कविता : पासविक अवतरण

~सरुभक्त~Sarubhakta

देश र दागवत्तीः अकष्मात् हराएका वा
बिर्सिएका सुन्दर विम्वहरुझैं
अर्ध–इन्द्रियका मानवहरु
वालुवाका पहाडहरु चढिरहेछन्
वफर जोनः सुरक्षा सन्त्रासहरु
सतत् कायरतापूर्ण हत्याका बहादुरीहरु
आउ जिन्दगीको कोर्टमार्शलमा
डमीहरुको जुलुस निकालौं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बिनानिम्तो, रातहरुले बल्झाउछन् पींडाहरु

~लारा राइ~Laxmi Rai 'LARA'

सधैं ब्यस्त हुन रुचाउने मष्तिष्क- जब बिथोलिन्छन्, मन बैचन हुन्छ । यस्तो बेला प्रायः गजल सुन्न रुचाउँथें । या पुराना गितहरु । समयसँगै मान्छेका रुचिहरुमा ब्यापक परिवर्तन आउँदो रहेछ । हिजोआज-बैचन मनसँगै रातको निस्तब्धतालाई भंग गर्न, मैले या त चुरोट सल्काउन पर्ने हुन्छ कि भने, चुरोटको खिली समात्ने र्अौलाहरुलाई कि-बोर्डमा नचाउनुपर्ने हुन्छ ।

खास नियमबद्धतामा बाँधिएको भन्दा बेगल यो एक टुक्रा साँझ । स्व. नारायण गोपालका कालजयी गितसँगै मार्लबोरो रेडको धुँवाभित्र गहिरिंदै छ । छेवैको साइड टेबलमा ह्विस्कीको आधा पेग ग्लास यथावत छ ।

सुमधुर गित वातावरणमा उस्तै गुन्जिरहेछ –

केहि मिठा बात गर……साँझ त्यसै ढल्किंदैछ
भरै फेरि एकान्तमा, रुनु त छँदैछ……………… Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जोईटिङ्रे अमेरिका

~गीता थापा ‘दोषी’~Geeta Thapa Doshi

लोग्नेको दश पाँचको नोकरीले जिविका नचल्ने देखेपछि स्वास्नीले अमेरिका जाने चाँजोपाँजो मिलाइ । लोग्नेले पनि कुनै नाइनाँस्ती गरेन । स्वास्नीको इच्छामा ल्याप्चे ठोक्यो ।

काम सुरु गरेको खबर आयो ऊ अमेरिका पुगेर । विस्तारै डलर घरमा भित्रियो । घरको रंगरोगन फेरियो । ग्याँस , रङ्गिन टेलिभिजन , फ्रिज, कम्प्युटर जस्ता भौतिक बस्तुहरूले पुरै भरियो घर । फेसबूक, स्काईप लोग्ने स्वास्नीको सम्पर्कको भरपर्दो माध्यम बने । स्काईपमा भिडियो कल गरेर अनुहार हेर्दै गफगर्न पाउँदाको मज्जा व्यक्तगरि साध्य थिएन । अमेरिकाको सुख सुविधा र रमणिय वातावरणले जन्मभूमिप्रतीको मोह कम हुँदै जान थालेको थियो । स्वास्नीको गफ सुन्दा लोग्नेलाई पनि पखेंटा भए अहिल्यै उडेर पुग्थें झैं हुन्थ्यो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शिक्षा प्रणाली

~रामकुमार पण्डित क्षेत्री~Ram Kumar Pandit Kshitri

एसएलसी परीक्षाको नतिजा आएको एक महिना भएको थियो। एउटा कलेजमा एसएलसी पास गरेर आएका विद्यार्थीको भिड लाग्यो। त्यहाँ दुर्गमका सरकारी स्कुलदेखि सुगमका निजी स्कुलकासम्म गरि सबै खाले विद्यार्थीको उपस्थिति थियो। त्यही मौकामा राजधानीको निजी स्कुलमा पढ्ने राजुले बोल्यो-

“यार, चोरीचोरी पास हुनेको अगाडि हाम्रो डिस्टिङ्सनको बेइज्जत हुने भो। दुर्गम भेगमा जस्तो हाम्रो अभिभावक आएर हामीलाई चिट चोराएनन्। चोर्न दिएनन् भनेर हुलदङ्गा गरेनन्। के गर्नु? हाम्रो डिस्टिङ्सनको भाउ नै रहेन।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : देश बन्छ र सरकार

~घनश्याम शर्मा पौड्याल~ GHanashyam Sharma Paudel

प्रधानमन्त्रीको मुर्ति ठडाएर , देश बन्छ र सरकार ?
देशलाइ खाडलमा गढाएर , देश बन्छ र सरकार ?

सुन्दैछु सुर्खेतमा गोली चल्यो रे अखण्ड माग्दा
जन्तालाइ बलि चढाएर , देश बन्छ र सरकार ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Poem : Without Noise

~Swami Subash Chandra~Swami Subash Chandra

What do these words seek to say
While other rush to lurid play?
Tingles of excitement buzz
While pen scratches ode to love
A heady hush for calmness seeks
A restful place in subtlety. Continue reading →

Posted in Poem | Tagged | 1 Comment

आधुनिक गीत : उनको मन छुन सकेन ………

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

उनको मन छुन सकेन या मेरो मन छुन सकेन
धेरै पछि भेट्दा पनि खुशीमा आँखा रुन सकेन

उनले आफ्नै कुरा गरिन् , मैले मेरै कुरा गरें
उनले थोरै द्वन्द थपिन् , मैले बाँकी पुरा गरें
आखिरी त्यो कुराकानी त्यती मिठो हुन सकेन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : किन होला ?

~आवाज शर्मा~Aawaj Sharma
॰
बोल्न पा’को छैन अझै मनले खा’को किन होला ?
जति बिर्सूँ भन्छु उस्कै याद आ’को किन होला ??
॰
नजिक जाऊँ तर्किहाल्छे, बोल्न खोज्यो झर्किहाल्छे ।
नदेखे सास फेर्नै गाह्रो यस्तो भा’को किन होला ?? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : मान्छे र कला

~विष्णु प्रभात~Bishnu Prabhat

बाँचेको मान्छेले नै विचार गर्छ । कुरा साँचो हो र सजिलो पनि छ । आखिर मान्छे बाँचेका बेलामा न मान्छे हो । मरेपछि त ऊ लास बन्दछ । सासबिनाको लास भएपछि आस पनि गरिंदैन । त्यसैले मरेको मान्छे जतिसुकै बौद्धिक भए पनि चेतनाहीन हुन्छ । उसले कुनै विचार गर्न सक्दैन । उसको गतिशीलता समाप्त भएको हुन्छ । जीवनको अन्तिम र बाध्यात्मक विकल्प हो – मृत्यु । जीवन स्वेच्छिक Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

देउडा गीत : डाणी काफल पागी

~दिपक साउँद~Deepak Saud

मैना चणी मैदानै छ, डाणी काफल पागी/
काम लाग्ला की यो मेरो जिबन, सुदूर तेरा लागी//

पहाड खप्तड का डाणा, फुल फुलेका छन/ Continue reading →

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : सच्चा श्रद्धाञ्जलि

~धनप्रसाद सुवेदी ‘श्रमिक’~

जब शासक अन्धो भै क्रूरता लाद्न थाल्दछ
कालो साँप सरी बन्दै दुनियाँ डस्न थाल्दछ
अँध्यारो रातले ढाक्छ धर्ती निष्पट्ट बन्दछ
त्यै बेला प्राणको राँको झोस्ने शहीद बन्दछ ।

जो मरेर पनि बाँच्छ दुनियाँ ऊ बचाउँछ
त्यही सपूत धर्तीको प्यारो शहीद नाउँ छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : प्रेमका तीन आयाम

~अश्विनी कोइराला~Aswini Koirala

गएका महिना भारतको कर्नाटक राज्यको यात्रामा थिएँ । तीन दिनको रेल यात्रा, एक दिनको बस यात्रा र केही दिन सहर घुम्ने क्रममा धेरै मान्छे भेटिए । जहाँ गइयो, मान्छेकै कथा सुनियो । लाग्यो, सिमानाले मान्छेका पीडामा तात्त्विक भिन्नता ल्याउन सक्ने रहेनछ । जुनसुकै भाषा बोल्ने हुन्, काला-गोरा जुनसुकै रंगका हुन्, उनीहरूको व्यथा र जीवनका संघर्ष उस्तै हुँदो रहेछन् । मेरो लगाव प्रेममा बढी थियो । त्यसैले प्रेमका कथा धेरै सुनियो । तीमध्ये तीन कथा यस्ता थिए…

आयाम एक Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आमा र ऐश्वर्य राय

~भूपिन~Bhupin Byakul

ऐश्वर्य रायले विश्व सुन्दरीको मुकुट पहिरिँदा
मेरी आमा बुढी भैसकेकी थिइन्
तर मलाई लाग्थ्यो–
मेरी आमा ऐश्वर्य राय भन्दा धेरै सुन्दरी छिन् ।

अहिले आमाको अनुहार चाउरिएर
बनेकोछ धाँजा फाटेको खेतजस्तो ।
आमाको कपाल फुलेर
भएकोछ सेताम्य काँसघारीजस्तो ।
ढाड कुप्रिएर
भएकोछ झोलुङ्गे पुल
खुट्टा फुलेर भएकाछन् पाउरोटी
तर अझै पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बालुवाको घर

~समाश्री राउत~Sama Shree Raut

“म एक्लो छु”
वाक्य या अवस्था
संकेत या जनाउ
जानकारी या गुनासो
हरेक ओठमा लिपीएका छन्
कैद छन्
अगाडीको दर्पणमा
जस्ले
राम्रो “म” मात्र देखाउँछ
मन टाँसिएको छ
ऐनामा
या ऐना
मनमा टाँसिएको छ
चमत्कारी ऐना ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : न हाबाको न पानी को

~रमेश खकुरेल~Ramesh Khakurel

न मौसमको भरोसा भो न हाबाको न पानी को
न आफ्नै चञ्चलेपनको न ता रङ्गीन बानीको ।।

न खोलाको भरोसा भो न डुङ्गा वा किनाराको
न ता तिम्रै हुँ है भन्दै सधैँ छल्ने जवानीको ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा: ‘शब्दहरूको बीचमा’ छन् समय-समयका कविता

~रमण घिमिरे~

३० को दशकदेखि नेपाली कवितामा आफ्नै शैलीका कारण पृथक परिचय बनाउँदै आएका सर्जक हुन् अमर गिरी । तर संंग्रहका रूपमा भने उनी एकैचोटि २०५५ मा घाम छेक्ने पहाड कवितासंग्रह लिएर देखापरे । bookcover - shabda haru ko bichama - Amar Giriत्यसपछि, तर पनि हामी जीवित छौँ (२०६१) र दु:साध्य समय (२०६४) सँगै लगातार संग्रहवद्ध रूपमा प्रकाशित भइरहे ।  Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : पावर फर नेपाल — अड हफ्टनको नेपाल साइनो

~भोला श्रेष्ठ~

नेपालमा ऊर्जा उत्पादनका लागि नर्वेली इन्जिनियरहरूको ‘मिसिनरी’ले सन् ’६० को दशकमा थालेको प्रयासबारेको व्याख्या हो, पावर फर नेपाल, अड हफ्टन एन्ड द हिस्ट्री अफ हाइड्रोपावर डेभलपमेन्ट । bookcover - Power for nepalपरदेशी भूमिमा आफूभन्दा कम भाग्यमानीहरूलाई सघाउने तीव्र इच्छा भएका र क्रिस्चियन धर्मको वातावरणमा जन्मिएका एक व्यक्तिको अभूतपूर्व कथा यस किताबमा छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गजल : एउटा ढुङ्गा पुज्छन् मान्छे

~अनुकुल प्रकाश~Anukul Prakash

हजार हजार ढुङ्गा कुल्ची एउटा ढुङ्गा पुज्छन् मान्छे
ईश्वर, अल्ला मनमै थाती मन्दिर-मस्जिद झुक्छन् मान्छे

सबका मालिक एकै हुन् रे, नाम फरक लिएपनि
भन्नलाई त भन्छन् तर भित्र-भित्रै फुट्छन मान्छे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : भुँवरीमा भिखम

~युवराज नयाँघरे~Yubaraj Nayaghare

विमानस्थलको भीडमा छ भिखम !

उसले कहिल्यै घर छोडेन । छोड्ने परिस्थिति नि पर्दै – परेन । आज ऊ जाँदैछ बाहिर । बाहिर भनेको मकाउ ।

उसको सानैदेखिको रहर – आकाशमा उड्ने । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : ब्रुनाईको अस्पतालमा एक घाइते गोरखाली

~काङमाङ नरेश राई~Kangmang Naresh Rai

२७ मे सन २००५

रातभरि मुसालधारे पानी पर्‍यो । ढलहरु पानीले भरिएर रोडभरि पानी बगिरहेको छ । अँध्यारो छ, ब्रुनाईको अनुहार । गड्याङ्गगुडुङ्गको आवाजसँगै बिजुली चम्किरहेको छ ।

साँझ हुन लागेको छ । भोलि मेरो खुट्टाको दोस्रो अप्रेसन गर्ने दिन । आज हस्पिटलमा एड्मिसन हुन पर्ने भएकाले मले (मलेसियन) ड्राईभरलाई कुरेर बसिरहेकोछु । केहीछिनको पर्खाइपछि, सरी ल कावान ओराङ्क पुत्ते (गोरालाई मले भाषामा ओराङ्ग पुत्ते भन्छन्) चकाप चकाब ब्रिफिङ्घ मी सो आई.एम. टेन मिनेट लेट । ओके कावान (कावन मले भाषामा साथी) । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अन्योल छोरीसँग

~विवश पोखरेल~Biwash Pokharel

अचम्म देखिरहेछु
विद्वान्हरू मागिरहेछन्
प्राज्ञसत्ता !
भेँडाच्याङ्ग्राझैँ डोर्याउँदै
बानर र सुग्रीवहरूले-
निर्लज्ज चराइरहेछन्
विद्वतालाई ।
विचित्र संयोग-
यस बेला मेरी सानी छोरी
सोधिरहेकी छ मसँग
बाबा ! मेरो नैतिक शिक्षा हरायो
म कुन किताब पढूँ ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : दिन हो आज

~तिब्वत दर्लामी~Tibbat Darlami

मेरो मनमा व्यथाहरू सरेको दिन हो आज
पराईले तिम्रो सिउँदो भरेको दिन हो आज

तिमी र मैलेसँगै सजाएका सपनाहरू
सिसासरी चर्किएर झरेको दिन हो आज Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : नाति

~सरण राई~Saran Rai

मानिस आफुलाई अथवा आफ्नो शरीरका अङ्गहरूलाई हेरेर पनि रुँदोरहेछ । मानिस कति कमलो मन लिएर बॉचिरहेको हुन्छ । जीवनमा आएका कस्ता कस्ता विपत्तिहरूका ऑधीबेहेरी बेहोरीयो, कष्ट खेपियो । खुइय्य गरिएन ।

हार मानिएन । डटेर मुकाबिला गरियो, ‘रुने नामर्द म होइन’ भनियो । तर आज अकस्मात म आफ्ना हातहरू, हत्केलाहरू र आफ्नो शरीर देखेर– हेरेर रोइरहेको छु । आफ्ना हातहरू, हत्केलाहरू र आफ्नो शरीर देख्दा मन अमिलिएर आएको छ । आफ्नो यस्तो वृद्धावस्था देख्दा ऑखाबाट बररर ऑसु बगिरहेको छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : जीवनयात्रा साथीविना थाल्न सकिन्न

~भक्ति प्रसाद पौडेल~Bhakti Prasad Paudyal_1

जीवनयात्रा साथीविना थाल्न सकिन्न
साथी फेरूँ पनि भनिहाल्न सकिन्न

साथी आफ्नो सोचजस्तो कहाँ मिल्ला र !
छानीछानी रूपगुण चाल्न सकिन्न Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : कासाङ

~बिजय चालिसे~Vijay Chalise

“आज पसलको सामान नल्याइ नहुने, आजै पाहुना पनि धेरै आउँछन् । के पोे गर्ने होला !” आमा छिमेकी बजुलाई आफ्नो समस्या सुनाउँदै हुनुन्थ्यो ।

“त्यै त के गरी भ्याउँछ्यौ एक्लैले” विहानको घाम ताप्दै तर्कारी केलाउन सघाइरहनुभएकी बजुले भन्नुभयो ।

पासाङकी आमा मुक्तिनाथ आउने पाहुनाहरू बस्नेखाने सानो सानो लज चलाउनुहुन्थ्यो । यो झारकोट गाउँ असाध्यै रमाइलो थियो । बाबा विदेशी पाहुना Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : आस्थाको जून

~पुष्प अधिकारी ‘अञ्जलि’~Pushpa Adhikari 'Anjali'

थुनेर मनभरि
आस्थाको जूनहरू ,
घर आँगन र चोकहरूमा
ऊज्यालो खोजिरहेछु ..
मन्दिर मस्जिद ,चैत्य र बिहारहरूमा ।
साँझ बिहान
ईश्वरको प्राथना गरिरहेछु ,
बर्षौँदेखिको अनिदो आँखा ,
अँध्यारोका बिरूध्द
उज्यालोका बिम्ब खोज्दै
एकतमास हेरिरहेकाछन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चे ग्वेभारालाई चिठ्ठी

~मदन दुलाल~

चे ग्वेभारालाई चिठ्ठी
——————–

“चे”
तिमी जाग अब
अनेकौँ ठुला -ठुला तमाशा
भई सके
मुलत तिम्रो देश
अनि
समग्र बिशव
आँशुले नुहाई सके
बिकाशको सुत्रलाई
समाजबादको मुल्य मान्यतालाई
कालो बादलले ढाकी सक्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : यादहरुको घाउ

~निशा प्रतीक्षित~Nisha Pratikshit

तिमीलाई त थाहा पनि छैन होला तिमीबिना यी पल कति मुस्किलले काट्दै छु म।तिमी समस्यामा परेका छौ थाहा छ मलाई।

तर पुरै कुरा किन खुलेर भन्दैनौ???? मनभरी बोझ बोकेर जिउनु हुन्न । अरुसंग बाड्नुपर्छ ।अनि मात्र मन हलुका बन्छ!

हैन तिमी कस्तो बोझ बोकेर जिउदै छौ हँ ????? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समालोचना : सिद्धिचरण श्रेष्ठको आँसु खण्डकाव्यले उब्जाएका लहरहरू

~डा.नेत्र एटम~Dr Netra Atom

हरेक क्षण हाम्रा आँखाहरू आफ्नै आँसुले पखालिन चाहन्छन्, जसले गर्दा हामी जीवनलाई अझैँ स्पष्टसँग देख्न र पहिचान गर्न सक्छौँ ।
— एलेक्स टान

सिद्धिचरण श्रेष्ठले आँसु (२०५०) खण्डकाव्यलाई सामाजिक शोषणप्रतिको विद्रोह र समानताप्राप्तिका निम्ति मानवीय आकांक्षा सशक्त रूपमा प्रक्षेपण गर्ने कलात्मक माध्यम बनाएका छन् । वास्तवमा आँसु दुर्दमनीय परिस्थितिप्रति व्यक्तिको असहमतिलाई तीव्र रूपले प्रतिक्रिया जनाउनका निम्ति प्रकृतिप्रदत्त एउटा महत्त्वपूर्ण माध्यम हो । यस्तो परिस्थिति अत्यधिक व्यथाको पनि हुन सक्छ र आनन्दको पनि Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

कविता : मेरो कबितामा तिमि छौ

~कल्पना राई ‘खुशी’~Kalpana Rai 'Khusi'

तिमीलाई सम्झेर कबिता लेख्नु को मज्जा नसोध
तिमीलाई कल्पेर गजल कोर्नुको मज्जा नसोध
नसोध तिमी कविताका भाब
नसोध गजलका शेरहरु
जो तिमीमा समर्पित छन
जो तिमीमा समाहित छन
जो तिमी द्वारा श्रिङ्गारिक छन
जो तिमि द्वारा पूर्ण छन
हो,मेरा हरेक रचनाहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : ग्रीनकार्ड

~राकेश कार्की~Rakesh Karki

म काठमाण्डौँको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल पहिले पनि कहिले काहीँ नगएको होइन। आफन्तलाई पुर्याउन र लिन जाँदा गएकै हुँ। पुर्याउन जाँदा चाहिँ माथि तल्ला चढेर प्लेन नउडुन्जेलसम्म प्लेनलाई हेरिरहन्थे आँखादेखि ओझेल नहुन्जेलसम्म। त्यतिखेर सोच्थेँ म पनि यसरी उड्न पाउने कहिले होला ! विदेश जान पाउँछु कि भनि एकदिन ज्योतिषीलाई हात देखाएँ। ज्योतिषीले भने Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भान्सा घर

~बिलोल पोख्रेल~Bilol Pokharel

टिका सरले भन्नुभो ” एई ! आमा र मलाई चिया ले चाडै” टिका सरकी श्रीमतीले ठस्स मुख लगाउदै चिया दिएर भान्सा तिर लागिन । टिका सरलाई चिया गजब लागे पनि वहाँ की आमाको मुख अलिक खल्लो देखिन्थ्यो । “ए बुहारी अलिक चिनी लागेन जस्तो छ ।” भित्रै देखी फतफताउदै टिका सरकी श्रीमती वाहिर आइन्, ” अचेल आमाको स्वाद ज्यादै बिग्रेजस्तो छ, चिनिको पाग बने हुने होकी के हो ?” “तपाईलाई पनि खल्लो छ त ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment