गीत : दशै आयो..

~प्रकाश स्याङ्बो~Prakash Syangbo

दशै आयो तिहार आयो
गाउँ घरको झल्को आयो नि
रूदै होलिन् मेरी आमा
परदेशमा रोए म पनि

कानमा जमरा निधारमा टिका
पोहोर साल लाएको
माइतीलाई सम्झी बहिनीले
तिहारमा डाकेको Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : योगमायाको काँचो वायु

~सीमा आभास~seema avas

त्रिपुण्डक धारिणी साध्वी
म योगिनीको काँचो वायु
झ्ााँक्रोको चम्मर हल्लाउँदै
बल्ल उत्रिएको छ आङमा
१९९८ असार २२ गतेदेखि भड्किएको आत्मा।
खबरदार!
अग्निको लप्का भएर मेरो कपाल सिरु उमि्रएको छ।
जलसमाधिमा अरूण भएका पुण्यात्माहरु साक्षी राखेर
धामीले ढ्याङ्ग्रो ठटाए झै ढ्याङ्…ढ्याङ्…ढ्याङ्…ढ्याङ्… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भोको पेटका उत्सव

~श्रीभक्त पौडेल~Shree Bhakta Paudel

भोको पेटमा उत्सव मनाउनेहरु
सुन ! तिमी आँफै खोक्रिदै छौ
सिद्दिदै छौ एक एक गरेर
जसरी सारङ्गीलाई खोक्रो पारिन्छ
त्यसरी नै खोक्रो पारिदैछ
तिमी लाई पनि।
बज, गुनगुनाउ या सवाइ नै कह
तर तिमी खोक्रो छौ खोक्रो। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हास्य-कविता : केहि वर्ष पर्ख न ल!

~बादल सुरेश~Suresh Badal

म त डेरामा बसेको मान्छे
अँध्यारो भविष्यको
घेरामा बसेको मान्छे
न त व्यापार छ
न त जागीर छ
मनभरि केवल पीर छ
अनिश्चित तक्दिर छ
अहिले त सक्दिन
केहि वर्ष पर्ख न ल! Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : फोहोर र देउता

~सुषमा मानन्धर~Shushma Manandhar

उसको घर दोबाटो वीचको मोडमा छ । सडक छेउको हल्लाले विथोल्ने त छंदैछ गाडीले उडाउने धुलोले पनि कम्ती दिक्क बनाएको छैन उसलाई । धुलो त देख्नै हुन्न एलर्जी भै हाल्छ । त्यही भएर हरेक महिना भने जस्तै उसलाई रुघा लागिरहेकै हुन्छ । त्यति मात्र भए त तै विसेक हुन्थ्यो । घर अगाडिको सडक छेउ अलिकति खाली जग्गामा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : गयौ धेरै टाढा यो दिल छोएर गयौ

~स्वप्निल नीरव~swpanil nirav_1

गयौ धेरै टाढा यो दिल छोएर गयौ
रुवाएर मलाई आफू रोएर गयौ

सपनाको मिठो दुनिया थियो र पनि
नमेटिने झिनो तस्विर कोरेर गयौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : विरामी कुरुवा

~भिम प्रसाद घिमिरे~Bhim Prasad Ghimire

फुच्चे साँचो दिदै मुस्काउँछ । बोल्दैन । बुझेको छ जोडीलाई उसँग संवाद गर्ने समय छैन । उसले देखेका ग्राहकको यो महिना तेस्रोपटकको आगमन हो । हसिलो, छरितो Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : दशैं , नेताज्यू र हामी

~दीपक जडित ~Deepak Jadit

ओ नेता ज्यू ,
एक फेर एता सुन
हामी जनता हौं
त्यही गरिव जनता
जस्को निंती तिमी युद्ध लड्दैछौ
हामी र हामी जस्तैको उत्थान गर्न
तिमीले लडेको युद्धले
हेर आज हामी विस्थापित भएका छौं
आफ्नै मुलुक भित्र घरबार विहिन भई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गधा

~अशोक पार्थिव तामाङ~Ashok Parthiv Tamang

इजरायल बसाईको एउटा साँझ
अटो बुसमा पसेर म “तेल अभिव” शहर हुरूरू जाँदै हुन्छु
बाटो वरपरका थुप्रै लैन्डस्कैपमा
केहि खेती, केहि बगरहरू पनि देखिन्छन्

अलि पर
केहि बगाल गधाहरू !
मरूभुमीमा यता -उती व्यग्र डुली रहेको देख्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं र देश

~दिनेश ज्ञवाली~Dinesh Gyawali

दशैं गयो, तिहार आयो
छोरोले दशैं कसरि मनायो ?
के खायो के गर्यो होला?
कठै एक्लै पर्यो होला?
भन्ने कत्ति नठान्नु आमा
पिर सुर्ता नमान्नु आमा
घरबाट टाढै सहि
म ऐले जहाँ छु त्यहि
एउटा सानो नेपाल पाँए
आमा! मैले दशैं मनाएँ

हो आमा! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : मान्छे बदलिने क्रिया

~नरनाथ लुइँटेल~Naranath Luitel

समय बदलिइरहेको छ । मान्छे बदलिइरहेको छ । मान्छेको मन बदलिइरहेको छ । थोरै समयमा धेरै कुरा बदलिइरहेको छ । सङ्घार काटेर भित्र छिरिसकेको एक्काइसौँ शताब्दीले अझ धेरै कुरा बदल्नेवाला छ । पुराना र पाका कुराप्रति मान्छेको चाह हुन्न । त्यसैले चाख र चाहना बदलिइरहेको छ । सोच र विचारहरूमा परिवर्तन आइरहेको छ । बदलिनु भनेको बदला लिनु पनि हो, बदलाले रिस फेर्छ । रिसको आँखा हुँदैन । ‘रिसाएको बेला बाहुनले त वेद पढ्दैन’ भने झन् अरूले के गर्ला ! रिसले मान्छेलाई बदलेर विलकुल पशु बनाउँछ । यसरी बद्नाम हुन पनि बदलिनु पर्छ । नामलाई बद्नाम हुनबाट Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : म इश्वर नदेखेको मान्छे

~बलदेव भट्ट “बिहानी”~Baldev Bhatta 'Bihani'

हुँडारहरु लाइ निर्धक्क गोठालो छोडेर
म संग मान्छेका किंवदन्तिमा रगतको कथा लेख्ने रहर छैन,
म इश्वर नदेखेको मान्छे यहि वस्तीको कटुस छायाँमा
चर्को घामले सुकाएका हरिया पातहरु को भाग्य लेख्दै छु!

धानखेतमा धान र पसिना मुर्च्छाएर एक भएका छन
भोको मङ्सिरलाइ उत्खननका नलीहाड दिएर दयावान बन्ने रहर म संग छैन, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अन्तिम धोको

~डा रवीन्द्र समीर~ Dr Rabindra Sameer

हट्टाकट्टा तथा रातापीरा लाहुरेबा हेर्दाहेर्दै सुकेको रुखजस्ता भए । गाउँमा धामीझाँक्री, वैद्य, कम्पाउन्डर आदिले उपचार गर्दा पनि रोग निको नभएकाले उनी काठमाडौं गए ।

– ‘तपाईंलाई टि.वि. रोग लागेको छ ।’
छाती रोग विशेषज्ञले टि.वि.को औषधि चलाए ।

– ‘तपाईंलाई मृगौलाको रोग लागेको छ ।’
मृगौला विशेषज्ञले एक झोला औषधि सिफारिस गरे ।

– ‘तपाईंको हड्डी खिइएको छ ।’
हाडजोर्नी विशेषज्ञले दिएको औषधिले उनको पेटमा ज्वालामुखी विस्फोट भयो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

बाल कविता : सक्दछु फड्किन

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

सक्दछु फड्किन लड्दिन सितिमिति
फड्के खाडल साहसले जिती
लडे हिलोमा बिचरा तड्पी
दिदी हाँसिन् खितिति

म ता डराएँ भो मुटु ढुकढुक Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : ऊसँगको भेटमा…

~विवश पोखरेल~Biwash Pokharel

व्यस्त सहरको एउटा कुनामा
अनायास भेटें उसलाई
मलाई देखेपछि एकाएक लजाई
एक छेउमा सियो राखेकी रहिछे
अर्का छेउमा–
चाइनिज ब्याट्री, ग्यास लाइटर
र केही चुरोट सलाई
सोधें ठूली, कसरी चल्दैछ जीवन
मुसुक्क हाँस्दै भनी उसले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : खुकुरी

~अस्मिता बर्मा~

किन–किन पुष्पा दिदी मलाई मन पराउनुहुन्न।

उहाँ अत्यन्त भलाद्मी देखिनुहुन्छ। रूपरङ र बोली पनि मिठो छ। जब उहाँ क्याम्पस छिर्नुहुन्छ, अघिपछि दर्जन केटी देखिन थाल्छन्।

– ‘पुष्पा दिदी, स्ववियुले हामीलाई कहिले पिकनिक लान्छ?’

– ‘बास्केटबलको म्याच गरौं न।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : दशैं

~रञ्जना पौडेल~

सबै राम्रा राम्रा सरस खुशियाली पन सगै।

झुलेका देखिन्छन् स्वजनहरुको साथ छ सगै।।

मलाई यो बेला किन विरसिलो लाग्छ दुनियाँ।

म झूत्रे झाम्रे छू रसविन विरक्ति छ हुलियाँ।।

 

ठुला अग्ला राम्रा भवनहरुका मानिसहरू। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

बाल कथा : झयापुल्लेको बिजोग

~विनय कसजु~Binay Kasaju

झयापुल्ले भालुको कपाल लामो भएर आँखै ढाकिएको थियो । त्यसमाथि जुम्रा परेर रातदिन कपाल कन्याइ रहन्थ्यो । ऊ राती आरामसँग सुत्न पनि सक्तैनथ्यो । उसका आमा, बा र तीन वटी दिदीहरुले उसलाई कपाल काट्न् धेरै पटक भन्दा पनि उसले मानेन ।

एक दिन साँझ भात खाने बेलामा झयापुल्लेले उधुमै मच्चायो । उसले कसैको पनि कुरा टेरेन । उल्टै रिसाएर ऊ भात नखाई सुत्न गयो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

Poem : Change

~Swami Subash Chandra~Swami Subash Chandra

As winter weeps slowly to soft bladed ground,
And carolers merry end melodious sound.

Sun sinks to peach;
bidding us an adieu. Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गजल : नरुनु है

~सन्देश जि.सी.~Sandesh GC

म बाँच्ने सबैले आश मारे पछि नरुनु है
सेतो कफन बेरि मठमा सारे पछि नरुनु है

म भन्दिन तिमी खुसीयालीको भोज गर
मेरो लास मसानघाट झारे पछि नरुनु है… Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : यसपालिको दशैं

~देवी नेपाल~Devi Nepal

आयो चाड दशैं अपार मनमा आनन्द छायो पुनः
बर्सायो दिलभीत्र शीतल झ्ारी पर्दैन कोही रुन।
पीडा ती मनका भुली विगतका हाँस्दै छ गोदावरी
सुन्दैनौं अब ती कथा रगतका भन्दै छ डाँफेचरी।।

यौटै यो घरमा फुटेर जमरा–टीका नलाऔं अब
सिङ्गो संस्कृति, सभ्यता र गरिमा यो देशको वैभव। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

लघुकथा : दशै हो कि दशा !

~केशु बिरही~Keshu Birahi_new

“वुवा मलाई एक जोडी टि सर्ट र पेन्ट त नभै हुँदै हुँदैन । मैले त भन्दिएको छु नि ।” माईली छोरीले दशैको डिमाण्ड तेर्स्याइन ।
“मलाई त टि सर्ट र पैण्टले मात्र पुग्दैन । त्यसमा मिल्ने एक जोडी स्याण्डल पनि चाहिन्छ ।” ठूली कान्छीको यो डिमाण्ड हो यो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

ताङ्का : जबाफ

~भबानी अधिकारी नेपाल~

के छ खबर
बिहान बेलुका नै
नयाँ केही छ? Continue reading →

Posted in ताङ्का | Tagged , | Leave a comment

कविता : विश्वास

~सुरेन्द्र रजौरा~Surendra Rajaura

अतितका क्षणहरुको
शिवालोकन गर्दै
कमी कम्जोरहरुलाई
विचारका डस्टरले मेट्दै
समयको अनावश्यक
भेलबाडीबाट आफूलाईल बचाउदै
उज्यालो भविष्यको खोजीमा
डौडिरहेको छु,
म
पशुपति, स्वयम्भु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : दुईवटा प्रेमपत्र

~हिमाल घिमिरे~Himal Ghimire

पहिलो प्रेमपत्र

प्रिय पूर्वप्रेमिका सुसाना !

पहिल्यै आत्म स्वीकृति— मैले तिमीलाई बिर्सिनु पर्थ्यो/पर्छ । तर त्यसो हुन सकेको छैन । यो रमाइलो पीडा हो । साँच्चै बेजोड बेढङ्गी यादहरूको सङ्ग्रह हो जिन्दगी । आजकाल यस्तै लाग्न थालेको छ । तिमीलाई भुल्नु पनि आगोजस्तै लाग्छ । तिमीलाई सम्झिराख्नु पनि आगोजस्तै लाग्छ । हेरौँ आँसुले कहिलेसम्म जोगाउँछन् मलाई ! Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

गजल : देखें थिएँ

~नविन लोचन मगर~Nabin Lochan Magar

देखें थिएँ जिउँदो सपना, बिर्सिगयो झस्किएर
आउँछ भेल उर्ली उर्ली, रिसले आज ठस्किएर

हाँस्छ योमन खुशीसँग, आँखाको त्यो इशारामा
मन हाँसे संसार हाँस्छ, मन मुटु मस्किएर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : स्वप्न मोह

~विद्या सापकोटा~Bidya Sapkota

खुल्दा–खुल्दैको आँखामा
बास बस्न आए थे
केहि थान बिम्बहरु
– सपनाजस्तै …………… ।।

सपना–‘कल्पनातित आकाश’ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Story : Off To School I Go

~Sunil Nepali~

The sudden drop in water pressure and the croaking shower awakened me to the muddy reality swirling around my feet. I stepped aside for a moment, but the water stayed murky, slimy. So I killed the shower and moved to the washbasin, but the faucet gushed forth something equally fetid. The signs pointed to a major breakdown at the city waterworks. Cursing under my breath, I hurriedly Continue reading →

Posted in Story | Tagged | Leave a comment

कविता : एक हुल मान्छेहरु

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

आलो रगतमाथि
बास्नादार विषको घडा पिलाएर
उज्यालोको खोजीमा हिडिरहेछन
व्यानर र झण्डा भिरेर
एक हुल मान्छेहरु

दुखिरहेका मुटुहरु
आशुका थोपामा सागर मिसाइरहेछन
बस एक पेट खानका लागि संघर्ष गर्नेहरु
दिनरात भाग्यको हवला सुनाईरहेछन
यति वेला ति एक हुल मान्छेहरु
सिंहदरबारको वरिपरि भन्किरहेछन झिंगा सरी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : विरहको क्यानभासमा

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

कथाकार दिवाकर नेपालीज्यू, एकदिन मेरो पोष्टबक्समा अपरिचित पत्र आएको रहेछ । सायद यो कर्मचारीको लापरवाहीले हुनसक्छ । नेपालमा यस्ता प्रशासनिक गल्ती हुनु स्वभाविक हो । यदि भएन भनेचाहिँ अचम्म मान्नुपर्ने हुन्छ । यो पत्र कुनै आमाले आफ्नो विदेशमा बस्ने छोरालाई लेखेकी रहिछिन् । त्यो पत्र यसप्रकारको थियो –

प्रिय छोरा
शुभाषिर्वाद Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नौलो सेवा जेड्प्रेस

~पूर्ण ओली~Purna Oli

“कहाँ आइपुग्यौ ?” मोबाइलमा उसको निरन्तर घण्टीले आतुरी जनाएपछि मैले उसलाई सोधेँ ।

“खोइ ? अँध्यारोमा ठाउँको नाउँ थाहा भएन । अब एकसय किमि बाँकि लेखेको छ ।”

“ए हो ? यताबाट पनि एक सय किलोमिटरको दूरी छ । अहिले त्यताजस्तै यताको बाटो पनि राम्रो भैसकेको छ रे । अब तिमीहरु र म संगसंगै एकाबिहानै पुगिसक्छौँ । मलाई ढिलै भएछ भने पनि आधा घण्टा बढी लाग्ला । बस स्टेशनमा पर्खँदै गर्नू । म आउने बित्तिकै उपचारको काम शुरु गर्नुपर्छ ।” मैले उसलाई आश्वासन दिएँ । ऊ उपचारको लागि आफ्नी बिरामी आमालाई ल्याएर आउँदै थिई ।
Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : खिया लागेको स्वर्णपदक

~विमल भौकाजी~

एउटा ‘स्वर्णपदक’ छ मसँग ।

नाम सुन्दै मस्तिष्कमा आइहाल्छ, झलझली सुनको । नआउनु पनि किन र ! नामै ‘स्वर्णपदक’ ।

त्यो पनि चानचुने हो र ! राष्ट्रियस्तरको सुनको पदक । तर… Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment