing vicinity
Eternal affinity
Plentiful respect
Yet imperfect
Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गीत : पहिलो चोटले काट्यो मलाई

~श्रमिक बराल~Khagaraj Baral 'Shramik'

पहिलो चोटले काट्यो मलाई, दोस्रो चोटले पिट्यो मलाई
थुप्रै चोटले पोल्यो मलाई, चोटैचोटले आफै जल्यो सलाई

कस्ले तानिदिने रै’छ मन, गङ्गासित मनै बुड्यो
कस्ले बाँधिदिने रै’छ मन, पवनसित मनै उड्यो
चोट पर्दा हाँस्ने आफ्नै थिए दोष दिने कस्ले कस्लाई Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : यसपटकको हिउँद

~तीर्थ श्रेष्ठ~Tirtha Shrestha

यसपटकको हिउँदमा
चुनाव भयो
जाडो पनि डरलाग्दो थियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

आधुनिक गीत : धेरै हराएँ तिम्रो यादमा

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

धेरै हराएँ तिम्रो यादमा
पीडै पीडा छ मेरो साथमा
आज यो भेट वर्षौँ पछिको
लाग्छ देख्दै छु स्वप्न रातमा

दैव खेली रह्यो निरस खेलहरु
मात्र दिइ रह्यो केवल झेलहरु
घात थप्दथ्यो दैव घातमा
पीडै पीडा छ मेरो साथमा
आज यो भेट वर्षौँ पछिको Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

ज्ञानुवाकर पौडेलका ३ मुक्तकहरु

~ज्ञानुवाकर पौडेल~Gyanuwakar Paudel

1.
कसैलाई रिझाउन पनि अहो कस्तो गाह्रो
कसैलाई फकाउन पनि अहो कस्तो गाह्रो
मन मिलेर मात्र के गर्नु कुरा नमिलेपछि
पिरतिको स्वाद चखाउन पनि अहो कस्तो गाह्रो ।

2.
खुशीले नाँच्न पनि अचेल पैसा लाग्ने भो
ढंगले बाँच्न पनि अचेल पैसा लाग्ने भो Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : महल र झुपडीको कथा

~भुपेन्द्र वीर विक्रम लामा~Bhupendra Bir Bikram Lama

आलिसान महलको छेउमा
एउटा झुपडी
नियाली रहेको छ वर्षौ देखि
उसको काला कर्तुतहरु
तर बोल्न सकिरहेको छैन
उसको रवैयाहरुको बिरोधमा
किनकी झुपडीको बच्चाहरु
थापिरहेका छन तिनै वर्षौ देखि
उसले भोगचलन गरिसकेका
जडौरी उपहारहरु।

महल चाहान्छ
झुपडी सधैं उसैको उपहारको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको संविधान

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

पुग्नुपर्ने ठामको नाम कोरेर,
कागजको एक पाना समातेर
उभिएका छौं हामी
समयको दोबाटामा
पुर्याइदिने अरू कोही छैनन्,
– हामी आफै र हाम्रा आफ्नै।

पेट्रोल पम्पहरू रित्तिएर
बल्ल ब्यूँझेका हामीसँग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : उपहार

~गाइ दि मोपासां~Guy De Maupassant
अनु : पुण्यप्रसाद प्रसाई

लानतिनको ती युवतीसँग पहिलो पटक एउटा साँझको पार्टीमा भेट भएको थियो, जुन पार्टी उसको विभागको एउटा प्रमुख अधिकारीको घरमा भएको थियो, र आँखा चार हुने वित्तिकै उनीप्रति ऊ नराम्रोसँगले आसक्त भएको थियो ।

युवतीको बाबु कुनै गाउँमा डक्टरको काम गर्थे, तर केही महिना पहिला उसको स्वर्गवास भएको थियो । यसपछि उनी आफ्नी आमासँग पेरिसमा आएर बस्न थालेकी थिइन् । उनकी आमा आफ्ना परिचित Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : हरायो !

~मोहन चापागार्इं~

चारपासे मेरा चर्चरे काका सधैं चर्चर गरिरहन्छन् । चिया पसलमा उनको चुरीफुरी देख्दा लाग्दछ– उनी नै यस संसारका सर्वज्ञाता हुन् । उनीभन्दा जान्ने–सुन्ने यस संसारमा अरू कोही छैन ।’

शनिबारको एक बिहान चर्चरे काका र मेरो जम्काभेट भयो । आफ्नो चरित्र देखाउँदै उनले सोधिहाले, ‘के हो मनु ? तिमी त कता हरायौ ? काकासित किन नाक मुखै देखाउँदैनौ ?’

मैले पनि जवाफ फकाईहालेँ, ‘के हराउनु र काका ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म आस्तिक, तिमी नास्तिक

~समीर श्रेष्ठ~Samir Shrestha

हरेक बिहान म मन्दिर जान्छु
शायद त्यहाँ म भगवानको पूजा गर्छु
दुई तीन फूलहरुसँगै
मेरो आस्थाहरु त्यहाँ चढाउँछु
अनि प्रसाद टिपेर अनेकौ सपना सगाल्छु
कहिले काहीं तिर्थ यात्रा गर्छु
शरीरलाई भावनासँग दाँज्छु
अनि त्यहाँ पुगेर
फेरी आस्थाहरु चढाउँछु
प्रसाद टिपेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नाटक

~हिरामणि दुःखी~Hiramani Dukhi

नाटक चलिरहेछ रङ्गमन्चमा
कथा लेखनको
कुर्लन्छ एउटा सिंहासनबाट–
‘म हुँ नायक यस मञ्चको
मसँग छ नयाँ कलम
मेरो कागज छ पवित्र
लेख्छु त्यसैमा नयाँ कथा
त्यसका निम्ति
मसँग छ घरभित्र
अङ्कगणितको बलियो सूत्र ।’
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : बाढीले भत्काइदियो

~आर.आर.चौलागाईं~R R Chaulagain

एउटा बाटो थियो बाढीले भत्काइदियो
एउटा सहयात्री थियो समयले छुटाइदियो

मेरो आसुँ पुच्थ्यो ऊ मेरो धड्कन बुझ्थ्यो
म यात्रामा एक्लै हुँदा ऊ मेरो नजिक हुन्थ्यो
एउटा फूल थियो हूरीले चुँडाइदियो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

यात्रा–संस्मरण : ग्याँसचेम्बरको साँझ

~कृष्ण धराबासी~Krishna dharabasi

जर्मन उत्रिनासाथ जुन जाडोले स्वागत ग¥यो । त्यो त्यति डरलाग्दो थिएन । काठमाडौंमा देखाइएको जस्तो डरलाग्दो थिएन यो तर दिन धुम्म थियो र चिसो सिरेटो चलिरहेको थियो । हामी पृथ्वीको यस्तो अर्काे भागमा उत्रिसकेका थियांै, अब आफू जन्मेको हुर्केको र बाँचिरहेको ठाउँमा फेरि फर्केर पुग्नका लागि वैज्ञानिक प्रविधिले कुनै कारणवश साथ नदिने हो भने सदा सदाका लागि परिवार र सम्बन्धहरुबाट विच्छेद भइसकेका छौं । आँखाअघि यही एउटा चक्र छ, जसको अनुहारमा टुलुटुलु हेरिरहें केही क्षण ।

उल्फ र योहन्ना दुवै सेवा निवृत्त लोग्नेस्वास्नी रहेछन् । दुवैले आÇनो जीवनकालमा संसारका अनेक देशमा भ्रमण तथा सेवा गरेको अनुभव बोकेका थिए । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

बाल कथा : अटेरी घडीहरु

~विनय कसजु~Binay Kasaju

राती बाह्र बजे बूढो पेण्डुलम घडीलाई बाह्र पटक ट्वांग ट्वांग घंटी बजाउन निक्कै गाह्रो पथ्र्यो । जाडोमा त झन उसको घण्टीको आवाज दमको रोगीले ध्यारध्यार गरेजस्तै सुनिन्थ्यो । घरपटीले उसको त्यो दिक्कलाग्दो आवाज सुनेको भए उसलाई उहिले नै बुंइगलमा मिल्काइसक्थे हेालान् वा कवाडीलाई बेचिसक्थे कि ।

तर त्यो बूढो घडीको रवाफ अझै घटेको थिएन । हरेक रात बाह्र बजे त्यो बूढो घडी बाह्र पटक खोक्थ्यो । त्यसपछि Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : फूलहरुको आयु

~तीर्थ गुरुङ~Tirtha Gurung

यी फूलहरु
गमलाभारिका फूलहरु
सुन्दर प्रतीत हुन्छन !

आजभोली गमलाहरुमा फूल रोपिन्छन्
तर गमलाका फूलहरु नाजुक हुन्छन !
ति मुर्झाउँछन्
केहि दिन हेरचाह नपाए
ति मुर्छाउछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्र र राष्ट्रियता

~ध्रुब श्रेष्ठ~Dhruba Shrestha

म थिएँ
म सँगै तिमी थियौ
र त, हामी थियौ ।
अहिले, म छु
तर, म सँग तिमी छैन्यौं / तिमी सँग म छैन
हाम्रो अस्तित्व संकटमा छ ।
ब्वाँसाहरु, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : पङ्क्स

~वरुण पोख्रेल~

गाडीको अनुहार हेर्न १० किलोमिटर टाढाको सदरमुकाम पुग्नु पर्थ्यो, त्यो पनि बेलारुस ट्र्याक्टर! बस,ट्रक… अरु त अझ टाढा। १० कक्षा पढ्न १ घण्टा हिँड्नु पर्थ्यो, जुन अझै उस्तै छ। जेनतेन यस.यल.सी. पास गरेपछी बल्ल सुरु हुन्थ्यो मुस्किल। घर नछोडी सुखै थियन। शहर किताबमा मात्र हुन्थ्यो। कि त दिल्ली-पन्जाब मा! Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : ससुराली

~उपेन्द्र सुब्बा~Upendra Subba_1

क्याप्टेन हर्कजङले अठ्ठाइस सालमा यो घर बनाएपछि क्याप्टेनको नामै फेरियो ‘ठूलाघरे क्याप्टेन’। गाउँमा इन्डिया, मलाया, हङकङका अरू पनि क्याप्टेन–ल्याप्टेनहरू थिए, तर सबभन्दा ठूलो घर यही भयो।

खोक्सुङले झ्ोलाबाट कठुवा निकाल्यो। छेउकै भोकटेको पात टिपेर दुना जस्तो बनायो अनि त्यसमा रक्सी सारेर स्वाट्टै पार्‍यो। दौराको फेरोले मुख पुछेर एक चरन सुसेली हाल्यो। मन्द बतास पनि त्यहीबेला चल्यो। निधारको पसिना पनि थोरै सुक्यो। खोक्सुङ झोला टिपेर लाग्यो उकालो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : संघियता

~करुण पौडेल~Karun Paudel

जनतालाई झुक्याउने हतियार भो संघियता
दिल्ली र वािसंटनको मतियार भो संघियता ।

स्वीटजरल्याण्डको सपना बाँड्न प्रेरणा भो संघियता
दलगत स्वार्थसिद्ध गर्ने साधना भो संघियता
िसंगो देशलाई बिभक्त पारी
शोषणको नयाँ तरिका अपनाउनलाई
बाहाना भो संघियता
जनतालाई झुक्याउने हतियार भो संघियता
दिल्ली र वािसंटनको मतियार भो संघियता । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : टाली राख्या छु

~मोहन लम्साल~ Mohon Lamsal

फाटेको यो दिललाई टाली राख्या छु
तिम्रै लागि आफूलाई पाली राख्या छु

दिन ढल्यो, चाँद छैन, औसिको रात
सम्झनाको दिपलाई बालि राख्या छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : फेसनको इतिवृत्त

