कथा : सिमा, मेरी साथीसँगै अतीत सम्झदा

~निर्मला खड्का~Nirmala Kadka

एक्काइसौँ शताब्दीको पहिचान, सूचना र प्रविधिले ल्याएको अभियान कम्यूटर र इन्टरनेटको जमानाले टाढा कतै हराएका साथीभाइहरू पाउन सजिलो भएको छ । यतिवेला सँसारभरि नै चर्चामा रहेको फेसबुक सञ्जाल बीना म पनि टाढिएर रहन सकिन । र त हिजोआज मलाई फेसबुकको भित्तो चियाउदै हिड्ने लत लागेको छ । आज फेरि फेसबुकको भित्तोहरु चियाउने क्रममा “सौरभ गुरुङ” को भित्तोमा पुगे । जसले मलाई आज भन्दा बिसबाइस वर्ष पहिले छोडेर आएको मेरो अतीतलाई फेरि झकझकायो । सौरभ गुरुङ मेरो साथीको छोरा, उनी आज एक्काइसौ वर्षमा पाइला टेकिसकेका छन् । सौरभकी आमा सिमा अनि म सानैदेखि स्कुलमा संगैपढ्दै यस.यल.सी.सम्म संगैथियौ । हामीसंग-संगै हास्दै, खेल्दै आफ्ना जीवनका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नाकावन्दीको दसैँ

~राकेश कार्की~Rakesh Karki

बा आमा आउन पाइन
तेल छैन बसैमा
नाकावन्दीले नदिने भो
टीको थाप्न दसैँमा

प्लेन पनि आउन छोड्यो
ठूल्दाई अड्किनु भो दिल्लीमा
वर्षौँ पछि वल्ल आको
दसैँको बेला विचल्लीमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : यो कथा होइन

~भावना शर्मा~Bhawana Sharma

यहाँ जो आँउछन्
मुटुभरी आगो, ओठभरी ज्वाला बोकेर आँउछन्
यहाँ जो बस्छन्
हत्केलाभरी खरानी र आँखाभरी धुँवा बोकेर बस्छन्
र यहाँबाट जो जान्छन्
पोल्टाभरी निभेका विश्वासहरु र सपनाहरु
सोहोरेर जान्छन्…..

जब यहाँ आइपुगें, यस्तो लाग्यो भूपि शेरचन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : केहि चिट्ठीहरु

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

सम्झिएर उनिलाई खोलेँ केहि चिट्ठीहरू
केहि उडे बतासले छोपेँ केहि चिट्ठीहरू

सिउँदो त्यो सिन्दुरले रंगाउन नसके नि
धोको मेट्न रगतमा चोबेँ केहि चिट्ठीहरू Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बहुलाही आमाहरूको जुलुस

~सरुभक्त~Sarubhakta

जुलुसमा कुनै झन्डा छैन
किनभने बहुलाही आमाहरूको कुनै झन्डा हुँदैन
जुलुसमा कुनै नारा छैन
किनभने बहुलाही आमाहरूको कुनै नारा हुँदैन
सम्सुद्दीनका आक्रमणहरूदेखि बेखबर
पशुपतिनाथ र स्वयम्भूनाथका बाँदरहरू
पिंजडामा तित्रा बोकेर
छाती भरिभरि
छातीमा नअटाउने गरी
‘मञ्जुश्रीपट्ट’का विशिष्ट पदकहरू टाँसेर
भण्डारखालतर्फ कूचमार्च गर्दा
जड्डबहादुरहरूको छालाको शिकार खेल्न
देशमा–
बहुलाही आमाहरूको जुलुस निस्केको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : भा:तया निम्तिं

~गिरिजा प्रसाद जोशी~Girija Prasad Joshi

भा:तया निम्तिं भुटानदेवी ग्वंग: फ्यात का
मज्जां च्वना: नय् य:सा ड्राईभर भा:त का ।

टुँइक्क हरन् न्याय्का: वय् सुंम्क छ पिहाँ वा
न्ह्यने च्वंगु सुलिमय् सुंम्क छ दुहाँ वा । Continue reading →

Posted in नेवारी गीत | Tagged , | Leave a comment

कविता : पानीजहाज

~टीकाराम उदासी~Tikaram Udasi

क्याप्टेन
याद राख
राम्ररी याद राख
तिमीले छाड्यौ भने पनि
कुनै ज्वारभाटा बीचमै यो पानीजहाज
पानीजहाजकै कोही यात्री
आफै बन्नेछ क्याप्टेन
र, हाक्ँनेछ इतिहासको पानीजहाज
इतिहासको कुनै अध्यायभित्र
कदापि हुने छैन क्याप्टेनहरुको अभाव
जन्मिरहनेछन् क्याप्टेनहरु
निरन्तर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : घडी

~वीरेन्द्र कंडेल~Birendra Kandel

“बा, मलाई घडी चाहियो के, घडी ल्याइदिनुभएन भने त म स्कुल नि जान्नँ!”

बा भर्खर अफिसबाट आएर हातमुख धोइओरि टुसुक्क बस्नुभएको थियो।

“हैन, कति कचकच गर्छ यो? जैले घर आयो, घडी चाहियो भन्छ, किन चाहियो तँलाई घडी? पछि ठूलो भएपछि किन्दिउँला। मैले यो घडी त तेरी आमासँग बिहे गर्ने बेला किनेको।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : खोसिएको रहर

~याम “नौलो दिप” मगर~Yam 'Naulo Deep' Magar

नयाँ जिन्दगीको पुस्तक
उभ्याउदै आइपुग्ने घामको मुस्कान
वर्षौँदेखि हराएको सुन्दर भविष्य।

नभेटेको खबर बोकेर
अस्ताउँछ पहाडको टुप्पो छोएर
पटक पटक अस्थिर
उच्छ्बास फ्याँकेर छातीबाट
निर्जन मरभूमीमा छटपटिँदै छ- मृत्यु
समयले लुटिएको अलाप्दै।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अध्यारोमै जुन टल्किन्छ

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

नुनीलो वतास पिएर
वादलुको देशमा सारङगी खोजीरहेछु
कता कता कठाङग्रिदो चिसो
लुकामारि खेलीदिन्छ
नाङ्गा आङ्सँग
रिक्ता पेटहरु सँग
चन्द्रगिरिको स्वप्निल चाहाना
उहि वालुवाको खेतीभएर
गडतिरतिर
सम्भयताको उराठलाग्दो गित खोज्छ
सिस्नु र पिठोकोमादकतामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कपनको बस

~बिक्रम ज्ञवाली~Bikram Gyawali

कुनै कामले म गौशाला गएको थिए । फर्किने बेला बिहानै देखिको कालो बादल फुट्यो । सडक पनि भिज्यो । बाटोमा हिंडेकाहरु राम्रो ओत खोजेको पनि देखिन्थियो । मलाई भने कपन पुग्ने हतार । बस कुर्दै थिए एउटा रुखको तल ओत लागेर ।
एउटा पोछी आर्को गाडी आयो तर कपनको गाडीको कुनै सुर सारनै देखिन । यता उता आँखा घुम्दा घुम्दै मेरो आँखा छाता ओडेर बसेका दुई केटी माथि पर्‍यो । तेस्को अलि समय पोछी बाइ भनेर हात हल्लाएर त्यो मध्येकी एक जाना गई । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बदला

~पुन्यप्रसाद प्रसाई~

लगभग पन्ध्र बिघाको क्षेत्रफलमा पैmलिएको बाँसघारी छ । यो बाँसघारीमा कसको अधिकार छ भन्ने विषय विवादित छ । तर यस बाँसघारीको निर्वाद उपभोगचाहिँ मुखिया रङ्गनाथले गर्दै आएका छन् । गाउँका अरू कसैले यो बाँसघारीबाट एकघना बाँसको उपयोग गर्न पाएको छैन । प्रतिबन्धित पार्टीले ‘यो बाँसघारी सार्वजनिक भएकोले रङ्गनाथ या अरू कसैले पनि यहाँबाट Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम ठूटो

~नारायण तिवारी~Narayan Tiwari

रामाधीन बाहिर आयो। केही छिनअघि मात्र ऊ भित्र बेडमा बसेको थियो। भित्र बच्चालाई काखमा लिएर बखरीवाली बसेकी छे।
‘रोइरहोस् त्यो, कति सुन्नु,’ ऊ फुसफुसायो। बाहिर बेन्चीमा बसेको छ रामाधीन। त्यसो त ऊ पनि कहाँ नरोएको हो र! भित्रभित्र धेरै रोयो। तर बाहिर प्रकटमा…? अहँ, ‘मर्दले रुनु हुँदैन।’ ऊ यो मामिलामा कडा छ। तर हृदय? त्यो कसको कडा हुन्छ र यो संसारमा। जतिसुकै धाक लाए पनि ‘हृदय’ नामैले नरम हुन्छ, कोमल हुन्छ, भावुकताले भरिएको हुन्छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सम्झन्छु तिमीलाई

~तिब्वत दर्लामी~Tibbat Darlami

आकाशमा जून फूलेको बेला सम्झन्छु तिमीलाई
आफुले आफै भुलेको बेला सम्झन्छु तिमीलाई ।

मायाको बारी वारी र पारी बैंशले फुर्केर
वसन्ती हावा डुलेको बेला सम्झन्छु तिमीलाई । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मैथिली कविता : हम युद्ध नहीं जित सकल छी

~नन्दलाल आचार्य~Nandalal Acharya_1

(१) शान्ति आ सुव्यवस्थाकेँ अस्त्र बनेलिही
केलही, बहुत केलही
सभकऽ मनमनमे ढोल बजेलिही
जीवनमे बारम्बार भूकम्प आनलिही
सडक गरमेलही, निद्रा उडेलही
सपना बाटलिही, अस्थिर भविष्य देलही
कमै चेतना दैक ललिपप चटवैत
तन, मन, धन लेलही,
कोनकोनसँ समर्थन भेटलिही
मुर्दा शान्तिक रट लगेलिही
आ, एखन सल्गिपर सुतेलही । Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

कविता : झरी – २

~उमेश लुइटेल~Umesh Luitel

झरी नपर्थ्यो त
म एक्लो हुन्थेँ ।

झरीले रूझाउँछ मलाई
चुकचुकाउँछौ तिमेरू
र सम्झाउँछौ आफ्ना नानीहरूलाई
त्यो दुखीयारी मनुवा भिजे जस्तै भिज्नु हुँदैन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मैथिली कथा : चौकपरक मौगी

~बृषेश चन्द्र लाल~Brikhesh Chandra Lal

हँ, आब ओकरा चौके तँ कहैत छैक । नाम धएलकैक अछि मेगा चौक ! कनेक अङरेजिया नाम । एहिसँ नवतुरिया कर्णधारसभमे अपन मौलिकता, संस्कृति, भाषा आदि आ कही तँ साँच ई जे स्वयं अपनोप्रति बढ़ैत हीनताबोधक स्थिति सुझाइत अछि । ठीके कहैत छैक, दूरक ढम-ढम सभकेँ सोहाओन लगैत छैक । आब अपनासभक भाषासभपर आधुनिकताक नामेँ अग्रेजी आ कतहु-कतहु लैटिन शब्दसभ चढ़ैत जा’रहल अछि । किछु दशक पश्चात् इएह शब्दसभकेँ लोक अपन कहए लागत । आब लोक अपनोकेँ विदेशी सन बदलए चाहैत अछि । केश रंगि लैत अछि ! सेहो एहन रंगमे, जे की कहू ? Continue reading →

Posted in मैथिली कथा | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : भ्रम–गीता

~रमेश श्रेष्ठ~Ramesh shrestha_1

कौरवहरू–प्रेमको संसार बुझेर
प्रेमगीत गाउने सुरमा
गिटारका तारहरू मिलाइरहेका छन्,
पाण्डवहरू– पोल्ट्रीफार्मबाटै होलसेलमा अन्डा बेच्दै
अझै व्यापार बढाउने लक्ष्य बोकेर
विज्ञापनको नयाँ डिजाइन गरिहेका छन्,
देवव्रत भीष्म– अम्बालिकालाई पठाउन भनी
लाज मानीमानी
शिखण्डीसँग प्रेम पत्र लेखाइरहेका छन्,
आफ्नो कपाल स्ट्रेट गर्न Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अमेरिकाको दशैं

~गोवर्धन पूजा~Govardhan Pooja

लिङ्गे पिङ्को लागि
लिङ्गो काट्न पनि गइएन
दक्षिणाको लागि नया नोट
साट्न पनि गइएन
न त् खसीको म्याम्याले
रातमा सताई नै रह्यो
गयो , यसपालिको दशैँ

जसरी आयो, त्यसरी नै गयो
नया लुगाको आश नभए पछि
दर्जिकोमा धाउने कुरै भएन
टीका नै लगाउन न पाए पछि
दक्षिणा आउने कुरै भएन
अछेताले रातै भएको नोट
गन्ने इच्छा अधुरै रह्यो
गयो , यसपालिको दशैँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यो शहरमा मेरो काम छैन

~डा. मधु माधुर्य~Dr Madhu Shrestha Madhurya

हिँड्‌दा हिँड्‍दै
यो शहरको सबै सडक सिध्‍याइसकेको छु
हेर्दा हेर्दा
यो शहरको पूरै दृश्‍य रित्‍‍याइसकेको छु
अब यो शहरमा सायद मेरो कुनै काम छैन

बुढा-बुढी घाम-जून यहाँ
आङ तन्‍काउँदै पालैपालो उठृछन्‌ र सुत्‍छन्‌ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : धम्बोझी चोक

~सरोजराज अधिकारी~Sarojraj Adhikari

‘ढ्याम्म’ सन्तमानले बन्द सटरमा लात्ता बजार्‍यो । सटर एकछिनसम्म तरङ्गित भयो तर कुनै प्रतिक्रिया आएन ।

‘ए बिस्ने हान् अर्को लात्ता’ मैले आदेश दिएँ । बिस्नेले अघिभन्दा दह्रो गरी लात्ताले ठोक्यो । बल्ल भित्रपट्टि बत्ती बल्यो ।

‘को हो ?’ आवाज आयो ।

‘फोरम हो बे !’ बिस्नेले अबधी लवजमा भन्यो । Continue reading →

Posted in नेपाली कथा | Leave a comment

गजल : आँखा बाट नझरोस है

~हिरु सापकोटा~ Hiru Sapkota

तिम्रो माया आँशु बनि आँखा बाट नझरोस है !
मुटु दह्रो बनाइ बस्नु एकलता मा नडरोस है !!

खुशी प्राप्त गर्छु भनि सात समुन्द्र पारी छु म!
शरीर टाढा भए पनि माँया एक्लै नतरोस है !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : दशैं

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

हरेक बर्ष
दशैं आउछ
टुप्लुक्कै आइपुग्छ
चोक मै
सबैले थाह पाउने गरी
हल्ला गर्छ
घरमा Continue reading →

Posted in कविता | Tagged | 1 Comment

गजल : गुलाफ भेटेँ किताबमा

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

वर्षौँ अघि कसैले दिएको, गुलाफ भेटेँ किताबमा
सम्झिन्न म कुन दिन हो त्यो, क्यै याद छैन दिमागमा

यौटा मुटु धेरैमा बाडेँछु, समेट्न गाह्रो हुने गरी
जोड जाम कहिल्यै आएन, नाजुक सधैं हिसाबमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : विष्णुमाया अर्थात् विष्णुमायाहरु

~मिश्र वैजयन्ती~Mishra Baijayanti

श्रम खेपेर पेटको विष मार्ने
हँसमुख सावित्री हो विष्णुमाया
साँझबिहानको अँध्यारोभित्रबाट
जीवनको उज्यालो उद्घोष गर्ने
गौरवको चुली हो विष्णुमाया
काम गर्नुपर्छ उसले नै गर्नुपर्छ
भान्सा , चोटा, कोठा र जुठेल्नासम्म
उसैले उठ्नु र निहुरिनुपर्छ ,
निहुँरिँदा झुक्नुको अर्थ बुझिदन ऊ
जाडोसँग जुध्दा उम्रिएका काँडाहरु
छोप्न सक्दिन ऊ
बिहान र बेलुकीका अतिरिक्तहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

केस्रा : अधिकार

~मौलश्री लिम्बुु~Maulasree Limbu

लडेर जाऊ
खोसेर खाऊ
मर्नुु छँदैछ
हक जताऊ Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

एकाङ्की : जस्तो मति उस्तै गति

~नन्दलाल आचार्य~Nandalal Acharya_1

पात्रहरू :

प्रभु – पति
प्रभा – प्रभुकी पत्नी
प्रमोद – प्रभा र प्रभुको छोरो
प्रमिला – प्रभा र प्रभुकी छोरी
प्रकाश – प्रभा र प्रभुको छिमेकी
प्रणिता – प्रकाशकी पत्नी
प्रपन्नाचार्य – गाउँका जान्ने बुझ्ने मानिस
प्रकृति – प्रपन्नाचार्यकी पत्नी
अन्य – मञ्चमा भौतिक उपस्थिति देखाउने तर अमुक व्यक्तिहरू

स्थान – पीपलको चौतारी

समय – दिनको नौ बजे

(हातमा घण्टी लिएको, निधारमा चन्दन घसेको, गेरुवस्त्र धारण गरेको प्रभु चौतारीमा बसेको छ । नजिकै कमण्डलु छ । छेउमै तुल टाँगिएको छ जसमा लेखिएको छ— Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

मनु लोहोरुङ राईका १८ मुक्तकहरु

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

१
दु:खले खिपी छाएको, पाली राम्रो
प्रेम भन्दा प्रेमले गरेको,गाली राम्रो
कर्मशील र कर्मठ सबै बन्नै पर्छ साथी
शुरुवाती हरबिहानको घाम-लाली राम्रो

२
अल्पविराम भन्दा पनि पूर्णविराम धेरै भयो
कामको खेती छोडी यहाँ आराम धेरै भयो
इमान-धर्म बेची, खाई गेरु वस्त्र धर्नेहरु
राम जप्ने यो अयोध्यामा हराम धेरै भयो Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : संयमित मनुष्य

~समा श्री~Sama Shree Raut

देख्छु
अचेल जताततै क्याक्टस उम्रिँदो छ
को हो त्यो
शान्तिवाटिकामा क्याक्टस उमार्ने ?
कहाँबाट आए यी ?
धरती पुत्र हुन या गगनका देव ?
कुन सिद्धान्तले रोपे कुन धर्मले रोपे ?
अभिष्ट के हो क्याक्टसको ?
न त प्रेममा न त पूजामा
क्याक्टस कतै चढदैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हाल के सोध्दछौ साथी

~सरु आस्था~Saru Aashtha

हाल के सोध्दछौ साथी आफैँमा जीवन हारेको छ
दुख्दै र सुख्दै पलपल विसंगतिमा परेको छ

पूर्वतिर छ यो मन पश्चिममा चल्छ पाईला
भएको खुशी सबै म बाट डेरा सरेको छ
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : गुलाबी फ्रक

~सन्जु बजगाईं ‘नेपाल‘~Sanju Bajgain

बिहानै कसैले मेरो डोरबेल बजायो । ढोका खोले । दुर्इमा एक आफ्नै पुरानो आकृति ! म बिचलित हुन्छु ।

मेरै घरमा मेरै आकृति कसरी संभव हुन्छ ? फेरी मैले त मेरो भुत खोजेकी थिईन । तर बज्यैलाई त्यही खोजेर किन ल्याउनु परेको ?

दुवैलाई भित्र डाकें ।

बज्यै के पिउने? चिया कि दुध ?” मैले सोधें Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : म रूने सिरानी छोडेर आएँ

~सीमा आभास~seema avas

म रूने सिरानी छोडेर आएँ
फूलको जवानी छोडेर आएँ

पछ्याई तिम्रो पदचाप-छायाँ
म हिँड्ने बिहानी छोडेर आएँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment