देउडा गीत : तोरियाँ लाग्या झुल

~प्रकाश जे धामी~Prakash J Dhami

घोगा पाक्या सोणा भरी,तोरियाँ लाग्या झुल ।
परदेशी सम्झि बैरागी हुन्या,,,आँसु धारा मुल ।।

धान पागी सिराउली हुन्ना,कठै सकाईल सेरा ।
जिन्दगी पराय ठाउँ बित्यो,धन्या भाग्य मेरा ।। Continue reading →

Posted in देउडा गीत | Tagged | Leave a comment

गीत : धेरै भयो सम्झनामा

~दिप्स शाह~Deeps Shah

धेरै भयो सम्झनामा तिमी नआएको
हृदयको सुनाखरी फुल्न नपाएको

घाम जून दिनपनी लाग्नै छोड्यो प्यारो
मनको बागमा परिरैछ हरदम तुषारो
झल्को आउँछ गुराँश टिपी शिरमा लगाएको Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : घर

~स्वेच्छा राउत~Swechha Raut_1

सबैले फतौरी आमा भनेर चिन्ने सुशीला आमा फेरि आइन् फोटोसपले टिलिक्क पारेको अर्को एउटा फोटो बोकेर। मैले अनुहार खुम्चाएको देख्नासाथ मुस्कुराउँदै आएकी फतौरी आमा एक्कासी रुपको रङ फेर्दै कराइन्, “यो पटक त तँ हेरेको हेरै हुन्छेस्।” म ओठ लेप्राउदै आफ्नो कोठामा छिरेँ। मम्मी फुरुक्क हुँदै भान्साबाट कराउनु भयो, “राम्रो घर परिवारको त हो नि?”

अरु केही काम त छैन, त्यही लमी काम गरेरै धोतीदेखि जुत्ता सम्म फेरि फेरि लाउछिन् फतौरी आमै। आफूले कुरा ल्याएको केटाकेटीको बारे बखान गरेको सुन्दा लाग्छ उन्ले लमी शास्त्रमा डिग्री हासिल गरेकी छिन्। फोटोमा हेर्दा अलि नराम्रो लाग्ने मान्छेको पनि, फोटो मात्र यस्तो मान्छे त उल्कै राम्रो छ भन्थिन्। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भूकम्प/प्रेमकम्प

~भावना शर्मा~Bhawana Sharma

किन काप्यो धर्ती
किन फाट्यो आकाश
जब भेटियौ हामी छितिजमा….

तिम्रो ओठमा म फुल्दा
तिम्रा आँखाहरुमा छल्किदा मेरो आँशु
किन रोयो बादल त्यो
किन फुट्यो धर्तीको बाँध
र त काप्यो त्यसको मुटु
के हाम्रो धड्कनमा येति कम्पन थियो ?
कि प्रकृति विरुद्ध थियो हाम्रो प्रेम ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरो त्यो रङ्गीन पल

~सुमन पछाई~Suman Pachhai

ऊसँग कुरा गरिरहँदा मलाई कस्तो अर्कै महसुस हुन्थ्यो, काउकुती लागेको जस्तो लाग्थ्यो । ऊसको बोल्ने शैली कस्तो मीठो थियो । कुरालाई कताकता मोडेर कस्तो कस्तो रुप दिन्थ्यो । पहिले पहिले ऊ एकदम छिटो बोलेको जस्तो लाग्थ्यो, उसले के बोलेको छ म केही पनि बुभ्mिदन थिएँ, बस अँ, अँ मात्र भनिदिन्थे । तर पछि भने मलाई बिस्तारै बानी पर्दै गयो । ऊसँग फोनमा कुरा गरेपछि म केहीबेर सम्म निदाउन सक्दिनथेँ । अनेक कुराहरु मनमा खेल्थे । त्यसै त्यसै मन चङ्गा भएर कता कता उडिरहथ्यो । यस्तैमा म निदाउँथे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पुनर्जन्म !

~समाश्री राउत~Sama Shree Raut

मायाको भाषा हुँदैन
मायाको परिभाषा हुँदैन
आँखा प्रयुक्त भएर
सोचको आकार र रंगहरु
नाक प्रयुक्त भएर
तृष्णाको गन्ध र वासना
पृथक भाव पृथक सोच
पृथक बिम्ब मस्तिष्कमा
माया
खण्डिकृत गरिए पछि
सुविधा अनुसार परिभाषित भए पछि
बिस्तारलाई संकुचित मानसिकताको
पासोले नत्थ्याए पछि
कुहिन थाल्छ मायाफूल
तिमी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सुक्दै गयो सागर

~आवाज शर्मा~Aawaj Sharma

सुक्दै गयो सागर र पो के हो बगर थाहा भयो ।
के खोजियो के भेटियो आफ्नो रहर थाहा भयो ।।

प्रत्येक दिन मन्दिर पुगी ढुङ्गो पुजेँ भाकल गरेँ ।
ढोकै अघि माग्ने जुलुश देखेँ असर थाहा भयो ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : आगो

~नेत्र तिमिल्सिना~Netra Timalsina

जोगाउनु छ आगो जलोस् जे जल्छ सरोकार किन?
चल्न देऊ जे चल्दैछ साँचो झूठोको आधार किन?

सक्नेकै बाहुबलमा छ,पाप वा पूण्य सबथोक यहाँ
कोही लुटियोस् वा मारियोस निर्बल हारगुहार किन? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : पारिजात दिदीसँगका सम्झनाहरू खोतल्दा

~कुन्द टण्डन~

प्रत्येक बिहान ७ बजेदेखि १० बजेसम्ममा ३, ४ पटक फोनमा कुरा भैरहन्थ्यो । कहिलेकाहीँ फोन गर्न अलिकति ढिलो भयो भने पारिजात दिदीले भनिहाल्नुहुन्थ्यो– के हो … फोन गर्ने बेला यही हो ? अघिदेखि फोन पर्खिराखेको ⁄ जतिपटक फोनको घण्टी बज्छ अरूकै स्वर, जतिपटक फोनको घण्टी बज्छ अरूकै आवाज ⁄ तपाईंको फोन ढिलो भयो भने मन त्यसै हतारिन्छ, एक कल फोन त बेलामा गर्नुपर्छ नि भनेर धाराप्रवाह सम्झनुहुन्थ्यो । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : फुल चुम्न

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

दिल दुख्न यहाँ आँसु झर्नु पर्ने।
फुल चुम्न झनै काँढा टेक्नु पर्ने।

सब्को मन बुझ्न सकिंदैन सधैं।
बुझ्थें होला शायद हुन्थें भने म झैं । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : खर्दारबाजे !

~विजय चालिसे~Vijay Chalise

“सर नमस्कार ! म शिशिर….।” मेरो अगाडि उभिएको आकर्षक युवकले अगाडिदेखि नै चिनेजानेको मानिसले जस्तै आप्mनो् परिचय दियो । मेरो अगाडिको त्यो युवक खाइहाल्दो देखिन्थ्यो । गलामा सुनको सिक्री, हातमा घुमाइरहेको गाडीको साँचो, मुखमा सन्तुष्टिको चमक ! देख्दा लाग्थ्यो, यो कि त कुनै सफल व्यवसायी हुनुपर्छ, कि गरिब नेपालीको नाउँमा विदेशीको चाकरी गरेर अरुलाई मूर्ख बनाउन अत्यन्त सफल कुनै एनजिओको सञ्चालक । यो उसलाई देख्दाको मेरो तात्कालिक अनुमान मात्र थियो ।

“शिशिर….?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लिम्बू कविता : लछा याक्थुँग आवैबारो

~रमेश नेम्बाङ~Ramesh Nembang

मेन्चामा चाहा चामेम्बे
मेन्थुँगमा थीहा थुँगमेम्बे
मेन्चामा चाहा चामारे
याँगकेशाबा आनी आबोखे
मेन्थुँगमा थीहा थुँगमारे
शेखाबा केबा आबोख्पे
लाम मेन्दँग लाम्मे आगेँग्लो
पान मेन्दँग पानेन्ले आमेक्लो Continue reading →

Posted in लिम्बू कविता | Tagged | Leave a comment

कथा : अफेयरगन्ज

~लेनिन बञ्जाडे ~Lenin Banjade

बिहान नउठ्दै प्रमिलाले फोन गरी । भनेको थिएँ– घरमा हुँदा कहिल्यै मोबाइलमा घण्टी नबजाउनू । मोबाइल मेरै सिरानीमुनि थियो, भाइब्रेसनमा । घण्टी बजेको सुनेर बूढीले उठाएको भए सिधै उचालेर पछार्थी ।

मोबाइलमा भाइब्रेसन र साइलेन्ट मोड यस्तै आपत्–विपतका आविष्कार थिए होलान्। साइलेन्ट मोड नहुँदो हो त कतिको उठिबास लागिसक्थ्यो होला!

जुरुक्क उठेर बाहिर निस्किदै थिएँ, बूढीले सोधी, “कहाँ जान लाग्नुभो ?”

भनें, “चियाको साह्रै तलतल भो, दूध ल्याउन जान्ला।”

ऊ मुसुक्क हाँसेर भान्सातिर छिरी, म हतारहतार गेटबाहिर निस्किएर कलब्याक गरें। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : हुनसक्छ, कौतूहल

~रवीन्द्र पुरी~Rabindra Puri

गौरवका साथ भन्न सकिन्छ, नेपाल खुला म्युजियम (संग्रहालय) हो । विदेशीले अबार्ंै रुपियाँ लगानी गरेर मात्र स्थापना गर्न सक्ने यस्ता म्युजियम हाम्रा टोलटोलमा छन्, जहाँ ऐतिहासिक र पुरातात्त्विक महत्त्वका वस्तु हेर्न रकम खर्चिनुपर्दैन । यस्ता सम्पदाले इतिहास बताउँछन्, तत्कालीन जीवनशैली बोल्छन् । र, कला विकासको गति प्रस्ट्याउँछन् । चर्चा गर्न खोजिएको विषय हो, १ हजार ६ सय वर्षसम्म निरन्तर एउटै विषयमा बनाइएका मूर्तिकलाका शृंखलाको । त्यो हो, परम्परागत नेपाली मूर्तिकलाको आयामिक महत्त्व उजागर गर्ने उमामहेश्वरको मूर्ति शृंखला । Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : बेपत्ता दरबारका कलाकृति

बेपत्ताः दरबारका कलाकृति

नारायणहिटी दरबार संग्रहालय चहारेर बाहिर निस् िकसकेपछि चित्रकार विजय थापाको मनमा प्रश्न उब्जियो, खोइ कता गए दरबारका कलाकौशल ? कलाका सोखिन पूर्ववर्ती राजाहरू र तिनका सदस् यहरूले कला प्रदर्शनीताका खरदि गरेर यही दरबारमा झुन्ड्याएका बहुमूल्य अनगिन्ती चित्रहरूको फेहरस्ि त आयो, उनको स् मृतिमा । विभिन्न बहानामा कलाकारले उपहारस् Continue reading →

Posted in लेख | Tagged | Leave a comment

मेरी प्रेमिका

~छवि ज्ञवाली~Chhabi Gyawali

मेरी प्रेमिका –
मलाई न आकासका जून तारा झार्न भन्छिन्
न वल्लो भूगोलदेखि पल्लो भूगोल सार्न भन्छिन्

जहिलेदखि प्रेम गरेँ–
अटुट छ हाम्रो सम्बन्ध
कसम त हामीले पनि खाएका छौँ
बन्धनको बार त हामीले पनि लाएका छौँ
घाम–पानी, हावा–हुरीका सयौँ चोट हामीले पनि सहेका छौँ
र पनि
तिक्तता छैन हाम्रो सम्बन्धमा
सदा हामी एक भएका छौँ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी अस्मिता

~गङ्गा अभिलाषी~

Ganga Abhilashi

नारी तिमी सौन्दर्यकी मात्र खानी होइनौ
नारी मनोरञ्जन र सन्तान वृद्धि गर्ने साधन र स्रोत मात्र होइनौ
अस्मिता लुटाएर जिउने तिमी कसैकी कठपुतली होइनौ
नारी जीवन अनमोल छ
नारी तिमी अदम्य, अटल साहस र विश्वासकी खानी हौ
प्रतिभा र ममताकी देवी हौ
अनवरत गतिमा बग्ने निर्मल गगा हौ
सृष्टिकै सुन्दर फूल हौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्गीत

~गोपीकृष्ण प्रसाई~Gopikrishna Prasai

संसारको कुनै धरातलमा निक्लेको किन नहोस
जहाँ बिरह र व्यथाको कहानी हुन्छ
सृष्टिको सुन्दर बिहानी हुन्छ
हाँसो र खुसीको सिरानी हुन्छ
बसन्त वाटिकाहरुमा
सुनिने चिरबिर चिरबिर चराका आवाजहरु
झरना खोलाहरुका कल्कलाहट
अनि स्निग्ध मनको मझेरीमा
उडिरेका तिम्रा स्वप्निल तरंगहरू
मायालु बन्दै जब तिम्रो छातीमा आश्रित हुन्छन
रोमान्चित हुने मन
बिचलित हुने मन
सङ्गीत अनुसारको
नाचिन पनि सक्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : साउनको व्रत

~उषा शेरचन~Usha_Sherchan

कस्तो हुस्सु म ? कार्यक्रम पर्सी रहेछ आजै सम्झेर आइपुगेछु। यसो वरिपरि आँखा डुलाएँ। म जुन कार्यक्रमको लागि भनेर आएको थिएँ त्यस किसिमको दृश्य नभएर बेग्लै दृश्य र पाहुनाहरुको रङ्गरुप पनि नितान्त बेग्लै देखेँ। शंका लागेर त्यहाँको स्टाफलाई सोधेको त—‘आज होइन नि म्याडम पर्सी पो हो त ।’

आफ्नो हुस्सु पन देखेर आफैँ प्रति मज्जाले हाँस्न मन लाग्यो ।
Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : अन्तै सार्यौ किन

~नवीन लामा `सुरेश`~Nabin Lama 'Suresh'

मलाई गर्ने माया तिम्ले आज अन्तै सार्यौ किन ?
मेरो सामु झार्ने आँशु आज अन्तै झार्यौ किन ?

मेरो माया तिम्रै लागी थियो जुनी भरिलाई
हुन्थे म`त सँधै तयार तिम्रो लागी मर्नलाई//
चोखो हाम्रो नाता थियो आज फाटो पार्यौ किन ? Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : राष्ट्रिय अस्मिता

~नन्दलाल आचार्य~Nandalal Acharya_1

कहिल्यै नजलेकी
यसवर्ष तिमी जल्न पुग्यौ
कहिल्यै त्यत्तिविघ्न नगलेकी
यत्तिखेर तिमी असाध्यै गल्न पुुग्यौ
हुन त हो ,
कही नभाको जात्रा हाँडी गाउँमा
यो पनि यहीँ
त्यो पनि यहीँ
सबै यहीँमात्र छ
र त धुलो उडिरहेछ
र पो असाध्यै ज्वाराभाटा चलिरहेछ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : टुटेपछि थाहा पाएँ

~सुवास श्रेष्ठ~Subash Shrestha

साँचो माया कस्तो हुन्छ टुटेपछि थाहा पाएँ
बल्ल आज उनको साथ छुटेपछि थाहा पाएँ।

हाँस्दै खेल्दै रमाउँदै उनकै हात समाउँदै थेँ
सपना पो रैछ त्यो त उठेपछि थाहा पाएँ। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मनु लोहोरुङ राईका केही गेडीहरु

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

यो शहर छोडेर, फर्किदैछु गाँवैमा
अभावको पिडा नि, पोख्छु आफ्नै ठाँवैमा
जान्छु फर्केर
पुरै वैंश एतै गो खेर
———————————–
नेपालको नदीमा भारतको हैकम
हाम्रै पानी खोसेर, छैनौ हामी के कम
भन्छ मोराले Continue reading →

Posted in गेडी | Tagged | Leave a comment

कविता : पुत्रशोक र ईश्वर

~बिलोल पोख्रेल~Bilol Pokharel

गए साता ईश्वर पदचाप बिना नै,
मेरो तन्द्रामा कानेखुशी गर्दै, बिरहको गीत गाउन पुगेछन्,
“नरुनु अश्रुका धारा , दुख्ने पीडा छ तैपनि
बुनेको जालमा मेरो, हेर बाधिन्छु मै पनि”
अनि ईश्वर भएर बिरह गाउने ?
मेरा प्रश्नका प्रत्युत्तरमा,
ईश्वरले मलाई दृष्टिक्षीण भएको आरोप लगाए,
उ आफ्नो कर्तव्य पालन गर्न आएको बताए, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कैदि याचना

~चन्द्र रानोहँछा~Chandra Ranohonchha_1

त्यहीँनेर कैद छु म
जहाँबाट देखाइदिएको हुँ पहिलोचोटी देउतालाई
देउताथान
टा…ढाको देउराली
बताइदिएको हुँ आफैले खनेको मन्दिर पुग्ने बाटो
जहाँ पुग्न प्रतिबन्ध छ मलाई

आँखाको मूल फुटेर
आँखैमा तलाउ जम्छ
म आँशुले आफ्नै पीर धुन असमर्थ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : निदरीको झप्को लाग्यो

~कृष्ण वस्ती~Krishna Wasti_1

पाखुरीको सिरानीमा निदरीको झप्को लाग्यो।
मदिराको कहाँ हो र? नशा तिम्रो गफको लाग्यो ।।

एकैछिनको खुसी छोडी टाढा कतै जानै लाग्दा।
अलिकति भिजेका ती परेलीको सप्को लाग्यो ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बोरिङ दिन

~बादल सुरेश~Suresh Badal

ती आँखाहरूमा
प्रेम छल्किरहेछन्
प्रेम त मुटुमा हुन्छ-कोहि बोल्यो
आँखामा त आकर्षण!
सायद प्रेम नै पो हो कि गाजलले छोपेको?
‘कता हो! म चोकमा’
आफ्नै आँगनजस्तो प्यारो
यो चोक
उनी हुँदा
सबै आफ्नैजस्ता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अबिरल सागर सौगात ५ मुक्तकहरु

~अबिरल सागर सौगात~

मुक्तक (१)
पिडा माथी पिडानै थपीदियो ।
पहिले भन्दा अचेल बढीदियो ।
उनले मलाई धोका दिए पछी ।
सराब पिउने बानी परीदियो ।।

मुक्तक (२)
न तलाई दियो न मलाई दियो ।।
मेरो जिवन नरक बनाई दियो ।।
र’त मनमा उमंग छैन जोस छैन।
आज समयले मलाई हराई दियो। Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : कती मिठो बोली

~“जीवन्त” रुकु~Rukmani Satyal Bidari

कती मिठो बोली अमृत घोलेसरी
कती मिठो माया तिम्रो पाये जिबनको उजेली

म फुल बनी फुलीदिदा तिमी सुबाष बनी छाउनु
म बिहानि हुँदा तिमी घाम बनी आउनु
म सुस्तएर सन्ध्या हुँदा तिमी जुन बनी उदाउनु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म स्त्री अर्थात आइमाई

~सीमा आभास~seema avas

युगैपिच्छे तिमीलाई प्रेम गर्नै जन्मिएकी म ।
तिमीले खसालेका छायाहरु मन पराउँछु
तिमीले छोडेको स्वास पिउँछु
तिम्रो धोद्रो ध्वनी छोएर
तिम्रा आँखाभित्र डुल्दैडुल्दै अमर गीत गाउँछु ।

तिम्रा आँखीभौँमा उभिएको देख्छु पुरानो सभ्यता
म भिज्दा, तिम्रा छातीका रौँहरुमा घरको छानो देख्छु
तिम्रा दाह्रीजुंगामा म यस्तो जादुको हतियार देख्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिनय

~गण्डकीपुत्र~Gandakiputra

छोपिन्छ
विष राख या अमृत
जीवन राख या मृत्यु
पर्दा लगाएपछि
बाहिरबाट केही देखिँदैन
मात्र देखिन्छ पर्दा
जसरी झोलाभित्र
मासु बोके पनि
सातु बोके पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँ फुल्ने गाउँहरु

~कृष्ण उदासी~Krishna Udasi

शिरमाथि सगरमाथा, हत्केलामा सुनाखरी
ओठभरि लालीगुराँस पाखाभरि प्याउली फुली
जब देशले बोलाउँछ, निद्रामा नि ब्युँझिदिन्छु
लालुपाते फूल टिपी सिउँदोभरि सिउरिदिन्छु ।

लेखिदिन्छु फूलफूल, पातपात नाउँहरु
यो देशमा कहाँ छैनन् हिउँ फुल्ने गाउँहरू । Continue reading →

Posted in कविता | Tagged | Leave a comment