~लोकरञ्जन पराजुली~

केही वर्षपहिले, नेपाली भाषा सिक्दै गरेका मेरा एक विदेशी मित्रले फेसनलाई नेपालीमा के भन्छन् भनेर सोधे । म अकमकाएँ । घोरिएँ । झट्ट दिमागमा कुनै शब्द फुरेन । र, एकछिनपछि भन्दिएँ, फेसन नै भन्छन् । हुन पनि अरू धेरै विदेशी शब्दलाई झैँ मोटो ‘श’ वाला फेशनलाई नेपाली जनजिब्रोले पचाएर पातलो ‘स’ तुल्याई आफ्नो बनाइसकेको छ । थाहा छैन कहिलेदेखि हो, तर नेपाली बृहत् शब्दकोशमा यसले प्रविष्टि पाइसकेको छ । म आफैं बच्चैदेखि यो शब्द सुन्दै–बोल्दै आएको छु । तथापि, केही दिनसम्म दिमागमा फेसन शब्द घुमिरह्यो, झर्रो नेपाली शब्दको खोजीमा । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

मैथिली कविता : कोरो आ पाढि

~विनीत ठाकुर~Binit Thakur

गरीब छोरि कऽ के बुझतै गरीबीके मारि ।
ओ तऽ पेटे लेल जरबै छै कोरो आ पाढि़ ।।
भेल छै स्वार्थी सब नेता अपने स्वार्थे में चूर ।
छिनलकै जे सपना सुख भऽ गेलैक कोसो दूर ।। Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

कथा : ऊ, प्रेमिका अनि संविधान

~रोशन थापा ‘नीरव’~

उनीहरू यति बेला प्रेम गरिरहेका छन्। प्रेमको अर्थ यहाँ शारीरिक भनेर नलगाइयोस्। सामान्य रूपमा म्वाइँ खानुबाहेक उनीहरू अन्य क्रियातिर उत्तेजित भएका छैनन्। यो उनीहरूको पवित्र प्रेम भनेर मान्न सकिने स्थिति छ। यति बेला दिनको वा साँझहुँदो चार बज्दै छ।

उनीहरू कामबाट फर्केका हुन्। प्रेमिका कुनै बैंकमा कार्यरत छिन्। बिबिए गरेपछि तुरुन्तै पाइएको काम, तर अपसोच प्रेमीको अर्थात् उसको सम्बन्धमा भने यस्तो भएको छैन। नेपालीमा एमए गरेपछि सानोतिनो पढाउने ज्यालामुखी कार्यबाहेक अरू पाउन सकेको छैन। यस मानेमा प्रेमी अर्थात् ऊ कहिलेकाही” निरास हुने स्थितिमा पुगेेको देखिन्छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हजुरहरु

~अल्पविराम~AlpaBiram

सम्बोधनमा
उसले मलाई हजुर भन्यो
हजुर शब्द
इन्जेक्सन जस्तै
नशा नशामा फैलिएर
दार्हा नंग्रा पलाएको अनुभूति गरेँ
आफुले आफैलाई बाघ देखें
आफुले आफैलाई सामन्ती सम्झें
कता हो कता
मेरो अन्तरमनको सुक्ष्म मान्छे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रेमको सुन्दर शहर देउ

~खगेन्द्र रिजाल~Khagendra Rijal

अब कसम भन्दिन भो प्रेमको सुन्दर शहर देउ
तिमीसँग दुःख सुख साटी बाँच्ने रहर देउ

दरार छन् जहाँ सुकै जिन्दगीका गारेटोमा
गन्तव्य नै छैन अब, भन्दिन म कहर देउ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

समालोचना : कविता अर्थात् हलो

~गनेस पौडेल~

एक : नेपाली कविताको स्वाद

जिब्रो बडो मापाले टाठो छ नेपालीको। ट्वाक्क–टुक्क मन पराउँछ। पिरो, अमिलो, नुनिलो, टर्रो, तितोजस्ता गढालु स्वाद सम्झँदैमा मुख भरिदिन्छ। माटोको कराहीमा मस्त पकाएको मासको दाल होस् या कर्कलाको कलिलो सुइरा, अन्तिममा खाँटी घिउले झानेर खाने बानी छ। हिङ, जिम्मु, मरटी, लसुनको फ्लेवर नेपाली स्वादकलाको निखार बास्ना हो। टिमुर, भोटे खुर्सानी र गोलभेडाको आफ्नै महिमा छ। नेपालमा ‘लोकल’ शब्दको शान ‘घरको कुकुर’भन्दा बलियो छ। हालाकि ‘लोकल’ आफैं लोकल शब्द होइन। तर यसले बिल्कुल नेपाली फ्लेवर बोकेको छ— चेपिलो, चाम्रो र आँतिलो खानेकुराको। त्यो पनि भर्भराउँदो दाउराको आगोमा पकाएको हो भने कुरै बेग्लै। Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

बाल कथा : रमाइलो तीज

~गङ्गा कर्माचार्य पौडेल~Ganga Paudyal

‘तीजको रहर आयो बरिल,’ चौतारीमा छम छमी नाच्छु बरीलै…’ उषा गीत गुन गुनाउँदै घरी भित्र घरी बाहिर गरेको देखी आमाले सोधिन् ‘छोरी निकै खुसी देखिन्छ्यौ नि ? हिजोको दरले राम्रै काम गरे जस्तो छ कि कसो ?’

‘हो आमा हिजो तपाईले पकाको दरको स्वाद जिभ्रोमै झुन्डिराछ । आज चाहिँ म केही खान्नँ । म पनि तीजको व्रत बस्छु ।’

उषाको कुरा सुनेर आमा छक्क पर्दै भनिन्‘यति सानी बच्चीले व्रत बस्नुपर्दैन । भोलिपर्सि ठूली भएपछि बसैली । अहिजे तातो दुध र रोटी खाइहाल ।’ Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : बिपना उर्फ श्रीमती

~बिबश बिप्र~ Bi pra

बोकेर नसकेको एक बिटो
सुकेको खर जस्तो सपना
आज त लगिसकेछ – कोहि कसैले कतै !

र पो रहेछ –
भोलिपल्ट – घरको बुइकलभरिको
पानीको आहाल पन्छाउन
मेरी श्रीमतीले व्यायाम गर्नु परेको !

र पो रहेछ –
भोलिपल्ट – घरको बुइकलभरिको
पानीको आहाल पन्छाउन
मेरी श्रीमतीले व्यायाम गर्नु परेको ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नोट अफ डीसेन्ट !

~दिल निशानी मगर~Dil Nisani Magar

प्यारो सपना !
कारगील बाट फ्र्कीएको
एक हूल,
सीपाही लाई
फेरी तीमीले,
कारागार मा कैद गर्यौ
र
ताल्चा लगायौ
स्पात झै-छाती मा
त्यो बीरासत !
अनी,
काठमान्डौ र कारगील
मानौ,
काठमान्डौ ले एकाबीहानै
बीरालो समात्यो
र भन्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मैथिली गजल : कुच्चा छै

~धिरेन्द्र प्रेमर्षि~Dhirendra Premarshi

शासनके लोडहीतर लोक बनल कुच्चा छै
लोडहपर हाथ जकर अगबे सब लुच्चा छै

कहने छल जत्ते छै खधिया हम पाटि देब
वैषम्यक ठाढ मुदा पर्वत समुच्चा छै Continue reading →

Posted in मैथिली गजल | Tagged | Leave a comment

कथा : सहर कोलाज

~अशोक सिलवाल~Ashok Silwal

रातको ११ बजे।

अघि भात खाँदै गर्दा एउटा हातमा सल्किरहेको चुरोट थियो, अर्को हातमा भात। छ्या!

तत्काल निर्णय गरेँ– अब चुरोट छोड्छु। बेडरुममा सुतिरहेकी छोरीलाई सम्भि्कएँ। उसको पढाइ र भविष्यलाई पनि। तर, यो निर्णय लागु हुन्छ भन्नेमा विश्वस्त छैन। किनकि यसअघि धेरैपटक यस्तो निर्णय लिइसकेको छु। दुर्भाग्य त्यो निर्णय भोलिपल्ट वा केही समयपछि नै भंग हुने गरेको छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment