कथा : लास नम्बर ४६

~नवराज राउत~Nabaraj Raut

‘हजुरबुवा बिरामी भएर सि.सि.युमा कुर्न बसेको आज ४४ दिन भयो दाइ। अस्ति भिनाजु आउनु भएको थियो, एक दिन बसेर जानुभयो। भाइलाई के भन्नु, सानै छ। बुबाआमा त्यसै त दिर्घ  रोगी। के गर्ने एक्लै छु, हस्पिटलमा।’

हल्का जुँघा आएको अलिकति कालो, कपाल जिङरिङ्ग परेको पातलो केटाले खुइय गर्दै भन्यो।

ऊ र म विरेन्द्र सैनिक अस्पताल भित्र सि.सि.यु र आई. सि.सि.यु बाहिर फलामको मेचमा बसेका थियौँ। मानिसहरु ओहोरदोहोर गरिरहेका थिए। टाटेपाङ्ग्रे आर्मी ड्रेस लगाएकी एक महिला भुईँ सफा गर्दै थिइन्। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : छैन आमा

~पवन बराल ‘आवारा अनुरागी’~

झुक्कीएर नखोज्नु मलाई भेरीको छालमा छैन आमा
मेरो इतिहासकै उहि पूरानै त्यो हालमा छैन आमा

पत्तै नपाई म पनि समयसगै परिवर्तन भइसकेछु
घर पिछाडी हिड्ने त्यो कछुवाको तालमा छैन आमा

झुक्कीएर नखोज्नु मलाई भेरीको छालमा छैन आमा
बिग्रेको छोरो सुध्रिएछ भन्ने ठान्नु हुन्छ भने यदि यहा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : हे आमा!

~सन्तोष पौड्याल~Santosh Paudyal

हे आमा!
कती रुन्छ्यौ ब्युँझेर मध्यरातमा
छोड आसुँ काड्नलाई,
नदेख्देउ छानोमा राँको बाली जिउ सेक्नेलाई
भाड्न देउ घर भाड्नेलाई!
खोल्न देउ बारुद गोली र धारका मिल
बग्न देउ रगतका खोलाहरु,
निमोठ्न देउ आफ्नै शिशुका तोतेबोली
च्यात्न देउ तिम्रा चोलाहरु!!
मार्न देउ आफ्नै सपना मार्नेलाई,
हार्न देउ आँफैसँग हार्नेलाई
कती सक्छ्यौ बनेर बैशाकी?,
सार्न देउ उल्टा पाइला सार्नेलाई ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सिकें मैले

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

गुरु अर्ति वर्षौं अथक सिकें मैले
बदमाशी एकै पटक सिकें मैले

बल्ल बल्ल लाग्या’ बादल फाट्यो फेरि
त्यो हरायो कतै चटक सिकें मैले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : किन्न पनि गाह्रो छ, एउटैलाई पाँच रुपैयाँ पर्छ

~सङ्गीतस्रोता~Sangeet Srota

जीवन सधैं सोझो-सोझो बाटो नहिँड्दो रहेछ । कहिले यताको खाल्डो, कहिले उताको पहरो । त्यसै-त्यसै क्षणिक भएर जाँदारहेछन् सुखद् अनुभूतिहरू ! मन दुखाउने चोटहरू भने घरीघरी बल्झन्छन् । ठाडा-घुमाउरा उकालामा पनि कठिन-कठिन गौंडाहरू जोडिन आउँछन् । कहिलेकाहीँ यस्तो हुन्छ, जीवन जति-जति संघर्षपूर्ण हुँदै जान्छ, खुसी खोस्ने आँधीले हृदय त्यति-त्यति बिथोल्दै जान्छ । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : शोकेस

~अभिमन्यु निरवी~Abhimanyu Nirabi

फोन राखेपछि घुँगुरिएको मसिनो कपाल सुम्सुम्याउँदै उसले भन्यो, “मेरी साथी लुबी यही आम्स्टर्डममा काम गर्छे, आएको मौकामा भेट्न फोन गरेको …।”
“कैले भेट्छौ त ?”

“नट फिक्स्ड”, काला ढ्याब्रे ओंठभरि मुस्कान छर्दै उसले फेरि थप्यो, “लुबीको नम्बर उसैको परिवारबाट पाएँ। उनीहरू पनि मलाई लुबीसँग भेटेर आइदियोस् भन्ने चाहन्छन्।”

लुबीबारे बोल्न थालेपछि अल्फ्रेड थामिएन। ऊ घरी वेगियो, घरी सुसाइरह्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हिम्नदी

~आभास~Aavaas - Achyut Prasad Phuyal

जब घामको किरणले
मलाई स्पर्श गर्छ
जब
न्यानोपन भर्छ ममाथि
म पग्लन्छु
मेरा प्रत्येक अङ्गहरु चलमलाउँछन्
बतासले हल्लिएका पात झैं
मेरा जमेका दिन र रात चलमलाउँछन्
म बग्न थाल्छु
अविरल बग्छु
चोइटिएका चट्टानहरु सुमसुम्याउँदै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सोनेलालको सैलुन

~श्याम साह~Shyam Shah

तपाईंले कुनै सैलुनमा दाह्री कटाउनुअघि कहिल्यै हजामको अनुहारको भाव पढ्ने गर्नुभएको छ ? ख्याल गर्नुभएको छ त्यसबेला उसको मनस्थिति कस्तो छ जतिबेला उसको एउटा हातमा छुरा र अर्को हात तपाईंको घाँटीमा हुन्छ ? जतिबेला उसले तपाईंको दाह्री भिजाउने बेलामा घाँटीको साइज नापिरहेको हुन्छ, सोच्नु भएको छ कि उसको दिमागमा त्यसबेला के चल्दै हुन्छ ? एकपटक तपाईं आफै आफ्नो घाँटीको रुद्रघण्टी छाम्नुस् त । त्यसभन्दा ठीकमाथि तपाईंको श्वासनली त्यहाँको छालाको यति नजिक हुन्छ कि त्यो काटिन हजामको छुरामा ‘जिलेट’ कम्पनीको ब्लेड नै चाहिँदैन, टोपाज अथवा डायमन्ड वा अरू कुनै सस्तो कम्पनीको भए पनि हुन्छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कविता लेख्न गाह्रो हुँदैन

~आर. आर. चौलागाईं~R R Chaulagain

कलम झिक्यो कागज निकाल्यो
देब्रेपट्टि कुनामा कविता भनेर लेख्यो
अलिकति दायाँपट्टि तल कविताको शीर्षक लेख्यो
त्यसको पनि अलिकति तल कविको नाम लेख्यो
एकछिन यसो दिमाग खेलायो
जेजे आउँछ सरसरती लेख्यो
बरू कपाल कन्याउन गाह्रो हुन्छ
कविता लेख्न गाह्रो हुँदैन ।

कविता नफुरे भूतपूर्व प्रेमिकालाई सम्झ्यो Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : उक्लेर दु:खको पहाड ओर्लेर

~साम्ब ढकाल~Samba Dhakal

दु:खको पहाडमाथि पहाड
ढसमस्स उभिईरहेको छ
अतिसय जब्बर भएर
कताकता झन दुरुह भएर ।

गुन्द्रीमा गोमाहरु बिस्कुन सुकाउँछन् उस्तै गरी दु:खको
र उठाउँछन् मानापाथीमा झुसी र निम्ठोमा नापेर दु:खलाई
भर्छन् मनका मान्द्रे भकारीमा टनाटन दु:खका दु:ख । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : पाँस्सा

~वरुण पोख्रेल~

पैसाको मुख बिरलै देखिन्त्यो । नोठका त के कुरा गर्नु र ! एक सुका गोजामा भए कसैलाई भाउ दीइन्थेन । घरा’ट त सुको दिन्थेनन । कैले काहीँ यस्सो मावल गैयो भने चाँही पैसा जाबो त छेलोखेलो हुन्त्यो । मावल बाट फर्केको केही दिन सम्म त अरु केटाहरुको पछी लाएर जिम्मालको घोँडाको पछी पछी कुँद्ने नि गरीइन्थेन । हामी भन्दा पछील्लो पुष्ता टेक्टरको पछी पछी कुँद्यो, हाम्रो पुष्ता चाँही जिम्मालको घोँडाको ।

हाम्रा गोजाँ एक रुप्पे हुनलाई चोर्नै पर्थ्यो । नत्र काँबाट आउनु र तेत्रो पैसो । एक सुका गोजाँ हुँदा त दुई चार जना केटाहरु पछी लाग्थे मिठाइँ खान पाइने भओ भनेर । तर Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

निबन्ध : बेराग पात्रहरु

~रमेश सायन~Ramesh Sayaan

यी हरेक पात्रहरुसँग आ—आफ्नो कथा छ ।

जसको बजारमा माग छैन । पाठक छैनन् र अब दोस्रो संस्करण निस्कनेछैन । बाँच्ने शैली बेरागात्मक छ । विगत सम्झने उत्ति साह्रो फुर्सद छैन । मानांै, ती पात्रहरु हावाले उडाउँदै गरेको कपासको छायाँ हुन् जो अब दोहोरिएर आफै बाँचेको बाटो फर्कनेछैनन् ।

तथापि एकाध पात्रहरुले कतै न कतै मलाई पछ्याइरहेका छन् । जीवनसँग कतै न कतै आएर ठोक्किइरहेका छन् र तिनै पात्रहरुलाई कहिलेकाहीँ Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : संझनामा टोलाइरहे

~भूमिराज इच्छुक~Bhumiraj Ichchhuk

बिर्सिएर गयौ तिमी, संझनामा टोलाइरहे
क्षितिज पारी भयौ तिमी, तरपनि बोलाइरहे

अलपबनी गयौ तिमी, क्षितिजको डाँडाबाट
छट्पटी भो मनमा यस्तो, रोइदिए टाढाबाट
तड्पिएर तिम्रो यादमा, आफुलाई जलाइरहे Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : खबरहरूको एकदिन

~रमेश श्रेष्ठ~Ramesh shrestha_1

खबरहरुको एक दिन
खबरै खबर थियो
धेरै अघिदेखि
सिएर राखिएको घडीको ओठ
पग्लिरहेको थियो

बाटाहरू
टेकिएका फूलहरु
सपना र आँसुमा
खुट्टाका दु:खहरु गाउँदै थिए
असङ्ख्य आँसुहरुका चमकमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दुःस्वप्नहरुको निर्मम आत्महत्या

~रुपिन्द्र प्रभावी ‘कटु’~Rupindra Prabhawi 'Katu'

धमिलिएको आँखाले ऊ
जलतरङ्ग चल्मलाउँदा
ज्वारभाटा छचल्किँदा
पानी धमिलिएको दृष्य
आँखाभरि सजाउँदै
माछा मार्ने दुःस्वप्न टोलाइरहन्छ ।

सङ्लो पानी त देख्नै सक्दैन ऊ
कञ्चन दह त कल्पना गर्नै सक्दैन ऊ
कुदृष्टिको भ्यागुता
हाम्फालेर स्वयम्
धमिल्याउँछ निर्मल जलाशय
र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : युरोपदेखि बाटैबाटो नेपाल

~अर्पण शर्मा~

युरोप आएको साढे दुई महिनापछि म फर्किने तर्खरमा छु। हेलसिन्की (फिनल्यान्ड) को यो स्टेसनबाट छुट्ने रेलले मलाई भोलि दिउँसो मस्को पुर्‍याउनेछ। म यसकारण उत्साहित छैन कि मैले बितेको साढे दुई महिना युरोपका कुनाकुना घुमेर बिताएँ। बरु, अबको मेरो यात्राले मलाई संसारमा मान्छेले विरलै गर्ने अनुभवको एउटा लामो शृंखलाभित्र प्रवेश गराइरहेको छ।

अफिसबाट साढे दुई महिना छुट्टी लिएर युरोपतिर हिँडेको मेरो यात्रा एक हिसाबले टुंगिसकेको थियो। तर, यो अनुभवलाई यत्तिकैमा सीमित पार्न मन मानेन। र, मैले अचानक लिइदिएको निर्णय थियो, हवाइमार्ग प्रयोग नगरेरै नेपाल फर्कने अठोट। Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : प्रिया, नजाउ छोडि

~रेवती राज खड्का~Rebati Raj Khadka

कोही त भनिदेउ
यो सपना हो भनेर
कुनै डरलाग्दो फिल्म चलिरहेछ हलमा
बरु यो ठीक छ ।
बरु भन, म ठट्टा गरिरहेछु ।

के भयो ? भन मलाई
त्यो शुर्य भोली पश्चिमबाट उदाउँछ बरु
त्यो जुन भोली तिम्रो घरको छतमा ओर्लिन्छ बरु
तिम्रो कोठाको प्लास्टिकको फुल भोली
आफुलाई असली भएको पाउँछ बरु
भन प्रिया, तिमीले परबाट देखेको त्यो इन्द्रेनी
तिम्रो सुत्ने कोठामा हर विहान तिमीलाई स्वागत गर्नेछ ।
तिमी यती भन बस, प्रिया के भयो तिमीलाई ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आइरहे पो दुःख-सुख

~सर्गमञ्जरी~Sargamanjari

आइरहे पो दुःख-सुख जिन्दगीको पार हुन्छ
छाइरहे पो आँसु-हाँसो जिन्दगीको सार हुन्छ

कति शान्त, उज्ज्वल छन् सधै धर्ती हेर्ने तारा
गाइरहे पो शान्ति धुनी कलहको हार हुन्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मलामीहरु

~विशद~Bishad

मलामीहरु उकालो चढ्छन्
ओरालो झर्छन्
तर कहिल्यै थाक्दैनन् ।

गोडाहरु थाक्थे पहिला
जीवनभरका बोझहरु थाम्दा
तर कठिन गोरेटोमा पनि
आज थाकेनन्
गल्थे शरीरका त्यान्द्राहरु
अरुको लागी पसिना झार्दा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Don’t Know the Meaning of the Word

~Raksha Gautam~Raksha Gautam

You said you would pray with me
but when the struggles appeared, you strayed away from me
Care? Don’t Know the Meaning of the Word
Harsh maybe, but your tears are undefined
Especially to entertain another one’s goodness over a glass of wine
and you still expect me to trust you
Never again, its through. Love? Happy? Still Don’t Know the Meaning of the Word
I live alone
and I’m a qualified ass man, very grown
Why even contact my phone? Continue reading →

Posted in Poem | Tagged | Leave a comment

मैथिली गजल : एखन बाँकी अछि

~रामभरोस कापडि ‘भ्रमर’~RamBharos Kapdi 'Bhramar'

करिछौंह मेघके फाटब, एखन बाँकी अछि
चम्कैत बिजलैँकाके सैंतब, एखन बाँकी अछि

उठैत अछि बुलबुल्ला फूटि जाइछ व्यथा बनि
पानिके अड़ाबे से सागर, एखन बाँकी अछि Continue reading →

Posted in मैथिली गजल | Tagged | Leave a comment

गजल : दशैंमा छुट्टी पाए

~राकेश कार्की~Rakesh Karki

दशैंमा छुट्टी पाए पक्कै जान्थें होला
सवभन्दा सस्तो टिकट छान्थें होला

घरां एक्लै बा आमा बाटो हेर्दा हुन्
एकचोटी भेट्न पाए धन्य ठान्थें होला Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म कुन वर्गको मान्छे?

~भुपेन्द्र वीर विक्रम लामा~Bhupendra Bir Bikram Lama

बुबाको िक्रया गर्न गरेको ऋण तिर्न नसक्दा
भक्कुमार गोदाई खाएको
छोराको भोक मेटाउन गरेको ऋण तिर्न नसक्दा
छोरालाई नै साहुको गोठालो बनाएको
चार पुस्ता अघि मुद्धा खेल्दा धरौटी तिर्न नसक्दा
सुकुम्बासी भएको
जमिन्दारको कमारो बनेको
अहिले एकोहोरिदै फत्फताउँदै हिडेको
तिनघरे ठूल्दाई देख्दा
मेरो आँखाले सोध्छ
म कुन वर्गको मान्छे? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हेरेर तिमीलाई

~दिप्स शाह~Deeps Shah

हेरेर तिमीलाई नथाक्ने म, नदेखिएरै थकाउँछौ
घुर्क्याउँदै तिमीलाई सताउने म,बहानागरी फकाउँछौ

जसरी छोपिन्छ चाँदनी, बादलको घुम्टो लपेटी
उसरी छिनछिन हराएर, यो प्यासीलाई छकाउँछौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : हुतिहारा

~डा रवीन्द्र समीर~ Dr Rabindra Sameer

विर्खबहादुर दुर्गमबाट राजधानी झर्यो , बेरोजगार छोरोलाई लिएर । चुनावको बेला आफ्नै घरमा अखडा जमाएका लेप्चेबहादुर मन्त्री भएकोले छोराको कल्याणको लागि उनी मन्त्री निवास पुगे ।

‘के छ बिर्खे दाई ! के कति कामले पाल्नु भयो ? छोराछोरीको हालखबर के छ ?’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

बाल कथा : माइक्रोबसमा् सोनाम

~शान्ति वाइवा~

‘लौ लगनखेल …. लगनखेल …. लगनखेल १’

खलासी सोनामले माइक्रोबसको ढोकैमा ढ्याप–ढ्याम हाने। वरिपरिकाहरूले उसैलाई हेरिरहेका थिए। ओठ निचोर्दा दूध आउलाजस्तो सोनामको अबोध अनुहार देखेर यात्रुहरू पनि छक्कै परे। सोनामका मसिना र नरम औंलाहरू पनि रातै बनेका थिए। दाइने हातको बूढीऔंलामा ब्यान्डेज लगाएको थियो।

यात्रुहरू हतारहतार माइक्रो चढे। Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

संस्मरण : दुई ‘ओल्ड म्यान’

~पिटर जे कार्थक~

सन् १९६० तिर दार्जीलिङमा अम्बर सर (गुरुङ) को एकाडेमी अफ आर्ट नामक संस्था थियो । हो, म त्यही एकाडेमीको तेस्रो पुस्ताको शिष्यमा पर्छु । यसभन्दा ठीक अघिल्लो पुस्ताका हुन् जितेन्द्र बर्देवा, इन्द्र थपलिया, गोपाल योन्जन, शरण प्रधान, शान्ति ठटाल, अरुणा लामा, रन्जित गजमेरहरू । कान्छो पुस्ताको भएकाले म उनीहरूलाई टाढैबाट नमस्कार ठोकेर टाप कस्थेँ । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मन को ब्यथा

~कुमार फुँयाल~

जंगली फुलका काँडा मुटुभित्र धसिदिंदा
अनावस्यक संकाको बिउ मन भित्र पसिदिंदा।
गाह्रो भो तिनलाइ बाँच्न मनको खुसी खोसिए पछि
साह्रो भो तिनलाइ हाँस्न बलेसीमा रेटिए पछि॥

स्वपहिचान बनाउने संघर्समा होमिए पछि
बिध्नबाधा आइपर्छन् मनमा छुरा रोपिए पछि। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सफल घिमिरेका ३ मुक्तकहरु

~सफल घिमिरे~Safal Ghimire

(१)
रुकुममा वर्ल्ड ट्रेड सेन्टर, हुम्लामा आइफल टावर बनाइन्छ,
जाजरकोटमा स्पेस स्टेसन, अनी जुम्लामा ओसन पार्क खुलाइन्छ
नसोच्नुस् यी सबकुरा सपनामा मात्र पाइन्छ,
यिनलाई विपना बनाउन सिंहदरबारमा युवा चाहिन्छ । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

लेख : आमा तपाईंमाथि शासन गर्ने बुहारी चाहिएन मलाई

~सुदर्शन अर्याल~Sudarshan Aryal

यहीँबाट कथा आरम्भ भयो; एउटा ज्वालामुखीजस्तै विष्फोट हुनलागेको पीडाको, आँशुले पनि बगाउन नसकेको वेदनाको र दुःख नै दुःखको सागरमा चोपलिएको जीवनको यथार्थ कहानीको । आजसम्म आफ्नो पीडाको बारेमा बताउने कोही पनि उपयुक्त पात्र नभेटेकी आमाले आज आफ्नै सन्तानलाई एउटा कारूणिक कहानी सुनाउन लागिरहनुभएको थियो । त्यसैले पनि म आफ्नो धैर्यता Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : देख्छु, देख्दिन !

~शिशिर पराजुली~Shishir Parajuli

यसपाली मात्रै लडेको धरहरा
मेरो सपनामा आएर ठिङ्ग उभियो
जुन धरहराको टुप्पोमा बसेर एउटा कवि
शहरको कविता कोर्दै थियो ।

मेरो सपना ‘जुम’ भएर विस्तारै
कविको कवितामा ठोक्कियो
अनि त्यो कविता यसप्रकार थियो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : च्यात्नु पर्ने चिट्ठी

~सुमन पछाई~Suman Pachhai

मेरी काली !

एकछिन्, क्षमा चाहन्छु, तिमीले त यो शब्दलाई उहिले नै बन्द गर्ने आदेश दिएकी थियौ । तर पनि पुनः एकपटक क्षमा चाहन्छु, तिमीलाई काली बाहेक अरू नामले सम्बोधन गर्न पनि म असमर्थ छु । थाहा छैन आज खै कुन मानसिकतामा आएर यो सब लेख्ने प्रयत्न गरिरहेछु ! त्यसो त यो सब लेखिरहनुको कुनै मतलब पनि छैनन् क्यार ! तैपनि यी औँलाहरू किबोर्डमा यन्त्रवत चलिरहेछन् ।
Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment