कविता : असोज ४ गते

~हाङयुग अज्ञात~Hangyug Agyat

सोचेको थिएँ
असोज ४ गते ब्युँझिदा
मनमा खुशी र उमङ्ग छाउनेछ
नयाँ जोश र जाँगरले दिन सुरु हुनेछ
तर फेरि उही निराशा, अशान्ति र हिंसाले
एकाबिहानै स्वागत गर्‍यो
कि दसौं हजार शहीदको बलिदानले
एकाबिहानै सरापेर गयो

सोचेको थिएँ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बृद्ध सपनाहरु

~सुदीप पाख्रिन~Sudeep Pakhrin

जब जब
घरमुनिको
नरिवलको बोटको हाँगामा बसेर
एक हुल कागहरु दिक्कै लागुन्जेल
‘काग काग’ कराउँथे -एका बिहान बिहानैदेखि
तब तब
मेरी बुढी हजुरआमाका बृद्ध आँखाहरु
पर
बाटोको उपल्लो छेउसम्म
परदेशीएका छोराका
खबरहरुको आगमनको आसमा बिछिन्थ्यो
अनि Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सडककी पत्रीका पसले

~आचार्य प्रभा~acharya Prabha

रत्नपार्कको भीडबिच म पनि आफुलाई कोचेर हिँडी रहेकी थिएँ। अनायस मसिनो आवाजले म झस्किएँ।

“ल बहिनी लिनोस,नेपाली पत्रपत्रिका,कबिताका,मनोरन्जनका किताबहरु”यसो भुइँमा नजर दौडाएँ।

एउटी महिला काखमा यस्तै ६/७ महिनाको बालक च्यापेर एउटा थोत्रो तन्ना ओछ्याएर केही किताब,पत्रपत्रिकाहरु छरपस्ट पारेर आफ्नो जीजिबिषा पोखिरहेकी थिइ। म टक्क अडिएँ ।

उस्को मायालु आवाजले र सोँधे। “सबैभन्दा धेरै कुन चाहिँ बेच्नु हुन्छ?”भनेर । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : आज गाउँमै भएको

~केदार श्रेष्ठ ‘गगन’~Kedar Shrestha 'Gagan'

सपनीमा देखें आज गाउँमै भएको
कान्छी संगै घाँस दाउरा मेला गएको

आगनभरि मखमली वेली फूलेको
लहलह धानको बेला खेतमा झुलेको
साँदेको गुन्द्रुक मकै भटमास मोही खाएको Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : नालायक

~भुपेन~Bhupen

बिरभानका घरमा अस्ति राति एक टुक्रा जून खस्यो । र, त्यस दिनयता आज बिरभानकी बुहारीलाई बिहान ढोका लिप्दै गर्दा कत्ति अल्छी लागेन । भित्ताहरुको धूलो टक्टक्याउँदै गर्दा उसले आफ्नो खुसी पनि लिपपोत गरेकीले हो कि घर झनै चिटिक्क देखियो । बिरभानकी श्रीमतीको सधैं मुर्झाइरहने मुहारमा पनि प्रशस्तै खुसीका रेशा समेटिए ।

हिउँदे चिसोको घाममा खटिया लगाएर दिनैभरि पल्टिरहने बुढीले आज घाँटी तन्काइ–तन्काई घर भित्रिएको बाटो नियालि रहिन् । बिरभानको नाति सुबास नि आज स्कुल जान मानेन । ऊ स्कुल नगएकोमा कसैले चित्त दुखाएन र कर पनि गरेन । बरु उसलाई स्कुले ड्रेसको साटोे नयाँ कपडा लगाइदिएर आमाले चिटिक्क पारिदिइन् । स्वयं बिरभान बुढाले पनि आज बिहान घरको चिया पिएनन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : यो काठेघर फाल्नुपर्‍यो

~धिरेन्द्र प्रेमर्षि~Dhirendra Premarshi

मूलै खामो मक्केको यो काठेघर फाल्नुपर्‍यो
इँटैइँटको नयाँ घर बनाउन लौ थाल्नुपर्‍यो ।।

सबै दाजुभाइका लागि बेग्लाबेग्लै कोठा
एकै छतमुनि हुनेगरी जग हाल्नुपर्‍यो ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

लिम्बू कविता : आदाङ्बे

~सुजन सेलिङ~Sujan Seling 'Lungmaahim Saila'

आदाङ्बे !
तुरा ओ नु
हारा नुखेआङ फेरेओ,
हिन्जाहा:रे
खेनेरक केम्गोताङ
आघ्रे मेभेन्दु ।

पप्पा थेयाङ
मेदानेन ग? लरिक
सेकेम्लाप ।
पप्पा आकतङ्ब
पोखेयी लरिक Continue reading

Posted in लिम्बू कविता | Tagged | Leave a comment

Children’s Story : The White Crow

~Binay Kasajoo~Binay Kasaju

It was a hot summer day. Luse, a crow, was resting on the branch of a dense tree. He was about to fall asleep when he felt some liquid falling on his body. His body became drenched with the dropping of other crows. He looked above and saw two mischievous crows, Chuchhe and Buchhe, laughing at him. Continue reading

Posted in Story, बाल कथा | Tagged | Leave a comment

कविता : मलाई सपना खोस्ने बिहानहरु मन पर्दैनन्

~प्रकट पगेनी ‘शिव’~Prakat Pageni Shiva

ऊ भन्छ/उनी भन्छिन् र उनीहरु भन्छन्
बिहान कोमल हुन्छ फूल जस्तै
ऊ भन्छ उनी भन्छिन् र उनीहरु भन्छन्
बिहान सरल हुन्छ मन जस्तै
र, सबै सबैले भन्ने गर्छन्
बिहान शीतल हुन्छ तरल हुन्छ र नरम हुन्छ
यसैले हामीलाई बिहान मन पर्छ
होला…तिम्रो दृष्‍टिकोणमा त्यस्तै होला
होला…तिमीहरुको नजरमा उस्तै होला
तर मलाई बिहानहरु मन पर्दैनन्
भने नि मलाई सपना खोस्ने बिहानहरु मन पर्दैनन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : Focus on The Good

~Swami Subash Chandra~Swami Subash Chandra

Focus on the good inside
Where darkness always seeks to hide
From words, the daggers fly in hate
And envy, malice cannot be sate. Continue reading

Posted in Poem | Tagged | Leave a comment

गजल : भन्ने चाहन्छौ

~सागर ‘अजनबि’~Sagar Ajnabi

आसुँ दिएर तिमी हाँसोस भन्ने चाहन्छौ
जिवनमा खुशीले बाँचोस भन्ने चाहन्छौ

आज देखि तिमी त अर्काकी बन्दै छौ रे
तिम्रो विवाहमा नै नाचोस भन्ने चाहन्छौ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : दलित र मन्दिरका पूजारी

~तिलक अधिकारी~Tilak Adhikari

कलो ढुक्ने बानी परेको कुकुरलाई
मान्छेले तालिम दिएपछि मान्छेकै समुदायमा बाँधिन सक्छ
विष मार्ने सिरिन्ज लगाएपछि सर्प र मान्छे सँगै खेल्न सक्छन्
रगत चुस्न गोठमै छिरेको बाघ पनि मान्छे करायो भने भाग छाडेर भाग्छ
मान्छेको चाल पायो भने शंखेकीराले पनि मरेकै नाटक रच्छ
हो, चलायमान मस्तिष्क त मान्छेको भन्दा प्राणीकै हुँदो रहेछ

मन्दिरका पूजारी
पूजामा चढाउने गुराँस र लालुपातेको रङ हेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : थरुनी

~दिल महरा~Dil Mahara

‘पैंतीस मिनेट । गाडीको बाटो । अनि आउनेछ ठूलो सिमल । सिमलको बोटमा उभिएर हेर्नुपर्छ । दक्षिणतिर । देखिनेछ ठूलो खलियान । खलियानमा बाँधिएका हुनेछन्, चार–पाँचवटा एकनासका राँगाहरु । त्यही पुग्नुपर्छ सरासर । त्यसपछि चारवटा बाटा देखिनेछन् ।

सबभन्दा ठूलो बाटो नहिड्नू । सबभन्दा सानो झन् हिड्दै नहिड्नू । बाँकी दुइटा एकनास छन् । तीमध्ये एउटा शर्मा गाउँ पुग्छ । अर्को थारु गाउँ । फेरि शर्मा गाउँ जाने बाटो जाने हो भने घुमाउरो छ । पन्ध्र मिनेट बढी । थारु गाउँ जाने बाटो । पन्ध्र मिनेट छिटो । जताबाट पनि पुगिन्छ मेरो घर । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्कृत गजल : कवितायां सुधा नास्ति

~नरेन्द्र पराशर~Narendra Guragain 'Parasar'

नास्ति छन्द : कला नास्ति नास्ति लालित्यमेव च
कवितायां सुधा नास्ति पश्यातङ्कं भयावहम् ।

अलङ्कारोपमा नास्ति नास्ति काव्यस्य चेतना
कवितायामुषा नास्ति पश्य ध्वान्तं भयावहम् । Continue reading

Posted in संस्कृत गजल | Tagged | Leave a comment

बान्तावा कविता : अनङ्वा नेपाला

~पदम राई~Padam Rai

अनङ्वा नेपाला नि यङसा
पात नमेत्ताङ
तान नमेत्ताङ
लुङ वेन नमेत्ताङ
लाम छेक नमेत्ताङ
नेपाला छेक नमेत्ताङ ।

द्या नलुवाङ खुवाङा काङसाङ
उङका बुया-बुया लाम तित्ताङ
खोचि देङदा कसा-कसा मकोला Continue reading

Posted in बान्तावा कविता | Tagged , , | Leave a comment

कथा : आत्मघाती गोल

~वसन्त प्रकाश~

जाडो दिन ढल्दै थियो। हाम्रा टिम क्याप्टेन चौधरीले हामीलाई ‘हट लेमन विथ हनी’ खुवाइरहेका थिए। राष्ट्रिय गौरवको हाम्रो टिम एउटा अनाम भट्टी स्टाइलको क्याफेमा भेला भएको थियो। तीन महिनादेखि तलब नपाइरहेका क्याप्टेन चौधरी आज निक्कै उत्साही, दंग र फुरुंग थिए। केहीबेरअघि रंगशालाबाट वर्ल्डकप ट्रफी हेरेर फर्किएको हाम्रो टोलीबीच क्याप्टेन चौधरीले भने, ‘हामीले नसके पनि समयले सपना पूरा गराइदियो यार!’

खुसी र उत्साहका रंगहरू वास्तवमा नै अचम्म लाग्दा हुन्छन्। बीसौं वर्षदेखि फुटबल खेलेर वर्ल्डकपको यात्रा गर्नु त कता हो कता? उल्टो ट्रफीसम्म देख्न नपाउने लघुताभासलाई बिर्सेर भुइँ न भाँडाका भएका छौं हामी यतिखेर। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : वृद्धा आश्रममा मेरो ऑशु

~बिपिन खनाल~

चाहुरी परेका गाला
हिउं भन्दा सेतो केश
आंखाको द्वार आधा खोल्दै
काम्दै गरेका ओठबाट
कम्पित स्वर निकाल्दै
एक बुढि आमा
एक बुढा बा
बिस्तारै लौरी टेक्दै
स्वास जोरले फ्याक्दै
अड्कि अड्कि
म आश्रममा पस्न साथ Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : अभिभावकलाई…तोत्तो–चान

~सिपी अर्याल~

जापानमा दोस्रो विश्वयुद्धताका स्थापित तोमोए स्कुल अनौठो थियो । त्यो स्कुल कस्तो थियो ? त्यसबारेको चर्चाअघि यी केही समाचार शीर्षक पढौँ, जो नेपाली सञ्चारमाध्यममा प्राय: पढ्न पाइन्छ :bookcover - tattato Chan - techchuko kuroyanagi

– ‘शिक्षकको पिटाइले विद्यार्थीको आँखा फुट्यो’
– ‘होमवर्क नगर्दाको सजायले बच्चाको कानको जाली फुट्यो’
–  ‘विद्यार्थीलाई शरीरभरि सुम्लैसुम्ला’
यस्तो डरलाग्दो परिपाटीको व्याख्याअघि फेरि तोमोए स्कुल, तोत्तो–चान, कोबायासी सर र दोस्रो विश्वयुद्धताकाको जापानतिर फर्कियौँ । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

संस्मरण : विद्रोहको पहिलो पाइला!

~उषा शेरचन~Usha_Sherchan

काठमाडौंको रत्नराज्य कलेजबाट आइए सकेर बिए पढ्न फेरि आफ्नै जन्मथलो पोखरा फर्किएँ म।

त्यति बेला पोखराको पृथ्वीनारायण क्याम्पसमा पढ्ने छात्राहरू खासै हुन्थेनन्। हदै पढे एसएलसीसम्म पढ्थे अनि पछि बिहे बन्धनमा बाँधिन्थे। छिट्टै बिहे गरिदिएर आफ्नो टाउकोमा रहेको छोरीको बोझबाट मुक्त हुन चाहन्थे, सायद अभिभावकहरू पनि। बाँकी रहेका थोरै Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : चोट

~सन्तोष पौड्याल~Santosh Paudyal

“आजभोलि निदाउन पनि सक्दिन, सपना देखि डर लाग्छ | कुनै दिन दिउसै सपना देख्थे |सपना मेरो जिउने बाटो थियो| मलाई यो समयले कहाँ पुर्याएर छाडिदियो?” साकारले आफैलाई प्रश्न गर्छ |

“तिमीलाई समयले होइन संवरले छाडिदियो | जव मनुष्यमा संयम गुम्छ, सबै साथ भएर पनि मानिस अनाथ हुन्छ |” उसलाई आत्माको आवाज सुने झैँ लग्यो |

उ जुरुक्क उठ्यो | कोठाको कुनामा राखेको सुराहीको पानी घटघटी पियो | उठ्दै गर्दा झुन्ड्याईराखेको ऐनामा मुहार पर्यो | Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुदूर प्रेम

~क्षितिज समर्पण~Kshitij Samarpan

आज बिहानै अखबारका ‘हेडलाइन’हरुले मन विरक्त बनाएका छन् । अक्सर म रेडियो सुन्दिन । बिहानै रेडियो सुन्नु पनि झिजो लाग्छ । सायद रेडियो सुन्ने बानी हुँदो हो त यो विक्षिप्तता केही घण्टा पहिलेदेखिनै शुरु भइसक्ने रहेछ । कहिलेकाँही त लाग्छ रेडियो नसुन्ने बानी गरेरपनि ठिकै गरिछु ।

…….. Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नवीन लामा ‘सुरेश’का तीन गेडीहरु

~नवीन लामा `सुरेश`~Nabin Lama 'Suresh'

आउँदैछु गाउँमा प्रवास त्यो छोडेर
खुशीहरु साथैमा मनभरी गोडेर//
थाकिन
गाउँघर भुल्न सकिनँ//

डाँडा-काडा चौतारी पाखाहरु हरिया
नूनको भारी बोकेर हिडेको छ भरिया// Continue reading

Posted in गेडी | Tagged | Leave a comment

कथा : मानसिंको चैते दसैं

~उपेन्द्र सुब्बा~Upendra Subba_1

मानसिंले धोबीको कुकुरको उखान पनि सुनेकै थियो। दुइटी बिहे गर्नु भनेको दुइटा नाउमा दुईतिर खुट्टा राख्नुजस्तै खतरनाक हुन्छ भनी मानसिंलाई साथीभाइले भनेका पनि थिए।

‘यी त नामर्दले भन्ने कुरा हुन्। मर्दको दसवटी स्वास्नी,’ मानसिंले फुर्ती लाउँदै भनेको कुरा साथीभाइले बिर्सेका थिएनन्।

जेठी स्वास्नीबाट पहिलो सन्तानको रूपमा छोरी जन्मिएपछि मानसिंले कान्छी स्वास्नी घर भिœयायो। जेठी स्वास्नी सुत्केरी हुँदा मानसिं भञ्ज्याङ डाँडाको तासको खालमा थियो। उसले छोरी जन्मेको खबर खालमै सुन्यो। घर गएन। तीन दिन तीन रात तास खेलेरै बस्यो। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सँघारमा परेको दिन

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

घामको झुल्का पोखिएर सँघारमा परेको दिन ।
आमाको काख रित्याएर सडकैमा झरेको दिन ।

कहिले छोरा फर्किएर आँटो पिठो ल्याउला भनि,
मनको आँखा तानी आमा मझेरीमा सरेको दिन । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : कट्टेल सर तपाइँ गल्ती पढाउनुहुन्छ

~उमेश लुइटेल~Umesh Luitel

कालो बादलले आकाश ढाकिरहँदा पनि
चम्किरहने तपाईँको सूर्य
खै ! आजसम्म उदाएन ।

जिन्दगी, औँसी / पूर्णिमा
उकाली / ओराली हो ।

यसरी नै तपाईँ स्नातक महरुलाई
परिभाषा दिनुहुन्थ्यो जिन्दगीको ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : भ्रुणहत्या

~लक्ष्मण वियोगी~

म त्रि–चन्द्र क्याम्पसका कोठाकोठा चिच्याउँदै हिँडेको छु, ‘कोई हुनुन्छ? सहयोग गर्नुस् न प्लिज! ‘बी पोजेटिभ ब्लड’ हुने कोई हुनुन्छ?” मेरो चिच्च्याई कोठाका भित्तामा ठोक्किँदै झ्यालबाट बाहिर उछिट्टिन्छ अनि घन्टाघरको सुईमा ठोक्किन्छ। त्यसपछि कानका जाली फाट्ने गरी घन्टाघर बज्छ– ट्वाङट्वाङ˜˜।

बोली नबिकेपछि रन्थनिँदै म जमलतिर बत्तिन्छु। पाइला जमलको माइक्रो स्टप पुगेर थामिन्छन्। गुन्द्रुक खाँदेझैँ मान्छे खाँदेर बतासिँदै आएको माइक्रोको पिलन्धरे खलासी फुत्त चिच्याँउछ, ‘टिचिङ–कान्ति–चक्रपथ… टिचिङ–कान्ति–चक्रपथ! ल दाइ पसिहाल्नु, लैनचौरबाट पूरै खाली हुन्छ।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मीठा-मीठा कुरा

~कृष्ण वस्ती~Krishna Wasti_1

मीठा-मीठा कुरा मलाई गर्न मन लाग्यो ।
तिम्रै लागि बाँच्न मलाई मर्न मन लाग्यो ।।

टोलाउँने अँधेरीमा तिम्रो नजर तान्न ।
टिल्पिलाउँदो तारा बनी झर्न मन लाग्यो ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : रात हुनु पर्छ

~सरोज अनुराग~Saroj Anurag

नाङ्गो हुन सर्माउनेलाई रात हुनु पर्छ l
डराउनेलाई बेहोशीको मात हुनु पर्छ l

तिमीसँग माया गर्ने मुटु कहाँ छ र ?
बद्नाम हुन मेरो जस्तो आँट हुनु पर्छ l Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : लिगलिगकोटको कुर्सीदौड !

~विजय चालिसे~Vijay Chalise

“उफ्…..बल्ल सकियो लिगलिगकोटे दौड ! तर के गर्नु आफूलाई दौडबाट नबाहि¥याई धरै दिएनन् ! बेकार दौडियो त्यतिबेला यो कठिन दौड !” आफ्नो टोललाई लिगलिगकोटको नेतृत्वमा पु¥याउन गर्नुपरेको लामै सङ्घर्षले निकै थकाएको थियो उनलाई । उनी अर्थात्, लिगलिगका ठूलोकोटे टोल नेता ! यस अगाडि लिगलिगकोटे मुखियाका लागि भएका दर्जनौं कुर्सी दौडमा उनी आफैं नलडेका होइनन् । तर आफ्ना र अरूतिरका सबै मिलेर उनलाई अनेकौं पटक छिर्के हालेर लडाइदिए । सफल हुनै दिएनन् । आखिर केही नलागेपछि आफैंलाई छिर्के दाउले माथ गर्ने टोलकै अर्का सहयोगीलाई त्यो दौडको लगाम सुम्पनुपरेको थियो । सम्झँदा पनि उनको मनै भरङ्ग हुन्छ । अगाडि पनि त यसरी Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कविता : डण्डिफोर

~बादल सुरेश~Suresh Badal

कहिले
बीच गालामा आउँछ
कहिले निधारको छालामा आउँछ
कहिले अनुहार पुरै ढाक्छ
त कहिले खिल पल्टेर पाक्छ
कहिले दुखेर सताउँछ
फुटाउँदा भने आनन्द आउँछ
मलाई मात्र किन भगवान
जहिल्यै डण्डिफोर आउँछ! Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : दिउँला जुनीभर

~सन्देश जि.सी.~Sandesh GC

धनको गरिब भए पनि,
साथ दिउँला जुनीभर
दुई मुटुको धड्कन् बन्दै,
हात दिउँला जुनीभर
आलिसान महल छैन,
झुपडीको बास मेरो Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : दोभानकी ठूली

~गणेशमान सिंह~Ganeshman Singh

समाजले भन्छ, मनको बह कसैलाई नकह । तर मान्छेले मेरा कुरा सुन्छ भन्ने ठान्यो भने ढुङ्गालाई पनि आफ्नो वेदना पोख्छ । फाइदा बेफाइदा के भनौं अहिलेको सूचना क्रान्तिले हरेकलाई सुख बाँडे बढ्छ, दुःख बाँडे घट्छ भनेजसरी हरेक मनका कुरालाई सबैसँग पोखिने बनाएको छ– विद्युतीय पर्दामा ।

ससाना भाइबहिनीदेखि सँगैका दौंतरीहरु मार्क जुकरवर्गको कमाललाई भरपुर उपयोग गरिरहँदा मलाई कुनै चासो थिएन । तर दिन दुगुणा रात चौगुणाको दरले बढिरहेको फेसबुके व्यापारको जबर्जस्त ग्राहक हुनुको विकल्प मसँग रहेन । र, जोडिएँ फेसबुकमा । विषयवस्तु पाएसम्म, मनमा केही विचार फुरेसम्म स्टाटस दन्काउथेँ । कहिले राजनीतिका घगडान विचारदेखि साहित्यिक मनसम्म । कहिले राष्ट्रवादी भएर त कहिले सचेत नागरिक भएर । कहिले क्रान्तिकारी भएर त कहिले समाजसेवी भएर । गजल, कविता र मुक्तकको त बाढी नै बगाइदिन्थेँ । Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment