मनले बाँध सधंै तिम्रो धड्कनमा हुन्छु
त्यही धड्कनको सङ्गीतमा तिम्रो गीत सुन्छु
बिनामौसम, बिनाऋतु माया फुल्दो रै’छ
त्यही फूलमा भमरा भै’ जीवन भुल्दो रै’छ
जिउन जाने कत्ति मिठो जीन्दगीको रङ्ग
सारा दुख बिर्सिदिन्छु हुँदा तिमीसँग
बग्दै जाँदा दुई खोलीको मिलन जहाँ हुन्छ
त्यही मिलन जिन्दगीको सहयात्रा बन्छ
durga_shah123@yahoo.com
(स्रोत : सम्मोहन साहित्यिक पत्रिका)

