गयौ धेरै टाढा यो दिल छोएर गयौ
रुवाएर मलाई आफू रोएर गयौ
सपनाको मिठो दुनिया थियो र पनि
नमेटिने झिनो तस्विर कोरेर गयौ
दुनिया भन्थे-मिल्दैन यो हर हिसाब
नमिलेर के भो आखिर जोडेर गयौ
छैन कुनै भविष्य यो जान्दा जान्दै पनि
पाइन्छ र कहाँ भविष्य खोजेर गयौ
जो सीमा मैले आजसम्म सकिन तोड्न
लगाएको त्यो सीमारेखा तोडेर गयौ
स्वप्निल नीरव
दर्छा -८ पाल्पा
(स्रोत : Pallawa.com.np)
