कविता : प्रणवोपासना

~नरेन्द्र पराशर~Narendra Guragain 'Parasar'

नादप्रणवको यात्रा
दिव्ययात्रा पुरातन
ज्योति-अन्तर्यको यात्रा
दिव्यज्योति सनातन ।

आत्म-चैतन्यको आभा
”योग: कर्मसु कौशलम्”
नित्य-जीवनको प्यासी
”ददामि ते सुधा जलम्” । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मैथिली गजल : चोख फार भेल छी

~धीरेन्द्र प्रेमर्षि~Dhirendra Premarshi

घसाइत आ खिआइत चोख फार भेल छी
गला-गला गात गजलकार भेल छी

शब्दकेर महफामे भावक वर-कनियाँ लऽ
सदिखन हम दुलकैत कहार भेल छी

धधराक धाह मारऽ पोखरि खुनाएल अछि Continue reading →

Posted in मैथिली गजल | Tagged | Leave a comment

नेवारी कविता : मोहनि

~दुर्गालाल श्रेष्ठ~Durga lal Shrestha

बन्द नाकां छुं मव:सां
धिकिहिँ वल रे मोहनी
गय् थ्व न:लास्वां अरे रे
गुलि पनि उली ह्व: खनि Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

कविता : म हुँ माइक्रो खलासी

~ईन्दिरा प्रयास~Indira Prayash_1

आँखीझ्यालबाट छिरेको
अलिकति उज्यालो काखी च्यापेर
बडेमान महलका ती
चेप चाप र सडक पेटीहरुमा
बितेका सयौ रातहरु ……

म बेवारिसे,
जन्मदै फ्यालिएको, बेकामे झार झैँ
समाज र परिवारबाट तिरस्कृत म ,
नाम, थर र पहिचान बिनाको,
आमा-बाबा र
आफन्तको संबन्धको मायाबाट बन्चित
धैलोमैलो र फोहोरी म,
यी स्वार्थी दुनियाँले दिएको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : ​त्यो पुरुष

~भुपेन~Bhupen

धेरै समयपछि मुटुले पग्लिने आँट गर्‍यो।

समुन्द्रमा छालले सीमारेखा नाघेजस्तै। शान्त नदीमा ढुङ्गा हान्दा निस्किने तरङ्गजस्तै। म आज किन अशान्त भइरहेकी छु? एउटा सामान्य भेटले पुनः मनमा किन अशान्ति मच्चाइरहेको छ? रातको १० बजेको यो सिरसिरे हावा कुनैबेला निकै मादक लाग्छ त कुनैबेला पीडादायी।

उनी बेडमा पल्टिएका छन्। निदाएका छन्। मेरा श्रीमान्। निदाइरहेको उनको मुहार पनि घरी निर्दोष देख्छु, घरी क्रूर। कतिखेर बलिरहेको मैनबत्तीजस्तै शान्त हुन खोज्छ मन, त कतिखेर निभ्न लागे झैं झर्झराउन थाल्छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बि.सं. २२७१

~डा रवीन्द्र समीर~ Dr Rabindra Sameer

विज्ञानले आफ्नो शक्ति देखाइरहेको थियो । कुरा आजभन्दा सय वर्षपछि अर्थात् वि.सं. २२७१ सालको हो ।

एम्बुलेन्सले एक जना वृद्ध नेतालाई बेहोस अवस्थामा ठूलो अस्पतालमा लग्यो । उनलाई निकै महँगो लाइफ सेभिङ सुई दिइयो, जुन त्यो बेला चिकित्सा विज्ञानले पत्ता लगाएको थियो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बेमौसमी फूल, समय र अकविता

~राम प्रसाद प्रसाईं~Ram Prasad Prasain

भनिरहेछ,
हुजुमकाना “सन्थाल” हुनुले
सन्थालजस्तै सपना फलोस्।

माओको रेडबुक पढ्दा-पढ्दै
ग्यास्ट्राइटिसको ‘मुदिर’ भएको
कमरेड विप्लव
अलि – अलि अभिवादनमा उठेका हातहरुसंग
टाउको निहुंराउदै छ
र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुक्ष्म संबेदना

~आचार्य प्रभा~acharya Prabha

मेरो सुक्ष्म संबेदनाको
कोखबाट जन्मिएका सन्तानहरू,
जब म नियाँलेर पढ्छु
लाग्छ,
कँही कतै स्तरिय शब्दरुपी
पोषणको अभावले
लाटा,लठेब्रा पो भएका हुन् की?
?????????????
घोरिएर सोंच्न सिवाय
म के नै गर्न सक्छु र ?
हो, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आउ नारी

~सावित्रा रिमाल~

जञ्जिरले वाँधिएर
वसेका ति अवोध गलाहरु
अव हामीले खोल्नै पर्छ
आउ हे नारीहरु हो
एक जुट भई बोल्नै पर्छ
स्वत्रन्त्रताका निमित्त बलेका
दियोहरुमा
अझै तेल थप्नु पर्छ
उठ उठ हे नारी हो
हातमाथि हात राख्नु पर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पुतलीको समर्पण

~अनु शाह~Anu Shaha

खै कुन्नि के अर्थ बुझी पुतली ले, बत्तिको मौन भाखाको।
समर्पण उनको प्रेम थियो या भ्रम थियो उनको आँखाको।

शायद पुतलीको मनसाय साँच्चिनै बत्तिले नबुझेको होकी?
अनायास उनको निर्णयमा उसलाई केही नसुझेको होकी? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : ज्यामरुङको तीतोमीठो

~कञ्चन अर्याल~Kanchan Aryal

स्थानीय विकास मन्त्रालयको एउटा कार्यक्रममा सहभागी हुन गत हप्ता धादिङ जाने अवसर मिल्यो। टोलीमा काठमाडौंबाट राष्ट्रिय समाचार समितिका भीष्म ओझा, सेतोपाटीका प्रकाश ढुंगाना र म थियौं। करिब ११ बजे धादिङ पुग्यौं। ज्यामरुङसम्म पुग्ने योजना थियो। जिल्ला विकास समितिले गाडीको प्रबन्ध गरेको थियो।

गोलाभन्ज्याङसम्म गाडीमा गयौं। बाटो खराब थियो। बाटो यति बिग्रिएको थियो कि कति Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मृत्यु एक कविता हो

~समाश्री राउत~Sama Shree Raut

आदि देखि
अनादित्व बोकेर
अनन्त बिद्यमान
अटल अक्षुण सास्वत
बज्र सत्य
मृत्यु
स्वर सप्तकमा तरंगीत हुँदै
प्रत्येक श्वाशप्रश्वाशमा
अजपा मन्त्र झैं
अलापीत भईरहन्छ

शव्दमा भय
बिभत्स कठोर
मृत्यु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल उपन्यास : मुस्ताङको गुफा

~विजय चालिसे~Vijay Chalise

यात्राको तयारीमा

”आमा…आमा….भोलिदेखि त हामीलाई स्कुुलमा छुट्टी भयो ! यो एक महिनाको दशैं बिदामा त बाबाकहाँ लैजान्छु भन्नुभएको होइन ?” अभिनवले झोला फुत्त भुइँमा फ्यालेर भन्यो ।

“ल…हेर…. त्यसरी झोला फाल्ने हो ! पुस्तकहरु जतन गरेर पो राख्नुपर्छ । यति पनि थाहाछैन तिमीलाई ? यस्तो नराम्रो बानी ग¥यौ भने कसले लान्छ तिमीलाई बाबाकहाँ,भनत ! ” आमाले उसलाई सम्झाउँदै भन्नुभयो ।

“अब यस्तो गर्दिन आमा ! यसपालिको विदामा त बाबाकहाँ लैजानुहोस् है । बाबाले पनि त ल्याउनु भन्नुभा’ होइन र !” अभिनवले भन्यो ।
Continue reading →

Posted in बाल उपन्यास | Tagged | 1 Comment

Essay : The art of Internet!

~Swami Subash Chandra~Swami Subash Chandra

Strange things are going down. Millions of inconsequential things are happening every minute. A ‘celebrity’ does something and it’s a news breaking headline. A famous person’s ‘tweet’ sends shockwaves around the first world. Mobile game and ‘in-app’ purchases are everybody’s favourite distraction, and I’m not exempt from that, I’ll hold my hands up. Continue reading →

Posted in Essay | Tagged | 1 Comment

कथा : मर्डर स्टोरी

~लिलाराज खतिवडा~Lilaraj Khatiwada

उहिले एउटा डाँकु – रत्नाकर, कारणवश कवि हुनपुग्यो – वाल्मिकी। यहाँ एउटा कवि कारणवस डाँकु हुनपुगेको छ – सूर्या।

कविता लेख्न पोख्त पनि भएँ। तर मान्छेहरुले पागल भन्न थाले। कविताको गहिराइमा पुग्न अन्तर्मुखी भएँ वा विपश्यना ध्यान सिक्न गएँ। तर मान्छेहरुले झन् झन् मलाई पागल भन्न थाले। मान्छेहरुको भनाईलाई कट्टुभित्र हालेर कविता लेखिरहेँ तर मान्छेहरुले मलाई पागल भन्न छाडेनन्। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फूल र मालिक

~धनबहादुर मगर~Dhana Bahadur Magar

चौकीमा बसेर तल हेरी पुड्के भन्नेहरुले
माटोमा उत्रेर हाम्रो उचाई नाप्नु पर्छ
तिम्रो जुताले न थिचेको भए
तिम्रो बिल्डिंगसंग उचाइको होड गर्थे ।

गमलाको फूल होइन म
आहा ! त्याहा अटाउदिन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सानु

~मित्र सङ्ग्रौला~

सानु ! म तिमीलाई सुुस्तरी वोलाउथेँ ।

किन सर ?

दुुई स्वप्नील आँखा उठाएर तिमी मलाई हेर्दथ्यौ ।

रेखा चित्र बनायौ ?

बनाएँ सर ।

खै हेरौँ त ।

नाई राम्रो छैन ! तिमी लजाउथ्यौ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : एक्लै नाँच्न मन लाग्यो

~नवीन लामा `सुरेश`~Nabin Lama 'Suresh'

शुन्य शुन्य रङ्गमंच एक्लै नाँच्न मन लाग्यो
आफ्नै त हो पीर ब्यथा सबै साँच्न मन लाग्यो !!

धर्ती छाडी आकाशमा उड्ने मेरो रहर थियो
धुलो संगै प्रीत बस्यो रहर मास्न मन लाग्यो !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : वीरता – कायरता

~डा लाल-श्याँकारेलु रापचा~Dr Lal Shyaankarelu Rapchaa

एमसी टर्नर साहिब !
गाेर्खाली वीरताको लहरे गाथामा
विगतको
थर्ड क्वीन आलेक्जेन्ड्राज् ओन गोरखा राइफल्ज्बाट
तपाईं यो पलमा
स्वर्गपुरीको जुनसुकै कुनामा रहे पनि
म ब्रेभेस्ट अव् द व्रेभ गोरखाू
आज तपाईंसँग मनोसम्वाद गर्न
ग्यालिपोलीको चिहानबाट
कोलाबेलायत र लाभुवानको चिहानबाट
पि्रस्टिनाको चिहानबाट
फोक्ल्यान्डको चिहानबाट
मुसा क्वाला र मेसोपोटामियाको चिहानबाट
व्युँतिएर आएको छु; यो कहिल्यै सूर्य नअस्ताउने देशू मा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : भाग्यको अन्त्य

~भवानी तावा~Bhawani Tawa_1
अनुवादक– थाम्सुहाङ् पुष्प सु्ब्बा

उहिले नै–
दशकहरु र युग अगावै
मेरो बैंसमा–
समय परिवर्तन भइरहँदा
मेरी मायालु १
एकडवको जाँडको आमन्त्रणमा भेट्न आउँथिन् ।

कतै संगै खान्थ्यौं
कतै संगै वस्थ्यौं ।
समयान्तरमा बेला बखत भन्थी– Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : चौतारो

~सरू पोखरेल~ Saru Pokhrel

मूलबाटोको छेउमा
बर्षौदेखि छु
खै कहिले जन्मे
कसले जन्मायो
थाहा पाउनेहरु
माटो नै बनि सके होलान्
छातीमा उम्रेका बर पीपल
अजङ्ग भएका छन्
चारैतिर दौडन खोज्दै छन् हाँगा हरु
तर म थेप्चिएको छु
तिनकै तल
मैलाई टेकेर चढी रहेछन
फूल पातीहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

साहित्यिक भलाकुसारी : ‘संकटको बेला साहित्यकारले नबोले कसले बोल्ने’

~पारस नेपाल~Paras Nepal

डा. राजेन्द्र विमल बढीजसो जनकपुरमा बसे पनि नेपालभरका भाषासाहित्यप्रेमीले श्रद्धासाथ लिने नाम हो । प्राध्यापनमा चार दशक बिताएका उनी नेपाली र मैथिलीमा समान दक्षतासाथ कलम चलाउने स्रष्टा हुन् । नेपालीमा उनका ‘राजेन्द्र विमलका कथाहरू,’ ‘खहरेको तिर्खा’ (उपन्यास), Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कविता : परिनिष्ठित मनको खोजी

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

अन्धमुष्टि टाँडीमाथि दिग-दिग लाग्दो
सिक्सिको जीवनको भित्रि-पत्रमा
अड़ग मुटु फक्रिन्छ, रातम्य!
मन-चरी उम्केर एकातिर भाग्दा
विचरा ! खुट्टा चिप्लेर
भाँडभैलो घुर्यानमा जाकिन्छ।
सौम्य सभ्यताको खातिर
हिलो पुछेर विस्तारै उकाल्छु मास्तिर।

आलिसान भवनको सिलिंगमुनि लेखिएका
पहारा र छहराको कहानी पढेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : दर्द

~नन्दलाल आचार्य~Nandalal Acharya_1

पात्रहरू –

मञ्जरी ःअधबैँसे नारी, पतिले त्यागेकी, दुई सन्तानकी आमा, दुःखजिलो गरेर गुजारा चलाइरहेकी गृहिणी, आफ्ना दुई सन्तानको भविष्य उज्यालो बनाउने काममा कटिबद्ध ।
बबलध्वज ः गाउँका एकजना सज्जन, आफ्नो सुखभन्दा अर्काको सुखमा आनन्द प्राप्त गर्ने स्वभाव, गाउँको हालखबर बुझ्दै हिँड्ने निःस्वार्थी मान्छे, जसलाई कतिपयले नारदको संज्ञा पनि दिने गरेका छन् । उनलाई श्रीमतीले पनि अर्धपागल भनेर त्यागिदिएकी छिन् ।
प्रमोद ः मञ्जरीको ८ बर्से छोरा ।
प्रमिला ः मञ्जरीकी ११ वर्षकी छोरी ।
प्रकाश ः बबलध्वजका छिमेकी र सहयोगी । Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : जन्तर

~पूर्ण विराम~Purna Biram

अहिलेसम्म सजाएको छैन मलाई कुनै पनि फ्रेमले
नसजाए पनि म पटक–पटक उभ्याइन्छु फ्रेमको नजिकमा
जवान भएपछि मिल्काउँछ बच्चा छँदा आफ्नो घाँटीमा बेरेको जन्तर हिजोको कलिलो केटोले
बाघ मरेपछि मर्छ जङगलमा तैयार भएको जन्तर पनि
डालोमा बोकेर नयाँ बाली लगाउन आफू लताफूल बीज निस्कन्छ जब फ्रेमबाट सूर्य
लगाउनेले लगाउँछन मेरो निधारमा फ्रेमभित्र रहनेहरूले लगाएको टीको
त्यो टीको खामभित्र रहेको चिठीमा
सरोकारवालाले बाहेक अरूले खोल्लान भनेर
लाहा पगालेर खाममा लगाएको लाहाछाप जस्तै हुन्छ त्यसले पर्न थाल्छ स्वतन्त्रतामा स्याउँ स्याउँती
किर्ना र बतास पर्छ कुनै कारामा कुनै प्रदेशको भएर
चाहन्छन† धेरै राजाहरू राजकाजमा मनग्गे बूढो हुन
घचाडछन् तिनीहरूले राजकाज सुम्पिने कलालाई सकेसम्म पर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : यस्तो एउटा कात्रो

~विमल भौकाजी~

एउटा पात्र! अर्थात्, एक सम्पन्न मान्छे।

समाजका अरू व्यक्तिभन्दा आफूलाई ऊ अलिक भिन्नै सोच्थ्यो। अर्थात् अरूको भन्दा आफ्नो ‘स्टाटस’ अलिक माथि रहेको मान्थ्यो त्यो पात्र। तथापि, समाजको सामु यो तथ्य राम्रोसँग पुष्टि भइसकेको भन्नेमा भने ऊ सन्तुष्ट हुन सकिरहेको थिएन। तसर्थ, जसरी पनि समाजभित्र रहेको आफ्नो भिन्नताको पुष्टि गर्नु थियो, पात्रलाई। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म असफल बैज्ञानिक

~मीरा मन थापा~Mira Thapa Man

एउटा अनुसन्धानमा जुटेको छु आजभोली
मलाई यो पत्ता लगाउँनु छ कि,
दृश्यहरू फरक हुन्छन् या आँखाहरू ?
म सँग एउटा ठुलो प्रयोगशाला छ
मेरो प्रयोगशालामा घाम र जून छन्
जमिन र जङ्गल अनि खोलानालाहरू छन्
होचा अग्ला पहाड र पर्वतहरू छन्
अनि छन् काला र सेता आँखाहरू
साना र ठूला आँखाहरू

घामको प्रकाश हिमालमा छर्छु र सोध्छु
ए आँखा हो के देख्यौ ?
”चाँदी जस्तै फूलेकी मेरी आमा देंखे ”
”घामको प्रचण्ड रापले पग्लिएर उचाई गुमाउँदै गरेको निरिह ढुङ्गो देंखे ” Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नपिएकै जहर बढि लाग्दो रैछ सानु

~आयुष चौधरी ‘सम्मोहन’~Ayush Chaudhari 'Sammohan'_1

नपिएकै जहर बढि लाग्दो रैछ सानु
बिर्सिएकै माया यहाँ जाग्दो रैछ सानु

एउटा स्वप्न जिन्दगीको संगसंगै देखेपनि
थाहै नपाई बिपनामा भाग्दो रैछ सानु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आमासँग आत्मालाप !

~तिब्वत दर्लामी~Tibbat Darlami

आफ्नै मनसँग भुनभुनाउदै
यि अक्षरहरुको काव्यिक हरफ बुन्दै
आज तिमीसँग
आत्मालाप गर्दैछु आमा
सायद
मलाई सुन्दैछौ तिमीले
तिम्रो मनले/धड्कनले ।

उ…त्यो पहाडमा
कति उमँगका गुँराशहरु फुल्दै झरे होलान्
कति दुःखको पहिरो गयो होला
कति विपत्तीको डढेलो लाग्यो होला ।
विचरा त्यो पहाडलाई
कति धेरै चराहरुले चटक्कै छाडेर गयो होला ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : दाग

~शुषमा मानन्धर~Shushma Manandhar

धमिलो आकाशबाट सांमु विस्तारै ओर्लंदै थियो । दिउंसो देखि परेको पानी केही वेर अघि मात्रै थामिएको हो । काला बादल सवै फाटिसकेका नभए पनि कतै कतै निलो आकाश र सेता बादल भने देखिन थालेको थियो । सडकका खाल्डा खाल्डीमा जमेका पानी सुकिसकेका थिएनन् । त्यसैले गुडिरहेका गाडीले बाटो हिँड्ने बटुवाहरुलाई मजैले पानी छ्यापी रहेका थिए ।

अफिसबाट छुटेर घर जांदै थिएं । बाटोमा सानो चिया पसल थियो । हेर्दा साधारण लाग्ने पसल तर चिया मीठो पाइन्थ्यो । चिसोले चियाको तलतल बढेर म त्यहां अडें । भित्र अलि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छेहरुबीच मान्छेको खोजी

~गणेश खड्का~Ganesh Khadka

सृस्टिको उषाकालमा
रामापिथेकस बाराजुले छोडेको
घुर्मैलो सभ्यताको धराप लिस्नो टेकेर
तङ्ग्रिदै-लत्रिंदै, देखिदै बिलाउदै गरेका
स्वनामधन्य जन्तुहरुको सक्कली बिमोचनमा
मेरो स्वकिय अनुसन्धाता मन
आफ्नै समूहका अस्पष्ट अस्थिपन्जरहरुबिच
कुरुप सभ्यताको खास्टोभित्र
स्याउँस्याउँती मान्छेहरुको थाकबाट
एउटा असल मान्छेको न्वारन गर्न चाहन्छ ।

मान्छेहरुको शिविरमा गधाहरु भेटिन्छन्
लोक दिक्षित हुनुपर्ने विश्वबिध्यालयहरु
राँगा र साँढे भर्ती केन्द्रका अखडा बन्दछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~भूपिन ब्याकुल~Bhipin Byakul

अब मेरो हड्डिभित्र
कुनै बल बाँकि छैन ।

मेरो जीवनका आविष्कारहरु
जिन्दगीको कुनै सडक छेउमा उभिएर
म तिमीलाई नै पर्खिरहेछु अहिले
आऊ
आसाको अन्तिम उज्यालो छ मसँग
ननिभ्दै लिएर जाऊ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment