लघुकथा : बार्गेनिङ्ग

~सुषमा मानन्धर~Shushma Manandhar

“सुन्नुस् न ! केटाकेटीहरु सडकमा जालान हेर्नुस् है । म पानी थाप्न हिंडेँ ।” सुन्तली गाग्री च्यापेर निस्की । पिँढीमा खाल जमाइ रमिरहेका उसका बुढोका आंखा आफ्नो तासका पत्तीबाट हटेका होइनन् । “कति फत्फत् गरिरहन्छे” पत्ती तान्दै उसले सोच्यो । केटाकेटीहरुका लागि आंगन भन्नु नै सडक । खेल्दाखेल्दै दुवै वीच सडकमा पुगेछन् ।

क्या……च्च । गाडीले ब्रेक हान्यो । ब्रेक हान्दा हान्दै पनि पांग्राले सुन्तलीको छोरालाई भेट्टाइ हाल्यो । गाडीले किच्यो, गाडीले किच्यो …छिनमै होहल्ला भयो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : हिंसाको खेती

~शिव प्रकाश~SHiva Prakash

हिंसाको खेती
मलिलो हुदैछ त्यो माटो
मानव रगत-मासुले,
सायद अब पखालिँदैन कहिल्यै
त्यो माटो मान्छेको आँसुले ।
लागायौ खेती हिंसाको
उजाडेर हिजोको त्यो
मनोहर मानव वस्ती, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Solitude’s Embrace

~Swami Subash Chandra~Swami Subash Chandra

I know now
Why I like the solitude
I know now
Why I love to hear the sounds of silence with closed eyes.
I came to realize that
I love someone’s love to me Continue reading →

Posted in Poem | Tagged | 1 Comment

कविता : वेश्या समय !

~अनुज श्रेष्ठ ‘प्रवास’~Anuj Shrestha

जसरी साँट्छे
नयाँ नयाँ ग्राहक सँग वेश्या
प्रत्येक रात र दिन
त्यसरी नै साँट्छ समय
सत्ता र शक्ति
वेश्यालयमा झैं
राजनीतिको पर्दा भित्र पनि
सधैं नाङ्गिन्छ मान्छे
क्रय-बिक्रय हुन्छ मान्छे
समाजले तिरष्कृत गर्ने
वेश्या झैं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हास्य कथा : स्वयमसेवक

~दीप हाँडीगाउँले~

धेरै अगाडीको कुरा हो हाम्रो टोल (हाँडीगाउँ)मा स्वयमसेवकहरुको बिगबिगी थ्यो। स्वयमसेवकहरुको तलब आउने जागिर थिएन तर कामै नभएको चै होईन। जागिर खाएर तलब ल्याउनेहरुले भन्दा चर्को काम गर्थे हाम्रा स्वयमसेवकदाइहरु। बिहानै झिसमिसेमा काम सुरु गर्थे, अनि रातको दुई तीन बजे सम्म लागि परेका हुन्थे। रीले भोक हडताल भने जस्तो उनीहरुको काम पनि त्यै रीले आदर्शले प्रेरीत थ्यो। तर कोई कोई त कामको निरन्तरतामा समर्पित थिए। Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : उडेका परेवा समाएर मै’ले

~रमेश विमान~Ramesh Biman

उडेका परेवा समाएर मै’ले खोरमा पुर्याएको हुँ
केही बाघले घाँसखाए अनि सिकारी खटाएको हुँ

जीवन आखिर के हो चिन्न खोज्दैथिए प्रयोगशाला
एकै थोपा पानी खसाइ तातोकराई देखाएको हुँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रण

~नवराज नबोदित~Nawaraj Dhakal Nabodit

मुटुभरि उर्लिएका मायाका सागरहरु,
मनभरि गुम्सिएका ममताका शब्दहरु
चाहेर पनि तिम्रो सामु पोख्न सक्दिन
किनकि,
धेरै टाढा छु आज बिरानो शहरमा
न तिमीलाई देख्न पाउछु आँखाको अगाडी
न त महशुस गर्न पाउँछु तिम्रो न्यानो स्पर्शको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : गरिबको दशैं

~दीपक घिमिरे~Deepak Ghimire

घरदेखि अलि परको डिलमा कपडा सिलाउने कल (सिलाई मेसिन) राखेर खोल्सामा रने दाइले सु गर्न ला’को टाढैबाट देखें । खुशीको सीमा नै रहेन । चिच्याउँदै घरभित्र छिरेर आमालाई सुनाएँ– ‘आमा रने दाइ हाम्रो घर लुगा सिउन आउँदैछन् । पैला मेरो सट सिउने है ।’

आमा केही बोल्नु भैन । कपडा सिलाउँदा सबैभन्दा पैला सिलाउने रहर यति तिब्र हुन्थ्यो कि मानौं सिलाएर सकेकै दिन हाम्रो दशैं हुन्थ्यो । नयाँ लुगा लगाउनका लागि हामी दशै कुर्दैनथ्यौं । सिलाएर सकेकै दिन लगाएर गाउँको एक फन्को मारिन्थ्यो । अनि बल्ल दशैं आएको जस्तो लाग्दथ्यो । त्यसैले पनि म मेरा लुगा सबैभन्दा पैला सिलाउन चाहन्थें । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाजी

~मन्दिरा मधुश्री~Mandira Madhushree

अप्रत्यासित रुपमा उसले सोध्यो, “यदि एउटा केटामान्छे र केटीमान्छे एउटै कोठामा रात बिताए भने के हुन्छ ?”
“केही पनि हुँदैन ।” मैले सजिलै उत्तर दिएँ ।
“किन हुँदैन…। सबैथोक हुन्छ । एक रात हैन मात्र दुई घण्टा सँगै बसेपनि रहनु पर्ने बाँकी केही पनि रहँदैन ।” दृढ बन्छ ऊ ।
“के को रहन्न ..? त्यो आइमाइमान्छे र लोग्नेमान्छे बृद्ध–बृद्ध र बालक–बालक पनि त हुन सक्छन्” मैले उडाइदिएँ हाँसेर ।
“मेरो मतलब जवान हो क्या… ।” ऊ स्पष्ट पार्छ ।
“जवान नै बसेपनि दुवैबीच केही नहुन पनि त सक्छ ।”
“अहँ यो कुरा पटक्कै हुँदैन । हुनै सक्दैन । आगोको अगाडि पनि घिउ नपग्लिरहन सक्छ र ?”
“त्यो आगोको शक्तिमा भर पर्छ. । आगोको ताप थोरै छ र बरफ भको घिऊ छ भने त घिऊले नै निभाउन सक्छ आगोलाई नै ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ लुगा

~बसन्त विवश आचार्य~Basanta Biwash Acharya

पारी बस्तीबाट फुत्त झर्दै गरेको लाहुरेको “अच्छा लेकिन”ले वारि गाउँसम्म ध्वनि प्रदूषण गरेको छ । कालापहाडबाट सपना र रहरमा थोरै खुसीको जलप लगाएर जुँगामा ताउ लगाउँदै फर्किनेहरु विश्वविजेता नेपोलियनको अनुहार चोरेर हिडिरहेका छन् । यो मौसम देख्दा लाग्छ– यो संसारमा परदेशीका लागि खुसीभन्दा अर्को कुनै शब्द पनि जाती हुँदैन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : यात्रा तिमीसंगै गर्न पाऊँ

~निर्मला शर्मा~

जिन्दगीको मीठो यात्रा तिमीसंगै गर्न पाऊँ
प्रेमप्याला पिइकन संगै जिउन मर्न पाऊँ

बसन्तको आँगनमा फूलहरु सार्दासार्दै
पिरतीको उकालीमा नयाँ रंग भर्न पाऊँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : दसैं

~भुपेन्द्र वीर विक्रम लामा~Bhupendra Bir Bikram Lama

बर्सेनि एउटा खहरे
गजबको भेलबाढी उरालेर आउँछ
एउटा सानो पाखे खेत
स्वात्तै बगाएर
अर्कैको बहिखातामा थुपार्छ
रित्तिन्छन् धेरै गोठ अनि खोरहरु
जम्मै बदलिन्छन् किन्चित खोष्टाहरुमा
खोष्टाहरु बदलिन्छन्
बजारका दुकानहरुमा
एकाद बोरा चामल र चिउराहरुमा
दुईचार जोडा लत्ताकपडाहरुमा
दिई छाक मासु र भातहरुमा
अमिलो मनको
केही तोला देखावटी हाँसो मजाकहरुमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आएन दशैं

~यामु काउचा ‘निश्चल’ मगर~

दशैं आएर गयो ।
अह,
मेरो आमालाई आएन
राउटेहरुलाई आएन
जुम्ला, हुम्लातिर आएन ।

मेरो देश
सुन्यतामा हराएको छ
तन्त्रहीन गणतन्त्र छ ।
कुहिरोमा हराएको,
काकाकुल काग जस्तै,
मेरो देश
अध्यारोमा रुमलिएको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पाँच मुक्तक : दशैं र आमा

~अल्पबिराम पोखरेली~AlpaBiram

कल्पनामा बुहारीको रुप हेरी, कति फन्को नाच्यौ होला
लगनको तिथि पर्व गनी गनी, कति औंला भाँच्यौ होला
तिमीलाई केही थाहा छैन आमा ! कुन सङ्कटमा परेको छु
दशैंमा छोरो आउने ऋण तिर्ने, कति सपना साँच्यौ होला ।

बन्धकीको बेंसीखेत, साहुले आफ्नै नाममा सार्यो होला
गरिबको को हुन्छ र आफन्त, बिचल्लीमा पार्यो होला
माफ गर है मेरी आमा ! अप्ठ्यारोमा परें यो अभागी Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : लक्ष्मीपूजाको शुभकामना

~डा तारानाथ शर्मा~Taranath Sharma

दीपावलीको पवित्र चाडमा घरभरि मनभरि बत्ती बलून्
झिलिमिली झिलिमिली दीया बलेपछि दैत्य अँध्यारा सबै जलून्
आऊन् हाँस्तै आमा लक्ष्मी नेपालीहरूमा स्नेह भरून्
खेलौँ द्यौसी भट्ट्याएर जनले संस्कृति बोध गरून्

छिमेकीहरूका घरमा सुन्दर फूलका माला वरिपरि
सेलरोटीको सुगन्ध चल्दा मन लोभिन्छ घरिघरि
दिदी र बहिनी लगाइदिन्छन् दाजुभाइका निधारमा
टीका राम्रा, फूलका माला ढाकी गलाभरि सिँगारमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं आको होला

~साधना शर्मा~sadhana sharma

हावासँगै माल श्री धुन बजेजस्तै भाको होला
वातावरण आफैंमा नै सजे जस्तै भाको होला
झकिझकाउ बजारमा भीडभाड होला पक्कै
मेरो गाउँमा आज पनि त्यस्तै दशैं आको होला

एकैछिन् त भुले होलान् दैवीप्रकोप विपत्तिलाई
जीवनका अप्ठ्यारालाई, दु:ख अनि आपत्तिलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : ऐंठेन

~उपेन्द्र सुब्बा~Upendra Subba_1

बजिया छोराहरू हतारहतार हुर्केर बाउलाई चाँडै बूढो बनाउँछन् । म छोरालाई हेर्दै यस्तै सोच्दै थिएँ ।

‘ए बाउ, छिटो भित्र आऊ !’ छोरो जुल्फी मिलाउँदै थियो ।

‘लात्ताले गधालाई… बाउलाई हप्काएर बोलाउँछस् ? पूरापूरी चौध वर्ष पुग्या छैन,’ भन्न मन लागेर पनि बोली फुटेन ।

म घरभित्र पस्दा छोरा मूल खाँबोनेर उभिएको थियो ।

‘बाबा आउनू ! हातखुट्टा नकमाई, नडराईकन आउनू !’ अहिलेचाहिँ छोरोजस्तो भएर, बाउलाई जस्तै मान–इज्जत गरेर छोरो बोल्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दशैं

~बासु ढकाल~Basu Dhakal

प्रत्येक बर्षको दसैँ
थुप्रै टाउकाहरु छिनेर बिते
र पुनः
रावणका झैँ पलाएनन्
बोका खसीको झैँ भो
मान्छेको नियति
आफै संग पराजित छ कठै मान्छे
र पनि के को बिजयोत्सर्ग मनाउँदैछ कुन्नि ?
ऊ आफैलाई थाह छैन
एउटा गतिलो दसैंको चाहना नमेटिदै
थुप्रै मानवीय टाउकाहरु बलि चढे
थुप्रै सिऊँदोहरु उजाडिए
तर सिंगो देशमा कहिल्यै दसैँ आएन
एक टुक्रा चिची र एक धर्को नानामै
अझै गाउँ बेसी दसैँ खोज्दैछ
र यतिखेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : सहरको घुमघाम

~बिजय चालिसे~Vijay Chalise

तारेभिरको डाँडामा एउटा गाउँ थियो । त्यही गाउँको एउटा झुपडीमा आइते तामाङको परिबार बस्थ्यो । घरमा आइतेका बज्यै, बाबु–आमा र दुईजना दिदी थिए । आमा बा र दिदीहरू पहिले शिवपुरीको बनबाट दाउरा काट्दै बेचेर घरव्यवहार चलाउँथे । आइते गाउँकै सानो स्कुलम पढ्थ्यो । उसका आमा बाबु कहिले आइते पढेर ठूलो होला र उनीहरूको दुःख कम होला भन्ने सोचथे ।
Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : मेरो र माइली बिकको दशैं

~रवीन्द्र मिश्र~Rabindra Mishra

सधैंझैं यो पटक पनि
मेरालागि दशैं उस्तै-उस्तै रह्यो

खोला बग्यो, रगत बग्यो
(जिन्दगीको) अर्थ बयो
चेतनामा फेरी एकपल्ट मार हान्दै
दशैं आयो, अनि गयो
खै के भयो?

तर कलियुगमा पनि कुन्नि कुन ‘मान्छे’को
आँखा परेछ — माइली बिकलाई अचम्मै भयो। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बालुवाको घर

~महेश पौड्याल ‘प्रारम्भ’~Mahesh Paudyal

म जस्तो मास्टर कोही नबनोस् । मलाई त्यस घरमा किशोर दाईले पु¥याइदिएका हुन् । म उहँलाई धन्यवाद दिन्छु; रोजगार पाएँ । ट्यूसनै भएर के भो, प्राय मास्टरहरू त्यही गर्छन् ।

“भाइ, देहरादूनबाट आएको परिवार हो । बुवा बैंकमा काम गर्छन्, आमा पेंटर हुन् । छोरी पनि गजबकी पेंटर हो । उसले देहरादूनमा छँदा गभर्नरबाट कति हो कति पुरस्कार पाएकी छ । यहाँ पनि उसको पेंटिङको प्रदर्शनी हुँदै छ । राम्रो हुन्छ । ”

त्यस्ती पेंटरलाई ट्टूसन पढाउन पाउने हुँदा म दङ्ग परें । मैले भनें, “हुन्छ दाइ, भोलि जौं । नौ बजे घण्टाघरमा भेटौं”

भोलिपल्ट घण्टाघरमा भेटेपछि हामी कालीमाटीतिर लाग्यौं । सल्ट ट्रेडिङ्को दायाँपट्टिको गल्लीबाट दाईले मलाई एउटा अँध्यारे फ्याटमा पु¥याए । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : Happy Birthday!

~K. Anish Pokharel~

Under normal circumstances, the birth of a baby boy comes as a great moment of happiness for every aspiring father (when I say boy, I, in no proximity, am trying to exercise chauvinism, rather it is my attempt to exemplify ironies, which I am to talk about in subsequent lines). But paradoxically, when I was born Continue reading →

Posted in Story | Tagged | Leave a comment

गजल : भोली जीन्दगी,कता जान्छ

~कुमार के.सी.~

भोली जीन्दगी,कता जान्छ भनेर रुन्थीन उनी!
पराईले लाने,कसम खान्छ भनेर रुन्थीन उनी!

बिबस छोरीको जीन्दगी पराई घरमा जानैपर्ने
के थाहा भोली,कस्ले लान्छ भनेर रुन्थीन उनी! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आहा ! दशैं

~सुनिता गिरी~Sunita Giri

जताततै हर्ष हर्ष दशै आउँदैछ
प्रकृतिले मानव संग प्रीत लगाउँदैछ
न छ जाडो न छ गर्मि सुख छाउँदैछ
घर दैलोमा सिगारीदै दशै आउदैछ
आकाशको टहटह जूनमा छायाँ हेर्दै
बाडी पैरो बाटो लाग्यो नयाँ रेखा कोर्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : गरीबलाई रिनको भारी

~कल्पना पौडेल “जिज्ञासु”~Kalpana Paudel Jigyasu

धनीलाई रैछ दशै गरीबलाई रिनको भारी
के खुशीले रमाउने खै मनभरी पिडा पारी

भोका नाङा छोरा छोरी हात्मा छैन सुको पैसा
चोर्न पनि भएन क्यारे लाजसरम पर सारी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : खराब सोचाई

~सरण राई~Saran Rai

बढि भावुक कुनै कुनै समय म भई दिन्छु । असंगत र असम्बन्धित सोचाइहरु मगजभरी आउँछ । अझ दिनभरी काम नहुँदा र बात मार्ने साथी नभएर एक्लो भएको बेला कस्तो कस्तो कल्पनामा म बग्छु, म आफैलाई समेत थाहा हुँदैन ।

यस्तै कल्पनामा उड्दै म चिसो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

चिन्तन : कुरा धर्म र ओशोको

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

आनन्द छ आफु भित्र बाहिर खोज्दा भोटिदैन्न, धन,पद जति जोड़ तृष्णा कहिलै मेटिदैन्न । धर्मले मानवको कल्याण गर्नुपर्दछ । कल्याणको अर्को नाम नै धर्म हो । धर्मको समष्टिगत स्वरूप नै कर्तव्य हो । संसारमा जन्म लिएका वा अस्तित्वमा रहेका हरेकले आ–आफ्नै प्रकारका धर्म निर्वाह गर्नुपर्दछ । सूर्यको उदाउने–अस्ताउने क्रिया होस् वा नदी निरन्तर बग्ने वा हिमाल अटल भएर ठडिरहने क्रिया नै किन नहोस् सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिरहेकै छन् । त्यस्तै हामी पनि हिन्दू, बौद्ध, इस्लाम, क्रिस्चियन आदिका अनुयायी बनेर एकएक थरी धर्म अङ्गालेका छौँ भन्छौँ । कोही मन्दिर, कोही मस्जिद, Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | 1 Comment

कविता : दशैं

~दाजु गुरुङ~Daju Gurung

आकाशे मार्गवाट वादलका यानहरुमा
तैरिदै तैरिदै आउने सागरका छालहरुमा
पैदल यात्रामा वा सुपर कोच वाहानहरुमा
हरेक साँझ विहान आइपुग्यो कि भनेर
हेरिरहेछु , चेप–लाप–कोक* को नियमित उडानहरुमा
पर्खीरहेछु , स्टार फेरी वा सेन्ट्रल फेरी **हरुमा
र चहारीरहेछु स्टेशन स्टेशनहरुमा ।
र कतै भूमिगत एमटिआर # का को चक्करहरुमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~सुरज सुबेदी~Suraj Subedi

आमा, के दशै पहिलाजस्तै छ?
के चुल्होमा आगो उतिनै वल्छ?
के अगेनामा मासु उतिनै पाग्छ?
खसिको खुट्टा समाईदिने कोहि छन्?
के मासु खाईदिने कोहि छन्?
छँदै छैनन् कि थिए र छैनन्?
कसैलो सोधेको छैन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : सपना बर्खे भेलले लग्यो

~नीलम कार्की निहारिका~Neelam Karki Niharika

उनी हिड्ने बाटो अर्कै मेरो अर्को भयो
देखेका ति सारा सपना बर्खे भेलले लग्यो

छुदै छन् रे सफलताको सगरमाथा उनले
टाढै बाट शुभकामना दिई रहन्छ मनले
समाज को अघिल्तिर उनी- म बिरानो
हिडेका ति कठिन यात्रा भै गए सब पुरानो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रोइरहेको हिट्लर

~राजव~Rajab (USLT95641's conflicted copy 2014-09-22)

हिट्लरले पढेका किताबहरु
विद्वानहरु संकलन गर्दैछन्
र भन्दै छन्
हिट्लर हत्यारा मात्र हैन
ज्ञानी पनि रहेछ

यो समाचारपछि
ज्ञानीहरु हत्यारा हुंदैनन् भन्ने कथन
गलत भएकोछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : परदेशी मनका उत्पीडन

~आचार्य प्रभा~acharya Prabha

नेपालीको महान चाड् घर,आँगनमा आइेसक्यो
सयपत्री,मखमलीले माया प्रीत लाइेसक्यो ।

तन भने परदेशमा,मन भने घर,आँगनमा
इेच्छा,रहर् दौडिएर गाउँ,घरमै धाइेसक्यो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment