गजल : संघार ननाघे संसार देखिन्न

~बादल सुरेश~Suresh Badal

हावा र पानीको आकार देखिन्न
संघार ननाघे संसार देखिन्न

एक्कासि चोट लाग्दा बल्ल जानिन्छ
आफन्तले गरेको प्रहार देखिन्न Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : रातको प्रतिक्षामा छु

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

गुलाबि ओठको चुम्बन
छातिमा अमिट टासेको छु
गाजलु आँखासँगको फसाई
शिरमाथि औला चलाईको सम्झना
प्रेमिल बिख्यात चित्र अगि
प्रेमिल मुस्कान साटिरहेछु

ओ,श्वयत प्रियतमा
तिमिसँग कटाएका दिनहरु,साझहरु र रातहरु
भञ्याङ्गहरु ,क्याफेहरु
कति सुलोलित बग्छन सम्झनाहरुमा
कति मायाबी बग्छन अनुभुति गहिराईहरुमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : कूटनीति र राजनीति — राजदूत नपाएको कुण्ठा

~पदमसिंह कार्की~bookcover - Kutniti ra Rajniti - Rameshnath Pandey

हास्य कलाकार हरिवंश आचार्यको चिना हराएको मान्छेको बिक्री ह्वात्तै बढेपछि आत्मकथाको बजारले काँचुली फेरेको धेरै भएको छैन । युवा प्रकाशकहरूको जमर्कोलाई टेवा दिएर नाम र दाम कमाउने मौकामा आत्मकथा लेखकको लर्को नै लाग्यो । कोहीले आफैँ लेखेर, केहीले खेताला खोजेर लेखाए । लेखाइएका
पुस्तकमा त अपत्यारिला र उराठलाग्दा बखान अनि सार्वजनिक दृष्टिले मूल्यहीन तस्बिरको जमघट हुने नै भयो । स्वयंले लेखेका आत्मकथामा पनि निधन भइसकेका पात्र उभ्याएर भए–नभएका आफू Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : पैसा उठाइदिन हिँड्दा

~अनमोलमणि~Anmolmani

‘ठोक् केटा हो,’ गुरुले भन्यो ।

त्यसपछि हामीले आफ्नो पोजिसन लियौँ । मुन्टो दायाँ बायाँ मर्कायौँ । एकसाथ मुन्टो पड्केको कट्याक कुटुक आवाज आयो । हात झट्कार्‍यौँ । पञ्जा खोल्ने र मुट्ठी पार्ने गर्‍यौं । कुम हल्लाएजस्तो गर्‍यौँ । एक्सनसहित हावामा हात चलायौँ । खुट्टा तन्काएझैँ  गर्‍यौँ । त्यसपछि छाती फुलाएर हामी मध्यम स्तरको कोठामा बसिरहेको उसको कुर्सीतिर बढ्यौँ । यति बेलासम्म ढोका बन्द भइसकेको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मैथिली कविता : गाम–नगर में

~विनीत ठाकुर~Binit Thakur

गाम–नगर में सोरसराबा सुनल गेल बड़ बेसी ।
लोकतन्त्र में अपन अधिकार लऽकऽ रहत मधेशी ।।
जनसंख्या सँ जनसागर में जोरल छलौं हम सीधा ।
खाकऽ हमहुं लाठी गोली पारकेलौं सबटा बाधा ।।

बटवृक्षक अंकुर बनि जनमल कतेको आशा । Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

लिम्बू गजल : याप्मी लाजे ओ येप्मा पोङ् निङ्वा ए मेन्दाए

~हाङपाल आङबुहाङ~Hangpal Angbuhang

याप्मी लाजे ओ येप्मा पोङ् निङ्वा ए मेन्दाए
खासाङ् आङ् वाआ पाप्मा पोङ् नुरिके मेन्घाए

याप्मी पान् खेम्नु नुनुबा सेप्माङ् रक् निमेन्लो
आत्ति साङ् याङ्सा मेधक्नेन् होम्रिक्वा मेन्धाए Continue reading →

Posted in लिम्बू गजल | Tagged | Leave a comment

कविता : मन मा हुन्छ देश

~महेन्द्र पौडेल~Mahendra Paudel

बाटो शायद् बन्द ठानी, साथी भन्छन् आज
माटो छाडी विदेशिने देश् को हुन्छ लाज
मन भरी विदेश कै सपना जो बोकी
दिनभरि डुल्छ्न उनै घुम्ती बाटो खोजी

उल्टो खेलिंदैछ किन ? राजनीति चेस
पैताला मा हुने हैन, मन् मा हुन्छ देश

वहीं वसी उनी गर्छन् विदेशीको सिको
अपमान आफ्नै पन, कला संस्कृतिको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मेवाडकी रानी

~गणेश ओली~Ganesh Oli

मेवाडकी रानी !

म उनको राजा बन्छु कि बन्दिनँ मलाई नै थाहा छैन तर उनी मेरी मनकी रानी बनिसकिन् ।

पाठक मित्र, तपाइँलाई लाग्ला उसो भए किन रानी ?

यसमा मेरो तर्क के छ भने, बिबाह र प्रेम फरक कुरा हो । बिबाह भएमा रानी बन्ने र नहुँदैमा रानी नहुने भन्ने तर्कसँग मेरो असहमति छ ।

प्रेमको नाममा रासलीलाको मात्र सपना म देख्दिनँ बरु Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : म नाथे

~वरुण पोख्रेल~

हुन त म एउटो नाथे | नाथे बोले तो सिधै नाकको रौँ हैन कि त्यो भन्दा अर्कै किसिमको नाथे, उर्फ घेंचु | फेरी घेंचु भन्या के? भन्ने अर्थ खोजिएला “त्यो त मलाइ के थाहा!”, थाहा नै नभएको कुरो किन उठाउनु !! किन लेख्नु किन जान्नि हुनु !! भन्ने फेरी अर्कै तर्क नि आउला | हो ~~~ यस्तै तर्क र बितर्क आउँदा चाहिँ दिक्क लाग्छ | म काँ ‘को हुँला ? को हुँला? के गर्दै हुँला? हुँदा हुँदा पृथिवीको जन्म देखि लिएर Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : शान्ती खोज्दै,लड्यौं किन ?

~आचार्य प्रभा~acharya Prabha

अशान्तीको,बिज रोपी,शान्ती खोज्दै,लड्यौं किन ?
बाटोभरी,इर्ष्या रोपी,हामी अघि ,बड्यौँ किन ?

आफैलाई,बैरी मानी,आज सम्म,बाँचिरह्यौँ
आफ्नै मुटु,छेँडेर नै,शूल बनी,गड्यौँ किन ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मधेसी

~सन्तोष पौड्याल~Santosh Paudyal

गोङगबु चोकबाट एक किलोमिटर उत्तर हिंडेपछी गणेशस्थान । चोकबाट २ मिनेटको दुरिमा एन. बि सप्लायर्स चामल पसल । “पच्चिस, छब्बिस, सत्ताइस, अब ३ वटा” लक्षुमन करायो ।

मुरलीले आँखाले साउती गर्‍यो । असिनपसिन हुँदै थप ३ बोरा चामल लोड गरेपछी मुरली जिपको अगाडि गएर थपक्क बस्यो । लक्षुमनले साहुसँग बिल मागेर कमिजको खल्तीमा राख्यो । ढोका ढ्याम्म लगाएर जिप स्टार्ट गर्‍यो । उनिहरु चामल डेलिभरी गर्न निस्किए ।

बिहान सात बज्दा नबज्दै पसलमा अर्डर आउन सुरु हुन्छ । झमक्क साँझ नपरुन्जेल लक्षुमन र मुरलीलाई पिशाब फेर्ने फुर्सद हुँदैन। यस पसलमा मुरलीलाई काम लगाएको लक्षुमनकै चिनजानमा हो । यि दुबै पोहोरसाल परासीसँग जोडीएको सौवाटिकेट गाउँ बाट आएका हुन । मुरली लक्षुमन भन्दा केही महिना पछाडि ।

“बस्न त उतै रमाइलो है?” मुरली लक्षुमनतिर फर्केर बोल्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भौजी आमा

~कृष्णराज सर्वहारी~Krishna Raj Sarwahari

“दुलाहाको उमेर पुगेकै छ, सैभल्वासँग के मतलब?” छेवैकी अर्की बोलिन्।

“किन मतलब छैन? दुलाहालाई केही भइहाल्यो भने सैभल्वाले दुलही लिनुपर्दैन?” पहिलीले जोड दिएर भनिन्। दाजु भुख्लाको बिहेमा सैभल्वा बनेको सुख्ला साँच्चै सानो थियो। घरमा भाउजू भित्रिएपछि उसलाई आमा पाएजस्तो भएको थियो। केही दिनमै उसका गालाबाट सिंगानका टाटा र घाँटीमा जमेको मयल गायब भए। त्यसपछि पो ऊ सैभल्वा जस्तो देखिएको थियो।

पाँच दिदीमुनि भुख्ला जन्मँदा परिवारलाई खानै पुग्दैनथ्यो। त्यही कारण उसको नाम भुख्ला रह्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : अमृत नै रोप्दा पनि

~भावना पोखरेल~Bhawana Pokharel

अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर
ढाल्यौं बाहिरी तानाशाहा आफू भित्रकै ढलेन हजुर ।

समानताका कुराहरु डिनर लञ्जसँगै खायौं
गोलीको घाउमा डण्डा बस्र्यो हाम्रो पानी चलेन हजुर । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : आली चराएछ

~सर्गमञ्जरी~Sargamanjari

दुःख फुल्ने फूलबारीको माली कराएछ
निसाफ गर्न अदालतमा जाली डराएछ

जुन नुनले खून दिन्थ्यो त्यै खून नै लीन भयो
घैयाबारी साउने थोत्रो फाली हराएछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मैनबत्ती र केटी

~कुसुम ज्ञवाली~Kusum Gyawali

मेरा हरेक कुमारी सपनाहरु
यसरीनै पग्लिरहन्छन्
जसरी पग्लिरहेछ यो मैनबत्ती
मेरा अल्पविकसित सपनाहरुमा
ह्वार्रह्वार्रती आगो लागेको देखेर
तपतप रोइरहेको छ यो मैनबत्ती
वा निकालेर बिद्रोहको अग्नीज्वाला
आफै गलिरहेछ मैनबत्ती
यही निर्क्योल गर्न पढिरहेकी छु
मेरा आदिम इतिहासका
अन्तिम पुराना पानाहरु ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बाई अर्पणा

~महेश्वर चापागाईं~

‘सर, भोलिबाट म अफिस आउँदिन।’

धेरै दिनदेखि देखिरहेको थियो- काममा उसको ध्यान गएकै छैन। अफिसमा एक किसिमको छटपटी व्याप्त थियो। घरि ठूलो आवाजमा धारो खोल्थी ऊ र जगभरि पानी भरेर एक घुट्कोमा सिध्याउँथी, घरि मेचबाट उठेर उसको टेबुलतिर आउँथी र फेरि केके सोचेर फर्कन्थी। कम्प्युटर अन गरी माउसमात्र तलमाथि–तलमाथि गर्दै एकोहोरिन्थी ऊ।

‘के गरेको यस्तो? ४०० मा ४० जोड्दा कसरी ४४०० भयो?’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

चिन्तन : यौन नै प्रेमको मुहान

~स्वामी आनन्द अरुण~Swami Arun Ananda

म पेशाले इन्जिनियर भएपनि सानैदेखि अध्यात्ममा मेरो गहिरो रुझान थियो । इन्जिनियरिङ त मैले पेट पाल्नका लागि गर्ने काम मात्रै हो । तर, मेरो अन्तरहृदयमा ध्यानको तिब्र रुचि थियो । सानैमा म जोगी बन्ने धुनमा एक/दुईपटक Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

बाल कथा : डोल्माको बाच्छो

~यम बाँस्तोला~Yam Banstola

डोल्माको चौंरीगाईले निक्कै राम्रो झाली बाच्छो पाएको थियो। डोल्माको परिवार गर्मी समयमा लेकमा बस्थे र जाडोको समयमा उनीहरू गाउँतिर झर्थे। लेकको गोठदेखि माथि सबै खुल्ला नागी थियो। बिहानै चौंरी र भेडाहरू फुकाएर डोल्मा माथि डाँडासम्म पुर्‍याउँथिन् र आफू स्कुल जान्थिन्।

डोल्माका बुबाआमा खेतबारीमा मकै, फापर आदि छर्ने, आलु गोड्नेलगायतका कामहरू गर्थे। चौंरी, भेडा र च्याङ्ग्राहरू दिनभरि टाढाटाढा डाँडाको टुप्पोसम्म चर्न जान्थे र बेलुकी झमक्क साँझ परेपछि मात्र गोठमा फर्कन्थे। स्कुलमा डोल्माका थुप्रै साथीहरू थिए। उनी स्कुलमा जति रमाउनु रमाउँथिन्, जति खेल्नु खेल्थिन्। लेकको गोठमा बसुन्जेल Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : योग्यता

~डा रवीन्द्र समीर~ Dr Rabindra Sameer

‘क’ ले चिकित्साशास्त्रमा स्नातक तह उत्तीर्ण गर्यो, सेतो कोट लगाउन पायो ।

‘ख’ ले अङ्ग्रेजीमा स्नातकोत्तर गर्यो, चक–डस्टर समाउन पायो ।

‘ग’ ले कानुनमा स्नातक गर्यो, कालो कोट लगाउन पायो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

देउडा गीत : सधै हाँसेकै छु

~चन्द्र कुवँर ‘चन्द्रमा’~Chandra Kuwar 'Chandrama'

दुक्ख सुक्ख जेभयनी , सधै हाँसेकै छु ।
तिम्रो तस्वीर मुटु भित्र , सधै टाँसेकै छु । ।

तिमी सधै खुशी रनु , देउता भाकेकै छु ।
जूनिजूनी सँगई जिउने , बाचा राखेकै छु । Continue reading →

Posted in देउडा गीत | Tagged | Leave a comment

कथा : घर,डेरा र छोरो

~श्रीधर पौडेल~Shridhar Paudel

‘बाबा, नाई ! हाम्मै घल दाउँ !’ छारोको ढिपी बढ्दो छ । के के गरेर फकायो ! पाँच सात मिनेट पछि फेरी कोकोहोलो मच्चाउँछ, ‘नाई ! यो घल हाम्मो हैन, हामी हाम्मै घल दाउँ ।’ म कसरी सम्झाउँ उसलाई, त्यो घरमा पनि हामी भाडामै बसेका थियौँ भनेर ! म उसलाई बुझाउन पनि खोज्छु, बुझाउन पनि सक्दिन ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : उत्तरआधुनिक गीत

~चर्चित ढुंगेल~Charchit Dhungel

मलाई फाइट सिकाइदेउन,
मलाई डान्स सिकाइदेउन
एक्टिङ सिकाइदेउन, मलाई हिरो बनाइदेउन

मेरो चर्चा चलाइदेउन, म्याग्जिनसँग
मेरो बिहे गराइदेउन भर्जिनसँग Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

सरुभक्तका ३० मुक्तकहरू

~सरुभक्त~Sarubhakta

एउटा यस्तो प्रेम गर, मरेर पनि बाँचिरहू

मानवताको लागि भनी अमृत केही साँचिरहू

समय बग्छ नदीझैं अज्ञात-अनन्त सागर छुन

तिमी अरूका सम्झनाभरि आस्था बनेर नाचिरहू ।

०००

प्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराख

प्रेमभन्दा मूल्यवान केही अरू हुँदैन ठानिराख

सभ्यताको आकाशभरि कति घाम उदाए, जून उदाए

प्रेमको इतिहास चोखो लेखिनु पर्छ मानिराख ।
Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : नारी

~प्रतिभा पौडेल ‘एकता’~Pratibha Paudel 'Ekata'

त्यागिदिइन् घरपरिवार,
जन्मभूमि छोडिदिइन्
विवश भई सम्बन्धलाई,
अरुसँगै जोडिदिइन्।

झारी गइन् अश्रुधारा
दुख मान्दै रोई
अब उन्लाई मनाउने
आयो अरु कोही।

राखी गइन् मातापिता, Continue reading →

Posted in कविता | Tagged | 1 Comment

गजल : यही जिन्दगीको

~आवाज शर्मा~Aawaj Sharma

•
यही जिन्दगीको खजाना रहेछ
नयन आँशुको कारखाना रहेछ
•
म उस्तै छु उस्तै छ आकाश मेरो
फगत बदलिएको जमाना रहेछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : म आज निस्किदै छु, बन्धन चुडाल्नका लागि

~प्रकाश भण्डारी~Prakash Bhandari

जीवनलार्इ कसरी मान्छेहरू व्याख्या गर्छन् रु मानिसहरू शब्दहरूमा जिन्दगीलार्इ कसरी अर्थ्थाउने प्रयास गर्छन् त्यो त मलार्इ थाहा छैन । तर पनि जति जीवन मैले विताए, जति दुख: सुख मैले भोगेँ र बिभिन्न उतारचढाव सहदै यहाँसम्म मलार्इ ल्याइपुर्यााएँ, यसले आज मलार्इ प्रष्ट पारेको छ, जीवन एउटा एकल यात्रा हो, जसले मानिसले भन्ने गरेझैँ अनुभवी र व्यावहारिक बनाउँछ ।
Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कुरूप कविता

~भूपिन ब्याकुल~Bhipin Byakul

एक्लै कति
सुन्दर भएर बसिरहोस् कविता

एक्लै कति
सौंन्दर्यको एकोहोरो प्रेमी बनिरहोस् कविता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : खल्लो दशैं

~विद्या सापकोटा~Bidya Sapkota

खेतभरी लहलह धान झुलीरहेको थियो । पहेला फाँटहरु, सुगन्धि मौसम मन त्यसै रमाऊँथ्यो । वगिरहेको सामरी खोलो, पानि सङलिसकेको थियो । बर्खे भेलले बगाएका बलौटे फाँटहरु एक तमासको सान्नटा बोकेर फैलिएको थियो । एउटा ठूलो ढुङ्गामा अडिएर घोरिइरहन्थ्यो ऊ, विस्मृतीको घुम्टो ओढेर । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हात लाग्यो शून्य !

~कृष्ण सेन ‘इच्छुक’ ~Krishna Sen 'Ikchchuk'

बूढी आमाको गन्गन् झन् बढेर गएको छ
बूढा बाबुको रोगी देह अझ जीर्णकाय भएको छ
घरका डाँडाभाटाहरु मक्केर गलेका छन्
खरको चुहुने छानो झन् तारामण्डल भएको छ
साँझ–बिहानले सधैँ आपत बोकेर आउँछन्
निरुपाय भाइ सधैँ मेरै मुख ताक्छ
यो घर शान्तिको निकुञ्ज हो या अशान्तिको थलो ?
म अघोर पीडाले झोक्रेर चुपचाप सोचिरहेछु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

चाम्लिङ गजल : इमोला

~विमला केयरलेस~Bimala Careless

आङा आछु हिङेनाओ छाप्दिइ इमोला
झारा खुइन्यो खुइसेको साप्दिइ इमोला

मोछामामो उम्भुसी थुतुरी ङासैना काँ
मेन्सा सुम्निमाओ पारुहाङ हाप्दिइ इमोला Continue reading →

Posted in चाम्लिङ गजल | Tagged | Leave a comment

गजल : एक्लै बोल्ने बानी हो की

~राकेश कार्की~Rakesh Karki

एक्लै बोल्ने बानी हो की कोही एक्लै बोली दिन्छन्
फत्फताएर मुस्कुराउँदै मनको कुरा खोली दिन्छन्

पोखुँ सामु खै के पोखुँ आफ्नो व्यथा अरुलाई के र
त्यसैले एक्लै गन्गन् गर्दै दुःख आँशुले घोली दिन्छन् Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल गजल : छुनुमुनु गर्दै

~नन्दलाल आचार्य~Nandalal Acharya_1

छुनुमुनु गर्दै टुकुटुकु आऊ बाबू
बुबुमाम खाइवरी फेरि जाऊ बाबू ।

मिलीजुली खेल्ने गर साथीभाइसँग
उनीहरूसँगै मिली गीत गाऊ बाबू। Continue reading →

Posted in बाल गजल | Tagged | Leave a comment