अनूदित कविता : डायरी

~मेहराब रहमान~
अनुवाद : कुमुद अधिकारी

कविता मेरो जीवन, मेरो डायरीको पानाkumud Adhikari_1
निराश मनुष्यको कुरा, गुल्मलता, नदी र नारी
पाखा पखेरू, दूर बनमय बोट बूट्यान।

हीराको कलमम् सुनको मसीले अङ्कित हुन्छ
कविता डायरी चिरायु रहन्छ। Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

लघुकथा : फेसन र फाट्नु

~कृष्ण वस्ती~Krishna Wasti_1

शहरमा पढ्न गएकी छोरी लामो सामयपछि आज आउने कुराले सबै खुसी भएपनि आमा विशेष खुसी छन्।छोरीलाई कतिबेला देखूँजस्तो छटपटीले समय बितिरहेको छैन भने पाकउने ख्वाउने परिकारको घरमा अभाव भएजस्तो लागिरहेको थियो।सायद सबैका आमा वा सबै आमा यस्तै हुन्छन्।गाडीबाट ओर्लिएर पनि दुई घन्टा हिंडेपछिमात्र घर पुगिन्छ ।गाउँमा यस्तै हुन्छ भन्ने लागेकी आमालाई गाउँबाट नगरपालिका हुँदा पनि उस्तै हुँदा ‘गर’ पालिका नभई ‘नगर’ पालिका भएकाले केही नगरेको होला भन्ने लाग्थ्यो ।बेलुका आइपुग्ने छोरीका लागि आमा भने बिहानैदेखि छट्पटी र झझल्कोको शिकार बनेकी छन्। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सूर्योदयदखि सूर्योदयसम्म

~उमेश लुइटेल~Umesh Luitel

मिर्मिरे चिप्लिएकै थिएन
अँध्यारो च्यातिएकै थिएन
यसबेलै शीतलताविहीन हावा चल्यो मुटुको दलानमा ।

आँखा अगाडि मान्छेका जुलुस
कङ्क्रिट वर्तमानको रेखाङ्कन कोर्दै बढिरहन्छन् । Continue reading

Posted in कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : दिखारिपा

~तिलक चाम्लिङ~Tilak Chamling

चामादुङ देई पाइना नाखै
खारु खुसा्र मिलाम्थेको दिखारिपाचीमो लाम
इसाचापा ! खाना देनो ताहोत्यु
सेम्तु पाइनाको सीरीया चापा
आसो काँ खैमो स्यामइ चेतुइनो
मिपेरेङासेको वासालई उम्खासेलो चामा इनाए
खुवानाखो चान्योको छाम छाम्मा लेस्यो
देनो ताहोत्यु थलो
इसाचापा ! दिखारिपाची मिलाम्थेको लाम । Continue reading

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

गजल : रमाइदिए

~भगवती कंडेल~Bhagawati Kadel

अनौठो छ बानि मेरो हारमै रमाइदिए
अचानो भै खुकुरीको मारमै रमाइदिए!!

तरिरहे अनबरत संघर्शका खोलाहरु
जंघार हरु आए जंघारमै रमाइदिए!! Continue reading

Posted in गजल | Tagged | Leave a comment

चिन्तन : आत्मशुद्धिका लागि केही चिन्तन

~शेखर ढुङ्गेल~Shekhar Dhungel

आउनुस एकछिन समाजको दुस्ट्याइँ, धुर्त्याइँ, फटाइँ, लोभ-लालच, इर्ष्यां घमण्डलाई थाती राखी “मरेर बाँच्ने, कि बाँचेर मर्ने” उपायको लागि केही चिन्तन मनन गरौ । समाजमा सृष्टिको अनादि कालदेखि नै लोभ मोहका कारण कतिपय बान्छित, अबान्छित कर्म कुकर्महरू भै राखेका छन । जसलाई मानवीय र दानवीय स्वभावको रूपमा परिभाषा गरिएको छ । प्रत्यक मानिसभित्र यस्ता गुण कुनैं न कुनै कुनामा बिद्यमान हुन्छ । मानिसको आवस्यकता, इच्छा अनि आपूर्ति Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कविता : देश, नेता र सहमती

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

छोरा छोरी बुझकी छन्
बुढा-बुढीले
जे पकाएर दिए पनि
सन्तोक मानेर, खान्थे
हिजो पनि सन्तोक मानेर
खाएकै हुन्
मिठो लाग्यो?
उनीहरूले कहिल्यै सोधेनन् ..
यस्तो लाग्यो, Continue reading

Posted in कविता | Tagged | 1 Comment

संस्मरण : यार, मजाक गरेको

~नयनराज पाण्डे~

Nayan Raj Pandey

किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ?

म हरेक दिन सम्झन्छु सलिमलाई। जबजब नेपालगन्जसित जोडिएका स्मृतिले भरिएको सुटकेश खोल्छु, पुराना फाइलभित्र थुप्रिएका थरीथरीका कागजझैं ती अचानक खस्न थाल्छन् र कागजको पुरानो गन्धझैं एक खालको अजीव खालको गन्धले ह्वास्स छोप्छ मलाई।

हो, स्मृतिको पनि गन्ध हुँदो रहेछ त। तर कस्तो गन्ध? Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : कविताको त्यो आगो

~शशी लुमुम्बू~Shashi Lumumbu

हामी कविताको त्यो आगोमी गफिँदै–जिस्किँदै ढोँडेको जंगलमा पुगेका मात्रै के थियौँ, खोलापारि तीनजना प्रहरी देखिए । सिकारको खोजीमा बस्तीतिर पसेका भोका स्यालझैँ लखरलखर हामीतिरै आउँदै गरेका । तिनलाई देखेर म बोलेँ– ‘ऊ प्रहरी † यतै पो आउँदै छन् त, कतै मलाई नै समात्न आएका त होइनन् ?’ मेरो शंकाले साथीहरूलाई पनि झस्काएछ । डिल्लीले भने– ‘तँ कतै लुक् । हामी अगाडि जान्छौँ । कता हिँडेका रहेछन् थाहा लागिहाल्छ ।’

साथीहरू अगाडि लम्किए । मचाहिँ के गरौँ, कसो गरौँको दोधारमा परेँ । मास्तिर झाडीमा गएर लुकौँ कि जस्तो पनि लाग्यो तर आइपरेको परिस्थितिको सामना गर्ने विचार आयो । र, अगाडि बढेँ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेवा हाइकु : जीबन लाप्चा

~सबिन महर्जन~

“जीबन लाप्चा”


बांला की मला
ख्वा: हिला हिला जुल
ऋतु जीबन


बर्षा क्वचाल
बुँईचा त ति:न्हुल
वा:लया: हल:


उचाई मखं
उचाई नी दयकीला
आकाश स्वया: Continue reading

Posted in नेवारी हाइकु | Tagged | Leave a comment

दिलिप राईका चार केस्राहरु

~दिलिप राई सगर~Dilip Rai Sagar

1.आमा

तिमी भए जादिनँ धाम
आमा हो ईस्वरको नाम

यो सँसार नै देखाउने
गरेर आफ्नो शुभकाम

तिमी होउ स्वर्गिक धाम Continue reading

Posted in केस्रा | Tagged | Leave a comment

कविता : इतिहासको यस घडीमा

~कृष्ण सेन ‘इच्छुक’ ~Krishna Sen 'Ikchchuk'

यसबेला केही निस्तेज शिरहरु झुकेर
सभक्ति अभिषेक चढाइरहेछन्
म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु
यसबेला केही दुर्बल मुठ्ठीहरु फुकेर
विनीत भावले जुम्लेहात जोडिरहेछन्
म तिम्रो बज्र मुठ्ठीलाई झन् सबल देख्न चाहिरहेछु
यसबेला केही थकित पाइलाहरु गलेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

गज़ल : खुकुरी र करौँतिको आफ्ना आफ्नै धार हुन्छन्

~रमेश विमान~Ramesh Biman

खुकुरी र करौँतिको आफ्ना आफ्नै धार हुन्छन्
अचानोमा बसिरहे ठुला ठुला प्रहार हुन्छन्

बाटो हिड्ने हैन आखिर हिड्नु पर्ने आफैले हो
म उभिए के भयो र ! अघी जाने हजार हुन्छन् Continue reading

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : तिम्रा बा-मेरा बा

~बादल सुरेश~Suresh Badal

एउटा बच्चा अर्कोलाई-
‘मेरा बा
हिजो हँसिया र हथौडा बोकेर
जंगल गएका थिए
फर्कँदा
क्रान्ति ल्याए
चेतना ल्याए
परिवर्तन ल्याए
गणतन्त्र ल्याए
तिम्रा बाले के गरे हँ?’ Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : तिम्रो याद आउने बाटो…….

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

तिम्रो याद आउने बाटो छेकी दिउँ कि अब
कोरिएका बिगतहरु मेटी दिउँ कि अब ।

भेटिएर व्यर्थै रोग बल्झ्यो जिन्दगीमा
सिङ्गो मुटु टुक्रिएर अल्झ्यो बन्दकीमा
उकासेर लिलामीमा बेची दिउँ कि अब Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एउटै पहल

~महेश घृतकौशीक~Mahesh Ghritakoushik

एउटा पहल तपाइँ गर्नुहोस,
एउटा म गर्नेछु ।
एउटा कोसीस तपाइँ गर्नुहोस,
एउटा म गर्नेछु ।
एउटै सोचले संसार बदल्न सक्छ यदि भने,
केही तपाइँ सोच्नुहोस, केही म सोच्नेछु ।

कायरता तपाइँको ठेक्का भो,
साहस मेरो ।
उल्लास तपाइँको भागमा पर्यो, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सम्झौता

~विद्या सापकोटा~Bidya Sapkota

“आखिर ! जीवन घटनाहरुको लिपिवद्ध सिलसिला न रहेछ, खुइया……” निश्वास छाड्दै बर्बराई ऊ । जीवन भोगाइका २५ औं बसन्तसम्म उसले यति लामो उच्छवास छाडेकी थिइन, ‘उसको उसले उसलाई नकार्दासम्म पनि’ । मध्यरात मै अचाक्लि मुटु दुखेर आयो । भित्रैबाट कम्पन छुटेर आयो । सहि नसक्नु भएर फुत्त निस्किई ऊ, असनको साधुँरो गल्लि हुँदै चूपचाप चूपचाप ।
Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पल दिएर जानु

~सिसम पाण्डे~

अब सम्झन लायक पल दिएर जानु
तिमी नआउञ्जेल चिनो सल दिएर जानु

फर्केर आउनु प्रिय भविष्य सफल पारेर
त्यतिञ्जेल बाँच्न सक्ने बल दिएर जानु Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : ईश्वर खोज्दै हिंडे

~ओनिक अज्ञात~Onic Agyat

बिरक्तिएर गली-कुच्चीमा, ईश्वर खोज्दै हिंडे,
खोज्दै गले तै पनि थाकिन, ईश्वर खोज्दै हिंडे,

मठमन्दिर भित्रका अचल मुर्तिहरुलाई सोधेर हेरे,
बाटो भरि देखिन कतै फर्किदा, ईश्वर खोज्दै हिंडे, Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : अक्सिजन

~सन्तोष लामिछाने~Santosh Lamichhane

म सर्वत्र
निःशुल्क, जीवनदायी
मलाई देख्दैनौ
तिम्रै वरिपरि

तिमी कुल्चिन्थ्यौ होला
म कुल्चिइने चिज हैन । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरो डायरी

~तोयानाथ पौडेल~Toyanath Poudel

क्याम्पसबाट निस्किनासाथ उकालो बाटो । बिहानको कलेज सकेर निस्कदा उसै त भोकले लखतरान भइन्छ त्यहा माथि जेस्ठको दिन । धनकुटामा माटो नै बल्ला झै घाम लागेको छ । एउटा झोलामा केही किताब र कपि छन म सधै झै हतार हतार गेट बाहिर निस्किएर हाईवे क्रस गर्छु र सिँढी चढ्न थाल्छु।

बिचतिर पुग्दा एक कलेज ड्रेस लाएकी केटी बसिरहेकी हुन्छिन । म अचम्ममा पर्छु त्यो साँघुरो गल्लीमा उनी किन बसेकी होलिन मनमा प्रश्न उब्जिन्छ । मैले सोधेँ के भयो मिस किन बिच बाटोमा बस्नुभयो ? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा चराको प्वाँख

~ध्रुब सापकोटा~Dhruba kumar Sapkota

राजकुमार ब्यूँझेर पनि उठेको छैन । सिरकले गुटुमुटिएर ओछ्यानमा नै पल्टिरहेको छ । अघिसम्म ओछ्यानको भित्तापट्टि श्रीमती थिई । हत्तारिएर उठी । सुट लगाई । ऐनामा हेरी । आकर्षक देखिई ।

“कस्तो मिलेको ? तिम्रो शरीरको नापो लिएर सिएजस्तो” । राजकुमारको प्रतिक्रिया ।

“जडौरी हो ।” श्रीमतीको भनाइ ।

“यसलाई जडौरी मरिगए कसैले भन्दैन ।” लोग्नेले आफ्नो मनको शङ्का कसैमार्फत् व्यक्त गर्‍यो ।

“सत्य त्यही हो ।” श्रीमतीले भनी । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बल्छी

~जोतारे धाइबा~ Jotare Dhaiba

मणि हराएको सर्प जस्तो
किन एकसुर छ मन ?

कसले च्यात्यो सात चिरा इन्द्रेणी,
किन छ यति सादा मौसम ?

निराशा आफैं चकित पर्ने गरी
यो नौजवान
किन छ यति गलित र थकित ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : छिमेकीका स्वरूपहरू

~कोमलप्रसाद पोखरेल~Komal Prasad Pokharel

डाँगो स्याल कलास्छ दक्षिण दिशामा नित्य धोती कसी ।
त्यस्का झुन्ड कराउँछन् अथि सबै हाहा र हुहू गरी ।
अर्काको कुभलो सधैं गरिगरी डाँगो खुसी बन्दछ,
आफ्नै मित्र मराई त्यै रगतमा आफू सधैं रम्दछ ।।

अर्काे पीर छ खेतमा पनि सधैं जालै गरी बस्दछ ,
रातारात स्वयं लुकेर उसले आली उँभो कस्दछ ।
आफू मात्र गई भन्यो कि त त्यहाँ डाँका ठुला गर्दछ ,
राखी पञ्च कुरा गर्यो यदि भने आफैं कता मर्दछ ।। Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : कृष्ण सुदामाको कथा

~पूर्ण ओली~Purna Oli

यो कथा कलीयुगकै तीनजना मित्रहरुको हो । नेपाल मुलकको हिमालखण्डतिर एकजना कालीबहादुर नामको केटो बस्ने गर्दथ्यो । ऊ गरीब परिवारमा जन्मेको थियो । त्यसबेला गाउँमा पढ्ने चलन आइसकेकोले उसका बाबुले गाउँकै विद्यालयमा पढ्न हालिदिएका थिए । सायद उसको वर्ण नै कालो भएकोले होला उसका आमाबाले उसलाई काले भनी बोलाउँदा बोलाउँदै विद्यालयमा पनि उसको नाम कालीबहादुर राखिएको थियो Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सिमाना

~महेश्वर पन्त~Maheswor Pant

सिमाना त भन्नु मात्रै एउटा धर्ती एउटै माटो!
छातीभरि जन्म घर कर्म घर दिन्छ बाटो!

सन्तानहरु थरिथरि हुन्छ माया सँधै एउटै,
कोहि नजिक कोहि टाढा उहि धर्ती दुइटा पाटो! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : छालहरुसँगको सँवाद

~राम प्रसाद प्रसाईं~Ram Prasad Prasain

कोप्चे भीरको थाप्लोमा
जिजीविषाको ढाकरमा तोक्मा लगाएर
स्मृतिका बाइरोडका बाटामा सोच्दै गर्दा
छालहरुले भन्दै गरेको सुनेः

१.
बोकेर रहरका पहाडहरु
स्यालले सहर पस्दैमा
मान्छेको बस्ती विस्थापित हुन्न साथी। Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो हो सुस्ता!!

~पोष्टराज चापागाइ~

लौन भारत, सत्य बोल् त, तेरो हो सुस्ता ?
इतिहास पढी हेर् त , मेरो हो सुस्ता !

नेपालीको रासोबासो सबै लुटदै,
तेरा डाका आई बस्ने डेरो हो सुस्ता ? Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : उज्यालोतिर

~राम प्रसाद प्रसाईं~Ram Prasad Prasain

अलिकति चेत लिएर हिंड्नु छ
नजलेका बत्तीहरु जलाउनु छ
नहिंडिएका बाटाहरु हिंड्दा
कसैले छाडा बनाउँछ,
तर निरन्तरता छ— Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : झोलामा खोला

~डा रवीन्द्र समीर~Dr Rabindra Sameer

आंधीजस्तै बेगवान खोलालाई एउटा व्यापारीले झोलामा राखेर शहर पस्यो । खोलाले गाउँ देखेको थियो, हरिया पहाड देखेको थियो, नीलो आकास देखेको थियो, स्फटिक बालुवा देखेको थियो अनि प्रकृतिसंग मितेरी लगाएर बसेका मान्छेहरु देखेको थियो । मान्छे मात्र हैन, बिभिन्न पशुपंक्षी तथा आफूभित्र खेलिरहेका माछा, कछुवा अनि चेपेगाँडा पनि देखेको थियो ।

यसपटक खोलाले सहर देख्यो । सहर मात्र देखेन । कंक्रिटको जंगल देख्यो, निष्प्राण पशुपंक्षी अर्थात गाडी र जहाज देख्यो । धुलो र धुँवाले मैलिएको आकास देख्यो । शब्द, स्पर्श, रुप, रस र गन्ध गायव भएका आवाज, आकृति र मनहरु स्पर्श गर्यो ।
खोलालाई बालबालिका खुब मन पर्थ्यो ।

खोला शिक्षक बनेर कक्षा कोठामा प्रवेश गर्यो । उसले बिध्याथिर्थरुलाई सोध्यो – तिमीहरुलाई खोला थाहा छ ? Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पालुवा संगै पलाए म फूल संगै फूलें

~मिलन गुरुंग~Milan Gurung

हिउं फूलने हांगाभरी सप्तरंगी फूल फ़ूल्दा
नांगो देखने हांगाभरी पलुवाको मुना लाग्दा
पालुवा संगै पलाए म फूल संगै फूलें
सबै कुरा बिर्सिएर भामरा झैं भूलें |

हिउं जम्ने पेटिहरुमा म्याराथुनका धावाकहरू
हिउं जम्ने चार्ल्स नदिमा डुंगाहरुका लस्करहरु
यो आँखाले देखे सम्म हेरौ हेरौ लाग्ने
लोभी मनको भंडारभरी सांचौ सांचौ लाग्ने || Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : होसियार!!

~दिप्स शाह~Deeps Shah

सोचमै कुसंस्कारको गुँडुल्को जेलिएपछी
आँखाले गलत देख्दो रहेछ
मुखले गलत बक्दोरहेछ
नाकले गलत सुँघ्दोरहेछ
यहाँसम्मकी कानले समेत गलत सुन्दोरहेछ
र त म जसलाई झुकेर सम्मान गर्थेँ
उसैले मेरो शिर भुँइमा टेकाउने कोशीस गर्दैरहेछ,
उसोर, Continue reading

Posted in कविता | Tagged | Leave a comment