व्यङ्ग्य निबन्ध : जिब्रो-जगत

~विवश वस्ती~Bibash Basti

महाभारतकालीन समयमा भीषण संग्राम भयो। संग्रामस्थल कुरुक्षेत्रले विशिष्ट नाम कमायो । मिथकमा, पाण्डव र कौरवका नाम आफ्नै वंश, बन्धुबान्धवलाई धुलाम्य तुल्याउने कलामा पारंगत योद्धाहरूका रूपमा अंकित भए।

महाभारतकालीन जमानाका सिद्ध-प्रसिद्ध महानुभावहरूका लामालामा कथा कथ्ने व्यास ऋषिमुनिले त्यत्रो इतिहास लेख्दा एउटा कुरा भने मजाले छुटाएछन् भन्ने मलाई अहिले लागिरहेको छ। कसैका ध्यान नपुगेको भए, म अहिले ध्यानस्थ गराउँछु। त्यो थियो-महाभारतकालीन समयमा पाककला कस्तो थियो ? पाण्डव र कौरवहरूका दैनिक भोजन-सूचीमा के-के खानपिन अंकित थिए ? Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : उत्तर चाँही खाली हुन्छ

~दलबहादुर बस्नेत~Dal Bahadur Basnet

बाहिर हेर्दा सोझो सोझो भित्र चाँही जाली हुन्छ
सिकायो राम्रो कुरो, उस्लाई चाँही गाली हुन्छ।

आँफूलाई सलमान शाहारुख ठानेर
गाँउ घरमा ठूलो ठाली हुन्छ। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आँखा खोल बुद्व

~प्रतिमा केसी~Pratima KC

मेरो देश रोईरहेछ
तिम्रो देश दुखिरहेछ
विनासकारी भुकम्प आईरहेछ
त्राही त्राही पारिरहेछ
आज मरिन्छ कि भोलि भन्ने
भयंकर त्रासदीले
बांच्नेहरुलाई पनि
पटक पटक मारिरहेछ
असुरक्षा र अशान्तिले
हाहाकार पारिरहेछ
चहराएका घाउमा मलहम लगाउन
मानव ह्रदयमा मानवता जोगाउन
सहयोगीहरुलाई आशिर्बाद दिन
हामीलाई शान्ति दिन
आँखा खोल बुद्ध ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी !

~महेश्वर पन्त~Maheswor Pant

सपना जस्तै त छ यो जिन्दगी!
कहाँ झुल्कियो कहाँ अस्ताउने हो
आशै आशको भकुन्डो
अबिरल अनगिन्ति चाहाना सङगै
खेल्दै खेल्दै असङ्ख्य गोरेटाहरुमा
अल्मलीरहेकोछ, माकुराको जालो जस्तै

सफलताका खुट्किलाहरु उक्लिँदै
असफल्ताको ओरालो झर्दै
हिड्दै छ निरन्तर अनन्त अनन्तसम्म
के बर्षा के घाम, के पाहाड के मधेश Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : वाल्य-स्मृति

~शरत् चन्द्र चट्टोपाध्याय~Sharat Chandra Chattopadhyay
अनुवाद : कुमुद अधिकारी

एक

अन्नप्राशनको बेला जब मेरो नामाकरण भयो, तब म ठीक म नै हुन सक्छु कि सक्दिन भनेर होस् , वाkumud Adhikari_1 हजुरबुबा ज्यूको ज्योंतिष शास्त्रमा विशेष दखल भएरै होस् म ‘सुकुमार’ । धेरै होईन, दुईचार वर्षै हजुरबुवाले बुझ्नुभयो नाम सँग व्यवहार मिल्दैन । अव बाह्र-तेह्र वर्षपछाडिको कुरा भनौ । मेरो आत्मपरिचयको कुरा कसैले राम्ररी बुझ्नु हुन्न होला तरै पनि हेर्नुहोस्, हाम्रो घर गाउँमा । त्यहाँ म बाल्यकाल देखि नै छु । बुवा पश्चिमाञ्चलमा Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : एकतर्फी प्रेमको कथा

~अश्विनी कोइराला~Aswini Koirala

एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो ।

आजभोलि बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ तर अर्काको मायाको गहिराइ कति छ बुझेको हुँदैन । प्रेम गर्नेले बुझाउन सक्दैन । सम्भवत: त्यही कारणले उनीहरूको प्रेम सफल हुँदैन ।

यसलाई एउटा सानो कथाबाट बुझाउने प्रयास गर्दैछु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हेपाहा

~गोविन्द गिरी प्रेरणा~Gobinda GIri Prerana

हेपाहाको धर्म हेप्नु हो
हेपाहाको कर्म हेप्नु हो
हेपाहाहरु हेप्नुलाई नै मोक्ष ठान्दछन्
मोक्ष मान्दछन् ।

हेपिनेहरुले
हेपिनुलाई कर्म नमानेपछि
हेपिनेहरुले
हेपिनुलाई धर्म नमानेपछि
हेपिनेहरुले
हेपिनुलाई मोक्ष नमानेपछि
हेपाहालाई औडाहा हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : युगको ढुकढुकी तिमी

~रिता राई~Rita Yamphu Rai

युगको ढुकढुकी तिमी
नब्बे डिग्री भई उभिएर
भूमध्य रेखाको बाटो भएर
तिमीले हिद्द्नै पर्छ,
भुकम्प र सुनामीले
तिम्रो बाटो छेकिने छैन
भुवंरीले तिम्रो दिशा
परिवर्तन हुनेछैन
कटौँरीको महको मात
तिमीलाई लाग्ने छैन
ऊनीउँ झै स्पोर छर्दै
पप्पी फूल झैं रातो रंगमा
आरु जस्तै ढक्मकाउनै पर्छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी मात्र किन हाँस्छौ जङ्गबहादुर?

~टंक वनेम~Tanka Wanem

इतिहासको गर्भबाट ब्यूझेर
बस्न्याती जुँगामा ताउ लाउँदै
धित मरुन्जेल
फेरि एकपल्ट
जङ्गबहादुरको मृतात्मा हाँस्यो ।

धरोधर्म तिम्रो म्यानभित्रको तरवारमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : समय

~नवराज राउत~Nabaraj Raut

उ थकित भ्एर आउँथ्यो र मेरो मेरो छातीमा बास खोज्थ्यो । केही समय मसँग लडिबुडी गरेपछि झन् थकित भएर मेरो काखमा सुत्थ्यो । म पनि तस्बेला प्रेमिका र मात्रित्व दुवै भावमा एकैपटक खनिएर आउँथी र एकोहोरो उसको शिरलाई सुम्सुमै रह्न्थिए। उ अबोध बालक सारी मेरो उसको आमा को काखमा सुतेको झैँ निश्चित भएर मेरो काखको कुर्ताको फेरमा सुत्थ्यो । मलाई पनि उसको भाव र समर्पण देखेर माया लागेर आउथियो र उसलाई एकैपल्ट हिर्दयमा लुकाउझै लाग्थ्यो । समय ले कोल्टे फेरेको छ । आज उ इराकमा छ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आमा

~समाश्री राउत~Sama Shree Raut

सपनाका फूलहरु फुलेर
मन
बादल बिहिन
सहस्र तारा जगमगाएका
रात झै भएथ्यो होला
नौ मास सम्म नै
हजारौं हजार
सपनाका फूलहरु
हरेक दिन फुले होलान्
पवित्र यज्ञ फलिभूत हुँदा
रजपिण्डले सास फेर्न पायो
स्थिती र अवस्था बदलिएर
तिमी केवल जनबाट
जननी बन्यौ
आमा !
तिम्रो पिण्ड छातीमा टाँसिदा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : अनन्त्या पुनिमा

~चन्द्र कुवँर ‘चन्द्रमा’~Chandra Kuwar 'Chandrama'

मेरा गाँउमा भोली मेला , अनन्त्या पुनिमा ।
अब कैले हेर्न पाँउला , पर्देशी जुनिमा । ।

बुढाकोट रमाईलो डाँडा , खापरमाण्डौ चौर ।
मन पन एकुल्याई गयो , यै बिराना ठौर । । Continue reading →

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : चेतना भया ! ‘लाल’ गद्दार |

~दिल निशानी मगर~Dil Nisani Magar

हाम्रो बीरता को-गाथा
र,
तीम्रो दन्त ‘कथा’
क्रान्ती-कथा होइन
न हो-कीम्बद्नती
हामी ले हासी-हासी त्यागेको प्राण
अनी,
तीमी ले रोइ-रोइ
आभ्ह्वान गरेको-बलीदान
क्रान्ती-‘मजाक’ होइन
यो,
सपना जस्तै-टूटीजाने होइन
न बगीजान्छ,
बर्षाद को-पात हरू झै
यसबखत, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : किन बदल्न सकेनन् ? तिम्रो संझनाहरुलाई………

~लारा राइ~Laxmi Rai 'LARA'

केहि त बद्लिएको छैन
सिवाय मौषमहरु
आँखाभरि, भरि
तिम्रो संझनासँगै
लहरै उभिएका छन्
म्यापलका नांगा रुखहरु ।

यो हिउँद
म तिमीलाई संझिरहेछु………….. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नभेटे ‘नि भेटे जस्तो

~रवि प्राञ्जल~Ravi Pranjal

नभेटे ‘नि भेटे जस्तो लाग्छ जब तस्बिर हेर्छु ।
युगौँदेखि देखे जस्तो लाग्छ जब तस्बिर हेर्छु ।

जति भुलूँ भन्छु उति ताजा हुन्छन् यादहरू,
भित्र कतै रेटे जस्तो लाग्छ जब तस्बिर हेर्छु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : सुन्धाराको गीत

~हरिप्रसाद काफ्ले “शैब”~Hari Prasad Kafle 'Shaiba'

सुन्धाराको पानी प्युने ,ज्युदो ऐले को होला र
ढुंगेधाराभरि पानी , देख्ने पनि को होला र ! !

धारा कुवा नदी खोला, पानी हुने ठाउँ भन्थे
गाडी कैले आउछ भनी, बाल्टी बोकी कुर्छन ऐले . Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : तरकारी – सपना

~स्वेच्छा राउत~Swechha Raut_1

हरेक दिन घामले संघार टेक्नु अगाडी नै उ टेक्थ्यो कालिमाटी तरकारी बजार मा । निद्रा खुलेर होइन खुलाएर हेरिएका आँखाहरुले छान्थे सकेसम्म बाँकी नराखी बेच्न सकिने तरकारीहरु । तरकारी बेच्नु माइला दाइको रहर थिएन रे । “माइला दाइ”-बच्चा देखि बुढा सम्म सबैले बोलाउने नाम । उनि भन्थे गाडी चलाउने रहर थियो रे, तर जब गाडी चलाउन सिक्न देखि लाइसेन्स झिक्न र गाडी किन्न सम्म गर्दा निकै पैसा लाग्छ भन्ने बुझे उनले, अनि ड्राइभर बन्ने सपना तिलान्जली दिएर ठेला-गाडा गुडाउन तिर लागे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : इच्छामृत्यु

~जयराम तिमल्सिना~Jayaram Timilsena

सरकार
म मर्न चाहन्छु
मलाई इच्छामृत्युको अधिकार देउ ।
पहिले खुँडा खुकुरी बोकी हिड्थे
धनुकाँड चलाउँथे
आफ्नो सुरक्षा आफै गर्थे
तिमी आयौं र भन्यौं
नबोक खुडा खुकुरी
तिम्रो धनुकाँड मलाई देउ
बदलामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बागमती पुलमुनि न्हुच्छेमान

~स्वप्निल स्मृति~Swapnil Smriti

कुनै ड्रगिस्टले बेहोसमा फ्याँकेको सिरिन्ज
कुनै नगरबधुले
एकदम होसमा मिल्काएको अस्थायी साधन
र न्हुच्छेमान
बागमती नदीको पुलमुनि छन्।

पुलमाथि पो
गणतन्त्रको बग्गीमा नयाँ नयाँ राजाहरू सवार हुन्छन्
मध्यरातमा नयाँ नयाँ रानीहरू
पुलबाट हाम्फालेर आत्महत्या गर्छन्
सिंहदरबारबाट निस्कने ढलको अन्तिम मुख
आदिम लेदोमा भासिएर अल्भि्करहेको नयाँ युग
र न्हुच्छेमान त Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : शहरमाझ स्यालको भ्रमण

~आचार्य प्रभा~acharya Prabha

अहिले जस्तो लाग्छ मलाई, म सानो हुँदा पहाडमा घरका ठुला मान्छेहरुले कहिले कहिं साँझमा स्याल कराउँदा “ल स्याल रुन थाल्यो अब गाउँमा को मान्छे मर्छ यो त अशुभ हो ,अलच्छिन जगाएको हो” भनेको सुन्ने गर्दथेँ ।

हुन पनि डाँडामा साँझमा एउटा स्याल रुन अर्थात कराउन थाल्यो भने अर्को डाँडाबाट अर्को स्याल रुन थाल्दथ्यो र हुँदा हुँदै स्यालको झुण्ड नै रुन थाल्दथ्यो तर हत्तपत्त स्यालहरुलाई देख्न भने पाइेन्नथ्यो। मान्छेको छायाँ पर्नासाथ जङ्गल, झाडितिर लुकिहाल्दथ्यो । देख्नलाई भने दुर्लभ नै हुन्थ्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रोमान्टिक आन्टी

~देबकी केसी~Debaki KC

ऊ कलेजबाट हतार हतार फर्कंदै थियो। ऊभन्दा अघि नै उसको कोठामा कृपा कुरीरहेकी थिइन्। कोठा भित्र पस्न नपाउँदै कृपाले भनिन्, ‘कति अबेला गरेको रिक्की!’

‘आज प्राक्टिकल थियो त्यसैले ढिला भयो आन्टि’ भन्ने  सुन्नासाथ उसले नाक खुम्चाइन, ‘आन्टि नभन न रिक्की  म के बुढी देखिएको छु र? बरु मलाई स्वीटी भनन्।’

उमेरले चालीस टेक्न लागेकि कृपा जैविक भोक मेटाउन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मौसमी माइकालाल

~रामविक्रम थापा~

उसको वास्तविक नाम त थाहा भएन । उसको काम अनुसार उसलाई माइकालाल भन्छन् मान्छेहरू । न्वारानको नाम जेसुकै होस् । विकट पहाडी गाउँको सदावहार नेता हो ऊ । मात्र एक घरको त्यो बाहुनले सारा ग्रामवासी जनजातिहरूलाई विगत चालिस वर्षदेखि शासन गरिरहेछ । ऊ कहिल्यै ओरालो झर्दैन । उकालो चढेर माथि पनि पुग्दैन । तर आफ्नो यथास्थान कहिल्यै छाड्दैन । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : जीवन किन शुखी भएन ?

~ज्ञानेन्द्र गदाल~Gyanendra Gadal

लाएजति माया आफ्नो हुँदैन
चाहेजति सबै प्राप्त हुँदैन,
जीवनलाई जताबाट नियाले पनि
मृत्युभन्दा अर्को सत्य हुँदैन |

बाँचुन्जेल,
सधैं-सधैं जोपनि खुशी मै रम्न खोज्छ
सधैं-सधैं जोपनि हाँसो मै जम्न खोज्छ
तर उसलाई यो हेक्का रहेन कि-
“बाँच्नका लागि पनि हाँस्न जान्नु पर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नींद नहुने भए सपनीको

~किरण टी लिम्बू ~Kiran T. Limbu

नींद नहुने भए सपनीको के नै अर्थ हुन्छ र
रात नहुने भए बिहानीको के नै अर्थ हुन्छ र ।।

यो अर्थै-अर्थले जेलिएर अल्झेको मायावी संसारमा,
माया नभएको भए जिन्दगानीको के नै अर्थ हुन्छ र ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : बसन्त बनी आयौ तिमी जिन्दगीमा

~दिप्स शाह~Deeps Shah

बसन्त बनी आयौ तिमी जिन्दगीमा
बहार बनी छायौ तिमी जिन्दगीमा

डुबेकोथेँ आँशुभित्र हाँस्न सिकायौ
हारेकोथेँ जीवनदेखी बाँच्न सिकायौ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : यसपालीको दशैं र दिवंगत खुशीहरु

~गणेश खड्का~Ganesh Khadka

मनले रहरभरी अँगालेका
र सपनाभरी सँगालेका
खुशीका दस्तावेजहरु च्यापेर
एक मुट्ठी ‘दशैं’ सुख भोग्नका निम्ती
जीवनहरु एक साल मरिहत्ते गर्छन् ।
दशैं,वर्ष दिनपछी एकफेर
छेउमै आउँछ र भोका पेटहरुलाई हाउँगुजी देखाएर भाग्छ
एक पसार ‘दशैं’ खुशी हाँस्नका खातिर
मनहरु एक बर्खा झरी रुझ्छन्
फेरी दशैं नाङ्गा आङहरुमा काउकुती लाउँदै
खितिती… खितिती … हाँस्छ र तर्किन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

साहित्यिक भलाकुसारी : छापा पत्रिकाको महत्व एकदमै बढी छ

~सिरुखर्के जेठा~Sirukharke Jetha

साहित्यकार सिरुखर्के जेठाको परिचय पाउन ?
म मलेसियामा एउटा श्रमिकको रुपमा नै काम गरिरहेको छु । नेपालमा रहँदा पत्रकार र साहित्यमा रुची भएकोले म आफूलाई साहित्यप्रेमीको रुपमा चिनाउन चाहन्छु । साथै म साहित्य लेख्ने मान्छे हो भनेर चिनाउन चाहन्छु । Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

बाल कथा : होचा मानिससँगको भेट

~बिजय चालिसे~Vijay Chalise

आज स्कुल विदा भएकोले सोमु र मिङमा दुईजना मात्रै घुम्न निस्किए । मुक्तिनाथभन्दा केही माथिको उनीहरूको गाउँ असाध्यै रमाइलो गाउँ यियो– हातैले हिमाल छोइएलाजस्तै हिमालको नजिक । छेउमैं एउटा अग्लो डाँडो थियो हिमालकै फेदजस्तै देखिने । डाँडोमा धेरेज्स्तो हिउँ पर्ने हुँदा कोही जाँदैनथ्यो । अहिले भने त्यहाँ हिउँ थिएन । गाउँबाट हेर्दा त्यो निकै रमाइलो देखिन्थ्यो । त्यही देखेर उनीहरूले आज त्यो डाँडो छढ्ने सल्लाह गरेका थिए । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : परिवर्तन

~भूपिन ब्याकुल~Bhipin Byakul

म त्यही देशको उदास कवि हूँ
जहाँ परिवर्तनको नाममा
मात्र मौसम परिवर्तन हुन्छ !

रुखको देहबाट
उडेर जान्छ पुरानो गन्ध
र नयाँ बैंश पलाउँछ
हिमालको आँखाबाट
चुहिएर सकिन्छ निद्राको साँझ
बगिरहेको नदीहरुमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : माया पिताको कति ?

~बिक्रम श्रेष्ठ “सागर”~Bikram Shrestha 'Sagar'

शार्दूलविक्रीडित छन्द

निर्मानै लि पिता प्रभात प्रहरै,
रातै चिरी झुल्कियो।
सामुन्द्री तट उस्ण वाफ तपले,
धर्ती यसै मौलियो।
सन्तानै सब हुन् पिता म भनि लौ ,
गाँठो कसी कम्मर।
अय्या आथु सहेर सौम्य शिलले ,
कर्मै बुझी सुन्दर।
बाबाको ममता स्वरुप चित्रमा। Continue reading →

Posted in छन्द कविता | Tagged | 3 Comments

गजल : बदलियौ तिमी त

~ओनिक अज्ञात~Onic Agyat

माया बसेको बेलामा फूल जस्तै कोमल थियौ,
बदलियौ अहिले, बज्र भन्दा पनि कठोर भयौ ।।

त्यो ओठको मुस्कान मह जस्तै गुलियो थियो,
जलायौ चिनो, बिष भन्दा पनि तिक्त भयौ ।।
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : बुकुरे वस्ती

~पुण्य प्रसाद खरेल~Punya Prasad Kharel

गोबरमा उम्रिएका गुजुक्क च्याउ झैं गुजुप्प बसेको, फुसैफुसका बुकुराहरूको अनुहार आज न्याउलिएको छ । कुनै बुकुराभित्र सानासाना नाङ्गा, धुस्रेन्न र फुस्रेन्न केटाकेटीहरू भुइँमा लडीबुडी गर्दै आमालाई करकर गर्दैछन् । कुनै बुकुरोमा सुत्केरी आइमाईहरू दैलाको ठेलामा बसेर आफ्नो लोग्ने आउने बाटो तिर्खाएका काकाकुलले पानीका डोबिल्का खोजेका आँखाले झैं चालिरहेछन् । बुकुराभित्र लुकिरहेको अन्धकार बिस्तारबिस्तार बाहिर लम्किन लागेको छ । ‘बा आज पनि उसको लोग्नेको झोला रित्तै आउने हो ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment