कविता : मान्छे र पहिरोहरु

~निष्प्रभ सजी~Nishprabh Saji

भीरमुनि उभिएर
पहिरो
पखिर्रहेको छ मान्छे

पहिरो कहिले
उस्को आगन हु“दै बग्छ
पहिरो कहिले
उस्को मन छु“दै बग्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मन खुशी छैन

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

मन खुशी छैन मेरो उच्छ्ववासले छाति खुम्चायो
निठुरताको बियोगमा कोमल मन साह्रो रुवायो

तन रुझाउने झरी पर्‍यो मन रुझाउन आँशु
डुबी सक्यो संसार मेरो कुन खुशीमा हाँसु
आँशु थामी क्षितिज हेरे तिम्रै याद आयो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो धड्कनमा हुन्छु

~दुर्गाबहादुर शाह ‘बाबा’~Durga Saha 'Baba'

मनले बाँध सधंै तिम्रो धड्कनमा हुन्छु
त्यही धड्कनको सङ्गीतमा तिम्रो गीत सुन्छु

बिनामौसम, बिनाऋतु माया फुल्दो रै’छ
त्यही फूलमा भमरा भै’ जीवन भुल्दो रै’छ
जिउन जाने कत्ति मिठो जीन्दगीको रङ्ग Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : झण्डा झुक्न दिन्न

~शिव पलाँस~Shiva Palas

बरु सहिद बनिदिन्छु झण्डा झुक्न दिन्न
यै माटोको कसम खान्छु देश दुख्न दिन्न

जब कोही धावा बोल्छ नेपाल राष्ट्रमाथि
पर्खाल बनी म उभिन्छु खोली आप्mनै छाती
म मरेर केही हुँदैन मुलुक डुब्नुहुन्न Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : ​अम्रिकामा आमा

~यम घिमिरे~Yam Ghimirey

हुने खानेलाई बोकेर टाउकामाथिबाट उडान खेपेको खेपेई गर्ने जहाजलाई मनमाया मात्रै के भन्नु तल भूतलबाट कुखुराले पानी खाँदा आकास हेरे झैं हेर्थे सबै मानिस कोदो मकैको मेलो रोकेर। उनका साथीसँगी के पुरुष, के महिला सबैका चल्दै गरेका कोदाला अडिन्थे ठाडो मुन्टो पार्न।

‘एकपल्ट त तेस खप्परमा नचढी किन मरूँला र’ भन्दै जीवनको धोको बनाउँदा मनमायाले के सोचिन होला र त्यो उडाउने पनि उनीजस्तै स्वास्नीमान्छे हुन सक्छे भनेर। हावाजाहजलाई ‘खप्पर’ भन्नुमा पुग्नेलाई सधैंभरी उडेरै पुग्या छ, नहुनेले भने बाँचुन्जेलमा जम्माजम्मी एकपल्ट चढ्न नि नपाई मरिन बेर नलाग्नुको विभेदमाथिको स्वतस्स्फुर्त प्रहार हो भन्ने देखादेखी छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : रुपमा राम्री सारमा बिषालु रैछ्यौ

~वैकुण्ठ ढकाल~Baikuntha Dhakal

तिमी त साहै ठालु रैछ्यौ
रीस र घमण्डको मकालु रैछ्यौ

सोचे, सम्झेभन्दा बिलकुल फरक
अमुक अमुकको रखालु रैछ्यौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सावधान मेरो कलमले आत्महत्या गर्न नपरोस्

~ताराकिरण कुँवर ‘अविरल अविश्रान्त’~Tarakiran Kuwar 'Abiral Abishranti'

फेरि चरचर चर्किरहेछ आकास
वर्षा हुने हो कि अनिष्टको
या फसफसाउँदो हिउँले
स्वात्त पार्ने हो कि कलिला मुनाहरु
चटपटाउँदो असिनाले छियाछिया पार्दै
सुलुत्त निल्ने हो कि
ती अमिलो रस भरिन थालेका काफलहरु

या भीरमा चचहुइ गर्दै
पहेंलो मुहार पार्न तम्तयार ऐंसेलुहरु
त्यो पाखो
जहाँ गुँरासहरु रोधी बस्थे
छहराहरु मुस्कुराउँदै, आनन्द लिँदै
अगाडि बढ्थे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : किरिया बसेकी स्वास्नीमान्छे

~सरस्वती प्रतीक्षा~Saraswoti Pratikshya

लोग्नेको मृत्युमा
किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा
तपाईँका पूर्व निर्धारित सम्पूर्ण अनुमानहरु
गलत सावित हुन सक्छन् !

तपाईँ पत्याउनुस्, नपत्याउनुस् !
भर्खरै भेटेर आएकी हुँ मैले उनलाई
उनको नयाँ अवतारसँग ठोक्किनु
संसारको आठौ आश्चर्यसँग ठोक्किनु जस्तै भो मेरा लागि
किरिया बसेकी स्वास्नीमान्छेका आँखाहरुमा
हिरासतबाट मुक्त कैदीको पहिलो मुस्कान छचल्किएको देखे ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको घोडा र “महादेव”को अवसान

~पुण्य गौतम ‘विश्वास’~

हाम्रो युगको “महादेव”
अघिपछि लगाएर आफ्ना नन्दीभृङ्गीहरूलाई
दिनदहाडै पस्छ–बस्तीभित्र निर्बाध
र घोषणा गर्छ–
समयलाई घोडा बनाएर
आफुखुसी बेलगाम दौडादौड हिंड्छु ।

घोडाको टापको कर्कश आवाज
उसको बीभत्स अट्टहासमा घोलिई
बस्तीमा आतंकको कालो छाया मडारिन्छ
उसको आगमन हाम्रो निम्ति मानौं
खोलाको बीच बगरमा
अलपत्र परेको बाच्छाको निम्ति
भेलबाढी जस्तै छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जस्तै लाग्छ

~बादल सुरेश~Suresh Badal

तिम्रो गाँउ जनकपुरको धामजस्तै लाग्छ
तिमी सीता मचाहिँ तिम्रै रामजस्तै लाग्छ

किताब खोल्छु, पढ्न बस्छु अनि टोलाउँछु
हरेक शब्द मलाई तिम्रो नामजस्तै लाग्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : त्यो पहेँलो फूल

~कुमुद अधिकारी~kumud Adhikari_1

एउटा पहेँले फूल फुल्नेगर्थ्यो, त्यस बेलामा घरमा। त्यस्तो फूल मैले पहिले कतै देखेको थिइनँ र आजकल पनि त्यति देख्तिन। मलाई त्यो फूल मन पर्थ्यो त्यसको एउटा विशेषताले-त्यो साँझमा मात्र फुल्थ्यो, आफ्नै आँखैअगाडि, कोपिलाबाट पूर्ण फूल हुन बढीमा पाँच मिनट समय लाग्थ्यो। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फ्युजनको सुन्दरता

~गोकर्ण भट्ट~Gokarna Bhatta

बिहान घरबाट निस्किंदा हरियो सारी, सारीसँगै मिल्ने हरियो रङ्गको ब्लाउज र खैरो रङ्गको चप्पल भिरेर ऊ अफिस हिँडेकी थिई ।

नयाँ जागिर, त्यसमा बल्लतल्ल काठमाडौं आउन पाएकी ऊ, अझै साहस थिएन सबैका अगाडि निर्धक्कसँग बोल्न सक्ने । त्यसैले अफिसमा सधैं खुम्चिएर बस्थी ऊ । कसैले केही भनी पो हाल्ने हो कि ? केही बिग्रिहाल्ने पो हो, चिन्ताले घेरिएर घर पुग्थी । हरेक नयाँ जागिरेहरुका लागि सुरुका दिनहरु यस्तै हुन्थे, आत्तिने, डराउने र सकेसम्म राम्रो गर्न खोज्ने । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रजातन्त्रको प्रमिथस हो ऊ

~कलानिधि दाहाल~Kalanidhi Dahal

पूर्वी दिशाको प्रणयपताका
बोकी, फैली फरफर फर्फर !
हृयूँचुली पग्ली र्झन सिपालु
चेतनाताका झरना झर्झर !
पश्चिम उड्ने प्वाँख सजाई
नाग्बेलीका घुम्तीहरूमा !
सजल सजेको मानवताको
बत्ती बलेको एक कलामा !
कल्पतरुझैँ कलरवधुनमा
कल्पनाका चञ्चु उघारी !
फैली शाखा शाश्वत युगका
भाका खोल्ने जलको झारी ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सालिक

~विवश पोखरेल~Biwash Pokharel

व्यस्त चौबाटोमा-
मौन निःशब्द र स्थिर
ठिङ्ग उभिएको थियो
एउटा सालिक ।
जसको ओठमा –
ढकमक्क फुलेको थियो
दम्भको गुलाबी फूल
अनुहारमा पोतिएको थियो
कृत्रिमताको ओजस्वी आभा
जड सालिकको प्राण प्रतिष्ठा गर्दै
ठड्याउनेहरूले
उत्साहका झ्याली पिट्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Sweetheart’s letter

~Rajan Kafle~

Sweetheart,
I read your letter
And I read it many times
I smiled with your words
And I cried with them
And again I smiled

There was love and emotion
There was passion and desperation Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : प्रश्न

~उमेश लुइटेल~Umesh Luitel

शिक्षाको ब्याडमा शब्दका बीज छरेर
कुशाग्र कर्णाधार जन्माउन तल्लीन
ए ! मेरा समादरणीय सर
आदर्शको छाती ध्वारध्वारी च्यात्ने
यो कस्तो शिक्षा दिनु भो तपाइँले ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्था ओढेर शिरमा

~दीपेन्द्रसिंह थापा~

उकालो ओरालो त यात्रा हो
सँगै सुसेल्नु छ
फेदी र शिर
सँगै गुन्गुनाउनु छ
फाँट र भिर ।
हिउँद बर्खा त भोगाइ हो
हर मौसम Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : जुनेलीलाइ डी. भी. बिर्षेलाइ पी डी

~शेखर ढुङेल~Shekhar Dhungel

आज फेरी बिर्खे हत्तास बिचलित थकित शरीर अनि मन मस्तिष्क बोकेर कोठा भित्र पस्यो बत्ति बाल्यो र ओछ्यानमा डरलङ्ग पल्टियो एक छिन घोप्टो परेर कुक्क कुक्क गरेर रुन् थाल्यो ..बलिन्द्र अंशु झर्न थाले बलेसीमा पालिको पानि झरे झैँ बिर्शेले टाउकोलाइ पलंगको सिरानीमा डुंग डुंग ठोक्यो निधारबाट तर्रर रगत बग्यो उसलाई पुछ्न पनि मन छैन बग्न दिन्छ बगोस जति बग्छ झैँ गरेर …….

लाग्दथ्यो आज बिर्खे आफ्नो टाउको फोरेर सदाको लागि बिश्राम लिन चाहन्छ सदाको लागि शान्तिमा परिणत हुन् चाहन्छ उफ्फ़ त्यस्तो सजिलो हुन्थ्यो त् !!…तर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भन्दै थियो रे

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

एउटा समुहको सदस्य
उ मिलिटरी थियो
सुसुप्त समय
स्वार्थका अनधकारभित्र
भयका प्रतिध्वानि
कर्कश भएर गुञ्जियो
र भन्यो ह्यान्ड साफ
मैले दुबै हात उठाए ।
उ फेरी बोल्यो
नटेरेको होस्
मैले सुनिन र उत्तर जानिन
उ र मेरो दुरी नििजक हो र छ ।
कक ग¥यो
मलाई सोझ्यायो
हेरे र हेरीरहे
एकहोरो हेराईले
मेरा नयनहरु तिरमिराए र
देख्न कम छाडे
कालो पृष्ठमा
कालै भयको आकृति थियो
उठेका हातहरु गले र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : गाली कहाँ छ ?

~कल्पना कल्पूु~kalpana kalpu

आमाको ममतामा गाली कहाँ छ ?
सच्चा देशभक्त नेपाली कहाँ छ ?

फलाउनु छ अन्न भोकमरी हटाउन
भन किसान् दाइ हलो कोदाली कहाँ छ ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : अघि भर्खर यतै थियो

~सुवास श्रेष्ठ~Subash Shrestha

अघि भर्खर यतै थियो फेरी कता सर्नु भयो?
एक्लै भएँ म त यहाँ लौन लाज मर्नु भयो।

भन्नु हुन्थ्यो सँगै बसी मीठा मीठा कुरा गर्ने
अन्तै जानु रैछ किन झूटो कुरा गर्नु भयो? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : देश, दशैं र मन

~प्रतिमा के सी~Pratima KC

युद्ध र आन्दोलनले गलेको वेला
भूकम्पको व्यथामा ढलिरहंदा
राष्ट्रियता र स्वाभिमानको
संजीवनी पिएर
कतै सवल कतै दुर्बल
वैशाखीहरुको साहारामा
उठ्न खोज्दै छ
तंग्रिन खोज्दै छ देश
दक्षिणबाट बग्ने वेमौसमी हावा
हिमालमा ठोकिइ
पहाड बगेर
तराइ डुवाउंदा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तुँवालो

~केदार सँकेत~Kedar Sunuwar 'Sanket'

तुँवालो हो……।तुँवालो हो …॥

तुँवालो जस्तै
उन्को त्यो मनमा
किन मधुरो छु म
कोशेली जस्तै त हो यो जीवन
यात्रामा बोकेर हिड्दै छु म ।
कागजको टुक्रा सम्झेर मलाई
कंैचिले टुक्राउदै हिड्छन्
समुन्द्रहौ तिमी भन्छन् सबैले
पौडीएर उनिहरुनै अगाडि पुग्छन्
तर म आफै पौडिदै छु आज
किनारामा पुग्न आटेको छु म । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जनताको आवाज

~हिरु सापकोटा~ Hiru Sapkota

नेपाल आमा रुवाएर ,पीडामा डुबाएर ,जनतालाई फसाएर!
देशको रक्षा गर्छौ भन्नेहरु हो ,
आफु बहिस्कृत हुन सक्ने अवस्थाको ख्याल गर

जनतालाई रोबट बनाएर बैज्ञानिक हुन खोज्नेहरु ,
जनता तिम्रा गुलाम छैनन् अत्याचार सहन गर्ने !
मानसिकता सँग खेलवाड गर्नेहरु हो ,
आफू पनि तिरस्कृत हुन सक्ने अवस्थाको ख्याल गर !! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : कमरेट काठमान्डुमा

~प्रकाश आस्था~

पहिलो रात

‘अल्लि उत्ता सर न’ बेन्चीको ओछ्यानमा लहरै लडेका कमरेटहरुमध्ये सहकर्मी कमरेटलाई धकेल्दै कमरेट पात्ले तन्द्रामै बोल्यो, ‘आथ्थाथा’ । लामखुट्टेको आक्रमण थियो । आन्दोलनका लागि नेपाल खाल्डो ओइरिएका कमरेटहरुको रात्रि निद्रा बिथोल्न लामखुट्टेहरूको प्रतिक्रियावादी बगाल अर्को ‘टिँईँ आन्दोलन’मा सक्रिय थिए । काठमाडौँ कब्जा गर्न आएका कमरेटहरु जति पातला थिए, चौर र झाडीमा बास गर्ने भोका लामखुट्टेहरु उत्तिकै पातला थिए । पुरानो सरकारी विद्यालयको भवनलाई कामरेडहरुले आन्दोलन सञ्चालनको सेल्टर बनाएका थिए । Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

आधुनिक गीत : म हुँ तिम्रो छुच्चो

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

म हुँ तिम्रो छुच्चो तिमी मेरी छुच्ची
मेरो पीर मेट्ने ती परेली कुची

तिमी प्यार ,खुशी , हाँसो ,मनकी रानी
मेरो श्वास तिमी , तिमी जिन्दगानी
के के भनुँ अझै छ है लामो सुची Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : जर्मनीको दाँते

~विनय कसजु~Binay Kasaju

निमाको घरको बुइँगलमा उनका पुराना खेलौनाहरू थुपारिएका थिए । ती खेलौनाहरूमध्ये एउटा खेलौना अनौठो खालको थियो । बास्तवमा त्यो खेलौना हो कि होइन भन्ने निधो पाठकहरूले नै गर्नुहुनेछ ।

निमाका बुबा राजदूत भएर जर्मनीमा बसेको बेलामा निमा पनि बुवासँगै थिइन् । त्यहाँ छँदा उनको जन्मदिनमा उनका बुबाका साथीहरूले धेरै खेलौना उपहार दिएका थिए । ती खेलौनाहरूमध्ये त्यो अनौठो खेलौना पनि थियो । त्यो खेलौना काठले बनेको थियो । उसको लुगा सिपाहीको जस्तो थियो । टाउकोमा ठूलो लाम्चो टोप लाएको थियो । ठूला आँखा, तीखा जुँगा, बाहिरै देखिने सेतासेता दाँत, सिंहको जस्तो कान ढाक्ने कपाल अनि बोके डाढी Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : आशुँ लुकाउन सक्छु

~खहरे~Khahare

तिम्रो निम्ती सारा खुशी देखाउन सक्छु।
भन्छेउ भने सबै आँशु लुकाउन सक्छु।

आकाश हो पिरती यो,जहाँ पुगुँ आशा हुन्छ।
निरासको रास भित्र मिठासको बास हुन्छ।
तिम्रो निम्ती तिमी भित्रै हराउन सक्छु, Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : रोगप्रतिरोधात्मक प्रेम

~अमर न्यौपाने~Amar Neupane

२०६८ साउन । स्कुल छुट्टी भएछ । तोर्पा घर हुने विद्यार्थीहरू उक्लिँदै थिए, म भने तोर्पाबाट बरगाउँतिर थिएँ । रलिङ स् कुल आइपुग्दा स् कुल सुनसान भइसकेको थियो । टीका सर भने धारामा टन्नै लुगा धुँदै थिए । अरूभन्दा तन्ना, सिरक तथा सिरानीका खोल धेरै थिए । मैले जिस् काएँ, “के हो सर, सुत्केरीका झैँ टन्न लुगा धुँदै हुनुहुन्छ त ?”

सुर्खेत घर भएका टीका सर असाध्यै रमाइला र फरासिला शिक्षक । उनले हाँस् दै भने, “ठेहेको फोहोर धोएको सर !”

उनले त्यति धेरै लुगा धुनुको रहस्य खोलिहाले, “हिजो हेडसर र रामजी सर ठेहे गएर आका । हेडसरले बाहिरै लुगा फुकालेर कट्टु मात्र लगाएर भित्र गए र नुहाएर नयाँ लुगा फेरे । रामजी सरले ठेहेबाट लगाएरै आएका लुगा लगाएर कोठाभित्र गए । त्यही लुगा लगाएर सुते । सिरक, तन्ना त सबै दिसैदिसा गनाएर बसिसक्नुभएन । तेही भएर धुन लागेको ।” Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मेरो डेड सी भ्रमण

~भगवती बस्नेत~Bhagwati Basnet

आल्हादित हुदै यात्रारत यात्रीहरु
पानीले निथुर्क्क भिजेका बाटाहरु
सडकपेटी चिहाइ रहेका जैतुनका बोटहरु
घुम्ती, मोड सुरुंग हिउँका डिस्काहरु
जेरुसेलेमको बेथलहेम शहर छिचोल्दै
कतै रेगिस्तानको मरुभुमि
हिडिरहेका उँट र खच्चडहरु
स्वच्छन्द उडिरहेक चराहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : फिल

~राजव~Rajab

ऊबारे मेरो अनुभव पनि यै हो। उसले नबोलेको विषय केही थिएन। मैले थुप्रै पुस्तक र त्यसका लेखकबारे उसले बोलेको सुनेको छु।

हार्वर्ड स्क्वाएरको ठीक मध्यमै छ न्यासनल बुक सेन्टर। यो लगभग डेढ सय वर्ष पुरानो चारतले भवनमा बसेको छ। त्यसको पहिलो र दोस्रो तलामा इतिहास, दर्शन, धर्म, राजनीति, समाजशास्त्र, साहित्य, मनोविज्ञान लगायतका प्रचुर किताब भेटिन्छन्। तेस्रो तलामा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हाङपाल आङबुहाङका ३ लिम्बू हाइकु

~हाङपाल आङबुहाङ~Hangpal Angbuhang

-१ –
यरिक तङ्बे
खेने ए हङ्नेइल्ले
फुङ्हा इसुरे

-२- Continue reading →

Posted in लिम्बू हाइकु | Tagged | Leave a comment